Hebrews 12

हिब्रूहरू १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

अनुशासनका कुरा गरेपछि लेखकले प्रोत्‍साहनका शृङ्खला नै प्रस्‍तुत गर्दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#exhort)

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । १२:५-६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अनुशासन

परमेश्‍वरका मानिसहरूले जे उचित छ त्‍यो गरून् भन्‍ने उहाँको इच्‍छा छ । जब तिनीहरूले खराब काम गर्दछन्, तब उहाँले तिनीहरूलाई सुधार्नुहुन्‍छ वा दण्‍ड दिनुहुन्‍छ । सांसारिक बुबाले आफूले प्रेम गरेका छोराछोरीलाई सुधार्ने र दण्‍ड दिने गरे झैँ उहाँले पनि त्यसो गर्नुहुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#discipline)

Hebrews 12:1

सामान्य जानकारीः

“हामी” र “हामीलाई” शब्‍दहरूले लेखक र उनका पाठकहरूलाई जनाउँछ । “तिमीहरू” शब्‍द बहुवचन हो र यसले पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive अनि /WA-Catalog/ne_tm?section=translate#figs-you)

जोड्ने कथनः

पुरानो करारका धेरै सङ्ख्‍याका विश्‍वासीहरूको कारणले गर्दा विश्‍वासीहरूले येशूलाई आफ्‍नो उदाहरण मानेर जिउनुपर्ने विश्‍वासको जीवनको विषयमा लेखकले कुरा गर्छन् ।

हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका छौँ

पुरानो करारका विश्‍वासीहरू त्‍यस्‍ता बादल हुन् जसले वर्तमान् समयका विश्‍वासीहरूलाई घेर्दछन् भनेर लेखकले भन्‍दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “साक्षीहरूका यति ठूलो बादलले हामीलाई घेर्दछ” वा “धर्मशास्‍त्रमा हामीले पढ्‍न सक्‍ने विश्‍वासयोग्‍य मानिसहरूका उदाहरण अति धेरै छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

साक्षीहरू

यहाँ “साक्षीहरू” शब्‍दले अध्‍याय ११ मा उल्‍लेख भएका पुरानो करारका विश्‍वासीहरूलाई जनाउँछ जो विश्‍वासीहरू अहिले दौडने विश्‍वासको दौड भन्दा अगाडिको समयमा जिउँथे ।

हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔं

यहाँ “बोझ” र “सजिलैसित अल्‍झाउने पाप” चाहिँ तिनीहरूलाई बोकेर हटाउने र तल राख्‍न सक्‍ने कुनै व्‍यक्ति भए झैँ गरी लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हरेक बोझ

विश्‍वासीहरूलाई परमेश्‍वरमा भरोसा गर्न र उहाँको आज्ञापालन गर्न नदिने विचारहरू र बानीहरूलाई लेखकले यस्‍ता बोझहरू भनेका छन् जसले कुनै व्‍यक्ति दौडँदा बोकिरहन कठिन बनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सजिलैसित अल्‍झाउने पाप

लेखक भन्‍दछन्, पाप चाहिँ मानिसहरूलाई अल्‍झाउने र तिनीहरूलाई लडाउने जाल वा त्‍यस्‍तै कुनै कुरा हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको आज्ञापालन गर्न कठिन तुल्‍याउने पाप” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रा अगि राखिदिएको दौडलाई धैर्यसाथ दौडौँ

लेखकले येशूको पछि लाग्‍ने कुरालाई दौडने कुरा भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई दिनुभएका आज्ञा हामी निरन्‍तर पालना गरौँ, जसरी दौड नसकिएसम्‍म धावक दौडिरहन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 12:2

विश्‍वासका संस्थापक र सिद्ध तुल्‍याउनुहुने

येशूले नै हामीलाई विश्‍वास दिनुहुन्‍छ र हामीलाई हाम्रो लक्ष्‍यसम्‍म पुर्‍याएर हाम्रो विश्‍वासलाई सिद्ध तुल्‍याउनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “हाम्रा विश्‍वासका सृष्‍टिकर्ता र त्‍यो पूरा गर्नुहुने” वा “हामीलाई सुरुदेखि अन्‍त्‍यसम्‍मै विश्‍वास गर्न सक्षम तुल्‍याउनुहुने”

उहाँको सामुन्‍ने राखिएको आनन्‍दको लागि

येशूले अनुभव गर्नुहुने आनन्‍दको बारेमा लेखक भन्‍छन्, त्‍यो उहाँ पुग्‍नुपर्ने लक्ष्‍यका रूपमा परमेश्‍वर पिताले उहाँको सामु राखिदिनुभएको कुरा हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्यसको अपमानको बाबजुद

यसको अर्थ आफू क्रूसमा मर्नुपर्ने अपमानको कुरालाई पनि उहाँले ध्‍यान दिनुभएन ।

परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो

“परमेश्‍वरको दाहिने बाहुली”पट्टि बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुराको सङ्केतात्मक कार्य हो । यस्तै समान वाक्यांशलाई तपाईंले हिब्रू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको छेउमा सम्‍मान र अधिकारको स्‍थानमा बस्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

Hebrews 12:3

आफ्‍ना हृदयमा शिथिल

यहाँ “हृदय” ले व्‍यक्तिका विचार र भावनाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “निरुत्साहित” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 12:4

जोड्ने कथनः

हिब्रूका लेखकले ख्रीष्‍टिएन जीवनलाई दौडसँग तुलना गरेका छन् ।

तिमीहरूले पापको विरुद्धमा सामना गर्ने वा सङ्घर्ष गरेका छैनौ

यहाँ “पाप” बारेमा यो कसैले लडाइँमा युद्ध लड्ने कोही व्यक्ति भए झैँ गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले अझैसम्‍म पापीहरूका आक्रमणको सामना गर्न परेको छैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

रगत बगाउनुपर्ने अवस्‍था

धेरै विरोधको सामना गर्ने, र यसरी मर्ने कुरालाई लेखकले ऊ मर्नुपर्ने ठाउँमा पुगेको भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

रगतको

यहाँ “रगत” भन्‍नाले मृत्‍युलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मृत्‍युको” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 12:5

तिमीहरूलाई छोरासरह उत्‍साह दिने अर्ती

पुरानो करारको धर्मशास्‍त्रका बारेमा यो अरूलाई उत्‍साह दिने व्‍यक्ति भए झैँ गरी लेखकले भन्‍दछन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई उत्साह दिनका लागि धर्मशास्‍त्रमा परमेश्‍वरले तिमीहरूलाई जे निर्दशन दिनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

छोराहरूको रूपमा ... मेरो छोरो

“छोराहरू” र “छोरा”को लागि अनुवाद भएको शब्द चाहिँ खासगरी नर शिशुको लागि प्रयोग गरिने शब्द हो । त्यस संस्कृतिमा परिवारको वंश चाहिँ छोराहरूबाट निरन्तरता दिइन्थ्यो, र सामान्यतया छोरीहरूबाट दिइँदैनथ्यो । तापनि, जसरी यूएसटी र केही अङ्ग्रेजी अनुवादहरूद्वारा उल्‍लेख गरिएको अनुसार, लेखकले उनका शब्दहरू दुवै पुरुष र स्‍त्रीलाई लक्षित गरिरहेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

मेरो छोरा ... उहाँबाट सुधारिएको

यहाँ लेखकले पुरानो करारको हितोपदेशको पुस्‍तकबाट उद्धृत गरेका हुन्, जुन सोलोमनले उनका छोरा सन्तानहरूका लागि भनेका शब्दहरू हुन् ।

परमप्रभुको अनुशासनलाई हलुका नसम्‍झ, नता हरेस खाऊ

यसलाई सकारात्‍मक रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमप्रभुले तिमीलाई अनुशासन गर्नुहुँदा गम्‍भीर होऊ र हरेस नखाऊ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-litotes)

नता हरेस खाऊ

“र निरुत्‍साहित नहोऊ”

तिमीलाई उहाँद्वारा सुधाँरिदा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले तिमीलाई सुधार्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:6

उहाँले ग्रहण गर्ने हरेक छोरा

“छोराहरू” र “छोरा”को लागि अनुवाद भएको शब्द चाहिँ खासगरी नर शिशुको लागि प्रयोग गरिने शब्द हो । त्यस संस्कृतिमा परिवारको वंश चाहिँ छोराहरूबाट निरन्तरता दिइन्थ्यो, र सामान्यतया छोरीहरूबाट दिइँदैनथ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

