Hebrews 1

हिब्रूहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

येशू हाम्रो लागि स्‍वर्गदूतहरूभन्‍दा कसरी बढी महत्त्वपूर्ण हुनुहुन्‍छ भनेर यस अध्‍यायले वर्णन गर्दछ ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । १:५, ७-१३ मा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

“हाम्रा पूर्खाहरू”

लेखकले यो पत्र त्‍यस्‍ता ख्रीष्‍टिएनहरूलाई लेखे, जो यहूदी धर्म मानेर हुर्केका थिए । यसकारण, यो पत्रलाई “हिब्रुहरू” भनियो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

येशू स्‍वर्गदूतहरूभन्‍दा महान् भनी प्रमाणित गर्न लेखकले अलङ्कारको प्रश्‍नहरू प्रयोग गर्दछन् । यी प्रश्‍नका जवाफ लेखक तथा पाठकहरू दुवैलाई थाहा छ, र पाठकहरूले यी प्रश्‍नका जवाफका बारेमा विचार गर्दा कुनै पनि स्‍वर्गदूतहरूभन्‍दा परमेश्‍वरका पुत्र महान् हुनुहुन्‍छ भनी तिनीहरूले विचार गर्न सक्‍ने छन् भन्‍ने महसुस लेखकलाई भएको छ ।

कविता

यहूदी शिक्षकहरू, जस्‍तै पुरानो करारका अगमवक्ताहरूले सबैभन्‍दा महत्त्वपूर्ण शिक्षालाई कविताको रूपमा लेख्‍ने गर्थे, र यसरी श्रोताहरूले ती सिक्‍न र सम्‍झन सक्‍दथे ।

Hebrews 1:1

सामान्य जानकारीः

यो पत्र कसलाई पठाइयो भनी यो प्राप्‍त गर्ने मानिसहरूका बारेमा यसले उल्‍लेख गर्दैन । तापनि, लेखकले विशेष गरेर हिब्रुहरू (यहूदीहरू)लाई लेखेका थिए, जसले पुरानो करारका धेरै खण्‍डहरू बुझ्‍न सक्दथे ।

सामान्य जानकारीः

यस भूमिकाले सम्‍पूर्ण पुस्‍तकका लागि पृष्‍ठभूमि प्रदान गर्दछः पुत्रभन्‍दा महान् कोही छैन - पुत्र नै सबैभन्‍दा महान् हुनुहुन्‍छ । पुत्र चाहिँ अगमवक्ताहरू र स्‍वर्गदूतहरूभन्‍दा महान् हुनुहुन्‍छ भन्‍ने कुरामा जोड दिँदै यो पुस्‍तक सुरु भएको छ ।

Hebrews 1:2

यी अन्‍तिम दिनहरूमा

“यी आखिरी दिनहरूमा ।” यो वाक्‍यांशले येशूले उहाँको सेवाकार्य सुरु गर्नुभएको समयदेखि लिएर परमेश्‍वरले आफ्‍नो सृष्‍टिमाथि पूर्ण रूपमा उहाँको शासन स्‍थापित नगरुञ्‍जेलको समयलाई जनाउँछ ।

पुत्रद्वारा

यहाँ “पुत्र” भनेको येशू, परमेश्‍वरको पुत्रको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

सबै कुराका निम्‍ति उत्तराधिकारी हुन

पुत्रले पिताबाट धनसम्‍पत्तिको अधिकार पाउनुहुन्छ भनेजस्‍तै गरी लेखकले कुरा गर्दछन् । वैकल्‍पिक अनुवादः “सबै थोकको अधिकार गर्न” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँद्वारा नै परमेश्‍वरले ब्रह्‌माण्‍ड बनाउनु पनि भयो ।

“पुत्रद्वारा नै परमेश्‍वरले सबै थोक बनाउनु पनि भयो”

Hebrews 1:3

परमेश्‍वरको महिमाको चमक

“उहाँको महिमाको ज्‍योति ।” परमेश्‍वरको महिमालाई धेरै उज्‍यालो ज्‍योतिसँग सम्बन्‍धित गरेर हेरिन्‍छ । लेखक भन्‍दछन्, पुत्र त्‍यो ज्‍योतिको स्‍वरूप हुनुहुन्‍छ र परमेश्‍वरको महिमालाई पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्‍छ ।

