Genesis 18

Genesis 18 General Notes

Special concepts in this chapter
Three men

The three men who visited Abraham were probably angels. This is evident from Abraham's reaction to them. Also, it appears Abraham knew that he was speaking directly to Yahweh through these men. (See: /WA-Catalog/ne_tw?section=kt#angel and /WA-Catalog/ne_tm?section=translate#figs-explicit).

Disbelief

When Sarah heard the news that she was going to have a baby, she laughed in disbelief because she was considered too old to have a baby. She also asked a rhetorical question in order to further show her disbelief. This would have been considered an insult to God. (See: /WA-Catalog/ne_tw?section=kt#unbeliever and /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

In his exchange with God, Abraham did not show any sign of unbelief. Instead, he is asking God for mercy because he trusted in the character of God. He does not question God's power to accomplish things as Sarah had done. (See: /WA-Catalog/ne_tw?section=kt#trust)

Other possible translation difficulties in this chapter
Sarah's age

It should be apparent that Sarah was physically no longer able to have children because of her age. There is a natural period in a woman's life when she stops being able to have children. The text assumes the reader understands that Sarah has already experienced this event. In English, this is called "menopause." (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

<< | >>

Genesis 18:1

मम्रे

यो कटुसका रुखहरूको स्‍वामित्‍व गर्ने मानिसको नाउँ हो ।

पालको ढोकामा

"पाल खोल्ने ठाँउमा" वा "पालको प्रवेश द्वारमा"

दिउँसोको गर्मीमा

"दिनको सबैभन्दा गर्मी समय"

तिनले आफ्‍ना आँखा उठाएर हेरे, र तिनले आफ्‍नो सामु तीन जना मानिस उभिरहेका देखे

"तिनले आफ्‍ना आँखा उठाइ हेरे अनि तिनले तीन जना मानिस आफ्‍नो सामु उभिरहेका देखे ।"

आफ्नो सामु

"नजिकै" वा "त्‍यहाँ"।उनीहरू तिनको नजिक थिए तर उनीहरूतर्फ दौड्न मिल्नेगरी टाढा थिए ।

दण्‍डवत्

यसको अर्थ कसैलाई नम्रतापूर्वक सम्‍मान र आदर दिन झुक्‍नु हो ।

शब्द अनुवाद

Genesis 18:3

प्रभु

यो सम्‍मानको संज्ञा हो । सम्‍भावित अर्थहरूः १) यी मानिसहरूमध्‍ये एकजना परमेश्‍वर हुनुहुन्‍थ्‍यो भनी अब्राहामलाई थाहा थियो वा २) यी मानिसहरू परमेश्‍वरको तर्फबाट आएका थिए भनी अब्राहामलाई थाहा थियो ।

तपाईंको नजरमा

अब्राहाम मानिसहरूमध्‍ये एकजनासँग बोल्दैछन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

छोडेर नजानुहोस्‌

"कृपया हिँडी नहाल्‍नुहोस् "

आफ्‍नो दास

"म"। अब्राहाम आफ्ना पाहुनालाई सम्‍मान दिन यसरी आफूलाई सम्बोधन गर्छन् ।

केही पानी ल्‍याउन दिनुहोस्

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ ।उदाहरणको लागि:केही पानी ल्याउन दिइयोस्।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

केही पानी ... केही रोटी

"थोरै पानी ... थोरै रोटी" केही भन्‍नु उदारता देखाउने नम्र तरिका हो । अब्राहामले तिनीहरूलाई चाहिने भन्‍दा बदी पानी र रोटी दिनेछन् ।

आफ्‍ना गोडा धुनुहोस्

यो संस्‍कारले लामो समय हिँडेपछि थाकेका यात्रीहरूलाई ताजा हुन मद्दत गर्छ ।

तपाईंहरूको ... तपाईंहरू

अब्राहाम तीनैजना मानिसहरूसँग बोल्छन्, त्‍यसैले यहाँ तपाईंहरूको र तपाईंहरू लेख्नुपर्छ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-you)

शब्द अनुवाद

Genesis 18:6

पाँच पाथी

करिब २२ लिटर ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-bvolume)