Hebrews 12:7

दुःखभोगलाई अनुशासनको रूपमा सहनु

“दुःखभोगको समयमा परमेश्‍वरले हामीलाई अनुशासन सिकाउनुहुन्छ भनेर बुझ्‍नु”

परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ

परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई अनुशासन गर्नुहुने कुरा बुबाले छोराछोरीलाई अनुशासन गर्नेजस्‍तै हो भनेर यसले तुलना गर्दछ । बुझेका जानकारीलाई तपाईंले स्‍पष्‍ट पारेर लेख्‍न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “बुबाले जसरी आफ्‍ना छोराहरूसँग व्‍यवहार गर्दछन्, त्‍यसरी नै परमेश्‍वरले तिमीहरूसँग व्‍यवहार गर्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile अनि /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

छोराहरू ... छोरा

यी शब्‍द जतिपटक दोहोरिएको भए पनि पुरुष र स्‍त्री दुवैलाई जनाउने गरी लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “छोराछोरी ... बालक” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र ?

हरेक असल बुबाले आफ्‍ना छोराछोरीलाई अनुशासित गर्दछन् भन्‍ने कुरालाई लेखकले यो प्रश्‍नद्वारा स्‍पष्‍ट पार्दछन् । यसलाई एउटा सामान्‍य वाक्‍यका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “हरेक बुबाले आफ्‍ना छोराछोरीलाई अनुशासन गर्दछन् !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

Hebrews 12:8

तर यदि तिमीहरू अनुशासन बिनाका छौ भने, जुन अनुशासनमा सबै सहभागी छन्

भाववाचक नाम “अनुशासन” लाई तपाईंले “अनुशासित गर्ने” भनी क्रियापदका रूपमा लेख्‍न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले आफ्‍ना सबै छोराछोरीलाई अनुशासित तुल्‍याउनुभए झैँ, यदि तपाईंले उहाँको अनुशासनको अनुभव गर्नुभएको छैन भने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

तब तिमीहरू अवैध छोराछोरी हौ र उहाँका छोराहरू होइनौ

परमेश्‍वरले अनुशासित नतुल्‍याउनुभएका विश्‍वासीहरू पुरुष र स्‍त्रीबाट एकआपसमा विवाह नगरी जन्‍मिएका छोराहरू जस्‍तै हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 12:9

हामीले हाम्रा आत्‍माहरूको पिताको झन् कति बढी अधीनमा रहेर जिउनुपर्छ !

हामीले पिता परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ भन्‍ने कुरामा जोड दिनका लागि लेखकले यहाँ प्रश्‍नको प्रयोग गर्दछन् । यसलाई वाक्‍यका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यसकारण त्‍यसै गरेर, हामीले आत्‍माको पिताको आज्ञापालन गर्नु र जिउनुपर्दछ ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-exclamations)

आत्‍माहरूका पिता

यो लक्षणा अर्थमा प्रयोग शब्‍द हो र “शरीरका पिता” भन्‍ने विचारसँग परस्‍पर विरुद्धमा हुन्‍छ । वैकल्‍पिक अनुवादः “हाम्रा आत्‍मिक पिता” वा “स्‍वर्गमा हुनुहुने हाम्रा पिता” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

र जिउनु

“ताकि हामी जिउन सकौँ”

Hebrews 12:10

हामी उहाँको पवित्रतामा सहभागी हुन सकौँ भनेर

यो अलङ्कारले “पवित्रता”का बारेमा यो एउटा वस्‍तु हो र यसलाई मानिसहरूका बीचमा बाँड्‍न सकिन्‍छ जस्‍तो गरेर लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “ताकि हामी पवित्र बनौँ जसरी परमेश्‍वर पवित्र हुनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 12:11

यसले धार्मिकताको शान्तिपूर्ण फल फलाउँछ

यहाँ “फल” शब्‍द “परिणाम” वा “प्रतिफल”को लागि अलङ्कार हो । वैकल्‍पिक अनुवादः “यसले धार्मिकताको शान्तिपूर्ण परिणाम ल्याउँछ” वा “यसले धार्मिकता उत्‍पन्‍न गर्छ, जसले शान्तिको परिणाम ल्याउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका

“अनुशासनद्वारा तालिम प्राप्‍त गरेकाहरू ।” प्रभुद्वारा हुने अनुशासन वा सुधारका बारेमा लेखकले यो प्रभु आफैँले गर्नुभएको भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले अनुशासित तुल्‍याएर तालिम दिनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:12

लत्रेका हातहरू उठाओ र दुर्बल घुँडाहरू बलियो बनाओ ।

शायद यसले हिब्रू १२:१ मा कुरा गरेको दौडका कुरालाई निरन्‍तरता दिन्‍छ । ख्रीष्‍टिएन भएर जिउने र अरूलाई सहायता पुर्‍याउने कुराका बारेमा लेखकले यसरी कुरा गरेका हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 12:13

आफ्‍ना खुट्टाका लागि बाटो सिधा बनाओ

शायद यसले हिब्रू १२:१ मा कुरा गरेको दौडका कुरालाई निरन्‍तरता दिन्‍छ । ख्रीष्‍टिएन भएर जिउने र अरूलाई सहायता पुर्‍याउने कुराका बारेमा लेखकले यसरी कुरा गरेका हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सिधा बाटोहरू

परमेश्‍वरको आदर गर्ने र उहाँलाई खुशी तुल्‍याउने कुराका बारेमा लेखकले यो कुरालाई हिँड्‍नुपर्ने सिधा बाटो भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

ताकि लङ्गडो खुट्टा नखुस्‍कियोस्

दौड दौडने यो अलङ्कारमा, “लङ्गडो” भन्‍नाले दौडमा भएको अर्को व्‍यक्तिले चोट लागेर दौडन छोड्न खोजेको कुरालाई जनाउँछ । यसले ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “कमजोर भएको र दौडन छोड्न खोजेको व्‍यक्तिको खुट्टामा चोट नलागोस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

नखुस्‍कियोस्

परमेश्‍वरको आज्ञापालन गर्न छाडेका मानिसहरू बाटोमा हिँड्दा खुट्टामा चोट लागेका मानिसहरूजस्‍तै हुन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसको खुट्टामा चोट नलागोस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

बरु निको होस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्‍यसको साटोमा बलियो होस” वा “बरु परमेश्‍वरले उसलाई निको पारून्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:14

सामान्य जानकारीः

मोशाले लेखेका पुस्‍तकमा नाउँ उल्‍लेख भएका एसाव इसहाकका जेठा छोरा र याकूबका दाजु थिए ।

सबै मानिससँग शान्‍तिमा बस्‍न खोज

यहाँ भाववाचक नाम “शान्‍ति” को बारेमा कुनै व्‍यक्तिले यसलाई लखेट्न सक्‍दछ जस्‍तो गरी लेखकले भन्‍दछन् र क्रिया विशेषण बनाएर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “हरेक व्‍यक्तिसँग शान्‍तिपूर्वक जिउने कोसिस गर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

साथै पवित्रता बिना कसैले पनि प्रभुलाई देख्‍नेछैन

यसलाई सकारात्‍मक उत्‍साहका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “साथै पवित्र हुनलाई कडा मेहनत गर, किनभने पवित्र मानिसहरूले मात्रै प्रभुलाई देख्‍नेछन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

साथै पवित्रता

बुझेको जानकारीलाई तपाईंले स्‍पष्‍ट रूपले लेख्‍न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “साथै पवित्रताको पछि लाग” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

Hebrews 12:15

परमेश्‍वरको अनुग्रह पाउनबाट कोही पनि वञ्चित हुन नपरोस्

“परमेश्‍वरको अनुग्रह ग्रहण गरेर कसैले पनि त्‍यसलाई फुत्किन नदेओस्” वा “परमेश्‍वरमाथि भरोसा गरेर कसैले पनि उहाँको अनुग्रहलाई इन्कार नगरोस्”

कि तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदेओस्, र यसले धेरैलाई प्रदूषित नबनाओस्

घृणाको वा क्रोधको विचारलाई मुखमा तितो स्‍वाद हुने बोटबिरुवा भएको जस्‍तो गरी लेखकले भन्‍दछन् । वैकल्‍पिक अनुवादः “कोही पनि तितो जराजस्‍तो नहोस्, जुन बढेर गयो भने दुःख दिन्‍छ र धेरै जनालाई हानि पुर्‍याउँदछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 12:17

