James 2

याकूब ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कृपावाद

याकूबका केही पाठकहरूले धनी र शक्तिशाली मानिसहरूलाई असल व्यवहार गर्थे र गरिब मानिसहरूलाई नराम्रो तरिकाले व्यवहार गर्थे । यसैलाई कृपावाद भनिन्छ, र याकूबले त्यो गलत हो भनेर तिनीहरूलाई बताइरहेका छन् । उहाँका मानिसहरूले धनी र गरिब मानिसहरू दुवैलाई राम्रो व्यवहार गरेको परमेश्‍वर चाहनुहुन्छ ।

धर्मी ठहराउने

धर्मी ठहराउने कार्य तब हुन्छ जब परमेश्‍वरले कुनै मानिसलाई धर्मी बनाउनुहुन्छ । याकूबले यहाँ भन्छन् कि परमेश्‍वरले ती मानिसहरूलाई धर्मी बनाउनुहुन्छ वा धर्मी ठहराउनुहुन्छ जसले विश्‍वास गर्नुको साथै असल कामहरू पनि गर्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#justice अनि /WA-Catalog/ne_tw?section=kt#righteous अनि /WA-Catalog/ne_tw?section=kt#faith)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

उद्धरणका चिन्हहरू

“कामहरू बिनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरा कामहरूद्वारा मेरो विश्‍वास देखाउनेछु” भन्‍ने शब्दहरू बुझ्‍नलाई कठिन छन् । केही मानिसहरू सोच्‍छन् कि उद्धरणका चिन्हहरू भित्र भएका शब्दहरू जस्तै ती त्यस्ता कुराहरू हुन् जुन “कसैले भन्‍न सक्छ” । अधिकांश संस्करणहरूले तिनलाई याकूबले “कोही व्यक्ति”लाई जवाफको रूपमा भनिरहेका शब्दहरूको रूपमा अनुवाद गर्छन् ।

“तिमीसँग ... छ ... मसँग ... छ”

केही मानिसहरू सोच्‍छन् कि “तिमी” र “म” शब्दहरू भनेका “केही मानिसहरू” र “अरू मानिसहरू”को लागि प्रतिस्थापन शब्दहरू हुन् । यदि ती ठीक हुन् भने, पद १८ लाई यसरी अनुवाद गर्न सकिन्छ, “कसैले भन्ला, ‘केही मानिसहरूसँग विश्‍वास छ र अरू मानिसहरूसँग कामहरू छ । सबैसँग दुइटै कुरा हुँदैन ।’”यदि पछिबाटको वाक्य पनि “कसैले भन्‍न सक्‍ने” कुरा हो भने, त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “केही मानिसहरूले कामहरू बिना तिनीहरूको विश्‍वास देखाउँछन्, र अरू मानिसहरूले तिनीहरूका विश्‍वास कामहरूद्वारा देखाउँछन् । दुवैसँग विश्‍वास छ ।” दुवै खण्‍डमा, तपाईंले अतिरिक्त वाक्य थप्‍नुभयो भने मात्र पाठकले बुझ्‍नेछ । सम्भवतः यूएसटीले गरेको झैँ गरी अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy अनि /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

James 2:1

जोड्ने कथनः

याकूबले तितरबितर भएका यहूदी विश्‍वासीहरूलाई एक अर्कालाई प्रेम गर्दै कसरी जिउने भन्‍ने विषयमा र धनी मानिसहरूलाई गरिब भाइहरू उपर कृपा नदेखाउने विषयमा कुरा गरिरहन्छन् ।

मेरा भाइहरू हो

याकूबले आफ्‍ना पाठकहरू यहूदी विश्‍वासीहरू हुन् भनी विचार गर्छन् । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्‍वासीहरू हो” वा “ख्रीष्‍टमा मेरा भाइहरू र बहिनीहरू हो”

हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको विश्‍वासलाई पक्रिराख

येशू ख्रीष्‍टमा विश्‍वास गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जसलाई कसैले पक्रेर बस्‍न सक्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रा प्रभु येशू ख्रीष्‍ट