रोटी

यो रोटी सम्‍भवतः छिटो तातो ढुङ्‍गामा पकाएको थियो । यो चेप्‍टो वा गोलो सानो रोटी हुनसक्छ ।

हतारमा

"नोकर हतारियो ।"

त्‍यसलाई ... तयार गर्न

"त्‍यसलाई काट्न, पोल्‍न, पकाउन"

दही

यसले जमेको दूधको ठोस भागलाई जनाउँछ।यो दही वा चिज हुनसक्छ ।

तयार गरिएको बाछाको मासु

"पोलेको / पकाएको बाछाको मासु"

उनीहरूका सामु

"तीनजना पाहुनाहरूको अगाडि"

शब्द अनुवाद

Genesis 18:9

उनीहरूले तिनलाई सोधे

"त्‍यसपछि उनीहरूले अब्राहामलाई सोधे"

परमप्रभुले भन्‍नुभयो, “... म निश्‍चय नै तँकहाँ फर्किआउनेछु ।"

"परमप्रभु" शब्‍दले अब्राहामले उत्‍पत्ति १८:३ मा "प्रभु" सम्बोधन गरेको व्‍यक्तिलाई जनाउँछ ।

आउँदो साल यही समयमा

"जब अर्को वर्ष यही ऋतु आउँछ ।" वा "आउँदो साल यही समयमा"( EN-UDB)

र हेर्

यहाँ "हेर्" शब्‍दले आउन लागेको अचम्‍मको कुरामा ध्‍यान दिएर सुन्‍न सजग गराउँछ ।

पछिल्तिर भएको ढोकाबाट

"पाल खोल्ने ढोकाबाट" वा "पालको प्रवेशद्वारमा"

शब्द अनुवाद

Genesis 18:11

म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्‍नुभएको छ, के मैले सुख पाउँछु र?

तपाईं "बच्चा जन्माउन" वाक्‍यांश थप्‍न सक्नुहुन्छ । (EN-UDB)साराले यो आलंकारीक प्रश्‍न गरी किनभने आफूले बच्चा जन्माउन सक्छु भनेर तिनले विश्‍वास गरिन । अर्को अनुवाद: "मैले बच्चा जन्माउने आनन्‍दको अनुभव गर्नेछु भनेर म विश्‍वास नै गर्नसक्दिनँ । मेरा स्‍वामी पनि धेरै वृद्ध हुनुहुन्‍छ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मेरा स्वामी पनि वृद्ध भइसक्‍नुभएको छ

यसको अर्थ "मेरा पति पनि वृद्ध भइसक्‍नुभएकोले ।"

मेरा स्‍वामी

यो साराले आफ्ना पति अब्राहामलाई दिएको सम्‍मानको संज्ञा हो ।

शब्द अनुवाद

Genesis 18:13

बुढेसकालमा मैले छोराछोरी पाउँछु र भनेर सारा किन हाँसी?

परमेश्‍वरले साराले के सोच्दैछे र त्यसबाट उहाँ प्रशन्‍न हुनुभएन भन्‍ने देखाउन यो आलंकारीक प्रश्‍न प्रयोग गर्नुभयो । उहाँ भिन्‍न शब्दहरू प्रयोग गर्दै साराको आलंकारीक प्रश्‍न दोहोर्‍याउनुहुन्छ (उत्‍पत्ति १८:१२) । अर्को अनुवाद: "साराले हाँसेर 'मैले बच्चा जन्माउनेछैनँ किनभने म धेरै वृद्ध छु !' भन्‍नु गलत थियो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र?

"के यस्‍तो कुनै कुरा छ जुन परमप्रभु गर्नसक्नुहुन्‍न ?" परमप्रभुले अरू कसैको बारेमा बोले जस्‍तैगरी आफ्नो बारेमा बोल्नुहुन्छ कि उहाँ, परमप्रभु, महान् हुनुहुन्छ र जेपनि गर्न सक्नुहुन्छ । अर्को अनुवाद: "म, परमप्रभुले गर्न नसक्ने यस्‍तो कुनै कुरा छैन !" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person/WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

अर्को साल मैले तोकेको समयमा

"मैले नियुक्त गरेको समयमा, जुन अर्को सालमा पर्छ"

त्यसपछि साराले इन्कार गर्दै यसो भनिन्

"त्यसपछि साराले इन्‍कार गरी र भनी"

उहाँले जवाफ दिनुभयो

"परमप्रभुले जवाफ दिनुभयो"

होइन, तँ हाँसेकै होस् ।

"हो, तँ हाँसेकै होस् ।" यसको अर्थ "होइन, त्यो सत्‍य होइन; तँ वास्‍तवमा हाँसेकै होस् ।"

शब्द अनुवाद

Genesis 18:16

अलि परसम्‍म उनीहरूलाई बिदा गर्न गए

"उनीहरूलाई उनीहरूको बाटोमा जान दिए" वा " उनीहरूलाई 'बिदाइ' दिन गए ।(EN-UDB)पाहुनाहरू जान लाग्दा उनीहरूसँग केही दूरी हिँड्नुले नम्रता देखाउँथ्यो ।

मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?

उहाँ अब्राहामसँग एकदम महत्‍‍‍वपूर्ण कुरा बोल्न जाँदैहुनुहुन्थ्‍यो र यसो गर्नु उहाँको लागि उत्तम थियो भन्‍न परमेश्‍वरले यो आलंकारीक प्रश्‍न गर्नुभयो । अर्को अनुवादः "मैले गर्न लागेको काम अब्राहामबाट लुकाउनुपर्दैन र लुकाउनेछैन ।" वा "मैले गर्न लागेको काम अब्राहामलाई भन्‍नुपर्छ र भन्‍नेछु ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः "अब्राहामद्वारा पृथ्‍वीका सबै जातिहरूआशिषित हुनेछन् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्‍यसद्वारा ... आशिष्‌ पाउनेछन्‌

"अब्राहामको कारण ... आशिष्‌ पाउनेछन्" वा "... आशिष्‌ पाउनेछन् किनभने मैले अब्राहामलाई आशिष्‌ दिएको छु ।" "त्‍यसद्वारा" अनुवाद गर्न उत्‍पत्ति १२:३ मा "तँद्वारा" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पालन गर्नलाई आज्ञा देओस्‌

"ताकि त्‍यसले निर्देशन दिनेछ ।" वा "ताकि त्‍यसले आज्ञा दिनेछ ।"

परमप्रभुको मार्ग पालन गर्न ... परमप्रभुले ... भन्‍नुभएको ... पुरा गर्नुभएको होस्

परमप्रभु उहाँ अर्कै व्‍यक्ति जस्तैगरी आफ्नो बारेमा भन्दै हुनुहुन्छ । अर्को अनुवादः " म, परमप्रभुको आज्ञापालन गर्न ... म, परमप्रभुले ... भनेको ... म, परमप्रभुले पुरा गर्न सकूँ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)

परमप्रभुको मार्ग पालन गर्न

"परमप्रभुको आज्ञापालन गर्न"

धर्म र न्‍याय गरेर

"धर्म र न्याय गर्नु ।" यसले कसरी परमप्रभुको मार्ग पालन गर्ने भन्‍ने बताउँछ ।

ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।

"ताकि परमप्रभुले उहाँले गर्नुहुने भन्‍नुभए जस्‍तै अब्राहामलाई आशिष्‌ दिनुभएको होस् ।"यसले अब्राहामलाई आशिष्‌ दिने र तिनलाई ठूलो जाति बनाउने करार प्रतिज्ञालाई जनाउँछ ।

शब्द अनुवाद

Genesis 18:20

सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठूलो

यसमा नयाँ शब्दहरू राख्‍न सकिन्छ ताकि "उठेको आवाज" वाक्यांशले "आरोप" विशेषणको भाव व्‍यक्त गर्छ । अर्को अनुवादः सदोम र गमोराका मानिसहरूले दुष्‍ट कार्यहरू गर्दैथिए भनी धेरै मानिसहरूले आरोप लगाउँदै थिए ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

तिनीहरूका पाप साह्रै गम्भीर भएको

"तिनीहरूले धेरै पाप गरेको"

म तल जानेछु

"म तल सदोम र गमोरामा जानेछु ।"

हेर्नलाई ... तल जानेछु

"पत्ता लगाउन ... तल जानेछु" वा "निर्णय गर्न ... तल जानेछु ।"

