Names

अकिलास

परिभाषा:

अकिलास पोन्टस प्रान्तका एक यहूदी ख्रीष्‍टियान थिए । यो प्रान्त काला समुद्रको उत्तरी तटनेर पथ्र्यो ।

  • अकिलास र प्रिस्किला केही समय इटालीको रोममा बसे । त्यसपछि रोमी सम्राट् क्लौडियसले सबै यहूदीहरूलाई रोम छाड्न बाध्य पारे ।
  • अकिलास र प्रिस्किला यात्रा गरी कोरिन्थमा आइपुगेपछि, त्यहाँ तिनीहरूले प्रेरित पावललाई भेटे ।
  • तिनीहरूले पावलसँगै पाल बनाउने काम गर्नुका साथै तिनको मिसनरी काममा पनि मदत गरे ।
  • अकिलास र प्रिस्किला दुवैले विश्‍वासीहरूलाई येशूको बारेमा भएको सत्यता सिकाए । ती विश्‍वासीहरूमध्ये अपोल्लोस वरदान प्राप्‍त शिक्षक थिए ।

अजर्याह

परिभाषा:

अजर्याह पुरानो करारमा केही मानिसहरूको नाउँ थियो ।

  • एक जना अजर्याह निकै परिचित छन्, जसको बेबिलोनी नाउँ अबेद्नगो हो । नबूकदनेसरका सेनाद्वारा बेबिलोनी निर्वासनमा लगिने यहूदाका मनग्गे इस्राएलीहरूमध्ये तिनी एक थिए । अजर्याह र तिनका सङ्गी इस्राएलीहरू (हनन्याह र मीशाएल) ले बेबिलोनका राजाको पूजा गर्न इन्कार गरे । त्यसैले, राजाले दण्डस्वरूप तिनीहरूलाई बलिरहेको आगोको भट्टीमा फ्याँक्‍न लगाए । तर परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुभयो, र तिनीहरूलाई पटक्‍कै चोट लागेन ।
  • यहूदाका राजा उज्जिाह पनि “अजर्याह” भनी चिनिन्थे ।
  • अर्का अजर्याह पुरानो करारका प्रधान पूजाहारी थिए ।
  • यर्मिया अगमवक्ताको समयमा अजर्याह नाउँ गरेका मानिसले आ-आफ्ना मातृभूमि छाडी परमेश्‍वरप्रति अनाज्ञाकारी बन्‍न इस्राएलीहरूलाई गलत किसिमले अनुरोध गरे ।

अतल्याह

परिभाषा:

अतल्याह यहूदाका राजा यहोरामकी दुष्‍ट पत्‍नी थिइन् । उनी इस्राएलका दुष्‍ट राजा ओम्रीकी नातिनी थिइन् ।

  • यहोरामको मृत्युपश्‍चात् अतल्याहका छोरा अहज्याह राजा भए ।
  • अतल्याहका छोरा अहज्याह मर्दा उनले राजाका बाँकी सबै परिवारलाई मार्ने षड्यन्‍त्र बुनिन् ।
  • तर अतल्याहका जवान नाति योआशलाई तिनकी काकीले लुकाएकीले तिनी मारिएनन् । पछि तिनी यहूदाका राजा बने ।

अदन, अदनको बगैँचा

परिभाषा:

प्राचीन समयमा अदन नाम गरेको एउटा ठाउँमा एउटा बगैंचा थियो, जहाँ परमेश्‍वरले प्रथम स्‍त्री र पुरुषलाई राख्‍नुभएको थियो ।

  • उक्त बगैँचा अदनको एउटा भाग मात्र थियो ।
  • अदन कुन ठाउँमा पर्छ भनेर यकिन गर्न सकिएको छैनl
  • उक्त बगैंचालाई “याहोवेको बगैँचा” पनि भनिन्छ ।
  • “अदन” हिब्रू भाषाबाट आएको शब्द हो, जसको अर्थ हुन्‍छ “अत्यन्तै आनन्दित हुनु” ।

अदोनियाह

परिभाषा:

अदोनियाह राजा दाऊदका चौथो छोरा थिए ।

  • अदोनियाहका दाजुहरू अब्शालोम र अमनोनको मृत्युपछि तिनी इस्राएलको राजा हुन खोजे ।
  • तर परमेश्‍वरले दाऊदका छोरा सोलोमनलाई सिंहासन दिने प्रतिज्ञा गर्नुभएको थियो । त्यसैले, अदोनियाहको षड्यन्‍त्र विफल पारी सोलोमनलाई सिंहासन दिइयो ।
  • अदोनियाहले दोस्रो पटक आफैलाई राजा बनाउने प्रयत्‍न गर्दा, सोलोमनले तिनलाई मारे ।

अन्द्रियास

परिभाषा:

येशूले आफ्ना सबैभन्दा नजिकका चेलाहरू (जसलाई पछि प्रेरितहरू भनियो) बन्‍न छान्‍नुभएका बाह् मानिसमध्ये अन्द्रियास एक थिए ।

  • अन्द्रियासका भाइ सिमोन पत्रुस थिए । ती दुवै जना मछुवाहरू थिए ।
  • येशूले पत्रुस र यूहन्‍नालाई उहाँका चेलाहरू बन्‍न बोलाउनुहुँदा तिनीहरू गालील समुद्रमा माछा मार्दै थिए ।
  • पत्रुस र अन्द्रियासले येशूलाई भेट्नुअगि तिनीहरू बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू थिए ।

अपोल्लोस

परिभाषा:

अपोल्लोस ग्रिसमा पर्ने अलेक्जेन्ड्रिया सहरका यहूदी थिए, जससित मानिसहरूलाई येशूको बारेमा सिकाउने विशेष खुबी थियो ।

  • अपोल्लोस हिब्रू धर्मशास्‍त्रका ज्ञाता थिए, र वरदान प्राप्‍त वक्ता थिए ।
  • एफिससमा अकिलास र प्रिस्किला नाउँ गरेका दुई जना ख्रीष्‍टियानले तिनलाई निर्देशन दिए ।
  • पावलले जोड दिए, कि तिनी र अपोल्लोस, अनि अन्य सुसमाचार प्रचारकहरू र शिक्षकहरू मानिसहरूले येशूमाथि विश्‍वास गरून् भनेर तिनीहरूलाई मदत पुर्‍याउने उही लक्ष्यको लागि काम गर्दै थिए ।

अबनेर

परिभाषा:

पुरानो करारमा अबनेर राजा शाऊलका नातेदार थिए ।

  • अबनेर शाऊलका सेनाका प्रधान सेनापति थिए । दाऊदले बडेमानको जिउ भएको गोल्यतलाई मारेपछि अबनेरले जवान दाऊदलाई शाऊलसित परिचित गराएका थिए ।
  • राजा शाऊलको मृत्युपश्‍चात् अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई इस्राएलमा राजा नियुक्त गरे, भने यहूदामा दाऊद राजा नियुक्त गरिए ।
  • पछि दाऊदका प्रधान सेनापति योआबले अबनेरलाई धोका दिई तिनको हत्या गरे ।

अबिया

परिभाषा:

अबिया यहूदाका राजाको नाउँ थियो, जसले ९१५-९१३ ख्रीष्‍टपूर्वसम्म शासन गरे । तिनी रहबामका छोरा थिए । पुरानो करारमा अरू केही मानिसहरूका नाउँ पनि अबिया थियो ।

  • शमूएलका छोराहरू अबिया र योएल बेर्शेबामा इस्राएलका मानिसहरूमाथि अगुवाहरू थिए । अबिया र तिनका भाइ बेइमान र लोभी भएकाले तिनीहरूको साटो राजा नियुक्त गर्न मानिसहरूले शमूएललाई अनुरोध गरे ।
  • अर्का अबिया राजा दाऊदको समयमा मन्दिरमा सेवा गर्ने एक पूजाहारी थिए ।
  • अबिया राजा यरोबामका छोराहरूमध्ये एक जनाको नाउँ थियो ।
  • अबिया एक जना मुख्य पूजाहारीको नाउँ पनि थियो, जो बेबिलोनी निर्वासनबाट यरुबाबेलसँगै यरूशलेम फर्के ।

अबियाथार

परिभाषा:

अबियाथार राजा दाऊदको समयमा इस्राएल जातिका लागि प्रधान पूजाहारी थिए ।

  • राजा शाऊलले पूजाहारीहरूको हत्या गर्दा, अबियाथार भागे, र उजाड-स्थानमा दाऊदकहाँ गए ।
  • दाऊदको शासनकालभर अबियाथार र सादोक नाउँका अर्का प्रधान पूजाहारीले विश्‍वाससाथ दाऊदको सेवा गरे ।
  • दाऊदको मृत्युपश्‍चात् अबियाथारले सोलोमनको साटो अदोनियाहलाई राजा बन्‍न कोसिस गर्न मदत पुर्‍याए ।
  • यही कारणले गर्दा, राजा सोलोमनले अबियाथारलाई पूजाहारी पदबाट हटाइदिए ।

अबीमेलेक

परिभाषा:

अबीमेलेक एक पलिश्ती राजा थिए । अब्राहाम र इसहाक कनान देशमा बस्दा तिनले गरारमा शासन गरिरहेका थिए ।

  • सारा आफ्नी पत्‍नी नभई बहिनी हुन् भनेर अब्राहामले अबीमेलेकलाई छल गरे ।
  • बेर्शेबामा भएका इनारहरूको स्वामित्वको सम्बन्धमा अब्राहाम र अबीमेलेकले एउटा सहमति जनाए ।
  • वर्षौंपश्‍चात् रिबेका आफ्नी पत्‍नी नभई बहिन् हुन् भनेर इसहाकले पनि अबीमेलेक र गरारका मानिसहरूलाई छल गरे ।
  • आफूलाई झुट बोलेकामा राजा अबीमेलेकले अब्राहाम र पछि इसहाकलाई हप्काए ।
  • अबीमेलेक नाउँ भएका अर्का मानिस गिदोनका छोरा र योतामका भाइ थिए । तिनी राजा अबीमेलेकभन्दा फरक व्‍यक्‍ति हुन् भनी प्रस्ट पार्न केही अनुवादहरूले तिनको नाउँको लागि अलि फरक हिज्जेको प्रयोग गर्न सक्छन् ।

अब्राहाम, अब्राम

परिभाषा:

अब्राम ऊर सहरका मानिस थिए, जो एक कल्दी थिए । परमेश्‍वरले तिनलाई इस्राएलीहरूका पुर्खा बन्‍न चुन्‍नुभयो । परमेश्‍वरले तिनको नाउँ परिवर्तन गरी “अब्राहाम” राख्‍नुभयो ।

  • “अब्राम” नाउँको अर्थ हुन्छ, “उचालिएका पिता ।”
  • “अब्राहाम” को अर्थ हुन्छ, “धेरैका पिता ।”
  • अब्राहामका धेरै सन्तानहरू हुने थिए, जो एउटा ठुलो जातिमा परिणत हुने थियो भनी परमेश्‍वरले तिनीसित प्रतिज्ञा गर्नुभयो ।
  • अब्रहामले परमेश्‍वरमाथि विश्‍वास गरे, उहाँको आज्ञा पालन गरे । परमेश्‍वरले अब्राहामलाई कल्दीबाट कनान देशमा ल्याउनुभयो
  • अब्राहाम र तिनकी पत्‍नी कनान देशमा बस्दा तिनीहरू निकै पाका भइसकेका थिए, जुन बेला तिनीहरूले छोरो इसहाकलाई जन्म दिए ।

अब्शालोम

परिभाषा:

अब्शालोम राजा दाऊदका तेस्रा छोरा थिए । तिनी आफ्नो सुन्दर चेहरा र अग्‍निमय रिसको लागि परिचित थिए ।

  • अब्शालोमकी बहिनी तामारलाई तिनीहरूका सौतेनी भाइ अमनोनले बलत्कार गर्दा अब्शालोमले अमनोनलाई मार्ने योजना बनाए ।
  • अमनोनको हत्यापश्‍चात् अब्शालोम गशूरको क्षेत्रमा भागेर गए (तिनकी आमा माका त्यहीँकी थिइन्), जहाँ तिनी तिन वर्ष बसे । त्यसपछि राजा दाऊदले तिनलाई यरूशलेम फर्केर आउन आज्ञा गरे, तर दुई वर्षसम्म दाऊदले तिनलाई तिनको उपस्थितिमा आउने अनुमति दिएनन् ।
  • अब्शालोमले केही मानिसहरूलाई राजा दाऊदको विरुद्धमा उक्साई तिनको विरुद्धमा विद्रोह गरे ।
  • दाऊदका सेनाले अब्शालोमको विरुद्धमा लडाइँ गरी तिनलाई मारे । यस घटनाले दाऊदलाई निकै शोकित तुल्यायो ।

अमनोन

परिभाषा:

अमनोन राजा दाऊदका जेठा छोरा थिए, जसकी आमा अहीनोम थिइन् ।

  • अमनोनले आफ्नी सौतेली बहिनी तामारलाई बलत्कार गरे, जो अब्शोलमकी बहिनी थिइन् ।
  • यही कारणले गर्दा, अब्शालोमले अमनोनको विरुद्धमा षड्यन्‍त्र रची तिनको हत्या गर्न लगाए ।

अमस्याह

परिभाषा:

आफ्ना पिता राजा योआश मारिएपछि अमस्याह यहूदा राज्यको राजा बने ।

  • राजा अमस्याहले यहूदामाथि २९ वर्ष अर्थात् ७९६-७६७ ख्रीष्‍टपूर्वसम्म शासन गरे ।
  • तिनी एक असल राजा थिए । तर तिनले मूर्तिहरूको पूजा गरिने उच्‍च स्थानहरूलाई भने भत्काएनन् ।
  • आफ्ना पिताको हत्याको लागि जिम्मेवार सबै मानिसहरूलाई अन्त्यमा अमस्याहले मारे ।
  • तिनले विद्रोही एदोमीहरूलाई पराजित गरे, र तिनीहरूलाई यहूदा राज्यको नियन्‍त्रणमुनि ल्याए ।
  • तिनले इस्राएलका राजा यहोआशलाई युद्धको लागि चुनौती दिए, तर तिनी हारे । यरूशलेमका पर्खालहरूको भाग नष्‍ट पारिए, अनि मन्दिरमा भएका चाँदी र सुनका भाँडाहरू चोरिए ।
  • वर्षौंपश्‍चात् राजा अमस्याह यहोवे परमेश्‍वरबाट तर्के, र यरूशलेममा भएका केही मानिसहरू मिलेर षड्यन्‍त्र गरी तिनको हत्या गरे ।

अमालेक, अमालेकी

परिभाषा:

अमालेकीहरू घुमन्ते जाति थिए, जो नेगेब उजाड-स्थानदेखि अरब देशसम्म कनानको दक्षिणी भागमा बस्थे । यो जाति एसावका नाति अमालेकका सन्तानहरूबाट बनेको थियो ।

  • इस्राएलीहरू पहिलो पटक कनानमा बस्‍न आएको समयदेखि नै अमालेकीहरू तिनीहरूका कटु शत्रुहरू थिए ।
  • सबै अमालेकीहरूलाई जनाउन कहिले काहीँ “अमालेक” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)
  • अमालेकीहरूको विरुद्धमा भएको एउटा युद्धमा मोशाले आफ्ना हात माथि उचाल्दा इस्राएलीहरू विजयी हुन्थे । थाकेर तिनले आफ्ना हात तल झार्दा तिनीहरू हार्न थाल्थे । त्यसैले, इस्राएली सेनाले अमालेकीहरूलाई पराजित नगरेसम्म हारून र हूरले मोशाका हात थामिराख्‍न मदत गरे ।
  • राजा शाऊल र राजा दाऊद दुवैले अमालेकीहरूको विरुद्धमा सैनिक अभियानलाई अगुवाइ गरे ।
  • एक पटक अमालेकीहरूमाथि विजय हासिल गरेपछि लुटका केही मालहरूलाई सुरक्षित राखेर र परमेश्‍वरले आज्ञालाई नमानी अमालेकी राजालाई नमारेर शाऊलले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरे ।

अम्मोन, अम्मोनीहरू, अम्मोनी स्‍त्री

परिभाषा:

“अम्मोनका मानिसहरू” वा “अम्मोनीहरू” कनानमा बस्‍ने एउटा जाति थियो । तिनीहरू बेन-अमीका सन्तानहरू थिए । बेन-अमी लोत र तिनकी कान्छी छोरीबाट जन्मेका सन्तान थिए ।

  • “अम्मोनी स्‍त्री” ले खास गरी नारी अम्मोनीलाई जनाउँछ । यसलाई “अम्मोनी महिला” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • अम्मोनीहरू यर्दन नदीको पूर्वमा बसोबास गर्थे, र तिनीहरू इस्राएलीहरूका शत्रुहरू थिए ।
  • एक पटक अम्मोनीहरूले इस्राएललाई सराप दिन बालाम अगमवक्तालाई भाडामा लिए, तर परमेश्‍वरले त्यसो हुने अनुमति दिनुभएन ।

अय्यूब

परिभाषा:

अय्यूब यस्ता मानिस थिए जसलाई बाइबलले परमेश्‍वरको सामु निर्दोष र धर्मी भनी बयान गर्छ । भयङ्कर दुःखकष्‍ट र शोकको घडी भएर जानुपर्दा पनि तिनी परमेश्‍वरमाथि विश्‍वासमा अडिग रहेका थिए भन्‍ने सम्बन्धमा तिनी निकै परिचित छन् ।

  • अय्यूब नोआको विश्‍वव्यापी जलप्रलयको केही समयपछि र अब्राहामको समयभन्दा अगि यस धरतीमा बाँचेका थिए भनी विश्‍वास गरिन्छ ।
  • अय्यूबको मृत्यु हुँदा सम्भवतः तिनी दुई सय वर्ष नाघेका थिए ।
  • अय्यूबको जीवनमा आइपरेका डरलाग्दा घटनाहरूको कारणले तिनले कसरी दुःख भोगे भन्‍ने विषयमा बाइबलमा सूचीकृत अय्यूबको पुस्तकले बयान गर्दछ । तिनी र अरूहरूले त्यस दुःखकष्‍टप्रति कस्तो प्रतिक्रिया देखाए र सार्वभौम सृष्‍टिकर्तासाथै सारा विश्‍वको शासकको रूपमा परमेश्‍वरको दृष्‍टिकोण त्यसप्रति कस्तो रहेको थियो भनेर पनि यस पुस्तकले बताउँछ ।
  • सबै विपत्तिपश्‍चात् अन्त्यमा परमेश्‍वरले अय्यूबलाई पुनस्थापित गर्नुभयो र परिवारसाथै धनसम्पत्तिद्वारा बेसरी आशिष् दिनुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, नोआ, जलप्रलय)

बाइबलका सन्दर्भहरूः

  • याकूब ०५:९-११
  • अय्यूब ०३:४-५

अरब, अरबी

परिभाषा:

अरब संसारकै सबैभन्दा ठुलो प्रायद्वीप हो । यसले ३० लाख वर्ग किलोमिटर क्षेत्र ओगट्छ । यो इस्राएलको दक्षिण-पूर्वमा अवस्थित छ । लाल समुद्र, अरबी समुद्र र फारसको खाडी यसका सिमानाहरू हुन् ।

  • अरबमा बस्‍ने व्‍यक्‍ति वा अरबसित सम्बन्धित कुनै पनि कुरोलाई जनाउन “अरबी” शब्दको प्रयोग गरिन्छ ।
  • अरबमा बस्‍ने सबैभन्दा अगिल्ला मानिसहरू शेमका नातिहरू थिए । अरबमा बस्‍ने सुरु-सुरुका अन्य मानिसहरूमा अब्राहामका छोरा इश्माएल, तिनका सन्तानहरूसाथै एसावका सन्तानहरू पर्थे ।
  • इस्राएलीहरू ४० वर्ष भौतारिएको उजाड-स्थानको क्षेत्र यही अरबमा पथ्र्यो ।
  • येशूमा विश्‍वास गरेपछि प्रेरित पावलले अरबको उजाड-स्थानमा केही वर्ष बिताए ।
  • गलातियामा भएका ख्रीष्‍टियानहरूलाई लेखिएको आफ्नो पत्रमा सीनै पर्वत अरबमा पथ्र्यो भनी पावलले उल्लेख गरे ।

अराबा

परिभाषा:

पुरानो करारको शब्द “अराबा” ले अक्सर ज्यादै ठुलो उजाड-स्थान र मैदानको क्षेत्रलाई जनाउँछ । यसमा यर्दन नदीको वरिपरि भएको बेँसी पथ्र्यो, र यो क्षेत्र लाल समुद्रको उत्तरी शिखरको दक्षिणसम्म फैलिएको छ ।

  • इस्राएलीहरूले मिश्रबाट कनान देशसम्म यात्रा गर्दा तिनीहरू यही उजाड-स्थानको क्षेत्र भएर गए ।
  • “अराबाको समुद्र” लाई “अराबा उजाड-स्थानको क्षेत्रमा अवस्थित समुद्र” भनेर अनुवाद गर्न सकिन्छ । यस समुद्रलाई अक्सर “खारा समुद्र” वा “मृत सागर” भनी उल्लेख गरिएको छ ।
  • “अराबा” शब्द कुनै पनि उजाड-स्थानको क्षेत्रलाई जनाउने सामान्य सन्दर्भ पनि हुन सक्छ ।

अराम, अरामी, आरमेइक

परिभाषा:

“अराम” पुरानो करारमा दुई जना मानिसको नाउँ हो । यो कनानको उत्तर-पूर्वमा पर्ने क्षेत्रको नाउँ पनि थियो, जहाँ आधुनिक सिरिया अवस्थित छ ।

  • अराममा बस्‍ने मानिसहरू “अरामीहरू” भनेर चिनिए, र तिनीहरूले “आरमेइक” भाषा बोल्थे । येशू र उहाँका समयका अन्य यहूदीहरूले पनि आरमेइक भाषा नै बोल्थे ।
  • शेमका एक जना छोराको नाउँ अराम थियो । अराम नाउँ भएका अर्का मानिस रिबेकाका नातेदार थिए । यी दुईमध्ये कुनै एक जनाको नाउँबाट नै अराम क्षेत्रको नाउँ राखिएको हुन सक्छ ।
  • अरामलाई पछि ग्रिक नाउँ “सिरिया” बाट चिनियो ।
  • “पद्दन-अराम” शब्दको अर्थ हुन्छ, “अरामको मैदान ।” यो अरामको उत्तरी क्षेत्रमा पथ्र्यो ।
  • अब्राहामका केही नातेदारहरू हारान सहरमा बस्थे, जुन “पद्दन-अराम” मा पथ्र्यो ।
  • पुरानो करारमा कहिले काहीँ “अराम” र “पद्दन-अराम” शब्दहरू अझै सामान्य रूपमा प्रयोग गरिएका छन्, जसले उही क्षेत्रलाई जनाउँछन् ।
  • “अराम-नहराइम” शब्दको अर्थ हुन सक्छः “दुई नदीको अराम ।” यो क्षेत्र मेसोपोटामियाको उत्तर र “पद्दन-अराम” को पूर्वमा पथ्र्यो ।

अर्तासास्त

परिभाषा:

अर्तासास्त ४६४-४२४ ख्रीष्‍टपूर्वसम्म फारस साम्राज्यमाथि शासन गर्ने एक राजा थिए ।

  • अर्तासास्तको शासनकालमा यहूदाका इस्राएलीहरू बेबिलोनमा निर्वासित थिए । त्यस बेला बेबिलोन फारसको नियन्‍त्रणमा थियो ।
  • अर्तासास्तले पूजाहारी एज्रा र अन्य यहूदी अगुवाहरूलाई बेबिलोन छाडेर यरूशलेममा फर्केर जाने अनुमति दिए, ताकि तिनीहरूले इस्राएलीहरूलाई परमेश्‍वरको व्यवस्था सिकाउन सकून् ।
  • बेबिलोन फारसको शासनमुनि रहेकोले अर्तासास्तलाई कहिले काहीँ “बेबिलोनका राजा” भनिएको छ ।
  • अर्तासास्त र जर्सिस (अहासुरस) उही व्‍यक्‍ति होइन ।

अशेरा, अशेरा स्तम्भहरू, अश्तोरेत

परिभाषा:

अशेरा एक देवीको नाउँ थियो, जसलाई पुरानो करारको समयमा कनानी भनेर चिनिने जातिले पूजा गर्थे । “अश्तोरेत” “अशेरा” को अर्को नाउँ हुन सक्छ, वा यो अर्कै देवीको नाउँ पनि हुन सक्छ जुन “अशेरा” सित निकै समान थियो ।

  • पदावली “अशेराका स्तम्भहरू” ले खोपेर बनाइएका काठका मूर्तिहरू वा अशेरा देवीको प्रतिनिधित्व गर्न खोपिएका रुखहरूलाई जनाउँछ ।
  • अशेराका स्तम्भहरू अक्सर झुटो देवता बालको नजिकै खडा गरिन्थे, जसलाई अशेराको पति ठानिन्थ्यो । केही जातिहरूले बाललाई सूर्य देव र अशेरालाई चन्द्र देवीको रूपमा पुज्थे ।
  • खोपेर बनाइएका अशेराका सबै मूर्तिहरूलाई नष्‍ट गर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • गिदोन, राजा आसा र राजा योशियाहजस्ता केही इस्राएली अगुवाहरूले परमेश्‍वरको आज्ञा मानी यी मूर्तिहरूको विनाश गर्न मानिसहरूलाई अगुवाइ गरे ।
  • तर राजा सोलोमन, राजा मनश्शे र राजा आहाबजस्ता अन्य इस्राएली अगुवाहरूले अशेराका स्तम्भहरूलाई हटाएनन् । बरु, यी मूर्तिहरूको पूजा गर्न तिनीहरूले मानिसहरूलाई प्रभाव पारे ।

अश्कलोन

परिभाषा:

बाइबलको समयमा अश्कलोन एउटा मुख्य पलिश्ती सहर थियो, जुन भूमध्य सागरको तटमा अवस्थित थियो । यो इस्राएलमा आज पनि अस्तित्वमा छ ।

  • अश्कलोन पाँचवटा सर्वाधिक महत्त्वपूर्ण पलिश्ती सहरमध्ये एक थियो । अन्य चारवटामा अश्दोद, एक्रोन, गात र गाजा पर्छन् ।
  • यहूदा राज्यले अश्कलोनको पहाडी देशलाई आफ्नो कब्जामा लिए तापनि इस्राएलीहरूले अश्कलोनका मानिसहरूमाथि पूर्ण रूपमा विजय हासिल गरेनन् ।
  • चार सय वर्षसम्म अश्कलोनमा पलिश्तीहरूको नै बसोबास रहेको थियो ।