महिमा ... परमेश्‍वरको स्‍वभावको साँचो प्रतिरूप

“महिमा ... , परमेश्‍वरको अस्‍तित्वको स्‍वरूप धारण ।” “उहाँको स्‍वभावकै विशेषता भएको” भन्‍नाले “परमेश्‍वरको महिमाको चमक” भन्‍ने कुरासँग मिल्‍दो अर्थ हो । पुत्रले परमेश्‍वरको स्‍वभाव र विशेषता धारण गर्नुहुन्‍छ र परमेश्‍वरका कुनै पनि कुराको पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “महिमित र परमेश्‍वरजस्‍तै हुनुहुन्‍छ” वा “महिमा, र परमेश्‍वरको बारेमा जे सत्‍य हो, सो पुत्रका बारेमा पनि सत्‍य हो”

उहाँको शक्तिको वचन

“उहाँको शक्तिशाली वचन ।” यहाँ “वचन”ले सन्‍देश वा आदेशलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँको शक्तिशाली आदेश” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

उहाँले पापको शुद्धिकरण गर्नुभएपछि

भाववाचक नाम “शुद्धिकरण”लाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छः “शुद्ध पार्नु ।” वैकल्‍पिक अनुवादः “उहाँले हामीलाई पापबाट शुद्ध पार्ने कार्य समाप्‍त गर्नुभएपछि” वा “उहाँले हामीलाई हाम्रा पापबाट शुद्ध पार्न सिद्ध्‍याउनुभएपछि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

उहाँले पापको शुद्धिकरण गर्नुभएको छ

पापको क्षमा गर्ने कुरा कुनै मानिसलाई सफा पार्ने कुरा जस्‍तो हो भनी लेखकले लेखेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हाम्रा पाप क्षमा गर्न उहाँले सम्‍भव पार्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँ स्‍वर्गमा सर्वोच्‍चको दाहिने बाहुलीपट्टि विराजमान हुनभयो

“परमेश्‍वरको दाहिने बाहुली”पट्टि विराजमान हुनु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “उहाँ सर्वोच्‍चको छेउमा सम्‍मान र अधिकारको स्थानमा बस्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

सर्वोच्‍च

यहाँ “सर्वोच्‍च”ले परमेश्‍वरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सर्वोच्‍च परमेश्‍वर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 1:4

सामान्य जानकारीः

पहिलो अगमवाणीको उद्धरण (तिमी मेरा पुत्र हौ) भजनसंग्रहबाट लिइएको हो । दोस्रो चाहिँ (म उनका पिता हुनेछु) शमूएल अगमवक्ताले लेखे । “उहाँ” शब्दका सबै प्रयोगहरूले पुत्र येशूलाई जनाउँछ । “तिमी” शब्‍दले येशूलाई जनाउँछ भने, “म” र “मलाई” शब्‍दहरूले परमेश्‍वर पितालाई जनाउँछ ।

उहाँ ... हुनुभएको छ

“पुत्र ... हुनुभएको छ”

जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ तिनीहरूका नाउँभन्‍दा अति उत्तम छ

यहाँ “नाउँ” भन्‍नाले आदर र अधिकारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसरी उहाँले प्राप्‍त गर्नुभएको आदर र अधिकार तिनीहरूका आदर र अधिकारभन्‍दा श्रेष्‍ठ छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

उहाँले प्राप्‍त गर्नुभएको छ

आदर र अधिकार प्राप्‍त गर्ने कुरालाई लेखकले बाबुबाट धनसम्‍पत्ति प्राप्‍त गर्ने कुरा जस्‍तो गरी लेखेका छन् । वैकल्‍पिक अनुवादः “उहाँले पाउनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 1:5

के परमेश्‍वरले स्‍वर्गदूतहरूमध्‍ये कसैलाई कहिल्‍यै यसो भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, ... उनी मेरा पुत्र हुने छन्” ?

परमेश्‍वरले उहाँका स्‍वर्गदूतहरूमध्‍ये कुनैलाई पनि आफ्‍नो पुत्र भन्‍नुहुन्‍न भनी यो प्रश्‍नले जोड दिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने स्‍वर्गदूतहरूमध्‍ये कुनैलाई पनि परमेश्‍वरले कदापि ‘तिमी मेरा पुत्र हौ ... मेरा पुत्र हुने छन्’ भन्‍नुभएको छैन ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तिमी मेरा पुत्र हौ ... तिम्रो पिता भएको छु

यी दुई खण्‍डका मूलभूत अर्थ एउटै हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

Hebrews 1:6

सामान्य जानकारीः

यस खण्‍डका पहिलो उद्धरण, “परमेश्‍वरका सबै स्‍वर्गदूतले उहाँको ...” मोशाले लेखेका पुस्‍तकहरूमध्‍ये एउटाबाट लिइएको हो । दोस्रो उद्धरण, “उहाँले आफ्‍ना ... आगोका ज्‍वालाहरू बनाउनुहुन्‍छ” भजनसंग्रहबाट लिइएको हो ।

पहिले जन्‍मेको

यसको अर्थ येशू हो । हरेक व्‍यक्तिमाथि पुत्रको प्रतिष्‍ठा र अधिकार भएको कुरामा जोड दिनका लागि लेखकले उहाँलाई “पहिले जन्‍मेको” भनेर लेखेका छन् । येशूको अस्‍तित्वभन्‍दा अगाडि त्यहाँ कुनै समय थियो अथवा परमेश्‍वरको येशू जस्तै गरी अरू छोराहरू छन् भन्‍ने चाहिँ यसको अर्थ होइन ।पहिले पनि समय थिएन । अनि परमेश्‍वरका येशूजस्‍तै अरु पुत्र थिएनन् । “आदर पाउनुभएको उहाँको पुत्र, उहाँको एकमात्र पुत्र” वैकल्‍पिक अनुवादः “उहाँको सम्‍मानित पुत्र, उहाँको एकमात्र पुत्र” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँ भन्‍नुहुन्‍छ

“परमेश्‍वर भन्‍नुहुन्‍छ”

Hebrews 1:7

उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई आत्माहरू, र आफ्‍ना सेवकहरूलाई आगोका ज्‍वालाहरू बनाउनुहुन्‍छ

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूतहरूलाई आत्माहरू बनाउनुभएको छ जसले आगोका ज्‍वालाहरूको जस्तै शक्तिका साथ उहाँको सेवा गर्दछन्” वा २) हावा र आगोका ज्‍वालाहरूलाई परमेश्‍वरले आफ्‍ना दूतहरू र सेवकहरू बनाउनुहुन्‍छ । मौलिक भाषामा “स्‍वर्गदूत” र “दूत” एउटै अर्थ दिने शब्‍द हुन्, र “आत्माहरू” र “हावा” शब्‍दले पनि एउटै अर्थ दिन्‍छन् । सम्‍भावित जुन अर्थलाई लिँदा पनि, स्‍वर्गदूतहरूले पुत्रको सेवा गर्दछन् किनभने उहाँ श्रेष्‍ठ हुनुहुन्‍छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 1:8

सामान्य जानकारीः

धर्मशास्‍त्रको यो उद्धरण भजनसंग्रहबाट लिइएको हो ।

तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्‍छ

“पुत्रको बारेमा परमेश्‍वरले यसो भन्‍नुहुन्‍छ”

पुत्र

यो परमेश्‍वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदा रहिरहनेछ

पुत्रको सिंहासन भन्‍नाले उहाँको शासनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईं परमेश्‍वर हुनुहुन्‍छ, र तपाईंको शासन सदासर्वदा रहनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

न्‍यायको राजदण्‍ड नै तपाईंको राज्‍यको राजदण्‍ड हुने छ

यहाँ “राजदण्‍ड” भन्‍नाले पुत्रको शासनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “र तपाईंले आफ्‍नो राज्‍यका मानिसहरूमाथि न्‍यायपूर्वक शासन गर्नुहुनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 1:9

तपाईंलाई आफ्‍ना सहयोगीहरूभन्‍दा बढी आनन्‍दको तेलले अभिषेक गर्नुभएकोछ

यहाँ “आनन्‍दको तेल” भन्‍नाले परमेश्‍वरले पुत्रको आदर गर्नुहुँदा पुत्रले महसुस गर्नुभएको आनन्‍दलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंको आदर गर्नुभएको छ र तपाईंलाई अरूभन्‍दा धेरै आनन्‍दित तुल्‍याउनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 1:10

सामान्य जानकारीः

यो उद्धरण भजनसंग्रहको अर्को खण्‍डबाट लिइएको हो ।

जोड्ने कथनः

येशू स्‍वर्गदूतहरूभन्‍दा महान् हुनुहुन्‍छ भनेर लेखकले निरन्‍तर रूपमा स्‍पष्‍ट पार्दछन् ।