मकहाँ आएको ... आवाजअनुसार ... हेर्नलाई म तल जानेछु

यस विषयमा उहाँलाई थाहा भएजस्‍तै परमप्रभु बोल्नुहुन्छ किनभने सतावट भोगेका मानिसहरूबाट आएको रुवाइ र आरोप उहाँले सुन्‍नुभएको थियो ।यसमा नयाँ शब्दहरू राख्‍न सकिन्छ ताकि "आवाज" शब्दले "आरोप" विशेषणको भाव व्‍यक्त गर्छ । अर्को अनुवादः "तिनीहरूलाई दोष लगाउँदै गरेकाहरूले भनेजस्तै तिनीहरू दुष्‍ट छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

होइन रहेछ भने

"यदि तिनीहरू उठेको आवाज जत्तिको दुष्‍ट छैनन् भने"

शब्द अनुवाद

Genesis 18:22

त्‍यहाँबाट ... गए

"अब्राहामको पालबाट गए ।"

अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे

"अब्राहाम र परमप्रभु एकसाथ रहे ।

नजिक गएर

"परमप्रभुको नजिक गएर" वा "परमप्रभुतिर अघि बढेर"

नष्ट गर्नुहुनेछ

मानिसहरूलाई नाश गर्ने कुरालाई अब्राहाम कुचोले धूलो बरालेजस्‍तै गरी बोल्छन् । अर्को अनुवादः "नाश"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै

"धर्मी मानिसहरूलाई दुष्‍ट मानिसहरूसँग"

शब्द अनुवाद

Genesis 18:24

सामान्‍य जानकारी

अब्राहाम परमप्रभुसँग निरन्‍तर कुराकानी गर्छन् ।

सायद त्‍यस सहरमा

"मानौं त्‍यस सहरमा"

के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?

परमप्रभुले ,"म त्‍यसलाई नष्‍ट गर्ने छैन ।" भन्‍नुहुने अब्राहामले आशा गर्दै थिए ।अर्को अनुवादः "मलाई लाग्छ तपाईंले त्‍यसलाई नष्‍ट गर्नुहुनेछैन ।बरु तपाईंले त्‍यहाँ भएका पचास धर्मीहरूका खातिर त्‍यस ठाउँलाई छोडिदिनुहुनेछ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

नष्‍ट पार्नुहुने

" नाश गर्नुहुने ।" मानिसहरूलाई नाश गर्ने कुरालाई अब्राहाम कुचोले धूलो बरालेजस्‍तै गरी बोल्छन् । अर्को अनुवादः त्‍यहाँ रहेका मानिसहरूलाई नाश गर्ने " ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर

परमप्रभुले ,"म पचास धर्मी मानिसहरूका खातिर त्‍यस ठाउँलाई छोडिदिनेछु ।" भन्‍नुहुने अब्राहामले आशा गर्दै थिए ।

सहरलाई छोड़िदिनेछु

"मानिसहरूलाई जीवित रहन दिनु"

खातिर

"त्‍यसकारण"

यस्तो कुरा तपाईंबाट टाढा रहोस्

यहाँ "तपाईंबाट टाढा रहोस्" भन्‍नु वाक् पद्धति हो जसको अर्थ व्‍यक्तिले त्‍यसतो केही कुरा गर्नुहुँदैन भन्‍नु हो । अर्को अनुवादः तपाईंले त्‍यस्तो केही कुरा गर्नुभएको म कदापि चाहनेछैनँ ।" वा " तपाईंले त्‍यसतो केही कुरा गर्ने इच्छा गर्नुहुँदैन । " ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मार्ने ... यस्‍तो कुरा

"मार्ने जस्‍ता कुरा" वा "यस्‍तो कुरा ,जुन हो, मार्ने"

धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर

यो कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: धर्मीलाई पनि दुष्‍टलाई जस्‍तै व्‍यवहार गरिनुपर्छ ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?