अश्दोद

परिभाषा:

अश्दोद पलिश्तीहरूका पाँचवटा सर्वाधिक महत्त्वपूर्ण सहरमध्ये एक थियो । यो भूमध्यसागरको नजिकै दक्षिण-पश्‍चिम कनानमा अवस्थित थियो, अर्थात् गाजा र योप्पा सहरको बिचमा पथ्र्यो ।

  • पलिश्तीहरूको झुटो देवता दागोनको मन्दिर अश्दोदमा नै थियो ।
  • पलिश्तीहरूले करारको सन्दुकलाई चोरी त्यसलाई अश्दोदस्थित गैरयहूदी मन्दिरमा राख्दा परमेश्‍वरले अश्दोदका मानिसहरूलाई कडा दण्ड दिनुभयो ।
  • यस सहरलाई ग्रिक भाषामा अजोटुस भनिन्थ्यो । सुसमाचार प्रचारक फिलिपले प्रचार गरेका ठाउँहरूमध्ये यो एउटा थियो ।

अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य

परिभाषा:

इस्राएलीहरू कनान देशमा बस्दा अश्शूर एउटा शक्तिशाली राज्य थियो । अश्शूरी साम्राज्य अश्शूरी राजाद्वारा शासित राज्यहरूको एउटा समूह थियो ।

  • अश्शूर देश वर्तमान इराकको उत्तरी क्षेत्रमा पर्ने ठाउँमा अवस्थित थियो ।
  • इतिहासमा अश्शूरीहरू विभिन्‍न समयमा इस्राएलको विरुद्धमा लडे ।
  • ७२२ ख्रीष्‍टपूर्वमा अश्शूरीहरूले इस्राएल राज्यमाथि पूर्ण जित हासिल गरे, र कैयौँ इस्राएलीहरूलाई अश्शूरमा जान बाध्य पारे ।
  • बाँकी रहेका इस्राएलीहरूले अश्शूरीहरूद्वारा सामरियाबाट इस्राएलमा ल्याइएका विदेशीहरूसित अन्तरजातिय विवाह गरे । यी अन्तरजातिय विवाह गर्नेहरूबाट जन्मेका सन्तानहरू पछि सामारीहरू भनेर चिनिए ।

अहज्याह

परिभाषा:

अहज्याह दुई जना राजाको नाउँ थियोः एक जनाले इस्राएल राज्यमाथि शासन गरे, भने अर्कोले यहूदा राज्यमाथि ।

  • यहूदाका राजा अहज्याह यहोरामका छोरा थिए । तिनले एक वर्ष (८४१ ख्रीष्‍टपूर्व) शासन गरे । त्यसपछि तिनी येहूद्वारा मारिए । अन्त्यमा, अहज्याहका जवान छोरा योआशले तिनको ठाउँ लिए अर्थात् तिनी राजा बने ।
  • इस्राएलका राजा अहज्याह राजा आहाबका छोरा थिए । तिनले दुई वर्ष (८५०-८४९ ख्रीष्‍टपूर्व) सम्म शासन गरे । आफ्नो दरबारमा लडेर चोट लागेकोले तिनको निधन भयो । त्यसपछि तिनका भाइ योराम राजा बने ।

अहासूरस

परिभाषा:

अहासूरस प्राचीन फारस राज्यमा बिस वर्षसम्म शासन गर्ने एक राजा थिए ।

  • तिनले निर्वासित यहूदीहरू बेबिलोनमा छँदा शासन गरेका थिए । तर त्यस बेला बेबिलोन फारसको अधीनमुनि आइसकेको थियो ।
  • यी राजाको अर्को नाउँ जर्सिस भएको हुन सक्छ ।
  • रिसको झोँकमा आफ्नी रानीलाई हटाएपछि राजा अहासूरसले आफ्नी नयाँ पत्‍नी र रानी बन्‍न एस्तर नाउँ गरेकी यहूदी स्‍त्रीलाई छाने ।

अहियाह

परिभाषा:

पुरानो करारमा अहियाह नाउँ गरेका केही मानिसहरू छन् । तल तिनीहरूमध्ये केहीको बारेमा उल्लेख गरिएको छः

  • अहियाह शाऊलको समयमा भएका एक जना पूजाहारीको नाउँ थियो ।
  • राजा सोलोमनको शासनकालमा अहियाह नाउँ गरेका मानिस सचिव थिए ।
  • शीलोका एक जना अगमवक्ता पनि अहियाह थिए । इस्राएल राज्य दुई भागमा विभाजित हुने थियो भनी तिनले भविष्यवाणी गरे ।
  • इस्राएलका राजा बाशाका पिताको नाउँ पनि अहियाह नै थियो ।

आइकोनियन

परिभाषा:

आइकोनियन वर्तमान टर्की देशको दक्षिणी भागको मध्यमा अवस्थित सहर थियो ।

  • पावलको पहिलो सुसमाचारीय यात्रामा यहूदीहरूले पावल र बारनाबासलाई एन्टिओखिया सहर छाड्न जबरजस्ती गरेपछि तिनीहरू आइकोनियनमा गए ।
  • त्यसपछि विश्‍वास नगर्ने यहूदीहरू र गैरयहूदीहरूले आइकोनियनमा पनि पावल र तिनका सहकर्मीहरूलाई ढुङ्गाले हान्‍ने योजना बनाए, तर तिनीहरू नजिकैको लुस्‍त्रा सहरमा भागेर गए ।
  • त्यसपछि एन्टिओखिया र आइकोनियन दुवै सहरका मानिसहरू लुस्‍त्रामा आई तिनीहरूले पावललाई ढुङ्गाले हान्‍न मानिसहरूलाई उक्साए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः एन्टिओखिया, बारनाबास, लुस्‍त्रा, ढुङ्गा, ढुङ्गाले हान्‍नु)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०३:१०-१३
  • प्रेरित १४:१-२
  • प्रेरित १४:१९-२०

आदम

परिभाषा:

आदम प्रथम व्‍यक्‍ति थिए, जसलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो । तिनी र तिनकी पत्‍नी हव्वा परमेश्‍वरको स्वरूपमा बनाइए ।

  • परमेश्‍वरले आदमलाई धूलोबाट बनाउनुभयो, र तिनमा जीवन फुकिदिनुभयो ।
  • आदमको नाउँ “रातो धूलो” वा “भूमि” को लागि प्रयोग गरिने हिब्रू शब्दसित उस्तै सुनिन्छ ।
  • “आदम” को नाउँ र “मानव-जाति” वा “मानवीय प्राणी” को लागि प्रयोग गरिने पुरानो करारको शब्द उही नै हो ।
  • सबै मानिसहरू आदम र हव्वाका सन्तानहरू हुन् ।
  • आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरे । यसले तिनीहरूलाई परमेश्‍वरबाट अलग गर्‍यो । परिणामस्वरूप संसारमा पाप र मृत्यु आए ।

आमोज

परिभाषा:

सत्यताहरूः आमोज यशैया अगमवक्ताका पिता थिए ।

  • बाइबलमा एक पटक मात्र तिनको उल्लेख भएको छ, जहाँ यशैयाको परिचयको लागि “आमोजका छोरा” भनिएको छ ।
  • यो नाउँ आमोस अगमक्ताको नाउँभन्दा फरक हो । त्यसैले, यसको हिज्जो फरक हुनुपर्छ ।

आमोस

परिभाषा:

आमोस एक इस्राएली अगमवक्ता थिए, जो यहूदाका राजा उज्जियाहको समयमा जिए ।

  • अगमवक्ताको रूपमा बोलाइनुअगि आमोस सुरुमा गोठाला र अञ्जिरको खेती गर्ने एक किसान थिए । तिनी यहूदा राज्यमा बस्थे ।
  • मानिसहरूलाई गरेको अन्यायी व्यवहारको सम्बन्धमा समृद्ध उत्तरी राज्य इस्राएलको विरुद्धमा आमोसले अगमवाणी बोले ।

आरारात

परिभाषा:

बाइबलमा “आरारात” भूमि, राज्य र पर्वत मालालाई दिइएको नाउँ हो ।

  • “आरारातको भूमि” सम्भवतः आधुनिक टर्की देशको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित थियो ।
  • आरारात पानीको महा-प्रलय सुरु हुन लागेपछि नोआको जहाज अडिएको पर्वतको नाउँको रूपमा निकै प्रसिद्ध छ ।
  • आधुनिक समयमा “आरारातको पर्वत” भनिने पहाड बाइबलकै “आरारात पर्वत” को स्थान हो भनी अक्सर विचार गरिएको छ ।

आशेर

परिभाषा:

आशेर याकूबका आठौँ छोरा थिए । तिनका सन्तानहरूबाट इस्राएलका बाह् कुलमध्ये एउटा कुलको रचना भयो, जसलाई “आशेर” भनिन्थ्यो ।

  • आशेरकी आमा जिल्पा थिइन्, जो लेआकी कमारी थिइन् ।
  • तिनको नाउँको अर्थ हुन्छः “खुसी” वा “धन्य ।”
  • इस्राएलीहरू प्रतिज्ञात देशमा प्रवेश गर्दा आशेरको कुललाई दिइएको एउटा इलाकाको नाउँ पनि आशेर थियो ।

आसा

परिभाषा:

आसा एक राजा थिए, जसले यहूदा राज्यमाथि चालिस वर्ष (९१३-८७३ ख्रीष्‍टपूर्व) सम्म शासन गरे ।

  • आसा असल राजा थिए, जसले झुटा देवताहरूका धेरै मूर्तिहरूलाई हटाए, र इस्राएलीहरूलाई फेरि यहोवेको आराधना गर्न लगाए ।
  • अरू जातिहरूको विरुद्धमा युद्ध गर्दा यहोवेले राजा आसालाई सफलता दिनुभयो ।
  • तथापि, आफ्नो शासनको पछिल्लो समयमा राजा आसाले यहोवेमाथि भरोसा गर्न छाडे, र तिनी रोगले ग्रस्त भए जसले अन्त्यमा तिनको ज्यानै लियो ।

आसाप

परिभाषा:

आसाप एक लेवीय पूजाहारी र सिपालु सङ्गीतकार थिए, जसले राजा दाऊदका लागि भजनहरू रचे । तिनले आफ्नै भजनहरू पनि लेखे ।

  • राजा दाऊदद्वारा नियुक्त गरिएका तिन जना सङ्गीतकारमध्ये आसाप एक थिए । मन्दिरमा आराधनाको लागि गीतहरू उपलब्ध गराउनु यी सङ्गीतकारहरूको जिम्मेवारी थियो । यी केही गीतहरू भविष्यवाणीहरू पनि थिए ।
  • आसापले आफ्ना छोराहरूलाई तालिम दिए, र तिनीहरूले साङ्गीतिक वाद्यवादनहरू बजाएर र मन्दिरमा भविष्यवाणी गरेर यस जिम्मेवारीलाई सम्हाले ।
  • वीणा, तुरही वा झ्याली केही साङ्गीतिक वाद्यवादनहरू थिए ।
  • भनिन्छ, भजनसंग्रह ५० र ७३-८३ का भजनहरू आसापका हुन् । यीमध्ये केही भजनहरूलाई तिनको परिवारका सदस्यहरूले लेखेका हुन सक्छन् ।

आहाज

परिभाषा:

आहाज एक दुष्‍ट राजा थिए, जसले यहूदा राज्यमाथि ७३२-७१६ ख्रीष्‍टपूर्वसम्म शासन गरे । यो इस्राएल र यहूदाका धेरै मानिसहरू बेबिलोनमा कैदी बनाइएर लगिनुभन्दा झण्डै १४० वर्षअगिको कुरो थियो ।

  • आहाजले यहूदामाथि शासन गर्दा तिनले अश्शूरीहरूका झुटा देवताहरूलाई पूज्‍न एउटा वेदी बनाए, जसको कारणले गर्दा मानिसहरू एक मात्र साँचो परमेश्‍वर यहोवेबाट तर्केर गए ।
  • आहाजले यहूदामाथि शासन गर्न लाग्दा तिनी २० वर्षका थिए, र तिनले १६ वर्ष राज्य गरे ।

आहाब

परिभाषा:

आहाब अति नै दुष्‍ट राजा थिए, जसले ८७५-८५४ ख्रीष्‍टपूर्वसम्म उत्तरी राज्य इस्राएलमाथि शासन गरे ।

  • झुटा देवताहरूको पूजा गर्न राजा आहाबले इस्राएलका मानिसहरूलाई प्रभाव पारे ।
  • एलिया अगमवक्ताले आहाबको सामना गरे, र आहाबले इस्राएललाई गर्न लगाएका पापको दण्डस्वरूप साँढे तिन वर्षसम्म कठिन अनिकाल पर्ने थियो भनी अगमवक्ताले राजालाई बताए ।
  • आहाब र तिनकी पत्‍नी ईजेबेलले निर्दोष मानिसहरूको हत्या गर्न आफ्नो शक्तिलाई दुरुपयोग गर्नुका अतिरिक्त अन्य धेरै दुष्‍ट कामहरू गरे ।

इजकिएल

परिभाषा:

इजकिएल यहूदीहरूलाई बेबिलोनमा निर्वासित गरिएको बेलाका अगमवक्ता थिए ।

  • इजकिएल यहूदामा बस्‍ने पूजाहारी थिए जुन बेला उनलाई र अन्य यहूदीहरूलाई बेबिलोनिहरूले कैद गरेर लगेका थिए ।
  • बिस वर्षभन्दा बढी समयसम्म उनी आफ्नी श्रीमतीसँग बेबिलोनको नदीको किनारामा बसेका थिए र यहूदीहरू भविष्यवाणीसम्बन्धी ज्ञानको लागि उनीकाहाँ आउने गर्थे ।
  • इजकियलले धेरै भविष्यवाणीहरू गर्नुका साथै यरूशलेम र मन्दिरको विनाश र पुनर्निमाणको बारेमा पनि अगमवाणी गरेका थिए ।
  • उनले मसीहको भावी राज्यको बारेमा पनि भविष्यवाणी गरे ।

इथियोपिया, इथियोपियाली

परिभाषा:

इथियोपिया मिश्रको दक्षिणमा पर्ने एउटा अफ्रिकी देश थियो, जसको पश्‍चिममा नाइल नदी र पूर्वमा लाल समुद्र थियो । इथियोपियाको मानिसलाई “इथियोपियाली” भनिन्छ ।

  • प्राचीन इथियोपियाले अहिलेको सुडान, आधुनिक इथियोपिया, सोमालिया, केन्या, युगान्डा, मध्य अफ्रिकी गणतन्‍त्र र चाडजस्ता अफ्रिकी देशहरू भएका सबै ठाउँ ओगटेको थियो ।
  • बाइबलमा इथियोपियालाई कहिले काहीँ “कूश” वा “नुबिया” भनेर चिनिन्छ ।
  • इथियोपियाका देसहरू (कूश) र मिश्रदेशलाई बाइबलमा सँगसँगै उल्लेख गरिएको पाइन्छ । सायद यी देसहरू सँगसँगै भएको कारण वा यिनीहरूका पुर्खाहरू एकै भएको कारण यसो गरिएको हुन सक्छ ।
  • परमेश्‍वरले प्रचारक फिलिपलाई मरूभूमिमा पठाउनुभयो, जहाँ उनले इथियोपियाली नपुंसकलाई येशूको बारेमा बताए ।

इश्माएल

परिभाषा:

इश्माएल अब्राहाम र मिश्री दासी हागारका छोरा थिए । पुरानो करारमा अन्य केही मानिसहरूका नाउँ पनि इश्माएल छन् ।

  • “इश्माएल” नाउँको अर्थ हुन्छ‒ “परमेश्‍वरले सुन्‍नुहुन्छ ।”
  • परमेश्‍वरले अब्राहामका पुत्र इश्माएललाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो, तर परमेश्‍वरले आफ्नो करार स्थापित गर्ने प्रतिज्ञा गर्नुभएको छोरा तिनी थिएनन् ।
  • हागार र इश्माएललाई मरुभूमिमा पठाइँदा परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुभयो ।
  • इश्माएल पारानको मरुभूमिमा बस्दा तिनले एक मिश्री स्‍त्रीसित बिहे गरे ।
  • नतन्याहका छोरा इश्माएल यहूदाका सैनिक अफिसर थिए जसले बेबिलोनी राजा नबूकदनेसरद्वारा नियुक्‍त शासकलाई मार्न मानिसहरूको एउटा समूहलाई अगुवाइ गरे ।
  • पुरानो करारमा चार जना अन्य मानिसको नाउँ पनि इश्माएल छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, बेबिलोन, बेबिलोनी, करार, मरुभूमि, उजाड-स्थान, मिश्र, मिश्री, हागार, इसहाक, नबूकदनेसर, पारान, सारा, साराई)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १६:११-१२
  • उत्पत्ति २५:९-११
  • उत्पत्ति २५:१३-१६
  • उत्पत्ति ३७:२५-२६

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०५-०२) त्यसैले, अब्रामले हागारसित बिहे गरे । हागारले एउटा छोरो जन्माइन्, अब्रामले तिनको नाउँ इश्माएल राखे ।
  • (०५-०४) “म इश्माएललाई पनि एउटा ठुलो जाति बनाउनेछु, तर मेरो करारचाहिँ इसहाकसित नै हुनेछ ।”

इसहाक

परिभाषा:

इसहाक अब्राहाम र साराका एक मात्र पुत्र थिए । तिनीहरू धेरै वृद्धवृद्धा भइसकेका भए तापनि परमेश्‍वरले तिनीहरूलाई एउटा छोरो दिने प्रतिज्ञा गर्नुभएको थियो ।

  • “इसहाक” नाउँको अर्थ हुन्छ‒ “ऊ हाँस्छ ।” साराले एउटा छोरो जन्माउने थिइन् भनी परमेश्‍वरले अब्राहामलाई बताउनुहुँदा अब्राहाम हाँसेका थिए, किनकि तिनीहरू दुवै जना निकै बुढा बुढी भइसकेका थिए । केही समयपश्‍चात् साराले यो खबर सुन्दा उनी पनि हाँसिन् ।
  • तर परमेश्‍वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो, र अब्राहाम र साराले आफ्नो बुढेस्कालमा इसहाकलाई जन्माए ।
  • परमेश्‍वरले अब्राहामसित जुन प्रतिज्ञा गर्नुभएको थियो, त्यो इसहाक र तिनका सन्तानहरूका लागि पनि सदाको निम्ति थियो भनी परमेश्‍वरले अब्राहामलाई बताउनुभयो ।
  • इसहाक जवान भएपछि तिनको बलिदान गर्न आज्ञा गरी परमेश्‍वरले अब्राहामको विश्‍वासको जाँच गर्नुभयो ।
  • इसहाकका छोरा याकूबका बार्‍ह जना छोरा थिए, जो पछि इस्राएल जातिका बार्‍ह कुल बने ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, सन्तान, सदासर्वदा, पुरा गर्नु, याकूब, इस्राएल, सारा, साराई, इस्राएलका बार्‍ह कुल)

बाइबलका सन्दर्भहरूः

  • गलाती ०४:२८-२९
  • उत्पत्ति २५:९-११
  • उत्पत्ति २५:१९-२०
  • उत्पत्ति २६:१
  • उत्पत्ति २६:६-८
  • उत्पत्ति २८:१-२
  • उत्पत्ति ३१:१७-१८
  • मत्ती ०८:११-१३
  • मत्ती २२:३१-३३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०५-०४) “तिम्री पत्‍नी साराईले एउटा छोरा जन्माउनेछिन्, जो प्रतिज्ञाको हुनेछ । तिनको नाउँ इसहाक राख्‍नू ।”
  • (०५-०६) इसहाक जवान भएपछि परमेश्‍वरले यसो भन्दै अब्राहामको जाँच गर्नुभयो, “तिम्रा एक मात्र छोरा इसहाकलाई लिएर जाऊ र तिनलाई मेरो निम्ति बलिदानस्वरूप चढाऊ ।”
  • (०५-०९) परमेश्‍वरले इसहाकको सट्टामा बलिदानको लागि भेडा उपलब्ध गराउनुभयो ।
  • (०६-०१) अब्राहाम निकै वृद्ध भएपछि र इसहाक जवान भएपछि अब्राहामका पुत्र इसहाकको निम्ति पत्‍नी खोज्‍न तिनले आफ्नो एक नोकरलाई आफ्ना आफन्तहरू बसेको देशमा पठाए ।
  • (०६-०५) इसहाकले रिबेकाको लागि प्रार्थना गरे, र परमेश्‍वरले उनलाई जुम्ल्याहासहित गर्भवती बन्‍न अनुमति दिनुभयो ।
  • (०७-१०) त्यसपछि इसहाक मरे, अनि याकूब र एसावले तिनलाई गाडे । परमेश्‍वरले अब्राहाम अनि त्यसपछि इसहाकसित गर्नुभएका प्रतिज्ञाहरू अब याकूबमा सरे ।

इस्राएलको राज्य

परिभाषा:

सुलेमान राजा मरिसकेपछि, इस्राएल दुई भागमा विभाजन भयो । इस्राएलको राज्य भनेको इस्राएलको दश कुलहरू मिलेर बनेको उत्तरी राज्य थियो ।

  • इस्राएली राज्यको सबै राजाहरू दुष्‍ट थिए । यरुशलेमको मन्दिरमा गएर परमेश्‍वरको आराधना नगर्न तिनीहरूले सबैलाई उक्साए । बरु, मूर्तिहरू तथा झुटा देवताहरूको सेवा गर्न उत्साह दिए । त्यसैले तिनीहरूलाई आक्रमण गर्न र बन्दी बनाउन परमेश्‍वरले अश्शूरीहरूलाई पठाउनुभयो ।
  • इस्राएली राज्यको बाँकी रहेका मानिसहरूसँग रहनको लागि अश्शूरीहरूले परदेशीहरूलाई पनि ल्याए । यी परदेशीहरूले इस्राएलीहरूसँग अन्तरविवाह गरे र उनीहरूबाट जन्मिएका सन्तानहरू नै सामरीहरू भए ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • रहबामको विरुद्ध विद्रोह गर्ने इस्राएल देशका अरू दश कुलहरूले यारोबाम नाम गरेको मानिसलाई तिनीहरूका राजा हुनको निम्ति नियुक्त गरे । तिनीहरूले त्यस क्षेत्रको उत्तरी भागमा तिनीहरूको राज्य खाडा गरे र तिनीहरूलाई इस्राएलको राज्य भनियो ।
  • यहूदा र इस्राएलका राज्यहरू एक अर्काको शत्रु भए र कैयौं पटक एक अर्काको विरुद्धमा युद्ध गरे ।
  • इस्राएलको नयाँ राज्यमा सबै राजाहरू दुष्‍ट थिए ।
  • इस्राएल र यहूदाका राज्यहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे ।
  • एउटा शक्तिशाली, क्रूर देश, अश्शूरी साम्राज्यद्वारा इस्राएलको राज्य नष्‍ट भएको थियो । इस्राएलको राज्यको धेरै मानिसहरूलाई अश्शुरीहरूले मारे, मुल्यवान कुराहरूसबै लगे, र त्यस देशको धेरै भाग जलाइदिए ।
  • इस्राएलको राज्य भएको स्थानमा अश्शूरीहरू परदेशीहरूलाई बसोबास गर्न ल्याए । ती परदेशीहरूले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बाँकी रहेका इस्राएलीहरूसंग विवाह गरे । यसरी परदेशीहरूसंग विवाह गरेर आएका सन्तानहरूलाई सामरी भनेर भनिन्थ्यो ।

इस्साखार

परिभाषा:

इस्साखार याकूबका पाँचौँ छोरा थिए । तिनकी आमा लेआ थिइन् ।

  • इस्साखारको कुल इस्राएलका बार्‍ह कुलमध्ये एक थियो ।
  • इस्साखारको सिमानामा नप्‍ताली, जबूलून, मनश्शे र गाद पर्थे ।
  • यो गालील समुद्रको दक्षिणमा अवस्थित थियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः गाद, मनश्शे, नप्‍ताली, इस्राएलका बार्‍ह कुल, जबूलून)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ३०:१६-१८

ईजेबेल

परिभाषा:

ईजेबेल इस्राएलका राजा आहाबकी दुष्‍ट पत्‍नी थिई ।

  • ईजेबेलले आहाब र बाँकी इस्राएललाई मूर्तिहरूको पूजा गर्न प्रभाव पारी ।
  • त्यसले परमेश्‍वरका कैयौँ अगमवक्‍ताहरूलाई पनि मारी ।
  • आहाबले नाबोतको दाखबारी हडप्‍न सकोस् भन्‍नाका लागि त्यसले निर्दोष मानिस नाबोतलाई पनि मार्न लगाई ।
  • आफूले गरेका सबै दुष्‍ट कुराको कारणले गर्दा अन्त्यमा ईजेबेल मारिई । त्यो कसरी मर्ने थिई भनी एलियाले भविष्यवाणी गरेका थिए र तिनको भविष्यवाणीमुताबिक नै त्यो मरी ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः आहाब, एलिया, मूर्ति, मूर्तिपूजक)

बाइबलका सन्दर्भहरूः


उज्जियाह, अजर्याह

परिभाषा:

८०० ख्रीष्‍टपूर्वतिर १६ वर्षको उमेरमा उज्जियाह यहूदाका राजा बने । तिनले यरूशलेममा ५२ वर्ष राज्य गरे, जुन असाधारण रूपमा लामो शासन थियो । उज्जियाहलाई “अजर्याह” भनेर पनि चिनिन्थ्यो ।

  • आफ्नो सङ्गठित र दक्ष सेनाका लागि राजा उज्जियाह प्रसिद्ध थिए । सहरको सुरक्षाको निम्ति तिनले धरहराहरू बनाउन लगाएका थिए, र काँडहरूसाथै ठुला-ठुला ढुङ्गाहरू हान्‍न ती धरहराहरूमा विशेष किसिमले तयार पारिएका हातहतियारहरू पनि थुपारेका थिए ।
  • जबसम्म उज्जियाहले प्रभुको सेवा गरे तबसम्म तिनको उन्‍नति भइरह्‍यो । तर तिनको शासनको अन्त्यतिर तिनी घमन्डी बने र मन्दिरमा धूप बाली तिनले प्रभुको आज्ञा उल्लङ्घन गरे किनकि त्यो काम पूजाहारीले मात्र गर्न सक्थ्यो ।
  • यही पापको कारणले गर्दा उज्जियाहलाई कुष्‍ठरोग लाग्यो, र आफ्नो शासनको अन्त्यसम्म तिनी अरू मानिसहरूबाट अलग्गै बस्‍नुपर्‍यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यहूदा, यहूदा राज्य, राजा)

बाइबलका सन्दर्भहरूः

  • मत्ती ०१:७-८

उरियाह

परिभाषा:

उरियाह एक धर्मी मानिस र राजा दाऊदका उत्कृष्‍ट सिपाहीहरूमध्ये एक थिए ।

  • उरियाहकी बतशेबा नाउँ गरेकी एक सुन्दर पत्‍नी थिइन् ।
  • दाऊदले उरियाहकी पत्‍नी बतशेबासित व्यभिचार गरे, र उनले दाऊदको बच्‍चा बोकिन् ।
  • आफ्नो पापलाई ढाक्‍न दाऊदले उरियाहलाई युद्धमा मार्न लगाए । त्यसपछि दाऊदले बतशेबासित बिहे गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः दाऊद, बतशेबा)

बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१७-२१) उरियाह नाउँ गरेका बतशेबाका पति दाऊदका उत्‍कृष्‍ट सिपाहीहरूमध्ये एक थिए । दाऊदले उरियाहलाई युद्धबाट बोलाए र आफ्नी पत्‍नीकहाँ जान आज्ञा गरे । तर बाँकी सिपाहीहरू युद्धमा नै भएकाले उरियाहले घर जान इन्कार गरे । त्यसैले, दाऊदले उरियाहलाई युद्धमा फिर्ता पठाए, र तिनी मारिऊन् भनेर तिनलाई शत्रुहरूको पक्‍कड रहेको क्षेत्रमा राख्‍न सेनापतिलाई आज्ञा दिए ।
  • (१७-१३) उरियाह मारिएपछि दाऊदले बतशेबासित बिहे गरे ।

ऊर

परिभाषा:

ऊर प्राचीन कल्दी क्षेत्रमा यूफ्रेटिस नदीको तीरमा पर्ने एउटा महत्त्वपूर्ण सहर थियो । यो भूमि वर्तमान इराक देशको क्षेत्रमा अवस्थित थियो ।

  • अब्राहाम ऊरका बासिन्दा थिए, र परमेश्‍वरले तिनलाई यही ठाउँ छाडेर कनान देशमा जान आज्ञा दिनुभयो ।
  • अब्राहामका भाइ र लोतका पिता हारान ऊरमा नै मरे । यही कारणले गर्दा लोतलाई ऊर छाडी अब्राहामसँगै जान प्रभावित तुल्याएको थियो होला ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कल्दीहरू, यूफ्रेटिस, लोत)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ११:२७-२८
  • उत्पत्ति ११:३१-३२

एक्रोन

परिभाषा:

एक्रोन भूमध्य सागरबाट नौ माइलभित्र पर्ने पलिश्तीहरूको एक प्रमुख सहर थियो ।

  • झुटो देवता बालजिबुलको मन्दिर एक्रोनमा थियो ।
  • एकपटक करारको सन्दूकलाई पलिश्तीहरूले कब्जा गरेर एक्रोनमा लागेका थिए ।
  • सहरमा बिरामी र मृत्यु फैलिएपछि पलिश्तीहरूले उक्त सन्दुकलाई इस्राएल फर्काइदिए ।

एज्रा

परिभाषा:

एज्रा इस्राएली पूजाहारी थिए र यहूदी व्यवस्थाका ज्ञाता थिए । उनले इस्राएलीहरू बेबिलोनबाट ७० वर्षको कैदपछि यरूशलेम फर्केको इतिहास लेखेका थिए ।

  • एज्राले इतिहासको यो खण्डलाई बाइबलको पुस्तक एज्रामा समेटे । नहेम्याहको पुस्तक पनि उनैले लेखेका हुन सक्छन् किनकि यी पुस्तकहरू पहिले एउटै पुस्तक थिए ।
  • एज्राले यरूशलेम फर्केपछि व्यवस्थाको पुनर्स्थापना गरे, किनकि इस्राएलीहरूले विश्रामको दिन मान्‍न छाडेका थिए र मूर्तिपूजा गर्ने स्‍त्रीहरूसँग विवाह गरेका थिए ।
  • उनले बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गर्दा नष्‍ट गरेको मन्दिर पुनर्निर्माण गर्न सहयोग गरे ।
  • पुरानो करारमा एज्रा नाम गरेका अन्य दुई जना मानिसहरू छन् ।

एदोम, एदोमी, सेइर, तेमान

परिभाषा:

एसावको अर्को नाम एदोम थियो, एदोमीहरू उनका वंश हुन् । एदोमको देशलाई “एदोम” वा “सेइर” भनिन्थ्यो ।

  • एदोम यरूशलेमको दक्षिण पूर्वमा अवस्थित पहाडी मूलुक थियो ।
  • एदोमको अर्थ “रातो” हुन्छ । यसले एसावलाई पनि जनाउन सक्छ किनकि उनी जन्मदा रातो रौंले ढाकिएका थिए । यसले एसावले आफ्नो ज्येष्‍ठ-अधिकारसँग साटेको रातो दालको सुरुवालाई पनि जनाउन सक्छ ।
  • पुरानो करारमा एदोम देशलाई इस्राएलीहरूको शत्रुको रूपमा लिइएको छ ।
  • परमेश्‍वरले पुरानो करारका अगमवक्ताहरूलाई एदोमको विरुद्धमा धेरै नकारात्मक भविष्यवाणी गर्न लगाउनुभयो । ओबदियाको सम्पूर्ण पुस्तकमा एदोमको विनाशको बारेमा लेखिएको छ ।

एन-गदी

परिभाषा:

एन-गदी यरूशलेमको दक्षिण-पूर्वमा पर्ने उजाड-स्थानमा अवस्थित सहर हो ।

  • एन-गदी खारा समुद्रको पश्‍चिमी किनारमा अवस्थित थियो ।
  • यो नामको अर्थ “फोहरा” हुन्छ । यसले सहरबाट समुद्रमा बग्‍ने पानीलाई जनाउँछ ।
  • एन-गदीलाई सुन्दर दाखबारीहरू र उब्जाउ भूमि भएको ठाउँको रूपमा चिनिन्थ्यो । सायद लगातार बग्‍ने पानीको कारणले यस्तो भएको हुन सक्छ ।
  • एन-गदीमा किल्लाहरू थिए जहाँ राजा शाऊलले खेदाएको बेला दाऊद भागेर गएका थिए ।

एन्टिओखिया

परिभाषा:

नयाँ करारमा एन्टिओखिया दुईवटा सहरको नाउँ थियो । एउटा भूमध्य सागरको तट नजिकै सिरियामा पथ्र्यो । अर्को कलस्से सहरको नजिकै पिसिदियामा पथ्र्यो ।

  • सिरियाको एन्टिओखियामा भएका स्थानीय मण्डली पहिलो ठाउँ थियो, जहाँ येशूमाथि विश्‍वास गर्नेहरूलाई “ख्रीष्‍टियान” भनियो । अन्यजातिहरूकहाँ सुसमाचार पुर्‍याउनको लागि त्यहाँको मण्डली मिसनरीहरूलाई पठाउन पनि सक्रिय थियो ।
  • पावल, बारनाबास र यूहन्‍ना मर्कूस सुसमाचार बाँड्न पिसिदियाको एन्टिओखियामा यात्रा गरे । अरू सहरहरूका केही यहूदीहरू त्यहाँ आए, र तिनीहरूले सङ्कष्‍ट खडा गरी पावललाई मार्न खोजे । तर अन्य धेरै मानिसहरू अर्थात् यहूदी र अन्यजातिहरू दुवैले त्यस शिक्षालाई सुनी येशूमाथि विश्‍वास गरे ।

एप्रात/एप्राता, एप्राती

परिभाषा:

एप्रात इस्राएलको दक्षिणपट्टि पर्ने एउटा सहर र क्षेत्रको नाउँ थियो । पछि यस सहरलाई “बेथलेहेम” वा “एप्राता-बेथलेहेम” भनियो । एप्राता कालेबका छोराहरूमध्ये एक जनाको नाउँ थियो । तिनकै नामबाट सम्भवतः यस सहरको नाउँ राखियो । एप्रात सहरको मानिसलाई “एप्राती” भनिन्थ्यो । दाऊदका जिजुबा बोअज एक एप्राती थिए ।


एफिसस

परिभाषा:

एफिसस अहिलेको टर्की नामक देशको पश्‍चिमी तटमा अवस्थित एक ग्रिक सहर थियो ।

  • आदि ख्रीष्‍टियानहरूको समयमा एफिसस एसियाको राजधानी थियो, जुन समयमा यो एउटा सानो रोमी प्रान्तको नाम थियो ।
  • यो ठाउँ अवस्थितिको दृष्‍टिले व्यापार र यात्राको लागि महत्त्‍वपूर्ण केन्द्र थियो ।
  • प्रख्यात आर्तेमिस देवीको मन्दिर एफिससमा नै थियो ।
  • पावलले दुई वर्ष भन्दा धेरै समय एफिससमा बसेर काम गरे र पछि उनले त्‍यहाँका विश्‍वासीहरूको रेखदेख गर्न तिमोथीलाई नियुक्त गरे ।
  • नयाँ करारमा भएको एफिसीको पुस्तक पावलले एफिससका विश्‍वासीहरूको लागि लेखेको पत्र हो ।

एफ्राइम

परिभाषा:

एफ्राइम योसेफको दोस्रा छोरा थिए । उनका वंशजहरूलाई एफ्राइम भनिन्थ्यो र यो बाह्र कुल मध्ये एक कुल थियो ।

  • एफ्राइमको कुल इस्राएलको उत्तरमा बसोबास गर्ने दश कुलमध्ये एक थियो ।
  • बाइबलमा कहिले काहीँ इस्राएलको सम्पूर्ण उत्तरी भागलाई जनाउनको लागि यो शब्दको प्रयोग गरिएको पाइन्छ ।
  • एफ्राइम पहाडी मूलुक थियो । कुनै-कुनै अनुवादमा यसलाई “एफ्राइमको पहाडी मूलुक” वा “एफ्राइमका पहाडहरू” भनेर चिनिन्छ ।

एमोरी

परिभाषा:

एमोरीहरू एउटा शक्तिशाली जाति थियो, जो नोआका नाति कनानका सन्तानहरू थिए ।

  • तिनीहरूको नाउँको अर्थ हुन्छ‒ “उच्‍च जन/ठाउँ ।” यसले तिनीहरू बस्‍ने पहाडी क्षेत्रहरूलाई उल्लेख गर्न सक्छ, वा शारीरिक उचाइको लागि तिनीहरू प्रसिद्ध थिए भन्‍ने सत्यतालाई पनि उल्लेख गर्न सक्छ ।
  • एमोरीहरू यर्दन नदीको दुवैपट्टिको किनाराका क्षेत्रहरूमा बसोबास गर्थे । ऐ सहरमा एमोरीहरू नै बस्थे ।
  • परमेश्‍वरले “एमोरीहरूको पाप” भनी उल्लेख गर्नुभएको छ, जसमा तिनीहरूले झुटा देवताहरूलाई गरेको पूजा र त्यसमा सम्मिलित पापपूर्ण अभ्यासहरू पर्छन् ।
  • परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार एमोरीहरूलाई नष्‍ट गर्न यहोशूले इस्राएलीहरूलाई अगुवाइ गरे ।

एलाजार

परिभाषा:

बाइबलमा एलाजार नाम गरेका धेरै मानिसहरू छन् ।

  • एलाजार मोशाका दाजु हारूनका तेस्रा छोरा थिए । हारूनको मृत्युपछि एलाजार इस्राएलका प्रधान पूजाहारी बने ।
  • दाऊदका शक्‍तिशाली मानिसहरू मध्ये एकजनाको नाम पनि “एलाजार” थियो ।
  • येशूका एकजना पुर्खाको नाम पनि एलाजार थियो ।

एलाम

परिभाषा:

एलाम शेमका छोरा र नोआका नाति थिए ।

  • एलामका वंशलाई “एलामी” भनिन्थ्यो र उनीहरू एलाम नाम गरेको इलाकामा बस्थे ।
  • एलामको इलाका टाइग्रिस नदीको दक्षिण-पूर्वमा पर्थ्यो, जुन ठाउँमा अहिले पश्‍चिमी इरान पर्छ ।

एलिया

परिभाषा:

एलिया याहोवेका धेरै महत्त्वपूर्ण अगमवक्ताहरू मध्ये एक थिए । एलियाले आहाब उत्तरी इस्राएलका राजा भएको बेला भविष्यवाणी गरे ।

  • जब आहाब राजाले मानिसहरूलाई झुटो देवताको पूजा गर्न लगाए, एलियाले उनको सामना गरे ।
  • परमेश्‍वरले एलियाको लागि आश्‍चर्यजनक तरिकाले खाना र आवासको व्यवस्था गरिदिनुभयो ।
  • परमेश्‍वरले एलियाद्वारा धेरै आश्‍चर्यकर्महरू गर्नुभयो र इस्राएलीहरूलाई उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर देखाउनुभयो ।
  • एलियाले बालका ४५० जना अगमवक्ताहरूको सामना गरे र बाल झुटो देवता हो भनेर प्रमाणित गरिदिए । फलस्वरूप इस्राएलका मानिसहरूले बालका अगमवक्ताहरूलाई मारेर याहोवेको मात्र आराधना गरे ।
  • एलिया मरेनन्, उनी जिउँदै स्वर्ग उठाइ लगिए । सयौँ वर्षपछि एलिया र मोशा येशूकहाँ देखा परे जुन बेला येशू यरूशलेममा मृत्युको लागि तयारी गर्दै हुनुहुन्थ्यो ।

एलीशा

परिभाषा:

एलीशा आहाब, अहज्याह, यहोराम, येहू, यहोआहाज र येहोआश राजाहरूको पालामा इस्राएलका अगमवक्ता थिए ।

  • एलीशालाई अगमवक्ताको रूपमा नियुक्त गर्न परमेश्‍वरले एलियालाई भन्‍नुभयो ।
  • जब एलिया स्वर्गमा लगिए, एलीशा इस्राएलका राजाहरूका लागि परमेश्‍वरको अगमवक्ता भए ।
  • एलीशाले सिरियाको कुष्‍ठरोगीलाई निको पार्ने र शूनम्मीको छोरो निको पार्ने जस्ता धेरै आश्‍चर्यकर्महरू गरे ।

एलीशिबा

परिभाषा:

एलीशिबा बप्‍तिस्‍मा दिने यूहन्‍नाकी आमाको नाम थियो । उनका श्रीमानको नाम जकरिया थियो ।

  • एलीशिबाले कुनै सन्तान जन्माउन सकेकी थिइनन् । तर उनको उमेर सन्तान जन्माउन नसक्‍ने हुँदा, परमेश्‍वरले जकरियालाई एलीशिबाले सन्तान जन्माउने थिइन भन्‍ने प्रतिज्ञा गर्नुभयो ।
  • परमेश्‍वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो र एलीशिबाले एउटा छोरो जन्माइन् । उनीहरूले उसको नाम यूहन्‍ना राखे ।
  • एलीशिबा येशूकी आमा मरियमका आफन्त थिइन् ।

एल्याकीम

परिभाषा:

बाइबलमा एल्याकीम नाम गरेका दुई जना मानिसहरू छन् ।

  • एल्याकीम नाम गरेका एक जना मानिस ई. पू. ७१५ देखि ६८६ सम्म राजा हिजकियाको दरबारका प्रबन्धक थिए ।
  • एल्याकीम नाम गरेका अर्का व्‍यक्‍ति राजा योशियाहका छोरा थिए । ई.पू. ६०० तिर मिश्रका फारो नेकोले उनलाई यहूदाका राजा बनाएका थिए ।
  • नेकोले एल्याकीमको नाम परिवर्तन गरेर यहोयाकीम राखिदिए ।

एसाव

परिभाषा:

एसाव इसहाक र रिबेका का जुम्ल्याहा सन्तान मध्ये एक थिए । उनी जेठा छोरा थिए र उनका जुम्ल्याहा भाइ याकूब थिए ।

  • एसावले एक कचौरा खानामा आफ्नो जेष्‍ठ अधिकार आफ्ना भाइ याकूबलाई बेचे ।
  • पहिले जन्मेको हुनाले उनका पिताले उनलाई विशेष आशिष्‌‌ दिनुपर्थ्यो । तर याकूबले उनको त्यो अधिकार चोरी गरे । सुरुमा त उनी धेरै रिसाए र याकूबलाई मार्न खोजे तर पछि क्षमा गरिदिए ।
  • एसावका धेरै छोराछोरी र नाति नातिनाहरू जन्‍मे र उनका सन्‍तानहरू कनानाको भूभागमा बसोबास गर्ने एउटा ठुलो समूह जाति बन्‍यो ।

एसिया

परिभाषा:

बाइबलको समयमा “एसिया” रोमी साम्राज्यको प्रान्तलाई दिइएको नाउँ थियो । यो आधुनिक टर्की देशको पश्‍चिम भागमा अवस्थित थियो ।

  • पावलले एसियामा यात्रा गरी त्यहाँका विभिन्‍न सहरहरूमा सुसमाचार बाँडे । एफिसस र कलस्से ती सहरहरूमध्ये थिए ।
  • आधुनिक एसियासित भ्रममा नपरोस् भन्‍नाका लागि यसलाई “एसिया भनिने प्राचीन रोमी प्रान्त” वा “एसिया प्रान्त” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।
  • प्रकाशको पुस्तकमा उल्लिखित सबै मण्डलीहरू रोमी प्रान्तको एसियामा थिए ।

एस्तर

परिभाषा:

एस्तर यहूदी स्‍त्री थिइन् जो यहूदीहरू बेबिलोनमा कैद भएर लागिएको बेलामा फारसी राज्यकी रानी बनेकी थिइन् ।

  • एस्तरको पुस्तकले एस्तर कसरी फारसका राजा अहासूरसकी रानी बनिन् र परमेश्‍वरले कसरी यहूदीहरूलाई बचाउनको लागि उनको प्रयोग गर्नुभयो भन्‍नेकुरा बताउँछ ।
  • एस्तर टुहुरी थिइन्, जसलाई मोर्दकै नाम गरेका एक धार्मिक र नातामा दाजु पर्ने व्‍यक्‍तिले हुर्काएका थिए ।
  • आफूलाई धर्मपुत्रीको रुपमा हुर्काउने पिता प्रतिको आज्ञा पालनले उनलाई परमेश्‍वार प्रति आज्ञाकारी बनायो ।
  • एस्तरले परमेश्‍वरको आज्ञा पालन गरिन् र यहूदीहरूलाई बचाउनको निम्ति आफ्नो जीवन नै जोखिममा हालिन् ।
  • एस्तरको कथाले परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनको लागि कसरी इतिहासका घटनाहरूलाई नियन्‍त्रण गर्नुहुन्छ र उहाँको आज्ञा पालन गर्नेको जीवनमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा बताउँछ ।

परिभाषा:

पुरानो करारको समयमा ऐ कनानी नगरको नाउँ थियो, जुन बेथेलको दक्षिणपट्टि र यरीहोभन्दा ८ किलोमिटर उत्तर-पश्‍चिममा अवस्थित थियो ।

  • यरीहोलाई पराजित गरेपछि यहोशूले इस्राएलीहरूलाई ऐमाथि आक्रमण गर्न अगुवाइ गरे । तर तिनीहरू सजिलै सित पराजित भए, किनकि परमेश्‍वर तिनीहरूसित प्रसन्‍न हुनुभएको थिएन ।
  • आकान नाउँ गरेका एक इस्राएलीले यरीहोबाट लुटिएको माललाई चोरेका थिए । त्यसैले, तिनी र तिनको परिवार मारिऊन् भनी परमेश्‍वरले आज्ञा दिनुभयो । त्यसपछि ऐका मानिसहरूलाई पराजित गर्न परमेश्‍वरले इस्राएलीहरूलाई मदत गर्नुभयो ।

ओबदिया

परिभाषा:

ओबदिया राजा जदेकियाको पालामा इस्राएलको एक अगमवक्ता थिए ।

  • उनको समयमा अन्य अगमवक्ताहरूमा इजकिएल र दानिएल थिए ।
  • ओबदियाले इदोनका मानिसहरूका विरूद्धमा भविष्यवाणी गरेका थिए, जो एसावका वंशहरू थिए ।

ओम्री

परिभाषा:

ओम्री सैनिकको एक उच्‍च पदका व्‍यक्‍ति थिए जो इस्राएलका छैटौं राजा बने ।

  • ओम्रीले १२ बर्षसम्म तिर्साको सहरमा राज्य गरे ।
  • इस्राएलका अन्य राजाहरू जस्तै, ओम्री पनि दुष्‍ट राजा थिए जसले मानिसहरूलाई मूर्ति पुजा गर्नको लागि झनै धेरै लगाउँथे ।
  • ओम्री दुष्‍ट राजा आहाबका बुबा थिए ।

कनान, कनानी

परिभाषा:

कनान हामका छोरा थिए । हाम नोआका छोराहरूमध्ये एक थिए । कनानीहरू कनानका सन्तानहरू थिए ।

  • “कनान” वा “कनान देश” ले यर्दन नदी र भूमध्य सागरबिचको भूमिलाई पनि जनाउँथ्यो । यो दक्षिणमा मिश्रको सिमानासम्म फैलिएको थियो भने उत्तरमा सिरियाको सिमानासम्म ।
  • यस देशमा कनानीहरूका अतिरिक्त अन्य विभिन्‍न जातिहरू बसोबास गर्थे ।
  • परमेश्‍वरले कनान देश अब्राहाम र तिनका सन्तानहरू अर्थात् इस्राएलीहरूलाई दिने प्रतिज्ञा गर्नुभयो ।

कफर्नहुम

परिभाषा:

कफर्नहुम गालील समुद्रको उत्तर-पश्‍चिमी तटमा अवस्थित एउटा माछा मार्ने गाउँ थियो ।

  • येशूले गालीलमा सिकाउनुहुँदा उहाँ सधैँ कफर्नहुममा बस्‍नुहुन्थ्यो ।
  • उहाँका केही चेलाहरू कफर्नहुमका थिए ।
  • मरेकी केटीलाई पुनः जीवित पार्नुका अतिरिक्त येशूले त्यस सहरमा धेरै आश्‍चर्यकर्महरू गर्नुभयो ।
  • येशूले सार्वजनिक रूपमा हप्काउनुभएका तिन सहरमध्ये कफर्नहुम एक थियो, किनकि त्यहाँका मानिसहरूले उहाँलाई इन्कार गरे र उहाँको सन्देशमाथि विश्‍वास गरेनन् । तिनीहरूको अविश्‍वासको लागि परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुने थियो भनी येशूले तिनीहरूलाई चेताउनी दिनुभयो ।

कयिन

परिभाषा:

कयिन र तिनका भाइ हाबिल बाइबलमा उल्लिखित आदम र हव्वाका प्रथम छोराहरू थिए ।

  • कयिन फसल भित्र्याउने किसान थिए भने हाबिल भेडाको रेखदेख गर्ने गोठाला थिए ।
  • कयिनले डाह गरेर आफ्ना भाइ हाबिललाई मारे । किनभने परमेश्‍वरले हाबिलको बलिदान स्वीकार गर्नुभएको थियो, तर कयिनको बलिदान स्वीकार गर्नुभएको थिएन ।
  • परमेश्‍वरले दण्डस्वरूप तिनलाई अदनबाट निकालिदिनुभयो, र भन्‍नुभयो कि भूमिले अब फेरि तिनको लागि फसल उत्पादन गर्नेथिएन ।
  • कयिन भौँतारिदा अरू कसैद्वारा तिनको हत्या हुनबाट रोक्‍नको लागि परमेश्‍वरले तिनको निधारमा एउटा चिन्ह राखिदिनुभयो ।

करेतीहरू

परिभाषा:

करेतीहरू मानिसहरूको एउटा समूह थियो, जो सम्भवतः पलिश्तीहरूको एउटा हिस्सा थिए ।

  • “करेतीहरू र पलेतीहरू” राजा दाऊदका सेनामा भएका सिपाहीहरूको एउटा विशेष समूह थियो, जो तिनका अङ्गरक्षकहरूका रूपमा खास तवरले समर्पित थिए ।
  • यहोयादाका छोरा बनायाह जो दाऊदको प्रशासनिक टुकडीका सदस्य थिए, तिनी करेतीहरू र पलेतीहरूका अगुवा थिए ।
  • अब्शालोमको विद्रोहको कारणले दाऊद यरूशलेमबाट भाग्‍नुपर्दा करेतीहरू दाऊदसँगै रहे ।

कर्नेलियस

परिभाषा:

कर्नेलियस एक अन्यजाति अर्थात् गैरयहूदी मानिस थिए । तिनी रोमी सेनामा एक सैनिक अधिकारी थिए ।

  • तिनले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्थे, र गरिबहरूलाई दिनमा तिनी निकै उदार थिए ।
  • कर्नेलियस र तिनको परिवारले पत्रुसद्वारा वर्णित सुसमाचारलाई सुनेपछि तिनीहरू येशूलाई ग्रहण गर्ने विश्‍वासीहरू बने ।
  • कर्नेलियसको घरानाका मानिसहरू नै विश्‍वासीहरू बन्‍ने प्रथम गैरयहूदी मानिसहरू थिए ।
  • गैरयहूदीलगायत सबै मानिसहरूलाई बचाउन येशू आउनुभएको थियो भनी यस घटनाले येशूका अनुयायीहरूलाई देखायो ।

कर्मेल, कर्मेल डाँडा

परिभाषा:

“कर्मेल डाँडा” ले एउटा पर्वत मालालाई जनाउँछ, जुन शारोनको मैदानको उत्तरपट्टि भूमध्य सागरको तटमा अवस्थित थियो । यसको उच्‍चतम टाकुरा ५४६ मिटर अग्लो छ ।

  • “कर्मेल” भनिने नगर पनि थियो, जुन खारा समुद्रको दक्षिणमा यहूदामा अवस्थित थियो ।
  • धनी भूस्वामी नाबाल र तिनकी पत्‍नी अबीगेल कर्मेल नगर नजिकै बस्थे, जहाँ दाऊद र तिनका मानिसहरूले नाबालका भेडाहरूका ऊन काट्नेहरूलाई सुरक्षा दिन मदत गरे ।
  • यहोवे मात्र एक साँचो परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्नका लागि प्रतियोगितामा भाग लिन कर्मेल डाँडामा नै एलियाले बालका अगमवक्ताहरूलाई चुनौती दिए ।
  • यो केवल एउटा पहाड थिएन भनी प्रस्ट पार्न “कर्मेल डाँडा” लाई “कर्मेल पर्वत मालामा भएको डाँडा” वा “कर्मेल पर्वत माला” भनी अनुवाद गर्न सकिन्छ ।

कलस्से, कलस्सीहरू

परिभाषा:

कलस्से नयाँ करारको समयमा रोमी प्रान्त फ्रिगियामा अवस्थित थियो, जुन क्षेत्र अहिले टर्की देशको दक्षिण-पश्‍चिममा पर्छ । कलस्सेमा बस्‍ने मानिसहरूलाई कलस्सीहरू भनिन्थ्यो ।

  • भूमध्य सागरबाट करिब १०० माइल टाढा अवस्थित कलस्से एफिसस सहर र यूफ्रेटिस नदीको बिचमा पर्ने एउटा महत्त्पूर्ण व्यापारिक मार्ग थियो ।
  • रोमको झ्यालखानामा हुँदा पावलले कलस्सेका विश्‍वासीहरूका बिचमा देखा परेका झुटा शिक्षाहरूलाई सच्‍च्याउन “कलस्सीहरू” लाई एउटा पत्र लेखे ।
  • पावलले यो पत्र लेख्दा तिनी अझै पनि कलस्सेको मण्डलीमा पुगेका थिएनन, तर तिनका सहकर्मी इपाफ्रासबाट तिनले त्यहाँका विश्‍वासीहरूको बारेमा सुनेका थिए ।
  • एपाफ्रास सम्भवतः कलस्सेको मण्डली सुरु गर्ने एक ख्रीष्‍टियान सेवक थिए ।
  • फिलेमोनको पुस्तक पावलद्वारा कलस्सेका दासको मालिकलाई सम्बोधन गरिएको पत्र थियो ।

कल्दी

परिभाषा:

कल्दी मेसोपोटामिया वा बेबिलोनको दक्षिणी भागमा अवस्थित क्षेत्र थियो । यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कल्दीहरू भनिन्थ्यो ।

  • ऊर सहर जहाँबाट अब्राहाम आएका थिए, त्यो कल्दीमा अवस्थित थियो । यसलाई अक्सर “कल्दीहरूको ऊर” भनी उल्लेख गरिएको छ ।
  • बेबिलोनका राजाहरू बन्‍ने मनग्गे कल्दीहरूमध्ये नबूकदनेसर एक थिए ।
  • वर्षौंपश्‍चात् लगभग ६०० ख्रीष्‍टपूर्वतिर “कल्दी” को अर्थ “बेबिलोन” हुन आयो ।
  • दानिएलको पुस्तकमा “कल्दी” शब्दले उच्‍च शिक्षा हासिल गरेका र ताराहरूको अध्ययन गर्ने विशेष मानिसहरूको वर्गलाई पनि जनाउँछ ।

कादेश

परिभाषा:

कादेश वा कादेश-बार्निया भनेको इस्राएलको इतिहासको महत्वपूर्ण सहर हो र अहिले यो सिरियामा पर्दछ ।

  • कादेश भनेको जीन मरुभूमिको बीचमा रहेको समुद्र थियो ।
  • अब्राहामले कादेश हुँदो यात्रा गरेका थिए ।
  • मरुभूमिको यात्रामा इस्राएलले कादेशमा बसोबास गरेको थियो ।
  • चट्टानबाट पानी निकाल्ने सम्बन्धमा परमेश्‍वरले दिनुभएको निर्देशनप्रति अनाज्ञाकारी रहेको कारण कादेशमा रहेको प्रतिज्ञाको भूमिमा प्रवेश गर्नबाट मोशालाई इन्कार गरिएको थियो ।

कादेश

परिभाषा:

कादेश भनेको कनानी सहर थियो जुन कनानमा प्रवेश गर्ने क्रममा इस्राएलद्वारा लिइएको थियो ।

  • कादेश इस्राएलको उत्तरी भागमा पर्दथ्यो र नप्‍तालीहरूको जातिलाई त्यो दिइएको थियो ।
  • कादेश भनेको शरणार्थीको सहरको रूपमा अलग गरिएको थियो र त्यो लेवी पूजाहारीहरूको निम्ति बस्‍ने एउटा सहर पनि थियो ।

काना

परिभाषा:

काना गालील प्रान्तमा पर्ने एउटा गाउँ वा नगर थियो । यो नासरतभन्दा नौ माइल उत्तरमा अवस्थित थियो ।

  • काना नथानेलको गृहनगर थियो, जो बाह्‍मध्ये एक थिए ।
  • येशू कानाको विवाह भोजमा उपस्थित हुनुभयो । पानीलाई दाखमद्यमा परिणत गरी त्यहीँ नै उहाँले आफ्नो पहिलो आश्‍चर्यकर्म गर्नुभयो ।
  • त्यसको केही समयपश्‍चात् येशू कानामा फर्कनुभयो, र आफ्नो छोरोको चङ्गाइको निम्ति अनुरोध गर्ने कफर्नहुमका एक अधिकारीलाई उहाँले त्यहाँ भेट्नुभयो ।

कालेब

परिभाषा:

कनान देशको अन्वेषण गर्न मोशाद्वारा पठाइएका बाह् जना इस्राएली गुप्‍तचरमध्ये कालेब एक थिए ।

  • कनानीहरूलाई पराजित गर्न परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ भनी तिनी र यहोशूले मानिसहरूलाई बताए ।
  • आफ्नो पुस्ताका मानिसहरूका बिचमा यहोशू र कालेब मात्र यस्ता मानिसहरू थिए, जसले कनानको प्रतिज्ञात देशमा जाने अनुमति पाए ।
  • हेब्रोन देश कालेब र तिनको परिवारलाई दिइओस् भनी तिनले अनुरोध गरे । त्यहाँ बसोबास गर्ने मानिसहरूलाई पराजित गर्न परमेश्‍वरले तिनलाई मदत गर्नुहुने थियो भनी तिनी जान्दथे ।

किद्रोन खोल्छा

परिभाषा:

यो येरुशलेम सहरको पूर्वीय पर्खाल र जैतून डाँडाको बीचको खोल्छा हो ।

  • यो खोल्छा १००० मिटर भन्दा धेरै गहिरो र करीब ३२ किलोमिटर लामो छ ।
  • जब दाऊद राजा आफ्ना छोरा अब्शालोमबाट भागिरहेका थिए, उनी किद्रोन खोल्छा हुँदै जैतून डाँडामा पुगे ।
  • राजा योशियाह र यहूदाका राजा आशाले झुटा ईश्‍वरहरूका स्थानहरू र वेदीहरू नष्‍ट गर्न र जलाउन आज्ञा दिए र सबै खरानी किद्रोन खोल्छामा फालिएका थिए ।
  • राजा हिजकियाको शासनको समयमा पूजाहारीहरूले किद्रोन खोल्छामा मन्दिरबाट निकालिएका अशुद्ध कुराहरू फ्याँक्थे ।
  • दुष्‍ट रानी अतल्याह तिनले गरिका दुष्‍ट कामहरूका कारण यस खोल्छामा मारिएकी थिईन् ।

किलिकिया

परिभाषा:

किलिकिया आधुनिक टर्की देशको दक्षिण-पूर्वमा अवस्थित एउटा सानो रोमी प्रान्त थियो ।

  • प्रेरित पावल किलिकियामा पर्ने टार्सस सहरका नागरिक थिए ।
  • दमस्कसको बाटोमा येशूसित जम्काभेट गरेपछि पावलले किलिकियामा केही वर्ष बिताए ।
  • स्तिफनसको सामना गरी तिनलाई मृत्युमा पुर्‍याउने गरी ढुङ्गाले हान्‍न मानिसहरूलाई प्रभावित तुल्याउनेहरूमध्ये केही किलिकियाका यहूदीहरू पनि थिए ।

कुरेनी

परिभाषा:

कुरेनी भूमध्य सागरमा अफ्रिकाको उत्तरी तटमा पर्ने एउटा ग्रिक सहर थियो । यो क्रेट टापुको सिधै दक्षिणमा पथ्र्यो ।

  • नयाँ करारको समयमा यहूदी र ख्रीष्‍टियानहरू दुवै नै कुरेनीमा बस्थे ।
  • बाइबलमा येशूको क्रुस बोक्‍ने सिमोन नाउँका मानिसको गृहनगरको रूपमा सम्भावतः कुरेनी बढी परिचित छ ।

कूश

परिभाषा:

कूश नोआका छोरा हामका जेठा छोरा थिए । तिनी निम्रोदका पुर्खा पनि थिए । तिनका दुई जना भाइका नाउँ मिश्र र कनान थिए ।

  • पुरानो करारको समयमा “कूश” इस्राएलको दक्षिणपट्टि पर्ने विशाल क्षेत्रको नाउँ पनि थियो । हामका छोरा कूशको नाउँमा नै यस ठाउँको नाउँ राखिएको हुन सक्छ ।
  • प्राचीन कूश क्षेत्रले त्यस भूमिलाई ओगट्थ्यो, जसमा विभिन्‍न समयमा सुडान, मिश्र, इथियोपिया र सम्भवतः साउदी अरबजस्ता आधुनिक देशहरू समावेश भएका हुन सक्छन् ।
  • भजनसंग्रहको पुस्तकमा कूश नाउँ गरेका अर्का मानिसको पनि उल्लेख भएको छ । तिनी एक बेन्यामीनी थिए ।

केदार

परिभाषा:

केदार इस्माएलको माइलो छोरो थियो र ऊबाट एउटा ठुलो जाति निस्किेको थियो । त्यसरी नै केदार नामक एउटा महत्वपूर्ण सहर पनि रहेको थियो ।

  • पलिश्तिीको दक्षिणी सीमानाको नजीक रहेको अरबको उत्तरी भागमा केदार नामक सहर अवस्थित थियो । बाइबलीय समयमा, त्यसको महानता तथा सुन्दरताले यो सहर प्रख्यात थियो ।
  • “केदारको अन्ध्यारो तम्बू,” भन्‍ने वाक्याँशले बाख्राको कालो रौंबाट बनाइएका तम्बूहरूलाई सङ्केत गर्दछ जसमा केदारका मानिसहरू बस्दथे ।
  • “केदारको महिमा,” भन्‍ने वाक्याँशले उक्त सहर तथा त्यसमा रहेका मानिसहरूको महानतालाई सङ्केत गर्दछ ।

कैयाफा

परिभाषा:

बप्‍तिस्मा-दिने यूहन्‍ना र येशूको समयमा कैयाफा इस्राएलका प्रधान पूजाहारी थिए ।

  • येशूको जाँच पडताल र दण्डाज्ञामा कैयाफाले मुख्य भूमिका निभाए ।
  • एक जना लङ्गडो मानिसलाई चङ्गाइ गरेपछि पत्रुस र यूहन्‍ना पक्राउ पर्दा प्रधान पूजाहारीहरू हन्‍नास र कैयाफा तिनीहरूको जाँच पडतालमा उपस्थित थिए ।
  • सारा जाति नष्‍ट हुनुभन्दा सारा जातिको लागि एक जना मानिस मर्नु उत्तम हुन्छ भनी बताउने व्‍यक्‍ति कैयाफा नै थिए । कसरी आफ्ना मानिसहरूलाई बचाउन येशू मर्नुहुने थियो भनी परमेश्‍वरले कैयाफालाई भविष्यवाणीको रूपमा यसो भन्‍न लगाउनुभएको थियो ।

कैसर

परिभाषा:

“कैसर” रोमी साम्राज्यका अधिकांश शासकहरूद्वारा प्रयोग गरिएको नाउँ वा उपाधि थियो । बाइबलमा यस नाउँले तिन बेग्लाबेग्लै रोमी शासकलाई उल्लेख गर्छ ।

  • कैसर भनिएका पहिलो रोमी शासक “कैसर अगस्टस” थिए, जसले येशू जन्मनुहुँदा शासन गरिरहेका थिए ।
  • करिब तिस वर्षपश्‍चात् बप्‍तिस्मा-दिने यूहन्‍नाले प्रचार गरिरहेको समयमा कैसर तिबेरिअस रोमी साम्राज्यका शासक थिए ।
  • येशूले जे कैसरको हो, त्यो कैसरलाई नै दिनू र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई नै दिनू भनी मानिसहरूलाई बताउनुहुँदा कैसर तिबेरिअसले अझै शासन गरिरहेका थिए ।
  • पावलले कैसरकहाँ अपिल गर्दा यसले रोमी सम्राट् नेरोलाई उल्लेख गरेको थियो । तिनले पनि “कैसर” उपाधि धारण गरेका थिए ।
  • “कैसर” लाई उपाधिको रूपमा प्रयोग गरिँदा यसलाई “सम्राट्” वा “रोमी शासक” भनी अनुवाद गर्न सकिन्छ ।
  • कैसर अगस्टस वा कैसर तिबेरिअसजस्ता नाउँहरूमा “कैसर” शब्दलाई राट्रिय भाषाहरूमा लिपन्तर गरी लगभग उही हिज्जेको प्रयोग गर्न सकिन्छ ।

कैसरिया, कैसरिया फिलिप्पी

परिभाषा:

कैसरिया भूमध्य सागरको तटमा अवस्थित एउटा महत्त्वपूर्ण सहर थियो, जुन कर्मेल पहाडबाट करिब ३९ किलोमिटर दक्षिणमा पथ्र्यो । कैसरिया फिलिप्पी हेर्मोन डाँडा नजिकै इस्राएलको उत्तर-पूर्वमा अवस्थित सहर थियो ।

  • रोमी साम्राज्यमाथि शासन गर्ने कैसरहरूको नाउँमा यी सहरहरूका नाउँ राखिए ।
  • तटवर्ती कैसरिया येशूको समयतिर रोमी प्रान्त यहूदियाको राजधानी सहर बन्यो ।
  • प्रेरित पत्रुसले पहिलो पटक कैसरियामा नै गैरयहूदीहरूलाई प्रचार गरे ।
  • पावलले कैसरियादेखि टार्सससम्म सामुद्रिक यात्रा गरे, र आफ्ना दुईवटा प्रचार यात्रामा तिनी यस सहर भएर गए ।
  • येशू र उहाँका चेलाहरूले कैसरिया फिलिप्पीको क्षेत्रमा यात्रा गरे ।

कोरह

परिभाषा:

कोरह भनेको पुरानो नियममा भएको कम्तीमा दुई व्‍यक्‍तिका नाउँहरू हुन् ।

  • एसाबको छोराहरूमध्ये एकजनाको नाउँ कोरह थियो । उनी आफ्नो समुदायको अगुवा थिए ।
  • कोरह भनेको लेवीको सन्तान पनि थिए जसले पवित्रवासस्थानमा पूजाहारीको भूमिका निभाएका थिए । अनि परमेश्‍वरले हारुन तथा मोशालाई दिनुभएको अख्तियारप्रति उनी डाही भएका थिए ।
  • अनि परमेश्‍वरद्वारा दिइएका अगुवाहरूविरुद्ध आवाज उठाउनको लागि उनले दातान र अबीरामसँग मिलेर षड्यन्‍त्र गरेका थिए ।

कोरिन्थ, कोरिन्थीहरू

परिभाषा:

कोरिन्थ एथेन्सबाट करिब ५० माइल पश्‍चिममा पर्ने ग्रिस देशको एउटा सहर थियो । कोरिन्थीहरू कोरिन्थमा बस्‍ने मानिसहरू थिए ।

  • आदि ख्रीष्‍टियान मण्डलीहरूमध्ये एउटा कोरिन्थमा थियो ।
  • नयाँ करारका दुईवटा पुस्तक १ कोरिन्थी र २ कोरिन्थी कोरिन्थमा रहेका ख्रीष्‍टियानहरूलाई पावलद्वारा लिखित पत्रहरू थिए ।
  • आफ्नो दोस्रो मिसनरी यात्रामा पावल कोरिन्थमा करिब अठार महिना बसे ।
  • पावल कोरिन्थमा छँदा तिनले विश्‍वासीहरू अकिलास र प्रिस्किलालाई भेटे ।
  • कोरिन्थसित सम्बन्धित आदि मण्डलीका अन्य अगुवाहरूमा तिमोथी, तीतस, अपोल्लोस र सिलास थिए ।

कोरेस

परिभाषा:

कोरेस फारसका राजा थिए, जसले ५५० ख्रीष्‍टपूर्वतिर सैनिक विजयद्वारा फारसी साम्राज्य खडा गरे । इतिहासमा तिनलाई कोरेस महान् भनेर पनि चिनिन्थ्यो ।

  • राजा कोरेसले बेबिलोन सहरमाथि विजय हासिल गरे, जसले गर्दा त्यहाँ निर्वासनमा रहेका इस्राएलीहरू मुक्त हुन पाए ।
  • आफूले विजय हासिल गरेका राज्यका मानिसहरूप्रति सहनशील मनोवृत्तिको लागि कोरेस परिचित थिए । यहूदीहरूप्रति भएको तिनको दयाको कारणले निर्वासनपश्‍चात् यहूदीहरूलाई यरूशलेमको पुनर्निर्माणतर्फ डोर्‍यायो ।
  • दानिएल, एज्रा र नहेम्याह बाँचेको समयमा कोरेसले शासन गर्दै थिए ।

क्रेट, क्रेटबासी

परिभाषा:

क्रेट ग्रिसको दक्षिणी तटमा अवस्थित एउटा टापु हो । यस टापुमा बस्‍ने मानिसलाई “क्रेटबासी” भनिन्छ ।

  • आफ्ना मिसनरी यात्राहरूमा प्रेरित पावलले क्रेट टापुमा यात्रा गरे ।
  • ख्रीष्‍टियानहरूलाई सिकाउन र मण्डलीमा अगुवाहरूको नियुक्ति गर्न पावलले आफ्ना सहकर्मी तीतसलाई यही टापुमा छाडेका थिए ।

खारा समुद्र, मृत सागर

परिभाषा:

खारा समुद्र (मृत सागर पनि भनिन्छ) दक्षिणी एस्राएलको पश्‍चिम र मोआबको पुर्व बीचमा अवस्थित थियो ।

  • येदन नदी खारा समुद्रभित्र दक्षिणतिर बग्‍छ ।
  • यि धेरैजसो सुद्रहरूभन्दा सानो भएकोले यसलाई “खारा ताल” भन्‍न सकिन्छ ।
  • यि समुद्रमा खनिजहरूको (नुन) चाप उच्‍च छ, जसको तात्पर्य यसको पानीमा कुनै पनि कुरा बाँच्‍न सक्दैन । त्यसैबाट “मृत सागर” नाउँ आउँछ ।
  • अरबा र नेगेव नजिकैको क्षेत्रहरूम परेको हुनाले पुरानो करारमा यो समुद्रलाई “अरबाको समुद्र” र “नेगेवको समुद्र” पनि भनिन्थ्यो ।

(अनुवादका निम्ति सुझावः नामहरू अनुवाद गर्नुहोस्) (हेर्नुहोस्ः अम्मोन, अम्मोनीहरू, अम्मोनी महिलाहरू, अरबा, यर्दन नदी, मोआब, मोआबी, मोहाबी महिलाहरू, नेगेव) बाइबल खण्डहरूः


गब्रिएल

परिभाषा:

गब्रिएल परमेश्‍वरका एक स्वर्गदूतको नाउँ हो । केही ठाउँमा नामै तोकेर तिनको उल्लेख गरिएको छ । पुरानो र नयाँ करार दुवैमा तिनको उल्लेख भएको पाइन्छ ।

  • दानिएलले देखेको दर्शनको अर्थ बताउन परमेश्‍वरले गब्रिएललाई तिनीकहाँ पठाउनुभयो ।
  • अर्को ठाउँमा दानिएल प्रार्थना गरिरहँदा, गब्रिएल स्वर्गदूत तिनीकहाँ उडेर आए, र तिनले भविष्यमा हुने कुराबारे भविष्यवाणी गरे । दानिएलले तिनलाई “मानिस” भनी बयान गरेका छन् ।
  • नयाँ करारमा अभिलिखित गरिएको छ, कि जकरियाकी वृद्धा पत्‍नी एलिजाबेथले यूहन्‍ना नाउँ गरेको छोरोलाई जन्माउने थिइन् भनी भविष्यवाणी गर्न गब्रिएल जकरियाकहाँ आए ।
  • त्यसको छ महिनापश्‍चात् गब्रिएल मरियमकहाँ पठाइए जसले उनलाई बताए, कि आश्‍चर्यपूर्ण रूपमा गर्भधारण गरी एउटा बच्‍चा जन्माउन परमेश्‍वरले मरियमलाई सक्षम तुल्याउनुहुने थियो, जो “परमेश्‍वरका पुत्र” कहलाइनुहुने थियो । तिनको नाउँ “येशू” राख्‍नू भनी गब्रिएलले मरियमलाई भने ।

गमोरा

परिभाषा:

गमोरा सदोम नजिकै पर्ने प्रशस्त उब्जाउ हुने बेँसीमा अवस्थित एउटा सहर थियो, जहाँ अब्राहामका भतिजो लोतले बस्‍ने छनौट गरे ।

  • गमोरा र सदोमको वास्तविक स्थान अज्ञात छ, तर यी सहरहरू सिद्दीमको बेँसी नजिकै पर्ने खारा समुद्रको सिधै दक्षिणपट्टि अवस्थित थिए कि भन्‍ने सङ्केतहरू छन् ।
  • सदोम र गमोरा अवस्थित क्षेत्रहरूमा धेरै राजाहरू युद्धमा होमिएका थिए ।
  • सदोम र अन्य सहरहरूको लडाइँ हुँदा लोतको परिवार कैदी बनाइएर लगिएपछि अब्राहाम र तिनका मानिसहरूले तिनीहरूलाई छुटकारा दिए ।
  • त्यसको केही समय पनि बित्‍न नपाउँदै, सदोम र गमोरामा बस्‍ने मानिसहरूको दुष्‍टताको कारणले परमेश्‍वरले ती सहरहरूलाई नष्‍ट गर्नुभयो ।

गरार

परिभाषा:

गरार कनानको एउटा सहर र क्षेत्र थियो, जुन हेब्रोनेको दक्षिण-पश्‍चिम र बेर्शेबाको उत्तर-पश्‍चिमपट्टि पथ्र्यो ।

  • अब्राहाम र सारा गरारमा बस्दा राजा अबीमेलेक त्यहाँका शासक थिए ।
  • इस्राएलीहरू कनानमा बस्दा पलिश्तीहरूले गरारको क्षेत्रमाथि प्रभुत्व जमाएका थिए ।

गलगथा

परिभाषा:

“गलगथा” एउटा ठाउँको नाउँ हो, जहाँ येशूलाई क्रुसमा टाँगिएको थियो । आरमेइक शब्दबाट व्युत्पन्‍न भएको यस शब्दको अर्थ हुन्छ, “खप्पर” वा “खप्परे स्थान ।”

  • गलगथा यरूशलेम सहरको बाहिरपट्टि नजिकै कतै अवस्थित थियो । सायद, यो जैतून पर्वतको भिरमा पथ्र्यो ।
  • बाइबलका केही पुराना संस्करणहरूमा गलगथालाई “कलवरी” भनी अनुवाद गरिएको छ, जुन “खप्पर” को लागि प्रयोग गरिएको ल्याटिन शब्दबाट आउँछ ।
  • धेरै बाइबल संस्करणहरूले “गलगथा” जस्तै देखिने वा उच्‍चारणमा यसको जस्तै ध्वनि आउने शब्दको प्रयोग गर्छन्, किनकि बाइबलकै पाठ्यांशमा यसको अर्थलाई पहिले नै व्याख्या गरिएको छ । बाइबलका नाउँहरूलाई कसरी अनुवाद गर्ने भन्‍ने बारेमा तलको लिङ्कमा जानुस् ।

गलातीया

परिभाषा:

नयाँ करारको समयमा गलातीया एउटा विशाल रोमी प्रान्त थियो, जुन अहिले टर्की भनेर चिनिने देशको मध्य भागमा अवस्थित थियो ।

  • गलातीयाको एउटा भाग दक्षिणपट्टि काला समुद्रको सिमाना थियो । यो एसिया, बिथिनिया, कापाडोकिया, किलिकिया र पामफिलियाजस्ता प्रान्तहरूको पनि सिमाना थियो ।
  • प्रेरित पावलले गलातीया प्रान्तमा बस्‍ने ख्रीष्‍टियानहरूलाई एउटा पत्र लेखे । नयाँ करारमा यस पत्रलाई “गलातीहरू” भनिन्छ ।
  • गलातीहरूलाई यस पत्र लेख्‍नुको एउटा कारण कामहरूबाट नभई अनुग्रहबाट उपलब्ध उद्धारको सुसमाचारलाई पुनः जोड दिनु थियो ।
  • विश्‍वासीहरूले केही यहूदी व्यवस्थाहरूलाई पालन गर्नु आवश्यक छ भनी यहूदी ख्रीष्‍टियानहरूले गलातीयाका अन्यजाति ख्रीष्‍टियानहरूलाई सिकाउँदै थिए ।

गशूर

परिभाषा:

राजा दाऊदको समयमा गशूर एउटा सानो राज्य थियो, जुन गालील समुद्रको पूर्वपट्टि, इस्राएल र अराम देशहरूका बिचमा अवस्थित थियो ।

  • राजा दाऊदले गशूरका राजाकी छोरी माकासित बिहे गरे, र उनले दाऊदको निम्ति छोरो अब्शालोमलाई जन्माइन् ।
  • आफ्ना सौतेला भाइ अमनोनको हत्या गरेपछि, अब्शालोम यरूशलेमबाट उत्तर-पूर्वमा पर्ने गशूरमा भागेर गए । यो ठाउँ यरूशलेमदेखि ८८ माइल टाढा थियो । अब्शालोम तिन वर्षसम्म त्यहीँ बसे ।

गाजा

परिभाषा:

बाइबलको समयमा गाजा एउटा समृद्ध पलिश्ती सहर थियो । भूमध्य सागरको तटमा अवस्थित यो सहर अश्दोदबाट ३८ किलोमिटर दक्षिणमा पथ्र्यो । यो पलिश्तीहरूका पाँचवटा मुख्य सहरमध्ये एक थियो ।

  • यसको अवस्थितिको कारणले गाजा एउटा मुख्य बन्दरगाह थियो, जहाँ धेरै विभिन्‍न किसिमका जातिहरू र राज्यहरूका बिचमा व्यापारिक गतिविधिहरू हुन्थे ।
  • आज यो सहर गाजा स्ट्रिपमा एउटा अझै पनि महत्त्वपूर्ण बन्दरगाह हो । गाजा स्ट्रिप भूमध्य सागरको तटमा अवस्थित क्षेत्र हो जसको उत्तर र पूर्वमा इस्राएल पर्छ भने दक्षिणमा मिश्र ।
  • पलिश्तीहरूले शिमशोनलाई पक्रेपछि तिनीहरूले तिनलाई गाजा सहरमा नै लगेका थिए ।
  • सुसमाचार प्रचारक फिलिपले इथियोपियाली नपुंसकलाई भेट्दा तिनी मरुभूमिको बाटो हुँदै गाजा गएका थिए ।

