Genesis 17

Genesis 17 General Notes

Special concepts in this chapter
"The father of a multitude of nations"

Abram came to have many descendants. He had so many descendants that many of his immediate descendants became large people groups and nations.

God's covenant with Abraham

God made a covenant with Abram. This covenant was not conditioned upon anything that Abraham needed to do, but the fulfillment of its promises is conditioned upon the actions of each generation of his descendants. It has not yet been fulfilled in its entirety. It is important to note in this chapter that Isaac is the son who receives the promises associated with the covenant and not Ishmael. (See: /WA-Catalog/ne_tw?section=kt#covenant, /WA-Catalog/ne_tw?section=kt#fulfill and /WA-Catalog/ne_tw?section=kt#promise)

Circumcision

Circumcision was an unusual practice in the ancient Near East. It served to separate the Hebrew people from the rest of the world. This chapter records the beginning of this practice among Abraham and his descendants. (See: /WA-Catalog/ne_tw?section=kt#circumcise)

Name change

In Scripture, a change in name always occurs at a highly significant point in a person's life. The beginning of the practice of circumcision was a significant event in the history of the Hebrew people.

<< | >>

Genesis 17:1

अब्राम उनान्सय वर्षको हुँदा

यो वाक्‍यांश कथाको नयाँ भाग सुरु हुँदै गरेको देखाउन प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने तपाईंले त्‍यो यहाँ प्रयोग गरेर हेर्न सक्‍नुहुन्छ ।

सर्वशक्‍तिमान् परमेश्‍वर

"सबै शक्ति भएको परमेश्‍वर" वा "परमेश्‍वर जससँग सबै शक्ति छ । "

मेरो सामु ... हिँड्

"हिँड्नु" शब्‍द जिउनुको रूपक हो र "मेरो सामु" वा " मेरो उपस्‍थितिमा" वाक्‍याशं आज्ञाकारिताको रूपक हो । अर्को अनुवाद: "मेरो इच्छा अनुसार तँ जिएस् ।" वा "मेरो आज्ञा पालन गर् ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्यसपछि ... म पक्का गर्नेछु

"यदि तैँले यसो गरिस् भने त्‍यसपछि ... म पक्‍का गर्नेछु ।"

आफ्नो करार म पक्‍का गर्नेछु

"म करार बाँध्‍नेछु ।" वा " म करार बनाउनेछु ।"

करार

यो करारमा परमेश्‍वरले अब्रामलाई आशिष्‌ दिने वाचा गर्नुहुन्छ तर उहाँ अब्रामले आज्ञा पालन गरेको पनि चाहनुहुन्‍छ ।

तँलाई अत्यन्तै वृद्धि गराउनेछु

"तेरा सन्‍तानहरू अत्‍यन्‍तै वृद्धि गरिदिनेछु ।" वा "तँलाई अति धेरै सन्‍तानहरू दिनेछु ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद

Genesis 17:3

अब्राम घोप्‍टो परे

" अब्रामले आफ्नो मुहार भूइँमा फर्काएर घोप्‍टो परेको" वा "अब्राम झट्टै आफ्नो मुहार भूइँमा फर्काएर पस्रिए ।" तिनले परमेश्‍वरप्रति आफ्नो आदर देखाउन र उहाँको आज्ञा पालन गर्न यसो गरे ।

निश्‍चय नै मेरो करार तँसँगै छ

यहाँ "निश्‍चय" शब्‍दले पछि के हुन्‍छ, त्‍यो पक्का छ, भन्‍छ: "मेरो करार पक्कै तिमीसँग छ ।"

धेरै जातिहरूका पिता

"धेरै संख्‍याका जातिहरूका पिता" वा " एक जसको नाउँमा धेरै जातिहरूले आफ्ना नाउँ राख्‍छन् ।"

अब्राहाम

अनुवादकले निम्‍न पाद टिप्‍पणी राख्‍न सक्‍छन्: "अब्राम" नाउँको अर्थ "उचालिएको पिता" र "अब्राहाम" नाउँ "असंख्‍यको पिता" जस्‍तो सुनिन्‍छ ।

म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु

"म तँलाई धेरै सन्‍तानहरू हुने बनाउनेछु ।"

तँबाट धेरै जातिहरू बनाउनेछु

"म तेरा सन्‍तानहरूलाई धेरै जातिहरू हुने बनाउनेछु ।"

तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्

"तेरा सन्‍तानहरूबाट राजाहरू हुनेछन्" वा "तेरा केही सन्‍तानहरू राजाहरू हुनेछन् ।

शब्द अनुवाद

Genesis 17:7

सामान्‍य जानकारी

परमेश्‍वर अब्राहामसँग निरन्‍तर बोलिरहनुहुन्छ।

सन्‍तानको बिचमा

"प्रत्‍येक पुस्ताको लागि"

नित्य रहिरहने करार

"करार जुन सदासर्वदा रहनेछ"

तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई

"तेरो परमेश्‍वर हुन र तेरो सन्‍तानहरूको परमेश्‍वर हुन" वा "करार"

कनान ... सधैँको निम्ति अधिकार

"कनान ... सधैँको लागि अधिकार" वा "कनान ... सदासर्वदा अधिकार गर्नु"

शब्द अनुवाद

Genesis 17:9

तैँलेचाहिँ

परमेश्‍वरले अब्रामसँग करारको रुपमा अब्रामले ‍ के गर्नुपर्नेछ भनी जानकारी दिन परमेश्‍वरले यो वाक्‍यांश प्रयोग गर्नुहुन्छ।

मेरो करार पालन गर्नु

"मेरो करारमा विचार गर्नु" वा " मेरो करारलाई आदर गर्नु" वा " मेरो करार मान्‍नु"

यो ... मेरो करार हो

"यो मेरो करारको आवश्‍यकता हो" वा "यो मेरो करारको भाग हो ।" यो वाक्‍यले अब्रामले गर्नैपर्ने करारको भागलाई जनाउँछ ।

तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ

यो कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: तिमीहरूका माझमा भएका हरेक पुरुषको खतना हुनैपर्छ ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हरेक पुरुष

यसले पुरुष मानिसलाई जनाउँछ ।

तिमीहरूको खलडीको खतना हुनुपर्छ

केही समुदायले " तिमीहरूको खतना हुनुपर्छ ।" भनी कम वर्णन गरिएको चाहनसक्‍छन् ।यदि "खतना हुनु" भन्‍ने तपाईंको अनुवादमा "खलडी" शब्‍द समावेश छ भने तपाईंले यो दोहोर्‍याउनुपर्दैन ।यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ ।उदाहरणको लागि: तिमीहरूको खलडीको खतना गरिनुपर्छ।"( हेनुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism/WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

करारको चिन्‍ह

"करार छ भनी देखाउने चिन्‍ह"

चिन्‍ह

सम्‍भावित अर्थहरू १) "एउटा चिन्‍ह" वा २) "चिन्‍हहरू"। पहिलोको अर्थ त्यहाँ एक चिन्‍ह र दोस्रोको अर्थ त्‍यहाँ एक भन्दा बढी चिन्‍ह हुनसक्छ । यहाँ "चिन्‍ह" शब्‍दको अर्थ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको केही कुराको सम्‍झना हो ।

शब्द अनुवाद

Genesis 17:12

सामान्‍य जानकारी

परमेश्‍वर अब्राहामसँग निरन्‍तर बोल्नुहुन्छ ।

हरेक पुरुष

" हरेक पुरुष मानिस

तिमीहरूका पुस्तौँसम्म

"हरेक पुस्तामा"

दाम हालेर किनेका

यसले दासहरूलाई जनाउँछ ।यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः दाम हालेर किनिएको"( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

मेरो करार तिमीहरूको शरीरमा ... हुनेछ

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ ।उदाहरणको लागि: मेरो करार तिमीहरूको शरीरमा ... बनाइनेछ " ( हेनुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

नित्य रहिरहने करार

"स्‍थायी करारको रुपमा ।" यो शरीरमा बनाइएको हुनाले कसैले सजिलै मेट्न सक्‍दैन ।

खतना नगरिएको पुरुष

यो कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ र तपाईंको भाषामा गलत अर्थ दिने शब्‍दहरू तपाईंले छोड्न सक्‍नुहुन्छ । अर्को अनुवादः "तिमीले खतना नगरेका पुरुषहरू" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ ।

सम्‍भावित अर्थहरूः १) खलडीको खतना नगरेको कुनैपनि पुरुषलाई म उसका मानिसहरूबाट उसलाई बहिष्कार गर्नेछु ।" वा २) खलडीको खतना नभएको कुनैपनि पुरुषलाई तिमीहरूले उसका मानिसहरूबाट बहिष्कार गरेको म चाहन्‍छु ।

उसका मानिसहरूबाट बहिष्कार

सम्‍भावित अर्थहरूः १) "मारिनु" वा २) " समुदायबाट धपाइदिनु" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

त्यसले मेरो करार भङ्‍ग गरेको छ

"त्यसले मेरा करारका नियमहरू पालन गरेको छैन ।" यही कारण ऊ उसका मानिसहरूबाट बहिष्कार गरिनेछ ।

शब्द अनुवाद

Genesis 17:15

साराईलाई चाहिँ

"लाई चाहिँ " शब्‍दहरूले परमेश्‍वरले बोल्नु भएको अर्को व्‍यक्तिको बारेमा जानकारी दिन्छ ।

त्यसद्वारा म तँलाई एउटा छोरो दिनेछु

"त्‍यसलाई तेरो निम्ति छोरो जन्‍माउने बनाउनेछु ।"

त्यो जाति-जातिहरूकी आमा हुनेछे

"उनी धेरै जातिहरूका पुर्खा हुनेछिन् ।(EN-UDB)" वा "उनका सन्‍तानहरू जातिहरू हुनेछन् ।"

जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन्

"मानिसहरूका राजाहरू उनीबाट आउनेछन् ।" वा " उनका केही सन्‍तानहरू मानिसहरूका राजाहरू हुनेछन् ।"

शब्द अनुवाद

Genesis 17:17

मनमनै यसो भने

"आफैभित्र सोचे" वा " चूपचाप आफैलाई भने ।"

के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र?