उनलाई अस्‍वीकार गरियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनको बुबा इसहाकले उनलाई आशिष् दिन इन्‍कार गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

किनभने उनले आँसुका साथ पश्‍चाताप गर्न खोज्दा पनि ... मौका पाएनन्

भाववाचक नाम “पश्‍चाताप”लाई क्रियापद भएको वाक्‍यांशका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने उनका लागि पश्‍चाताप गर्न सम्‍भव भएन” वा “किनभने उनका लागि उनको निर्णय बदल्‍न सम्‍भव भएन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

उनले आँसुका साथ खोज्दा पनि

यहाँ “उनले” भन्‍नाले एसावलाई जनाउँछ ।

Hebrews 12:18

सामान्य जानकारीः

“तिमीहरू” शब्‍दले लेखकका पाठकहरू अर्थात् हिब्रू विश्‍वासीहरुलाई जनाउँछ । “तिनीहरू” शब्‍दले मोशाले मिश्रको मुलुकबाट बाहिर डोहोर्‍याएर ल्‍याएका मानिसहरूलाई जनाउँछ । पहिलो उद्धरण मोशाको लेखबाट लिइएको छ । हिब्रूको पत्रको यस खण्‍डमा सीनै पहाडमा परमेश्‍वरले आफूलाई प्रकट गर्नुभएको मोशाले देखेर तिनी थरथरी कामेका थिए भनेर लेखेका छन् ।

जोड्ने कथनः

लेखकले मोशाको व्‍यवस्‍था अधीनमा जिएका विश्‍वासीहरू र येशू ख्रीष्‍ट आउनुभएपछि वर्तमान् समयमा नयाँ करारको अधीनमा जिएका विश्‍वासीहरूका बीचमा भिन्‍नता प्रस्‍तुत गर्दछन् । इस्राएलीहरूका सामु सीनै पहाडमा परमेश्‍वर कस्‍तो स्‍वरूपमा देखा पर्नुभयो, सो कुराको उदाहरण दिएर तिनले उनीहरूका अनुभवका बारेमा स्‍पष्‍ट पार्दछन् ।

किनकि तिमीहरू छुन सकिने पहाडमा आएका छैनौ

अस्‍पष्‍ट जानकारीलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने इस्राएलका मानिसहरू आए झैँ तिमीहरू छुन सकिने पहाडमा आएका छैनौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

जसलाइ छुन सकिन्छ

यसको अर्थ हो, ख्रीष्‍टमा भएका विश्‍वासीहरू यस संसारको साँच्‍चिकैको सीनै पहाडमा अर्थात् व्‍यक्तिले छुन वा हेर्न सक्‍ने पहाडमा आएका छैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कुनै व्‍यक्तिले छुन सक्‍ने” वा “मानिसहरूले आफ्‍ना इन्‍द्रियहरूले थाहा पाउन सक्‍ने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:19

तिमीहरू तुरही फुकिएको चर्को आवाज नजिक आएका छैनौ

“तुरहीको ठूलो आवाज भएको ठाउँमा तिमीहरू आएका छैनौ”

न त त्‍यस्‍तो आवाज सुन्‍ने ठाउँमा आएका छौ, जसलाई सुनेर तिनीहरूले अर्को शब्‍द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए

यहाँ “आवाज” शब्‍दले कोही व्‍यक्तिले बोलेको कुरालाई जनाउँछ । “सुन्‍न नपरोस्” वाक्‍यलाई कर्तृवाच्‍य लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “वा परमेश्‍वरले त्‍यस्‍तो किसिमले बोल्‍नुभएको ठाउँमा आएका छैनौ, जहाँ उहाँको आवाज सुन्‍नेहरूले तिनीहरूका लागि उहाँले अर्को शब्‍द नबोल्‍नुभएको होस् भनी उहाँसँग बिन्‍ती गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:20

जे आज्ञा गरिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे परमेश्‍वरले आज्ञा गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

ढुङ्गाले हानेर मार्नुपर्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले त्‍यसलाई ढुङ्गाले हान्‍नुपर्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:22

