१. अभिवादनहरू (१:१) १. जाँच र परिपक्वता (१:२-१८) १. परमेश्वरको वचन सुन्ने र गर्ने (१:१९-२७) १. कामहरूमा देखिएको साँचो विश्वास
लेखकले आफैँलाई याकूबको रूपमा परिचय गराउँछन् । यिनी सम्भवतः येशूका सौतेनी भाइ याकूब थिए । याकूब प्राचीन मण्डलीमा एक अगुवा थिए र यरूशलेमको परिषदको एक हिस्सा थिए । प्रेरित पावलले पनि उनलाई मण्डलीको “एक खाँबो” भनी बोलाए ।
यिनी प्रेरित याकूब चाहिँ होइनन् । प्रेरित याकूब यो पत्र लेखिनुभन्दा अगाडि मारिएका थिए ।
यस पत्रमा, याकूबले दुःखभोग गरिरहेका विश्वासीहरूलाई उत्साह दिए । तिनीहरूलाई अझ बढी परिपक्व ख्रीष्टिएनहरू हुन सहायता गर्नलाई परमेश्वरले तिनीहरूको कष्टलाई प्रयोग गर्नुहुन्छ भनेर उनले तिनीहरूलाई भने । विश्वासीहरूले असल कामहरू गर्नुपर्ने आवश्यकताको विषयमा पनि याकूबले तिनीहरूलाई बताए । विश्वासीहरू कसरी जिउनुपर्छ र एक अर्कालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा उनले यस पत्रमा धेरै लेखे । उदाहरणको लागि, एक अर्कालाई उचित ढङ्गले व्यवहार गर्न, र एक अर्कासँग नलड्न, र आफ्ना धनहरूलाई बुद्धमानीपूर्वक रीतिले प्रयोग गर्नलाई उनले तिनीहरूलाई आज्ञा गरे ।
१:६, ११ र ३:१-१२ मा जस्तै गरी प्रकृतिबाटका धेरै उदाहरणहरू प्रयोग गरेर याकूबले उनका पाठकहरूलाई सिकाए । साथै, यस पत्रका थुप्रै अंशहरू येशूले डाँडाको उपदेशमा भन्नुभएका कुराहरूसँग समान छ (मत्ती ५-७) ।
याकूबले भने कि उनले “छरिएका बाह्र कुलहरू”लाई लेखिरहेका थिए (१:१) । केही विद्वानहरूले विचार गर्छन् कि याकूबले यहूदी ख्रीष्टिएनहरूलाई लेखिरहेका थिए । अन्य विद्वानहरूले विचार गर्छन् कि याकूबले सामान्य रूपमा सारा ख्रीष्टिएनहरूलाई लेखिरहेका थिए । “सामान्य पत्रहरू”मध्येमा भएको एक पत्रको रूपमा यस पत्रलाई चिनिन्छ किनकि यो पत्र कुनै खास मण्डली वा व्यक्तिलाई लेखिएको थिएन ।
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “याकूब” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “याकूबबाटको एउटा पत्र” वा “याकूबले लेखेको पत्र” । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)
पावलले रोमीहरूमा सिकाउँछन् कि ख्रीष्टिएनहरू विश्वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन, जबकि याकूबले ख्रीष्टिएन कामहरूद्वारा धर्मी ठहिरिन्छन् भनी सिकाएको जस्तो देखिन्छ । त्यहाँ कुनै विरोध छैन । यस विषयको एउटा समाधान भनेको “धर्मी ठहरिनु” भन्ने कुरालाई दुई फरक तरिकमा प्रयोग गरिएको छ भनेर बुझ्ने कुरा पर्छ । पावलले सिकाउँछन् कि ख्रीष्टिएनहरू परमेश्वरको सम्मुखमा धर्मी ठहरिन्छन् जबकि याकूबले सिकाउँछन् कि कोही मानिस अरू मानिसहरूको सम्मुखमा उसका कामहरूद्वारा धर्मी ठहरिन्छ ।पावलले रोमीहरूमा सिकाए कि ख्रीष्टिएनहरू विश्वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन । ख्रीष्टिएनहरू कामहरूद्वारा धर्मी ठहरिन्छन् भनेर याकूबले सिकाएको जस्तो देखिन्छ । यो अल्मल्याउने हुन सक्छ । तर पावल र याकूबले सिकाएका कुराहरूको अझ राम्रो बुझाइले देखाउँछ कि तिनीहरू एक आपसमा सहमत हुन्छन् । तिनीहरू दुवैले सिकाए कि धर्मी ठहरिनलाई एक व्यक्तिसँग विश्वास हुन जरुरी छ । साथै तिनीहरू दुवैले सिकाए कि सच्चा विश्वासले एक व्यक्तिलाई असल कामहरू गर्न लगाउँछ । यी कुराहरूको विषयमा पावल र याकूबले फरक तरिकाहरूमा सिकाए किनभने तिनीहरूका फरक पाठकहरू थिए जसलाई धर्मी ठहरिने कुराको विषयमा विभिन्न कुराहरू जान्न खाँचो थियो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tw?section=kt#justice अनि /WA-Catalog/ne_tw?section=kt#faith अनि /WA-Catalog/ne_tw?section=kt#works)
पत्र छिटो-छिटो गरेर एक विषयदेखि अर्को विषयमा सर्छ । कहिलेकाहीँ याकूबले पाठकहरूलाई बताउँदैनन् कि उनले विषय बदल्न लागेका छन् । पदहरूलाई एक अर्कासँग सम्बन्धित नभइ आउन दिनु स्वीकार्य छ । नयाँ पङ्क्तिबाट सुरु गरेर वा विषयहरूको बीचमा ठाउँ छोडेर खण्डहरूलाई अलग राख्दा अर्थ ल्याउन सक्छ ।
(हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-textvariants)