Hebrews 10

हिब्रूहरू १० सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्‍यायमा, लेखकले मन्‍दिरमा चढाउने गरेको बलिदानभन्दा येशूको बलिदान झन् उत्तम कसरी हो भन्‍ने कुरालाई स्‍पष्‍ट पारेर सिध्‍याउँछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#lawofmoses)

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । १०:५-७, १५-१७, ३७-३८ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परमेश्‍वरको इन्साफ र इनाम

ख्रीष्‍टिएनहरूका लागि पवित्र जीवन बिताउने कुरा महत्त्वपूर्ण हुन्‍छ । मानिसहरूले आफ्‍नो ख्रीष्‍टिएन जीवन जसरी बिताउने गर्दछन्, त्‍यसका लागि परमेश्‍वरले तिनीहरूबाट हिसाब लिनुहुन्‍छ । ख्रीष्‍टिएनहरूका लागि अनन्‍त दण्‍डाज्ञा नभए तापनि, अधार्मिक कार्यहरूका लागि दुष्परिणाम भने अवश्‍य भोग्‍नुपर्ने छ । साथै, विश्‍वासयोग्‍य जीवन बिताउनेहरूले इनाइ पाउने छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#holy, /WA-Catalog/ne_tw?section=kt#godly अनि /WA-Catalog/ne_tw?section=kt#faithful अनि /WA-Catalog/ne_tw?section=other#reward)

यस अध्यामा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू

“किनभने साँढे र बोकाहरूका रगतले पाप हटाउन असम्‍भव छ”

बलिदान आफैँमा बचाउने शक्ति हुँदैन । ती विश्‍वासका प्रदर्शन भएको हुनाले प्रभावकारी हुन्‍थे, जुन बलिदान चढाउने व्‍यक्तिका लागि फाइदा हुन्‍थ्‍यो । आखिरमा यी बलिदानलाई “पाप हटाउन” सक्षम बनाउने कार्य येशूको बलिदानले गर्‍यो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#redeem अनि /WA-Catalog/ne_tw?section=kt#faith)

“मैले स्‍थापित गर्ने करार”

लेखकले लेख्‍दै गर्दा यो अगमवाणी पूरा भएको थियो कि यो पछि पूरा हुन आउने कुरा थियो भन्‍ने चाहिँ स्‍पष्‍ट छैन । अनुवादकले यो करार सुरु हुने समय स्‍पष्‍ट पार्न आवश्‍यक हुँदैन । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#prophet अनि /WA-Catalog/ne_tw?section=kt#covenant)

Hebrews 10:1

जोड्ने कथनः

लेखले व्‍यवस्‍था र त्‍यसका बलिदानहरू कमजोरी दर्शाउँछन्, परमेश्‍वरले किन व्‍यवस्‍था दिनुभयो, अनि नयाँ पूजाहारीपन र ख्रीष्‍टको बलिदानको सिद्धतालाई स्‍पष्‍ट तुल्‍याउने कार्य गर्दछन् ।

व्‍यवस्‍था हुन आउने असल कुराहरूको छायाँ मात्र हो

यसले व्‍यवस्‍थालाई छायाँ हो भनेको छ । लेखकले भन्‍न खोजेको कुरा व्‍यवस्‍था परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको असल कुरा होइन । यसले परमेश्‍वरले गर्न लाग्‍नुभएको असल कुराको सङ्केत मात्र दिन्‍छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

ती कुराहरूको वास्‍तविक रूप होइन

“आफैँमा वास्‍तविक थोकहरू होइन”

वर्षैपिच्‍छे

“हरेक वर्ष”

Hebrews 10:2

नत्रता के बलि चढाउने काम बन्‍द हुने थिएन र ?

