James 3

याकूब ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

याकूबले उनका पाठकहरूलाई तिनीहरूले दैनिक जीवनबाट पहिले नै जानेका कुराहरूको सम्झना गराएर सिकाउँछन् कि तिनीहरू परमेश्‍वरलाई प्रसन्‍न बनाउन जिउनुपर्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 3:1

तिमीहरूमध्ये धेरै ... नहोओ

याकूबले सामान्यकरण गरिएको भनाइ राख्‍न खोज्दैछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-genericnoun)

मेरा भाइहरू हो

“मेरा सङ्गी विश्‍वासीहरू हो”

हामी सिकाउनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ

उहाँको बारेमा सिकाउनेहरूमाथि परमेश्‍वरबाट आउने अझ बढी कडा इन्साफको विषयमा यो खण्डले कुरा गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामी सिकाउनेहरूलाई अझ कडा तवरमा इन्साफ गर्नुहुनेछ किनकि हामीले सिकाएका केही मानिसहरूभन्दा बढी राम्ररी हामी उहाँको वचन जान्दछौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

हामी जो सिकाउँछौं

याकूबले आफैँलाई र अरू शिक्षकहरूलाई सामेल गर्दछन्, तर पाठकहरूलाई होइन, त्यसैले “हामी” शब्द असमावेशी छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)

James 3:2

हामी सबै ठेस खान्छौँ

याकूब आफ्‍नै बारेमा, अरू शिक्षकहरू, र पाठकहरूको बारेमा बताउँछन्, त्यसैले “हामी” शब्द समावेशी छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

ठेस खानु

पाप गर्ने कुरालाई हिँड्दा खेरी ठेस खाइने कुरा जसरी बताइएको छ । वैकल्पिक अनुवादः “विफल हुनु” वा “पाप गर्नु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

वचनमा ठक्‍कर खाँदैन

“गलत कुराहरू भनेर पाप गर्दैन”

ऊ एउटा सिद्ध मानिस हो

“ऊ आत्मिक रूपमा परिपक्‍व हो”

उसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्नु

याकूबले कुनै व्यक्तिको हृदय, भावना, र कामहरूलाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “उसको व्यवहारलाई नियन्‍त्रण गर्नु” वा “उसको कामहरूलाई नियन्‍त्रण गर्नु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

James 3:3

सामान्य जानकारीः

साना कुराहरूले ठूला कुराहरूलाई नियन्त्रण गर्न सक्छन् भन्‍ने एउटा तर्कको याकूबले विकास गर्दैछन् ।

यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने

याकूबले घोडाको लगामको बारेमा कुरा गर्छन् । लगाम एउटा सानो धातुको टुक्रा हो जसलाई घोडाको चाललाई नियन्‍त्रण गर्नको निम्ति त्यसको मुखमा लगाइन्छ ।

अब यदि

“यदि” वा “जब”

घोडाहरू

घोडा सामानहरू वा मानिसहरू बोक्‍नको निम्ति प्रयोग हुने एउटा ठूलो जनावर हो ।

James 3:4

पानीजहाजहरूलाई ख्याल गर ... धेरै सानो पतवारद्वारा जहाँ लैजान चाहिन्छ त्यो त्यहीँ लगिन्छ

पानीजहाज भनेको पानीमाथि तैरिने एक मालवाहक सवारी जस्तो हो । पतवार चाहिँ पानी जहाज कता जान्छ भन्‍ने कुरा नियन्‍त्रण गर्नको निम्ति त्यसको पछाडिपट्टि राखिने एउटा काठ वा धातुको टुक्रा हो । “पतवार” भन्‍ने शब्दलाई “साधन” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

तिनीहरू तेज बतासद्वारा चलाइएका हुन्छन्,

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तेज बतासले तिनीहरूलाई धकेल्छ, तिनीहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ

“एउटा सानो साधन हुन्छ जसको सहायताले एउटा व्यक्तिले जहाजलाई जता लैजान चाहन्छ त्यतै लैजान सक्छ”

James 3:5

त्यसै गरी

यसले अगिल्ला पदहरूमा भनिएका घोडाको लगाम वा जहाजको पतवारसँग जिब्रोको तुलनालाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “यस्तै प्रकारले”

ठूला कुराहरूको शेखी गर्दछ

यहाँ “कुराहरू” भनेको ती सबै थोकहरूको लागि मूलभूत शब्द हो जसको बारेमा यी मानिसहरू घमण्‍ड गर्दछन् ।

