Hebrews 11

हिब्रूहरू ११ सामान्य टिपोटहरू

संरचना

विश्‍वास के हो, सो कुरा भनेर लेखकले यो अध्‍याय सुरु गर्दछन् । अनि विश्‍वास गरेका धेरै मानिस र उनीहरूले कसरी जीवन बिताए भन्‍ने कुराको उदारण लेखकले दिन्छन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण अलङ्कारहरू

विश्‍वास

पुरानो र नयाँ दुवै करारमा परमेश्‍वरले विश्‍वास आवश्‍यक ठान्‍नुहुन्‍छ । विश्‍वास भएका केही मानिसहरूले आश्‍चर्यकर्महरू गरे र धेरै शक्तिशाली थिए । विश्‍वास भएका अन्य मानिसहरूले ठूलाठूला दुःख भोगे ।

Hebrews 11:1

जोड्ने कथनः

यो छोटो परिचयमा लेखकले विश्‍वासका बारेमा तीन कुरा भन्‍दछन् ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लेखकले “विश्‍वास”को अर्थ स्‍पष्‍ट पार्न सुरु गर्दछन् ।

विश्‍वास चाहिँ आशा गरिएका कुराहरूका बारेमा निश्‍चित हुनु हो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब हामीसँग विश्‍वास हुन्छ, हामीले आशा गरेको थोकहरूका बारेमा हामी निश्‍चित हुन्छौँ” वा “विश्‍वास नै हो जसले कुनै व्यक्तिलाई केही निश्‍चित थोकहरूलाई निश्‍चयतासँग अपेक्षा गर्न दिन्छ”

आशा गरिएका

यहाँ यसले परमेश्‍वरको पक्‍का प्रतिज्ञालाई, अर्थात् विशेष रूपले येशूमा भएका सबै विश्‍वासी सदासर्वदा परमेश्‍वरसँग स्‍वर्गमा वास गर्नेछन् भन्‍ने कुराको निश्‍चयतालाई जनाउँछ ।

नदेखिएका कुराको बारेमा निश्‍चित

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले अझैसम्‍म नदेखेका कुराहरू” वा “अझैसम्‍म देखा नभएका कुराहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 11:2

किनकि यसको कारण

“किनभने अझैसम्‍म हुन नआएका कुरा हुने छन् भन्‍ने कुराका बारेमा तिनीहरू पक्‍का थिए”

पूर्खाहरू ग्रहण गरिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाम्रा पूर्खाहरूले विश्‍वास गरेका हुनाले परमेश्‍वरले तिनीहरूलाई ग्रहण गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

पूर्खाहरू

लेखकले हिब्रूहरूका पूर्खाहरूका बारेमा हिब्रूहरूसँग कुरा गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “हाम्रा पूर्खाहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 11:3

ब्रह्‌माण्‍ड परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ब्रह्‌माण्‍डलाई अस्‍तित्वमा आउने हुकुम गर्नुभइ त्‍यो सृष्‍टि गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जे देखिन्‍छन् ती देखिने देखिने कुराहरूबाट बनाइएका होइनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाम्रा आँखाले जे देख्‍न सक्‍दछौँ, ती कुराको सृष्‍टि परमेश्‍वरले दृश्‍य थोकहरूबाट गर्नुभएन”

Hebrews 11:4

जोड्ने कथनः

अब लेखकले धेरै मानिसका (धेरैजसो पुरानो करारको लेखहरूबाट) उदाहरण दिन्‍छन्, जो विश्‍वासले जिएका थिए, यद्यपि तिनीहरू यस पृथ्‍वीमा बाँचेको समयमा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू तिनीहरूले प्राप्‍त गरेनन् ।

तिनी धर्मी हुन् भन्‍ने प्रमाणित भए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनलाई धर्मी घोषणा गर्नुभयो” वा “हाबिल धर्मी हुन् भनी परमेश्‍वरले घोषणा गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हाबिल अझ बोलिरहेका छन्

धर्मशास्‍त्र र हाबिलका विश्‍वासका बारेमा सिक्‍न सक्‍ने कुरालाई अझ पनि हाबिल आफैँ बोलेका हुन् भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हाबिलले जे गरे सो कुराबाट हामीले अझै पनि सक्‍न सक्दछौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 11:5

विश्‍वासद्वारा नै हनोक माथि उठाइलगिए र तिनले मृत्‍यु देखेनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विश्‍वासले गर्दा हनोकको मृत्‍यु भएन किनभने परमेश्‍वरले तिनलाई लानुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

मृत्‍यु देख्‍नु

मृत्‍यु कुनै वस्‍तु हो, जसलाई मानिसहरूले देख्‍न सक्‍छन् भने जस्‍तो गरी लेखकले भनेका छन् । यसको अर्थ मृत्‍युको अनुभव गर्नु हो । वैकल्‍पिक अनुवादः “मृत्‍यु हुनु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिनी उठाइनुभन्‍दा अगि

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनलाई लानुभन्‍दा अगि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेका कुरा पुष्‍टि भएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्‍भावित अर्थहरू हुन् १) “हनोकले परमेश्‍वरलाई खुशी पारेका कुरा परमेश्‍वरले भन्‍नुभयो” वा २) “हनोकले परमेश्‍वरलाई खुशी पारेका कुरा मानिसहरूले भने ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 11:6

अब बिना विश्‍वास

यहाँ “अब” शब्‍दलाई “यो बेला” भन्‍ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्‍यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्‍दको प्रयोग भएको हो ।

बिना विश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्‍भव छ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कुनै व्‍यक्तिले परमेश्‍वरमा विश्‍वास गर्‍यो भने मात्र उसले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

कि परमेश्‍वरकहाँ आउने जो कोही

परमेश्‍वरको आराधना गर्ने इच्‍छा गर्नु र उहाँको प्रिय हुने त्‍यो व्‍यक्ति साँच्‍चै नै परमेश्‍वरकहाँ गएको जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “कुनै पनि व्‍यक्ति जो परमेश्‍वरको हुन चाहन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँलाई खोज्‍नेहरूलाई उहाँले इनाम दिनुहुन्‍छ

“उहाँले तिनीहरूलाई इनाम दिनुहुन्‍छ”

उहाँलाई खोज्‍नेहरू

परमेश्‍वरको बारेमा सिक्‍ने र उहाँका आज्ञापालनको प्रयत्‍न गर्नेहरूका बारेमा तिनीहरूले उहाँलाई भेट्न खोजेका हुन् भने जस्‍तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 11:7

ईश्‍वरीय सन्देश पाएर

यसलाई कर्तृ वाच्यमा र अन्य शब्दहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनलाई भन्‍नुभएको हुनाले” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्‍यति बेलासम्‍म नदेखेका कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्‍यसभन्‍दा पहिले कसैले कदापि नेदेखेका कुराहरूका बारेमा” वा “अझैसम्‍म हुन नआएका घटनाका बारेमा” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

संसार

यहाँ “संसार” शब्‍दले संसारको मानव जनसङ्ख्‍यालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “त्‍यस बेला संसारमा बाँचेका मानिसहरूलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

धार्मिकताका उत्तराधिकारी भए

नोआले परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्‍पत्तिको उत्तराधिकार पाएको जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरबाट धार्मिकता पाए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्यो विश्‍वासअनुसार हो

“परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई उहाँले दिनुहुन्‍छ”

Hebrews 11:8

जब तिनलाई बोलाइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब परमेश्‍वरले तिनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्यस ठाउँतिर गए

“त्‍यो ठाउँमा जान आफ्‍नो घर छाडे”

जुन तिनले उत्तराधिकारका रूपमा पाउनुपर्ने थियो

परमेश्‍वरले अब्राहामका सन्‍तानलाई दिने प्रतिज्ञा गर्नुभएको मुलुकका बारेमा त्‍यो अब्राहामले उत्तराधिकारका रूपमा पाउने कुराजस्‍तो हो भनी लेखकले भन्‍दछन् । वैकल्‍पिक अनुवादः “कि परमेश्‍वरले तिनलाई दिनुहुने थियो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिनी गए

“तिनले आफ्‍नो घर छाडे”

Hebrews 11:9

तिनी प्रतिज्ञाको भूमिमा एक परदेशीको रूपमा रहे

यसलाई शब्‍दहरू अगिपछि गर्न सकिन्‍छ, र यसरी भाववाचक नाम “प्रतिज्ञा”लाई क्रियापदका रूपमा “प्रतिज्ञा भएको” भनेर लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनका लागि प्रतिज्ञा गर्नुभएको मुलुकमा तिनी परदेशी झैँ बसोबास गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