सामान्य जानकारीः

हाबिल नाउँ गरेका मानिस प्रथम पुरुष र स्‍त्री, अर्थात् आदम र हव्‍वाका छोरा थिए । तिनीहरूका अर्को छोरा कयिनले हाबिललाई मार्‍यो ।

सियोन पर्वत

लेखकले सियोन पर्वत, अर्थात् येरूशलेमको मन्‍दिर भएको पहाडका बारेमा त्‍यो स्‍वर्ग अर्थात् परमेश्‍वरको वासस्‍थान भएको झैँ गरी भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

दसौँ हजार स्‍वर्गदूतहरू

“स्‍वर्गदूतहरूका गन्‍ने नसक्‍ने सङ्ख्‍या”

Hebrews 12:23

पहिले जन्‍मेकाहरू

यसले ख्रीष्‍टका विश्‍वासीहरूका बारेमा तिनीहरू पहिले जन्‍मेकाहरू भए झैँ भन्‍दछ । यसले परमेश्‍वरका मानिसहरूका रूपमा तिनीहरूले प्राप्‍त गरेका विशेष स्‍थान र सुअवसरलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

स्‍वर्गमा नाउँ दर्ता गरिएका

“जसका नाउँहरू स्‍वर्गमा लेखिएका छन् ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसका नाउँ परमेश्‍वरले स्‍वर्गमा लेख्‍नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जो सिद्ध पारिएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले सिद्ध पार्नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:24

नयाँ करारका मध्‍यस्‍थकर्ता

यसको अर्थ येशूले परमेश्‍वर र मानवजातिका बीचमा नयाँ करार स्‍थापना गर्नुभयो । तपाईंले यो वाक्‍यलाई हिब्रू ९:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

हाबिलको भन्‍दा अझ उत्तमसित बोल्‍ने छर्किएको रगत

येशूको रगत र हाबिलको रगतका बारेमा तिनीहरू बोलाउने मानिसहरू भएको झैँ गरी लेखकले लेखेका छन् । वैकल्‍पिक अनुवादः “हाबिलको रगतले भन्‍दा झन् उत्तम कुराहरू बोल्‍ने येशूको छर्किएको रगत” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification अनि /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

रगत

यहाँ “रगत” शब्‍दले येशूको मृत्‍युलाई जनाउँछ, किनकि हाबिलको रगतले तिनको मृत्‍युलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 12:25

सामान्य जानकारीः

यो उद्धरण पुरानो करारको हाग्‍गै अगमवक्ताको पुस्‍तकबाट लिएको हो । यहाँ “तिमीहरू” शब्‍दले विश्‍वासीहरूलाई जनाउँछ । “हामी” शब्‍दले लेखक र पाठकहरूलाई जनाउँछ जो विश्‍वासीहरू नै हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you अनि /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

जोड्ने कथनः

सीनै पर्वतमा इस्राएलीहरूले अनुभव गरेका कुरासित ख्रीष्‍टको मृत्‍यु भएपछि विश्‍वासीहरूले गरेका अनुभवको तुलना गरेर विश्‍वासीहरूसँग उही परमेश्‍वर हुनुहुन्‍छ र उहाँले आज तिनीहरूलाई चेतावनी दिनुहुन्‍छ भनेर लेखकले विश्‍वासीहरूलाई स्‍मरण गराउँछन् । यो विश्‍वासीहरूलाई दिइएको पाँचौँ मुख्य चेतावनी हो ।

तिमीहरूसित बोल्‍दै गर्नुहुनेलाई इन्‍कार नगर

यसलाई सकारात्‍मक रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “बोल्‍नुहुनेलाई तिमीहरूले ध्‍यान देओ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

यदि तिनीहरू उम्‍केनन् भने

अस्‍पष्‍ट जानकारीलाई स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यदि इस्राएलका मानिसहरू न्‍यायबाट उम्‍केनन् भने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

पृथ्‍वीमा तिनीहरूलाई चेतावनी दिने

सम्‍भावित अर्थहरू हुन् १) “तिनीहरूलाई यस पृथ्‍वीमा चेतावनी दिने मोशा” वा २) “तिनीहरूलाई सीनै पहाडमा चेतावनी दिने परमेश्‍वर”

चेतावनी दिनुहुनेबाट हामी तर्क्यौँ भने

परमेश्‍वरको आज्ञापालन नगर्ने कुरालाई लेखकले कुनै व्‍यक्ति परमेश्‍वरदेखि फर्केको र टाढा गएको भनेका छन् । वैकल्‍पिक अनुवादः “हामीलाई चेतावनी दिनेको आज्ञा हामीले पालना गरेनौँ भने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 12:26

उहाँको आवाजले पृथ्‍वी हल्‍लायो

“परमेश्‍वरले बोल्‍नुहुँदा उहाँको आवाजको सोरले पृथ्‍वी हल्‍लायो”

हल्‍लायो ... हल्‍लाउनु

भूकम्‍प जाँदा जमिन हलचल गर्दा जनाउने शब्‍द प्रयोग गर्नुहोस् । यसले हिब्रू १२:१८-२१ अनि मोशाले परमेश्‍वरबाट व्‍यवस्‍था प्राप्‍त गर्दा पहाडमा के भएको थियो, सो कुरालाई जनाउँछ ।

Hebrews 12:27

सामान्य जानकारीः

यहाँ अगमवक्ता हाग्‍गैको पुस्‍तकबाट लिएको यसअगिको पदको उद्धरण दोहोरिएको छ ।

अर्थ यो हुन्‍छ कि हल्‍लाउन सकिने थोकहरू, अर्थात् सृष्‍टि भएका थोकहरू सबै हटाइनेछन्

यहाँ भाववाचक नामपद शब्द “हटाउने काम”लाई “हटाउनु” क्रियापद लेखेर अनुवाद गर्न सकिन्‍छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसको अर्थ परमेश्‍वरले हल्‍लाउन सक्‍नुहुने थोकहरूलाई उहाँले हटाउनुहुनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हल्‍लाइएको

भूकम्‍प जाँदा जमिन हलचल गर्दा जनाउने शब्‍द प्रयोग गर्नुहोस् । यसले हिब्रू १२:१८-२१ अनि मोशाले परमेश्‍वरबाट व्‍यवस्‍था प्राप्‍त गर्दा पहाडमा के भएको थियो, सो कुरालाई जनाउँछ । तपाईंले “हल्‍लायो” र “हल्‍लाउनु” शब्दहरलाई हिब्रूहरू १२:२६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

जुन सृष्‍टि भएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन परमेश्‍वरले सृष्‍टि गर्नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हल्लाउन नसकिने थोकहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “नहल्‍लने थोकहरू” वा “हल्‍लाउन नसक्‍ने थोकहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जुन हल्लाउन सकिँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन हल्‍लिँदैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 12:28

राज्‍य प्राप्‍त गर्नु

यो वाक्‍य र यसपछिको वाक्‍यको बीचमा भएको तार्किक सम्बन्धलाई स्‍पष्‍ट पार्नका लागि तपाईंले “किनभने हामीले” शब्‍दहरू थप्‍न सक्‍नुहुन्‍छ । “किनभने हामीले राज्‍य प्राप्‍त गरेका छौं” वा “किनभने परमेश्‍वरले हामीलाई आफ्‍नो राज्‍यका सदस्‍यहरू बनाउनुभएको छ” वैकल्‍पिक अनुवादः “किनभने हामीले राज्य प्राप्‍त गर्दैछौँ” वा “किनभने परमेश्‍वरले हामीलाई उहाँको राज्यको सदस्यहरू बनाउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#grammar-connect-words-phrases)

हामी धन्यवादी होऔँ

“हामी धन्यवाद दिऔँ”

भक्ति र भयका साथ

“भक्ति” र “भय” शब्‍दहरूका एकै अर्थ हुन्‍छन् र परमेश्‍वरलाई दिनुपर्ने महान् आदरलाई जोड दिन्‍छन् । वैकल्‍पिक अनुवादः “ठूलो आदर र भयका साथ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

Hebrews 12:29

हाम्रा परमेश्‍वर भष्म पार्ने आगो हुनुहुन्‍छ

परमेश्‍वर आगोजस्‍तै हुनुहुन्‍छ र उहाँले कुनै पनि थोकलाई जलाएर नाश गरिदिनुहुन्‍छ भने झैँ गरी यहाँ लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)