Hebrews 6

हिब्रूहरू ०६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अब्राहामको करार

परमेश्‍वरले अब्राहामसँग बाँध्‍नुभएको करारमा, अब्राहामका सन्‍तानलाई एउटा ठूलो जाति बनाउने प्रतिज्ञा परमेश्‍वरले दिनुभयो । अब्राहामका सन्‍तानको सुरक्षा गर्ने र तिनीहरू आफ्‍नै मुलुक तिनीहरूलाई दिने प्रतिज्ञा पनि उहाँले दिनुभयो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#covenant)

Hebrews 6:1

जोड्ने कथनः

अपरिपक्‍व हिब्रू ख्रीष्‍टिएनहरू परिपक्व हुनुपर्ने आवश्‍यक छ भन्‍ने कुरालाई लेखकले निरन्‍तरता दिएका छन् । तिनले उनीहरूलाई आधारभूत शिक्षाहरूका बारेमा स्‍मरण गराउँदछन् ।

ख्रीष्‍टको बारेको प्राथमिक शिक्षाहरूलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ

यसले आधारभूत शिक्षाहरू यात्राको सुरुको अवस्‍थ हो र परिपक्‍व शिक्षाहरू चाहिँ उक्त यात्राको आखिरी अवस्‍था हो जस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “हामीले सुरुमा जे सिकेका थियौँ, सो कुरा मात्र छलफल गर्न छाडौँ र अझ परिपक्‍व शिक्षा पनि बुझ्‍ने प्रयत्न गरौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

परमेश्‍वरमाथिको विश्‍वासका कुराको जग ... फेरि नगरौँ

सुरुका आधारभूत शिक्षाहरू चाहिं भवन निर्माण सुरु गर्दा जग राखेको जस्‍तै हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरमाथिको विश्‍वासका आधारभूत शिक्षाहरूलाई हामी अब फेरि दोहोर्‍याउने कार्य नगरौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

मृत्‍युतिर लैजाने कामहरू

पापमय कार्यहरूका बारेमा ती मृत्‍युको संसारअन्‍तर्गत पर्दछन् भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 6:2

न त बप्‍तिस्‍मा ... अनन्‍त न्‍यायको जग फेरि बसालौँ

सुरुका आधारभूत शिक्षाहरू चाहिं भवन निर्माण सुरु गर्दा जग राखेको जस्‍तै हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “न त ... अनन्‍त न्‍याय जस्‍ता आधारभूत शिक्षाका जग फेरि बसालौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हात राख्‍ने कामको

कसैलाई विशेष सेवा वा दर्जामा अर्पण गर्नुपर्दा यो अभ्‍यास प्रचलनमा थियो ।

Hebrews 6:4

जसले एकचोटि ज्‍योति पाएका छन्

बुझ्‍ने कुरालाई ज्‍योति पाएको जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले एकपल्ट ख्रीष्‍टको बारेमा भएको सन्‍देशलाई बुझे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

जसले ... स्‍वर्गको वरदान चाखेका छन्

उद्धारको अनुभव गर्ने कुरालाई भोजनको स्‍वाद लिएको जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरको उद्धार गर्ने शक्तिको अनुभव गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

पवित्र आत्‍मामा सहभागी भएका छन्

विश्‍वासीहरूमा आउनुहुने पवित्र आत्‍माको बारेमा उहाँ मानिसहरूले बाँडेर लिन सक्‍ने कुनै वस्‍तुजस्‍तो हुनुहुन्‍छ भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले पवित्र आत्‍मा पाएका छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 6:5

परमेश्‍वरको असल वचन ... चाखेका छन्

परमेश्‍वरको वचन सिक्‍ने कुरालाई भोजनको स्‍वाद लिएको जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरको असल सन्देश सिकेका छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

आउने युगको शक्तिको स्‍वाद चाखेका छन्

यसको अर्थ यो सारा संसारमा परमेश्‍वरको राज्‍य पूर्ण रूपमा हुने बेलाको परमेश्‍वरको शक्ति हो । यस अर्थमा “शक्ति” शब्‍दले सबै शक्ति आफैँमा लिनहुने परमेश्‍वरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “भविष्‍यमा कसरी परमेश्‍वरले शक्तिशाली तरिकाले कार्य गर्नुहुने छ भनेर जानेका छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 6:6

तिनीहरूलाई फेरि पश्‍चातापमा ल्‍याउन असम्‍भव छ

“तिनीहरूलाई फेरि फर्काएर पश्‍चाताप गर्न लगाउनु असम्‍भव छ”

यस्‍ता मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरका पुत्रलाई फेरि पनि क्रूसमा टाँगेका हुन्छन्

जब विश्‍वासीहरू विश्‍वासबाट फर्केर जान्‍छन्, तब त्‍यो कुराले तिनीहरूले येशूलाई फेरि पनि क्रूसमा टाँगेको हुन् भन्‍ने जनाउँछ । वैकल्‍पिक अनुवादः “यो तिनीहरूले आफ्‍ना निम्ति परमेश्‍वरको आफ्‍नो पुत्रलाई फेरि पनि क्रूसमा टाँगेको जस्‍तै हो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