सङ्गी उत्तराधिकारीहरू

“सँगैका उत्तराधिकारीहरू ।” यसले अब्राहाम, इसहाक र याकूबका बारेमा तिनीहरू आफ्‍ना पिताबाट आफ्‍नो उत्तराधिकार प्राप्‍त गर्ने उत्तराधिकारी हुन् भने झैँ गरी लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 11:10

जगहरू भएको सहर

“त्यो सहर जसमा जगहरू छन् ।” जगहरू भएको भन्‍नाले त्‍यो सहर चिरस्‍थायी हो भन्‍ने कुराको सङ्केत गर्दछ । वैकल्‍पिक अनुवादः “अनन्‍त सहर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्‍वयम् हुनुहुन्‍छ

“जसको रचना र निर्माण परमेश्‍वरबाट भएको हो” वा “जसको रचना र निर्माण परमेश्‍वरले गर्नुहुन्‍छ”

रचनाकार

भवनहरू र सहरहरूको नक्सा बनाउने व्यक्ति

Hebrews 11:11

सामान्य जानकारीः

धेरै संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन्, र अरूहरूले चाहिँ यसले अब्राहामलाई जनाएको भनेर अर्थ लगाउँछन् ।

यो विश्‍वासद्वारा हो कि, सारा आफैँ बाँझी भएकी भए पनि, अब्राहामले सन्तानको बाबु हुने क्षमता प्राप्‍त गरे । तिनी साह्रै वृद्ध भएतापनि यसो भयो, किनकि उनले ... ठाने

केही संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन् । “विश्‍वासद्वारा, तिनी आफैँ बाँझी भएतापनि, उमेर नाघिसकेपछी पनि सन्तानहरू जन्माउने शक्ति प्राप्‍त गरिन्, किनकि तिनले ठानिन्”

यो विश्‍वासद्वारा हो

भाववाचक नाम “विश्‍वास”लाई क्रियापद “विश्‍वास गर्नु” भनेर लेख्‍न सकिन्‍छ । सम्‍भावित अर्थहरू हुन् १) यो अब्राहामको विश्‍वासद्वारा थियो । वैकल्‍पिक अनुवादः “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले” वा २) यो साराको विश्‍वासद्वारा थियो । वैकल्‍पिक अनुवादः “साराले परमेश्‍वरमा विश्‍वास गरेकी हुनाले” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

बालकका पिता हुने अवसर पाए

“पिता हुन सक्षम भए” वा “बालक हुने क्षमता पाउन सके”

किनभने प्रतिज्ञा दिनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ भनी तिनले मानेकी थिइन्

“तिनले प्रतिज्ञा दिनुहुने परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ भनी विश्‍वास गरेको हुनाले”

Hebrews 11:12

आकाशका असङ्ख्‍य तारा र समुद्री किनारका असङ्ख्‍य बालुवासरह गन्‍नै नसकिने सन्‍तानहरू जन्‍मिए

यो उपमा शब्‍दले अब्राहामका सन्‍तानका सङ्ख्‍या ज्‍यादै धेरै भएको जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

समुद्री किनारका असङ्ख्‍य बालुवासरह गन्‍नै नसकिने

यसको अर्थ समुद्रको किनारमा कसैले गन्‍न नसक्‍ने गरी धेरै सङ्ख्‍यामा बालुवाका कण भए झैँ अब्राहामका पनि कसैले गन्‍न नसक्‍ने गरी धेरै सन्‍तान थिए भन्‍ने हुन्छ ।

Hebrews 11:13

यी सबै प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त नगरीकनै

यसले प्रतिज्ञाहरूका बारेमा ती कसैले प्राप्‍त गर्न सक्‍ने वस्‍तुहरू भए झैँ गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई जे प्रतिज्ञा दिनुभयो, सो प्राप्‍त नगरीकन नै” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

प्रतिज्ञा गरिएका कुराहरू टाढैबाट देखे र तिनको स्‍वागत गरे

भविष्‍यका बारेमा प्रतिज्ञा भएका कुराहरू यात्रीहरू भए झैँ र तिनीहरू आउँदै गरेको टाढाबाट देखिए झैँ गरी लेखकले भन्‍दछन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले भविष्‍यमा के गर्नुहुनेछ भनी जानेपछि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिनीहरूले माने

“तिनीहरूले स्‍वीकार गरे” वा “तिनीहरूले ग्रहण गरे”

तिनीहरू पृथ्‍वीमा परदेशीहरू र निर्वासितहरू थिए

यहाँ “परदेशीहरू” र “निर्वासितहरू” दुवै शब्‍दका मूलभूत अर्थ एउटै हो । यो पृथ्‍वी तिनीहरूका साँचो घर थिएन भन्‍ने कुरामा यसले जोड दिन्‍छ । परमेश्‍वरले तिनीहरूका लागि बनाउनुहुने तिनीहरूका भविष्‍यका घरतिर तिनीहरूले आफ्‍ना दृष्टि लगाइराखेका थिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

Hebrews 11:14

आफ्‍नो देश

“तिनीहरूका मुलुक होस् भनी एउटा मुलुक”

Hebrews 11:16

स्‍वर्गको

“स्‍वर्गीय मुलुक” वा “स्‍वर्गमा भएको मुलुक”

परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न

यसलाई कर्तृवाच्‍य र सकारात्‍मक अर्थमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई तिनीहरूले आफ्‍ना परमेश्‍वर भन्‍दा उहाँ खुशी हुनुहुन्‍छ” वा “तिनीहरूले परमेश्‍वरलाई आफ्‍ना परमेश्‍वर भन्‍दा उहाँले गर्व गर्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-litotes)

Hebrews 11:17

जब तिनको जाँच भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब परमेश्‍वरले तिनको जाँज गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 11:18

जसलाई यसो भनिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले भन्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

... द्वारा नै तेरो सन्‍तानको नाउँ रहने छ

यहाँ “नाउँ रहने” को अर्थ नाउँ दिने वा नाउँले अलग गर्ने हो । यो वाक्‍यलाई कर्तृ वाच्यमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “म तिम्रो सन्‍तानको नाउँ राख्‍नेछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive) (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 11:19

परमेश्‍वर इसहाकलाई मृतकबाट बिउँताउन सक्षम हुनुहुन्थ्यो

“परमेश्‍वरले इसहाकलाई फेरि जीवित तुल्याउन सक्‍नुहुन्थ्यो”

बिउँताउनु ... मृतकहरूबाट

यस पदमा, “बिउँताउनु” भनेको पुनः जीवित बनाउनु हो । “मृतकहरूबाट” भन्‍ने कुराले तल पातालको संसारमा भएका सारा मृतक मानिसहरूलाई एकसाथ जनाउँछ ।

दृष्‍टान्तमा भन्‍नुपर्दा

“एक किसिमले भन्‍नुपर्दा ।” यसको अर्थ लेखकले भन्‍न लागेको कुरा शब्‍दिक अर्थमा बुझ्‍ने कुरा हुँदैन । परमेश्‍वरले साँच्‍चिकै रूपले इसहाकलाई मरेकोबाट जीवित बनाउनुभएको थिएन । तर किनभने परमेश्‍वरले अब्राहामलाई रोक्‍नुहुँदा तिनले इसहाकको बलि गर्न लागिसकेको हुनाले, यो कुरोलाई परमेश्‍वरले इसहाकलाई मरेकोबाट फेरि जीवित तुल्‍याउनुभयो भनेको हो ।

त्यहाँबाट

“त्यो मृतकहरूबाट थियो”

तिनले उनलाई फिर्ता पाए

“अब्राहामले इसहाकलाई फिर्ता पाए”

Hebrews 11:21

याकूबले आराधना गरे

“याकूबले परमेश्‍वरलाई आराधना गरे”

Hebrews 11:22

जब तिनको अन्त्य नजिकै थियो

यहाँ “तिनको अन्त्य” भनेको मृत्युलाई जनाउने नम्र शैली हो । वैकल्‍पिक अनुवादः “जब तिनी मर्नै लागेका थिए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

मिश्रबाट इस्राएलीहरू प्रस्‍थान हुने विषयमा बोलेका थिए

“इस्राएलका सन्‍तानले कहिले मिश्र छाडेर जानेछन् भनी बोले”

इस्राएलका छोराहरू

“इस्राएलीहरू” वा इस्राएलका सन्‍तानहरू”

तिनका अस्थिका बारेमा तिनीहरूलाई आदेश दिए

योसेफ मिश्रमा हुँदा मरे । तिनका आफ्‍ना मानिसले मिश्र छाडेर जाने बेला उनीहरूले तिनका हाडहरू लिएर जाउन् भन्‍ने तिनको इच्‍छा थियो, र यसरी उनीहरूले तिनका हाडहरूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मुलुकमा लगेर गाडिदेउन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 11:23

मोशा जन्‍मँदा उनका आमाबुबाद्वारा उनलाई तीन महिनासम्‍म लुकाएर राखिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मोशाको जन्‍म भएपछि तिनका आमाबुबाले तिनलाई तीन महिनासम्‍म लुकाए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 11:24

हुर्केपछि

“वयस्क उमेरका भएका थिए”

कहलाइनलाई इन्‍कार गरे

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिनलाई ... भनी बोलाउने कुरालाई इन्‍कार गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 11:26

ख्रीष्‍टलाई पछ्‍याउँदा सहनुपर्ने अपमान

यसका शब्‍दहरू मिलाएर लेख्‍न सकिन्‍छ, र यसरी भाववाचक नाम “अपमान”लाई क्रियापदका रूपमा “अनादर गर्ने” भनी लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले जे इच्‍छा गर्नुभयो त्यही कुरा तिनले गरेका हुनाले उनले सहनुपरेको मानिसहरूका अनादरको अनुभव” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

ख्रीष्‍टलाई पछ्‍याउँदा

ख्रीष्‍टको आज्ञापालन गर्ने कुरालाई लेखकले बाटोमा उहाँको पछि लाग्‍ने कुरा भए झैँ भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उनले आफ्‍नो दृष्‍टि इनाममाथि गराएका थिए

लक्ष्‍य हासिल गर्ने कुरामा पूर्ण रूपमा ध्‍यान लगाउने कुरालाई व्‍यक्तिले कुनै वस्‍तुलाई एकाग्र भई हेरेको र दायाँबायाँ हेर्न नमानेको झैँ गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “त्यसको लागि तिनले स्‍वर्गमा इनाम कमाउँथे भनी जानेको कुरा गर्दै” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 11:27

अदृश्‍य हुनुहुनेलाई देखे जस्‍तै गरी उनले सही रहे

मोशाले अदृश्‍य परमेश्‍वरलाई देखेको जस्‍तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

उहाँ जो अदृश्‍य हुनुहुन्छ

“जसलाई कसैले देख्‍न सक्दैन”

Hebrews 11:28

उनले निस्‍तारचाड र रगतको छिट्काउको विधि पालन गरे

यो नै पहिलो निस्‍तारचाड थियो । मोशाले निस्‍तारचाडका बारेमा परेमश्‍वरबाट भएको हुकुम पालन गरे र मानिसहरूलाई हरेक वर्ष ती पालन गर्ने आदेश दिए । वैकल्‍पिक अनुवादः “निस्‍तारचाडका बारेमा परेमश्‍वरबाट भएको हुकुम पालन गर्न र आफ्‍ना ढोकाका चौकोसहरूमा रगत छर्कन तिनले मानिसहरूलाई आदेश दिए” वा “तिनले निस्‍तारचाड र रगतको छिट्काउको स्थापना गरे”

रगतको छिट्काउ

यो कुराले इस्राएलीहरूले भेडाको एउटा पाठो मारुन् र आफू बस्‍ने हरेक घरका चौकोसहरूमा त्‍यो रगत लगाउन् भनी परमेश्‍वरले दिनुभएको आज्ञालाई जनाउँछ । यसरी नाश गर्नेले तिनीहरूका जेठा छोराहरूलाई हानि नगरोस् । यो निस्‍तारचाडको आज्ञाहरूमध्ये एउटा हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

छुन नसकोस्

यहाँ “छुने” भन्‍ने कुराले कसैको हानि गर्ने वा मार्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हानि नगरोस्” वा “नमारोस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 11:29

सामान्य जानकारीः

यहाँ पहिले “उनले” भन्‍नाले इस्राएलीहरूलाई र त्‍यसपछि फेरि “तिनीहरू” शब्‍दले मिश्रीहरूलाई जनाउँछ, तेस्रो “तिनीहरू” भन्‍नाले यरीहोको पर्खालहरूलाई जनाउँछ ।

तिनीहरूले ... लाल समुद्र पार गरे

“इस्राएलीहरूले लाल समुद्र पार गरे”

तिनीहरू निलिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पानीले मिश्रीहरूलाई निल्यो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तिनीहरू डुबेर

यहाँ तिनीहरूलाई पानीले निलिदिएको कुरा गरेर लेखकले पानी जनावर भए झैँ भनेका छन् । वैकल्‍पिक अनुवादः “मिश्रीहरू पानीमा डुबे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

Hebrews 11:30

तिनीहरूलाई सात दिनसम्‍म वरिपरि चक्‍कर लगाइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “इस्राएलीहरूले तिनीहरूको वरिपरि सात दिनसम्‍म घुमेका थिए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सात दिन

“७ दिन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

Hebrews 11:31

जासुसहरूलाई सद्‌भावसाथ सत्‍कार गरेकी थिइ

“जासुसहरूलाई शान्‍तिपूर्वक ग्रहण गरेकी थिइ”

Hebrews 11:32

जोड्ने कथनः

परमेश्‍वरले इस्राएलका मानिसहरूका पूर्खाहरूका लागि के-के गर्नुभयो भन्‍ने बारेमा लेखकले निरन्‍तर कुरा गर्दछन् ।

योभन्‍दा बढी म के भनूँ ?

लेखकले उद्धृत गर्न सक्‍ने अरू धेरै उदाहरण छन् भन्‍ने कुरामा जोड दिनका लागि तिनले एउटा प्रश्‍न प्रयोग गर्दछन् । यसलाई एउटा वाक्‍यको रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “र अरू धेरै उदाहरणहरू पनि छन् ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मलाई समय नै पुग्‍दैन

“मसँग पर्याप्‍त समय हुनेछैन”

बाराक

यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

Hebrews 11:33

यो विश्‍वासद्वारा थियो

यहाँ “तिनीहरू” शब्‍दले यसपछि लेखकले उल्‍लेख गर्न लागेका सबै कुरा ११:३२ मा नाउँ लेखिएका प्रत्‍येक व्‍यक्तिले गरे भन्‍ने अर्थ लाग्‍दैन । विश्‍वास भएकाहरूले सामान्‍यतया यस्‍ता कुराहरू गर्न सक्दछन् भनी लेखकले भन्‍न खोजेका हुन् । वैकल्‍पिक अनुवादः “यो विश्‍वासद्वारा थियो कि यी जस्ता मानिसहरूले”

तिनीहरूले राज्‍यहरूलाई जिते

यहाँ “राज्‍यहरू” शब्‍दले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले विदेशी राज्‍यहरूका मानिसहरूलाई जिते”

तिनीहरूले सिंहहरूका मुखलाई बन्‍द गरिदिए

परमेश्‍वरले मानिसहरूलाई मृत्‍युबाट बचाउनुभएको तरिकाहरूमध्‍ये यी केही हुन् । वैकल्‍पिक अनुवादः “सिंहहरूले तिनीहरूलाई खाएनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 11:34

आगोका ज्‍वालालाई निभाए, तरबारको धारबाट उम्‍के

परमेश्‍वरले मानिसहरूलाई मृत्‍युबाट बचाउनुभएको तरिकाहरूमध्‍ये यी केही हुन् । वैकल्‍पिक अनुवादः “आगोले तिनीहरूलाई जलाएन, तिनीहरूका शत्रुहरूले तिनीहरूलाई मारेनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

रोगहरूबाट निको पारिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरबाट चङ्गाइ प्राप्‍त गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

युद्धमा शक्तिशाली भए र हराए

“र तिनीहरू युद्धमा शक्तिशाली भए र पराजित गरे”

Hebrews 11:35

स्‍त्रीहरूले आफ्‍ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित प्राप्‍त गरे

भाववाचक नाम “पुनरुत्थान”लाई हटाएर लेख्‍न सकिन्‍छ । “मरेका” शब्‍द नामिक विशेषण हो । यसलाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मरेकाहरूलाई स्‍त्रीहरूले फेरि प्राप्‍त गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns अनि /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

अरूहरूले यातना भोगे, छुटकारालाई स्‍वीकार गरेनन्

यसको अर्थ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निश्‍चित शर्तहरू राखेर छुटकारा गरिदिन सक्‍थे भन्‍ने अर्थ लाग्‍दछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अरूले झ्‍यालखानाबाट छुटकारा पाउने कुराको साटोमा सतावट स्‍वीकार गरे” वा “अरूले छुटकारा पाउनलाई आफ्‍ना शत्रुहरूका माग पूरा गर्नुको साटोमा आफ्‍ना शत्रुहरूबाट आफू अत्‍याचारमा गर्ने अनुमति दिए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

यातना भोगे

ठूलो शारीरिक र मानिसक पीडा भोगे

अझ उत्तम पुनरुत्‍थान

सम्‍भावित अर्थहरू हुन् १) यी मानिसहरूले यस संसारमा अनुभव गरेको भन्‍दा उत्तम जीवनको अनुभव स्‍वर्गमा गर्नेछन् वा २) विश्‍वास नगर्ने मानिसहरूले भन्‍दा उत्तम पुनरुत्थान यी मानिसहरूले प्राप्‍त गर्नेछन् । विश्‍वास गर्नेहरू परमेश्‍वरको साथमा सदासर्वदा जिउनेछन् । विश्‍वास नगर्नेहरू सदासर्वदा परमेश्‍वरबाट अलग भएर जिउनेछन् ।

Hebrews 11:36

अरूले निन्‍दा र कोर्राहरू पाए

यिनीहरूलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले अरूको गिल्‍ला गरे र कोर्रा लगाए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

अरूले गिल्‍ला र कोर्रा, साङ्ला र कैद पनि सहे

यसका शब्‍दहरू मिलाएर लेख्‍न सकिन्‍छ, र यसरी भाववाचक नामलाई क्रियापदका रूपमा लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “अरूहरूलाई तिनीहरूका शत्रुहरूद्वारा गिल्‍ला गर्न र कोर्रा लगाउन र तिनीहरूला साङ्लामा पर्न दिएर र कैदमा पारेर परमेश्‍वरले तिनीहरूको जाँच गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 11:37

तिनीहरूलाई ढुङ्गाले हानी मारियो । तिनीहरूलाई दुई भाग हुने गरी करौंतीले चिरियो । तिनीहरूलाई तरवारले मारियो

यिनीहरूलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले अरूहरूलाई गिल्‍ला गरे र कोर्रा लगाए ... मानिसहरूले अरूहरूमाथि ढुङ्गा वर्षाए । मानिसहरूले अरूहरूलाई करौँतीले दुई भाग गरेर चिरे । मानिसहरूले अरूहरूलाई तरवारले मारे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हिँड्डुल गरे

“एक ठाउँदेखि अर्को ठाउँ गए” वा “सबै समय ... जिए”

भेडा र बाख्राको छाला लगाएर

“भेडा र बाख्राको छाला मात्रै लगाएर”

कङ्गाल

“तिनीहरूसँग केही थिएन” वा “तिनीहरू धेरै गरिब थिए”

Hebrews 11:38

संसार तिनीहरूका लागि योग्‍यको थिएन

यहाँ “संसार” शब्‍दले मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यस संसारका मानिसहरू योग्‍यका थिएनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिनीहरू यताउता डुल्‍दै रहे

यस्तो चाहिँ तिनीहरूको कतै बस्‍ने ठाउँ नभएर हो ।

गुफाहरू र जमिनमा भएका ओडारहरू

“ ... गुफाहरू ... , र केही चाहिँ जमिनमा भएका ओडारहरूमा बसे”

Hebrews 11:39

यी सबै मानिसहरूले तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरबाट प्रशंसा पाए तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले यी सबै मानिसहरूलाई तिनीहरूको विश्‍वासको कारण आदर गर्नुभयो, तर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू तिनीहरू आफैँले चाहिँ प्राप्‍त गरेनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

प्रतिज्ञा

यो वाक्‍यांशको अर्थ हो, “परमेश्‍वरले तिनीहरूसँग जे कुराको प्रतिज्ञा गर्नुभएको थियो ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 11:40

ताकि हामी बिना तिनीहरू सिद्ध नहोऊन्

यसलाई सकारात्मक रूपमा र कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई र तिनीहरूलाई सँगसँगै सिद्ध तुल्‍याउनका लागि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)