Hebrews 13

हिब्रूहरू १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

अध्‍याय १२ मा उल्‍लेखित प्रोत्‍साहनका सूचिलाई लेखकले सिध्‍याउँछन् । अनि लेखकले आफ्‍नो लागि प्रर्थना गर्न अनुरोध गर्दछन् र पत्रको अन्‍त्‍य गर्दछन् ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । १३:६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अतिथि-सत्कार

परमेश्‍वरका मानिसहरूले अरू मानिसहरूलाई भोजन गर्न र रातमा वास बस्‍नसमेत निम्‍तो देउन् भन्‍ने उहाँको इच्‍छा छ । परमेश्‍वरका मानिसहरूले आफूले निम्‍तो दिएका मानिसहरूलाई राम्रोसँग चिन्‍दैनन् भने पनि तिनीहरूले त्‍यसै गर्नुपर्छ । पुरानो करारमा, अब्राहाम र तिनका भतिजा लोत दुवैले तिनीहरूले नचिनेका मानिसहरूको अतिथि सत्‍कार गरे । अब्राहामले तिनीहरूका लागि महङ्गो भोजनको प्रबन्‍ध गरे, र लोतले चाहिँ तिनीहरूलाई आफ्‍नो घरमा राती सुत्‍नका लागि निम्‍तो दिए । ती मानिस वास्‍तव स्‍वर्गदूतहरू रहेछन् भनेर तिनीहरूले पछि थाहा पाए ।

Hebrews 13:1

जोड्ने कथनः

यो निष्‍कर्षको खण्‍डमा, विश्‍वासीहरूले कसरी जीवन बिताउनुपर्दछ भनेर तिनीहरूलाई लेखकले विशेष सुझावहरू दिन्‍छन् ।

भातृ-प्रेम बनिरहोस्

“अरू विश्‍वसीलाई आफ्‍नो प्रेम निरन्‍तर दर्साइरहो जसरी तिमीहरूले आफ्‍नो परिवारको सदस्‍यलाई दर्शाउँछौ”

Hebrews 13:2

नबिर्स

यसलाई सकारात्‍मक रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “निश्‍चय पनि स्‍मरण गर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-litotes)

अतिथि सत्‍कार

“परदेशीहरू स्‍वागत गर्न र दया देखाउन”

Hebrews 13:3

तिमीहरू तिनीहरूसँगै बाँधिए झैँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू उनीहरूका साथमा बाँधिएको जस्तै” वा “तिमीहरू उनीहरूका साथमा कैदमा भएको जस्तै” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

जसालई अत्याचार गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई अरूहरूले अत्‍याचार गरिरहेका छन्” वा “जसले दुःख भोगिरहेका छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तिमीहरू पनि शरीरमा तिनीहरूसँगै भए झैँ

यो वाक्‍यांशले विश्‍वासीहरूले आफ्‍नै दुःखको बारेमा विचार गरे झैँ अरू मानिसहरूका दुःखको बारेमा विचार गर्न उत्‍साह दिन्‍छ । वैकल्‍पिक अनुवादः “दुःख भोग्‍नेहरू तिमीहरू आफैँ भए झैँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 13:4

सबैले विवाहलाई आदरणीय मानोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एकआपसमा विवाह गरेका पुरुष र स्‍त्रीले एकअर्काको आदर गर्नुपर्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

विवाहको ओछ्‍यान नबिटुलियोस्

यसले यौन एकताको कार्य चाहिँ विवाहित जोडिको ओछ्यान मात्र भए झैँ गरी बताउँछ । वैकल्‍पिक अनुवादः “पति र पत्नीले आफ्‍नो विवाह सम्‍बन्‍धलाई आदर गरून् र अरू मानिसहरूसँग नसुतून्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism अनि /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:5

तिमीहरूका चालचलन रुपियाँ पैसाको प्रेमबाट अलग होस्

यहाँ “चालचलन” शब्दले व्यक्तिको चरित्र अथवा उसले जीवन जिउने तरिकालाई जनाउँछ, र “रुपियाँ पैसाको प्रेमबाट अलग” भन्‍ने कुराले धेरै पैसाको लागि असाध्यै चाहना नगर्ने कुरालाई जनाउँछ । पैसालाई प्रेम गर्ने मानिस आफूसँग भएको पैसासँग सन्तुष्‍ट हुँदैन । वैकल्‍पिक अनुवादः “तिम्रो चालचलनलाई पैसाको लोभले असर नपारोस्” वा “धेरै पैसा कमाउनका लागि असाध्यै रहर नगर”

सन्‍तुष्‍ट होओ

“सन्तोष मान”

Hebrews 13:6

परमप्रभु मेरो सहायक हुनुहुन्‍छ ... मलाई के गर्न सक्‍छ र

यो उद्धरण पुरानो करारको भजनको पुस्‍तकबाट लिएको हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

म डराउने छैन । मानिसले मलाई के गर्न सक्‍छ र ?