“हाम्रा” शब्दले याकूब र उनका सङ्गी विश्‍वासीहरूलाई समेट्दछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-inclusive)

केही मानिसहरूप्रति कृपावाद

केही मानिसहरूलाई अरूहरूलाई भन्दा बढी मदत गर्ने इच्छा

James 2:2

विचार गर कि कोही व्यक्ति

याकूबले एउटा यस्तो अवस्थाको वर्णन गर्न थाल्छन् जहाँ विश्‍वासीहरूले एउटा गरिब मानिसलाई भन्दा एउटा धनी मानिसलाई धेरै सम्मान दिन्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hypo)

सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर

“धनी मानिसले जस्तो पहिरन गरेर”

James 2:3

यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्

“यस सम्‍मानको स्थानमा बस्‍नुहोस्”

तँ यहीँ उभि

कम सम्मानको स्थानमा सर्

मेरो पाउनेर बस्

तुच्‍छ स्थानमा सर्

James 2:4

के तिमीहरूले आफैँ बीचमा भेदभाव गरिरहेका छैनौ र ? के तिमीहरू दुष्‍ट विचारहरू भएका भेदभाव गर्नेहरू बनेनौ र ?

याकूबले उनका पाठकहरूलाई सिकाउन र सम्भवतः हप्‍काउनलाई आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नै बीचमा भेदभाव गरिरहेका छौ र दुष्‍ट विचारहरू भएका भेदभाव गर्नेहरू भइरहेका छौ ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

James 2:5

मेरा प्रिय भाइहरू हो, सुन

याकूबले आफ्ना पाठकहरूलाई परिवार जस्तो गरी अर्ती दिइरहेका थिए । “ध्यान देओ, मेरा प्रिय सङ्गी विश्‍वासीहरू हो”

के परमेश्‍वरले चुन्‍नुभएन र ... उहाँलाई प्रेम गर्नेहरू ... ?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई पक्षपात नदेखाउने विषयमा सिकाउनलाई एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ... चुन्‍नुभएको छ ... उहाँलाई प्रेम गर्नेहरू ... ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

गरिबहरू

यसले सामान्य अर्थमा गरिब मानिसहरुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

विश्‍वासमा धनी हुन

प्रशस्‍त विश्‍वास गर्ने कुरालाई विश्‍वासमा सम्‍पन्‍न हुने वा धनी हुने कुरा भए झैँ गरी बताइएको छ । कसमा विश्‍वास गरेको हो भन्‍ने कुरालाई स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा बलियो विश्‍वास राख्‍नु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उत्तराधिकारीहरू

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका मानिसहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूले परिवारको कुनै सदस्यबाट जायजेथा वा सम्पत्तिको अंश प्राप्‍त गर्नेछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 2:6

तर तिमीहरूले ... गरेका छौ

याकूब आफ्ना सबै पाठकहरूसँग बोल्दैछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

गरिबहरूलाई अनादर गरेका छौ

“तिमीहरूले गरिब मानिसहरूलाई शर्ममा पारेका छौ”

तिमीहरूलाई सताउने के धनीहरू नै होइनन् र ?

यहाँ याकूबले आफ्ना पाठकगणलाई सच्‍याउनको निम्ति आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती धनी मानिसहरू नै हुन् जसले तिमीहरूलाई सताउँछन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion अनि /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

धनीहरू

यसले सामान्य अर्थमा धनी मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “धनी मानिसहरू” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-nominaladj)

जसले तिमीलाई सताउँछन्

“जसले तिमीहरूलाई नराम्रो व्यवहार गर्छन्”

के ती तिनीहरू नै होइनन् ... अदालतमा ... ?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “धनी मानिसहरू नै हुन् ... अदालतमा ... ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तिमीहरूलाई अदालतमा घिसार्ने

“तिमीहरूलाई न्यायाधीशहरूका सामु दोष लगाउन बलपूर्वक अदालतमा लैजाने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

James 2:7

के तिनीहरूले ... अपमान गर्दैनन् ... बोलाइएको छ ?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन र सिकाउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “धनी मानिसहरूले ... अपमान गर्छन् ... बोलाइएको छ ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

आदरणीय नाम जसद्वारा तिमीहरूलाई बोलाइएको छ

यसले ख्रीष्‍टको नामलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बोलाउनुहुने ख्रीष्‍टको नाम” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

James 2:8

तिमीहरूले पूरा गर्दछौ

“तिमीहरू” शब्दले यहूदी विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

राजकीय व्यवस्थालाई पुरा गर्दछौ

“परमेश्‍वरको व्यवस्थाको पालना गर्दछौ ।” परमेश्‍वरले सुरुमा मोशालाई व्यवस्था दिनुभयो, जुन पुरानो करारका पुस्तकहरूमा अभिलिखित गरिएको छ ।

तैँले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नेछस्

याकूबले लेवीको पुस्तकबाट उद्‌धृत गर्दैछन् ।

तिम्रो छिमेकी

“सबै मानिसहरू” वा “सबै जना”

तिमीहरूले असलै गर्दछौ

“तिमीहरूले असल गरिरहेका हुन्छौ” वा “तिमीहरूले जे सही छ त्यही गरिराखेका हुन्छौ”

James 2:9

यदि तिमीले कृपा देखायौ भने

“ ... लाई विशेष व्यवहार गर्‍यौ भने” वा “ ... लाई आदर दियौ भने”

पाप गरिरहेको

“पाप गर्दै ।” त्यो भनेको व्यवस्था उल्लङ्घन गर्नु हो ।

व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिएको

यहाँ व्यवस्थालाई कुनै मानव न्यायाधीश भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी भएको” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

James 2:10

किनकि जसले पालन गर्दछ

“किनकि प्रत्येक जसले पालन गर्दछ”

तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने ... सारा व्यवस्थामा ...

ठक्‍कर खानु भनेको कोही मानिस हिँड्न खोज्दा लड्नु हो । व्यवस्थाको एउटा बुँदाको अनाज्ञापालन गर्ने कुरा भनेको हिँड्ने बेलामा ठेस लाग्नु जस्तै हो भनेर बताइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

केवल एउटा मात्र तरिकामा

व्यवस्थाको केवल एउटा मात्र आवश्यकताको अनाज्ञाकारिताको कारण

James 2:11

किनकि उहाँ जसले भन्नुभयो

यसले मोशालाई व्यवस्था दिनुहुने परमेश्‍वरलाई जनाउँछ ।

... नगर

“गर्नु” भनेको व्यवहारमा ल्याउनु हो ।

यदि तिमीहरूले ... तर तिमीहरू ... तिमीहरूले ...

यहाँ “तिमी”को अर्थ “तिमीहरू हरेक” भन्‍ने हुन्छ । हुन त याकूबले धेरै यहूदी विश्‍वासीहरूलाई लेखिरहेका थिए, यहाँ चाहिँ उनले हरेक व्यक्तिलाई छुट्टाछुट्टै गरेर लेखेको झैँ गरी एकवचनको रूपको प्रयोग गरे । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

James 2:12

यसकारण बोल र व्यवहारमा ल्याऊ

“त्यसकारण, तिमीहरूले बोल्नुपर्छ र आज्ञापालन गर्नुपर्छ ।” याकूबले यसो गर्नको निम्ति मानिसहरूलाई आज्ञा गरे ।

जसलाई स्वतन्‍त्रताको व्यवस्थाको माध्यमद्वारा इन्साफ गरिनेछ

यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले जान्दछन् कि परमेश्‍वरले तिनीहरूलाई स्वतन्‍त्रताको व्यवस्थाको माध्यमद्वारा इन्साफ गर्नुहुनेछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

व्यवस्थाको माध्यमद्वारा

यस खण्डले आशय दिन्छ कि यो परमेश्‍वर नै हुनुहुन्छ जसले उहाँको व्यवस्थाको आधारमा इन्साफ गर्नुहुनेछ ।