गात

परिभाषा:

गात पलिश्तीहरूका पाँचवटा मुख्य सहरमध्ये एउटा थियो । यो एक्रोनको दक्षिण अनि अश्दोद र अश्कलोनको पूर्वमा पथ्र्यो ।

  • पलिश्ती योद्धा गोल्यत गात सहरको थियो ।
  • शमूएलको समयमा पलिश्तीहरूले इस्राएलबाट करारको सन्दुक चोरेर यसलाई अश्दोदस्थिति तिनीहरूको मन्दिरमा राखे । त्यसपछि यसलाई गातमा लगियो र त्यहाँबाट एक्रोनमा । तर परमेश्‍वरले ती सहरहरूका मानिसहरूलाई रोग पठाएर दण्ड दिनुभयो । तसर्थ, तिनीहरूले सन्दुकलाई इस्राएलमा नै फर्काइदिए ।
  • दाऊद राजा शाऊलबाट उम्कँदै गर्दा तिनी गातमा भागे, जहाँ केही समयको लागि तिनी आफ्ना दुई पत्‍नी र आफ्ना छ सय बफादार अनुयायीसँगै बसे ।

गाद

परिभाषा:

गाद याकूब अर्थात् इस्राएलका छोराहरूमध्ये एक जनाको नाउँ हो ।

  • गादको परिवार इस्राएलका बाह् कुलमध्ये एउटा कुल बन्यो ।
  • बाइबलमा अर्का मानिसको नाउँ पनि गाद छ, जो अगमवक्ता थिए । इस्राएलीहरूको जनगणना लिई पाप गरेकोले राजा दाऊदको सामना गर्ने गाद यिनै थिए ।
  • बाल-गाद र मिग्दलाद [खासमा, मिग्दल-गाद] दुईवटा सहरका नाउँ मौलिक पाठ्यांशमा दुई ओटा छुट्टाछुट्टै शब्द भएकाले तिनलाई कहिले काहीँ “बाल गाद” र “मिग्दल गाद” भनेर लेखिन्छ ।

गालील समुद्र, किन्‍नरेत समुद्र, गनेसरेत समुद्र

परिभाषा:

गालील समुद्र पुर्वी इस्राएलको एउट ताल हो । यसलाई पारको करारमा किन्‍नरेत समुद्र भनिन्थ्यो ।

  • यो तालको पानी दक्षिणतिरबाट बगेर खारा समुद्रमा जन्छ ।
  • गालील सुमुद्रपछि परनहूम र बेथसेदा सहर पर्छन् ।
  • गालील समुद्रको अरू नाउँहरू “तिबेरियास समुद्र” र “गनेसरेत ताल” पनि हो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः बेथसेदा, कपरनहूम, गालील, यर्दन नदी, खारा समुद्र, मृत सागर, तिबेरियस) बाइबलका खण्डहरूः

  • लूका ०५:१-३
  • मत्ती ०४:१२-१३
  • मत्ती ०४:१८-२०
  • मत्ती०८:१८-२०
  • मत्ती १३:१-२
  • मत्ती १५:२९-३१
  • मर्कूस ०१:१६-१८

गालील, गालीली

परिभाषा:

गालील इस्राएलको निकै उत्तर र सामरियाको उत्तरमा पर्ने ठाउँ थियो । गालीलमा बसोबास गर्ने व्‍यक्‍तिलाई “गालीली” भनिन्थ्यो ।

  • नयाँ करारको समयमा गालील, सामरिया र यहूदिया इस्राएलका तिनवटा मुख्य प्रान्त थिए ।
  • गालीलको पूर्वपट्टि “गालील समुद्र” भनेर चिनिने ठुलो ताल थियो ।
  • येशू गालीलको नासरत नगरमा हुर्कनुभयो, र उहाँ त्यहीँ बस्‍नुहुन्थ्यो ।
  • येशूले गालील क्षेत्रमा नै अधिकांश आश्‍चर्यकर्महरू गर्नुकासाथै शिक्षाहरू दिनुभयो ।

गिदोन

परिभाषा:

गिदोन इस्राएलका मानिस थिए । इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट छुटकारा दिन परमेश्‍वरले तिनलाई खडा गर्नुभयो ।

  • गिदोन बाँचेको समयमा मिद्यानीहरू भनेर चिनिने जातिले इस्राएलीहरूमाथि आक्रमण गरिरहे, र तिनीहरूले उनीहरूका फसलहरू नष्‍ट पारिरहे ।
  • गिदोन डराए तापनि मिद्यानीहरूसित लडाइँ गरी तिनीहरूलाई पराजित गर्न परमेश्‍वरले तिनलाई इस्राएलीहरूको अगुवाको रूपमा प्रयोग गर्नुभयो ।
  • झुटा देवताहरू बाल र अशेराका वेदीहरू भत्काएर पनि गिदोनले परमेश्‍वरको आज्ञा माने ।
  • गिदोनले इस्राएलीहरूका शत्रुहरूलाई पराजित गर्न तिनले आफ्ना मानिसहरूलाई अगुवाइ मात्र गरेनन्, तर एक मात्र साँचो परमेश्‍वर यहोवेको आज्ञा पालन गर्न र उहाँको आराधना गर्न तिनीहरूलाई उत्साह दिए ।

गिबा

परिभाषा:

गिबा एउटा सहरको नाउँ हो, जुन यरूशलेमको पश्‍चिम र बेथेलको दक्षिणमा पथ्र्यो ।

  • गिबा बेन्यामीन कुलको इलाकामा पथ्र्यो ।
  • यो बेन्यामीनीहरू र इस्राएलबिच भएको विशाल युद्धको क्षेत्र थियो ।

गिबोन, गिबोनी

परिभाषा:

गिबोन यरूशलेमदेखि करिब १३ किलोमिटर उत्तर-पश्‍चिममा अवस्थित एउटा सहर थियो । गिबोनमा बस्‍ने मानिसहरूलाई गिबोनीहरू भनिन्थ्यो ।

  • इस्राएलीहरूले कसरी यरीहो र ऐ सहरहरूलाई नष्‍ट पारे भनी गिबोनीहरूले सुनेपछि तिनीहरू भयभीत भए ।
  • तसर्थ, गिबोनीहरू गिलगालमा इस्राएलका अगुवाहरूकहाँ आए, र तिनीहरूले धेरै टाढाको देशबाट आएका मानिसहरू भएको अभिनय गरे ।
  • इस्राएलका अगुवाहरू छलमा परे, र तिनीहरूले गिबोनीहरूको सुरक्षा दिई तिनीहरूलाई नष्‍ट नगर्ने सहमति जनाए ।

गिर्गाशीहरू

परिभाषा:

गिर्गाशीहरू कनान देशमा गालील समुद्रको नजिकै बस्‍ने एउटा जाति थियो ।

  • तिनीहरू हामका छोरा कनानका सन्तानहरू थिए । त्यसैले, “कनानीहरू” भनेर चिनिने धेरै जातिहरूमध्ये तिनीहरू एक थिए ।
  • गिर्गाशीहरू र अन्य कनानी जातिहरूलाई पराजित गर्न परमेश्‍वरले इस्राएलीहरूलाई मदत गर्नुहुने थियो भनी उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभयो ।
  • सबै कनानी जातिहरूले झैँ

गिर्गाशीहरूले पनि झुटा देवताहरूलाई पुज्थे, र तिनीहरूको पुजाको हिस्साको रूपमा तिनीहरूले अनैतिक कामहरू गर्थे ।


गिलगाल

परिभाषा:

गिलगाल यरीहोको उत्तरमा पर्ने नगर थियो । कनान प्रवेशको लागि यर्दन नदी पार गरेपछि इस्राएलीहरूले पहिलो पटक यहीँ नै पाल टाँगेका थिए ।

  • इस्राएलीहरूले भर्खरै पार गरेको यर्दन नदीको सुक्खा पिँधबाट लिइएका बाह् ओटा पत्थरलाई यहोशूले गिलगालमा खडा गरे ।
  • एलिया र एलीशाले यर्दन पार गरी गिलगाल छाडे, जुन बेला एलिया स्वर्ग लगिए ।
  • पुरानो करारमा अन्य केही ठाउँहरूलाई पनि “गिलगाल” भनिएको छ ।
  • “गिलगाल” शब्दको अर्थ हुन्छ, “पत्थरहरूको वृत्त ।” सायद, यसले वृत्ताकार वेदी निर्माण गरिएको ठाउँलाई उल्लेख गथ्र्यो ।
  • अङ्ग्रेजी भाषाको पुरानो करारमा यो शब्दसित प्रायः सधैँ आर्टिकल “द” (द गिलगाल) आउँछ । यसले यो कुनै विशेष ठाउँ नभएर कुनै ठाउँको बयान थियो कि भनी अङ्कित गर्दछ ।

गिलाद

परिभाषा:

गिलाद यर्दन नदीको पूर्वमा पर्ने पहाडिया क्षेत्रको नाउँ हो, जहाँ इस्राएलका कुलहरू गाद, रूबेन, मनश्शे बस्थे ।

  • यस क्षेत्रलाई “गिलादको पडाडि मुलुक” वा “गिलाद पहाड” को रूपमा पनि उल्लेख गरिन्थ्यो ।
  • पुरानो करारमा केही मानिसहरूका नाउँ पनि “गिलाद” थिए । गिलाद नाउँ भएको एक जना मानिस मनश्शेको नाति थियो । अर्को गिलाद यिप्‍ताको पिता थियो ।

गेतसमनी

परिभाषा:

गेतसमनी यरूशलेमको पूर्वमा पर्ने जैतून रुखहरू भएको एउटा बगैँचा थियो । यो किद्रोन खोल्साभन्दा पारि र जैतून पर्वतको नजिकै पथ्र्यो ।

  • यही गेतसमनीको बगैँचामा नै येशू र उहाँका चेलाहरू भिडहरूबाट टाढा भई एकान्तमा विश्राम गर्न जान्थे ।
  • यहूदी अगुवाहरूबाट गिरफ्तार हुनुअगि यही गेतसमनीको बगैँचामा नै येशूले बडो शोकपूर्वक प्रार्थना गर्नुभयो ।

गोल्यत

परिभाषा:

गोल्यत पलिश्तीहरूको सेनामा अत्यन्तै अग्लो र ठुलो ज्यान भएको सिपाही थियो, जो दाऊदद्वारा मारियो ।

  • गोल्यत दुईदेखि तिन मिटरसम्म अग्लो थियो । त्यसको ठुलो आकारको कारणले गर्दा त्यसलाई प्रायः बडेमान भनी उल्लेख गरिएको छ ।
  • दाऊदसितभन्दा गोल्यतसित राम्रा हतियारहरू भए तापनि र त्यो तिनीभन्दा ठुलो भए तापनि, त्यसलाई पराजित गर्न परमेश्‍वरले दाऊदलाई शक्ति र क्षमता दिनुभयो ।
  • दाऊदले गोल्यतमाथि जित हासिल गरेसँगै पलिश्तीहरूमाथि इस्राएलीहरूको विजय घोषणा गरियो ।

गोशेन

परिभाषा:

गोशेन एउटा प्रदेशको नाउँ हो, जुन मिश्र देशको उत्तरी भागमा अवस्थित थियो ।

  • योसेफ मिश्रमा शासक हुँदा तिनका पिता र तिनका दाजुहरू अनि तिनीहरूका परिवारहरू कनानमा आइपरेको अनिकालबाट बच्‍न गोशेनमा बस्‍न आए ।
  • तिनीहरू र तिनीहरूका सन्तानहरू गोशेनमा ४०० वर्षभन्दा बढी समय राम्ररी बसे । तर त्यसपछि भने मिश्रका फारोले तिनीहरूलाई जबरजस्ती दासदासीहरू बनाए ।
  • अन्ततः, गोशेनलाई छाडी यस दासत्वबाट छुटकारा पाऊन् भन्‍ने उद्देश्यले परमेश्‍वरले इस्राएलीहरूलाई मदत गर्न मोशालाई पठाउनुभयो ।

ग्रिक, ग्रिसेली

परिभाषा:

नयाँ करारको समयमा ग्रिक ग्रिस र पुरै रोमी साम्राज्यभरि बोलिने भाषा थियो । “ग्रिसेली” शब्दको अर्थ हुन्छ, “ग्रिक बोल्ने ।”

  • एउटा “अन्यजाति” वा “गैरयहूदी” लाई जनाउन कहिले काहीँ बाइबलमा “ग्रिक” शब्दको प्रयोग गरिएको छ ।
  • नयाँ करारको समयमा रोमी साम्राज्यमा भएका अधिकांश गैरयहूदीहरू फरक जातिका भए तापनि तिनीहरूले ग्रिक बोल्थे । मर्कूस ७ अध्यायमा उल्लिखित सिरिया-फोनिकेकी स्‍त्री यसको उदाहरण हो, जसलाई “ग्रिक” को रूपमा उल्लेख गरिएको छ ।
  • जो यहूदी होइन, उसलाई जनाउन यसरी प्रयोग गर्दा “ग्रिक” लाई “अन्यजाति” वा “गैरयहूदी” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही अङ्ग्रेजी संस्करणहरूले “ग्रिसेली” को साटो “हेलेनिस्टिक” शब्दको प्रयोग गर्छन्, जुन ग्रिक शब्दको लिप्यन्तर हो । यो “हिब्रूहरू” वा “हिब्रू बोल्ने यहूदीहरू” को विपरीत छ, किनकि तिनीहरूले केवल हिब्रू वा आरमेइक बोल्थे ।
  • “ग्रिसेली” लाई “ग्रिक बोल्ने” वा “सांस्कृतिक रूपमा ग्रिक” वा “ग्रिक” भनेर अनुवाद गर्न सकिन्छ ।

ग्रिस/युनान

परिभाषा:

नयाँ करारको समयमा ग्रिस रोमी साम्राज्यको एउटा प्रान्त थियो ।

  • वर्तमान ग्रिस देशजस्तै यो एउटा प्रायद्धीपमा अवस्थित थियो जसका सिमानाहरू भूमध्य सागर, एजन समुद्र र आइनोएिन समुद्र थिए ।
  • प्रेरित पावल ग्रिसका विभिन्‍न सहरहरूमा गए, र तिनले कोरिन्थ, थेसलोनिके, फिलिप्पी र सम्भवतः अन्य ठाउँहरूमा मण्डलीहरू स्थापना गरे ।
  • ग्रिसका मानिसहरूलाई “ग्रिकहरू” भनिन्छ र तिनीहरूको भाषालाई “ग्रिक” भनिन्छ । धेरै यहूदीहरूलगायत अन्य रोमी प्रान्तका मानिसहरूले पनि ग्रिक बोल्थे ।
  • कहिले काहीँ अन्यजातिलाई जनाउन “ग्रिक” शब्दको प्रयोग गरिएको छ ।

जकरिया (न.क.)

परिभाषा:

जकरिया एक यहूदी पूजारी थिए, जो बप्‍तिस्मा दिने यूहन्‍नाका पिता भए ।

  • जकरियाले परमेश्‍वरलाई प्रेम गरे र उहाँको आज्ञा पालन गरे ।
  • जकरिया र तिनकी पत्‍नी एलीशिबाले एउटा बालक पाउनलाई धेरै वर्षसम्म जोडदार प्रार्थना गरे, तर एउटै पनि पाएका थिएनन् । उनीहरू धेरै वृद्ध भएपछि, परमेश्‍वरले उनीहरूका प्रार्थनाको जवाफ दिनुभयो, र उनीहरूलाई एउटा छोरा दिनुभयो ।
  • जकरियाले उनका छोरा यूहन्‍ना सीहका निम्ति मार्ग तयार पार्ने र घोषणा गर्ने अगमवक्‍ता हुनेछन् भनी भविष्यवाणी गरे ।

(अनुवादका निम्तो सुझावहरूः नामहरू कसरी गर्ने) (हेर्नुहोस्ः यूहन्‍ना (बप्‍तिस्मा दिने)) बाइबलका खण्डहरूः

  • लूका १:५-७
  • लूका १:२१-२३
  • लूका १:३९-४१

बाइबलका कथाहरूबाटका उदाहरणहरूः

  • (२२-०१) एक जना वृद्ध पूजाहारी जकरियाकहाँ परमेश्‍वरको सन्देशसहित अचानक देखा पर्छन् । जकरिया र तिनकी पत्‍नी एलीशिबा धार्मिक मानिसहरू थिए, तर तिनले बालक पाउन सकिकी थिइनन् ।
  • (२२-०२) स्वर्गदूतले जकरियालाई भन्छन्, “तिम्री पत्‍नीले छोरा पाउनेछिन् । तिमीले त्यसको नाम यूहन्‍ना राख्‍नेछौ ।”
  • (२२-०३) जकरिया तुरून्तै बोल्न नसक्‍ने भए ।
  • (२२-०७) परमेश्‍वरले जकरियालाई फेरि बोल्न सक्‍ने बनाउनुभयो ।

जकरिया (पु.क.)

परिभाषा:

जकरिया पुरानो नियममा विभिन्‍न मानिसहरूका नाम थियो । सबैभन्दा महत्वपूर्ण मानिसहरू यसप्रकार छन्ः

  • दाऊदको समयमा मन्दिरका एक प्रमुख पाले (१इतिहास २६:२,१४) ।
  • राजा यहोशापातको एउटा छोरा, जसको हत्या उनका भाइ यहोरामले गरेका थिए (२ इतिहास २१:२) ।
  • उनीहरूका मूर्तीपुजाको निम्ति मानिसहरूलाई हप्‍काउँदा उनीहरूले तिनलाई ढुङ्गाले हानेर मारेका थिए (२ इतिहास २४:२०) ।
  • सिंहासनमा छ महिना बसेपछि हत्या गरिएका इस्राएलका एक जना राजा थिए (२इतिहास १४:९) ।
  • फारसका राजा दारा प्रथमको शासनकालमा भविष्यवाणी गर्ने एक जना अगमवक्‍ता । तिनको भविष्यवाणीले निर्वासनबाट फर्केर आएकाहरूलाई परमप्रभुको भवन निर्माण गर्न आग्रह गर्‍यो । उनी एज्रा, नहेम्याह, यरूबाबेल र अगमवक्‍ता हाग्गैको समयका थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्) (हेर्नुहोस्ः दारा, एज्रा, यहोशापात, नहेम्याह, यरूबाबेल)


जखायस

परिभाषा:

जखयास यरीहोका एक कर उठाउने मानिस थिए, जो येशूलाई हेर्न रूखमा चढे ।

  • येशूमा विश्‍वास गरेपछि जखयास पूर्ण रूपमा परिवर्तन भए ।
  • तिनले गरिबलाई आफ्नो आधा सम्पत्ति दिने प्रतिज्ञा गरे ।
  • तिनले मानिसहरूबाट उनीहरूका करको निम्ति बढी लिएका कुरा उनीहरूलाई नै चार गुणा बढी फर्ता दिने प्रतिज्ञा पनि गरे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः कर उठाउने) बाइबलका खण्डहरूः

  • लूका १९:१-२
  • लूका १९:५-७

जबूलून

परिभाषा:

जबूलून याकूब र लेआबाट जन्मिएका अन्तिम छोरा थिए र इस्राएलका बाह्र कुल मध्ये एउटाको नाम हो

  • इस्राएली कुलका जबूलूनलाई मृत सागरको पश्‍चिम पट्टी छेवैको भूभाग दिइयो ।
  • कहिले काहीँ जबूलून नाउँलाई यो इस्राएली कुल बसेको भूमिलाई जनाउन प्रयोग गरिएको छ ।
  • जबूलूनको अर्थ, “उचालिएएको” भन्‍ने हुन्छ ।

बाइबलका खण्डहरूः

  • उत्पत्ति ३०:१९-२१
  • मत्ती ४:१२-१३
  • मत्ती ४:१४-१६

जब्दिया

परिभाषा:

जब्दिया गालीलका एक मछुवा थिए । उनका छोराहरू, याकूब र यूहन्‍नाले उनीसँगै काम गर्थे । त्यसपछि तिनीहरूले काम छोडेर येशूको दुई जना प्रेरितहरू भए । (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः याकूब (जब्दियाका छोरो), यूहन्‍ना (प्रेरित)) बाइबलका खण्डहरूः

  • लूका ५:८-११
  • मत्ती ४:२१-२२
  • मत्ती २०:३६-३८
  • मर्कूस १:१९-२०

जैतुन डाँडा

परिभाषा:

जैतुन डाँडा यरूशलेम सहरको पूर्वतर्फ अवस्थित एउटा पर्वत वा ठुलो डाँडा हो । सम्भवतः यसको नाम यसलाई ढाक्‍ने जैतुनका रुखहरूका झाडीको कारण राखिएको हुनुपर्छ ।

  • येशू र उहाँका चेलाहरू धेरै पटक जैतुन डाँडा प्रार्थना र विश्राम गर्न जानुभयो ।
  • येशूलाई गेत्समनीको बगैँचामा पक्राउ गरियो, जुन जैतुन डाँडामा अवस्थित छ ।
  • यसलाई “जैतुनको रुखको पहाड” भनेर अनुवाद गर्न सकिन्छ ।

जोनाथन

परिभाषा:

यो “जोनाथन” नाउँ पुरानो करारमा धेरै पटक प्रयुक्‍त हुन्छ । यसको अर्थ हुन्छ‒ “यहोवेले दिनुभएको छ ।”

  • जोनाथन नाउँ गरेका सबैभन्दा परिचित मानिस राजा शाऊलका जेठा छोरा थिए । तिनी दाऊदका सबैभन्दा घनिष्‍ठ मित्र थिए ।
  • पुरानो करारमा उल्लिखित जोनाथन नाउँ गरेका अन्य मानिसहरू यस प्रकार छन्ः मोशाका नाति, राजा दाऊदका भतिजो, दाऊदको सेवा गर्ने पूजाहारी अबियाथारका छोरा, सचिव जसको घरमा यर्मियालाई थुनिएको थियो र अन्य धेरै ।

(हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः शाऊल (पुक), दाऊद, यर्मिया)

बाइबलका सन्दर्भहरूः


टार्सस

परिभाषा:

टार्सस रोमी प्रान्त किलिकियामा अवस्थित प्राचीन र समृद्ध सहर थियो । यो अहिले मध्य टर्कीको दक्षिणपट्टि पर्छ ।

  • मुख्य नदी र भूमध्य सागरको तटको नजिकै रहेकोले यो व्यापारको लागि एउटा महत्त्वपूर्ण मार्ग थियो ।
  • इतिहासको एउटा क्षणमा यसलाई किलिकियाको राजधानी सहर भनेर चिनिएको थियो ।
  • टार्सस प्रेरित पावलको जन्मस्थान थियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः पावल, शाऊल)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०९:१०-१२
  • प्रेरित ०९:२८-३०
  • प्रेरित ११:२५-२६

टुरोस

परिभाषा:

टुरोस भूमध्य सागरको तटमा अवस्थित प्राचीन कनानी सहर थियो, जुन अहिले लेबनान देशमा पर्छ । यो सहरको एउटा भाग टापु थियो जुन तटबाट करिब एक किलोमिटर टाढा पर्थ्यो ।

  • इस्राएलीहरू कनानमा प्रवेश गर्नुभन्दा अगावै टुरोस सहर अस्तित्वमा थियो । यो सधैँ एक गैरयहूदी सहर थियो ।
  • यसको अवस्थिति र मूल्यवान् स्रोतहरूको कारणले टुरोस सहर एउटा समृद्ध व्यापारिक उद्योगको हिस्सा र निकै धनी सहर थियो ।
  • टुरोसका मानिसहरूले अनैतिक जीवन जिउँथे भन्‍ने ख्याति कमाएका थिए ।
  • टुरोसलाई अक्सर नजिकैको प्राचीन सीडोन सहरसित उल्लेख गरिन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अन्यजाति/गैरयहूदी, कनान, कनानी, सीडोन, सीदोनीहरू)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १२:२०-२१
  • मत्ती ११:२०-२२
  • मत्ती १५:२१-२३
  • मर्कूस ०३:७-८

तर्शीश

परिभाषा:

तर्शीश नोआका छोरा यापेतका नाति थिए ।

  • तर्शीश जाने जहाजमा चढेर पुरानो करारका अगमवक्‍ता योनाले परमेश्‍वरको आज्ञाबाट भाग्‍ने कोसिस गरे ।
  • बाइबलमा तर्शीश बन्दरगाहको सहर पनि थियो । तर यो कहाँ थियो भनी अज्ञात छ । कसैको भनाइअनुसार यसले कार्थेजलाई जनाउँछ भने अरूको विचारअनुसार यो फोनिके सहर थियो जुन इस्राएलबाट केही टाढा पर्थ्यो ।
  • राजा सोलोमनले तर्शीशसित व्यापार गरे । बेचबिखनको लागि त्यहाँबाट ल्याइने मूल्यवान् उत्पादनहरूको आधारमा भन्‍नुपर्दा यो एउटा समृद्ध सहर थियो ।
  • परमेश्‍वरले योनालाई निनवे जाने आज्ञा दिनुहुँदा तिनी योप्पा गए र त्यहाँबाट तर्शीश जाने जहाज चढे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः योना, फोनिके)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १०:२-५
  • योना ०१:१-३

तामार

परिभाषा:

तामार पुरानो करारमा केही स्‍त्रीहरूको नाउँ हो । यो इजकिएलको पुस्तकमा उल्लिखित एउटा ठाउँको नाउँ पनि हो ।

  • तामार यहूदाकी बुहारी थिइन् । उनले फारेसलाई जन्म दिइन्, जो येशू ख्रीष्‍टका पुर्खा बने ।
  • दाऊदका छोरीहरूमध्ये एक जनाको नाउँ तामार थियो । उनका सौतेला दाजु अमनोनले उनलाई बलत्कार गरी दूषित पारे ।

(हेर्नुहोस्ः अमनोन, दाऊद, यहूदा)

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ३८:६-७
  • मत्ती ०१:१-३

तिमोथी

परिभाषा:

तिमोथी लुस्‍त्राका जवान मानिस थिए, जो तिनको नगरमा पावलको सेवा-कार्यको परिणामस्वरूप ख्रीष्‍टमा ग्रहण गर्ने विश्‍वासी बने । तिनी केही मिसनरी यात्राहरूमा पावलसँगै गए र तिनले विश्‍वासीहरूका नयाँ समुदायहरूको रेखदेख गर्न मदत गरे ।

  • तिनकी बज्यै लोइस र तिनकी आमा युनिस दुवै ख्रीष्‍टलाई ग्रहण गर्ने यहूदी विश्‍वासीहरू थिए । तर तिनका पिता भने ग्रिक थिए ।
  • तिमोथी आंशिक रूपमा यहूदी भएकाले पावलले तिनको खतना गरे ताकि यहूदीहरूलाई चोट नपुर्‍याईकन तिनले तिनीहरूलाई भेट्न सकून् र तिनीहरूका बिचमा सेवा गर्न सकून् ।
  • एल्डरहरू र पावलले तिमोथीमाथि आ-आफ्ना हात राख्‍नुका साथै प्रार्थना गरेर तिनलाई सेवा-कार्यको निम्ति औपचारिक रूपमा नियुक्‍त गरे ।
  • नयाँ करारमा दुईवटा पुस्तक (१ तिमोथी र २ तिमोथी) पावलद्वारा लेखिए । स्थानीय मण्डलीहरूका जवान अगुवाको रूपमा तिमोथीलाई मार्गदर्शन दिन पावलले यी पत्रहरू लेखेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०३:१-३
  • १ तिमोथी ०१:१-२
  • प्रेरित १६:१-३
  • कलस्सी ०१:१-३
  • फिलेमोन ०१:१-३
  • फिलिप्पी ०१:१-२
  • फिलिप्पी ०२:१९-२१

तिर्सा

परिभाषा:

तिर्सा एउटा महत्त्वपूर्ण कनानी सहर थियो, जुन पछि उत्तरी राज्य इस्राएलका अस्थायी राजधानी सहरहरूमध्ये एक बन्यो ।

  • तिर्सा सहर मनश्शे कुलद्वारा कब्जा गरिएको क्षेत्रमा अवस्थित थियो । यो सहर शकेम सहरदेखि १० माइल उत्तरमा पर्थ्यो भन्‍ने विचार गरिएको छ ।
  • तिर्सा मनश्शेका एक नातिनीको नाउँ पनि थियो, जसले देशमा पैत्तृक सम्पत्तिको माग गरे किनकि सामान्य चालचलनअनुसार त्यो पैत्तृक सम्पत्ति अधिकार गर्ने तिनीहरूको कुनै दाजुभाइ थिएन ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, कनानी, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी, इस्राएल राज्य, मनश्शे, शकेम)

बाइबलका सन्दर्भहरूः


तीतस

परिभाषा:

तीतस आदि मण्डलीका अगुवा थिए, जसले प्रेरित पावलद्वारा तालिम पाए ।

  • तीतसलाई क्रेटमा मण्डलीका अगुवाहरू नियुक्‍ति गर्ने जिम्मा दिइयो ।
  • नयाँ करारको एउटा पुस्तकको नाउँ हो‒ तीतस । यो पावलद्वारा तीतसलाई लेखिएको पत्र थियो ।
  • तीतस गैरयहूदी मण्डली अगुवा भएकाले तिनको खतना गर्नुपरेन ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०४:९-१०
  • गलाती ०२:१-२
  • गलाती ०२:३-५
  • तीतस ०१:४-५

तुखिकस

परिभाषा:

तुखिकस सुसमाचारका सङ्गी सेवकहरूमध्ये एक थिए ।

  • पावल आफ्ना मिसनरी यात्राहरूमा एसियामा जाँदा कम से कम एक पटक तुखिकस पनि तिनीसँगै गएका थिए ।
  • पावलले तिनलाई “प्रिय” र “विश्‍वासयोग्य” भनी बयान गरेका छन् ।
  • तुखिकसले नै पावलका पत्रहरूलाई एफिसस र कलस्सेमा लगेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०४:११-१३
  • कलस्सी ०४:७-९
  • तीतस ०३:१२-१३

तूबल

परिभाषा:

तूबल नोआका छोरा यापेतका छोरा थिए ।

  • तूबल यशैया र इजकिएलद्वारा उल्लिखित जातिको नाउँ पनि हो ।
  • यी मानिस तूबल-कयिनभन्दा फरक थिए, जो लेमेखका छोरा थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यापेत)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १०:२-५

तेरह

परिभाषा:

तेरह नोआका छोरा शेमका सन्तान थिए । तिनी अब्राम, नाहोर र हारानका पिता थिए ।

  • कनान देशमा जानका लागि तेरहले आफ्ना छोरा अब्राम, तिनका भतिजा लोत र अब्रामकी पत्‍नी साराईसँगै ऊरमा भएको घर छाडे ।
  • कनान जाँदै गर्दा तिनीहरू केही समयको लागि मेसोपोटामियास्थित हारान सहरमा बसे, जहाँ २०५ वर्षको उमेरमा तेरहको मृत्यु भयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, मेसोपोटामिया, अराम-नहराइम, शेम, ऊर, कनान, कनानी)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ११:३१-३२
  • लूका ०३:३३-३५

त्रोआस

परिभाषा:

त्रोआस सहर प्राचीन रोमी साम्राज्यमा पर्ने एसिया प्रान्तको उत्तर-पश्‍चिममा अवस्थित बन्दगरगाह थियो ।

  • आफ्ना मिसनरी यात्राहरूमा पावल कस से कम तिन पटक त्रोआस गए ।
  • तिनी एक पटक त्यहाँ हुँदा तिनले राती अबेरसम्म प्रचार गरे र युटिकस नाउँ गरेका जवान मानिस निद्रामा परे । उनी खुला झ्यालमा बसेकाले झ्यालबाट खसेर उनको मृत्यु भयो । परमेश्‍वरको शक्‍तिद्वारा परमेश्‍वरले यी जवान मानिसलाई फेरि जीवित पारे ।
  • पावल रोममा हुँदा तिनले त्रोआसमा छाडेका आफ्ना मुट्ठाहरू र आफ्नो खास्टो ल्याउन तिनले तिमोथीलाई अनुरोध गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एसिया)

बाइबलका सन्दर्भहरूः


थेसलोनिके, थेसलोनिकीहरू

परिभाषा:

नयाँ करारको समयमा थेसलोनिके प्राचीन रोमी साम्राज्यमा माकेडोनियाको राजधानी सहर थियो । त्यस सहरमा बस्‍ने मानिसहरूलाई “थेसलोनिकीहरू” भनिन्थ्यो ।

  • थेसलोनिके सहर एउटा महत्त्वपूर्ण बन्दरगाह थियो, र यो मुख्य लोकमार्गमा पनि अवस्थित थियो जसले रोमलाई रोमी साम्राज्यको बाँकी पूर्वी भागलाई जोड्ने काम गर्थ्यो ।
  • आफ्नो दोस्रो मिसनरी यात्रामा पावल, सिलास र तिमोथी थेसलोनिकेमा गए । परिणामतः त्यहाँ एउटा फस्टाउने मण्डली स्थापित भयो । पछि आफ्नो तेस्रो मिसनरी यात्रामा पनि पावल यस ठाउँमा गए ।
  • थेसलोनिकेमा भएका ख्रीष्‍टियानहरूलाई पावलले दुईवटा पत्र लेखे । यी दुईवटै पत्र अर्थात् १ थेसलोनिकी र २ थेसलोनिकी नयाँ करारमा समावेश छन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः माकेडोनिया, रोम)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०१:१
  • २ थेसलोनिकी ०१:१-२
  • २ तिमोथी ०४:९-१०

थोमा

परिभाषा:

थोमा बार्‍ह जनामध्ये एक थिए जसलाई येशूले उहाँका चेलाहरू (अर्थात् प्रेरितहरू) हुन बोलाउनुभयो ।

  • थोमाको अर्को नाउँ दिदुमस थियो जसको अर्थ हुन्छ, “जुम्ल्याहा ।”
  • येशूलाई चोट लागेका ठाउँहरूलाई आफूले नदेखेसम्म र आफूले त्यसको अनुभव नगरेसम्म उहाँ फेरि जीवित हुनुभएको थियो भन्‍ने कुरारामा थोमाले विश्‍वास गर्ने थिएनन् भन्‍ने सम्बन्धमा तिनी निकै परिचित छन् ।
  • पिताकहाँ जाने बाटो कसरी थाहा पाउन सकिन्छ भनी येशूलाई व्याख्या गरिदिन उहाँलाई अनुरोध गर्ने व्यक्‍ति पनि थोमा नै थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • मत्ती १०:२-४
  • मर्कूस ०३:१७-१९

दमस्कस

परिभाषा:

दमस्कस सिरिया देशको राजधानी हो । यो ठाउँ अहिले पनि बाइबलको समयमा जुन ठाउँमा थियो, त्यहीँ ठाउँमा अवस्थित छ ।

  • दमस्कस संसारको सबैभन्दा पुरानो र लगातार रूपमा बसोबास गरिँदै आइरहेको सहरहरूमध्ये एक हो ।
  • अब्राहामको समयमा दमस्कस आराम राज्यको राजधानी थियो (जुन अहिले सिरियामा पर्छ ) ।
  • दमस्कसमा बसोबास गर्ने मानिसहरू र इस्राएलीहरूको बिचमा महत्त्‍वपूर्ण ऐतिहासिक अन्तरक्रियाहरू हुने गरेको सन्दर्भ पुरानो करारभरि नै पाउन सकिन्छ ।
  • धेरै बाइबलिय अगमवाणीहरूले दमस्कसको विनाशको बारेमा भविष्यवाणी गरेका छन् । यी भविष्यवाणीहरू पुरानो करारको समयमा अश्शूरीहरूले दमस्कसलाई आक्रमण गरेको बेलामा पुरा भएका हुन सक्छन् वा भविष्यमा हुन आउने पूर्ण विनाश अझ बाँकी नै हुन सक्छ ।
  • नयाँ करारमा फरिसी शाऊल (जो पछि पावल नामले चिनिए) दमस्कसमा भएका ख्रीष्‍टियानहरूलाई पक्रेर झ्यालखानामा हाल्नलाई जाँदै गर्दा येशूसँग उनको भेट भयो र उहाँले उनलाई विश्‍वासी बनाउनुभयो ।

दलीला

परिभाषा:

दलीला शिमशोनले प्रेम गर्ने एक पलिश्ती स्‍त्री थिइन्, तर श्रीमतीचाहिँ होइन ।

  • शिमशोनलाई कसरी कमजोर बनाउन सकिन्छ भन्‍ने कुरा छक्याएर जान्‍नको लागि पलिश्तीहरूले दलीलालाई घुस खुवाए । जब उनको ताकत गयो पलिश्तीहरूले उनलाई पक्रे ।
  • दलीलाले शिमशोनलाई भन्दा पैसालाई प्रेम गरिन् ।

दाऊद

परिभाषा:

दाऊद इस्राएलका दोस्रो राजा थिए र उनले परमेश्‍वरलाई प्रेम गर्थे र उहाँकै सेवा गर्थे । उनी भजनसँग्रहका एक प्रमुख लेखक थिए ।

  • जब दाऊद एक जबान केटाको रूपमा परिवारका भेडाहरूको हेरचाह गर्दै थिए, परमेश्‍वरले उनलाई इस्राएलको भावी राजाको रूपमा छान्‍नुभयो ।
  • दाऊद महान योद्धा बने र इस्राएलका सेनाहरूलाई उनीहरूका शत्रुहरूको विरुद्ध लड्न नेतृत्व गरे । उनले पलिश्ती गोल्‍यतलाई हराएको कुरा प्रख्यात छ ।
  • शाऊलले दाऊदलाई मार्ने प्रयास गरे, तर परमेश्‍वरले उनको सुरक्षा गर्नुभयो, र शाऊलको मृत्यु पछाडि उनलाई राजा बनाउनुभयो ।
  • दाऊदले परमेश्‍वरको विरुद्ध पाप गरे, तर उनले पश्‍चाताप गरे अनि परमेश्‍वरले उनलाई क्षमा दिनुभयो ।
  • येशू मसीहलाई “दाऊदका पुत्र” भनिन्छ किनकि उहाँ दाऊदको घरानामा जन्मनुभयो ।

दाऊदको घराना

परिभाषा:

पदावली “दाऊदको घराना” ले राजा दाऊका परिवार वा सन्तानहरूलाई जनाउँछ ।

  • यसलाई “दाऊदका सन्तानहरू” वा “दाऊदको परिवार” वा “राजा दाऊदको कुटुम्ब” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • येशू दाऊदका सन्तान हुनुभएकाले उहाँ “दाऊदको घराना” को हिस्सा हुनुहुन्थ्यो ।
  • कहिले काहीँ “दाऊदको घराना” वा “दाऊदको परिवार” ले दाऊदको परिवारमा बाँचिरहेका मानिसहरूलाई जनाउँछ ।
  • कति पटक यो पदावली निकै सामान्य छ, र यसले तिनका सबै सन्तानहरू (मरेकाहरूसहित) लाई जनाउँछ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः दाऊद, सन्तान, घर, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, राजा)

बाइबलका सन्दर्भहरूः

  • लूका ०१:६९-७१

दाऊदको सहर

परिभाषा:

पदावली “दाऊदको सहर” यरूशलेम र बेथलेहेम दुवैको लागि अर्को नाउँ हो ।

  • दाऊदले इस्राएलमाथि शासन गर्दा तिनी यरूशलेममा नै बसेका थिए ।
  • बेथलेहेमचाहिँ तिनको जन्मस्थान थियो ।

दान

परिभाषा:

दान याकूबका पाँचौँ छोरा थिए । यो इस्राएलका बाह्र कुलहरूमध्ये एक कुल पनि थियो । कनानको उत्तरी भागमा दानका कुलहरूले बसोबास गरेको भूभागलाई पनि दान भन्‍ने गरिन्थ्यो ।

  • अब्राहामको समयमा यरूशलेमको पश्‍चिममा दान नाम गरेको एउटा सहर पनि थियो । इस्राएल राज्य प्रतिज्ञाको देशमा प्रवेश गरेको समयमा सायद यो सहर थिएन, तर यरूशलेमदेखि ६० माइल उत्तरपट्टि दान नाम गरेको अर्कै सहर थियो ।
  • “दानवंशी” भन्‍ने शब्दले दानको घराना र उसको वंशको सदस्यहरूलाई जनाउँछ ।

दानिएल

परिभाषा:

दानिएल इस्राएलका एक अगमवक्ता थिए जसलाई ई. पू. ६०० मा उनको जबान अवस्थामा बेबिलोनका राजा नबूकदनेसरले बन्दी बनाएर लगेका थिए ।

  • यो समयमा यहूदाका अन्य धेरै इस्राएलीहरू बेबिलोनाद्वारा ७० वर्षसम्म बन्दी बनाइएका थिए ।
  • दानिएललाई बेलतसजर (बेबिलोनी नाम) नाम दिइएको थियो ।
  • दानिएल परमेश्‍वरको आज्ञा पालन गर्ने एक आदरणीय र धर्मी जबान थिए ।
  • परमेश्‍वरले दानिएललाई बेबिलोनका राजाहरूका थुप्रै सपना र दर्शनहरूको अर्थ खोल्ने क्षमता दिनुभयो ।
  • उनको यो क्षमता र उनको आदरणीय चरित्रको कारणले दानिएललाई बेबिलोनमा उच्‍च तहमा नेतृत्व गर्ने मौका दिइयो ।
  • धेरै वर्षपछि दानिएलका शत्रुहरूले बेबिलोनका राजा दारालाई राजाबाहेक अरू कसैको पनि आराधना गर्न नपाउने गरी नियम बनाउन उक्साए । दानिएलले निरन्तर रूपमा परमेश्‍वरसँग प्रार्थना गरे । यसैकारण, उनलाई पक्राउ गरियो र सिंहको खोरभित्र फालियो । तर परमेश्‍वरले उनको उद्धार गर्नुभयो र उनलाई केही पनि भएन ।

दारा

परिभाषा:

दारा फारस देशका राजाहरूलाई दिइने एउटा नाम थियो । दारा नाम नभएर कुनै एउटा उपाधि पनि हुन सक्छ ।

  • परमेश्‍वरको आराधना गरेको कारण देखाई अगमवक्ता दानिएललाई सिंहको खोरमा हाल्नलाई उक्साइएका राजा “मादी राजा दारा” थिए ।
  • एज्रा र नहेम्याहको समयमा यरूशलेमको मन्दिर पुनर्स्थापना गर्न सहायता गर्ने राजा “फारसका राजा दारा” थिए ।

नप्‍ताली

परिभाषा:

नप्‍ताली याकूबका छैटौँ छोरा थिए । उनका बंशहरू पछि नप्‍तालीको कुल बने, जुन इस्राएलको बाह्र कुलहरू मध्ये एउटा कुल हो ।

  • नप्‍ताली इस्राएलको उत्तरी भागमा बस्‍ने एउटा कुल हो ।
  • यो कुलको बारेमा बाइबलमा पुरानो नियम र नयाँ नियम दुवैमा उल्लेख गरिएको छ ।
  • नप्‍ताली भन्‍ने नामलाई ती मानिसहरू बस्‍ने ठाउँलाई जनाउनको निम्ति पनि प्रयोग गरिन्छ । यसलाई “नप्‍ताली कुलको भूमि” वा “नप्‍तालीका बंशहरू बस्‍ने भूमि “भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • नप्‍ताली नामको अर्थ “कुस्ति गर्नु” हो ।

नबूकदनेसर

परिभाषा:

नबूकदनेसर बेबिलोनको साम्राज्यको बेलामा एउटा राजा थिए । त्यो समयमा इस्राएल र यहूदाको राज्यमा यो साम्राज्य धेरै नै शक्तिशाली थियो ।

  • नबूकदनेसरसँग धेरै नै सैनिक थिए र उनले अररू धेरै समूहहरूलाई पराजय गरेका थिए ।
  • नबूकदनेसरको नेतृत्वमा, बेबिलोनका सैनिकहरूले यहूदाको राज्यलाई आक्रमण गरेर परास्त गरे, र त्यो समयमा यहूदाका मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे । यस “बेबिलोनको निवास” करीब ७० बर्ष लामो भयो ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • अश्शूरीहरूले इस्राएलको राज्यलाई नष्‍ट गरेको करीब १०० बर्ष पछि, परमेश्‍वरले नाबूकदनेसर, बेबिलोनीहरूका राजालाई यहूदाको राज्यलाई आक्रमण गर्न पठाउनुभयो ।
  • यहूदाका राजाले नाबूकदनेसरको नोकर हुन र उनलाई वर्षेनी धेरै रकम तिर्न राजी भए ।
  • विद्रोह गरेको कारण, यहूदाको राजालाई दण्ड दिन नाबूकदनेसरका सेनाहरूले तिनको छोरालाई तिनकै अगाडि मारे र त्यसपछि तिनलाई अन्धो बनाइदिए ।
  • नाबूकदनेसर र तिनका सेनाले यहूदा राज्यको सबै जसो मानिसलाई बेबिलोन लगे, र केवल जमिनमा खेती गर्नको निम्ति दरिद्र मानिसहरूलाई छोडिदिए ।

नर्कटहरूको (लाल) समुन्द्र

परिभाषा:

नर्कटहरूको (लाल) समुन्द्र मिश्र र अरब बिच अवस्थित पानीको भाग थियो । यसलाई अहिले लाल समुद्र भनिन्छ ।

  • लाल समुन्द्र लामो र साँघुरो छ । यो तल र नदीभन्दा ठुलो छ, तर महासागरभन्दा सानो छ ।
  • मिश्र देशबाट भाग्दा इस्राएलीहरूले लाल समुन्द्र पार गर्नु पर्‍यो । परमेश्‍वरले आश्‍चर्यकर्म गर्नुभयो, र मानिसहरू सुख्‍खा जमिनमा हिँड्न सकून् भनेर समुद्रको पानीलाई विभाजन हुन लागउनुभयो ।
  • कनानको मुलुक यो समुद्रको उत्तरमा पर्थ्यो ।
  • यसलाई “नर्कट समुद्र” वा “नर्कटहरूले भरेको समुद्र” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१२-०४) इस्राएलीहरूले मिश्री सेनाहरू आइरहेका देख्दा, तिनीहरू फारोका सेनाहरू र लाल समुद्र बिचमा फसे भन्‍ने ठाने ।
  • (१२-०५) तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई समुद्रतिर जानलाई आज्ञा दे ।”
  • (१३-०१) परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्रभएर लानुभएपछि, उहाँले उजाडस्थानहुँदै सिनै पर्वततिर डोर्‍याउनुभयो ।

नहूम

परिभाषा:

नहूम एउटा अगमवक्ता थिए, र उनले यहूदाको राज्यमा राजा मनास्सेको पालामा प्रचार गर्दथे ।

  • नहूम एल्कोशको सहरबाट आएका थिए, त्यो सहर यरूशलेमबाट करीब २० माइल टाढा थियो ।
  • नहूमको किताबमा अश्शूरीहरूको सहर निनवेको बिनाशको बारेमा उनले गरेका भविष्यबाणी अभिलेख गरिएको छ ।

नहेम्याह

परिभाषा:

इस्राएल र यहूदाका मानिसहरूलाई बेबिलोनीहरूले बन्दी बनाएको समयमा, नहेम्याह बिबिलोनको साम्राज्यमा बस्‍ने एक इस्राएली थिए ।

  • फारसका राजा अर्तासास्तको उनी मुख्य पियाउने हुँदा,नहेम्याहले यरूशलेम फर्कन पाऊँ भनी आग्रह गरे ।
  • बेबिलोनीहरूले नष्‍ट गरेका यरूशलेमका पर्खालहरूको पुनर्निर्माणको लागि उनले इस्राएलीहरूलाई अगुवाई गरे ।
  • राजाको दरबारमा फर्कनु भन्दा अगि, बाह्र वर्षसम्म तिनी यरूशलेमका राज्यपाल थिए ।
  • पुरानो नियमको पुस्तक नहेम्याहले पर्खाल निर्माणको उनको कार्य र यरूशलेममा उनले मनिसहरूलाई संचालन गरेका कुराहरूबारे बताउँछ
  • पुरानो नियममा नहेम्याह नाम गरेका अरू व्‍यक्‍तिहरू पनि थिए । यी भिन्‍न मानिसहरूको नाममा तिनीहरूका पिताका नाम पनि जोडिएका थिए, जस्तै “नहेम्याह, हकालियाका छोरा ।”

नाइल नदी, मिश्री नदी

परिभाषा:

नाइल नदी अफ्रीकाको उतरपूर्वी भागमा रहेको धेरै लामो र फराकिलो नदी हो । यो नदीलाई मिश्र (इजिप्‍ट)को मुख्य नदी भनेर पनि चिनिन्छ ।

  • नाइल नदी मिश्रको उत्तरबाट बगेर भूमध्य सागरमा पुगेर मिसिन्छ ।
  • यो भूभागमा अन्‍नबालीहरू धेरै राम्रोसँग उब्जन्छन् ।
  • धेरै मिश्रीहरू नाइल नदीको किनारमा बस्दछन् किनकी पानी र खाद्य बालीको लागि यो मुख्य स्रोत हो ।
  • मोशा सानो बच्‍चा हुँदा उनलाई टोकरीमा हालेर नाइल नदीको किनारमा छोडिएको थियो ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • मिश्र, नाइल नदीको किनारमा अवस्थित ठुलो र शक्तिशालीदेश थियो ।
  • इस्राएलीहरूले धेरै बच्‍चा जन्माएको देखेर फारोले आफ्ना मानिसहरूलाई इस्राएलीहरूका जन्मिएका छोराहरूलाई नाइल नदीमा फालेर मार्न आज्ञा गरे ।
  • जब त्यस बालकका आमा-बुबाले त्यसलाई लुकाउन नसक्‍ने अवस्थामा आइपुगे, तब त्यसलाई मारिनबाट बचाउनको निम्ति तिनीहरूले त्यसलाई एउटा टोकरीमा राखी नाइल नदीको किनारमा नर्कटको झाडीमा लुकाए ।
  • परमेश्‍वरले नाइल नदीलाई रगतमा परिणत गर्नुभयो, तर फारोले अझैपनि इस्राएलीहरूलाई जान दिएनन् ।

नातान

परिभाषा:

नातान, दाऊद इस्राएलको राजा हुने समयका परमेश्‍वरका विश्‍वासयोग्य अगमवक्ता थिए ।

  • परमेश्‍वरले, राजा दाऊदले उरीयाहको विरूद्ध कष्‍टदायक ढंगले पाप गरेपछि नातानलाई दाऊदको सामना गर्न पठाउनुभएको थियो ।
  • दाऊद वास्तवमा राजा भएतापनि नातानले उनलाई हप्काए ।
  • नातानले राजा दाऊदसँग कुरा गरेपछि, उनले आफ्नो पापको लागि परमेश्‍वरसँग पश्‍चताप गरे ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • परमेश्‍वरले यस्तो सन्देश सित नातानलाई दाऊदकहाँ पठाउनुभयो, “तँ युद्ध गर्ने मानिस भएको हुनाले, तैँले मेरो निम्ति यो मन्दिर निर्माण गर्ने छैनस् ।”
  • दाऊदले गरेका काम देखेर उनी देखी पर्मेश्‍वर धेरै क्रोधित हुनुभयो, त्यसैले वहाँले अगमवक्ता नातनलाई दाऊदको पाप कति दुष्‍ट थियो भनेर बताउन उनीकहाँ पठाउनुभयो ।

नामान

परिभाषा:

नामान इस्राएली सेनाहरूको शत्रु सैनिकको सेनापति थियो ।

  • नामानको छालामा धेरै नै डरलाग्दो रोग थियो जुन कसरी निको पार्ने भन्‍ने कसैलाई थाहा थिएन ।
  • एलीशाले नामानलाई यर्दन नदीको पानीले नुहाउन भन्‍नुभयो । जब उनले यसो गरे उनलाई परमेश्‍वरले निको पार्नुभयो ।
  • नामानले आफ्नो रोग निको भएको कारणले गर्दा परमेश्‍वरमा विश्‍वास गरे ।

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • शत्रुका सेनापति नामान, जसको छालामा डरलाग्दो रोग थियो, उनलाई एउटा अचम्मको कुरा भयो ।
  • शुरूमा नामान रिसाए र त्यो मूर्खतापूर्ण देखिएको हुनाले उनले त्यो गर्न चाहेनन् । तर पछि उनले आफ्नो मन परिवर्तन गरे र यर्दन नदिमा सात पटक डुब्की लगाए ।
  • “उनले (एलीशाले) इस्राएलको शत्रुका सेनापति, नामानको छालाको रोग मात्र निको पारे ।

नासरथ, नाजरेनी

परिभाषा:

नासरथ इस्राएलको उत्तरी भागमा पर्ने गालीलको एउटा सहर हो ।

  • योसेफ र मरियम दुवैजना नासरथका थिए, र येशू पनि नासरथमा नै हुर्कनुभएको थियो ।
  • नासरथका धेरै मानिसहरूले येशूको शिक्षालाई आदर गरेनन्, किनकी येशू तिनीहरूसँगै हुर्कनुभएको थियो, र तिनीहरूले येशू अरू मानिसहरू जस्तै सामान्य मानिस हुनुहुन्छ भनेर सोच्दथे ।
  • जव येशूले आफैँलाई मसीह भनी दाबी गर्नुहुँदा, नासरथका मानिसहरूले येशूलाई मार्ने योजना गरे ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • योसेफ र मरियमले उनीहरू बस्‍ने ठाउँ नासरथ देखि बेथलहेमसम्मको लामो यात्रा गर्नुपर्यो, किनभने उनीहरूका पूर्खा दाऊद बसोबास गर्ने सहर बेथलहेम थियो ।
  • आफ्नो बाल्यकालको बसोबासको स्थान, नासरथको सहरमा येशू जानुभयो ।
  • नासरथका मानिसहरूले येशूलाई आरधना गर्ने ठाउँबाट घिच्‍च्याएर बाहिर निकाले र उहाँलाई मार्ने इच्छा गरेर पहाडको छेउसम्म उहाँलाई फ्याल्न भनेर लगे ।

नाहोर

परिभाषा:

  • बाइबलमा नाहोर नाम गरेका व्‍यक्‍ति दुईजना छनः अब्राहामका हजुरबुबा र अब्राहामको भाई । इसाहककी श्रीमती रेबीका अब्राहामको भाई नाहोरकी नातिनी थिई ।
  • त्यहाँ “नाहोरको सहर” भन्‍ने पनि छ, जुनकुराले सम्भाव्यतः अब्राहामका हजुरबुबालाई जनाउँछ । यो वाक्यांशले “नाहोर नाम भएको सह” “वा “त्यस्तो सहर जहाँ नाहोर बस्दथे” वा “नाहोरको सहर” भन्‍ने अर्थ दिन्छ ।

निनवे, निनवेका मानिस

परिभाषा:

निनवे अश्शूरको राजधानी सहर हो । निनवेमा बस्‍ने मानिसलाई निनवेको मानिस भनिन्छ ।

  • परमेश्‍वरले योना अगमवक्तालाई निनवेमा भएका मानिसहरूलाई आफ्ना दुष्‍ट चालहरूबाट फर्कन भनी चेतावनी दिन पठाउनुभयो । उनीहरू त्यो माने, र परमेश्‍वरले निनवेलाई बचाउनुभयो ।
  • अश्शूरीहरले पछि परमेश्‍वरको सेवा गरेनन् । तिनीहरूले इस्राएललाई परास्त गरे र त्यहाँका मानिसहरूलाई निनवेमा लगे ।

निर्माणकर्ता

परिभाषा:

सामान्यतया, “निर्माणकर्ता” भन्‍नाले कुनै कुरा सृजना गर्ने वा बनाउने व्यक्त्ति भन्‍ने बुझिन्छ ।

  • बाइबलमा, “निर्माणकर्ता” शब्दलाई यहोवे को नाम वा पदको रूपमा प्रयोग गरिएको छ, किनकि उहाँले नै सबै थोक सृष्‍टि गर्नुभएको हो ।
  • प्रायः यो शब्दलाई “उसको” वा “मेरो” वा “तिम्रो” सँगसँगै प्रयोग गरिन्छ ।

अनुवादका लागि सुझावहरू

  • “निर्माणकर्ता” शब्दलाई “सृष्‍टिकर्ता” वा “सृष्‍टिकर्ता परमेश्‍वर” वा “सबै थोक सृष्‍टि गर्नुहुने” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “उसलाई बनाउनुहुने” भन्‍ने शब्दलाई “उसलाई सृष्‍टि गर्नुहुने” वा “उसलाई सृष्‍टि गर्नुहुने परमेश्‍वर” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • त्यसैगरी, “तिम्रा निर्माणकर्ता” र “मेरा निर्माणकर्ता” लाई पनि त्यसरी नै अनुवाद गर्न सकिन्छ ।

नेगेव

परिभाषा:

नेगेव इस्राएलको दक्षिण भागको एउटा मरूभुमी हो ।

  • वास्तविक शब्दको अर्थ “दक्षिण” भएको हुनाले केहि अङ्ग्रेजी संस्करणमा दक्षिण भन्‍ने शब्दद्वारा अनुवाद गरिएको पाउन सकिन्छ ।
  • यो दक्षिणी भाग, वर्तमान समयको नेगेव मरूभुमी भएको स्थानमा नपर्नसक्छ ।
  • जब अब्राहाम कादेशमा बस्दथे, उनी नेगेव वा दक्षिणी क्षेत्रमा थिए ।
  • यहूदाका कुलहरू र सिमियोन दक्षिणी भागमा बस्‍ने गर्थे ।
  • नेगेव क्षेत्रको सबैभन्दा ठुलो सहर भनेको बर्शेबा हो ।

नोआ

परिभाषा:

नोआ एउटा मानिस थिए, जो ४००० बर्ष पहिले यो पृथ्वीमा बस्दथे जुन समयमा परमेश्‍वरले यस संसारका सबै दुष्‍ट मानिसहरूलाई नष्‍ट गर्नको निम्ति जल प्रलय ल्याउनुभयो । परमेश्‍वरले नोआलाई एउटा ठुलो जहाज बनाउन भन्‍नुभयो जहाँ उनी र उनका परिवारका सदस्यहरू त्यो जल प्रलयबाट बच्‍नको निम्ति बस्‍न सक्दथे ।

  • नोआ धर्मी मानिस थिए र जसले परमेश्‍वरको आज्ञा पालन गर्थे ।
  • परमेश्‍वरले भन्‍नुभए जसरी नै नोआले त्यो ठुलो जहाजलाई बनाए ।
  • त्योजहाज भित्र, नोआ र उनका परिवारका सदस्यहरू सुरक्षित थिए र पछि तिनीहरूका नाती र पनातीहरूले यो पृथ्वीलाई फेरि ढाके ।
  • अहिले जन्मेका हरेक मानिसहरू नोआको परिवारको बंश हो ।

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • तर नोआले परमेश्‍वरबाट कृपादृष्‍टि प्राप्‍त गरे ।
  • नोआले परमेश्‍वरको आज्ञा माने । उनी र उनका तिन छोराहरूले परमेश्‍वरले भन्‍नुभए जसरी नै त्यो जहाज बनाए ।
  • दुई महिना पछि परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “तँ, तेरा परिवारहरू र सबै जनावरहरू अब जहाज छोडेर बाहिर निस्कन सक्छन् । धेरै सन्ततिले यस पृथ्वीलाई भर् ।” यसैकारण नोआ र उनको परिवार जहाजबाट बाहिर आए ।

पत्रुस, सिमोन पत्रुस, केफास

परिभाषा:

यी नाउँहरू येशूका बाह्र चेलाहरूमध्येका पत्रुसलाई जनाउने विभिन्‍न तरिकाहरू हुन् । उनी प्रारम्भिक मण्डलीका महत्त्वपूर्ण अगुवा थिए ।

  • येशूले उहाँको चेला हुन बोलाउनअगि, यी मानिसकका नाउँ सिमोन थियो ।
  • पछि, येशूले उनलाई केफास नाउँ दिनुभयो, जसको अर्थ अरामिक भाषामा “ढुंगा” वा “चट्टान” हो ।
  • उनी पत्रुस वा सिमोन पत्रुस नाउँहरूद्वारा परिचित छन् ।
  • परमेश्‍वरले पत्रुसद्वारा मानिसहरूलाई निको पर्ने र येशूको बारे सुसमाचार प्रचार गर्ने काम गर्नुभयो ।
  • पत्रुसले सङ्गी विश्‍वासीहरूलाई उत्साह दिन र सिकाउनलाई लेखेका नयाँ करारका दुई वटा पुस्तकहरु पत्रहरु हुन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः चेलाहरू, प्रेरित, प्रेरिरत्व) बाइबलका खण्डहरूः

  • प्रेरित ०८:२५
  • गलाती ०२:६-८
  • गलाती ०२:११-१२
  • लूका २२:५६-५८
  • मत्ती ०४:१८-२०
  • मत्ती ०८:१४-१५
  • मत्ती १४:२८-३०
  • मत्ती २६:३३-३५
  • मर्कूस ०३:१३-१६

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२८-०९) पत्रुसले येशूलाइ भने, “हामीले सबै थोक छोडेर तपाईंलाई पछयाएका छौँ । हाम्रो इनाम के हुनेछ ?”
  • (२९-०१) एक दिन पत्रुसले येशूलाई सोधे, “मालिक, मेरो भाइले मेरोविरूद्ध पाप गर्दा मैले उसलाई कति पटक क्षमा दिनु पर्छ ? के सात पटकसम्म हो ?”
  • (३१-०५) तब पत्रुसले येशूलाई भने, “मालिक, यदि तपाई नै हुनुहुन्छ भने, पानीमा आउन मलाई आज्ञा दिनुहोस् ।” येशूले पत्रुसलाई भन्‍नुभयो, “आऊ ।”
  • (३६-०१) एक दिन येशूले उहाँका तिन जना चेलाहरू पत्रुस, याकूब र यूहन्‍नालाई उहाँसँगै लानुभयो ।
  • (३८-०९) पत्रुसले जवाफ दिए, “अरू सबैले तपाईंलाई त्यगे तापनि मैले तपाईंलाई त्यग्‍नेछैन ।” तब येशूले पत्रुसलाइ भन्‍नुभयो, “शैतानले तिमीहरू सबैलाई वशम राख्‍न चाहन्छ, तर पत्रुस, मैले तिम्रो निम्ति प्रर्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तैपनि आज राति नै तिमीले मलाई चिन्दैनौ भनी भाले बास्‍नअगि नै तिन पटक इन्‍कार गर्नेछौ ।”
  • (३८-१५) जसो सिपाहीहरूले येशूलाई पक्रे, पत्रुसले आफ्नो तरवार थुते, र प्रधान पूजाहारीका नोकरको कान काटी दिए ।
  • (४३-११) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरू सबैले पश्‍चताप गर्नुपर्छ, र येशू ख्रिष्‍टको नाउँमा बप्‍तिष्मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईंहरूका सबै पापहरू क्षमा गर्नुभएको होस् ।”
  • (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिइ, “येशू मसीहको शक्‍तिले निको भएको यो मानिस तपाईंहरूको सामु खडा छ ।”

पद्दन-आराम

परिभाषा:

अब्राहाम कनानको भूमिमा जानअगि उनको परिवार बस्‍ने क्षेत्रको नाउँ पद्दन-आराम थियो ।

  • अब्राहामका भाइ नाहोर पद्दन-आराममा नै बसेका थिए । तिनीहरु “आरामी” भनी चिनिए र तिनीहरुका भाषालाई “अरामेइक” भनियो ।
  • हारान सहर पद्दन आराममा अवस्थित थियो, र त्यो त्यही ठाउँ थियो जहाँ रिबेकाकी दाजु लाबान बस्थे ।
  • पद्दन-आराम सम्भवतः आधुनिक सिरिया अथवा दक्षिण-पूर्वी टर्कीको क्षेत्रमा अवस्थित थियो ।

(अनुवादका निम्ति सुझावहरुः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः हारान, रिबेका, अब्राहाम, अब्राम, कनान, कनानी) बाइबलका खण्डहरूः


परमेश्‍वरका जन

परिभाषा:

“परमेश्‍वरका जन” भन्‍ने शब्द योहवेका अगमवक्त्तालाई जनाउने एक आदरार्थी तरिका हो ।

  • पुरानो करारका धेरै जना अगमवक्त्ताहरूलाई यो आदरार्थी सम्मान दिइएको थियो ।
  • यसलाई “परमेश्‍वरका मानिस” वा “परमेश्‍वरले चुन्‍नु भएको मानिस” वा “परमेश्‍वरको सेवा गर्ने मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

पलिश्त

परिभाषा:

पलिश्त भूमध्य सागरको तटमा अवस्थित कनानको भूभागको ठुलो क्षेत्रको नाउँ हो ।

  • यो क्षेत्र उत्तरमा योप्पाबाट दक्षिणमा गाजासम्म फैलिएर रहेको धेरै उब्जनी हुने तटीय मैदान थियो । यो करिब ६४ कि.मि. लामो, र १६ कि.मि. चौडा थियो ।
  • पलिश्त इस्राएलका बार-बारका शत्रु एउटा शक्‍तिशाली मानिस समूह “पलिश्‍ती” हरूले ओगटेका थिए ।

(हेर्नुहोस्ः पलिश्तीहरू, गाजा, योप्‍पा) बाइबलका खण्डहरूः


पलिश्‍तीहरू

परिभाषा:

पलिश्‍तीहरू पलिश्‍त नाउँले चिनिएको भूमध्य सागरको तटीय क्षेत्र ओगटेर बसेका एउटा मानिस समूह थिए । तिनीहरूका नाउँको अर्थ “समुद्रका मानिसहरु” हो ।

  • अश्‍दोत सहर पलिश्‍तको उत्तरमा पर्थ्यो, र गाजा सहर दक्षिणी भूभागमा पर्थ्यो ।
  • पलिश्‍तीहरू इस्राएलसँग धेरै वर्षसम्म लडेका थिए भन्‍ने सम्भवतः सुप्रशिद्ध छन् ।
  • राजा दाऊदले प्रायः पलिश्‍तीहरूविरूद्ध युद्ध लडे, जवान हुँदा समेत पलिश्‍ती लडाकु गोल्यतलाई हराएका थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अश्दोत, गात, गाजा, गोल्यात) बाइबलका खण्डहरूः

  • उत्पत्ति १०:११-१४

पारान

परिभाषा:

पारानको मरुभूमि मिश्रको पूर्वी र कनानको दक्षिणी क्षेत्र थियो । त्यहाँ पारान पर्वत पनि थियो जुन सिनै पर्वतको अर्को नाउँ पनि हुनसक्छ ।

  • साराहले अब्राहामलाई हागार र उनको छोरा इस्माएललाई पठाइदिन आदेश दिएपछि उनीहरू पारानको मरुभूमिमा गएर बसे ।
  • मोशाले इस्राएलीहरुलाई मिश्रबाट लिएर आउँदा, तिनीहरु पारानको मरुभूमि भएर आए ।
  • पारानको मरुभूमिको कादेशबाट कनानको भेद पत्ता लगाउन र प्रतिवेदन ल्याउनलाई मोशाले बाह्र जना गुप्‍तचरहरू पठाएका थिए ।
  • जीनको मरुभूमि सायद पारानको मरुभूमिको ठुलो हिस्सा थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः कादेश, सीनै, सीनै पर्वत, मिश्र, मिश्री, कनान, कनानी) बाइबलका खण्डहरूः

  • उत्पत्ति २१:१९-२१

पावल, शाऊल

परिभाषा:

पावल अरू मानिस समूहहरूकहाँ येशूले सु-समचार प्रचार गर्न पठाउनुभएको प्रारम्भिक मण्डलीका एक अगुवा थिए ।

  • पावल रोमी शहर टार्ससमा जन्मिएका एक यहूदी र एक रोमी नागरिक पनि थिए ।
  • पावललाई मौलिक रूपमा उनका यहूदी नाउँ शाऊलद्वारा बोलाइन्थ्यो ।
  • शाऊल यहुदी धार्मिक अगुवा भए र ख्रीष्‍टियन भएका यहूहदीरूलाई पक्रे, किनभने उनले येशूमा विश्‍वास गर्दैन थिए ।
  • येशू अन्धो नै बनाउने प्रकाशमस शाऊलकहाँ आउनुभयो, र ख्रीष्‍टियनहरूलाई चोट पुर्‍याउन छोड भन्‍नुभयो । येशूले शाऊललाई सिकाउन एक जना ख्रीष्‍टियन पठाउनुभयो, र उनले येशूमा विश्‍वास गरे ।
  • सर्वप्रथम शाऊलले यहूदीहरूलाई येशूको बारेमा सिकाए ।
  • पछि, परमेश्‍वरले रोमी शहरहरूका अन्य मानिस समूहहरूलाई येशूको बारे सिकाउन शाऊललाई पठाउनु भयो । त्यस पछि उनले रोमी नाउँ पावल प्रयोग गर्न थाले ।
  • पावलले विभिन्‍न शहरहरूका ख्रीष्यनहरूलाई सिकाउन र उत्साह दिनको लागि पत्रहरु लेखे । उनका केही पत्रहरू बाइबलमा छन् ।

(अनुवादका निम्ति सुझावहरुः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः रोम, यहूदी अगुवाहरू, ख्रीष्‍टियन) बाइबलका खण्डहरूः

  • प्रेरित ०८:१-३
  • प्रेरित ०९:२६-२७
  • प्रेरित १३:१३:९-१०
  • गलाती ०१:१-२

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (४५-०६) स्तिफनसलाई मार्ने मानिसहरूसँग जवान पावल पनि सहमत भए, र तिनीहरूले उनलाई ढुङ्गाले हान्दा तिनले तिनीहरूका लुगा कुरे ।
  • (४६-०२) शाऊल दमस्कसतिर जाँदा बाटोमा उसको वरिपरि स्वर्गबाट चहकिलो प्रकाश चम्कियो, र ऊ भुइँमा लडे । शाऊलले कसैले यसो भनेका सुने, “शाऊल, शाऊल, तैँले किन मलाई सताउँछस् ?”
  • (४६-०५) त्यसैले हननिया शाऊलकहाँ गए, उनमाथि हात राखे अनि भने, “तिमीले आफ्नो दृष्‍टि पुनः प्राप्‍त गर, र पवित्र आत्माले भरिओ भनेर तिमी यहाँ आउँदा बाटोमा देखा पर्ने येशूले मलाई पठाउनु भएको छ ।” शाऊल तत्कालै फेरि देख्‍न सक्‍ने भए, र हननियाले उनलाई बप्‍तिस्मा दिए ।
  • (४६-०६) त्यसपछि शाऊलले “येशू नै परमेश्‍वरका पुत्र हुनहुन्छ” भनी दमस्कसमा भएका यहूदीलाई प्रचार गर्न थाले ।
  • (४६-०९) बारनाबास र शाऊल नयाँ विश्‍वासीहरूलाई येशूबारे सिकाउन र मण्डलीलाई बलियो बनाउनलाई एन्टिओखियामा गए ।
  • (४७-०१) शाऊल रोमी साम्राज्यभरि यात्रा गर्दा उनका रोमी नाउँ “पावल” प्रयोग गर्न थाले ।
  • (४७-१४) पावल र अरू ख्रीष्‍टियन अगुवाहरू येशूको बारे सुसमाचार प्रचार गर्दै धेरै सहरहरूमा यात्रा गरे ।

पिलातस

परिभाषा:

पिलातस येशूलाई मृत्युदण्ड दिने रोमी राज्यपाल थिए ।

  • पिलातास राज्यपाल भएकाले ऊसँग अपराधीलाई मृत्युदण्ड दिने अधिकार थियो ।
  • यहूदी धार्मिक अगुवाहरूले पिलातासले येशूलाई क्रुसमा झुण्ड्याएको चाहे, त्यसैले येशू अपराधी हुनुहुन्छ भनी तिनीहरूले झुट बोले ।
  • येशू दोषी हुनुहुन्थ्यो भन्‍ने पिलातासले महसुस गरे, तर उनी भिडदेखि डराए, त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई फाँसी दिन आदेश दिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने (हेर्नुहोस्ः रोम, रोमी, क्रुसम टाँग्‍नु, दोष, दोषी, राज्यपाल, शासन गर्नु) बाइबलका खण्डहरूः

  • प्रेरित ०४:२७-२८
  • प्रेरित १३:२८-२९
  • लूका २३:१-२
  • मत्ती २७:११-१४
  • मत्ती २७:५७-५८
  • मर्कूस १५:१-३

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (३९-०९) यहूदी अगुवाहरूले येशूलाई बिहान सबेरै रोमी राज्यपाल पिलातसकहाँ ल्याए । पिलातसले येशूलाई दोषी ठहर्‍याउनेछन्, र उहाँलाई मृत्युदण्ड दिनेछन् भनी तिनीहरूले आशा गरे । पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?”
  • (३९-१०) पिलातसले भने, “सत्य के हो ?”
  • (३९-११) येशूसँग कुरा गरेपछि पिलातस भीडकहाँ गए, र भने, “मैले यो मानिसमा कुनै दोष भेट्टाइन ।” तर तर यहूदी अगुवाहरू र भीड यसो भनेर चिच्‍याए, “त्यसलाई कर्समा टाँग् !” पिलातसले जवाफ दिए, “ऊ दोषी छैन ।” तर तिनीहरू अझै चर्को सोरमा चिच्‍याए । पिलातसले तेस्रो पटक पनि भने, “ऊ दोषी छैन ।”
  • (३९-१२) भीडले हुलदङ्गा गर्न थाल्लान् भनी पिलातस डराए, त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई क्रुसमा टाँग्‍नलाई आदेश दिए ।
  • (४०-०२) पिलातसले येशूका टाउकोमाथि “यहूदीहरूका राजा” भन्‍ने चिन्ह राख्‍नलाई आदेश दिए ।
  • (४१-०२) पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ, र चिहनालाई जति सक्दो सुरक्षित बनाऊ ।”

पीनहास

परिभाषा:

पीनहासस पुरानो करारमा दुई मानिसहरुको नाउँ थियो ।

  • एक जना इस्राएलमा झुटा देवता पूजाको तीव्र विरोध गर्ने पीनहास नाउँ गरेका पूजाहारी हारूनका नाति थिए ।
  • मिद्यानी केटीहरूसँग विवाह गरेका र तिनीहरूका झुटा देवताको पूजा गरेकामा याह्वेले पठाउनुभएको दण्डबाट पीनहासले इस्राएलीहरूलाई बचाए ।
  • पीनहास मिद्यानीहरूलाई विनाश पार्न धेरै पटक इस्राएली सेनाहरूसँग गएका थिए ।
  • पुरानो करारमा उल्लेख गरिएका अर्का पीनहास शमूएल अगमवक्‍ताको समयमा एलीका दुष्‍ट छोराहरूमध्ये एक जना थिए ।
  • पलिश्‍तीहरूले इस्राएललाई आक्रमण गरेर करारका सन्दूक कब्जा गरेर लाँदा पीनहास र होप्‍नी दुवै मारिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्) (हेर्नुहोस्ः करारका सन्दूक, करार उर्दीका सन्दूक, याह्वेका सन्दूक, यर्दन नदी, मद्यान, मिद्यनी, पलिश्तीहरू, शमूएल) बाइबलका खण्डहरूः


पेरिज्‍जी

परिभाषा:

परिज्‍जीहरू इस्राएलीहरूले पलिश्‍तमा धेरै पटक भेटेका एउटा मानिस समूह थियो । यो समूहलाई तिनीहरुको परिचयसहित वा तिनीहरू कुन क्षेत्रमा बसोवास गर्थे भन्‍ने कहिल्यै उल्लेख गरिएको छैन ।

  • तिनीहरुलाई न्यायकर्ताको पुस्तकमा बार-बार उल्लेख गरिएका छन् जहाँ पेरिज्‍जीहरूले इजरायलीहरूसँग अन्तरविवाह गरे र तिनीहरूका झुटो देवताहरूका सेवा गर्न प्रभाव पारे भनी बताइएको छ ।
  • परिज्‍जीहरू फारेसीहरूभन्दा अर्कै मानिस समूह थिए । यसलाई स्पष्‍ट पार्नलाई नाउँहरूलाई फरक तवरले उच्‍चारण गर्नु आवश्यक हुनसक्छ (तर नेपाली यसो गर्न आवश्यक छैन किनभने दुवैको उच्‍चारण स्पष्‍ट रूपा फरक नै छ) ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अन्य) बाइबबलका खण्डहरूः

  • उत्पत्ति १३:५-७

पोतीफर

परिभाषा:

याकूब, उनका श्रीमतीहरू, र उनका छोराछोरीहरू कनानमा हुँदा पोतीफर मिश्रका फारोका निम्ति एउटा महत्त्पूर्ण अधिकृत थिए ।

  • पोतीफरले याकूबका छोरा योसेफलाई दासको रूपमा किने, र उनलाई उनका घरानाका मुख्य कारिन्दा नियुक्‍त गरे ।
  • जब योसेफलाई खारबी गरेको कुराको दोष गलत तवरले लगाइयो, पोतीफरले योसेफलाई जेलमा हाल्न लगाए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः योसेफ (पु क), याकूब, इस्राएल, मिश्र, मिश्री, फारो, मिश्रका राजा) बाइबलका खण्डहरूः

  • उत्पत्ति ३७:३४-३६

पोन्टस

परिभाषा:

रोमी साम्राज्य र प्रारम्भिक मण्डलीको समयमा पोन्टस एउटा रोमी प्रान्त थियो । यो कालो समुद्रको तट अर्थात् अहिलेको टर्की देशको उत्तरी भागमा पर्थ्यो ।

  • पेन्तिकोसको दिनमा प्रेरितहरूमाथि पवित्र आत्मा पहिलो पटक आउनुहुँदा यरूशलेममा पोन्टस प्रान्तबाट आएका मानिसहरू पनि थिए ।
  • ग्रीक ख्रीष्‍टियन अपोल्लोस पोन्टसका थिए ।
  • पत्रुसले पोन्टस लगायतका प्रदेशहरूमा छरिएर रहेका ख्रीष्‍टियनहरूलाई पत्र लेखे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अपोल्लोस, पेन्तिकोस, साताहरूका चाड) बाइबलका खण्डहरूः


पोर, पोर पर्वत, बाल पोर

परिभाषा:

पोर खारा समुन्द्रको पूर्वतिर पर्ने मोआब क्षेत्रको एउटा पर्वतको नाम हो । यो त्यो भूमि थियो जहाँ रूबेनको कुल बस्थे ।

  • “बेल पोर” पोर सहरको अर्को नाउँ थियो ।
  • “बाल पोर” पोर पर्वतमा आराधना गर्ने मोआबीहरूको एउटा झुटो देवता थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः खारा समुद्र, मृत सागर, मोआब, मोआबी, मोआबी महिला, बाल, झुटो देवता, विदेशी देवता, देवता,देवी, पूजा\आराधना) बाइबलका खण्डहरूः

  • भजनसंग्रह १०६:२८-२९

प्रचारक फिलिप

परिभाषा:

फिलिप यरूशलेमको प्रारम्भिक ख्रीष्‍टियन मण्डलीमा गरिब र खाँचोमा परेका ख्रीष्‍टियनहरूको विशेष गरी विधवाहरूको वास्ता गर्न छानिएका सात जना अगुवाहरूमध्येका एक थिए ।