परमेश्‍वरले तिनलाई सहायता गर्नुभएको कारणले तिनलाई कुनै किसिमको डर छैन भनेर जोड दिनका लागि लेखकले यो प्रश्‍न प्रयोग गर्दछन् । यहाँ “मानिस” शब्दले सामान्य अर्थमा कुनै पनि व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “कुनै व्‍यक्तिले जेसुकै नराम्रो गरे तापनि म डराउने छैन !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion अनि /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

Hebrews 13:7

परमेश्‍वरको वचन

“जे परमेश्‍वरले भन्‍नुभएको छ”

तिनीहरूका रहनसहनको परिणाम

“तिनीहरूले गर्ने व्‍यवहारको परिणाम”

तिनीहरूका विश्‍वासको देखासिकी गर

यहाँ परमेश्‍वरमा र यी अगुवाहरूद्वारा डोहोर्‍याइएका जीवनको शैलीमा गरिने भरोसालाई लेखकले “तिनीहरूका विश्‍वास” भनेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले गरे झैँ परमेश्‍वरमा भरोसा र आज्ञापालन गर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:8

हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ

यहाँ “हिजो” को अर्थ विगतका सारा समय हो । वैकल्‍पिक अनुवादः “विगतमा, वर्तमान्‌मा र भविष्‍यमा एकसमान हुनुहुन्‍छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:9

सामान्य जानकारीः

यो खण्‍डले पुरानो करारको समयका विश्‍वासीहरूले चढाउने जनावरको बलिका बारेमा उल्‍लेख गर्दछ । त्‍यो बलिले ख्रीष्‍टको मृत्‍युको समय नहुञ्‍जेलसम्‍म केही समयका लागि तिनीहरूका पाप ढाकेको थियो ।

विभिन्‍न प्रकारका अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस्

विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूद्वारा विश्‍वस्‍त हुने कुरालाई कुनै शक्तिले त्यस व्‍यक्तिलाई बोकेर टाढा पुर्‍याएको झैं गरी लेखकले भन्‍दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अरूहरूलाई विभिन्‍न प्रकारका अनौठा शिक्षाहरूमा तिमीहरूलाई विश्‍वास गर्ने तुल्‍याउन नदेओ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

विभिन्‍न प्रकारका अनौठा शिक्षाहरू

“धेरै विभिन्‍न शिक्षाहरू, जुन हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचार होइन”

अनुग्रहद्वारा हाम्रो हृदय सुदृढ भएको असल हुन्‍छ, भोजनबाट होइन जसले त्यसअनुसार हिँड्नेहरूलाई सहायता गर्दैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर कसरी हामीप्रति दयालु हुनुभयो भनी विचार गर्दा हामी झन् सुदृढ हुन्‍छौँ, तर भोजनसम्‍बन्‍धी नियमहरू पालन गरेर हामी सुदृढ हुँदैनौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हृदय सुदृढ हुनुपर्छ

यहाँ “हृदय” भनेको “भित्री मानिस”को लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “हामी भित्री रूपमा बलिया पारिएका हुनुपर्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

भोजन

यहाँ “भोजन” शब्‍दले भोजनका बारेमा भएका नियमहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

जो ती कुराअनुसार हिँड्छन्

जीवन बिताउने कुरालाई लेखकले हिँडाइ भनेका छन् । वैकल्‍पिक अनुवादः “तीद्वारा जिउनेहरूलाई” वा “तीद्वारा आफ्‍नो जीवन सञ्‍चालन गर्नेहरूलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 13:10

हामीसँग एउटा वेदी छ

यहाँ “वेदी” शब्‍दले “आराधना स्‍थल”लाई जनाउँछ । यसले पुरानो करारका पूजाहारीहरूले बलि चढाउने जनावरहरूलाई पनि जनाउँछ, जसबाट तिनीहरूले आफू र आफ्‍नो परिवारका लागि मासु लिन्‍थे । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:11

पाप क्षमाका निम्‍ति मारिएका पशुको रगतलाई प्रधान पूजाहारीद्वारा पवित्रस्‍थानमा ल्‍याइन्‍थ्‍यो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पूजाहारीहरूले पापका लागि मारेका पशुहरूका रगतलाई प्रधान पूजाहारीले पवित्रस्‍थानमा लैजान्‍छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तिनीहरूका शरीरलाई भने जलाइन्‍थ्‍यो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जबकि पूजाहारीहरूले उक्त जनावरको शरीरलाई भने जलाउँछन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

छाउनीबाहिर

“मानिसहरू बसोबास गर्ने ठाउँदेखि टाढा”

Hebrews 13:12

जोड्ने कथनः

यहाँ लेखकले येशूको बलिदान र पुरानो करारको पवित्र वासस्‍थानको बलिदानको बीचमा तुलना गरेका छन् ।

त्‍यसकारण

“त्‍यस्तै किसिमले” वा “बलिदानहरूका शरीरहरू छाउनीबाहिर जलाउने हुनाले” (हिब्रूहरू १३:११)

सहरको ढोकाबाहिर

यसले “सहरबाहिर” भन्ने अर्थ दिन्‍छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:13

यसैले हामी छाउनीबाहिर उहाँकहाँ जाऔँ

येशूको आज्ञापालन गर्ने कुरालाई लेखकले छाउनी छाडेर बाहिर येशू हुनुभएको ठाउँमा जाने भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँको अपमानमा सहभागी हुँदै

कसैको हातमा वा पछाडि बोकेर हिँड्‍न मिल्‍ने कुनै वस्‍तु भए झैँ गरी लेखकले अपमानको बारेमा कुरा गरेका छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले उहाँको अपमान गरे झैँ हामीलाई पनि अपमान गर्ने अनुमति अरूहरूलाई दिँदै” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 13:14

प्रतीक्षा गरिरहेका छौँ

“पर्खिरहेका छौं”

Hebrews 13:15

प्रशंसाको बलिदान

कुनै जनावरको बलिदान वा धूप भए झैँ गरी लेखकले प्रशंसाको बारेमा भनेका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो

प्रशंसा चाहिँ मानिसहरूको ओठले फलाउने फल भए झैँ गरी लेखकले भन्‍दछन् । वैकल्‍पिक अनुवादः “उहाँको नाउँ स्‍वीकार गर्नेहरूको ओठले निकाल्‍ने प्रशंसा” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँको नाउँ स्‍वीकार गर्ने ओठ

यहाँ “ओठ”ले बोल्‍ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “उहाँको नाउँलाई स्वीकार गर्ने मानिसहरूको ओठहरू” वा “तिनीहरू जसले उहाँको नाउँलाई स्वीकार गर्छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

उहाँको नाउँ

कुनै व्‍यक्तिको नाउँले त्‍यो व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:16

एकअर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौँ

यसलाई सकारात्‍मक रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अरूको भलाइ र सहायता गर्ने कुरालाई हामी सधैँ स्‍मरण गरौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-litotes)

यस्‍तै बलिदानहरूसँग

अरूको भलाइ गर्ने र सहायता गर्नु ती कुरा वेदीमाथिको बलिदान हुन् भने झैँ गरी लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 13:17

तिमीहरूका आत्‍माको रेखदेख गर्दछन्

विश्‍वासीहरूका आत्‍मा अर्थात् विश्‍वासीहरूका आत्‍मिक स्‍वास्‍थ्‍यका बारेमा ती कुनै वस्‍तुहरू वा जनावरहरू हुन्, अनि रक्षकले तिनीहरूका रेखदेख गर्दछन् झैँ गरी लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

दुःखसँग होइन

यहाँ “दुःख” शब्‍दले निराशा वा शोकलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:18

जोड्ने कथनः

लेखकले आशीर्वाद र अभिवादन लेखेर अन्‍त्‍य गर्दछन् ।

हाम्रा लागि प्रार्थना गर

यहाँ “हाम्रा” शब्‍दले लेखक र उनका सहकर्मीहरूलाई जनाउँछ, तर पाठकहरूलाई होइन । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)

हामीसँग सफा विवेक छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ

यहाँ “सफ” शब्‍दले दोषबाट मुक्त भएर भन्‍ने अर्थ दिन्‍छ । वैकल्‍पिक अनुवादः “हामी दोषी छैनौँ भन्‍ने कुरामा हामी निश्‍चित छौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

Hebrews 13:19

म तिमीहरूकहाँ चाँडै नै फर्केर आउन सकूँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई तिमीहरूकहाँ आउनदेखि रोक्‍ने कुरालाई परमेश्‍वरले चाँडै नै हटाइदिनुभएको होस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 13:20

अब

यसले पत्रको नयाँ खण्‍डलाई सङ्केत गर्छ । यहाँ लेखकले परमेश्‍वरको प्रशंसा गर्दछन् र आफ्‍ना पाठकहरूका लागि आखिरी प्रार्थना गर्दछन् ।

भेडाहरूका महान् गोठाला हाम्रा प्रभु येशूलाई मृतकहरूबाट फिर्ता ल्याउनुभयो

“भेडाहरूका महान् गोठाला हाम्रा प्रभु येशूलाई फेरि जीवित तुल्‍याउनुभयो”

मृतकहरूबाट

तिनीहरू सबैबाट जो मरेका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । कसैलाई तिनीहरूको माझबाट बिउँताउने कुराले त्यस व्यक्तिलाई पुनः जीवित तुल्याउने कुरालाई जनाउँछ ।

भेडाहरूका महान् गोठाला

ख्रीष्‍टमाथि विश्‍वास गर्ने विश्‍वासीहरूका अगुवा र रक्षक उहाँ आफैँ हुनुहुन्‍छ भन्‍ने कुरालाई लेखकले उहाँलाई भेडाका महान् गोठाला भनेका हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

अनन्‍त करारको रगतद्वारा

यहाँ “रगत” शब्‍दले येशूको मृत्‍युलाई जनाउँछ जुन चाहिँ परमेश्‍वर र ख्रीष्‍टमा भएका सबै विश्‍वासीहरूका बीचमा सदासर्वदा रहिरहने करारको मूल आधार हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:21

तिमीहरूलाई उहाँको इच्‍छा गर्नलाई हरेक असल थोकले सुसज्‍जित पारून्

“उहाँको इच्‍छा पूरा गर्न तिमीहरूलाई खाँचो पर्ने हरेक असल थोक तिमीहरूलाई देऊन्” वा “उहाँको इच्‍छाअनुसार हरेक असल थोक गर्न तिमीहरूलाई सक्षम बनाऊन्”

हामीमा काम गर्दै

“हामी” शब्दले लेखक र पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

जसलाई नै सदासर्वदा महिमा होस्

“जसलाई सबै मानिसले सदासर्वदा प्रशंसा गर्नेछन्”

Hebrews 13:22

अब

यसले पत्रको नयाँ खण्‍डलाई सङ्केत गर्दछ । यहाँ लेखकले आफ्‍ना पाठकहरूलाई आफ्‍नो आखिरी टिप्‍पणीहरू दिन्‍छन् ।

भाइहरू

यहाँ “भाइहरू” शब्‍दले उनले पत्र लेखिरहेका पुरुष र स्‍त्री गरेर सबै विश्‍वासीहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “विश्‍वासी प्रियजनहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

उत्‍साहका वचनलाई मान

“तिमीहरूका उत्साहका लागि मैले भर्खर लेखेका कुरालाई धैर्यसाथ विचार गर”

उत्‍साहका वचन

यहाँ “वचन” शब्‍दले सन्देशलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उत्साह दिने सन्देश” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

Hebrews 13:23

स्वतन्‍त्र पारिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अब कैदमा छैनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

Hebrews 13:24

इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्

सम्‍भावित अर्थहरू हुन् १) लेखक इटालियामा छैनन्, तर तिनीसँग इटालियाबाट आएका विश्‍वासीहरूका एउटा समूह छ वा २) यो पत्र लेख्दै गर्दा लेखक इटालियामा छन् ।

इटालिया

त्‍यो समयमा यो एउटा क्षेत्रको नाम थियो । त्‍यस बेला रोम चाहिँ इटालीको त्यसबेलाको राजधानी सहर थियो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)