Hebrews 4

हिब्रूहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

येशू किन महान् प्रधान पूजाहारी हुनुहुन्‍छ भनेर यो अध्‍यायले भन्‍दछ ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ४:३-४, ७ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परमेश्‍वरको विश्राम

यस अध्‍यायमा “विश्राम” शब्‍दले कम्‍तीमा पनि दुईवटा कुरालाई बुझाउन खोजेको देखिन्‍छ । यसले स्‍थान वा समयलाई जनाउँछ, जति बेला परमेश्‍वरले आफ्‍ना मानिसलाई तिनीहरूका कामबाट विश्राम गर्ने अनुमति दिनुहुन्‍छ (हिब्रू ४:३) र यसले सतौं दिनमा परमेश्‍वरले विश्राम गर्नुभएको कुरालाई जनाउँछ (हिब्रू ४:४) ।

Hebrews 4:1

जोड्ने कथनः

अध्‍याय ४ ले विश्‍वासीहरूलाई हिब्रू ३:७ मा चेतावनी दिन सुरु गरेको कुरालाई निरन्‍तरता दिन्‍छ । परमेश्‍वरले सृष्‍टि गरेपछि विश्राम गर्नुभएको बिम्‍ब लेखकले प्रस्‍तुत गर्दछन् र विश्‍वासीहरूलाई त्‍यस्‍तै विश्रामको निश्‍चयता दिन्‍छन् ।

यसकारण

“किनभने मैले भर्खरै भनेका कुराहरू सत्य हुन्” वा “आज्ञापालन नगर्नेहरूलाई परमेश्‍वरले निश्‍चय पनि दण्ड दिनुहुन्‍छ”

हामीमध्‍ये कोही पनि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदाहुँदै विश्राममा प्रवेश गर्नदेखि वञ्चित हुन नपरोस्

परमेश्‍वरको प्रतिज्ञा चाहिँ उहाँले मानिसहरूलाई भेटेर छोडिदिनुभएको उपहारजस्‍तै हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हामीसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको विश्राममा प्रवेश गर्न तिमीहरूमध्‍ये कोही पनि वञ्‍चित हुन नपरोस्” वा “हामीसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको विश्राममा प्रवेश गर्न उहाँले तिमीहरू सबैलाई अनुमति दिनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

परमेश्‍वरको विश्राममा प्रवेश गर्न

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “विश्रामको ठाउँमा प्रवेश गर्न” वा “परमेश्‍वरको विश्रामको आशिषको अनुभव गर्न” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:2

किनभने तिनीहरूलाई जस्‍तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने तिनीहरूले सुनेको जस्‍तै सुसमाचार हामीले पनि सुन्‍यौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तिनीहरूलाई जस्‍तै

यहाँ “तिनीहरू” शब्‍दले मोशाको समयमा जीवित रहेका हिब्रूहरूका पूर्खाहरूलाई जनाउँछ ।

तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन जो आज्ञापालन गर्नेहरूसँग विश्‍वासमा जोडिएनन्

“तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन, जसले विश्‍वास गर्ने र आज्ञाकारी हुने मानिसहरूसँग सहभागिता जनाएनन् ।” लेखकले ती मानिसका समूहका बारेमा कुरा गर्दै छन्, जसले परमेश्‍वरको विश्‍वासको करार पाए र त्‍यसका बारेमा सुने, तर त्‍यसमा विश्‍वास गरेनन् । यसलाई सकारात्‍मक रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “विश्‍वास गरेका र आज्ञाकारी भएका मानिसहरूका लागि मात्र सुनेको वचले फाइदा भयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

Hebrews 4:3

सामान्य जानकारीः

यहाँ पहिलो उद्धरण, “मैले मेरो क्रोधमा ... विश्राममा प्रवेश गर्ने छैनन्,” एउटा भजनसंग्रहबाट लिइएको हो । दोस्रो उद्धरण, “परमेश्‍वरले सातौँ दिनमा ... विश्राम लिनुभयो,” चाहिँ मोशाले लेखेको पुस्‍तकबाट लिइएको हो । तेस्रो उद्धरण, “तिनीहरू ... विश्रममा कहिल्‍यै प्रवेश गर्ने छैनन्,” चाहिँ फेरि पनि त्‍यही भजनसंग्रहबाट लिइएको हो ।