अब्राहामले यो आलङ्‍कारीक प्रश्‍न गरे किनभने यो हुनसक्छ भनी उनले विश्‍वास गरेनन् । अर्को अनुवादः "निश्‍चय नै एक सय वर्ष पुगेको मानिसले बच्चा जन्‍माउन सक्‍दैन !" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?

फेरि अब्राहाम आलंकारिक प्रश्‍न गर्छन् किनभने यो हुनसक्छ भनी उनले विश्‍वास गरेनन् । "नब्बे वर्ष पुगेकी" भन्‍ने वाक्‍यांशले अब्राहामले किन साराले छोरो जन्‍माउन सक्‍दिन भनी विश्‍वास गरेको बारे बताउँछ । अर्को अनुवादः "सारा नब्‍बे वर्षकी छे । के उनी छोरो जन्‍माउन सक्‍छे?" वा "सारा नब्‍बे वर्षकी छे । निश्‍चय नै उनले छोरो जन्माउन सक्दिन !" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion/WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

इश्माएल नै तपाईंको आशिष‍्‌मा बाँचिरहे त हुन्छ

" बिन्‍ती मसँग बाँध्‍नुभएको करार इश्माएलले अधिकार गरोस् " वा "सायद इश्माएलले तपाईंको करारको आशिष‍्‌ पाउनसक्‍छ ।" अब्राहामले आफूलाई साँच्‍चै हुनसक्ने भनी विश्‍वास लागेको कुराको बारे बताए ।

शब्द अनुवाद

Genesis 17:19

होइन, तर तेरी पत्‍नी साराले ... जन्माउनेछे

साराले छोरो जन्‍माउन सक्दिन भन्‍ने अब्राहामको धारणा सच्‍याउन परमेश्‍वरले यो भन्‍नुभयो ।

तैँले त्यसको नाउँ

"तैँले"शब्‍दले अब्राहामलाई जनाउँछ ।

इश्माएलको विषयमा

"विषयमा" भन्‍ने शब्‍दले परमेश्‍वरले जन्‍मने बालकको बारे भन्‍न छोडी इश्माएलको बारेमा भन्‍न लाग्‍नुभएको देखाउँछ ।

हेर्

"नियाल्" वा "सुन्" वा "म के भन्‍न जाँदैछु त्‍यसमा ध्‍यान दे"

त्यसलाई फल्दो-फुल्दो बनाएर

यो वाक् पद्धति हो जसले "त्‍यसलाई धेरै छोराछोरीहरू हुने बनाउने" भन्‍ने अर्थ दिन्छ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

र ... प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु

"र म त्‍यसलाई धेरै सन्‍तानहरू हुने बनाउनेछु ।"

जातिका अगुवाहरू

"प्रधानहरू" वा "शासकहरू" यी अगुवाहरू इस्राएलका बाह्र कुलहरूलाई अगुवाइ गर्ने याकूबका बाह्र छोराहरू र नातिहरूका होइनन् ।

तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु

परमेश्‍वर अब्राहामसँग आफ्नो करारको बारेमा कुरा गर्न फर्कनुहुन्छ र उहाँ आफ्नो प्रतिज्ञा इश्माएलमा नभई इसाकमा पुरा गर्नुहुनेमा जोड दिनुहुन्छ ।

शब्द अनुवाद

Genesis 17:22

तिनीसँग कुरा गरिसक्‍नुभएपछि

"जब परमेश्‍वरले अब्राहामसँग कुरा गरिसक्‍नुभएको थियो"

परमेश्‍वर अब्राहामदेखि छुट्टिनुभयो

"परमेश्‍वर अब्राहाम कहाँबाट जानुभयो ।"

अब्राहामले ... आफ्नो घरका सबै पुरुषहरू

"अब्राहामको घरानामा भएका हरेक पुरुष मानिस" वा "अब्राहामको घरानाको हरेक पुरुष व्‍यक्ति" यसले सबै उमेरका पुरुष मानिसहरूः बालकहरू, केटाहरू र मानिसहरू भन्‍ने जनाउँछ ।

शब्द अनुवाद

Genesis 17:24

तिनको घरमा जन्मेका र विदेशीबाट किनिएका सबै

"यसले तिनका घरानामा जन्‍मेकाहरू र तिनले विदेशीहरूबाट किनेर ल्याएकाहरू सबैलाई समावेश गर्छ ।

विदेशीबाट किनिएका

यसले सेवकहरू वा दासहरू भन्‍ने जनाउँछ ।

किनिएका

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवादः "जसलाई तिनले किनेका" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद