James 1

याकूब ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

याकूबले पद १ मा यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखकहरूले पत्रहरूलाई यसरी नै सुरु गर्थे ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परीक्षा र जाँच

यी शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ । अनुवादक यो कुरामा सचेत हुनुपर्छ कि यहाँ “परीक्षा”को (याकूब १:१३) अर्थ र परमेश्‍वरले मानिसको “जाँच” गर्नुहुने कुराको (हिब्रूहरू ११:१७) अर्थमा केही महत्त्वपूर्ण भिन्‍नताहरू छन् ।यी दुई शब्दहरू मा एकसाथ आउँछन् । दुवै शब्दहरूले कोही एउटा व्यक्तिको विषयमा कुरा गर्छन् जसले केही असल गर्ने र केही खराब गर्ने बीचमा छान्‍न सक्छन् । तिनीहरूको बीचमा भएको भिन्‍नता महत्त्वपूर्ण छ । परमेश्‍वरले त्यस व्यक्तिको जाँच गरिरहनुभएको छ र जे असल छ सो गरेको चाहनुहुन्छ । शैतानले त्यस व्यक्तिलाई परीक्षा गरिरहेको छ र जे दुष्‍ट छ सो गरेको त्यसले चाहन्छ ।

मुकुटहरू

जाँच उतीर्ण हुने मानिसले प्राप्‍त गर्ने मुकुट चाहिँ एक इनाम हो, केही त्यस्तो कुरा जुन खास रूपमा केही असल गर्ने मानिसहरूले प्राप्‍त गर्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=other#reward)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

याकूबले यस अध्यायमा थुप्रै अलङ्कारहरूको प्रयोग गर्छन्, तपाईंले तिनीहरूलाई राम्ररी अनुवाद गर्नसक्‍नुभन्दा अगाडि अलङ्कारको विषयमा भएको पृष्‍ठमा रहेको सामग्रीलाई तपाईंले बुझ्‍न जरुरी छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“छरपष्‍ट भएर रहेका बाह्र कुलहरूलाई”

याकूबले यस पत्र कसलाई लेखे भनेर प्रस्‍ट छैन । उनले आफैँलाई प्रभु येशू ख्रीष्‍टको एक सेवक भनी भन्छन्, त्यसैले सम्भवतः उनले ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । तर उनले आफ्‍ना पाठकहरूलाई “छरपष्‍ट भएर रहेका बाह्र कुलहरू” भनी भन्छन्, ती शब्दहरू जसले सामान्यतया यहूदीहरूलाई जनाउँछन् । यो सम्भव छ कि उनले यी शब्दहरूलाई “परमेश्‍वरले चुन्‍नुभएका सारा मानिसहरू”को लागि एक अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् अथवा उनले यो पत्र तब लेखे जब अधिकांश ख्रीष्‍टिएनहरू यहूदीहरूको रूपमा हुर्किएका थिए ।

James 1:1

सामान्य जानकारीः

प्रेरित याकूबले यो पत्र सारा विश्‍वाीहरूलाई लेख्छन् । तिनीहरूमध्ये धेरैजना यहूदीहरू थिए, र तिनीहरू विभिन्न ठाउँहरूमा बस्थे ।

याकूब, परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका एक सेवक

“यो पत्र ... बाट हो” भन्‍ने वाक्यांश स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “यो पत्र याकूब, परमेश्‍वरको र प्रभु येशू ख्रीष्‍टको सेवकबाट हो” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

बाह्र कुललाई

सम्भावित अर्थहरू हुन् १) यो यहूदी ख्रीष्‍टिएनहरूको लागि प्रतिस्थापकीय शब्द हो, वा २) यो सबै ख्रीष्‍टिएनहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्‍वरका विश्‍वासयोग्‍य मानिसहरूलाई” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

छरपष्‍ट भएर रहेका

“छरपष्‍ट भएर रहेका” शब्दहरूले सामान्यतया ती यहूदीहरूलाई जनाउँथ्यो जो आफ्‍नो स्वदेश इस्राएलबाट अन्य देशहरूमा छरिएका थिए । यो भाववाचक नामपद शब्दलाई “छरिएका” क्रियापद प्रयोग गरेको एउटा वाक्यांशसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो संसारभर छरिएका छन्” वा “जो अन्य देशहरूमा बस्छन्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

अभिवादन !