... लाई पनि ख्याल गर

“ ... को बारेमा विचार गर”

कसरी एउटा सानो आगोले ठूलो जङ्गलमा डढेलो लगाउँछ

जिब्रोले पुर्‍याउन सक्‍ने हानीको बारेमा मानिसहरूलाई बुझ्‍न सहायता गर्नको लागि याकूबले आगोको सानो झिल्काले पुर्‍याउन सक्‍ने नोक्सानीको बारेमा बताउँछन् । वैकल्पिक अनुवादः “कसरी सानो झिल्कोले धेरै रूखहरूलाई जलाउने आगो बाल्न सक्छ”

James 3:6

जिब्रो पनि आगो नै हो

जिब्रो भनेको मानिसहरूले बोल्‍ने कुराको लागि प्रतिस्थापन शब्द हो । यसले पुर्‍याउन सक्‍ने ठूलो हानीको कारण याकूबले यसलाई आगो भन्छन् । वैकल्पिक अनुवादः “जिब्रो आगो जस्तै हो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रा शरीरका अङ्गहरूको माझमा राखिएको एउटा अधर्मको दुनियाँ

पापी बोलीको भयङ्करको असरहरूको विषयमा यसरी बताइएको छ मानौँ ती आफैँमा एउटा संसार नै हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

यसले सम्पूर्ण शरीरलाई दाग लगाउँछ

पापी बोलीले कसैको शरीरलाई दाग नै लगाउने भएको झैँ गरी त्यसको विषयमा आलङ्कारिक रूपमा बताइएको छ । And becoming unacceptable to God is spoken of as if it were dirt on the body. (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

जीवनको क्रमहरूमा आगो लगाउँछ

“जीवनको क्रमहरू” भन्‍ने वाक्यांशले कोही व्यक्तिको सम्पूर्ण जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसले व्यक्तिको सम्पूर्ण जीवनलाई बर्बाद पार्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

... जीवन ... । यो नरकद्वारा आफैँमा आगोले सल्काइएको हुन्छ

“आफैँमा” शब्दले जिब्रोलाई जनाउँछ । साथै, यहाँ “नरक”ले दुष्‍टको शक्ति वा शैतानलाई जनाउँछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... जीवन ... किनभने शैतानले त्यसलाई दुष्‍ट कामको निम्ति प्रयोग गर्दछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 3:7

किनकि सबै प्रकारका ... मानवजाति ...

“सबै प्रकार” भन्‍ने वाक्यांश एउटा मूलभूत कथन हो जसले सबै वा थुप्रै प्रकारहरूका जङ्गली पशुहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले थुप्रै प्रकारका जङ्‍गली जनावरहरू, चराचुरूङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्री प्राणीहरूलाई नियन्‍त्रण गर्न सिकेका छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

घस्रने जन्तु

यो एउटा यस्तो जनावर हो जो जमिनमा घस्रन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-unknown)

समुद्री प्राणी

पानीमा बस्‍ने जनावर

James 3:8

तर कुनै पनि मानिसले जिब्रोलाई वशमा राख्‍न सक्दैन

याकूबले जिब्रोलाई कुनै एउटा जङ्गली पशु भएको झैँ गरी बताउँछन् । यहाँ “जिब्रो”ले कोही व्यक्तिको दुष्‍ट विचारहरू बोल्‍ने चाहनालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

यो एउटा घातक विषले भरिएको बेचैन दुष्‍ट हो

मानिसहरूले आफूहरूले बोलेका कुराहरूबाट पुर्‍याउन सक्‍ने हानीको विषयमा याकूबले यसरी बताउँछन् मानौँ जिब्रो भनेको एउटा दुष्‍ट र विषालु प्राणी हो जसले मानिसहरूलाई मार्न सक्छ । वैकल्पिक अनुवादः “यो एउटा बेचैन र दुष्‍ट जीव जस्तै हो, जुन घातक विषले भरिएको हुन्छ” वा “यो एउटा बेचैन र दुष्‍ट जीव जस्तै हो जसले मानिसहरूलाई त्यसको विषले मार्न सक्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 3:9

यो सँग हामी

“हामीले ती शब्दहरू बोल्न हाम्रो जिब्रोको प्रयोग गर्दछौँ जसले”

हामी मानिसहरूलाई सराप्छौँ

“हामी मानिसहरूलाई खराबी गर्नको निम्ति परमेश्‍वरसँग बिन्ती गर्छौं”

