Hebrews 7

हिब्रूहरू ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ७:१७, २१ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

प्रधान पूजाहारी

प्रधान पूजाहारीले मात्र बलि चढाउन सक्‍छन्, र यसरी परमेश्‍वरले पाप क्षमा गर्नुहुन्‍छ । यसैले येशू एक जना प्रधान पूजाहारी हुनुपर्‍यो । प्रधान पूजाहारी चाहिँ लेवीको कुलबाट हुनुपर्छ भनेर मोशाको व्‍यवस्‍थाले आज्ञा दियो, तर येशू त यहूदाको कुलबाट हुनुहुन्‍थ्‍यो । परमेश्‍वरले उहाँलाई मल्किसेदेकजस्‍तो पूजाहारी बनाउनुभयो, जो अब्राहामको समयमा बाँचेका थिए । त्‍यो समयमा लेवीको कुल नै थिएन ।

Hebrews 7:1

जोड्ने कथनः

पूजाहारीका रूपमा येशूको तुलना पूजाहारीका रूपमा मल्‍किसेदेकसँग गर्ने कार्यलाई हिब्रूका लेखकले निरन्‍तरता दिन्‍छन् ।

शालेम

यो एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा

अब्राहामका भतिजा लोत र तिनका परिवारलाई बचाउनका लागि अब्राहाम र उनका मानिसहरू गएर चार राजा र तिनीहरूका फौजलाई पराजित गरेका कुरालाई यसले जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 7:2

त्यो उसलाई थियो

“त्यो मल्‍किसेदेकलाई थियो”

धार्मिकताका राजा ... शान्‍तिका राजा

“धर्मी राजा ... शान्‍तिपूर्ण राजा”

Hebrews 7:3

उनी बिना पिता, बिना माता, बिना पितापूर्खा र जीवनको सुरु र अन्‍त्‍य नभएका व्‍यक्ति हुन्

मल्‍किसेदेकको जन्‍म भएको थिएन, र उनको मृत्‍यु पनि भएको थिएन भनेर यो खण्‍डबाट हामी विचार गर्न सक्‍दछौँ । तापनि, लेखकको भनाइको अर्थ, मल्‍किसेदेकका पुर्ख्‍यौली, जन्‍म वा मृत्‍युको बारेमा धर्मशास्‍त्रले कुनै जानकारी दिँदैन भन्‍ने हो ।

Hebrews 7:4

जोड्ने कथनः

मल्‍किसेदेकको पूजाहारीपन हारुनको पूजाहारीपनभन्‍दा झन् उत्तम छ भनी लेखकले उल्‍लेख गर्दछन्, र त्‍यसपछि हारुनको पूजाहारीपनले कुनै पनि थोकलाई सिद्ध पार्दैनथ्‍यो भनी स्‍मरण गराउँदछन् ।

यी मानिस ... थिए

“मल्‍किसेदेक ... थिए”

Hebrews 7:5

लेवीका छोराहरू जसले पूजाहारीगिरी प्राप्‍त गर्छन्

लेखकले यसो भने किनभने लेवीका सबै छोरा पूजाहारी भएनन् । वैकल्‍पिक अनुवादः “लेवीका सन्‍तानहरू जो पूजाहारीहरू भए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

मानिसहरूबाट

“इस्राएली मानिसहरूबाट”

आफ्‍नै भाइहरूबाट

यहाँ “भाइहरू” शब्‍दले तिनीहरू अब्राहामद्वारा एकआपसमा सम्‍बन्‍धित थिए भन्‍ने अर्थ हुन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरूका आफन्‍तहरूबाट”

तिनीहरू पनि अब्राहामकै सन्‍तानबाट आएका हुन्

यो तिनीहरू अब्राहामका सन्‍तान थिए भन्‍ने एउटा तरिका हो । वैकल्‍पिक अनुवादः “तिनीहरू पनि अब्राहामका सन्‍तान हुन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 7:6

जसका वंशावली तिनीहरूबाट आएको थिएन

“जो लेवीको सन्‍तान थिएनन्”

प्रतिज्ञाहरू पाउनेलाई नै

परमेश्‍वरले अब्राहामका लागि गरिदिने प्रतिज्ञा गर्नुभएका थोकहरूका बारेमा ती प्राप्‍त गर्न सकिने वस्‍तुहरू भए झैँ कुरा गरिएको छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले आफ्‍ना प्रतिज्ञाहरू दिनुभएकोछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 7:7

साना व्‍यक्तिले ठूला व्‍यक्तिबाट आशीर्वाद पाउने कुरामा कुनै सन्‍देह छैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धेरै प्रतिष्‍ठित व्‍यक्तिले थोरै प्रतिष्‍ठित व्‍यक्तिलाई आशीर्वाद दिन्‍छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 7:8

यस कुरामा ... त्यस कुरामा

लेवीहरूको पूजाहारीपनलाई मल्‍किसेदेक पूजाहारीपनसँग तुलना गर्न यी वाक्‍यांशको प्रयोग गरिएको छ । लेखकले गरेको तुलनालाई जोड दिनका लागि तपाईंको भाषामा कुनै तरिका होला ।

ती मानिस सदा जीवित रहन्‍छन् भनी प्रमाणित गरिएको छ

मल्‍किसेदेकको मृत्‍यु हुन्‍छ भन्‍ने बारेमा धर्मशास्‍त्रमा कदापि स्‍पष्‍ट रूपमा लेखिएको छैन । धर्मशास्‍त्रमा मल्‍किसेदेकको मृत्‍युको कुरा नलेखिएको कुरालाई हिब्रूका लेखकले यहाँ यो उनी अझै जीवित भएको झैँ गरी सकारात्‍मक वाक्‍य लेखेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धर्मशास्‍त्रले उनी सदा जीवित रहन्‍छन् भनी दर्शाउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 7:9

लेवीले पनि, जसले दशांशहरू प्राप्‍त गरे, अब्राहामद्वारा नै दशांशहरू दिए

यति बेलासम्‍म लेवीको जन्‍म नभएको हुनाले लेखकले तिनी अझै अब्राहामकै शरीरभित्र थिए भनी कुरा गरेका हुन् । लेखक भन्‍छन्, यसरी लेवीले अब्राहामद्वारा मल्‍किसेदेकलाई दशांश दिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 7:10

लेवी पनि आफ्‍ना पुर्खा अब्राहामकै शरीरभित्र थिए

यति बेलासम्‍म लेवीको जन्‍म नभएको हुनाले लेखकले तिनी अझै अब्राहामकै शरीरभित्र थिए भनी कुरा गरेका हुन् । लेखक भन्‍छन्, यसरी लेवीले अब्राहामद्वारा मल्‍किसेदेकलाई दशांश दिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 7:11

अब

“यो बेला” भन्‍ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्‍यान एकाग्र गराउनका लागि यसको प्रयोग भएको हो ।

हारूनको दर्जाबमोजिम नभएर मल्‍किसेदेकको दर्जाबमोजिम अर्को पूजाहारीको स्‍थापना गर्न किन आवश्‍यकता पर्‍यो ?

मल्‍किसेदेकको दर्जाबमोजिम अर्को पूजाहारी आउने कुरा आशा गरिएको थिएन भन्‍ने कुरामा यो प्रश्‍नले जोड दिन्‍छ । वैकल्‍पिक अनुवादः “हारून जस्‍तो होइन तर मल्‍किसेदेकजस्‍तो अर्को पूजाहारीको उदय भएको हेर्ने आशा कसैले गरेका थिएनन् ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

स्‍थापना गर्न

“आउन” वा “देखा पर्न”

मल्‍किसेदेकको दर्जाबमोजिम

यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्‍टका कति कुरा मल्‍किसेदेकसँग मिल्‍दोजुल्‍दो छन् । वैकल्‍पिक अनुवादः “जसरी मल्‍किसेदेक पूजाहारी थिए, त्‍यसरी नै”

हारूनको दर्जाबमोजिम नभएर

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हारूनको दर्जाबमोजिम पूजाहारी नभएर” वा “हारूनजस्‍तो पूजाहारी नभएर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 7:12

जब पूजाहारी पद परिवर्तन हुन्‍छ, तब व्‍यवस्‍था पनि परिवर्तन हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने जब परमेश्‍वरले पूजाहारीपनमा परिवर्तन गर्नुभयो, तब उहाँले व्‍यवस्‍था पनि परिवर्तन गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 7:13

किनकि उहाँ

यसले येशूलाई जनाउँछ ।

जसको बारेमा यी कुराहरू भनिएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसको बारेमा म यी कुरा भन्‍दैछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 7:14

अब

“यो बेला” भन्‍ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्‍यान एकाग्र गराउनका लागि यसको प्रयोग भएको हो ।

यहुदाको कूलबाट हाम्रा प्रभु जन्‍मनुभएको थियो

यहाँ “हाम्रा प्रभु” शब्‍दले येशूलाई जनाउँछ ।

यहूदाबाट

“यहूदाको कुलबाट”

Hebrews 7:15

सामान्य जानकारीः

यो उद्धरण दाउदको भजनबाट लिएको हो ।

हामीले जे भनिरहेका छौं, त्‍यो अझ बढी स्‍पष्‍ट छ

“हामी यसलाई झन् धेरै स्‍पष्‍ट रूपमा बुझ्‍न सक्दछौँ ।” यहाँ “हामी” शब्‍दले लेखक र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

यदि ... अर्को पूजाहारी खडा हुन्‍छ भने

“यदि अर्को पूजाहारी आउँछन् भने”

मल्‍किसेदेक जस्‍तै

यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्‍टका कति कुरा मल्‍किसेदेकसँग मिल्‍दोजुल्‍दो छन् । वैकल्‍पिक अनुवादः “जसरी मल्‍किसेदेक पूजाहारी थिए, त्‍यसरी नै”

Hebrews 7:16

त्यो व्‍यवस्‍थाको आधारमा थिएन

“उहाँ पूजाहारी हुनुभएको कुरा व्‍यवस्‍थामा आधारित थिएन”

शारीरिक पुर्खाहरूसँग सम्‍बन्‍धित व्‍यवस्‍था

मानवीय वंशमा जन्‍मने कुरालाई कसैको शरीरसँग मात्र सम्बन्‍धित भएको जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “मानव वंशको व्‍यवस्‍था” वा “पूजाहारीको सन्‍तान पूजाहारी हुने व्‍यवस्‍था” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

Hebrews 7:17

किनकि उहाँको विषयमा धर्मशास्‍त्रले यसरी गवाही दिन्‍छ

यसले कुनै कुराको गवाही दिने व्‍यक्ति जस्‍तो रूपमा धर्मशास्‍त्र भएको कुरा गर्दछ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले धर्मशास्‍त्रद्वारा उहाँको बारेमा गवाही दिनुहुन्‍छ” वा “किनभने उहाँको बारेमा धर्मशास्‍त्रमा यसरी लेखेको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

मल्‍किसेदेकको दर्जाबमोजिम

त्यहाँ दुई समूहका पूजाहारीहरू थिए । एउटा लेवीको सन्तानले बनेको थियो । अर्को चाहिँ मल्किसेदेक र येशू ख्रीष्‍टको थियो । वैकल्‍पिक अनुवादः “मल्किसेदेकको पङ्क्तिअनुसार” वा “जसरी मल्‍किसेदेक पूजाहारी थिए, त्‍यसरी नै”

Hebrews 7:18

पहिलेको आज्ञा रद्द भएको छ

यहाँ “रद्द भएको छ,” भन्‍नाले अलङ्कारको रूपमा अमान्‍य भएको जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले त्‍यो आज्ञालाई अमान्‍य तुल्‍याउनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 7:19

व्‍यवस्‍थाले कुनै पनि कुरा सिद्ध बनाएन

व्‍यवस्‍था काम गर्न सक्‍ने व्‍यक्ति हो झैँ गरी यसको बारेमा लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “व्‍यवस्‍था पालन गरेर कुनै व्‍यक्ति पनि सिद्ध हुन सकेन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

अझ उत्तम आशा दिइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले अझ उत्तम आशा दिनुभएको छ” वा “परमेश्‍वरले हामीलाई झन् बढी विश्‍वस्‍त तुल्‍याउने आशा दिनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जसद्वारा हामी परमेश्‍वरको नजिक आउँछौँ

परमेश्‍वरको आराधना गर्ने र उहाँबाट कृपा पाउने कुरालाई उहाँको नजिक जाने जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “र यो आशाको कारणले हामी परमेश्‍वरको नजिक जान सक्‍छौँ” वा “र यो आशाको कारणले हामी परमेश्‍वरको आराधना गर्न सक्‍छौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 7:20

सामान्य जानकारीः

यो उद्धरण हिब्रूहरू ७:१७) को झैँ दाउदको उही भजनबाट लिइएको हो ।

अनि त्यो शपथ बिना भएको होइन !