ती बलिदानका शक्ति सिमित थियो भन्‍ने कुरामा जोड दिनका लागि लेखकले एउटा प्रश्‍न प्रयोग गर्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले ती बलिदान चढाउन छोडेको हुनुपर्थ्‍यो ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

बन्‍द भएको

“हुन रोकिएको”"stopped being

आराधनकरू शुद्ध पारिएका हुने थिए

यहाँ शुद्ध हुने थिए भन्‍नाले पापका लागि फेरि दोषी महसुस गर्ने थिएनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बलिदानले तिनीहरूका पाप हटाउने थियो” वा “परमेश्‍वरले तिनीहरूलाई फेरि पापको दोषी तुल्‍याउनुहुने थिएन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

फेरि कहिल्‍यै पापको चेतना हुने थिएन

“आफू पापका लागि दोषी भएको विचार तिनीहरूले फेरि कदापि गर्ने थिएनन्” वा “तिनीहरू अब पापका लागि दोषी छैनन् भनी जान्‍ने थिए”

Hebrews 10:4

किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्‍भव छ

पाप भन्‍ने कुरा जनावरका रगतले त्यो बहँदै गर्दा बगाएर लैजाने वस्‍तु भए झैँ गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “किनभने साँढे र बोकाहरूका रगतले परमेश्‍वरलाई पाप क्षमा गर्ने तुल्‍याउन असम्‍भव छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

साँढे र बोकाहरूका रगत

यहाँ “रगत” ले परमेश्‍वरमा बलि चढाउँदा यी जनावर मर्ने कुरा जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 10:5

सामान्य जानकारीः

उहाँ यस पृथ्‍वीमा हुनुहुँदा ख्रीष्‍टले बोल्‍नुभएका वचनहरूका बारेमा दाऊदको भजनबाटको यस उद्धरणमा भविष्‍यवाणी भएको थियो ।

तपाईंले ... चाहनुभएन

यहाँ “तपाईं” शब्‍द एकवचन हो र यसले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

एउटा शरीर तपाईंले तयार पारिदिनुभएको छ

“तपाईंले एउटा देह तयार राख्‍नुभएको छ”

Hebrews 10:7

तब मैले भनेँ

यहाँ “मैले” शब्दले ख्रीष्‍टलाई जनाउँछ ।

Hebrews 10:8

सामान्य जानकारीः

शब्‍दहरूमा अलकति बद्लेर लेखकले जोड दिनका लागि दाऊदको भजनबाट यी उद्धरण दोहोर्‍याएका छन् ।

बलिदानहरू ... भेटीहरू

तपाईंले यी शब्दहरूलाई हिब्रू १०:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

होमबलिहरू ... पापबलिहरू

तपाईंले यस्तै समान शब्दहरूलाई हिब्रू १०:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

जुन चढाइन्‍छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई पूजाहारीहरूले चढाउँछन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 10:9

हेर

“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्‍न लागेको कुरामा ध्यान देऊ”“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्‍न लागेको कुरामा ध्यान देऊ”

दोस्रो अभ्यासलाई स्‍थापित गर्न उहाँले पहिलो अभ्यासलाई खारेज गर्नुहुन्‍छ

यहाँ भएको भाववाचक नाम “अभ्यास”ले पापको प्रायश्‍चित गर्ने तरिकालाई जनाउँछ । यो प्रचलन रोक्‍ने कुरालाई हटाउन सक्‍ने कुनै वस्‍तु भएको जस्‍तो गरी लेखकले भनेका छन् । पापको प्रायश्‍चितको दोस्रो तरिका सुरु गर्ने कुरालाई त्‍यो कुरा स्‍थापित गर्ने जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “दोस्रो तरिकाले पापको प्रायश्‍चित गर्नका उहाँले पहिलो तरिकाले पापको प्रायश्‍चित गर्न रोकिदिनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

पहिलो अभ्यास ... दोस्रो अभ्यास

यी शब्द “पहिलो” र “दोस्रो” क्रमागत नम्‍बर हुन् । वैकल्‍पिक अनुवादः “पुरानो प्रचलन ... नयाँ प्रचलन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-ordinal)

Hebrews 10:10

हामी शुद्ध पारिएका छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई शुद्ध पार्नुभएको छ” वा “परमेश्‍वरले हामीलाई उहाँमा अर्पित गर्नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा

भाववाचक नाम “बलिदान” लाई “बलि चढाउने” वा “बलि गर्ने” भनेर क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍टले आफ्‍नो शरीरलाई बलिदानका रूपमा चढाउनुभएको हुनाले” वा “किनभने येशू ख्रीष्‍टले उहाँको शरीर बलि चढाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 10:11

दिनहुँ

“दिनैपिच्‍छे” वा “हरेक दिन”