परमेश्‍वरको पुत्र

यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो, जसले परमेश्‍वरसँगको उहाँको सम्‍बन्‍धलाई स्‍पष्‍ट पार्दछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

Hebrews 6:7

जुन जमिनले आफूमाथि बारम्‍बार बसर्ने पानी पिउँदछ

झरी परेपछि फाइदा दिने कृषि जमिनका बारेमा त्‍यो झरीको पानी पिएर बस्‍ने कुनै व्‍यक्तिजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “झरीको पानी सोसेर लिने जमिन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

जसले बोटहरू जन्माउँछ

खाद्यान्‍न उत्‍पादन गर्ने कृषि जमिनका बारेमा त्‍यसले ती कुरा जन्‍माएको जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “जसले बोटबरुवा उत्पन्‍न गराउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

त्‍यस जमिन जसले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ

वर्षा र अनाजलाई परमेश्‍वरले जमिनलाई सहायता पुर्‍याउनुभएको प्रमाणका रूपमा हेरिएको छ । कृषि जमिन चाहिँ परमेश्‍वरको आशिष् पाउने व्‍यक्ति भएको जस्‍तो हो भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

परमेश्‍वरबाट आशिष्

यहाँ “आशिष्” शब्‍दको अर्थ परमेश्‍वरले बोल्नुभएको वचन होइन, तर उहाँको सहायता हो ।

Hebrews 6:8

सराप पाउने जोखिममा पर्छ

यसले “सराप” का बारेमा यो एउटा ठाउँ हो, जहाँ कुनै व्‍यक्ति त्‍यसको जान सक्‍दछ जस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले त्‍यसलाई सराप दिने खतरामा छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

अन्‍त्‍यमा त्‍यसलाई आगोमा जलाइन्‍छ

खेतबारीका अनावश्‍यक झारपात सबै किसानले जलाइदिन्छन् ।

Hebrews 6:9

हामी आश्‍वस्‍त भएका छौँ

यहाँ लेखकले बहुवचन जनाउने शब्‍द “हामी” प्रयोग गरेका छन् । तापनि उनले शायद यो शब्‍द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्‍छन् । वैकल्‍पिक अनुवादः “म विश्‍वस्‍त भएको छु” वा “म निश्‍चित छु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

तिमीहरूका असल कुराहरूका बारेमा

यसको अर्थ हो, परमेश्‍वरलाई इन्‍कार गरेकाहरू, उहाँका अनाज्ञाकारी भएकाहरू र अब फेरि पश्‍चाताप गर्न नसक्‍नेहरूभन्‍दा यिनीहरूले धेरै राम्रो गर्दै छन्, र यसरी परमेश्‍वरले यिनीहरूलाई क्षमा गर्नुहुन्‍छ (हिब्रूहरू ६:४-६) । वैकल्‍पिक अनुवादः “मैले उल्‍लेख गरेकाहरूभन्‍दा तिमीहरूले असले गर्दैछौ”

उद्धार सम्‍बन्‍धी विषय

भाववाचक नाम “उद्धार” लाई क्रियापदको रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरू उद्धार गर्नुहुने विषयका कुराहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 6:10

परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न ... उहाँले बिसर्नुहुन्‍न

यहाँ भएको दोहोरो नकारात्मकको अर्थ हुन्‍छ, परमेश्‍वरले आफ्‍नो न्‍यायपूर्ण व्‍यवहारमा उहाँका मानिसहरूले गरेका असल कार्यहरूका स्‍मरण गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर न्‍यायपूर्ण हुनुहुन्‍छ, र यसकारण उहाँले निश्‍चय पनि स्‍मरण गर्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

उहाँको नाउँको निम्ति

परमेश्‍वरको “नाउँ” स्‍वयम् परमेश्‍वरलाई नै जनाउने लक्षणा हो । वैकल्‍पिक अनुवादः “उहाँका लागि” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 6:11

हामी उत्कट इच्‍छा गर्दछौँ

यहाँ लेखकले बहुवचन जनाउने शब्‍द “हामी” प्रयोग गरेका छन् । तापनि उनले शायद यो शब्‍द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्‍छन् । वैकल्‍पिक अनुवादः “म धेरै इच्‍छा गर्दछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

उत्‍सुकता

सचेत, कडा मेहनत

अन्त्यसम्‍मै

अस्‍पष्‍ट अर्थलाई स्‍पष्‍टसँग लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूका जीवनको अन्‍त्‍यसम्‍मै” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

आशा राखेका कुरा पूर्ण रूपले प्राप्‍त गर्न सक

“परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुरा तिमीहरूले प्राप्‍त गर्ने छौ भन्‍ने पूर्ण रूपले निश्‍चय हुनका लागि