जो परमेश्‍वरको स्वरूपमा बनाइएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले उहाँको स्वरूपमा बनाउनुभयो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

James 3:10

एउटै मुखबाट आशिष् र श्राप निक्लन्छन्

“आशिष्” र “श्राप” भन्‍ने नामपद शब्दहरूलाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटै मुखले, एउटा व्यक्तिले मानिसहरूलाई आशिष् दिन्छ र मानिसहरूलाई सराप दिन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

मेरा भाइहरू

“सङ्गी ख्रीष्‍टिएनहरू”

यस्ता कुराहरू हुनुहुँदैन

“यी कुराहरू गलत हुन्”

James 3:11

जोड्ने कथनः

विश्‍वासीहरूको वचनले आशिष् र श्राप दुवै दिनुहुँदैन भनेर याकूबले जोड दिएपछि, परमेश्‍वरको प्रशंसा गरेर उहाँलाई सम्‍मान गर्ने मानिसहरूले ठीक तरिकामा जिउनु पनि पर्दछ भनेर उनका पाठकहरूलाई सिकाउनको निमित्त उनले प्रकृतिबाट उदाहरणहरू दिन्छन् ।

के एउटा छहराको त्यसको मुहानबाट मिठो र तीतो पानी दुवै निकाल्दछ र ?

प्रकृतिमा के हुन्छ भन्‍ने कुरा विश्‍वासीहरूलाई सम्झाउनको लागि याकूबले एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि एउटा छहराले मिठो र तीतो पानी दुवै निकाल्दैन ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

James 3:12

के अञ्‍जीरको बोटले, मेरा भाइहरू हो, जैतून फलाउँदछ र ?

प्रकृतिमा के हुन्छ भन्‍ने कुरा विश्‍वासीहरूलाई सम्झाउनको लागि याकूबले अर्को आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “भाइहरू हो, तिमीहरू जान्दछौ कि अञ्‍जीरको बोटले जैतून फलाउन सक्दैन ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मेरा भाइहरू

“मेरा सङ्गी विश्‍वासीहरू”

अथवा एउटा दाखको बोटले नेभारा ?

“फलाउँदछ” भन्‍ने शब्दलाई अघिल्‍लो वाक्यांशबाट स्वतः बुझिएको छ । प्रकृतिमा के हुन्छ भन्‍ने कुरा विश्‍वासीहरूलाई सम्झाउनको लागि याकूबले अर्को आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “अथवा के दाखको बोटले अञ्‍जीर फलाउँदछ र ?” वा “अनि एउटा दाखको बोटले अञ्‍जीर फलाउन सक्दैन ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

James 3:13

तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ ?

याकूबले उचित व्यवहारको बारेमा आफ्ना पाठकहरूलाई सिकाउनको निमित्त यस प्रश्‍नको प्रयोग गर्छन् । “बुद्धिमान्” र “समझदार” भन्‍ने शब्दहरू समान हुन् । वैकल्‍पिक अनुवादः “एक बुद्धिमान् र समझदार व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ भनेर म तिमीहरूलाई भन्‍नेछु ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion अनि /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

त्यस व्यक्तिले बुद्धिको नम्रतामा भएका उसका कामहरूद्वारा असल जीवन देखाओस्

“नम्रता” र “बुद्धि” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यस व्यक्तिले नम्र र बुद्धिमान् भएर गर्ने कामहरू गरेर असल जीवन जिउनुपर्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

James 3:14

यदि तिमीहरूको हृदयमा कटु ईर्ष्‍या र अभिलाषा छ भने

“हृदय” शब्दले भावनाहरू वा विचारहरूलाई जनाउँछ । “ईर्ष्या” र “अभिलाषा” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू ईर्ष्यालु र स्वार्थी छौ भने” वा “यदि तिमीहरू अरूहरूसँग भएका थोकहरूको चाह गर्छौ भने र अरूहरूलाई हानी पुर्‍याउँदै भएपनि तिमीहरू सफल हुन चाहन्छौ भने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

शेखी नगर र सत्यको विरुद्धमा झुटो नबोल

भाववाचक नामपद शब्द “सत्यता”लाई “सत्य” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमी बुद्धिमान् छौ भनेर शेखी नगर, किनभने त्यो सत्य होइन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

