Hebrews 2

हिब्रूहरू ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

महान् इस्राएली मोशाभन्‍दा येशू महान् हुनुहुन्‍छ भनी यो अध्‍यायले दर्शाउँछ ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । २:६-८, १२-१३ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

भाइहरू

यहूदीहरूका रूपमा हुर्केका ती ख्रीष्‍टिएनहरूलाई जनाउनका लागि शायद लेखकले “भाइहरू” शब्‍द प्रयोग गर्दछन् ।

Hebrews 2:1

जोड्ने कथनः

लेखकले दिने जरुरी पाँच चेतावनीमध्‍ये यो पहिलो हो ।

हामीले ... पर्छ

यहाँ “हामी” शब्‍दले लेखक र उनका श्रोताहरूलाई समावेश गर्दछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

ताकि त्‍यसबाट बहकिएर हामी टाढा नजाऔँ

यो अलङ्कारको सम्‍भाव्‍य अर्थहरू हुन् १) परमेश्‍वरको वचनमा विश्‍वास गर्न छाडेका मानिसहरूका बारेमा तिनीहरू बहकिएर गएका हुन् भनी लेखकले भनेका छन्, जस्‍तो पानीमा भएको डुङ्गा आफ्‍नो स्‍थानबाट यताउता सर्दछ । वैकल्‍पिक अनुवादः “ताकि हामीले यस कुरामा विश्‍वास गर्न छोड्ने छैनौँ” वा २) परमेश्‍वरको वचनका आज्ञा पालन गर्न छाडेका मानिसहरूका बारेमा तिनीहरू बहकिएर गएका हुन् भनी लेखकले भनेका छन्, जस्‍तो पानीमा भएको डुङ्गा आफ्‍नो स्‍थानबाट यताउता सर्दछ । वैकल्‍पिक अनुवादः “ताकि हामी आज्ञापालन गर्न छोड्ने छैनौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 2:2

किनकि यदि स्‍वर्गदूतहरूद्वारा बोलिएको सन्‍देश

परमेश्‍वरले मोशालाई स्‍वर्गदूतहरूद्वारा उहाँको व्‍यवस्‍था दिनुभयो भनी यहूदीहरूले विश्‍वास गर्दथे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने यदि परमेश्‍वरले स्‍वर्गदूतहरूद्वारा बोल्‍नुभएको सन्देश” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

किनकि यदि ... सन्देश

यी कुरा साँचो हुन् भन्‍ने कुरामा लेखकलाई निश्‍चयता छ । वैकल्‍पिक अनुवादः “किनभने ... सनदेश”

हरेक अपराध र अनाज्ञाकारिताको निम्‍ति उचित दण्ड हुन्छ

यहाँ “अपराध” र “अनज्ञाकारिता”ले यी पापका दोषी मानिसहरूलाई जनाउँछन् । वैकल्‍पिक अनुवादः “पाप गर्ने र अनाज्ञाकारी हरेक व्‍यक्तिले दण्‍ड पाउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

अपराध र अनाज्ञाकारिता

यी दुई शब्‍दका मूलभूत अर्थ एउटै हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

Hebrews 2:3

हामीले यति ठूलो मुक्तिको बेवास्‍ता गर्‍यौँ भने, हामी कसरी उम्‍कन सक्‍छौँ र ?

ख्रीष्‍टद्वारा प्राप्‍त भएको मुक्तिलाई मानिसहरूले बेवास्‍ता गर्दछन् भने, तिनीहरूले निश्‍चय पनि दण्ड पाउनेछन् भनी जोड दिनका लागि लेखकले यो प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई जसरी उद्धार गर्नुहुन्‍छ भन्‍ने उहाँको सन्‍देश छ, त्‍यसमा हामीले ध्‍यान दिँदैनौँ भने, परमेश्‍वरले हामीलाई निश्‍चय पनि दण्ड दिनुहुनेछ !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

बेवास्‍ता गर्नु

“वास्‍ता नगर्नु” वा “तुच्‍छ ठान्‍नु”

यो मुक्ति सबभन्‍दा पहिला प्रभुद्वारा नै घोषणा भएको थियो र उहाँको सन्‍देश सुन्‍नेहरूद्वारा हाम्रा निम्‍ति यो सन्देश दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । भाववाचक नाम “मुक्ति” लाई क्रियापदको वाक्यांशका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई कसरी बचाउनुहुन्‍छ भनेर सबभन्‍दा पहिला प्रभु आफैँले घोषणा गर्नुभयो र त्‍यसपछि उक्त सन्‍देश सुन्‍नेहरूले हामीलाई त्‍यो पक्‍का गरी सुनाए” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 2:4

