Hebrews 9

हिब्रूहरू ०९ सामान्य टिपोटहरू

संरचना र ढाँचा

मन्‍दिर र त्यसका सबै विधिविधानभन्‍दा कसरी येशू झन् उत्तम हुनुहुन्‍छ भनेर यस अध्‍यायले स्‍पष्‍ट पार्दछ । पुरानो करारको सुरुका पाँच पुस्तकका अनुवाद भएका छैनन् भने यो अध्‍याय बुझ्‍न कठिन हुन्‍छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

इच्‍छापत्र

इच्‍छापत्र भनेको कानुनी दस्‍तावेज हो जसले कुनै व्‍यक्तिको मृत्‍यु भएपछि उसको जग्‍गाजमिनको के हुनेछ भनेर वर्णन गर्छ ।

रगत

पुरानो करारमा परमेश्‍वरले इस्राएलीहरूलाई बलिहरू चढाउने आदेश दिनुभएको थियो, र यसरी उहाँले तिनीहरूका पाप क्षमा गर्न सक्‍नुहुन्‍थ्‍यो । तिनीहरूले यी बलिहरू चढाउनुभन्‍दा पहिले तिनीहरूले जनावरहरू मार्नुपर्थ्‍यो र ती मारिएका जनावरहरूका मासु र रगत दुवै चढाउनुपर्थ्‍यो । रगत छर्कने भनेको जनावर वा व्‍यक्तिलाई मार्ने कुरा जनाउने अलङ्कार हो । येशूले आफैँलाई मार्ने अनुमति मानिसहरूलाई दिनुभयो, र यसरी उहाँले आफ्‍नो जीवन र रगत बलि चढाउनुभयो । येशूको बलिदान पुरानो करारको बलिदानभन्‍दा अझ उत्तम बलिदान हो भनेर हिब्रूका लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tw?section=kt#covenant)

ख्रीष्‍टको पुनरागमन

येशू मर्नुहुँदा उहाँले सुरु गर्नुभएको काम पूरा गर्न उहाँ फेरि फर्किनुहुने छ, र यसरी परमेश्‍वरले आफ्‍ना मानिसहरूका पाप क्षमा गर्नुहुनेछ । उहाँको प्रतिक्षा गरेर बस्‍ने मानिसहरूलाई बचाउने कार्यलाई उहाँले सिध्‍याउनुहुनेछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#save)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू

पहिलो करार

यसले परमेश्‍वरले मोशासँग स्‍थापित गर्नुभएको करारलाई जनाउँछ । तापनि परमेश्‍वरले यो करार गर्नुअघि, उहाँले अब्राहामसँग करार गर्नुभयो । तर यो करार परमेश्‍वरले इस्राएलका मानिसहरूसँग गर्नुभएको पहिलो करार थियो । यसलाई तपाईंले “पहिलो करार” वा “सुरुको करार” भनी अनुवाद गर्न सक्‍नुहुन्‍छ ।

Hebrews 9:1

जोड्ने कथनः

पुरानो करारको नियम र पवित्र वासस्‍थान चाहिँ झन् उत्तम नयाँ करारको तस्‍बिरहरू मात्र थिए भनेर लेखकले यहूदी विश्‍वासीहरूलाई स्‍पष्‍ट पार्दछन् ।

अब

यो शब्‍दले शिक्षाको नयाँ भाग सुरु गरेको सङ्केत गर्दछ ।

पहिलो करार

तपाईंले यसलाई तपाईले हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

नियमहरू ... थिए

“विस्‍तृत मार्गदर्शनहरू थिए” वा “नियमहरू थिए”

Hebrews 9:2

किनकि

लेखकले हिब्रू ८:७ बाट निरन्‍तर व्‍याख्‍या गर्दै छन् ।

पवित्र वासस्‍थान ... तयार गरिएको थियो

पवित्र वासस्‍थान निर्माण गरे र प्रयोगका लागि तयार पारे । यो विचारलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “इस्राएलीहरूले पवित्र वासस्‍थान तयार पारे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सामदान, टेबुल र उपस्‍थितिको रोटी