हामी विश्‍वास गर्नेहरू

“हामी जसले विश्‍वास गर्दछौँ”

त्‍यस विश्राममा प्रवेश गर्नेछौँ

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हामी विश्‍वास गरेकाहरू विश्रामको ठाउँमा प्रवेश गर्नेछौँ” वा “तिनीहरू परमेश्‍वरको विश्रामको आशिषको अनुभव गर्ने छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

जसरी उहाँले भन्‍नुभएको छ

“जसरी परमेश्‍वरले भन्‍नुभएको छ”

मैले मेरो क्रोधमा यसरी शपथ खाएँ

“म धेरै रिसाएको बेला मैले यसरी शपथ खाएँ”

तिनीहरू कहिल्‍यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा कदापि प्रवेश गर्ने छैनन्” वा “तिनीहरूले मेरो विश्रामको आशिषको अनुभव कहिल्‍यै गर्ने छैनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँका सृष्‍टिका कामहरू पूरा भइसकेका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले सृष्‍टि गरेर सिध्‍याउनुभयो” वा “उहाँको सृष्‍टिको काम उहाँले सिध्‍याउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

संसारको उत्पत्तिदेखि

लेखकले सांसरलाई एउटा जगमा बसालेको भवनजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “संसारको सुरुमा” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:4

सातौँ दिन

यो सङ्ख्‍या “सात” को लागि क्रमागत नम्‍बर हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-ordinal)

Hebrews 4:6

उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले अझै पनि कोही मानिसलाई उहाँको विश्रामको ठाउँमा प्रवेश गर्ने अनुमति दिनुहुने छ” वा “परमेश्‍वरले अझै पनि कोही मानिसलाई उहाँको विश्रामको आशिष अनुभव गर्न दिनुहुने छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:7

सामान्य जानकारीः

यहाँ दिइएको भजनसंग्रहको उद्धरण दाउदले लेखेको हामी पाउँदछौँ (हिब्रूहरू ३:७-८) ।

यदि आज तिमीहरूले उहाँको सोर सुन्‍यौ भने

इस्राएलका लागि परमेश्‍वरले दिनुभएका आज्ञाहरू उहाँले सुन्‍न सकिने आवाजमा दिनुभएको जस्तो हो भनी लेखकले भनेका छन् । तपाईंले यसलाई हिब्रू ३:७-८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । “यदि तिमीहरूले परमेश्‍वरले बोल्‍नुभएको सुन्‍यौ भने” वैकल्‍पिक अनुवादः “यदि तिमीहरूले परमेश्‍वर बोलिरहनुभएको सुन्यौ भने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिमीहरूका हृदय कठोर नपार

यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदय कठोर पार्नु” भनेको हठी हुने कुरालाई जनाउने वाक्यांश हो । तपाईंले यसलाई हिब्रूहरू ३:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “हठी नहोओ” वा “सुन्‍नलाई इन्कार नगर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 4:8

जोड्ने कथनः

यहाँ अनाज्ञाकारी नहुन, तर परमेश्‍वरले दिनुहुने विश्राममा प्रवेश गर्न लेखकले विश्‍वासीहरूलाई चेतावनी दिन्‍छन् । परमेश्‍वरको वचनले तिनीहरूलाई विश्‍वस्‍त पार्नेछ, र परमेश्‍वरले तिनीहरूलाई सहायता पुर्‍याउनुहुनेछ भन्‍ने दृढताका साथमा तिनीहरू प्रार्थना गर्न सक्दछन् ।

यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई यहोशूले दिन सक्‍ने विश्राम हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “यदि परमेश्‍वरले इस्राएलीलाई दिनुहुने विश्राममा यहोशूले तिनीहरूलाई लान सकेको भए” वा यदि परमेश्‍वरले दिनुहुने विश्रामको आशिष् इस्राएलीले यहोशूको समयमा पाएका भए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:9

परमेश्‍वरका मानिसहरूका निम्‍ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले आफ्‍ना मानिसहरूका लागि सबाथको विश्राम अझै बाँकी राख्‍नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