आदिमा

“कुनै थोक अस्‍तित्वमा हुनुअगि”

तपाईंले पृथ्‍वीको जग बसाल्‍नुभयो

परमेश्‍वरले पृथ्‍वीको सृष्‍टि गर्नुभएको कुरालाई उहाँले कुनै भवनको जग बसाल्‍नुभएको कुरा जस्‍तै गरी लेखकले लेख्दछन् । वैकल्‍पिक अनुवादः “तपाईंले पृथ्‍वीको सृष्‍टि गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

स्‍वर्गहरू तपाईंका हातका काम हुन्

यहाँ “हात” शब्‍दले परमेश्‍वरको शक्ति र कार्यलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंले स्‍वर्गहरू बनाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 1:11

तिनीहरू नष्‍ट हुनेछन्

“स्‍वर्गहरू र पृथ्‍वी बितेर जानेछन्” वा “स्‍वर्गहरू र पृथ्‍वी फेरि अस्‍तित्वमा रहने छैनन्”

लुगा झैँ झुत्रो हुनेछन्

स्‍वर्गहरू र पृथ्‍वी चाहिँ पुरानो हुने र आखिरमा फाटेर जाने लुगा जस्‍तै हो भनेर लेखक भन्‍छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

Hebrews 1:12

बाहिरी लामो वस्‍त्र जस्‍तै बेर्नुहुनेछ

स्‍वर्गहरू र पृथ्‍वी चाहिँ बाहिरी वस्‍त्र वा अरु लुगाको बाहिर ढाक्‍ने पछ्‍यौराजस्‍तै हो भनेर लेखक भन्‍छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

तिनीहरू लुगा झैँ परिवर्तन हुनेछन्

स्‍वर्गहरू र पृथ्‍वी चाहिँ अरू लुगासँग फेर्ने लुगाहरू जस्‍तै हो भनेर लेखक भन्‍छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

तिनीहरू परिवर्तन हुनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तपाईंले तिनीहरूलाई बदल्‍नुहुनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तपाईंका वर्षहरू अन्त्य हुँदैनन्

परमेश्‍वरको अनन्‍त अस्‍तित्व जनाउनलाई समय अवधिको प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “तपाईंको जीवन कदापि सकिने छैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 1:13

सामान्य जानकारीः

यो उद्धरण भजनसंग्रहको अर्को खण्‍डबाट लिइएको हो ।

तर कुन चाहिँ स्‍वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्‍तो भन्‍नुभएको छ, “ ...पाउदान तुल्‍याउँदिन” ?

परमेश्‍वरले यो स्‍वर्गदूतहरूलाई कदापि भन्‍नुभएको छैन भन्‍ने कुरामा जोड दिनका लागि लेखकले प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले कुनै बेला पनि स्‍वर्गदूतहरूलाई कदापि यसो भन्‍नुभएको छैन ... पाउदान ... ।’” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मेरो दाहिने हातपट्टि बस

“परमेश्‍वरको दाहिने बाहुली”पट्टि बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “मेरो छेउमा आदरको स्‍थानमा बस” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिन

ख्रीष्‍टका शत्रुहरू चाहिँ राजाले आराम गर्न आफ्‍ना खुट्टा अड्‍याउने वस्‍तु भए जस्‍तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यो बिम्‍बले उहाँका शत्रुहरूका पराजय र अपमानलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 1:14

के सबै स्‍वर्गदूत मुक्ति पाउनेहरूको ... आत्‍माहरू होइनन् ?

स्‍वर्गदूतहरू ख्रीष्‍टजस्‍तो शक्तिशाली छैनन्, तर तिनीहरूले खेल्‍नुपर्ने भूमिका चाहिँ बेग्‍लै हो भनी पाठकहरूलाई याद गराउनका लागि लेखकले यो प्रश्‍न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “सबै स्‍वर्गदूतहरू आत्‍माहरू हुन् ... उद्धार प्राप्‍त गर्ने छन् ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मुक्ति पाउनेहरूका खातिर

परमेश्‍वरले विश्‍वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्‍त गर्नु चाहिँ परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्‍पत्तिको पैतृक हक प्राप्‍त गरेको जस्‍तै हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उद्धार गर्नुहुनेहरूका लागि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)