James 3:15

यो माथिबाट आउने बुद्धि होइन

यहाँ “यो” शब्दले अघिल्ला पदहरूमा वर्णन गरिएका “तीतो ईर्ष्या र कलह”लाई जनाउँछ । “माथिबाट” भन्‍ने वाक्यांश एउटा प्रतिस्थापन शब्द हो जसले “स्वर्ग”लाई प्रतिनिधित्व गर्दछ र जसले परमेश्‍वर आफैँलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “यो त्यो किसिमको बुद्धि होइन जुन परमेश्‍वरले हामीलाई स्वर्गबाट सिकाउनुहुन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

यो त्यो बुद्धि होइन जुन माथिबाट आउँछ । बरु यो त पार्थिव, अनात्मिक, शैतानिक हो

भाववाचक नामपद “बुद्धि”लाई “बुद्धिमान्” भनेर व्यक्त गर्न सकिन्छ । - वैकल्‍पिक अनुवादः “जो कोही जसले स्वर्गमा हुनुभएको परमेश्‍वरले हामीलाई सिकाउनुभएको अनुसार बुद्धिमान् भएर व्यवहार गर्दैन । बरु यो व्यक्ति पार्थिव, अनात्मिक, र शैतानिक हुन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

पार्थिव

“पार्थिव” शब्दले मानिसहरूका सबै मूल्यमान्यता र व्यवहारहरूलाई जनाउँछ जसले परमेश्‍वरको आदर गर्दैनन् । वैकल्पिक अनुवादः “परमेश्‍वरलाई आदर नगर्ने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

अनात्मिक

“पवित्र आत्माबाट होइन” वा “आत्मिक होइन”

शैतानिक

“भूतहरूबाटको”

James 3:16

किनकि जहाँ त्यहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भाँडभैलो र सबै दुष्‍ट अभ्यास हुन्छ

“ईर्ष्या” र “अभिलाषा”, “भाँडभैलो” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि जब मानिसहरू ईर्ष्यालु र स्वार्थी हुन्छन्, त्यसले तिनीहरूलाई अव्यवस्थित रूपमा र दुष्‍ट चालहरूमा चल्‍न लगाउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

त्यहाँ भ्रम हुन्छ

“त्यहाँ अव्यवस्था हुन्छ” वा “त्यहाँ भद्रगोल हुन्छ”

हरेक दुष्‍ट अभ्यास

“हरेक किसिमका पापमय व्यवहार” वा “हरेक प्रकारको दुष्‍ट काम”

James 3:17

तर माथिबाटको बुद्धि सर्वप्रथम शुद्ध हुन्छ

यहाँ “माथिबाट” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले “स्वर्ग”लाई प्रतिनिधित्व गर्दछ र जसले परमेश्‍वर आफैँलाई प्रतिनिधित्व गर्दछ । भाववाचक नामपद शब्द “बुद्धि”लाई “बुद्धिमान्” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब कोही व्यक्ति स्वर्गमा हुनुभएको परमेश्‍वरले सिकाउनुभएको अनुसार बुद्धिमान् हुन्छ, ऊ प्रथमतः शुद्ध चालहरूमा चल्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

सर्वप्रथम शुद्ध हुन्छ

“सर्वप्रथम पवित्र हुन्छ”

दया र असल फलहरूले भरिएको

यहाँ “असल फलहरू”ले ती कुराहरूलाई जनाउँछ जुन मानिसहरूले आफूहरूसँग परमेश्‍वरबाटको बुद्धि हुनाको कारणले अरूहरूको लागि गर्छन् । वैकल्पिक अनुवादः “दया र असल कामहरूले परिपूर्ण” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

र निष्कपट

“र इमानदार” वा “र सत्यवान्”

James 3:18

अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिन्छ

मानिसहरूले शान्ति कायम गर्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको तिनीहरूले बिउ छरेको हो, र धार्मिकताको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको फल हो जुन शान्ति कायम गरेको परिणामस्वरूप फल्छ । वैकल्पिक अनुवादः “शान्ति कायम गर्नुको परिणाम भनेको धार्मिकता हो” वा “मानिसहरूलाई शान्तिमा रहनलाई सहायता गर्नेहरूले धार्मिकता फलाउँछन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शान्ति कायम गर्नु

“शान्तिमा रहने ।” भाववाचक नामपद शब्द “शान्ति”लाई “शान्तिपूर्ण रूपमा” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई शान्तिपूर्ण रूपमा जिउन लगाउने” वा “मानिसहरूलाई एक अर्कासँग रिसाउने नबनाउन सहायता गर्ने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)