विश्राम दिनको विश्राम

अनन्‍तको शान्‍ति र सुरक्षालाई ती सबाथ वा विश्रामको दिन, अर्थात् यहूदीहरूका आराधना र कामबाट विश्रामको दिन हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “अनन्‍तको विश्राम” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:10

परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको विश्रामको शान्‍तिमा प्रवेश गर्ने व्‍यक्ति” वा “परमेश्‍वरको विश्रामको आशिष् अनुभव गर्ने व्‍यक्ति” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:11

हामी त्‍यस विश्राममा प्रवेश गर्नका निम्‍ति प्रयत्न गरौँ

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले वास गर्नुहुने ठाउँमा उहाँको साथमा विश्राम गर्न हामीले सक्‍नेजति हरेक कुरा गर्नुपर्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिनीहरूजस्‍तै अनाज्ञाकारिताको कारण पतित नहोस्

अनाज्ञाकारिताको कुनै खाडल हो, र दुर्घटना परेर कुनै व्‍यक्ति उक्त खाडलमा खस्‍न सक्‍छ जस्‍तो गरी लेखकले भनेका छन् । यो खण्‍डलाई शब्‍द अगिपछि गर्न सकिन्‍छ, र यसरी भाववाचक नाम “अनाज्ञाकारिता”लाई क्रियापद “अनाज्ञाकारी हुनु” लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “तिनीहरूले गरे झैँ अनाज्ञाकारी हुन सक्‍छौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 4:12

परमेश्‍वरको वचन जीवित ... छ

यहाँ “परमेश्‍वरको वचन” ले परमेश्‍वरले बोलेको वा लेखेको सन्देश, जेसुकैद्वारा भए पनि उहाँले मानवजातिसँग सञ्‍चार गर्नुभएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका वचनहरू जीवित छन्”

जीवित र क्रियाशील

यसले परमेश्‍वरको वचन जीवित छजस्तो गरी भन्‍दछ । यसको अर्थ नै हो कि जब परमेश्‍वर बोल्‍नुहुन्‍छ, तब त्‍यो शक्तिशाली र प्रभावकारी हुन्‍छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

दुईधारे तरवारभन्‍दा पनि धारिलो छ

दुईधारे तरवरले सजिलैसित कुनै मानिसको ज्‍यान काट्न सक्‍छ । व्‍यक्तिको हृदय र विचारमा प्रकट गर्न परमेश्‍वरको वचन धेरै प्रभावकारी हुन्‍छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

दुईधारे तरवार

एउटा धारिलो पत्तिजस्‍तो हतियार जसको दुवैतिर धारहरू हुन्‍छ

यसले आत्‍मा, प्राण र मासीलाई अलगअलग होउञ्‍जेल छेड्‍छ

यसले परमेश्‍वरको वचनलाई एउटा तरबार भए झैँ गरी निरन्‍तर कुरा गर्दछ । यहाँ तरबार भनेको यति धेरै धारिलो हतियार हो, जसले कट्नै नसक्‍ने र असम्‍भव झैँ लाग्‍ने मानव शरीरलाई टुक्राटुक्रा गरी काट्न सक्‍दछ । यसको अर्थ हो, हामीले परमेश्‍वरको वचनबाट लुकाउन सक्‍ने त्‍यस्‍तो केही कुरा पनि हामीभित्र छैन । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

प्राण र आत्मा

यी दुई कुरा एकअर्कामा फरक तापनि नजिकबाट सम्‍बन्‍धित मानवजातिको गैरशारीरिक भाग हुन् । “प्राण”ले व्‍यक्तिलाई जीवित रहन सहायता पुर्‍याउँछ । “आत्मा” व्‍यक्तिको त्‍यो भाग हो, जसले परमेश्‍वरको बारेमा जान्‍न र विश्‍वास गर्न सहायता पुर्‍याउँछ ।

जोर्नीहरू र हाडको गुदी

“जोर्नी”ले दुई हाडलाई जोडेको हुन्‍छ । “हाडको गुदी” भनेको हाडको बीचमा हुने भाग हो ।

जाँच गर्न यो सक्षम

यसले परमेश्‍वरको वचन कुनै कुरा थाहा पाउने व्‍यक्तिजस्‍तो भएको कुरा गर्दछ । वैकल्‍पिक अनुवादः “प्रकट गर्दछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