एउटा सामान्य अभिवादन, जस्तै “जय मसिह !” अथवा “शुभ दिन !”

James 1:2

मेरा भाइहरू हो, त्यसलाई पूर्ण आनन्द सम्झ, जब तिमीहरूले विभिन्‍न समस्याहरूको अनुभव गर्छौ

“मेरा सङ्गी विश्‍वासीहरू हो, तिमीहरूका विभिन्‍न किसिमका दुःख-कष्‍टहरूलाई उत्सव मनाउने विषय झैँ सम्झ”

James 1:3

तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ

“जाँच”, “तिमीहरूको विश्‍वास”, र “धैर्यता” जस्ता अभिव्यक्तिहरू भनेका नामपद शब्दहरू हुन् जसले अर्थ कामहरू हुन्छ । परमेश्‍वरले जाँच गर्नुहुन्छ, अर्थात, विश्‍वासीहरूले उहाँलाई कति भरोसा गर्छन् र उहाँको आज्ञापालन गर्छन् भनेर उहाँले निधो गर्नुहुन्छ । विश्‍वासीहरूले (तपाईंले) उहाँलाई विश्‍वास गर्छन् र दुःख-भोगलाई सहन्छन् । वैकल्पिक अनुवादः “जब तिमीहरूले कठिनाइहरू सहन्छौ, तिमीहरूले कति धेरै उहाँलाई भरोसा गर्छौ भनेर परमेश्‍वरले हेर्दै हुनुहुन्छ । फलस्वरूप, तिमीहरू अझ धेरै कठिनाइहरू सहन सक्षम हुनेछौ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

James 1:4

धैर्यलाई त्यसको काम पूर्ण गर्न देओ

यहाँ धैर्यको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै काममा लागेको व्यक्ति हो । वैकल्‍पिक अनुवादः “कुनै पनि कठिनाइलाई सहन सिक” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

सम्पूर्ण रूपमा विकास भएको

सबै परिस्थितिहरूमा ख्रीष्‍टमा विश्‍वास गर्न र उहाँको आज्ञापालन गर्न सक्षम

कुनै कुराको कमी नभइकन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई चाहिने सबैकुराहरू भएर” वा “तिमीहरू हुनुपर्ने सबै कुरा भएर”

James 1:5

सबैकुरा दिनुहुने परमेश्‍वरबाट त्यसको लागि मागोस्

“परमेश्‍वरसँग त्यसको लागि मागोस् । उहाँ नै हुनुहुन्छ जसले दिनुहुन्छ”

सबैलाई उदारचित्तले र बिना हप्‍की दिनुहुन्छ

“उदारतासँग दिनुहुन्छ र कसैलाई हप्काउनुहुन्‍न”

उहाँले त्यो दिनुहुनेछ

“परमेश्‍वरले त्यो गर्नुहुनेछ” वा “परमेश्‍वरले तिमीहरूको प्रार्थनाको उत्तर दिनुहुनेछ”

James 1:6

विश्‍वासमा, कुनै शंका नगरिकन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उत्तर दिनुहुन्छ भन्‍ने कुराको पूर्ण निश्‍चयतासाथ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublenegatives)

किनभने शङ्का गर्नेचाहिँ बतासले चलाउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ

परमेश्‍वरले उसलाई सहायता गर्नुहुनेछ भन्‍ने कुरामा शङ्का गर्ने कुनै पनि व्यक्ति चाहिँ समुद्र वा ठूलो तालमा भएको पानी जस्तो हो जुन विभिन्‍न दिशामा यताउता गरिरहन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

James 1:8

दोहोरो मनको हुन्छ

“दोहोरो मनको” भन्‍ने वाक्यांशले कुनै व्यक्तिको विचारहरूलाई जनाउँछ जब ऊ निर्णय लिन असक्षमा हुन्छ । वैकल्पिक अनुवादः “येशूलाई पछ्याउने हो वा होइन भनेर निर्णय लिन सक्दैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उसका सबै चालहरूमा अस्थिर

यहाँ यस व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ ऊ कुनै एउटा बाटोमा बस्न सक्दैन तर त्यसको साटोमा एउटा बाटोदेखि अर्कोमा गइरहन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 1:9

दीन भाइ

“त्यस्तो विश्‍वासी जोसँग प्रशस्त रुपियाँ-पैसा छैन”