स्वतन्‍त्रताको व्यवस्था

“व्यवस्था जसले साँचो स्वतन्‍त्रता दिन्छ”

James 2:13

कृपा ... माथि विजयी हुन्छ

“कृपा ... भन्दा असल हुन्छ” वा “कृपाले ... लाई हराउँदछ ।” यहाँ दया र इन्साफ चाहिँ व्यक्तिहरू भएको झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

James 2:14

जोड्ने कथनः

याकूबले तितरबितर भएका विश्‍वासीहरूलाई अरूहरूको सामु आफ्नो विश्‍वास देखाउनलाई हौसला दिन्छन्, जसरी अब्राहामले आफ्नो कामहरूद्वारा अरूहरूलाई उनको विश्‍वास देखाए ।

मेरा भाइहरू हो, यदि कसैले उससँग विश्‍वास छ भनी भन्दछ तर उससँग काम छैन भने, त्यसबाट के लाभ भयो ?

याकूबले उनको पाठकहरूलाई सिकाउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “सङ्गी विश्‍वासीहरू हो, यदि कसैले उससँग विश्‍वास छ भनी भन्दछ तर उससँग कुनै कामहरू छैन भने, त्यसबाट कुनै लाभ हुँदैन ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

यदि कसैले उससँग विश्‍वास छ भनी भन्दछ, तर उससँग कुनै कामहरू छैन भने

“विश्‍वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ तर परमेश्‍वरले अह्राउनुभएको कुराहरू गर्दैन भने” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

के त्यस विश्‍वासले उसलाई बचाउन सक्छ र ?

याकूबले आफ्ना पाठकहरूलाई शिक्षा दिनको निम्ति एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गरिरहेका छन् । नामपद शब्द “विश्‍वास”लाई हटाउनको लागि यसलाई पुनः फरक तरिकाले उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो विश्‍वासले उसलाई बचाउन सक्दैन ।” वा “यदि कोही व्यक्तिले परमेश्‍वरले आज्ञा गर्नुभएको कुराहरू गर्दैन भने, तब आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर मात्र ऊ बचाइनेछैन ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

उसलाई बचाउन

“परमेश्‍वरको इन्साफबाट उसलाई बचाउन”

James 2:15

भाइ वा बहिनी

ख्रीष्‍टमा सङ्गी विश्‍वासी, चाहे पुरुष होस् वा स्‍त्री

James 2:16

न्यानो रहन

यसको अर्थ कि त “पहिरनलाई प्रशस्त लुगाहरू हुनु” वा “सुत्‍ने ठाउँ हुनु” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

भरिनु

तिनीहरूलाई भर्ने कुरा भनेको खानेकुरा हो । यसलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “खानेकुराले भरिनु” वा “खानलाई प्रशस्त हुनु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शरीरको लागि

खान, लगाउन, र आरामसँग बस्न (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्यसबाट के लाभ भयो ?

याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “त्यसबाट लाभ हुँदैन ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

James 2:17

विश्‍वास आफैँमा, यदि त्यससँग कामहरू छैन भने, त्यो मृत छ

याकूबले विश्‍वासको विषयमा यसरी बताउँछन् मानौँ कसैले असल कामहरू गर्‍यो भने त्यो जीवित छ, र यदि कसैले असल कामहरू गर्दैन भने त्यो मृत छ । “विश्‍वास” र “कामहरू” जस्ता भाववाचक शब्दहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कोही व्यक्ति जसले परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ, तर परमेश्‍वरले अह्राउनुभएको कुराहरू गर्दैन भने, उसले परमेश्‍वरलाई साँच्‍चै विश्‍वास गरेको हुँदैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor अनि /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