यी सबै वस्‍तुहरू विशेष महत्त्वका हुनाले लेखकले उल्‍लेख गरे र आफ्‍ना हिब्रू पाठकहरूले यी कुरा बुझ्‍नेछन् भनी अनुमान गरे ।

उपस्‍थितिको रोटी

यसलाई फेरि लेख्‍न सकिन्‍छ र यसरी भाववाचक नाम “उपस्‍थिति” लाई क्रियापदका रूपमा “देखाउने” वा “चढाउने” लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु देखाउने रोटी” वा “पूजाहारीले परमेश्‍वरलाई चढाउने रोटी” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 9:3

दोस्रो पर्दा पछाडितिर

पहिलो पर्दा पवित्र वासस्‍थानको बाहिरी पर्खाल थियो भने “दोस्रो पर्दा” चाहिँ “पवित्रस्‍थान” र “महापवित्र स्‍थान” बीचको पर्दा थियो ।

दोस्रो

यो सङ्ख्या दुईको क्रमागत शब्‍द हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-ordinal)

Hebrews 9:4

यसको भित्रपट्टि

“करारको सन्‍दुकको भित्रपट्टि”

कोपिला लागेको हारूनको लौरो

यो हारूनको लौरो हो । परमेश्‍वरले हारूनलाई आफ्‍नो पूजाहारी हुन चुन्‍नुभयो, र यो लौरोमा परमेश्‍वरले कपिला लाग्‍न दिनुभयो । परमेश्‍वरले हारूनलाई पूजाहारी चुन्‍नुभएको कुरा इस्राएलका मानिसहरूमा उहाँले यो लौरोको कोपिलाद्वारा प्रमाणित गर्नुभयो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

कोपिला लागेको

“जसबाट पातहरू र फूलहरू पलायो”

करारका शिलापटीहरू

यहाँ “शिलापटीहरू” भन्‍नाले ढुङ्गाको पातलो पाटीमा लेखेका कुराहरू त्‍यसमा थिए । यसले दश आज्ञा लेखिएका ढुङ्गाका पाटीहरूलाई जनाउँछ ।

Hebrews 9:5

महिमाका करूबहरूले कृपा आसनलाई ढकेका थिए

इस्राएलीहरूले करारको सन्‍दुल बनाउँदा परमेश्‍वरले सामनेसामने फर्केका दुईवटा करूब बनाउन आदेश दिनुभयो । तिनीहरूका पखेटाहरूले छोएर करारको सन्‍दुकमाथि बिछ्‍याएको कृपा आसनलाई ढाकेका हुन्‍थे । यहाँ तिनीहरूले करारको सन्‍दुकमा छायाँ पारेका थिए भनेको छ । वैकल्‍पिक अनुवादः “महिमित करूबहरूले कृपा आसनलाई आफ्‍ना पखेटाहरूले ढाके”

करूबिम

यहाँ “करूबिम”को अर्थ भन्‍नाले करूबका दुई आकारहरू भन्‍ने हुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

जुन हामी ... सक्दैनौँ

यहाँ लेखकले बहुवचन जनाउने शब्‍द “हामी” प्रयोग गरेका भएतापनि उनले शायद यो शब्‍द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्‍छन् । वैकल्‍पिक अनुवादः “जुन म सक्‍दिन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

Hebrews 9:6

यी थोकहरूलाई तयार पारेपछि

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पूजाहारीहरूले यी थोकहरू तयार पारेपछि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 9:7

रगत बिना होइन

यसलाई सकारात्‍मक रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनले सधैँ रगत ल्याउँथे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

रगत

यो प्रधान पूजाहारीले प्रायश्‍चितको दिनमा बलि चढाउने साँढे र पाठोको रगत हो ।

Hebrews 9:8

महापवित्र स्‍थान

सम्‍भावित अर्थहरू हुन् १) पृथ्‍वीमा भएको पवित्र वासस्‍थानको भित्री कोठा वा २) स्‍वर्गमा भएको परमेश्‍वरको उपस्‍थिति ।

पहिलो पवित्र वासस्‍थान रहिरहँदा

सम्‍भावित अर्थहरू हुन् १) “पवित्र वासस्‍थानको बाहिरी कोठा यति बेलासम्‍म खडा नै थियो” वा “पृथ्‍वीको पवित्र वासस्‍थान र बलिदान प्रथा यति बेलासम्‍म चलिरहेको थियो ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 9:9

यो एक उदाहरण थियो

“यो एक तस्‍बिर थियो” वा “यो एक सङ्केत थियो”

वर्तमान समयका लागि

“अहिलेका लागि”

जुन अहिले चढाइँदै छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन पूजाहारीहरूले अहिले चढाउँछन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

आराधकको विवेकलाई सिद्ध गर्न सकेनन्

व्‍यक्तिको विवेक कुनै दोष नभएको झन् झन् उत्तम हुन सक्‍ने वस्‍तु जस्‍तो भएको जस्‍तो गरी लेखकले भनेका छन् । व्‍यक्तिको विवेक भन्‍नाले उसमा भएको ठीक र बेठीकको ज्ञान हो । उसले खराब काम गरेको छ कि छैन भनेर यो उसमा हुने ज्ञान पनि हो । यदि उसले खराब गरेको छ भनेर थाहा पायो भने, हामी भन्‍दछौँ, उसले दोषी महसुस गरेको छ । वैकल्‍पिक अनुवादः “आराधकहरूलाई दोषमुक्त गराउन सक्षम भएन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

आराधकको विवेक

यहाँ लेखकले एक जना मात्र आराधक भनेका छन्, तर उनले भन्‍ने खोजेको चाहिँ पवित्र वासस्‍थानमा आराधना गर्न आउने सबै मानिसका बारेमा हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-genericnoun)

Hebrews 9:10

नयाँ प्रणालीको समयसम्‍म

“परमेश्‍वरले नयाँ प्रणालीको सृष्‍टि नगर्नुभएसम्‍म”

नयाँ प्रणाली

“नयाँ करार”

Hebrews 9:11

जोड्ने कथनः

परमेश्‍वरको व्‍यवस्‍थाको अधीनमा भएको पवित्र वासस्‍थानको आराधना सेवाका बारेमा स्‍पष्‍ट पारेपछि, लेखकले नयाँ करारको ख्रीष्‍टको आराधना सेवा झन् उत्तम हो भनेर स्‍पष्‍ट पार्दछन्, किनभने यसलाई ख्रीष्‍टको रगतले प्रमाणित गरेको छ । असिद्ध नक्‍कलको रूपमा रहेको सांसारिक पवित्र वासस्‍थानमा अरू प्रधान पूजाहारीहरूले गरे जस्‍तो नभएर ख्रीष्‍टले त साँचो पवित्र वासस्‍थान अर्थात् स्‍वर्गको परमेश्‍वरको उपस्‍थितिमा प्रवेश गर्नुभएको कारणले पनि यो झन् उत्तम हो ।

असल थोकहरू

यसले भौतिक थोकहरूलाई जनाउँदैन । यसको अर्थ परमेश्‍वरले उहाँको नयाँ करारमा प्रतिज्ञा गर्नुभएका असल थोकहरू हुन् ।

अझ बढी महान् र सिद्ध पवित्र वासस्‍थान

यसले स्‍वर्गीय पवित्र वासस्‍थानलाई जनाउँछ, जुन पृथ्‍वीको पवित्र वासस्‍थानभन्‍दा झन् महत्त्वपूर्ण र सिद्ध छ ।

जुन मानवीय हातद्वारा बनाइएको होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन मानवीय यसलाई बनाएको होइन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

मनावीय हातहरू

यहाँ “हात” शब्‍दले सम्पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मानवजाति” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