आफ्नो उच्‍च अवस्थामा गर्व गर्नु

परमेश्‍वरले सम्मान गर्नुभएको कोही व्यक्ति चाहिँ उच्‍च स्थानमा उभिरहेको भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 1:10

तर धनी मानिस आफ्‍नो दीन अवस्थामा

“गर्व गरोस्” शब्दहरूलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “तर धनी मानिसले आफ्‍नो दीन अवस्थामा गर्व गरोस्” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

तर धनी मानिस

“तर त्यो मानिस जससँग धेरै पैसा छ ।” सम्भावित अर्थहरू हुन् १) धनी मानिस एक विश्‍वासी हो वा २) धनी मानिस एक अविश्‍वासी हो ।

उसको दीनतामा

यदि परमेश्‍वरले कुनै धनी विश्‍वासीलाई दुःख भोग गर्न लगाउनुहुन्छ भने ऊ खुशी हुनुपर्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उसलाई कठिनाइहरू दिनुभएकोमा खुशी हुनुपर्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

ऊ घाँसमा फुलेको जङ्गली फुल झैँ ओइलाएर बितिजानेछ

धनी मानिसहरू जङ्गली फुलहरूसँग समान छन् भनेर बताइएको छ, जुन केवल छोटो समयको लागि मात्र जीवित हुन्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

James 1:11

त्यसको सौन्दर्य नष्‍ट हुन्छ

कुनै फुल सुन्दर हुन छोड्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको त्यसको सौन्दर्य मरेको हो । वैकल्‍पिक अनुवादः “र त्यो अब अरू बढी सुन्दर छैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ

यहाँ फुलको उपमालाई नै सम्भवतः निरन्तरता दिइएको छ । जसरी फुलहरू अचानक मर्दैनन् तर त्यसको साटोमा छोटो समय अवधि लगाएर बिलाउँदै जान्छन्, त्यसरी नै धनी मानिसहरू पनि अचानक नमर्न सक्छन् तर त्यसको साटोमा तिनीहरू हराउनलाई छोटो समय लिन्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

उसको यात्राको बीचमा

धनी मानिसको दैनिकी क्रियाकलापहरूको विषयमा यसरी बताइएको छ मानौँ ती भनेका उसले गरिरहेको एक यात्रा हो । यस अलङ्कारले भन्‍न खोजेको छ कि उसले आफ्नो आउँदै गरेको मृत्युलाई कुनै विचार दिइरहेको छैन, र त्यसले उसलाई अचानक आएर लैजानेछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 1:12

जोड्ने कथनः

याकूबले भागेर गएका विश्‍वासीहरूलाई सम्झाउँछन् कि परमेश्‍वरले परीक्षा ल्याउनुहुन्‍न; उनले तिनीहरूलाई परीक्षाबाट कसरी जोगिने भनेर बताउँछन् ।

त्‍यो मानिस धन्‍यको हो जसले परीक्षामा स्थिर रहन्छ

“परीक्षा स्थिर हुने मानिस भाग्‍यशाली हो” वा “परीक्षमा स्थिर हुने मानिस ठीक हो”

परीक्षामा स्‍थिर रहन्‍छ

कठिनाइहरूको समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहन्छ

परीक्षा उतीर्ण गरेको छ

“ऊ परमेश्‍वरद्वारा अनुमोदित भएको छ”

जीवनको मुकुट पाउनु

अनन्त जीवनको विषयमा यसरी बताइएको छ मानौँ त्यो पातहरूले बनेको हार हो जुन विजयी खेलाडिको शिरमा पहिराइन्छ । वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा पाउनु” वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा प्राप्‍त गर्नु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

James 1:13

जब ऊ परीक्षामा पर्छ

“जब उसलाई केही दुष्‍ट काम गर्ने अभिलाषा हुन्छ”

म परमेश्‍वरबाटको परीक्षामा परेको छु

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई कुनै दुष्‍ट काम गर्न लगाउन प्रयास गर्दै हुनुहुन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

परमेश्‍वरको दुष्‍टद्वारा परीक्षा हुँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले परमेश्‍वरलाई दुष्‍ट काम गर्न इच्छा गर्ने बनाउन सक्दैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

नता उहाँ आफैँले कसैको परीक्षा गर्नुहुन्छ

“र परमेश्‍वर आफैँले कसैलाई कुनै दुष्‍ट काम गर्न मनाउने प्रयास गर्नुहुन्‍न”

James 1:14

हरेक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ

कुनै व्यक्तिको चाहनालाई यसरी बताइएको छ मानौँ त्यो कुनै फाल्टो मानिस हो जसले उसलाई पाप गर्न परीक्षा दिइरहेको थियो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

जसले उसलाई बहकाउँछ र उसलाई प्रलोभनमा पार्दछ

खराब चाहनाको विषयमा त्यो कसैलाई बहकाउन सक्ने कुनै व्यक्ति भएको जसरी बताउनलाई निरन्तरता दिइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification)

प्रलोभनमा पार्दछ

आकर्षित गर्दछ, खराब गर्न कसैलाई मनाउँछ

James 1:15

त्यसपछि जब अभिलाषाले गर्भधारण गरेपछि, त्यसले पापलाई जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि, त्यसले मृत्युलाई जन्माउँछ

अभिलाषाको विषयमा त्यो कुनै व्यक्ति भएको जसरी बताउनलाई निरन्तरता दिइएको छ, यसपटक चाहिँ प्रस्‍ट रूपमा एक स्‍त्रीको जो एल बालक जन्माउ गर्भवती हुन्छिन् । त्यो बालक चाहिँ पाप हो भनेर चिनिएको छ । पाप फेरि अर्को बालिका हो जो बढ्छिन्, गर्भवती हुन्छिन्, र मृत्युलाई जन्म दिन्छिन् । यो अलङ्कारहरूको साङ्लाले कोही व्यक्तिको चित्रण दिन्छ जो आफ्‍नो दुष्‍ट अभिलाषाहरू र आफ्‍नो पापको कारण शारीरिक र आत्मिक दुवै रूपमा मर्न पुग्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-personification अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

James 1:16

धोकामा नपर

“कसैले तिमीलाई धोका दिन नदेओ” अथवा “आफैँलाई धोका दिन छोड”

James 1:17

हरेक असल वरदान र हरेक सिद्ध वरदान

यी दुई वाक्यांशहरूको साधारणतया उस्तै अर्थ हुन्छ । कोही व्यक्तिसँग भएको कुनै पनि असल थोक परमेश्‍वरबाट आउँछ भनी जोड दिनलाई याकूबले तिनको प्रयोग गर्छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

ज्योतिहरूका पिता

परमेश्‍वर, आकाशमा भएका सबै प्रकाशहरूका (सूर्य, चन्द्रमा, र ताराहरू) सृष्‍टिकर्तालाई तिनीहरूका “पिता”को रूपमा बताइएको छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

उहाँमा कुनै परिवर्तन हुने वा बदली हुने छाया हुँदैन

यो अभिव्यक्तिले सूर्य, चन्द्रमा, ग्रहहरू, र आकाशमा भएका ताराहरू जस्तै, एक अपरिवर्तनीय प्रकाशको रूपमा परमेश्‍वरलाई चित्रण गर्दछ । यो यहाँ पृथ्वीमा पर्ने छायाँसँग विपरीतमा छ, किनकि यो छायाँ परिवर्तन भइरहन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर बद्‌लनुहुन्‍न । पृथ्वीमा देखा पर्दै हराउने छायाँ जस्तो नभएर उहाँ आकाशमा भएका सूर्य, चन्द्रमा, र ताराहरू झैँ अटल हुनुहुन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

James 1:18

हामीलाई जन्म दिन

परमेश्‍वर, जसले हामीमा अनन्त जीवन ल्याउनुभएको छ, उहाँको विषयमा यसरी बताइएको छ मानौँ उहाँले हामीलाई जन्म नै दिनुभएको हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सत्यको वचन

सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश” वा २) “सत्य सन्देश ।”

ताकि हामी पहिलो फलको एक प्रकार हुन सकौँ

परमेश्‍वरको लागि विश्‍वासीहरूको महत्त्वलाई वर्णन गर्ने एउटा तरिकाको रूपमा पहिलो फलको पारम्परिक हिब्रू अवधारणालाई याकूबले प्रयोग गरिरहेका छन् । उनले आशय दिन्छन् कि भविष्‍यमा त्यहाँ अरू धेरै विश्‍वासीहरू हुनेछन् । वैकल्पिक अनुवादः “ताकि हामी पहिलो फलका सन्तानहरू झैँ हुन सकौँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