कहिल्‍यै पनि पाप हटाउन सक्दैनन्

“पाप” कुनै व्‍यक्तिले ठाउँ सार्न सक्‍ने वस्‍तु भएको जस्‍तो गरी यसले भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई पाप क्षमा गर्ने कदापि तुल्‍याउन सक्दैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:12

उहाँ परमेश्‍वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ

यहाँ “दाहिने बाहुलीपट्टि” बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुराको सङ्केतात्मक कार्य हो । यस्तै समान वाक्यांशलाई तपाईंले हिब्रू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “उहाँ परमेश्‍वरको छेउमा सम्‍मान र अधिकारको स्‍थानमा बस्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

Hebrews 10:13

उहाँका शत्रुहरूलाई आफ्‍नो पाउदान नबनाएसम्‍म

ख्रीष्‍टका शत्रुहरूका अपमानका बारेमा तिनीहरू उहाँका खुट्टा अड्‍याउने वस्‍तु भए जस्‍तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टका शत्रुहरूलाई अपमानित नतुल्‍याउन्‍जेल र तिनीहरू उहाँका पाउदान जस्‍ता नहोउन्‍जेल” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 10:14

शुद्ध हुँदै गरेकाहरूलाई

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई परमेश्‍वरले शुद्ध पार्दै हुनुहुन्‍छ ।” वा “तिनीहरू जसलाई परमेश्‍वरले आफ्‍नै निम्‍ति अर्पित गर्नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 10:15

सामान्य जानकारीः

यो पुरानो करारका यर्मिया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरण हो ।

Hebrews 10:16

तिनीहरूसँग

“मेरा मानिसहरूसँग”

ती दिनहरूपछि

“मेरा मानिसहरूसँगको पहिलो करारको समय सकिएपछि”

तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु

यहाँ “हृदय” भनेको व्यक्ति भित्री मानिसको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूको हृदयमा राखिदिनेछु” भन्‍ने वाक्यांश चाहिँ मानिसहरूलाई व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “म तिनीहरूलाई मेरो व्‍यवस्‍थाको पालना गर्नलाई सक्षम तुल्याउनेछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:17

सामान्य जानकारीः

यो पुरानो करारका यर्मिया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरणको निरन्‍तरता हो ।

तिनीहरूका पापहरू र दुष्कर्महरू म कहिल्‍यै पनि सम्‍झने छैन

“म तिनीहरूका पापहरू र दुष्कर्महरू फेरि कहिल्यै याद गर्नेछैन ।” वा “म तिनीहरूका पापहरू र दुष्कर्महरूका बारेमा फेरि कहिल्यै विचार गर्नेछैन ।” यो पवित्र आत्‍माको गवाहीको दोस्रो भाग हो (हिब्रू १०:१५-१६) । पद १६ को अन्त्यमा उद्धरणलाई टुङ्ग्याएर र यहाँ नयाँ उद्धरणलाई सुरु गरेर तपाईंले यसलाई अनुवादमा स्‍पष्‍ट तुल्‍याउन सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “त्‍यसपछि फेरि उहाँले भन्‍नुभयो, ‘तिनीहरूले पापहरू र दुष्कर्महरू म फेरि कदापि स्‍मरण गर्नेछैन ।’” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तिनीहरूका पापहरू र दुष्कर्महरू

“पापहरू” र “दुष्कर्महरू” शब्दका मूलभूत अर्थ एउटै हो । पाप कति खराब छ भन्‍ने कुरालाई ती दुवै मिलेर जोड दिँदछन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले गरेका निषेधित कुराहरू र कसरी तिनीहरूले व्यवस्थालाई तोडे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

Hebrews 10:18

अब

“यो बेला” भन्‍ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्‍यान एकाग्र गराउनका लागि यसलाई प्रयोग गरिएको छ । यसको अर्थ “यो बेला” भन्‍ने होइन ।

जहाँ यी कुराहरूको क्षमा हुन्‍छ

यसका शब्‍दहरू मिलाएर लेख्‍न सकिन्‍छ, र यसरी भाववाचक नाम “क्षमा” लाई क्रियापदका रूपमा “क्षमा गर्ने” भनी लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “जब परमेश्‍वरले यी कुरालाई क्षमा गर्नुभएको हुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