उहाँको आफ्‍नै इच्‍छाअनुसार

“यो कार्य उहाँले जसरी गर्ने इच्‍छा गर्नुभयो त्‍यसरी नै”

Hebrews 2:5

सामान्य जानकारीः

यहाँको उद्धरण पुरानो करारको भजनको पुस्‍तकबाट लिइएको हो । यो अर्को खण्‍डसम्‍म नै निरन्‍तर जान्‍छ ।

जोड्ने कथनः

पृथ्‍वी एक दिन प्रभु येशूको अधीनमा हुने छ भनी यी हिब्रू विश्‍वासीहरूलाई लेखकले स्मरण गराउँदछन् ।

परमेश्‍वरले स्‍वर्गदूतहरूका अधीनमा राख्‍नुभएन

“किनभने परमेश्‍वरले स्‍वर्गदूतहरूलाई शासक बनाउनुभएन”

आउँदो संसारलाई

यहाँ “संसार” शब्‍दले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अनि “आउँदो” को अर्थ यहाँ उल्‍लेख संसार चाहिँ ख्रीष्‍टको दोस्रो आगमनपछिको युग हो । वैकल्‍पिक अनुवादः “नयाँ संसारमा बसोबास गर्ने मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 2:6

मानिस के हो, र तपाईं त्‍यसको ख्‍याल गर्नुहुन्‍छ ?

यो अलङ्कारिक प्रश्‍नले मानवजातिको महत्त्वलाई जोड दिन्‍छ र परमेश्‍वरले उनीहरूप्रति ध्‍यान दिनुभएका कुरामा यसले आश्‍चर्य व्‍यक्त गर्दछ । वैकल्‍पिक अनुवादः “मानवजाति तुच्छ छन्, र पनि तपाईंले उनीहरूको ख्‍याल गर्नुहुन्‍छ !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

अथवा मानिसको छोरो के हो, र तपाईं त्‍यसको वास्‍ता गर्नुहुन्‍छ ?

“मानिसको छोरो” भन्‍ने लक्षणाले मानवजातिलाई जनाउँछ । अलङ्कारिक प्रश्‍नको अर्थ मूलभूत रूपमा पहिलो प्रश्‍नको जस्‍तै हो । परमेश्‍वरले तुच्छ मानवजातिको वास्‍ता गर्नुभएको कुरामा यसले आश्‍चर्य व्‍यक्त गर्दछ । वैकल्‍पिक अनुवादः “मानवजातिको महत्त्व नगन्‍य छ, र पनि तपाईंले उनीहरूको वास्‍ता गर्नुहुन्‍छ !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom अनि /WA-Catalog/ne_tm?section=translate#figs-parallelism अनि /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

अथवा मानिसको छोरो

पहिलो प्रश्‍नबाट क्रियापद लिन सकिन्‍छ । वैकल्‍पिक अनुवादः “वा मानिसको छोरो के हो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

Hebrews 2:7

स्‍वर्गदूतभन्‍दा अलि कम

स्‍वर्गदूतहरूभन्‍दा मानिसहरू कम्‍ती महत्त्वको भएको कुरा लेखकले गर्दछन्, जस्‍तो कि स्‍वर्गदूतहरूका स्‍थानभन्‍दा तल्‍तो स्‍थानमा मानिसहरू खडा छन् । वैकल्‍पिक अनुवादः “स्‍वर्गदूतहरूभन्‍दा कम्‍ती महत्त्वको” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

... मानिसलाई बनाउनुभएको छ ... उसलाई मुकुट पहिराउनुभएको छ

यहाँ यी वाक्‍यांशले कुनै विशेष व्‍यक्तिलाई होइन, तर सामान्‍य रूपले मानजातिलाई जनाउँछन्, जसमा पुरुष र स्‍त्री दुवै समावेश छन् । वैकल्‍पिक अनुवादः “ ... मानवजातिलाई बनाउनुभएको छ ... तिनीहरूलाई मुकुट पहिराउनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-genericnoun अनि /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ

महिमा र आदरको उपहारलाई विजयी खेलाडीका शिरमा पहिराइदिन गरेको पात गाँसेर बनाएको मुकुटजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “तपाईंले उनीहरूलाई ठूलो महिमा र आदर दिनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 2:8

उसको चरण ... उसलाई

यहाँ यी वाक्‍यांशले कुनै विशेष व्‍यक्तिलाई होइन, तर सामान्‍य रूपले मानजातिलाई जनाउँछन्, जसमा पुरुष र स्‍त्री दुवै समावेश छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूका चरणहरू ... तिनीहरूलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-genericnoun अनि /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

तपाईंले हरेक कुरा तिनको पाउमुनि अधीनमा राख्‍नुभएको छ

मानवजातिले हरेक थोकमाथि अधीन गरेका छन्, जस्‍तो कि उनीहरूले हरेक थोकमाथि आफ्‍ना पाउले कुल्‍चेका छन् भनी लेखकले उल्‍लेख गर्दछन् । वैकल्‍पिक अनुवादः “तपाईंले उनीहरूलाई हरेक थोकमाथि अधीन गर्ने तुल्‍याउनुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँले कुनै पनि थोक मानिसको अधीनभन्‍दा बाहिर रहन दिनुभएन

दोहोरिएको नकारात्मक अर्थले सबै थोक ख्रीष्‍टको अधीनमा हुने जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हरेक थोक उहाँको अधीनमा राख्‍नुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

आज हामी कुनै पनि थोक तिनको अधीनमा रहेको देख्‍दैनौँ

“हामीलाई थाहा छ कि मानवजातिले अझैसम्‍म हरेक थोकमाथि अधीनता जमाएका छैनन्”

Hebrews 2:9

जोड्ने कथनः

पाप क्षमा गर्नको लागि मृत्‍यु भोग्‍न ख्रीष्‍ट यस पृथ्‍वीमा आउनुहुँदा, उहाँ स्‍वर्गदूतहरूभन्‍दा केही कम हुनुभयो र यसरी उहाँ विश्‍वासीहरूका लागि कृपालु प्रधान पूजाहारी बन्‍नुभयो भनेर लेखकले यी हिब्रू विश्‍वासीहरूलाई स्‍मरण गराउँछन् ।

हामीले उहाँलाई देख्‍छौँ

“एकजना हुनुहुन्छ भनी हामी जान्दछौँ”

जो बनाउनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले बनाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

स्‍वर्गदूतहरूभन्‍दा कम ... महिमा र आदरको मुकुट पहिराइएको

तपाईंले यी शब्दहरूलाई हिब्रू २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

उहाँले मृत्यु चाखून्

मृत्‍युको अनुभवलाई मानिसहरूले स्‍वाद लिने भोजन जस्तो गरी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “उहाँले मृत्‍युको अनुभव गर्नुभएको होस्” वा “उहाँको मर्नुभएको होस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 2:10

धेरै छोराछोरीलाई महिमामा ल्‍याउनु

मानिसहरूलाई कुनै ठाउँमा लैजाने कुरा झैँ गरी महिमाको उपहार बारेमा यहाँ कुरा गरिएको छ । वैकल्‍पिक अनुवादः “धेरै छोराहरूलाई बचाउन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

धेरै छोराहरू

यहाँ पुरुष र स्‍त्रीसहित सबै ख्रीष्‍टिएन विश्‍वासीहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “धेरै विश्‍वासीहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

तिनीहरूको उद्धारको अगुवा

सम्‍भाव्‍य अर्थहरू हुन् १) यो अलङ्कार हो, जसमा मुक्तिलाई पुग्‍नुपर्ने ठाउँ र येशूलाई बाटोमा मानिसहरूका अगिअगि जाने र तिनीहरूलाई मुक्तिसम्‍म पुग्न बाटो देखाउने व्‍यक्ति हुनुहुन्‍छ, जस्‍तो गरी लेखकले भन्‍दछन् । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई मुक्तिमा पुर्‍याउन नेतृत्व गर्नुहुने” वा २) यहाँ अनुवाद भएको “अगुवा” शब्‍दले “संस्‍थापक” भन्‍ने अर्थ दिन्‍छ र मुक्तिको स्‍थापना गर्नुहुने वा मानिसहरूलाई बचाउन परमेश्‍वरलाई सम्‍भव तुल्‍याइदिनुहुने व्‍यक्ति येशू हुनुहुन्‍छ भन्‍ने अर्थ हुन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई मुक्तिको लागि सम्भव तुल्‍याउनुहुने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सिद्ध

यसले परिपक्‍व र पूर्ण रूपमा तालिम प्राप्‍त, जो कुनै व्‍यक्ति आफ्‍नो शरीरका अङ्गहरूमा सिद्ध पारिएको जस्‍तो हो भन्‍ने अर्थ दिन्‍छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 2:11

सामान्य जानकारीः

यो अगमवाणीको उद्धरण दाऊद राजाको भजनबाट लिइएको हो ।

पवित्र पार्नुहुने

“अरूलाई पवित्र पार्नुहुने” वा “अरूलाई पापबाट शुद्ध पार्नुहुने”

पवित्र पारिएकाहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले पवित्र बनाउनुभएकाहरू” वा “उहाँले पापबाट शुद्ध पार्नुभएकाहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

एउटै स्रोत हुनुहुन्‍छ

त्यो स्रोत को हो भनेर प्रस्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटै स्रोत, स्‍वयम् परमेश्‍वर हुनुहुन्‍छ” वा “एउटै पिता हुनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

उहाँ ... शर्माउनुहुन्‍न

“येशू ... शर्माउनुहुन्‍न”

तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न

यो दोहोरिएको नकारात्मकको अर्थ उहाँले तिनीहरूलाई आफ्‍ना भाइहरू भनेर दाबी गर्नुहुनेछ । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई उहाँका आफ्‍ना भाइहरू भन्‍न खुशी हुनुहुनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

भाइहरू

यहाँ येशूलाई विश्‍वास गर्ने पुरुष र स्‍त्री सबैलाई यो शब्‍दले जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

Hebrews 2:12

म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु

यहाँ “नाउँ” शब्दले व्‍यक्तिको प्रतिष्‍ठा र उनीहरूले गरेका कार्यलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपाईंले गर्नुभएका महान् कार्यहरू मेरा दाजुभाइलाई म घोषणा गर्नेछु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

सभाभित्रबाट

“विश्‍वासीहरू आराधना गर्नका लागि एकसाथ भेला हुँदा”

Hebrews 2:13

सामान्य जानकारीः

यी उद्धरणहरू यशैया अगमवक्ताले लेखे ।

र फेरि

“र ख्रीष्‍टले परमेश्‍वरको बारेमा बोल्‍नुभएका कुरा अगमवक्ताले धर्मशास्‍त्रको अर्को खण्‍डमा लेखेः”

छोराछोरीहरू

ख्रीष्‍टमा विश्‍वास गर्नेहरू छोराछोरी हुन् जस्‍तो गरेर यसले भन्‍दछ । वैकल्‍पिक अनुवादः “तिनीहरू जो मेरा छोराछोरी जस्‍ता हुन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 2:14

छोराछोरीहरू

यसले ख्रीष्‍टमा विश्‍वास गर्नेहरूको विषयमा तिनीहरू उहाँका छोराछोरीहरू भए झैँ गरी कुरा गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जो मेरा छोराछोरीहरू झैँ हुन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

मासु र रगतको सहभागी

“मासु र रगत” भन्‍ने वाक्‍यांशले मानिसहरूका मानवीय स्‍वाभावलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सबै मानवजाति हुन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

उहाँ पनि त्यसैगरी सहभागी हुनुभयो

“येशू त्यस्तै गरी शरीर र रगतमा सहभागी हुनुभयो” वा “येशू तिनीहरू जस्‍तै मानव बन्‍नुभयो”

मृत्‍युद्वारा

यहाँ “मृत्‍यु”लाई क्रियापद बनाउन सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मरेर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

मृत्‍युको शक्ति

यहाँ “मृत्‍यु”लाई क्रियापद बनाउन सकिन्‍छ । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई मार्ने शक्ति” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

Hebrews 2:15

मृत्‍युको डरले जीवनभर दासत्वमा जिउनेहरूलाई स्‍वतन्‍त्र गरिदिऊन् भनेर यसो भयो

मृत्‍युको डर चाहिँ दासत्व भए झैँ गरी लेखकले भनेका छन् । अनि कसैको डर हटाउने कुरालाई उक्त व्‍यक्तिको दासत्वबाट उसलाई स्‍वतन्‍त्र गराउनुजस्‍तो हो भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “उहाँले सबै मानिसलाई स्‍वतन्‍त्र गराउनका लागि यसो गर्नुभयो । हामी मर्नबाट डराएका हुनाले हामीले दासहरूको जस्‍तो जीवन बितायौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 2:16

अब्राहामका बिउ

अब्राहामको सन्तानको बारेमा उनीहरू तिनका बिउ थिए भनी लेखकले भनेका छन् । वैकल्‍पिक अनुवादः “अब्राहामको वंश” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 2:17

उहाँलाई ... आवश्‍यक थियो

“येशूलाई ... आवश्‍यक थियो”

आफ्‍नै भाइहरू जस्‍तै

यहाँ “भाइहरू” शब्‍दले सामन्‍य रूपमा सबै मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मानवजाति जस्‍तै”

उहाँले सबै मानिसहरूका पापको क्षमादान गर्न सक्‍नुहुन्‍छ

क्रूसमा ख्रीष्‍टको मृत्‍युको अर्थ नै यो हो कि परमेश्‍वरले पाप क्षमा गर्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “उहाँले परमेश्‍वरलाई मानिसहरूका पाप क्षमा गर्न सम्‍भव तुयाउनुहुन्‍छ”

Hebrews 2:18

परीक्षित हुनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “शैतानले उहाँको परीक्षा गर्‍यो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

परीक्षामा पर्नेहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई शैतानले परीक्षा गरिरहेको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)