James 1:19

तिमीहरू यो जान्‍दछौ

सम्भावित अर्थहरू हुन् १) “यो थाहा गर” भन्‍ने कुरालाई एउटा आज्ञाको रूपमा, मैले लेख्‍न खोजेको कुरामा ध्यान दिनको निम्ति वा २) “यो तिमीलाई थाहा छ” भन्‍ने कुरालाई एउटा कथनको रूपमा, कि तिमीहरूलाई पहिले नै थाहा भएको कुरा म तिमीहरूलाई सम्झना दिलाउन खोज्दै छु ।

हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो होस्

यी भनाइहरू वाक्पद्धतिहरू हुन् जसले मानिसहरूले पहिला ध्यान दिएर सुन्‍नुपर्दछ, र त्यसपछि तिनीहरूले भनेका कुराहरूलाई विचार गर्नुपर्दछ भनेर अर्थ दिन्छन् । यहाँ “बोल्‍नमा ढिलो” भनेको बिस्तारै बोल्‍नु भनेको होइन । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

रिसाउनमा धीमा

“धेरै छिटो नरिसाउने”

James 1:20

मानिसको रीसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन

जब कुनै व्यक्ति सधैँ रिसाउँछ उसले परमेश्‍वरको काम गर्न सक्दैन, जुन धार्मिक हुन्छ ।

James 1:21

सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई फुकाल

पाप र दुष्‍टताको बारेमा यहाँ यसरी बताइएको छ मानौँ ती वस्‍त्रहरू थिए जसलाई फुकाल्‍न सकिन्थ्यो । वैकल्‍पिक अनुवादः “सबै पापपूर्ण घिनलाग्‍दा कुराहरू गर्न छोड र थुप्रै पापहरू गर्न छोड” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई फुकाल

यहाँ “पापमय घिनलाग्‍दा कुरा” र “दुष्‍टता” जस्ता अभिव्यक्तिहरूले समान अर्थ बोकेका छन् । पाप कति खराब छ भन्‍ने कुरालाई जोड दिनको निम्ति याकूबले तिनको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सबै किसिमका पापमय व्यवहार गर्न छोड” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet)

पापमय घिनलाग्‍दो कुरा

यहाँ “घिनलाग्‍दो कुरा”, अर्थात् फोहोरको अर्थ पाप र दुष्‍टता हुन्छ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

विनम्रतामा

“बिना घमण्ड” वा “बिना अहंकार”

रोपिएको वचनलाई ग्रहण गर

“रोप्‍नु” शब्दको अर्थ कुनै एउटा चीजलाई अर्कोभित्र राख्‍नु हो । यहाँ परमेश्‍वरको वचनको बारेमा यसरी बताइएको छ मानौँ त्यो कुनै एउटा बिरुवा हो जसलाई विश्‍वासीहरूभित्र हुर्कन लगाइन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएको सन्देशको पालना गर” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिमीहरूका प्राणलाई बचाउन

कुनै व्यक्तिले केबाट उद्धार पाएको हो भन्‍ने कुरालाई स्‍पष्‍टसँग बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको इन्साफबाट तिमीहरूलाई बचाउन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तिमीहरूका प्राणहरू

यहाँ “प्राणहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू आफैँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

James 1:22

वचनको पालन गर्नेहरू होओ

“परमेश्‍वरका निर्देशनहरू पछ्याउने मानिसहरू होओ”

आफैँलाई धोका दिँदै

“आफैँलाई मूर्ख तुल्याउँदै”

James 1:23

किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्ति हो भने

“किनकि यदि कसैले धर्मशास्‍त्रमा भएको परमेश्‍वरको सन्देश सुन्‍ने मात्र गर्छ भने”

तर पालन गर्ने व्यक्ति होइन भने

“हो” र “वचनको” जस्ता शब्दहरूलाई अघिल्लो वाक्यांशबाट स्वतः बुझिएको छ । नामपद शब्द “गर्ने व्यक्ति”लाई “गर्नु” वा “पालना गर्नु” जस्ता क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर वचनको काम गर्ने व्यक्ति होइन” वा “तर वचनको पालना गर्दैन” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

ऊ आफ्नो स्वाभाविक अनुहार ऐनामा जाँच्‍ने मानिस जस्तै हो

परमेश्‍वरको वचन सुन्‍ने मात्रै व्यक्ति चाहिँ ऐनामा हेर्ने कोही व्यक्ति जस्तै हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

