James 4

याकूब ०४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

व्यभिचार

बाइबलका लेखकहरूले व्यभिचारलाई धेरैपटक परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने तर परमेश्‍वरलाई घृणा लाग्‍ने कुराहरू गर्ने मानिहरूको लागि भएको अलङ्कारको रूपमा बताउँछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tw?section=kt#godly)

व्यवस्था

याकूबले सम्भवतः यो शब्दलाई याकूब ४:११ मा “राजकीय व्यवस्था”लाई (याकूब २:८) जनाउन यो शब्दको प्रयोग गर्छन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

याकूबले धेरै प्रश्‍नहरू सोध्‍छन् किनभने उनका पाठकहरूले आफूहरू कसरी जिइराखेका छौँ भन्‍ने बारेमा सोचेका उनी चाहन्छन् । उनी तिनीहरूलाई सच्याउन र सिकाउन चाहन्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

नम्र

यो शब्दले साधारणतया ती मानिसहरूलाई सम्भवतः जनाउँछ जो घमण्‍डी छैनन् । याकूबले यो शब्द यहाँ ती मानिसहरूलाई जनाउन प्रयोग गर्छन् जो घमण्‍डी छैनन् र जसले येशूमा विश्‍वास पनि गर्छन् र उहाँको आज्ञापलान गर्छन् ।

James 4:1

सामान्य जानकारीः

यस खण्डमा, “तिमीहरू आफैँ”, र “तिमीहरूको”, र “तिमीहरू” शब्दहरू बहुवचन हुन् र तिनले याकूबले लेखिरहेका विश्‍वासीहरूलाई जनाउँछन् ।

जोड्ने कथनः

याकूबले यी विश्‍वासीहरूलाई तिनीहरूका सांसारिकपन र तिनीहरूका नम्रताको अभावको लागि हप्काउँछन् । तिनीहरूले एक अर्कासँग र एक अर्काको बारेमा कसरी कुरा गर्छन् भन्‍ने कुरालाई ख्याल गर्नलाई उनले फेरि पनि तिनीहरूलाई आग्रह गर्छन् ।

तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ ?

“झगडाहरू” र “विवादहरू” जस्ता भाववाचक नामपद शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ र तिनलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू किन आपसमा झगडा र विवाद गर्छौ ?” वा “तिमीहरू किन आपसमा लडाईँ गर्छौ ?” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

के ती तिमीहरूका सदस्यहरूका बीचमा लडन्त गर्ने तिमीहरूका अभिलाषाहरूबाट आउँदैनन् र ?

याकूबले उनका पाठकहरूलाई हप्काउनका निमित्त यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती विभिन्‍न कुराहरूका लागि तिमीहरूका खराब अभिलाषाहरूबाट आउँदछन्, अभिलाषाहरू जुन तिमीहरूका सदस्यहरूका बीचमा लड्छन् ।” वा “ती खराब कुराहरूका लागि भएका तिमीहरूका अभिलाषाहरूबाट आउँदछन्, अभिलाषाहरू जुन तिमीहरूका सदस्यहरूका बीचमा लड्छन् ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

के ती तिमीहरूका सदस्यहरूका बीचमा लडन्त गर्ने तिमीहरूका अभिलाषाहरूबाट आउँदैनन् र ?

याकूबले अभिलाषाहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू शत्रुहरू हुन् जसले विश्‍वासीहरूको विरुद्धमा युद्ध गरिरहे । वास्तवमा, अवश्‍य नै, यो ती मानिसहरू हुन् जससँग यी इच्‍छाहरू हुन्छन् जुन आपसमा लडन्त गर्दछन् । वैकल्पिक अनुवादः “ती दुष्‍ट कुराहरूको निम्ति भएका तिमीहरूका इच्छाहरूबाट आउँछन्, जसद्वारा तिमीहरू एक अर्कालाई हानी गर्न पुग्‍छौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

तिमीहरूका सदस्यहरूका बीचमा

सम्भावित अर्थहरू हुन् १) त्यहाँ स्थानीय विश्‍वासीहरूका बीचमा झगडा छ, वा २) झगडा, अर्थात् द्वन्द्व भनेको प्रत्येक विश्‍वासी भित्र हुन्छ ।

James 4:2

तिमीहरू हत्या गर्दछौ र लालच गर्दछौ, र तिमीहरू प्राप्‍त गर्न सक्दैनौ

“तिमीहरू हत्या गर्दछौ” भन्‍ने वाक्यांशले मानिसहरूले चाहेको कुरा प्राप्‍त गर्नको निम्ति तिनीहरूले कति खराब व्यवहार गर्छन् भनी व्यक्त गर्दछ । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिमीहरूले प्राप्‍त गर्न नसक्‍ने कुराहरू हासिल गर्न तिमीहरू सबै किसिमका दुष्‍ट कुराहरू गर्दछौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hyperbole)

तिमीहरू लड्दछौ र झगडा गर्दछौ

“लड्नु” र “झगडा गर्नु” भन्‍ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । मानिसहरू तिनीहरूका बीचमा कति बहस गर्छन् भनेर जोड दिनको निम्ति याकूबले यी शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरू निरन्तर लड्दछौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

James 4:3

तिमीहरू खराब तरिकाले माग्दछौ

सम्भावित अर्थहरू हुन् १) “तिमीहरू गलत उद्देश्यले माग्छौ” वा “तिमीहरू खराब आचरणले माग्छौ” २) “तिमीहरूले गलत कुराहरूका निम्ति मागिरहेका छौ” वा “तिमीहरूले खराब कुराहरूका निम्ति मागिरहेका छौ”

James 4:4

तिमी व्‍यभिचारीणीहरू हो !

याकूबले विश्‍वासीहरू ती पत्‍नीहरू भए झैँ गरी कुरा गर्छन् जो आफ्‍ना पतिहरूभन्दा बाहेकका अन्य पुरुषहरूसँग सुत्छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहेका छैनौ !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

के तिमीहरूलाई थाहा छैन ... परमेश्‍वर ... ?

याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिनछ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ ... परमेश्‍वर ... !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

संसारसितको मित्रता

यो वाक्यांशले संसारको मूल्यमान्यताको व्यवस्थासँग र चलनसँग चिनाजानी गर्ने वा त्यसमा सहभागी हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

संसारसितको मित्रता

यहाँ संसारको मूल्यमान्यताको व्यवस्थालाई एउटा व्यक्ति भए झैँ गरी बताइएको छ जससँग अरूहरू मित्रहरू बन्‍न सक्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो

संसारसँग मित्र भएको व्यक्ति परमेश्‍वरको शत्रु हो । यहाँ “संसारसँगको मित्रता”को अर्थ संसारको मित्र हुने हुन्छ र “परमेश्‍वरको विरुद्धमा शत्रुता”को अर्थ परमेश्‍वरको शत्रु हुने भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “संसारका मित्रहरू परमेश्‍वरका शत्रुहरू हुन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

James 4:5

अथवा धर्मशास्‍त्रले व्यर्थमा भन्दछ भनी तिमीहरू ठान्दछौ

यो एउटा आलङ्कारिक प्रश्‍न हो जुन याकूबले उनका पाठकहरूलाई अर्ती दिनलाई प्रयोग गर्छन् । व्यर्थमा भन्‍नु भनेको बेकारमा बोल्‍नु हो । वैकल्पिक अनुवादः “त्यहाँ एउटा कारण छ जसको लागि धर्मशास्‍त्रले भन्दछ”

उहाँले हामीमा वास गर्न लगाउनुभएका आत्मा

यूएलटी र यूएसटी समेत गरेर, केही संस्करणहरूले यसलाई पवित्र आत्मालाई गरिएको उल्‍लेख हो भनेर बुझ्‍छन् । अन्य संस्करणहरूले यसलाई “आत्मा” भनेर उल्था गर्छन् र त्यसद्वारा मानव आत्माको अर्थ दिन्छन् जुन हुने गरेर हरेक व्यक्तिको सृष्‍टि भएको छ । तपाईंका पाठकहरूले प्रयोग गर्ने अन्य संस्करणहरूमा प्रस्तुत गरिएका अर्थलाई तपाईंले प्रयोग गर्नलाई हामी सुझाव दिन्छौँ ।

James 4:6

तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ

यो वाक्यांश अघिल्‍लो पदसँग कसरी सम्बन्धित छ भन्‍ने कुरालाई स्पष्‍ट बनाउन सकिन्छः “तर, हामीले प्राप्‍त गर्न नसक्‍ने कुरालाई हाम्रो आत्माले इच्छा गरे तापनि हामीले आफैँलाई नम्र तुल्यायौँ भनेँ, परमेश्‍वरले हामीलाई अझ बढी अनुग्रह दिनुहुन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

त्यसैले धर्मशास्‍त्र

“किनभने परमेश्‍वरले बढी अनुग्रह दिनुहुन्छ, धर्मशास्‍त्र”

अभिमानीहरू

यसले सामान्य रूपमा अहंकारी मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “घमण्‍डी मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

नम्रहरू

यसले सामान्य रूपमा नम्र मानिसहरूलाई जनाउँछ। वैकल्‍पिक अनुवादः “नम्र मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

James 4:7

त्यसकारण ... समर्पण गर

“किनभने परमेश्‍वरले नम्रहरूलाई अनुग्रह दिनुहुन्छ, ... समर्पण गर”

परमेश्‍वरमा समर्पण गर

“परमेश्‍वरको आज्ञापालन गर”

शैतानको विरोध गर

“शैतानको प्रतिरोध गर” वा “शैतानले जे चाहन्छ सो नगर”

त्यो भाग्‍नेछ

“त्यो टाढा भाग्‍नेछ”

तिमीहरू

यहाँ यो सर्वनाम बहुवचनमा छ र यसले याकूबका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

James 4:8

सामान्य जानकारीः

“तिमीहरू” शब्द बहुवचनमा छ यसले छरिएर रहेका विश्‍वासीहरूलाई जनाउँछ जसलाई याकूबले पत्र लेख्‍छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

परमेश्‍वरको नजिक आओ

यहाँ नजिक आउने कुराको धारणाले परमेश्‍वरसँग इमान्दार हुने र उहाँको सामुन्‍ने खुला रहने कुरालाई बुझाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिमीहरूका हातहरू धोओ, तिमी पापीहरू हो, र तिमीहरूका हृदयहरूलाई शुद्ध पार, तिमी दोहोरो मन भएकाहरू हो

यिनीहरू समान संरचना भएका दुई वाक्यांशहरू हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

तिमीहरूका हातहरू धोओ

यो अभिव्यक्ति भनेको मानिसहरूलाई अधार्मिक कामहरू गर्नको साटोमा धार्मिक कामहरू गर्नको लागि एउटा आज्ञा हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई सम्‍मान गर्ने तरिकाले व्यवहार गर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिमीहरूका हृदयहरू शुद्ध बनाओ

यहाँ “हृदयहरू”ले कोही व्यक्तिको विचारहरू र भावनाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूका विचारहरू र औचित्यहरूलाई ठीक बनाओ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

दोहोरो मनका

“दोहोरो मनका” शब्दले त्यस्तो एउटा व्यक्तिलाई जनाउँछ जसले केही कुराको विषयमा बलियो निर्णय लिन सक्दैन । वैकल्‍पिक अनुवादः “दोहोरो मनका मानिसहरू” वा “ती मानिसहरू जसले परमेश्‍वरको आज्ञापालन गर्ने कि नगर्ने भनेर निर्णय लिन सक्दैनन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 4:9

दुःख मान, शोक गर, र विलाप गर

यी तीन शब्दहरूको समान अर्थ हुन्छ । परमेश्‍वरको आज्ञापालन नगरेकोमा साँच्चिकै क्षमाप्रार्थी हुनुपर्छ भनेर जोड दिनका लागि याकूबले तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet अनि /WA-Catalog/ne_tm?section=translate#figs-exclamations)

तिमीहरूको हाँसो उदासीनतामा र तिमीहरूको आनन्द खिन्‍नतामा परिणत होस्

यो जोड दिनको लागि एउटै कुरालाई फरक तरिकाहरूमा भनेको कुरा हो । भाववाचक नामपद शब्दहरू “हाँसो”, “उदासीनता”, “आनन्द” र “खिन्‍नता”लाई क्रियापदहरू वा विशेषणहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाँस्‍न छोड र उदास बन । आनन्दित हुन छोड र खिन्‍न बन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-parallelism अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

James 4:10

तिमीहरू आफैँलाई परमप्रभुको सामुन्ने विनम्र बनाओ

“परमेश्‍वरप्रति विनम्र बन ।” परमेश्‍वरलाई मनमा सोचेर गरिएका कुराहरूलाई उहाँको भौतिक उपस्थितिमा गरेको झैँ गरेर धेरैपटक बताइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँले तिमीहरूलाई माथि उचाल्‍नुहुनेछ

कुनै व्यक्तिले जमिनमा आफैँलाई नम्रतामा लम्पसार बनाएको ठाउँबाट परमेश्‍वरले त्यस व्यक्तिलाई शारीरिक रूपमा माथि उठाउनुहुनेछ भनी बताएर याकूबले सङ्केत दिन्छन् कि परमेश्‍वरले नम्र व्यक्तिलाई सम्‍मान दिनुहुनेछ । वैकल्‍पिक अनुवादः “उहाँले तिमीहरूलाई आदर दिनुहुनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 4:11

सामान्य जानकारीः

यस भागमा “तिमीहरू” र “तिमीहरूको” शब्दहरूले याकूबले पत्र लेखिरहेका विश्‍वासीहरूलाई जनाउँछ ।

... को विरुद्धमा बोल्नु

“ ... को विषयमा खराब तरिकाले बोल्नु” वा “विरोध गर्नु”

भाइहरू

याकूबले विश्‍वासीहरूको विषयमा तिनीहरू एउटै कोखबाट जन्म लिएका दाजुभाइहरू भए झैँ गरी बताउँछन् । यो शब्दले पुरुषहरूको साथसाथै स्‍त्रीहरूलाई पनि समावेश गर्दछ । वैकल्‍पिक अनुवादः “सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

तर एक न्यायकर्ता

“तर तिमीहरू व्यवस्था दिने व्यक्तिजस्तै व्यवहार गर्दैछौ”

James 4:12

व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ

यसले परमेश्‍वरलाई जनाउँछ । “परमेश्‍वर मात्र एक हुनुहुन्छ जसले व्यवस्था दिनुहुन्छ र मानिसहरूको न्याय गर्नुहुन्छ”

आफ्नो छिमेकीको इन्साफ गर्ने, तिमीहरू को हौ ?

यो एउटा आलङ्कारिक प्रश्‍न हो जसलाई याकूबले आफ्ना पाठकहरूलाई हप्काउनको निम्ति प्रयोग गर्छन् । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू केवल मानिस मात्र हौ र अर्को मानिसको न्याय गर्न सक्दैनौ ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

James 4:13

त्यहाँ एक वर्ष बिताऔँला

याकूबले समय बिताउने कुरालाई पैसा खर्च गर्ने कुरा भए झैँ गरी बताउँछन् । “त्यहाँ एक वर्ष बसौँला” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

James 4:14

भोलि के हुनेछ भनी कसलाई थाहा छ, र तिम्रो जीवन के हो ?

याकूबले उनका पाठकहरूलाई सच्याउन र शारीरिक जीवन त्यति धेरै महत्त्वपूर्ण छैन भनी यी विश्‍वासीहरूलाई सिकाउनका निमित्त याकूबले यी प्रश्‍नहरूको प्रयोग गर्छन् । तिनीहरूलाई कथनहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “भोलि के हुनेछ भनी कसैले पनि जान्दैन, र तिम्रो जीवन धेरै लामो समय रहँदैन !” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

किनकि तिमीहरू त तुवाँलो हौ जुन छोटो समयको लागि देखा पर्छ र त्यसपछि बिलाइहाल्छ

याकूबले मानिसहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू तुवाँलो हुन् जुन देखा पर्छ र त्यसपछि गइहाल्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू छोटो समयको लागि मात्र बाँच्‍छौ, र त्यसपछि तिमीहरू मर्छौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 4:15

बरु, तिमीहरूले यसो भन्नुपर्छ

“बरु, तिमीहरूको स्वभाव यस्तो हुनुपर्ने”

हामी जिउनेछौँ अनि हामी यो वा त्यो गर्नेछौँ

“हामीले गरेका योजनाहरू पूरा गर्नलाई हामी पर्याप्‍त रूपमा लामो समय जिउनेछौँ ।” “हामी” शब्दले प्रत्यक्ष रूपमा याकूब वा उनका पाठकहरूलाई जनाउँदैन तर त्यो त याकूबका पाठकहरूले भविष्‍यलाई कसरी विचार गर्नुपर्छ भन्‍ने विषयमा भएको उदाहरणको एउटा भाग हो ।

James 4:17

किनकि कोही व्यक्ति जसले असल गर्न जानेर पनि सो गर्दैन भने, त्यो त्यसको निम्ति पाप हो

आफूले गर्नुपर्छ भनी जानेको भलाइ गर्नलाई चुक्‍ने जो कोही पनि व्यक्ति चाहिँ पापको दोषी हुन्छ ।