Hebrews 6:12

देखासिकी गर्नेहरू

“देखासिकी गर्ने” व्‍यक्ति त्‍यो हो, जसले अरू कसैको व्‍यवहारको नक्‍कल गर्दछ ।

प्रतिज्ञाहरूका हकदार

परमेश्‍वरले विश्‍वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्‍त गर्नु चाहिँ परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्‍पत्तिको पैतृक हक प्राप्‍त गरेको जस्‍तै हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्‍त गर्नु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 6:14

उहाँले भन्‍नुभयो

परमेश्‍वरले भन्‍नुभयो

म ... तँलाई ज्‍यादै वृद्धि गराउने छु

यहाँ “वृद्धि” भन्‍नाले सन्‍तान दिने कुरा जनाउँछ । वैकल्‍पिक अनुवादः “म तँलाई धेरै सन्‍तान दिनेछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 6:15

जे प्रतिज्ञा गरिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनीसँग जे प्रतिज्ञा गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 6:17

प्रतिज्ञा त्‍यसका हकदारहरूलाई

परमेश्‍वरले प्रतिज्ञाहरू दिनुभएका मानिसहरू चाहिँ परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्‍पत्तिको पैतृक हक प्राप्‍त गरेको जस्‍तै हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्‍त गर्ने मानिसहरूलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँको अपरिवर्तनीय प्रतिज्ञा

“उहाँको उद्देश्‍य कदापि फेरिँदैन” वा “उहाँले जे गर्छु भन्‍नुभएको छ, सो उहाँले सधैँ गर्नुहुन्‍छ”

Hebrews 6:18

हामी, जो शरण पाउनका लागि भागेका छौँ

विश्‍वासीहरू, जसले परमेश्‍वरले तिनीहरूलाई सुरक्षा दिनुहुनेको लागि उहाँमा भरोसा गर्छन्, तिनीहरू चाहिँ कतै सुरक्षित स्थानतर्फ दौडिरहेका झैँ गरेर बताइएको छ । वैकल्‍पिक अनुवादः “हामी, जसले उहाँलाई भरोसा गरेका छौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रो अगाडि राखिदिएको आशालाई बलियो गरी समात्‍नलाई ठूलो हौसला पाएका छौँ

विश्‍वास कुनै व्‍यक्तिलाई उपहारझैँ दिन सक्ने वस्‍तु हो र त्‍यो व्‍यक्तिले यसलाई समातेर लिन सक्‍दछन् भनेजस्‍तो गरी परमेश्‍वरमा भरोसा गर्ने कुराका बारेमा लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई उत्‍साह दिनुभए झैँ हामीले उहाँमा निरन्‍तर भरोसा गरौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रो अगाडि राखिदिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन परमेश्‍वरले हाम्रो सामु राखिदिनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 6:19

जोड्ने कथनः

हिब्रूको पत्रका लेखकले विश्‍वासीहरूलाई आफ्‍नो तेस्रो चेतावनी र उत्‍साह प्रस्‍तुत गरिसकेपछि, तिनले पूजाहारीका रूपमा येशूको तुलना पूजाहारीका रूपमा मल्‍किसेदेकसँग गर्ने कार्यलाई निरन्‍तरता दिन्‍छन् ।

हाम्रा आत्माको निम्‍ति भरपर्दो र सुरक्षित लङ्गरको रूपमा

पानीमाथि भएको डुङ्गालाई हावाले जता हान्‍यो, त्‍यतैतिर जानबाट जसरी एउटा लङ्गरले रोक्‍ने कार्य गर्दछ, त्‍यसरी नै येशूले हामीलाई परमेश्‍वरको उपस्‍थितिमा सुरक्षित राख्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “जसले हामीलाई परमेश्‍वरको उपस्‍थितिमा सुरक्षित बस्‍न सहायता गर्दछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

भरपर्दो र सुरक्षित लङ्गर

यहाँ “भरपर्दो” र “सुरक्षित” शब्‍दहरूका मूलभूत अर्थ एकै कुरा हो, र यसले लङ्गरमाथिको पूर्ण विश्‍वासनीयतामा जोड दिन्‍छ । वैकल्‍पिक अनुवादः “पूर्ण रूपमा विश्‍वासनीय लङ्गर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

यस्‍तो आशा जुन पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ

यहाँ भरोसाका बारेमा यो मन्‍दिरभित्र महापवित्र स्‍थानमा जान सक्‍ने कुनै व्‍यक्ति भए झैँ गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

भित्री स्थान

यो मन्‍दिरभित्र भएको महापवित्र स्‍थानमा थियो । परमेश्‍वर आफ्‍ना मानिसहरूका बीचमा साक्षात् रूपमा उपस्‍थित हुनुहुँदा उहाँ यही ठाउँमा उपस्‍थित हुनुहुन्‍थ्‍यो । यस खण्‍डमा, यो ठाउँले स्‍वर्ग र परमेश्‍वरको सिंहासन भएको कोठालाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 6:20

मल्‍कीसेदेकको दर्जाअनुसार

यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्‍टका कति कुरा मल्‍किसेदेकसँग मिल्‍दोजुल्‍दो छन् । वैकल्‍पिक अनुवादः “मल्‍किसेदेक पूजाहारी भए जस्‍तै गरी”