Hebrews 9:12

महापवित्र स्‍थान

स्‍वर्गमा भएको परमेश्‍वरको उस्‍थितिलाई महापवित्र स्‍थान, अर्थात् पवित्र वासस्‍थानमा भएको भित्री कोठा भए झैँ गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 9:13

कोरलीको खरानी अशुद्ध भएका मानिसहरूमाथि छर्किंदा

अशुद्ध मानिसहरूमाथि पूजाहारीले थोरै खरानी छरिदिन्‍थे ।

तिनीहरूका शरीर चोखो बनाउनलाई

यहाँ “शरीर” शब्‍दले सम्पूर्ण देहलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूका देहहरूका शुद्धताका लागि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 9:14

ख्रीष्‍टको रगतले झन् कति बढ्‍ता गरेर हाम्रो विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ, ताकि हामी जीवित परमेश्‍वरको सेवा गर्न सक्‍दछौँ, किनकि तिमीहरूका पापको लागि अनन्‍त आत्माको शक्तिद्वारा ख्रीष्‍टले आफैँलाई निष्खोट बलिको रूपमा परमेश्‍वरलाई चढाउनुभयो ?

ख्रीष्‍टको बलिदान सबैभन्‍दा धेरै शक्तिशाली भयो भनेर जोड दिनका लागि लेखकले यो प्रश्‍न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “त्‍यसो हो भने, जीवित परमेश्‍वरको सेवा गर्नलाई ख्रीष्‍टको रगतले हाम्रो विवेकलाई मृत कामहरूबाट निश्‍चय पनि झन् धेरै शुद्ध पार्दछ ! किनभने अनन्‍त आत्माद्वारा उहाँले खोटरहित किसिमले परमेश्‍वरमा आफैँलाई चढाउनुभयो ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

ख्रीष्‍टको रगत

ख्रीष्‍टको “रगत” ले उहाँको मृत्‍युलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

खोटरहित

यो सानो पाप वा नैतिक पतन हो जुन ख्रीष्‍टको शरीरमा भएको कुनै सानो, असामान्‍य दाग वा त्रुटीको रूपमा बताइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रो विवेकलाई ... शुद्ध पार्दछ

यहाँ “विवेक” शब्‍दले व्‍यक्तिको दोष महसुस हुने कुरा जनाउँछ । विश्‍वासीहरूले गरेका पापहरूका लागि तिनीहरूले अब फेरि दोषी महसुस गर्नुपर्दैन, किनभने येशूले आफैँलाई बलिदान चढाउनुभयो र तिनीहरूलाई क्षमा गर्नुभयो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शुद्ध पार्नु

यहाँ “शुद्ध पार्नु” शब्‍दले हामीले गरेको पापको दोषबाट हाम्रो विवेकलाई छुटकारा दिने कार्य जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

मृत कामहरू

पापपूर्ण कामहरू चाहिँ मृकहरूको संसारको भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 9:15

यस कारणले

“परिणामस्वरूप” वा “यसले गर्दा”

उहाँ नयाँ करारको मध्‍यस्‍थकर्ता हुनुहुन्‍छ

यसको अर्थ ख्रीष्‍टले परमेश्‍वर र मानवजातिका बीचमा नयाँ करारलाई स्‍थापना गर्नुभयो ।

पहिलो करार

तपाईंले यसलाई हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

पहिलो करारमुनि भएकाहरूलाई तिनीहरूका पापहरूबाट स्वतन्‍त्र पार्न

“पहिलो करारमुनि भएकाहरूको पापहरू लैजानलाई ।” सम्भावित अर्थहरू हुन् १) यहाँ “तिनीहरूका पापहरू” भनेको तिनीहरूका पापहरूको दोषलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “पहिलो करारमुनि भएकाहरूको पापहरूको दोषलाई लैजान” वा २) यहाँ “तिनीहरूका पापहरू” भनेको तिनीहरूका पापहरूको सजायलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “पहिलो करारमुनि भएकाहरूको पापहरूको दण्‍ड लैजानलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिनीहरू जो बोलाइएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई परमेश्‍वरले उहाँका छोराछोरीहरू हुनलाई छान्‍नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

उत्तराधिकार

परमेश्‍वरले विश्‍वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्‍त गर्नुचाहिँ परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्‍पत्तिको पैतृक हक प्राप्‍त गरेको जस्‍तै हो भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 9:16

इच्‍छापत्र

एउटा कानुनी दस्‍तावेज जसमा कुनै व्‍यक्तिको मृत्‍यु भएपछि उसको जग्‍गाजमिन कसले प्राप्‍त गर्नेछ भनेर उसले उल्‍लेख गरेको हुन्छ

इच्‍छापत्र लख्‍ने व्‍यक्तिको मृत्‍यु भएको प्रमाणित गर्नुपर्ने हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “इच्‍छपत्र गरेको व्‍यक्तिको मृत्‍यु भएको छ भनेर कसैले प्रमाणित गर्नुपर्दछ”

Hebrews 9:18

त्‍यसैले पहिलो करार पनि रगतबिना स्‍थापित भएको थिएन

यसलाई कर्तृवाच्‍य र सकारात्मक स्‍वरूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यसैले परमेश्‍वरले पहिलो करार पनि रगतले नै स्‍थापित गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

पहिलो करार

तपाईंले यसलाई हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

रगत

परमेश्‍वरमा बलिदान चढाइएका जनावरहरूका मृत्‍यु चाहिँ अरू केही होइन तर रगत हो भनेर बताइएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरमा बलिदान चढाएका जनावरहरूका मृत्‍यु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 9:19

रगत लिए ... पानीले ... र छर्के ... चर्मपत्र ... र सबै मानिसहरू

पूजाहारीले हिसपलाई रगत र पानीमा चोपे, र हिसपलाई हल्‍लाए, र यसरी रगत र पानी व्‍यवस्‍थाको पुस्‍तकमाथि र मानिसहरूमाथि पर्‍यो । छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थिए, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यहाँ चर्मपत्र र मानिसहरूको परमेश्‍वरप्रतिको स्वीकारयोग्‍यतालाई नवीकरण गरिएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

हिसप

गर्मीयाममा फूल फुल्‍ने काठ हुने वनस्‍पति, जसको सांस्‍कारिक रूपमा छर्किने कार्यमा प्रयोग हुन्‍थ्‍यो

Hebrews 9:20

करारको रगत

करारको आवश्‍यकता पूरा गर्न बलिदान चढाइएका जनावरहरूका मृत्‍युलाई “रगत”ले जनाँछ । वैकल्‍पिक अनुवादः “करारलाई प्रभावकारी बनाउने रगत” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 9:21

तिनले छर्के

“मोशाले छर्के”

छर्के

छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थिए, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यसलाई तपाईंले हिब्रू ९:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

आराधनामा प्रयोग हुने सबै भाँडाहरू

भाँडा भन्‍नाले कुनै थोक हाल्‍ने सामान हो । यहाँ कुनै पनि किसिमका भाँडाकुँडा वा औजारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “आराधनामा प्रयोग हुने सबै भाँडाकुँडाहरू”

आराधनामा प्रयोग हुने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पूजाहारीले आफ्‍ना काममा प्रयोग गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

रगत

यहाँ पशुको “रगत”ले पशुको मृत्युको बारेमा कुरा गरिरहेको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 9:22

रगतले प्रायः हरेक थोकलाई शुद्ध पार्दछ

कुनै थोक परमेश्‍वरलाई ग्रहणयोग्‍य तुल्‍याउने कुरालाई त्‍यो कुरालाई शुद्ध पार्ने कुरा जस्‍तो हो भनी लेखकले भनेका छन् । यो विचारलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “करिब हरेक थोक शुद्ध पार्नका लागि पूजाहारीले रगतको प्रयोग गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