उसको स्वाभाविक अनुहार

“स्वभाविक” शब्दले स्पष्‍ट पार्दछ कि याकूबले “अनुहार” शब्दको सामान्य अर्थलाई प्रयोग गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “उसको अनुहार”

James 1:24

र त्यसपछि जान्छ र आफू कस्तो थिएँ भन्‍ने कुरा बिर्सिहाल्छ

हुन त आफूले मुख धुने र कपाल मिलाउने जस्ता कुराहरू गर्न जरुरी परेको उसले देख्‍न सक्छ, ऊ जान्छ र त्यसो गर्न बिर्सिन्छ भन्‍ने अर्थ दिइएको छ । परमेश्‍वरको वचनको पालना नगर्ने व्यक्ति यस्तै किसिमको हुन्छ । वैकल्‍पिक अनुवादः “तब जान्छ र आफूले के गर्न आवश्‍यक देखेको थियो भनेर देखेको कुरालाई तुरुन्तै बिर्सिहाल्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit अनि /WA-Catalog/ne_tm?section=translate#figs-simile)

James 1:25

त्यो व्यक्ति जसले सिद्ध व्यवस्थालाई ध्यानपूर्वक हेर्दछ

यो अभिव्यक्तिले व्यवस्थालाई एउटा ऐनाको रूपमा हेर्ने चित्रणलाई निरन्तरता दिँदछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍था

व्यवस्था र स्वतन्‍त्रताको बीचमा भएको सम्बन्धलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । यहाँ “स्वतन्‍त्रता”ले सम्भवतः पापबाटको स्वतन्‍त्रतालाई जनाउँछ । वैकल्पिक अनुवादः “सिद्ध व्यवस्था जसले स्वतन्‍त्रता दिन्छ” वा “सिद्ध व्यवस्था जसले त्यसलाई पछ्याउनेहरूलाई स्वतन्‍त्र बनाउँछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

यो मानिस चाहिँ उसले गर्ने कामहरूमा आशिषित् हुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “परमेश्‍वरले यस मानिसलाई आशिष् दिनुहुनेछ जसै उसले व्यवस्थाको पालना गर्दछ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

James 1:26

आफैँलाई धर्मी भएको ठान्दछ

“उसले परमेश्‍वरलाई ठीक प्रकारले आराधना गर्छ भनी सम्झन्छ”

उसको जिब्रो

आफ्नो जिब्रोलाई नियन्त्रण गर्नु भनेको आफ्नो बोलीलाई नियन्त्रण गर्नु भनेको हो । वैकल्पिक अनुवादः “जे उसले भन्छ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

छल्छ

कसैलाई असत्य कुरामा विश्‍वास गर्ने बनाउँछ

उसको हृदय

यहाँ “हृदय”ले उसको विश्‍वास र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ऊ आफैँ” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

उसको धर्म व्यर्थको हुन्‍छ

“उसले परमेश्‍वरलाई व्यर्थमा आराधना गर्दछ”

James 1:27

पवित्र र निष्कलङ्क

याकूबले धर्म, अर्थात् कोही व्यक्तिले परमेश्‍वरको आराधना गर्ने तरिकाको विषयमा यसरी बताउँछन् मानौँ त्यो भौतिक रूपमा शुद्ध वा निष्कलङ्क हुन सक्थ्यो । यहूदीहरूको लागि यो भनेको केही कुरा परमेश्‍वरलाई स्वीकार्य छ भनी बताउने परम्परागत तरिका थियो । वैकल्पिक अनुवादः “पूर्ण रूपमा ग्रहणयोग्‍य” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-doublet अनि /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हाम्रा परमेश्‍वर र पिताको अगाडि

परमेश्‍वरलाई लक्षित (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

टुहुराहरू

“अनाथहरू”

तिनीहरूको कष्‍टमा

टुहुरा र विधवाहरूले दुःख भोग गरिरहेका छन् किनकि तिनीहरूका बाबुहरू वा पतिहरू मरेका छन् ।

आफैँलाई संसारबाट दागरहित बनाएर राख्‍नु

संसारमा भएको पापलाई केही यस्तो कुराको रूपमा बताइएको छ जसले कुनै व्यक्तिलाई दाग लगाउन सक्छ । वैकल्पिक अनुवादः “संसारमा भएको दुष्‍टतालाई आफैँलाई पाप गर्न लगाउन नदिनु” (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)