परमेश्‍वरले के गर्नुभएको तिनले अपेक्षा गरे भन्‍ने बताउन अब्राहामले यो आलंकारीक प्रश्‍न प्रयोग गरे ।अर्को अनुवादः सारा पृथ्‍वीका न्‍यायकर्ताले निश्‍चय नै न्‍यायोचित काम गर्नुहुनेछ !" वा "तपाईं सारा पृथ्‍वीका न्‍यायकर्ता हुनुभएकोले तपाईंले निश्‍चय सही कुरा गर्नुहुनेछ !" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

न्‍यायकर्ता

परमेश्‍वरलाई प्रायः न्यायकर्ता भनिन्छ किनभने उहाँ एक सिद्ध न्यायकर्ता हुनुहुन्छ जसले के सही हो वा गलत हो भन्‍ने बारेमा अन्तिम निर्णय दिनुहुन्छ ।

शब्द अनुवाद

Genesis 18:27

हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" शब्दले हुन लागेको अचम्‍मको कुरातर्फ ध्यानाकर्षण गर्छ ।

म ... कुरा गर्न आँट गरेको छु

"मलाई क्षमा गर्नुहोस् कि म तपाईंसँग बोल्ने आँट गर्दैछु ।" वा "बोल्ने साहस गरेकोमा मलाई क्षमा गर्नुहोस् ।"

परमप्रभुसँग

अरु कसैसँग बोलिरहेको जस्तैगरी परमप्रभुसँग बोलेर अब्राहामले आफ्नो आदर परमप्रभुलाई देखाउँछ । अर्को अनुवादः "तपाईं, मेरो परमप्रभुसँग" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)

केवल माटो र खरानी मात्र

यस रूपकले अब्राहामलाई एक मानव जातिको रुपमा वर्णन गर्छ जो मर्नेछ र जसको शरीर माटो र खरानीमा परिणत हुनेछ । अर्को अनुवादः "केवल एउटा नाशवान् मानिस" वा "माटो र खरानीजस्‍तै महत्‍‍‍वहीन" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

पाँच कम पचास जना धर्मी जन

"केवल पैँतालीस जना धर्मी जन

पाँच मात्र घटी भएको कारण

"यदि त्यहाँ पाँच जना धर्मी जनको कमी"

म त्‍यो नाश गर्नेछैनँ

"म सदोमलाई नाश गर्नेछैनँ ।"

शब्द अनुवाद

Genesis 18:29

तिनले ... उहाँसँग बोल्दै भने

"अब्राहामले परमप्रभुसँग बोल्दै भने"

यदि त्‍यहाँ चालीस रहेछन्‌ भने

यसको अर्थ "यदि तपाईंले सदोम र गमोरामा चालीस जना धर्मी जन भेट्टाउनुहुन्छ भने"

उहाँले भन्‍नुभयो

"परमप्रभुले जवाफ दिनुभयो"

चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।

यदि म त्यहाँ चालीस जना धर्मी जनलाई भेट्टाउँछु भने म त्यो सहरलाई नाश गर्नेछैनँ ।"

तिस

"तिस जना धर्मी जन" वा "तिस जना असल मानिस"

हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" शब्दले हुन लागेको अचम्‍मको कुरातर्फ ध्यानाकर्षण गर्छ ।

मैले ... कुरा गर्न आँट गरेको छु

"मलाई क्षमा गर्नुहोस् कि म तपाईंसँग बोल्ने आँट गर्दैछु ।" वा "बोल्ने साहस गरेकोमा मलाई क्षमा गर्नुहोस् ।" उत्‍पत्ति १८:२७ मा यो कसरी अनुवाद भएको छ हेर्नुहोस् ।

बिस

"बिस जना धर्मी जन " वा "बिस जना असल मानिस"

शब्द अनुवाद

Genesis 18:32

सायद त्‍यहाँ दस जना पाइन्छन् होला

"सायद तपाईंले त्‍यहाँ दस जना धर्मी जन भेट्टाउनुहुनेछ"

दस

" दस जना धर्मी जन" वा "दस जना असल मानिस"

उहाँले भन्‍नुभयो

"र परमप्रभुले जवाफ दिनुभयो "

दस जनाको खातिर

"यदि म दस जना धर्मी जन भेट्टाउँछु भने"

परमप्रभु गइहाल्‍नुभयो

"परमप्रभुले प्रस्‍थान गर्नुभयो" वा "परमप्रभु जानुभयो" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद