Hebrews 8

हिब्रूहरू ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

येशू कसरी र किन सबभन्‍दा महत्त्वपूर्ण प्रधान पूजाहारी हुनुहुन्‍छ भनेर स्‍पष्‍ट पार्ने कार्य लेखकले सिध्‍याउँछन् । त्‍यसपछि परमेश्‍वरले मोशासँग गर्नुभएको करारभन्‍दा नयाँ करार झन् उत्तम कसरी छ भनेर तिनले बोल्‍न सुरु गर्दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#covenant)

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ८:८-१२ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

नयाँ करार

येशूले कसरी नयाँ करारको स्‍थापना गर्नुभयो, जुन चाहिँ परमेश्‍वरले इस्राएलीहरूसँग स्‍थापित गर्नुभएको करारभन्‍दा झन् उत्तम छ भनेर लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#covenant)

Hebrews 8:1

जोड्ने कथनः

लेखकले सांसारिक पूजाहारीपनभन्‍दा ख्रीष्‍टको पूजाहारीपन झन् उत्तम हो भनेर दर्साएपछि, संसारिक पूजाहारीपन त स्‍वर्गीय थोकहरूका नमुना हो भनी दर्शाउँछन् । ख्रीष्‍टको सेवा झन् उत्तम र उहाँको करार अति उत्तम हो ।

अब

“यो बेला” भन्‍ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्‍यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्‍दको प्रयोग भएको हो ।

हामीले भनिरहेको

यहाँ लेखकले बहुवचन जनाउने शब्‍द “हामी” प्रयोग गरेका छन्, तापनि उनले शायद यो शब्‍द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्‍छन् । किनकि लेखकले उनका पाठकहरूलाई यहाँ समावेश गर्दैनन्, “हामी” शब्द असमावेशी छ । वैकल्‍पिक अनुवादः “म भन्‍दै छु” वा “म लेख्‍दै छु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-exclusive अनि /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

हामीसँग प्रधान पूजाहारी हुनुहुन्छ

लेखकले यहाँ पाठकहरूलाई समावेश गर्दैछन्, त्यसैले “हामी” शब्द समावेशी छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

सर्वशक्तिमान्‌को सिंहासनको दाहिनेपट्टि विराजमान बस्‍नुभयो

यहाँ “दाहिनेपट्टि बस्‍नु” भन्‍ने कुरा चाहिँ परमेश्‍वरबाट महान् सम्‍मान र अधिकारलाई प्राप्‍त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । तपाईंले यस्तै समान वाक्यांशलाई हिब्रूहरू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “सर्वशक्तिमान्‌को सिंहासनको छेउमा भएको सम्‍मान र अधिकारको स्थानमा बस्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

Hebrews 8:2

मानिसले होइन, तर प्रभुले बनाउनुभएको साँचो पवित्रस्थान

काठको नाल दलिनमा जनावरका छाला टाँगेर मानिसहरूले सांसारिक पवित्र वासस्‍थान बनाउँछन्, र त्‍यसलाई पाल टाँगे झैँ गरी खडा गर्दछन् । यहाँ “साँचो पवित्रस्‍थान”को अर्थ परमेश्‍वरले सृष्‍टि गर्नुभएको स्‍वर्गीय पवित्रस्‍थान हो ।

Hebrews 8:3

किनकि हरेक प्रधान पूजाहारी ... नियुक्त गरिएको हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि हरेक पूजाहारीलाई परमेश्‍वरले नियुक्त गर्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 8:4

अब

“यो बेला” भन्‍ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्‍यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्‍दको प्रयोग भएको हो ।

व्‍यवस्‍थाअनुसार

“व्‍यवस्‍थामा परमेश्‍वरले आवश्‍यक ठान्‍नुभएअनुसार”

Hebrews 8:5

तिनीहरूले स्वर्गीय कुराहरूको नक्‍कल र छायाँ दिने काम गर्छन्

“नक्‍कल” र “छायाँ” भन्‍ने शब्दहरूको समान अर्थ हुन्छ र केही कुरा वास्तविक होइन तर वास्तविक कुरासँग समान किसिमको छ भनेर अर्थ दिने अलङ्कारहरू हुन् । यी शब्दहरूले जोड दिन्छन् कि पूजाहारीगिरी, र पार्थिव मन्दिर चाहिँ ख्रीष्‍ट, साँचो पूजाहारी, र स्वर्गीय मन्दिरका चित्रणहरू हुन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले स्वर्गीय कुराहरूको धमिलो चित्रण दिने काम गर्छन्” वा “तिनीहरूले स्वर्गीय थोकहरूसँग मात्रै समान बन्‍ने काम गर्छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

यो ठ्याक्‍कै मोशा परमेश्‍वरबाट चेतावनी दिइएका जस्तै हो कुरा हो जब तिनले ... थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो चाहिँ परमेश्‍वरले मोशालाई चेतावनी दिनुभएको जस्तै ठ्याक्‍कै हो जब मोशाले ... थिए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

पवित्र वासस्‍थान बनाउन लागेका थिए

मोशा आफैँले पवित्र वासस्‍थान बनाएका थिएनन् । मानिसहरूलाई त्‍यसको निर्माण गर्ने आदेश तिनले दिएका थिए । वैकल्‍पिक अनुवादः “पवित्र वासस्‍थान बनाउन मानिसहरूलाई आदेश दिन लाग्‍दा” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

हेर् कि

“यो पक्‍का गर् कि”

ढाँचाअनुरूप

“बनोटको नक्साजस्तै”

जुन तँलाई देखाइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन मैले तँलाई देखाएँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

पहाडमा

यहाँ “पहाड” भन्‍नाले सीनै पहाड हो भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “सीनै पहाडमा” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 8:6

जोड्ने कथनः

इस्राएल र यहूदासँगको पुरानो करारभन्‍दा नयाँ करार झन् उत्तम हो भन्ने कुरा यो खण्‍डले सुरु गरेको छ ।

ख्रीष्‍टले ... प्राप्‍त गर्नुभएको छ

“परमेश्‍वरले ख्रीष्‍टलाई ... दिनुभएको छ”"God has given Christ

अझ उत्तम करारको मध्यस्थकर्ता

यसको अर्थ परमेश्‍वर र मानवजातिका बीचमा ख्रीष्‍टले झन् उत्तम करारको स्‍थापना गर्नुभएको छ ।

करार, जुन अझ उत्तम प्रतिज्ञाहरूमा आधारित छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “करार ... । परमेश्‍वरले उत्तम प्रतिज्ञाहरूमा यो करारको स्‍थापना गर्नुभयो” वा “करार ... । परमेश्‍वरले करारको स्‍थापना गर्नुहुँदा उहाँले झन् उत्तम कुराहरूका प्रतिज्ञा दिनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 8:7

पहिलो करार ... दोस्रो करार

“पहिलो” र “दोस्रो” शब्‍दहरू क्रमागत सङ्ख्या हुन् । वैकल्‍पिक अनुवादः “पुरानो करार ... नयाँ करार” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-ordinal)

दोषरहित भएको

“सिद्ध भएको”

Hebrews 8:8

सामान्य जानकारीः

यस उद्धरणमा परमेश्‍वरले स्‍थापना गर्नुहुने नयाँ करारका बारेमा यर्मिया अगमवक्ताले अगमवाणी गरे ।

मानिसहरूसँग

“इस्राएलका मानिसहरूसँग”

हेर

“हेर” वा “सुन” वा “मैले भन्‍न लागेका कुरामा ध्‍यान देओ”

इस्राएलको घराना र यहूदाको घरानासँग

इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका घराना हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 8:9

मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ

यो अलङ्कारले परमेश्‍वरको महान् प्रेम र वास्‍तालाई दर्शाउँछ । वैकल्‍पिक अनुवादः “बाबुले आफ्‍नो सानो बालकलाई डोहोर्‍याए झैँ गरी मैले तिनीहरूलाई मिश्रबाट डोहोर्‍याएर बाहिर ल्‍याएँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 8:10

सामान्य जानकारीः

यो यर्मिया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरण हो ।

इस्राएलको घराना

इस्राएलका मानिसहरूलाई तिनीहरूका घराना हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “इस्राएलका मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

ती दिनहरूपछि

“त्‍यो समयपछि”

म मेरो व्‍यवस्‍था तिनीहरूका मनमा राखिदिनेछु

परमेश्‍वरका मार्गदर्शनहरूका बारेमा ती कतै राख्‍न मिल्‍ने वस्‍तुहरू भएको जस्‍तो गरी लेखकले भनेका छन् । मानिसहरूका सोच्‍न सक्‍ने क्षमताका बारेमा त्‍यो एउटा ठाउँ भए झैँ गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “म तिनीहरूलाई मेरो व्‍यवस्‍था बुझ्‍न सक्षम बनाउनेछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

म तिनीहरूका हृदयमा ती लेखि पनि दिनेछु

यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मानिसको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूका हृदयमा लेख्‍ने” भन्‍ने वाक्यांश चाहिँ मानिसहरूलाई व्‍यवस्‍थाको पालना गर्नलाई सक्षम बनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “म ती कुराहरूलाई तिनीहरूको हृदयमा पनि राखिदिनेछु” वा “म तिनीहरूलाई मेरो व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउनेछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

म तिनीहरूका परमेश्‍वर हुनेछु

“म तिनीहरूले आराधना गर्ने परमेश्‍वर हुनेछु”

तिनीहरू मेरा मानिसहरू हुनेछन्

“तिनीहरू मैले वास्‍ता गर्ने मानिसहरू हुनेछन्”

Hebrews 8:11

सामान्य जानकारीः

यो यर्मिया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरणको निरन्‍तरता हो ।

तिनीहरूले ‘परमप्रभुलाई चिन’ भन्दै आफ्‍नो छिमेकीलाई र आफ्‍नो भाइलाई सिकाउनेछैनन् ।

यो प्रत्यक्ष उद्धरणलाई अप्रत्‍यक्ष उद्धरणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “आफ्‍ना छिमेकी र दाजुभाइलाई मलाई चिनाउन तिनीहरूले सिकाउनुपर्ने छैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-quotations)

छिमेकी ... भाइ

यी दुवैले सङ्गी इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

प्रभुलाई चिन ... सबैले मलाई चिन्‍नेछन्

यहाँ “चिन्‍ने” शब्‍दले स्‍वीकार गर्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 8:12

तिनीहरूले गरेका दुष्‍ट कार्यहरूलाई

यसले यी अधार्मिक कामहरू गरेका मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अधार्मिक कार्य गरेका मानिसहरूलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिनीहरूले गरेका पापहरूको सम्‍झना म कहिल्यै गर्ने छैन

यहाँ “सम्‍झना” शब्‍दले “ केही कुराको बारेमा विचार गर्ने कुरा”लाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)