James 2:18

अझै पनि कसैले यसो भन्ला

याकूबले एउटा परिकल्‍पित अवस्थालाई वर्णन गर्छन् जहाँ कसैले उनको शिक्षाको विरोध गर्छ । विश्‍वास र कामहरूको विषयमा याकूबले उनको पाठकहरूको बुझाइलाई सच्याउन खोज्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-hypo)

“तिमीसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामहरू बिनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म मेरा कामहरूद्वारा मेरो विश्‍वास तिमीलाई देखाउनेछु

कसैले उनको शिक्षाको कसरी अवरोध गर्न सक्थ्यो र उनले त्यसको जवाफ कसरी दिने थिए भनेर याकूबले वर्णन गर्दैछन् । “विश्‍वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “‘यो स्वीकारयोग्‍य छ कि तिमीले परमेश्‍वरलाई विश्‍वास गर्छौ र म चाहिँ परमेश्‍वरले अह्राउनुभएको कुरा गर्छु ।’ मलाई प्रमाणित गर कि तिमी परमेश्‍वरलाई विश्‍वास गर्छौ तर उहाँले आज्ञा गर्नुभएको कुराहरू गर्दैनौ, र म तिमीलाई प्रमाणित गर्नेछु कि परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुराहरू गरेर म परमेश्‍वरलाई विश्‍वास गर्छु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

James 2:19

भूतात्माहरूले पनि विश्‍वास गर्छन्, र तिनीहरू थरथर काम्छन्

“भूतहरूले पनि विश्‍वास गर्छन्, तर तिनीहरू डरले काम्छन् ।” याकूबले भूतहरू र विश्‍वास गर्छौँ भँनेर दाबी गर्ने तर असल कामहरू नगर्नेहरूको बीचमा भएको अन्तरलाई देखाउँछन् । याकूबले बताउँछन् कि भूतहरू बढी बुद्धमान् छन् किनभने तिनीहरूले परमेश्‍वरको भय मान्छन् तर अरूहरूले मान्दैनन् ।

James 2:20

मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ ?

याकूबले उनको शिक्षाको अर्को पाटोको परिचय गराउनलाई यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “मूर्ख मानिस हो, मेरो कुरा सुन, कामबिनाको विश्‍वास व्यर्थ हुन्छ ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

कि कामबिनाको विश्‍वास व्यर्थ हुन्छ

“विश्‍वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यही कि यदि तिमी परमेश्‍वरले आज्ञा गर्नुभएको कुराहरू गर्दैनौ भने तिमीले परमेश्‍वरमा विश्‍वास गर्छु भन्‍नु तिम्रो लागि व्यर्थ छ”" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

James 2:21

सामान्य जानकारीः

किनकि यिनीहरू यहूदी विश्‍वासीहरू हुन्, तिनीहरूलाई अब्राहामको कथा थाहा छ, जसको बारेमा परमेश्‍वरले तिनीहरूलाई उहाँको वचनमा लामो समय अगाडि बताउनुभएको थियो ।

के हाम्रा पुर्खा अब्राहामले ... वेदीमा ... धर्मी ठहरिएनन् र ?

विश्‍वास र काम सँगसँगै जान्छन् भन्‍ने कुरामा विश्‍वास गर्न इन्कार गर्ने मूर्ख मानिसका याकूब २:१८ मा भएका तर्कहरूलाई खण्डन गर्नको लागि यो आलङ्कारिक प्रश्‍नको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हाम्रा पुर्खा अब्राहाम ... वेदीमा ... निश्‍चय नै धर्मी ठहरिएका थिए ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

कामहरूद्वारा धर्मी ठहराइएको

याकूबले कामहरूको विषयमा यसरी बताउँछन् मानौँ ती वस्तुहरू हुन् जुन कसैले आफ्‍नो बनाउन सक्छ । वैकल्‍पिक अनुवादः “असल कार्यहरू गरेर धर्मी ठहरिएको” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

पिता

यहाँ “पिता” शब्दलाई “पूर्वज”को अर्थमा प्रयोग गरिएको छ ।

James 2:22

तिमी देख्‍छौ

“तिमी” शब्द एकवचनमा छ, जसले परिकल्‍पित मानिसलाई जनाउँछ । याकूबले उनका सारा पाठकहरूलाई तिनीहरू एउटै व्यक्ति भए झैँ गरेर सम्बोधन गरिरहेका छन् ।