हृदयका भावना र विचारहरू

यसले “हृदय” भनेको “भित्रओ मनुष्यत्व”को लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “कुनै व्‍यक्तिले विचार गर्छ र कार्य गर्ने मनसाय राख्‍दछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 4:13

सृष्‍टिको कुनै पनि कुरा परमेश्‍वरको दृष्‍टिबाट लुकेको हुँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले सृष्‍टि गर्नुभएको कुनै पनि कुरालाई उहाँबाट लकाउन सकिँदैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हरेक कुरा छर्लङ्गै र खुला छ

यसले सबै थोकका बारेमा ती कुनै व्‍यक्ति नग्‍न खडा भएको वा एउटा बाकस पूरा खुला गरिएको जस्‍तो गरी भनेको छ । वैकल्‍पिक अनुवादः “हरेक थोक पूर्ण रूपमा प्रकट भएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

छर्लङ्गै र खुला

यी दुई शब्‍दका अर्थ मूलभूत रूपमा एउटै हो र परमेश्‍वरबाट कुनै थोक पनि लुकेको हुँदैन भन्‍ने कुरामा जोड दिन्‍छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

उहाँको दृष्‍टिमा ... जसको लेखा हामीले दिनुपर्छ

परमेश्‍वरको आँखा छ जस्‍तो गरी उहाँको बारेमा कुरा गरिएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई जसले हामीले जसरी जीवन बिताउँदछौँ, त्‍यसको न्‍याय गर्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:14

जो स्‍वर्गमा उक्‍लिजानुभएको छ

“जो परमेश्‍वरको उपस्‍थितिमा प्रवेश गर्नुभएको छ”

परमेश्‍वरको पुत्र

यो येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

हामीले स्‍वीकार गरेको विश्‍वासलाई दृढतासाथ थामिराखौँ

विश्‍वास र भरोसालाई यस्ता वस्‍तुहरू हुन्, जसलाई कुनै व्‍यक्तिले बलियोसँग समातेर राख्‍न सक्‍छ जस्‍तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “हामी उहाँमा निरन्‍तर दृढतापूर्वक विश्‍वास गरौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 4:15

हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सन्‍त्‍वना दिन नसक्‍ने प्रधान पूजाहारी हुनुहुन्‍न... तर हामीसँग ... हुनुहुन्‍छ

यहाँ दोहोरो नकारात्‍मक शब्‍दको अर्थ, येशूले साँच्‍चै नै, मानिसहरूसँगै सहानुभूतिको अनुभव गर्न सक्‍नुहुन्‍छ, भन्‍ने हुन्‍छ । वैकल्‍पिक अनुवादः “हाम्रा एक जना प्रधान पूजाहारी हुनुहुन्‍छ, जसले सहानुभूतिको अनुभव गर्नुहुन्‍छ ... तर हामीसँग ... हुनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

जो हामीजस्‍तै हर प्रकारले परीक्षित हुनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसले हामीले गर्नपर्ने हरेक किसिमले परीक्षाको सामना गर्नुभएको छ” वा “जसलाई दुष्‍टले हामीलाई गर्न सक्‍ने हरेक किसिमका परीक्षाद्वारा परीक्षित तुल्‍याएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

उहाँ पापरहित हुनुहुन्‍छ

“उहाँले पाप गर्नुभएन”

Hebrews 4:16

उहाँको अनुग्रहको सिंहासनमा

“परमेश्‍वरको सिंहासन, जहाँ अनुग्रह छ ।” यहाँ “सिंहासन” शब्‍दले परमेश्‍वरले राजाको रूपमा शासन गर्नुहुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जहाँ हाम्रा अनुग्रही परमेश्‍वर सिंहासनमा विराजमान हुनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

खाँचोको समयमा हाम्रो सहायताका लागि हामीले कृपा र अनुग्रह पाउन सकौँ

यहाँ “कृपा” र “अनुग्रह” का बारेमा ती कुरा दिन वा भेट्टउन सकिने वस्‍तुहरू भएजस्‍तो गरी लेखकले भनेका छन् । “परमेश्‍वर कृपालु र अनुग्रही हुनुभएको होस् र खाँचोको समयमा हामीलाई सहायता गर्नुभएको होस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)