त्‍यहाँ पापको निम्‍ति कुनै बलिदानको खाँचो छैन

यसका शब्‍दहरू मिलाएर लेख्‍न सकिन्‍छ, र यसरी भाववाचक नाम “बलिदान” लाई क्रियापदका रूपमा “बलिदान चढाउने” भनी लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “मानिसहरूले पापका लागि फेरि बलिदान चढाउन पर्नेछैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 10:19

जोड्ने कथनः

पापका एउटै मात्र बलिदान छ भनेर स्‍पष्‍ट पारेपछि, लेखकले मन्‍दिरको महापवित्र स्‍थानमा भएका थोकहरूका बारेमा निरन्‍तर कुरा गर्छन् जुन स्थानमा पापका लागि चढाएको बलिदानको रगत लिएर प्रधान पूजाहारी मात्र त्‍यहाँभित्र वर्षमा एकचोटी प्रवेश गर्न सक्‍दछन् । अब विश्‍वासीहरू आफैँ महापवित्र स्‍थानमा खडा भए झै गरी तिनीहरूले परमेश्‍वरको आराधना गर्न सक्‍दछन् भनी लेखकले तिनीहरूलाई स्‍मरण गराउँदछन् ।

भाइहरू

यहाँ “भाइहरू” शब्‍दले पुरुष र स्‍त्री दुवै ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “भाइहरू र बहिनीहरू” वा “विश्‍वासी प्रियजनहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

महापवित्रस्‍थान

यहाँ यसको अर्थ परमेश्‍वरको उपस्‍थिति हो, यसले पुरानो करारको पवित्र वासस्‍थानमा भएको महापवित्र स्‍थानलाई जनाउँदैन । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

येशूको रगतद्वारा

यहाँ “येशूको रगत” ले येशूको मृत्‍युलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 10:20

जीवित मार्ग

सम्‍भावित अर्थहरू हुन् १) यो येशूले उपलब्‍ध गराउनुभएको परमेश्‍वरकहाँ जाने नयाँ मार्ग हो, जसको परिणामस्‍वरूप विश्‍वासीहरू सदासर्वदा जिउने छन् वा २) येशू जीवित हुनुहुन्‍छ र उहाँको बाट भएर विश्‍वासीहरू परमेश्‍वरको उपस्‍थितिमा प्रवेश गर्दछन् ।

पर्दाबाट

पार्थिव मन्दिरमा भएको पर्दाले मानिसहरू र परमेश्‍वरको साँचो उपस्‍थितिलाई अलग गरिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँको शरीर

यहाँ “शरीर” शब्‍दले येशूको शरीरलाई जनाउँछ र उहाँको शरीरले उहाँले गर्नुभएको बलिदानीपूर्ण मृत्‍युलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँको मृत्‍युद्वारा” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 10:21

परमेश्‍वरको घरमा हामीसँग एक जना महान् पूजाहारी हुनुहुन्छ

यस अनुवाद यस्‍तो किसिमले होस्, ताकि यो “महान् पूजाहारी” येशू नै हुनुहुन्‍छ भनी स्‍पष्‍ट होस् ।

घरमाथि

“घरको रेखदेखमा”

परमेश्‍वरको घर

यसले परमेश्‍वरका मानिसहरू साँच्‍चैका घर हुन जस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका सबै मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:22

हामी ... नजिक जाऔँ

यहाँ “नजिक जाने” भन्‍नाले परमेश्‍वरको आराधना गर्ने कुरा जनाउँछ, जस्‍तो पूजाहारी परमेश्‍वरको वेदीमा पशु बलि चढाउन उहाँकहाँ जान्‍छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

साँचो हृदयले

“विस्‍वासयोग्‍य हृदयले” वा “इमानदार हृदयले ।” यहाँ “हृदय” शब्दले विश्‍वासीहरूमा हुने साँचो इच्‍छा र प्रेरणालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सच्‍चा हृदयले” वा “इमानदार तवरले” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

विश्‍वासको सम्‍पूर्ण निश्‍चयतासाथ

“विश्‍वासको दृढतासाथ” वा “पूर्ण रूपमा येशूमा भर परेर”

हाम्रो हृदय ... छिटकाउद्वारा शुद्ध पारिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले आफ्‍नो रगतले हाम्रो हृदय शुद्ध पार्नुभएको जस्‍तो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

छिट्काउद्वारा हृदय शुद्ध पारिएको

यहाँ “हृदय” ले विवेक अर्थात् असल र खराबको सचेतनालाई जनाउँछ । शुद्ध हुने कुराले क्षमा भएको कुरा र धार्मिकताको अवस्‍था प्रदान गरिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

छिट्काउ

छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थियो, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यसलाई तपाईंले हिब्रू ९:१९ मा कसरी प्रयोग गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले हाम्रा शरीरलाई शुद्ध पानीले धोइदिनुभएको थियो जस्‍तो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको

यदि यो वाक्‍यले ख्रीष्‍टिएन बप्‍तिस्‍मालाई जनाएको हो भनेर अनुवादकले बुझेका छन् भने “पानी” साँच्‍चिकै पानी हो र यसको साङ्केतिक छैन । तर यदि यो पानीलाई साँच्‍चिकै पानीको रूपमा लिने हो भने, “शुद्ध” शब्‍दले यहाँ उल्‍लेखित बप्‍तिस्‍माले ल्‍याउने आत्‍मिक शुद्धतालाई जनाउने साङ्केतिक अर्थ दिन्‍छ । “धुने” कुराले विश्‍वासीहरूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने कुरा जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:23

हामीले स्‍वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामिराखौँ

यहाँ “बलियोसँग” शब्‍द कुनै व्‍यक्तिले केही कुरा गर्ने वा नगर्ने भनी दृढतासाथ निर्णय गर्ने कुरा जनाउने अलङ्कार हो । यहाँ प्रयोग भाववाचक नामहरू “स्‍वीकार” र “आशा” लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “हामीले परमेश्‍वरबाट दृढतापूर्वक आशा गरेको कुराहरूलाई हामी निरन्‍तर स्‍वीकार गर्ने निर्णय गरौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

नडगमगाइकन

केही कुराको बारेमा अनिश्‍चित हुने कुरा चाहिँ कोही व्यक्ति यताउता धर्मराइरहेको भए झैँ गरेर बताइएको छ । वैकल्‍पिक अनुवादः “अनिश्‍चित नभइकन” वा “शङ्का नगरिकन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:25

हामी एकआपसमा सँगसँगै भेला हुन नछोडौँ

आराधना गर्न भेला हुने मानिसहरूका बारेमा तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “हामी आराधनामा एकसाथ भेला हुन नछोडौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

जसै तिमीले दिन नजिकै आएको देख्छौ

भविष्‍यको समय कुनै वस्‍तु हो र त्‍यो वक्ताको नजिक आउँदै छ जस्‍तो गरी लेखकले भनेका छन् । यहाँ “दिन” शब्‍दले येशू फेरि दोस्रोपल्ट आउने दिनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट फेरि दोस्रोपल्ट चाँडै नै आउने कुराका बारेमा तिमीहरू जान्‍दछौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 10:26

जोड्ने कथनः

लेखकले अब उनको चौथो चेतावनी दिन्छन् ।

हामी जानाजान पाप गर्दै जान्छौँ

“हामी जान्दछौँ कि हामी पाप गर्दैछौँ तर पनि हामी अझै अनि अझै गर्छौँ”

हामीले सत्‍यताको ज्ञान पाएपछि

सत्‍यताको ज्ञानको बारेमा यो कुनै एक व्‍यक्तिले अर्को व्‍यक्तिलाई दिन सक्‍ने एउटा वस्‍तु भए झैँ गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हामीले सत्‍यताको बारेमा सिकेपछि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सत्यता

परमेश्‍वरको बारेमा सत्‍यता । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

पापको लागि कुनै बलिदान बाँकी रहँदैन

कसैले पनि नयाँ बलिदान दिन सक्षम हुँदैन, किनभने यो कार्य गर्न ख्रीष्‍टको बलिदान मात्र पर्याप्‍त छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हाम्रा पाप क्षमा गर्नका लागि कसैले पनि बलिदान चढाउन सक्दैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

पापका लागि कुनै बलिदान

यहाँ “पापका लागि बलिदान” भन्‍नाले “पाप हटाउनका लागि जनावर बलिदान चढाउने प्रभावकारी तरिकालाई जनाउँछ ।”

Hebrews 10:27

न्यायको

परमेश्‍वरको न्‍यायको, यसको अर्थ परमेश्‍वरले न्‍याय गर्नुहुनेछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

परमेश्‍वरका शत्रुहरूलाई भष्म पार्ने क्रोधको आगो मात्र रहनेछ

परमेश्‍वरको क्रोधको बारेमा त्‍यो उहाँका शत्रहरूलाई भष्म पार्ने आगो हो जस्‍तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:28

दुई वा तीन जना साक्षीहरू

यसको अर्थ हुन्‍छ, “कम्तीमा दुई वा तीन साक्षीहरूको ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 10:29

अनुग्रहको ... झन् कति बढी सजाय पाउँछ होला ?

ख्रीष्‍टलाई इन्‍कार गर्नेहरू लागि भएको दण्‍डको कठोरता बारेमा लेखकले जोड दिन्‍छन् । वैकल्‍पिक अनुवादः “यो गम्‍भीर दण्‍ड थियो । तर ... दण्‍ड झन् बढी कठोर होला !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्‍चने

ख्रीष्‍टलाई बेवास्‍ता गर्ने र उहाँलाई गिल्‍ला गर्न कुरालाई उहाँलाई खुट्टाले कुल्‍चने कुराजस्‍तो लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको पुत्रलाई इन्‍कार गरेको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

परमेश्‍वरको पुत्र

यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

करारको रगतलाई अपवित्र तुल्‍याउने

यसले कुनै व्‍यक्तिले परमेश्‍वरको पुत्रलाई कुल्‍चेको दर्शाउँछ । वैकल्‍पिक अनुवादः “करारको रगतलाई अपवित्र झैँ व्‍यवहार गरेर”

करारको रगत

यहाँ “रगत” शब्‍दले ख्रीष्‍टको मृत्‍युलाई जनाउँछ, जसद्वारा परमेश्‍वरले नयाँ करार स्‍थापित गर्नुभयो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

अर्थात् आफूलाई पवित्र तुल्‍याएको रगत

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पमेश्‍वरले उसलाई पवित्र तुल्‍याउनुभएको रगत” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

अनुग्रहको आत्‍मा

“अनुग्रह गर्नुहुने परमेश्‍वरको आत्‍मा”

Hebrews 10:30

सामान्य जानकारीः

यहाँ भएको “हामी” शब्‍दले लेखक र विश्‍वासीहरूलाई जनाउँछ । यी दुई उद्धरण पुरानो करारको मोशाको व्‍यवस्‍थाबाट लिइएको हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

बदला लिने काम मेरो हो

बदला भन्‍ने कुरा परमेश्‍वरसँग भएको कुनै थोक हो जस्‍तो गरी लेखकले भनेका छन् । परमेश्‍वरलाई उहाँसँग भएका थोकका बारेमा जेसुकै गर्ने अधिकार छ । परमेश्‍वरलाई उहाँका शत्रुहरूसँग बदला लिने अधिकार छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

म बदला लिनेछु

कसैले अरूका विरुद्धमा गरेका हानि पुर्‍याउने कामका बदला लिएको जस्‍तो गरी परमेश्‍वरले लिनुहुने बदलाको कुरा गरेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:31

हातमा पर्नु

परमेश्‍वले दिनुहुने दण्‍ड पूरा रूपले पाउने कुरालाई परमेश्‍वरको हातमा पर्ने भनेको हो । यहाँ “हात” शब्‍दले न्‍याय गर्ने परमेश्‍वरको शक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले दिनुहुने दण्‍ड पूरा रूपले प्राप्‍त गर्नु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 10:32

ती अगिका दिनहरू

“विगतको समय”

तिमीहरूले ज्‍योति पाएपछि

सत्‍यता सिकेका कुरालाई परमेश्‍वरले त्‍यस व्‍यक्तिमा ज्‍योति चम्‍काइदिनुभएको जस्‍तो हो भनी लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले ख्रीष्‍टका बारेमा सत्‍यता सिकेपछि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तिमीहरूले ... दुखको कठिन घडीमा कसरी सह्‌यौ

