Hebrews 3

हिब्रूहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ३:७-११, १५ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

भाइहरू

लेखकले शायद यहूदीहरू भइ हुर्केका ख्रीष्‍टिएनहरूलाई जनाउनका लागि “भाइहरू” शब्‍द प्रयोग गर्दछन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

तिमीहरूका हृदय कठोर पार्नु

आफ्‍नो हृदयलाई कठोर पार्ने व्‍यक्तिले परमेश्‍वरको आवाज सुन्‍दैन वा उहाँको आज्ञापालन गर्दैन । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

आलङ्कारिक प्रश्‍नहरू

लेखकले आफ्‍ना पाठकहरूलाई चेतावनी दिने तरिकाका रूपमा अलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्दछन् । यी प्रश्‍नहरूका जवाफ लेखक स्‍वयम् र पाठकहरू दुवै थाहा छ, र पाठकहरूले यी प्रश्‍नका बारेमा विचार गर्दा, तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍नु र उहाँको आज्ञापालन गर्नु आवश्‍यक हुन्छ भनी महसुस गर्छन् भन्‍ने कुरा लेखकलाई थाहा छ ।

Hebrews 3:1

जोड्ने कथनः

यो दोस्रो चेतावनी अझै लामो र वितृत छ, र यसले अध्‍याय ३ र ४ लाई समावेश गर्दछ । ख्रीष्‍टको सेवक मोशाभन्दा ख्रीष्‍ट स्‍वयम् महान् हुनुहुन्‍छ भन्‍ने कुरा दर्साएर लेखकले सुरु गर्दछन् ।

पवित्र भाइहरू

यहाँ “भाइहरू” शब्‍दले पुरुष र स्‍त्री दुवै ख्रीष्‍टिएनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पवित्र भाइहरू र बहिनीहरू” वा “मेरा पवित्र विश्‍वासी प्रियजनहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

स्‍वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका

यहाँ “स्‍वर्गीय” शब्दले परमेश्‍वरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई एकसाथ बोलाउनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

प्रेरित तथा प्रधान पूजाहारी

यहाँ “प्ररित” शब्‍दको अर्थ पठाइएको व्‍यक्ति हो । यस खण्‍डमा, यसले बाह्र प्रेरितमध्‍ये कसैलाई पनि जनाउँदैन । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले पठाउनुभएको व्‍यक्ति र प्रधान पूजाहारी”

हामीले स्‍वीकार गरेका

यसका शब्दहरूलाई पुनः लेखेर भाववाचक नाम “स्वीकार”लाई क्रियापद “स्‍वीकार गरेको” लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जसमा हामी स्‍वीकार गर्दछौँ” वा “जसमा हामी विश्‍वास गर्दछौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 3:2

परमेश्‍वरका घरानामा

परमेश्‍वरले आफैँलाई प्रकट गर्नुभएको हिब्रू मानिसहरूलाई साँच्‍चिकै घराना हुन् भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका मानिस सबैलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 3:3

येशू ... मानिनुभएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले येशूलाई ठहराउनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 3:4

जसले हरेक थोक बनाउनुभयो

संसारको सृष्‍टि गर्ने परमेश्‍वरको कार्यलाई उहाँले घर बनाउनुभएको कुरा जस्‍तै हो भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हरेक घर बनाउने कुनै व्‍यक्ति हुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 3:5

परमेश्‍वरका सारा घरानामा

परमेश्‍वरले आफैँलाई प्रकट गर्नुभएको हिब्रू मानिसहरूलाई साँच्‍चिकै घराना हुन् भनी लेखकले भनेका छन् । यसलाई तपाईंले हिब्रू ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

कुराहरूका बारेमा उनी एक गवाही थिए

यो वाक्‍यांशले सम्भवतः मोशाको कामलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मोशाको जीवन र कामले कुराहरूका बारेमा दर्साए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

भविष्‍यमा बोलिने कुराहरूका बारेमा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “येशूले भविष्‍यमा भन्‍नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 3:6

पुत्र

यो परमेश्‍वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#guidelines-sonofgodprinciples)

परमेश्‍वरको घरानाको जिम्‍मा पाएको

यसले परमेश्‍वरका मानिसहरूका बारेमा तिनीहरू साँच्‍चिकै घराना हुन् भन्दछ । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरका मानिसहरूमाथि शासन गर्नुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हामी उहाँका घराना हौँ

यसले परमेश्‍वरका मानिसहरूका बारेमा तिनीहरू साँच्‍चिकै घराना हुन् भन्दछ । वैकल्‍पिक अनुवादः “हामी परमेश्‍वरका मानिसहरू हौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

यदि हामीले हाम्रो आत्‍मविश्‍वास र आशाको गौरवलाई थामि राख्‍यौँ भने

यहाँ “आत्‍मविश्‍वास” र “आशाको गौरव” भाववाचक नाम हुन् र जसलाई क्रियापद बनाउन सकिन्‍छ । वैकल्‍पिक अनुवादः “यदि परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको छ, त्‍यो उहाँले गर्नुहुने आशा गरेर हामी निरन्‍तर रूपमा उत्‍साही र आनन्‍दित हुन्छौँ भने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 3:7