रगत नबगाईकन पापको क्षमा हुँदैन

यहाँ “रगत बगाउने” भन्‍नाले परमेश्‍वरमा बलिदानका रूपमा कुनै कुरा मर्नुपर्छ भन्‍ने हो । दोहोरो नकारात्‍मकको अर्थ रगत बगाएपछि सम्‍पूर्ण क्षमा हुन्‍छ । वैकल्‍पिक अनुवादः “बलिदान रूपमा कुनै थोक मर्‍यो भने मात्र क्षमा हुन्‍छ” वा “बलिदान रूपमा कुनै थोक मर्‍यो भने मात्र परमेश्‍वरले क्षमा गर्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

क्षमा

अस्‍पष्‍ट अर्थलाई तपाईंले स्‍पष्‍ट पारेर लेख्‍न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “मानिसहरूका पापको क्षमा” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 9:23

जोड्ने कथनः

ख्रीष्‍टले (यति बेला हाम्रा लागि स्‍वर्गमा मध्‍यस्‍थबिन्ती चढाउँदै हुनुहुन्‍छ) पापका लागि एकपल्ट मात्र मर्नुपर्‍यो, र उहाँ फेरि दोस्रोपल्ट यस पृथ्‍वीमा फर्केर आउनुहुन्‍छ भनेर लेखकले जोड दिन्छन् ।

स्‍वर्गमा भएका थोकहरूको नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्‍यो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “स्‍वर्गमा भएका थोकहरूको नक्‍कलहरूलाई शुद्ध पार्नका लागि पूजाहारीहरूले यी जनावरका बलिदानको प्रयोग गर्नुपर्दछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

स्‍वर्गमा भएका थोकहरू आफैँलाई झन् कति बढी उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्‍यक थियो

यसको अर्थ पृथ्‍वीका नक्‍कलहरूलाई शुद्ध पार्नका लागि प्रयोग भएको भन्‍दा झन् उत्तम हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “स्वर्गका थोकहरू आफ्‍नै लागि, परमेश्‍वरले झन् उत्तम बलिदानहरूले शुद्ध पार्नु आवश्‍यक थियो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 9:24

हातद्वारा बनाइएको महापवित्र स्‍थान, जुन

यहाँ “हातद्वारा” को अर्थ “मानिसहरूद्वारा” हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले बनाएका महापवित्र स्‍थान” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

साँचो हुनुहुनेको

“साँचो महापवित्रस्‍थानको”

Hebrews 9:25

तिनी त्यहाँ गएनन्

“तिनी स्वर्गमा प्रवेश गर्नुभएन”

सालिन्दा

“प्रत्‍येक वर्ष” वा “वर्षैपिच्‍छे”

अर्काको रगत लिएर

बलि चढाएको जनावरको रगत लिएर, तिनको आफ्‍नै रगत होइन

Hebrews 9:26

त्‍यसो भएको भए

“यदि उहाँले बारम्‍बार आफैँलाई चढाउनुपरेको भए”

उहाँको आफ्‍नै बलिद्वारा पापलाई हटाउन

पापलाई हटाउने कुराले परमेश्‍वरले त्यसलाई माफ गरिदिनुभएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “आफैँलाई बलिदान दिनुभएर परमेश्‍वरलाई पापहरू माफ गर्नुहुने तुल्याउन” वा “आफैँलाई बलिदान गर्न ताकि परमेश्‍वरले पापलाई क्षमा गर्न सक्‍नुभएको होस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 9:28

ख्रीष्‍टलाई एकचोटिको लागि बलि चढाइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले एकचोटिको लागि आफैँलाई बलिदान चढाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

पाप हटाउनलाई

हाम्रा पापको दोषी महसुस गर्नुको साटोमा हामीलाई निर्दोष बनाउने काममा हाम्रा पाप कुनै भौतिक वस्‍तु हो, जसलाई ख्रीष्‍टले बोकेर हामीबाट हटाइदिनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “यसरी परमेश्‍वरले पाप क्षमा गर्न सक्‍नुभएको होस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

पापहरू

यहाँ “पाप” भन्‍नाले मानिसहरूले पाप गरेको हुनाले तिनीहरूले परमेश्‍वरको सामु दोषी महसुस गरेको कुरा हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)