१. येशू परमेश्वरका अगमवक्ताहरू र स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (१:१-४:१३) १. येशू येरूशलेममा भएको मन्दिरमा सेवा गर्ने पूरोहितहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (४:१४-७:२८) १. येशूको सेवकाइ पुरानो करारभन्दा महान् छ जुन परमेश्वरले उहाँका मानिसहरूसँग बनाउनुभयो (८:१-१०:३९) १. विश्वास के जस्तो छ (११:१-४०) १. परमेश्वरप्रति विश्वासयोग्य रहन प्रोत्साहन (१२:१-२९) १. आखिरी हौसलाहरू र अभिवादनहरू (१३:१-२५)
हिब्रूहरूलाई कसले लेखे भनेर कसैले पनि जान्दैन । सम्भवतः यी नै मानिसहरूले लेखे होलान् भन्दै विद्वानहरूले धेरै जनाको नाउँ उल्लेख गरेका छन् । यस्ता सम्भावित लेखकहरूमध्ये पावल, लूका र बारनाबास हुन् । यो लेखेको मिति पनि अज्ञात छ । धेरै विद्वानहरूले यो सन् ७० भन्दा पहिले लेखिएको थियो भनी विचार गर्दछन् । सन् ७० मा यरूशलेमलाई नष्ट पारियो, तर यरूशलेमको नष्ट भएको थिएन झैँ गरी यस पत्रका लेखकले कुरा गरेका छन् ।
येशूले पुरानो करारका भविष्यवाणीहरू पूरा गर्नुभयो भनी हिब्रुको पुस्तकका लेखकले दर्शाउँछन् । यहूदी ख्रीष्टिएनहरूलाई उत्साह दिन र पुरानो करारले दिन सक्ने कुनै पनि कुराभन्दा येशू झन् असल हुनुहुन्छ भनी स्पष्ट पार्नका लागि लेखकले यसो गरे । येशूले सिद्ध प्रधान पूजाहारी हुनुहुन्छ । येशूले सिद्ध बलिदान पनि हुनुहुन्थ्यो । येशूको बलिदान एकचोटी र सधैँका लागि भएको हुनाले जनावरहरूका बलिदान व्यर्थ भए । यसकारण, परमेश्वरले मानिसहरू ग्रहण गर्नका लागि येशू नै एक मात्र बाटो हुनुहुन्छ ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “हिब्रूहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “हिब्रूहरूलाई पत्र” वा “यहूदी ख्रीष्टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
यी कुरा नबझिकन पाठकहरूलाई यो पुस्तक बुझ्न धेरै कठिन पर्नेछ । अनुवादकहरूले कतै टिप्पणीहरूमा वा यस पुस्तकको परिचयमा पुरानो करारका यस्ता केही विचारहरूका बारेमा स्पष्ट पार्नुपर्दछ ।
हिब्रूहरू ९:७.md) मा सुरु गरेर, रगतको अवधारणालाई धेरैपटक परमेश्वरको इस्राएलसँगको करारअनुसार बलिदान गरिएको कुनै पशुको मृत्युलाई जनाउन एउटा प्रतिस्थापनको रूपमा प्रयोग गरिएको छ । लेखकले येशू ख्रीष्टको मृत्युलाई प्रतिनिधित्व गर्न पनि रगतको प्रयोग गरे । येशू सिद्ध बलिदान हुनुभयो ताकि परमेश्वरले मानिसहरूलाई उहाँको विरुद्धमा पाप गरेकोमा क्षमा गर्नुभएको होस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)
हिब्रूहरू ९:१९ मा सुरु गरेर, लेखकले छर्कने कुराको अवधारणालाई प्रतीकात्मक कार्यको रूपमा प्रयोग गरे । पुरानो करारका पूजाहारीहरूले जनावर बलिदानको रगतलाई छर्कने कार्य गर्दथे । यो मानिसहरू वा कुनै वस्तुमाथि जनावरको मृत्युको लाभलाई लागु गरिएको कुराको सङ्केत थियो । यसले मानिसहरू वा वस्तु परमेश्वरमा ग्रहणयोग्य भएको कुरालाई दर्शाउँथ्यो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)
धर्मशास्त्रले धेरै विचारहरूमध्ये कुनै एकलाई जनाउनका लागि यस्ता शब्दहरूको प्रयोग गर्दछ । यसकारण, अनुवादकहरूलाई आफ्नो अनुवादमा ती शब्दलाई राम्रोसँग बुझ्ने गरी लेख्न प्रायः कठिनाइ पर्न सक्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्नलिखित सिद्धान्तहरूको उपयोग गर्दछः
अनुवादकहरूले यी विचारलाई आफ्नो भाषामा कसरी लेख्ने भनी विचार गरिरहँदा प्रायः यूएसटीले सहायता पुर्याउन सक्दछ
तल दिइएका पदहरूका लागि, बाइबलका नयाँ संस्करणहरू पुरानो संस्करणहरूभन्दा फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्दछ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्दछ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादहरूमा भएका पाठलाई प्रयोग गर्नुपर्दछ । यदि छैन भने, अनुवादकहरूले आधुनिक पाठको अनुसरण गर्नुपर्दछ ।
(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-textvariants)