तिमी देख्‍छौ

“देख्‍नु” भनेको एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमी बुझ्‍न सक्छौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

विश्‍वासले उनको कामहरूद्वारा काम गर्‍यो, र कामहरूद्वारा उनको विश्‍वास पूर्ण रूपमा विकास भयो

याकूबले “विश्‍वास” र “कामहरू”को विषयमा यसरी बताउँछन् मानौँ ती त्यस्ता कुराहरू हुन् जसले एकसाथ काम गर्न र एक अर्कालाई सहायता गर्न सक्‍छन् । वैकल्‍पिक अनुवादः “किनकि अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, उनले त्यही गरे जुन परमेश्‍वरले उनलाई अह्राउनुभयो । र किनकि परमेश्‍वरले अह्राउनुभएको कुरा अब्राहामले गरे, उनले परमेश्‍वरलाई पूर्ण रूपमा विश्‍वास गरे”

तिमीहरू देख्‍छौ

“तिमी”को बहुवचन रूपको प्रयोग गरेर याकूबले फेरि पनि उनका पाठकहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्छन् ।

James 2:23

धर्मशास्‍त्र पूरा भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसले धर्मशास्‍त्रलाई पूरा गर्‍यो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

यो उनको निम्ति धार्मिकताको रूपमा गनियो

“परमेश्‍वरले उनको विश्‍वासलाई धार्मिकताको रूपमा मान्‍नुभयो ।” अब्राहामको विश्‍वास र धार्मिकतालाई यसरी लिइएको छ कि मानौँ तिनीहरूलाई मूल्यवान् थोकहरू भए झैँ गरी गन्‍न सकिन्थ्यो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 2:24

यो कामहरूद्वारा हो कि कोही मानिस धर्मी ठहरिन्छ, र केवल विश्‍वासद्वारा मात्र होइन

“कार्यहरू र विश्‍वासले नै कोही व्यक्तिलाई धर्मी ठहराउँछन्, र विश्‍वासले मात्र होइन ।” याकूबले कामहरूको विषयमा यसरी बताउँछन् मानौँ ती प्राप्‍त गर्नुपर्ने वस्तुहरू हुन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 2:25

त्यसैगरी ... पनि ... कामहरूद्वारा धर्मी ठहरिएकी ...

याकूब भन्छन् कि जे अब्राहामको लागि सत्य थियो सोही कुरा राहाबको लागि पनि सत्य थियो । दुवै कामहरूद्वारा धर्मी ठहराइएका थिए ।

के राहाब वेश्या कामहरूद्वारा नै धर्मी ठहरिएकी होइनन् र ... अर्कै बाटो ... ?

याकूबले उनका पाठकहरूलाई निर्देशन दिन यो आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “त्यो राहाब वेश्‍याले गरेको कुरा थियो जसले तिनलाई धर्मी ठहर्‍यायो ... अर्कै बाटो ... ।” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion अनि /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

राहाब वेश्या

राहाबको बारेमा भएको पुरानो करारको कथाको बारेमा उनका पाठकहरूलाई थाहा छ भनी याकूबले अपेक्षा गरे ।

कामहरूद्वारा धर्मी ठहरिएको

याकूबले कामहरू भनेको आफूले राख्‍नुपर्ने केही कुरा भए झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सन्देशवाहकहरू

अर्को ठाँउबाट सन्देश लिएर आउने मानिसहरू

तिनीहरूलाई अर्कै बाटोबाट पठाइदिइन्

“र तिनीहरूलाई त्यस सहरबाट भागेर जान मदत गरिन्”

James 2:26

जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्दछ

याकूबले विश्‍वासको विषयमा यसरी बताइरहेका छन् मानौँ त्यो आत्मा बिनाको मृत शरीर हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)