“तिमीहरूले कति धेरै दुःख सहनुपर्‍यो”

Hebrews 10:33

तिमीहरू निन्‍दा र अत्‍याचारमा परी मानिसहरूका सामु तमासा बनाइएका थियौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई सार्वजनिक ठाउँमा अपमान गरे र सताए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

... तिमीहरू सहभागी भयौ

“तिमीहरू तिनीहरूसँग सम्‍मिलित भयौ”

Hebrews 10:34

अझ उत्तम र सदा रहने आफ्‍नै सम्‍पत्ति

परमेश्‍वरले दिनुहुने अनन्‍तको आशिषलाई “सम्‍पत्ति” हो भने झैँ गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 10:35

सामान्य जानकारीः

हिब्रू १०:३७ मा पुरानो करारका यशैया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरण छ ।

आफ्‍नो आत्मविश्‍वासलाई नगुमाओ, जसको ठूलो इनाम छ

आत्मविश्‍वास नभएको व्‍यक्तिका बारेमा कसैले काम नलाग्‍ने फोहर फाले झैँ उक्त व्‍यक्तिले आत्मविश्‍वासलाई टाढा फालिदिएको जस्‍तो हो गरी लेखकले भनेका छन् । भाववाचक नाम “आत्मविश्‍वास” लाई विशेषण “आत्मविश्‍वासी” वा क्रिया विशेषण “निश्‍चित तरिकाले” भनी अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “आत्मविश्‍वासी हुन नछोड, किनभने आत्मविश्‍वासी हुनाले तिमीहरूले ठूलो इनाम पाउने छौ” वा “आत्मविश्‍वासी भएर परमेश्‍वरमा भर पर्न नछोड, जसले तिमीहरूलाई ठूलो इनाम दिनुहुनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 10:37

किनकि केही बेरमा

तपाईंले यसलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “जस्‍तो परमेश्‍वरले धर्मशास्‍त्रमा भन्‍नुभएको छ, ‘किनभने एकदमै कम क्षणमा’ (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

एकदमै कम क्षणमा

“धेरै चाँडो”

Hebrews 10:38

सामान्य जानकारीः

हिब्रू १०:३८ मा लेखकले हबकुक अगमवक्ताको पुस्‍तकबाट उद्धरण लिएका छन्, जुन १०:३७ मा यशैया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरणपछि तुरुन्‍तै सुरु हुन्‍छ ।

मेरो धर्मी जन ... यदि ऊ पछि फर्कन्‍छ भने ... उससँग

यी कुराले सामान्‍यतया परमेश्‍वरका कुनै पनि मानिसलाई जनाउँछन् । वैकल्‍पिक अनुवादः “मेरा विश्‍वासयोग्‍य मानिसहरू ... यदि तिनीहरूमध्‍ये कोही पनि फर्कन्‍छ भने ... त्‍यस व्‍यक्तिसँग” वा “मेरा विश्‍वासयोग्‍य मानिसहरू ... यदि तिनीहरू फर्कन्‍छन् भने ... तिनीहरूसँग” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-genericnoun)

मेरो धर्मी ... म ...

यहाँ “मेरो” र “म” शब्दहरूले परमेश्‍वरलाई जनाउँछन् ।

फर्कन्‍छ भने

उसले गरिरहेको असल थोक गर्न छोड्छ भने

Hebrews 10:39

जो विनाशतिर फर्कन्छन।

साहस र विश्‍वास गुमाउने व्यक्ति चाहिँ केही थोकसँग डराएर पछाडि हटेको जस्तै गरी बताइएको छ । अनि “विनाश” भनेको चाहिँ पुग्‍न सक्‍ने कुनै ठाउँ भएजस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरमा भरोसा गर्न छोड्दछ, जुन कुराले उहाँले हामीलाई नाश गर्ने तुल्‍याउनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रो प्राणलाई बचाइराख्‍न

अनन्‍तसम्‍म परमेश्‍वरसँग बस्‍ने कुरालाई लेखकले कसैको आत्‍मालाई बचाइराख्‍ने कुरा भनेका छन् । यहाँ “प्राण” भन्‍नाले सम्पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जुन कुराले हामीलाई सदासर्वदा परमेश्‍वरको साथमा बस्‍न योग्‍य तुल्‍याउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)