सामान्य जानकारीः

यो उद्धरण पुरानो करारको भजनसंग्रहको पुस्‍तकबाट लिइएको हो ।

जोड्ने कथनः

यहाँको चेतावनी स्‍मरण गराउनका लागि हो, जहाँ इस्राएलीहरूका अविश्‍वासका कारणले तिनीहरूमध्‍ये धेरै जनालाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मुलुकमा प्रवेश गर्नबाट वञ्चित गरायो ।

यदि तिमीहरूले उहाँको सोर सुन्‍यौ भने

परमेश्‍वरको “सोर”ले उहाँ बोल्‍नुहुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जब तिमीहरूले परमेश्‍वर बोल्‍नुभएको सुन्दछौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 3:8

तिमीहरूका हृदयलाई कठोर नपार

यहाँ “हृदयहरू” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदयहरू कठोर पार्नु” भनेको हठी हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “हठी नहोओ” वा “सुन्‍नलाई इन्कार नगर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

उजाडस्‍थानमा परीक्षाको समयमा विद्रोह गरेजस्‍तै

यहाँ “विद्रोह” र “परीक्षा”लाई क्रियापदका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जस्‍तो तिमीहरूका पूर्खाहरूले परमेश्‍वरको विरुद्ध विद्रोह गरे र उजाडस्‍थानमा उहाँको परीक्षा गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 3:9

सामान्य जानकारीः

यो उद्धरण भजनसंग्रहबाट लिइएको हो ।

तिमीहरूका पूर्खाहरू

यहाँ “तिमीहरू” बहुवचनमा छ र इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

मेरो परीक्षा गरेर

यहाँ “मेरो” शब्‍दले परमेश्‍वरलाई जनाउँछ ।

Hebrews 3:10

चालीस वर्ष

“४० वर्ष” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

म ... क्रोधित भएँ

“म रिसाएँ” वा “म धेरै बेखुशी भएँ”

तिनीहरूको हृदय सधैँ बरालिन्‍छन्

यहाँ “तिनीहरूको हृदय बरालिन्छन्” भनेको परमेश्‍वरप्रति बफादार नभएको कुरालाई जनाउने अलङ्कार हो । यहाँ “हृदय” भनेको दिमाग वा इच्‍छालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिनीहरूले सधैँ मलाई इन्कार गरेका छन्” वा “तिनीहरूले मेरो आज्ञापालन गर्न सधैँ इन्कार गरेका छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिनीहरूलाई मेरो बाटो थाहा नै छैन

यसले कसैले आफ्‍नो जीवनमा गर्नुपर्ने व्‍यवहारलाई एउटा मार्ग वा बाटो भन्‍दछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले आफ्‍नो जीवनमा कसरी व्‍यवहार गर्नुपर्दछ भनेर तिनीहरूले बुझेकै छैनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 3:11

तिनीहरू कहिल्‍यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउने छैनन्

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू कदापि विश्रामको ठाउँमा प्रवेश गर्ने छैनन्” वा “मेरो विश्रामको आशिष्‌को अनुभव गर्न म तिनीहरूलाई कदापि दिनेछैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 3:12

भाइहरू

यहाँ “भाइहरू” शब्‍दले पुरुष र स्‍त्री दुवै ख्रीष्‍टिएननहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “भाइहरू र बहिनीहरू” वा “विश्‍वासी प्रियजनहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

तिमीहरूमध्ये कोही पनि दुष्‍ट र अविश्‍वासी हृदय भएको हुनेछैन, एउटा हृदय जसले तिमीहरूलाई जीवित परमेश्‍वरबाट तर्काएर टाढा लैजान्छ

यहाँ “हृदय” शब्‍द व्‍यक्तिको मन वा इच्‍छा जनाउने लक्षणा हो । परमेश्‍वरमा विश्‍वास गर्न र उहाँको आज्ञापालन गर्न इन्‍कार गर्नुलाई हृदयले विश्‍वास नगर्नु र शारीरिक रूपमा परमेश्‍वरबाट तर्किएर जानु जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “सत्‍यलाई विश्‍वास गर्न इन्‍कार गर्ने र जीवित परमेश्‍वरको आज्ञापालन गर्न छोड्‍ने तिमीहरूमध्‍ये कोही पनि हुनेछैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

जीवित परमेश्‍वर

“साँचो रूपमा जीवित सत्‍य परमेश्‍वर”

Hebrews 3:13

जबसम्‍म “आजको दिन” भन्‍ने कुरा छ

“जबकि अझै पनि मौका छ”

पापको छलकपटद्वारा तिमीहरूमध्‍ये कसैको पनि हृदय कठोर नहोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पापको छलकपटले तिमीहरूमध्‍ये कसैलाई पनि कठोर नपारोस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

पापको छलकपटद्वारा तिमीहरूमध्‍ये कसैको पनि हृदय कठोर नहोस्

हठीपनलाई कडा पत्थरजस्‍तो वा कठोर हृदय भएको जस्‍तो हो भनी लेखकले भनेका छन् । पापद्वारा छलकपटमा पर्नुको परिणाम चाहिँ कठोरता हो । यसलाई शब्‍दहरूमा पुनः संरचना गर्न सकिन्‍छ, र यसरी भाववाचक नाम “छलकपट”लाई “छलमा पर्नु” भनेर क्रियापदमा लेख्‍न सकियोस् । वैकल्‍पिक अनुवादः “पापद्वारा तिमीहरूमध्‍ये कोही पनि छलमा पर्ने र हठी हुनेछैनौ” वा “तिमीहरू आफू छलकपटमा परेर पाप नगर, र यसरी तिमीहरू हठी नहोओ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 3:14

सामान्य जानकारीः

यसले हिब्रू ३:७ मा उद्धृत गरेको भजनको पुस्‍तकबाट लगातार उद्धृत गर्दछ ।

किनकि हामी ... भएका हुन्‍छौँ

यहाँ “हामी” शब्‍दले लेखक र पाठकहरू दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

यदि हामीले ... हाम्रो भरोसालाई ... बलियोसँग थामिराख्‍यौँ भने

“यदि हामीले दृढतापूर्वक उहाँमा भरोसा गर्‍यौँ भने”

सुरुदेखि

“हामीले सर्वप्रथम उहाँमा विश्‍वास गर्न सुरु गरेदेखि”

अन्‍त्‍यसम्‍मै

यो मृदुभाषी भइ कसैको मृत्‍युलाई जनाउने कुरा हो । वैकल्‍पिक अनुवादः “हाम्रो मृत्‍यु नहुञ्‍जेल” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

Hebrews 3:15

यस्‍तो भनेका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “लेखकले यस्‍तो लेखे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

यदि तिमीहरूले उहाँको सोर सुन्‍यौ भने

परमेश्‍वरको सोरले उहाँ बोल्‍नुहुने कुरालाई जनाउँछ । यसलाई तपाईंले हिब्रू ३:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जब तिमीहरूले परमेश्‍वरले बोल्‍नुभएको सुन्छौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

विद्रोहमा गर जस्‍तै

यहाँ “विद्रोह” लाई क्रियापदको रूपमा लेख्‍न सकिन्‍छ । तपाईंले हिब्रू ३:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जस्‍तो तिमीहरूका पुर्खाहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 3:16

सामान्य जानकारीः

“तिनीहरू” शब्‍दले अनाज्ञाकारी इस्राएलीहरू र “हामी” शब्‍दले लेखक र पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

परमेश्‍वरको आवाज सुनेर उहाँको विरोध गरेकाहरू को थिए ? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्‍याएकाहरू नै थिएनन् र ?

लेखकले आफ्‍ना पाठकहरूलाई सिकाउनका लागि प्रश्‍नहरूको प्रयोग गर्दछन् । आवश्‍यक हुन्‍छ भने, यी दुई प्रश्‍नलाई एउटै वाक्‍यका रूपमा संयुक्त बनाएर लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मोशासँगै मिश्रबाट बाहिर निस्‍केर आएका सबैले परमेश्‍वरको सोर सुने, तापनि तिनीहरूले अझै पनि विद्रोह गरे ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

Hebrews 3:17

कोसँग उहाँ चालिस वर्षसम्‍म रिसाउनुभएको थियो ? के ती पाप गर्नेहरूसँग होइन, जसका मृत शरीरहरू उजाडस्‍थानमा छरिएका थिए ?

लेखकले आफ्‍ना पाठकहरूलाई सिकाउनका लागि प्रश्‍नहरूको प्रयोग गर्दछन् । आवश्‍यक हुन्‍छ भने, यी दुई प्रश्‍नलाई एउटै वाक्‍यका रूपमा संयुक्त बनाएर लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “ती पाप गर्नेहरूसँग परमेश्‍वर चालिस वर्षसम्‍म रिसाउनुभयो, र उहाँले तिनीहरूलाई उजाडस्‍थानमा मर्न दिनुभयो ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

चालीस वर्ष

“४० वर्ष” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

Hebrews 3:18

तिनीहरू उहाँको विश्राममा पस्‍न पाउने छैनन् भनी कसको बारेमा उहाँले शपथ खानुभएको थियो, के ती उहाँको आज्ञा नमान्‍नेहरूका बारेमा होइन र ?

लेखकले आफ्‍ना पाठकहरूलाई सिकाउनका लागि यो प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “र तिनीहरू उहाँको विश्राममा पस्‍न पाउने छैनन् भनी उहाँले शपथ खानुभएको चाहिँ ती नै अनाज्ञाकारीसँग थियो ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तिनीहरू उहाँको विश्राममा पस्‍न पाउने छैनन्

परमेश्‍वरले दिनुहुने शान्‍ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्‍ने ठाउँ जस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा पस्‍ने छैनन्” वा “तिनीहरूले उहाँको विश्रामको आशिष्‌को अनुभव गर्नै छैनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 3:19

अविश्‍वासको कारणले

भाववाचक नाम “अविश्‍वास”लाई क्रियापदको वाक्‍यांशका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने तिनीहरूले उहाँमा विश्‍वास गरेनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)