यहाँ “यो” शब्‍दले येशू अनन्‍तको पूजाहारी हुनुभएको कुरालाई जनाउँछ । कसले शपथ खाएको भनेर यसलाई अझै स्‍पष्‍ट रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अनि परमेश्‍वरले शपथ नखाईकन यो जनाँ पूजाहारी चुन्‍नुभएन !” वा “अनि परमेश्‍वरले शपथ खानुभएको हुनाले हाम्रा प्रभु नयाँ पूजाहारी हुनुभयो !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit अनि /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

Hebrews 7:22

जोड्ने कथनः

ख्रीष्‍टको पूजाहारीपन झन् उत्तम छ भनेर लेखकले यी यहूदी विश्‍वासीलाई विश्‍वस्त तुल्‍याउँछन्, किनभने उहाँ सदासर्वदा जिउनुहुन्‍छ, तर हारूनका सन्‍तानबाट आएका पूजाहारीहरू सबैको मृत्‍यु भयो ।

अझ उत्तम करारको निश्‍चयता दिनुभएको छ

“त्यहाँ अझ उत्तम करार हुनेछ भनेर हामी ढुक्‍क हुन सक्छौँ भनेर हामीलाई भन्‍नुभएको छ”

Hebrews 7:24

उहाँको पूजाहारी पद सधैँ भरि रहन्‍छ

पूजाहारीको कामलाई येशूले आफ्‍नो अधिकारमा लिन सक्‍ने कुनै वस्‍तुजस्‍तो हो भनी लेखकले भनेका छन् । भाववाचक नाम हटाउन यसलाई यसरी लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “उहाँ स्‍थायी रूपले पूजाहारी हुनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 7:25

यसकारण उहाँ

यहाँ “यसकारण” शब्‍दले जनाउने अर्थलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने ख्रीष्‍ट हाम्रा प्रधान पूजाहारी हुनुहुन्‍छ, जो सधैंभरि जिउनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई

“येशूले गर्नुभएको कामको कारणले परमेश्‍वरमा आउनेहरू”

Hebrews 7:26

स्वर्गभन्‍दा पनि उच्‍च पारिएका हुनुहुन्‍छ

“परमेश्‍वरले उहाँलाई उच्‍च स्‍वर्गभन्‍दा माथि उचाल्‍नुभएको छ ।” अरू कोहीभन्‍दा बढी आदर र शक्ति प्राप्‍त गर्नुलाई सबै थोकभन्दा उच्‍च पद भएको जस्‍तो गरी लेखकले लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई अरू कसैलाई भन्‍दा धेरै आदर र शक्ति दिनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 7:27

सामान्य जानकारीः

यहाँ “उहाँ”, “उहाँको” र “उहाँ आफैँलाई” भन्‍ने शब्‍दहरूले ख्रीष्‍टलाई जनाउँछन् ।

Hebrews 7:28

व्‍यवस्‍थाले कमजोर मानिसहरूलाई प्रधान पूजाहारीको रूपमा नियुक्त गर्‍यो

मोशाको व्‍यवस्‍थाअनुसार प्रधान पूजाहारी नियुक्त गर्ने मानिसहरूका समूहलाई जनाउने लक्षणा अर्थ दिएर यहाँ “व्‍यवस्‍था” शब्‍द प्रयोग भएको छ । यो कार्य गर्ने मानिसहरूमा होइन, तर त्‍यो काम तिनीहरूले व्‍यवस्‍थाअनुसार गरेको कुरामा ध्‍यान केन्‍द्रित गरेको छ । वैकल्‍पिक अनुवादः “आफूमा कमजोरी मानिसहरूले व्‍यवस्‍थाअनुसार प्रधान पूजाहारीहरूको नियुक्त गर्दछन्” वा “किनभने आफूमा कमजोरी मानिसहरूलाई व्‍यवस्‍थाअनुसार प्रधान पूजाहारीहरू नियुक्त गरिन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

कमजोर मानिसहरूलाई

“आत्‍मिक रूपमा कमजोर मानिसहरू” वा “पापको विरुद्धमा कमजोर मानिसहरू”

व्‍यवस्‍थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्‍छ

यहाँ “शपथको वचन”ले परमेश्‍वरलाई जनाउँछ जसले शपथ खानुभयो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले व्‍यवस्‍था दिनुभएपछि खानुभएको उहाँको शपथको वचनद्वारा, परमेश्‍वरले पुत्रलाई नियुक्त गर्नुभयो” वा “परमेश्‍वरले व्‍यवस्‍था दिनुभएपछि, उहाँले शपथ खानुभयो र आफ्‍नो पुत्रलाई नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

पुत्र

यो परमेश्‍वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

जो सिद्ध बनाइनुभएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरको आज्ञालाई पूर्ण रूपले पालन गर्नुभएको र परिपक्‍व हुनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)