Hebrews 5

हिब्रूहरू ०५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्‍याय यसअगिको अध्‍यायमा सिकाइएको शिक्षाको निरन्‍तरता हो ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ५:५-६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

प्रधान पूजाहारी

प्रधान पूजाहारीले मात्र बलि चढाउन सक्‍छन्, र यसरी परमेश्‍वरले पाप क्षमा गर्नुहुन्‍छ । यसैले येशू एक जना प्रधान पूजाहारी हुनुपर्‍यो । प्रधान पूजाहारी चाहिँ लेवीको कुलबाट हुनुपर्छ भनेर मोशाको व्‍यवस्‍थाले आज्ञा दियो, तर येशू त यहूदाको कुलबाटको हुनुहुन्‍थ्‍यो । परमेश्‍वरले उहाँलाई मल्किसेदेकजस्‍तो पूजाहारी बनाउनुभयो, जो अब्राहामको समयमा बाँचेका थिए । त्‍यो समयमा लेवीको कुल नै थिएन ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

दूध र खँदिलो खानेकुरा

लेखक भन्‍छन, यी ख्रीष्‍टिएन दूध मात्र पिउने र ठोस भोजन खान नसक्‍ने बालकहरू जस्‍ता छन्, जसले येशूको बारेमा साधारण कुरा मात्र बुझ्‍न सक्‍छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 5:1

जोड्ने कथनः

लेखकले पुरानो करारका पूजाहारीहरूका पापमय स्‍वभावका बारेमा स्‍पष्‍ट पार्छन्, अनि ख्रीष्‍टको पूजाहारीपन झन् उत्तम छ भनी दर्शाउँछन्, जुन हारुनको पूजाहारीपनमा आधारित छैन, तर मल्‍किसेदेकको पूजाहारीपनमा आधारित छ ।

मानिसहरूकै बीचबाट छानिएको हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले मानिसहरूका बीचबाट छान्‍नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

नियुक्त गरिएको हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "God appoints" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

मानिसहरूका पक्षमा काम गर्न

“मानिसहरूको प्रतिनिधित्व गर्न”

Hebrews 5:2

तिनीहरू ... जो छलमा परेका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू ... जसलाई अरूहरूले छलेका छन्” वा “तिनीहरू ... जसले झूटा कुरालाई विश्‍वास गर्छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जो छलिएका छन्

“जसले झूटा कुराहरूलाई विश्‍वास गर्छन् र नराम्रो तवरले व्यवहार गर्छन्”

कमजोरीको अधीनमा

प्रधान पूजाहारीका कमजोरीका बारेमा त्‍यो तिनलाई घेरा हाल्‍ने शक्ति हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “आत्‍मिक रूपमा कमजोर” वा “पापका विरुद्धमा कमजोर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

कमजोरी

पाप गर्ने इच्‍छा

Hebrews 5:3

उसबाट चाहिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनीबाट आवश्‍यक ठान्‍नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 5:4

सामान्य जानकारीः

यो उद्धरण पुरानो करारको भजनसंग्रहबाट लिइएको हो ।

यो सम्‍मान लिन्छ

सम्‍मानलाई कुनै व्‍यक्तिको हातले समातेर लिने वा पाउने वस्‍तु भएजस्‍तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

यो सम्‍मान लिन्छ

“सम्‍मान” वा प्रशंसा र आदर जुन मानिसहरूले प्रधान पूजाहारीलाई तिनको कामको लागि दिए । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

हारूनलाई जस्‍तै उसलाई परमेश्‍वरद्वरा बोलाइएको हुनुपर्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनलाई बोलाउनुभयो, जसरी उहाँले हारूनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 5:5

उहाँसग बोलिरहनुभएकोले भन्‍नुभयो

“परमेश्‍वरले उहाँलाई बन्‍नुभयो”

तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु

यी दुई वाक्‍यांशका अर्था मूलभूत रूपमा एउटै हो । यसलाई तपाईंले हिब्रू १:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

पुत्र ... पिता

यी महत्त्वपूर्ण नाउँ हुन्, जसले येशू र पिता परमेश्‍वरको बीचको सम्‍बन्‍धलाई स्‍पष्‍ट पार्दछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

Hebrews 5:6

सामान्य जानकारीः

यो भविष्‍यवाणी दाऊदको भजनबाट लिइएको हो ।

उहाँले यसरी भन्‍नुभएको छ

परमेश्‍वरले कोसँग बोल्‍नुभयो, सो कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “उहाँले ख्रीष्‍टलाई यसो पनि भन्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

अर्को ठाउँमा

“धर्मशात्रको अर्को ठाउँमा”

मल्‍किसेदेकको दर्जाबमोजिम

यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्‍टका कति कुरा मल्‍किसेदेकसँग मिल्‍दोजुल्‍दो छन् । वैकल्‍पिक अनुवादः “जसरी मल्‍किसेदेक पूजाहारी थिए”

Hebrews 5:7

येशू शरीरमा हुनुहुँदाको समयमा

यहाँ “समयमा” शब्‍दले कुनै समय अवधिलाई जनाउँछ । “शरीर” शब्‍दले येशूको यस संसारको जीवनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जब उहाँले यस संसारमा जीवन बिताउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

प्रार्थना र निवेदन

यी दुवै शब्दका मूलभूत अर्थ एकै हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुने

सम्भावित अर्थहरू हुन् १) परमेश्‍वर ख्रीष्‍टलाई बचाउन सक्षम हुनुहुन्थ्यो ताकि उहाँ नमर्नुभएको होस् । वैकल्‍पिक अनुवादः “उहाँलाई मर्नबाट बचाउन” वा २) परमेश्‍वरले ख्रीष्‍टलाई पुनः जीवित बनाउनुभएर उहाँको मृत्‍युपश्‍चात उहाँलाई बनाउन सक्षम हुनुहुन्थ्यो । यदि सम्भव हुन्छ भने, यी दुवै उल्थाहरूलाई आऊन दिने गरेर यसलाई अनुवाद गर्नुहोस् ।

उहाँको सुनुवाइ भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई सुन्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 5:8

पुत्र

यो परमेश्‍वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

Hebrews 5:9

जोड्ने कथनः

पद ११ मा लेखकले तेस्रो चेतावनी सुरु गर्दछन् । यी विश्‍वासी अझैसम्‍म पनि परिपक्‍व भएका छैनन् भनी लेखकले तिनीहरूलाई चेतावनी दिन्‍छन्, अनि तिनीहरूलाई परमेश्‍वरको वचन पढ्‍ने उत्‍साह दिन्‍छन्, र यसरी तिनीहरूले ठीक र बेठीक कुरा बुझ्‍न सक्‍दछन् ।

उहाँ सिद्ध बनाइनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई सिद्ध बनाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सिद्ध बनाउनुभयो

यहाँ यसको अर्थ, परिपक्‍व बन्दै गरेको, अनि जीवनको सबै कुराले परमेश्‍वरको आदर गर्न सक्षम हुँदै गरेको भन्‍ने हुन्‍छ ।

उहाँको आज्ञापालन गर्ने सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो

यहाँ भाववाचक नाम “मुक्ति”लाई क्रियापद बनाउन सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अब उहाँको आज्ञापालन गर्ने सबैलाई उहाँले बचाउनुहुन्‍छ र तिनीहरूलाई अनन्‍तसम्‍म जीवित हुन दिनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 5:10

परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई चुनाव गर्नुभयो” वा “परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

मल्‍किसेदेकको दर्जाबमोजिम

यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्‍टका कति कुरा मल्‍किसेदेकसँग मिल्‍दोजुल्‍दो छन् । वैकल्‍पिक अनुवादः “मल्‍किसेदेकजस्‍तो महान् पूजाहारी हुन”

Hebrews 5:11

हामीसँग ... भन्‍नुपर्ने धेरै कुरा छन्

यहाँ लेखकले बहुवचन जनाउने शब्‍द “हामी” प्रयोग गरेका छन् । तापनि उनले सायद यो शब्‍द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्‍छन् । वैकल्‍पिक अनुवादः “मसँग ... भन्‍नुपर्ने धेरै कुरा छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-pronouns)

तिमीहरू सुन्‍नमा मन्‍द भएका छौ

बुझ्‍ने र आज्ञापालन गर्ने कुरालाई सुन्‍ने क्षमता भएको जस्‍तो गरी लेखकले भनेका छन् । अनि सुन्‍ने क्षमताका बारेमा भने, यो धातुको कुनै सामान प्रयोग गरेपछि प्रयोगविहीन भएजस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “यो कुरा बुझ्‍न तिमीहरूलाई समस्‍या भएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 5:12

आधारभूत सिद्धान्‍तहरू

यहाँ “सिद्धान्‍तहरू” शब्‍दको अर्थ निर्णय गर्नका लागि मार्गदर्शन वा मानक हो । वैकल्‍पिक अनुवादः “आधारभूत सत्‍यताहरू”

तिमीहरूलाई ... दूध नै आवश्‍यक छ

परमेश्‍वरको बारेमा बुझ्‍न सजिलो शिक्षालाई ससाना शिशुहरूले खाने दूधजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू बालकहरूजस्‍ता भएका छौ र दूध मात्र पउँछौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

दूध, खँदिलो भोजन होइन

परमेश्‍वरको बारेमा बुझ्‍न कठिन शिक्षालाई परिपक्‍व मानिसहरूका लागि उपयुक्त खँदिलो भोजनजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परिपक्‍व मानिसहरूले खाने खँदिलो भोजनको साटोमा दूध” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 5:13

दूध मात्र पिएर

यहाँ “पिएर” भन्‍नाले “पिउने” कुरा हो । वैकल्‍पिक अनुवादः “दूध पिउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

किनकि ऊ अझसम्‍म बालकै हुन्‍छ

हुर्केको बालकले खाने किसिमको भोजनसँग आत्‍मिक परिपक्‍वताको तुलना गरिएको छ । खँदिलो भोजन एउटा सानो शिशुले खान सक्‍दैन, र यो भर्खरको ख्रीष्‍टिएनलाई जनाउने अलङ्कार हो । उसले सामान्‍य सत्‍यताहरू मात्र सिक्‍न सक्दछ । तर पछि, सानो बालकलाई अलि खँदिलो भोजन दिन सुरु गरिन्‍छ । त्‍यसै गरी कुनै ख्रीष्‍टिएन अझ परिपक्‍व हुँदै जाँदा उसले धेरै कठिन कुरा सिक्‍न सक्‍दछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 5:14

तिनीहरूले आफ्‍ना आन्‍तरिक समझ शक्तिको अभ्‍यासद्वारा असल र खराब छुट्‍याउन सक्‍ने तालिम पाएका हुन्‍छन्

कुनै कुरा बुझ्‍न तालिम पाएका मानिसहरूलाई बुझ्‍ने दक्षताको तालिम प्राप्‍त हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू परिपक्‍व हुन्‍छन् र असल र खराबका बीचमा भिन्‍नता छुट्‍याउन सक्‍छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)