  • परमेश्‍वरले फिलिपलाई गाजाबाट यरूशेलेम जाने सडकमा भेटेका एक जना इथियोपियाली मानिस लगायत यहूदीया र गालील प्रान्तका विभिन्‍न सहरहरूमा सुसमाचार प्राचार गर्नलाई प्रयोग गर्नुभयो ।
  • बर्षौंपछि फिलिप कैसरियामा बसोवास गरिरहेका थिए, अनि पावल र उनका साथीहरू यरूशलेम फर्कने क्रममा तिनीहरू उनका घरमा बसे ।
  • धेरै बाइबल विद्वानहरूले प्रचारक फिलिप त्यही नाउँ गरेका येशूका प्रेरित थिएनन् भनी ठान्छन् । यी दुई मानिसहरु फरक हुन् भनी स्पष्‍ट पार्न कुनै भाषाहरुले हल्का फरक हिज्‍जेहरू रुचाउन सक्छन् ।

(अनुवादका निम्ति सुझावहरूः नाहरू कसरी अनुवाद गर्न सकिन्छ) (हेर्नुहोस्ः प्रेरित फिलिप) बाइबलका खण्डहरूः

  • प्रेरित ०६:५-६
  • प्रेरित ०८:६-८
  • प्रेरित ०८:१२-१३
  • प्रेरित ०८:२९-३१
  • प्रेरित ०८:३६-३८
  • प्रेरित ०८:३९-४०

प्रिस्किला

परिभाषा:

प्रिस्किला उनका श्रीमान अकिलाससँगै पावलका मिसिनरी यात्रामा काम गर्ने पहिलो शताब्दीका यहूदी ख्रीष्‍टियन थिइन ।

  • पावलले अकिलास र प्रिस्किलालाई कोरिन्थमा भेटे ।
  • अकिलास र प्रिस्किला केही समयमा रोममा बसे ।
  • ती जोडीले पावलसँग पाल बनाउने काम गर्थे, साथै उनलाई उनको मिसिनरी काममा पनि सहायता गर्थे ।
  • अकिलास र प्रिस्किला दुवैलाई नयाँ करारमा पावलको सहयोगीहरूका रूपमा धेरै पटक उल्लेख गरिएको छ ।
  • प्रिस्किलालाई प्रारम्भिक मण्डलीको एउटा महिला शिक्षकको उदाहरणको रूपमा उल्लेख गरिएको छ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अकिलास,पावल) बाइबलका खण्डहरूः


प्रेरित फिलिप

परिभाषा:

प्रेरित फिलिप येशुका बाह्र जना चेलाहरूमध्ये एक थिए ।

  • फिलिप बेथसेदा सहरका थिए; उनले नथानेलको येशूसँग चिनजान गराए ।
  • एक पटक येशूले ५००० जना मानिसहरूलाई खाना कसरी खुवाउने भनी फिलिपलाई सोध्‍नुभयो ।
  • येशूले उहाँका चेलाहरूसँग खानुभएको अन्तिम निस्तार भोजमा उहाँका पिता परमेश्‍वर बारे बताउनुभयो । फिलिपले येशूलाई पिता देखाइदिनुहोस् भने ।
  • केही भाषाहरुले यो फिलिपको नाउँलाई अर्को फिलिपभन्दा फरक हुन् भनी अन्योलताबाट बच्‍न भिन्‍न प्रकारले उल्लेख गर्न रुचाउन सक्छन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः फ्रचारक फिलिप) बाइबलका खण्डडहरूः

  • यूहन्‍ना ०१:४३-४५
  • मर्कूस ०३:१७-१९

फारस, फारसीहरु

परिभाषा:

फारस फारस महान्ले ५५० ख्रीष्‍ट पूर्वमा स्थापना गरेका एउटा सम्राज्य हो । यसको केन्द्र हालको आधुनिक इरान देशमा थियो । फरासका मानिसहरुलाई फारसीहरु भनिन्थ्यो ।

  • फारस साम्राज्य धेरै ठुलो र शक्तिशाली थियो ।
  • राजा कोरेसको उर्दीमा, यहूदीहरू बेबिलोनको निर्वासनबाट स्वतन्‍त्र भए, र फारस साम्राज्यद्वारा दिएको कोषले यरूशलेम मन्दिर पुनःर्निर्माण गरिएको थियो ।
  • एज्रा नहेम्याह यरूशलेमको पर्खालहरु पुनः निर्माण गर्न जाँदा राजा अर्तासास्त फारस साम्राज्यको शासक थिए ।
  • राजा अहासूररससँग विवाह गरेपछि एस्तर फारस साम्राज्यको रानी भइन् ।

(हेर्नुहोस्ः एज्रा, नहेम्याह, एस्तर) बाइबलका खण्डहरूः


फारो, मिश्रका राजा

परिभाषा:

प्रचीन समयमा मिश्र देशमा शासन गर्ने राजाहरूलाई फारो भनिन्थ्यो ।

  • २,००० वर्षभन्दा बढी अवधिमा ३०० भन्दा बढी फारोहरुले मिश्रमा राज्य गरे ।
  • यी मिश्री राजाहरू धेरै धनी र शक्‍तिशाली थिए ।
  • यी फारोहरुमध्ये धेरैलाई बाइबलमा उल्लेख गरिएका छन् ।
  • प्रायः यो पदवीलाई पदवीको रूपमा प्रयोग नगरी नामको रूपमा प्रयोग गरिएको छ ।

(अनुवादका निम्त सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः मिश्र, मिश्री, राजा) बाइबलका खण्डहरूः

  • प्ररित ०७:९-१०
  • प्रेरित ०७:११-१३
  • ०७:२०-२१
  • उत्पत्ति १२:१४-१६
  • उत्पत्ति ४०:६-८
  • उत्पत्ति ४१:२५-२६

बाइनलका कथाहरुबाट उदाहरणहरूः

  • (०८-०६) एक रात फारोले अर्थात मिश्रीहरूले उनीहरूका राजालाई यसो नै भन्छन्, दुई वटा सपना देखे जसले उनलाई निकै परल्यो ।
  • (०८-०८) फारो योसेफप्रति प्रभावित भए, र उनले तिनलाई मिश्रभरिमा दोस्रो शक्‍तिशाली मानिसको रूपमा नियुक्‍त गरे ।
  • (०९-०२) त्यसैले त्यस बेला मिश्रमा शासन गरिरहेका फारोले इस्राएलीहरूलाई मिश्रको दासहरू बनाए ।
  • (०९-१३) “मैले तँलाई मिश्रमा पठाउनेछु, ताकि तैँले इस्राएलीहरूलाई मिश्रको तिनीहरूका दासत्वबाट ल्यान सक् ।”
  • (१०-०२) यी विपतिहरूद्वारा परमेश्‍वरले फारोलाई उहाँ फारो र मिश्रका सबै देवताहरूभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ भनी देखउनुभयो ।

फिलिप्‍पी

परिभाषा:

फिलिप्‍पी प्रचीन ग्रीसको उत्तरी क्षेत्रमा अवस्थित थियो ।

  • पावल सिलासले फिलिप्पीको यात्रा गरे र त्यहाँका मानसिहरूलाई येशूबारे प्रचार गरे ।
  • पावल र सिलासलाई फिलिप्‍पीमा गिरफ्तार गरियो, तर परमेश्‍वरले तिनीहरूलाई अद्भुत तवरले छुट्टाउनुभयो ।
  • बाइबलमा पावलले फिलिप्‍पीका ख्रीष्‍टियनहरूलाई फिलिप्पीहरूलाई पत्र लेखे ।

(हेर्नुहोस्ः पावल, शाऊल, सिलास, सिल्भानस, ख्रीष्‍टियन) बाइबलका खण्डहरूः

  • प्रेरित १६:११-१३
  • मत्ती १६:१३-१६
  • फिलिप्‍पी ०१:१-२

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (४७-०१) एक दिन पावल र उनका साथी सिलास येशूको बारे प्रचार गर्न फिलिप्‍पी सहरमा गए ।
  • (४७-१३) भोलिपल्ट सहरका अगुवाहरूले पावल र सिलासलाई झ्यालखानाबाट निकाले, र त्यहाँबाट जानलाई अनुरोध गरे ।

फोनिके

परिभाषा:

प्राचीन समयमा, फोनिके भूमध्य सागरको तटमा रहेको एउटा धनी देश थियो । यो हालको लेबनान देशको पश्‍विमी क्षेत्रमा पर्थ्यो ।

  • नयाँ करारको समयमा, फोनिकेको राजधानी टुरोस थियो । फोनिकेको अर्को महत्त्वपूर्ण सहर सिदोन थियो ।
  • फोनिके देददारुको रुख र बैजनी रङ्ग, साथै तिनीहरुका यात्रा र समुद्री व्यापारको खुबीका लागि प्रख्यात थियो । तिनीहरू जहाज बनाउन निकै सिपालु थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः सिदोन, सिदोनीहरू, टुरोस) बाइबलका खण्डहरूः

  • प्रेरित ११:१९-२१
  • प्रेरित १५:३-४

बतशेबा

परिभाषा:

बतशेबा राजा दाऊदको सेनामा भर्ती भएका सिपाही उरियाहकी पत्‍नी थिइन् । उरियाहको मृत्युपश्‍चात् उनी दाऊदकी पत्‍नी र सोलोमनकी आमा बनिन् ।

  • बतशेबा उरियाहकी पत्‍नी छँदा दाऊदले उनीसित व्यभिचार गरे ।
  • बतशेबा दाऊदबाट गर्भवती भएपछि दाऊदले उरियाहलाई मार्न लगाए ।
  • त्यसपछि दाऊदले बतशेबासित बिहे गरे, र उनले एउटा बच्‍चा जन्माइन् ।
  • बच्‍चा जन्मेको केही दिनपश्‍चात् त्यसलाई मारी परमेश्‍वरले दाऊदको पापको लागि तिनलाई दण्ड दिनुभयो ।
  • पछि, बतशेबाले अर्का छोरा सोलोमनलाई जन्माइन्, जो दाऊदपश्‍चात् राजा बने ।

बतूएल

परिभाषा:

बतूएल अब्राहामका भाइका छोरा थिए ।

  • बतूएल रिबेका र उनका दाजु लाबानका पिता थिए ।
  • बतूएल नाउँको नगर पनि थियो, जुन दक्षिणी यहूदामा अवस्थित भएको हुन सक्छ, जुन बेर्शेबाभन्दा धेरै टाढा थिएन ।

बनायाह

परिभाषा:

बनायाह पुरानो करारमा केही मानिसहरूका नाउँ थियो ।

  • यहोयादाका छोरा बनायाह दाऊदका शक्तिशाली मानिसहरूमध्ये एक थिए । तिनी सिपालु योद्धा थिए, र तिनलाई दाऊदको अङ्गरक्षकको जिम्मा दिइयो ।
  • सोलोमन राजा बनाइँदै गर्दा तिनका शत्रुहरूलाई पराजित गर्न बनायाहले तिनको मदत गरे । अन्त्यमा, तिनी इस्राएली सेनाका सेनापति बने ।
  • पुरानो करारमा बनायाह नाउँ गरेका अन्य मानिसहरूमा तिन जना लेवी पर्छन्ः पूजाहारी, सङ्गीतकार र आसापका सन्तान ।

बाबेल

परिभाषा:

बाबेल मेसोपोटामियाको दक्षिणी भागमा पर्ने शिनार क्षेत्रको मुख्य सहर थियो । शिनारलाई पछि बेबिलोन भनियो ।

  • हामका पनाति निम्रोदले बाबेल सहर स्थापित गरेका थिए, जसले शिनारको क्षेत्रमाथि शासन गर्थे ।
  • शिनारका मानिसहरू घमन्डी बने, र तिनीहरूले स्वर्गसम्मै पुग्‍ने एउटा अग्लो धरहरा बनाउने निधो गरे । यसलाई पछि “बाबेलको धरहरा” भनेर चिनियो ।
  • परमेश्‍वरको आज्ञामुताबिक धरहरा बनाउने मानिसहरू फैलन नचाहेकाले तिनीहरूले बोलेका कुरा एक अर्काले नबुझून् भनेर उहाँले तिनीहरूको भाषा खल्बल्याइदिनुभयो । तिनीहरू बाध्य भएर पृथ्वीका विभिन्‍न भूभागहरूमा गएर बस्‍न लागे ।
  • “बाबेल” को लागि प्रयोग गरिने मूल शब्दको अर्थ हुन्छ, “भ्रम ।” परमेश्‍वरले मानिसहरूको भाषा खल्बल्याइदिनुहुँदा त्यस ठाउँको नाउँ बाबेल रहेको थियो ।

बारथोलोमाइ

परिभाषा:

बारथोलोमाइ येशूका बाह् प्रेरितमध्ये एक थिए ।

  • अन्य प्रेरितहरूसँगै बारथोलोमाइलाई पनि सुसमाचार सुनाउन र येशूको नाउँमा आश्‍चर्यकर्महरू गर्न पठाइयो ।
  • येशूलाई स्वर्ग फर्कनुभएको देख्‍नेहरूमध्ये तिनी पनि एक थिए ।
  • त्यसको केही हप्‍तापश्‍चात् पवित्र आत्मा ओर्लनुहुँदा पेन्तिकोसको दिनमा यरूशलेममा तिनी पनि अन्य प्रेरितहरूसँगै थिए ।

बारनाबास

परिभाषा:

बारनाबास सुरुका ख्रीष्‍टियानहरूमध्ये एक थिए, जो प्रेरितहरूको समयमा बाँचेका थिए ।

  • बारनाबास इस्राएलको लेवी कुलका मानिस थिए, जो साइप्रस टापुका थिए ।
  • शाऊल (पावल) ख्रीष्‍टियान भएपछि तिनलाई सङ्गी विश्‍वासीको रूपमा स्वीकार गर्न बारनाबासले अरू चेलाहरूलाई बिन्ती गरे ।
  • बारनाबास र पावलले विभिन्‍न सहरहरूमा सुसमाचार सुनाउन सँगसँगै यात्रा गरे ।
  • तिनको नाउँ योसेफ थियो, तर तिनलाई “बारनाबास” भनियो, जसको अर्थ हुन्छ, “उत्साहको पुत्र ।”

बारब्बा

परिभाषा:

येशू पक्राउ पर्नुभएको बेलामा बारब्बा यरूशलेममा एक कैदी थियो ।

  • बारब्बा एक अपराधी थियो, जसले हत्याको अपराध गर्नुका साथै रोमी सरकारको विरुद्धमा विद्रोह गरेको थियो ।
  • पन्तियस पिलातसले बारब्बा र येशूमध्ये कसलाई छाड्ने भनी प्रस्ताव राख्दा मानिसहरूले बारब्बालाई रोजे ।
  • त्यसैले, पिलातसले बारब्बालाई छाडिदिए, तर येशूलाई मृत्युको लागि दोषी ठहराए ।

बारूक

परिभाषा:

बारूक पुरानो करारमा केही मानिसहरूका नाउँ हो ।

  • एक जना बारूक (जब्बैका छोरा) ले यरूशलेमका पर्खालहरू मर्मत गर्न नहेम्याहसँगै काम गरे ।
  • नहेम्याहकै समयमा अर्का बारूक (कलहजका छोरा) एक अगुवा थिए, जो यरूशलेमका पर्खाहरू पुनर्निर्माण भएपछि यरूशलेममा बसे ।
  • अर्का फरक बारूक (नेरियाहका छोरा) यर्मिया अगमवक्ताका सहयोगी थिए । परमेश्‍वरले यर्मियालाई दिनुभएका सन्देशहरू लेख्‍ने र मानिसहरूका निम्ति तिनलाई पढ्नेजस्ता विभिन्‍न व्यावहारिक कामहरूमा बारूकले यर्मियालाई सहायता गरे ।

बाल

परिभाषा:

“बाल” को अर्थ “प्रभु” वा “मालिक” हुन्छ । बाल कनानीहरूद्वारा पूजिने मुख्य झुटो देवताको नाउँ थियो ।

  • केही स्थानीय झुटा देवताहरूको नाउँमा पनि “बाल” जोडिएको थियो, जस्तैः “पोरको बाल ।” कहिले काहीँ यी सबै देवताहरूलाई “बालहरू” भनी उल्लेख गरिन्थ्यो ।
  • केही मानिसहरूका नाउँमा पनि “बाल” समावेश थियो ।
  • बालको पूजामा बाल बलिसाथै वेश्यावृत्तिहरूजस्ता दुष्‍ट अभ्यासहरू समावेश हुन्थे ।
  • इस्राएलीहरूको इतिहासको विभिन्‍न कालखण्डमा तिनीहरूका वरिपरि भएका गैरयहूदी जातिहरूको उदाहरणको अनुसरण गर्दै तिनीहरू पनि बालको पूजामा बढी नै संलग्‍न भए ।
  • बाल अस्तित्वमा छैन र यहोवे मात्र एक साँचो परमेश्‍वर हुनुहुन्छ भनी मानिसहरूलाई प्रमाणित गर्न राजा आहाबको समयमा परमेश्‍वरका अगमवक्ता एलियाले एउटा जाँच गरे । परिणामस्वरूप, बालका अगमवक्ताहरू मारिए, र मानिसहरूले फेरि यहोवेको आराधना गर्न थाले ।

बालजिबुल

परिभाषा:

बालजिबुल शैतानको अर्को नाउँ हो । यसको हिज्जेमा कहिले काहीँ “बालजिबब” लेखिन्छ ।

  • यसको शाब्दिक अर्थ हुन्छः “झिँगाहरूको मालिक ।” यसको अर्थ त्यो “भूतात्माहरूको शासक” हो । यसको अर्थलाई अनुवाद गर्नुको साटो यसको मौलिक हिज्जेसित नजिक शब्दलाई अनुवाद गर्नु राम्रो हुन्छ ।
  • कसलाई उल्लेख गरिएको छ भनी प्रस्ट पार्न यसलाई “बालजिबुल शैतान” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यो नाउँ एक्रोनको झुटो देव “बाल-जिबब” सित सम्बन्धित छ ।

बालाम

परिभाषा:

बालाम एक गैरयहूदी अगमवक्ता थिए । कनान देशमा प्रवेश गर्ने तयारी गर्दै उत्तरी मोआबको यर्दन नदीमा शिविर खडा गरी बसेका इस्राएलीहरूलाई सराप दिन राजा बालाकले बालामलाई भाडामा लिए ।

  • बालाम पतोर सहरका थिए, जुन मोआबभन्दा चार समय माइल टाढा यूफ्रेटिस नदीको क्षेत्रवरिपरि अवस्थित थियो ।
  • मिद्यानका राजा बालाक इस्राएलीहरूको शक्ति र सङ्ख्यादेखि डराए । त्यसैले, तिनले उनीहरूलाई सराप दिन बालामलाई भाडामा ल्याए ।
  • बालाम इस्राएलतर्फ यात्रा गरिरहँदा परमेश्‍वरका एक स्वर्गदूत तिनको बाटोमा यसरी खडा भए, कि बालामको गधा रोकियो । परमेश्‍वरले गधालाई बालामसित बोल्ने क्षमता दिनुभयो ।
  • इस्राएलीहरूलाई सराप दिन परमेश्‍वरले बालामलाई अनुमति दिनुभएन । त्यसको साटो, तिनीहरूलाई आशिष् दिन उहाँले तिनलाई आज्ञा दिनुभयो ।
  • तरै पनि पछि बालामले इस्राएलीहरूलाई झुटो देवता बाल-पोरलाई पूजा गर्न प्रभावित तुल्याउँदा तिनीहरूमाथि खराबी ल्याए ।

बाशा

परिभाषा:

बाशा इस्राएलका दुष्‍ट राजाहरूमध्ये एक थिए, जसले इस्राएलीहरूलाई मूर्तिहरूको पूजा गर्न प्रभाव पारे ।

  • बाशा इस्राएलका तेस्रा राजा थिए, र तिनले आसा यहूदाका राजा हुँदा चौबिस वर्ष राज्य गरे ।
  • तिनी सैनिक सेनापति थिए । अगिल्ला राजा नादाबको हत्या गरी तिनी राजा बनेका थिए ।
  • बाशाको शासनकालमा इस्राएल र यहूदा राज्यका बिचमा धेरै युद्धहरू भए । खास गरी, यहूदाका राजा आसासित युद्ध भएको थियो ।
  • बाशाका धेरै पापको कारणले गर्दा परमेश्‍वरले तिनलाई तिनको मृत्युद्वारा पदबाट हटाइदिनुभयो ।

बाशान

परिभाषा:

बाशान गालील समुद्रको पूर्वपट्टि पर्ने एउटा क्षेत्र थियो । यसले त्यस क्षेत्रलाई ओगट्थ्यो, जुन अहिले सिरिया र गोलान हेइट्सको भागमा पर्छ ।

  • “गोलान” भनिने पुरानो करारको शरण नगर बाशानको क्षेत्रमा अवस्थित थियो ।
  • बाशान निकै उर्वरायुक्त क्षेत्र थियो, र यो फलाँटका रुखहरूसाथै जनावरहरूको गौचरणको लागि परिचित थियो ।
  • उत्पत्ति १४ अध्यायले अभिलिखित गर्छ, कि बाशान केही राजाहरू र तिनीहरूका देशहरूबिच युद्ध हुने क्षेत्र थियो ।
  • इस्राएलीहरू मिश्रबाट आएपछि उजाड-स्थानमा भौतारिँदा तिनीहरूले बाशानको क्षेत्रको एउटा भागलाई आफ्नो कब्जामा लिए ।
  • वर्षौंपश्‍चात् राजा सोलोमनले त्यस क्षेत्रबाट खाद्य सामग्री प्राप्‍त गरे ।

बेथ-शेमेश

परिभाषा:

बेथ-शेमेश एउटा कनानी सहरको नाउँ थियो, जुन यरूशलेमभन्दा लगभग ३० किलोमिटर पश्‍चिममा पथ्र्यो ।

  • यहोशूको नेतृत्वको समयमा इस्राएलीहरूले बेथ-शेमेशलाई कब्जा गरे ।
  • बेथ-शेमेश सहरलाई लेवीय पूजाहारीहरूको बासस्थानको लागि अलग गरियो ।
  • पलिश्तीहरूले कब्जामा लिइएको करारको सन्दुकलाई यरूशलेममा फर्काउँदा तिनीहरू पहिलो पटक बेथ-शेमेशमा नै सन्दुकसहित रोकिए ।

बेथलेहेम, एप्राता

परिभाषा:

बेथलेहेम इस्राएल देशमा भएको एउटा सानो नगर थियो, जुन यरूशलेम सहर नजिकै थियो । यसलाई “एप्राता” भनेर पनि चिनिन्थ्यो, जुन सम्भवतः यसको मौलिक नाउँ थियो ।

  • राजा दाऊद बेथलेहेममा जन्मेकाले यसलाई “दाऊदको सहर” भनिएको छ ।
  • मसीह “बेथलेहेम एप्राता” बाट आउनुहुने थियो भनी मीका अगमवक्ताले भविष्यवाणी गरे ।
  • त्यस भविष्यवाणीलाई पुरा गर्नुहुँदै वर्षौंपश्‍चात् येशू बेथलेहेममा जन्मनुभयो ।
  • “बेथलेहेम” नाउँको अर्थ हुन्छ‒ “रोटीको घर” वा “भोजनको घर ।”

बेथानिया

परिभाषा:

बेथानिया नगर यरूशलेमबाट करिब २ माइल पूर्वमा जैतून पर्वतको पूर्वीय भिरको आधारमा अवस्थित थियो ।

  • बेथानिय यरूशलेम र यरीहोको बिच भएर जाने सडकको नजिकै थियो ।
  • येशू अक्सर बेथानिया जानुभयो, जहाँ उहाँका घनिष्‍ठ मित्रहरू लाजरस, मार्था र मरियम बस्थे ।
  • बेथानिया खास गरी येशूले लाजरसलाई मृतकहरूबाट जीवित पार्नुभएको ठाउँको रूपमा परिचित छ ।

बेथेल

परिभाषा:

बेथेल कनान देशमा यरूशलेमको उत्तरपट्टि अवस्थित सहर थियो । यसलाई पहिले “लूज” भनिन्थ्यो ।

  • पहिलो पटक परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्‍त गरेपछि अब्राम (अब्राहाम) ले बेथेल नजिकै उहाँको निम्ति एउटा वेदी खडा गरे । त्यस बेला यस सहरको वास्तविक नाउँ अझै बेथेल भइसकेको थिएन, तर यसलाई “बेथेल” भनिन थालियो जुन नाउँबाट यो ठाउँ परिचित भयो ।
  • आफ्ना दाजु एसावबाट भाग्दा याकूबले यही सहर नजिकै रात बिताएका थिए, र तिनी खुला मैदानमा नै सुतेका थिए । सुतिरहँदा तिनले एउटा सपना देखे, जसमा आकाससम्मै खडा गरिएको भर्‍याङमा स्वर्गदूतहरू तल झर्ने र माथि उक्लने गर्दै थिए ।
  • याकूबले यस ठाउँलाई “बेथेल” नाउँ नराखेसम्म यसको नाउँ बेथेल भएको थिएन । यसलाई प्रस्ट पार्न अब्राहामको बारेमा भएका खण्डहरू र याकूब पहिलो पटक आउँदा बयान गर्ने खण्डहरू (तिनको नाउँ परिवर्तन गरिनुअगि) केही अनुवादहरूले यसलाई “लूज (पछि बेथेल भनिएको)” भनी अनुवाद गर्न सक्छन् ।
  • पुरानो करारमा बेथेल अक्सर उल्लेख भएको छ, र यही ठाउँमा नै धेरै महत्त्वपूर्ण घटनाहरू घटे ।

बेन्यामीन

परिभाषा:

बेन्यामीन याकूब र तिनकी पत्‍नी राहेलबाट जन्मेका कान्छा छोरा थिए । तिनको नाउँको अर्थ हुन्छः “मेरो दाहिने हातको छोरो ।”

  • राहेलका केवल दुई सन्तान थिएः बेन्यामीन र योसेफ । बेन्यामीनलाई जन्म दिएपछि उनी मरिन् ।
  • बेन्यामीनका सन्तानहरूबाट इस्राएलका बाह् कुलमध्ये एउटा कुलको रचना भयो ।
  • राजा शाऊल इस्राएली बेन्यामीन कुलबाटै आएका थिए ।
  • प्रेरित पावल पनि बेन्यामीन कुलकै थिए ।

बेबिलोन, बेबिलोनी

परिभाषा:

बेबिलोन सहर प्राचीन बेबिलोनी साम्राज्यको बेबिलोन क्षेत्रको राजधानी थियो ।

  • बेबिलोन यूफ्रेटिस नदीनेर अवस्थित थियो । यही क्षेत्रमा वर्षौंपश्‍चात् बाबेलको धरहरा बनाइएको थियो ।
  • कहिले काहीँ “बेबिलोन” शब्दले सारा बेबिलोनी साम्राज्यलाई जनाउँछ । उदाहरणको लागि, “बेबिलोनका राजा” ले सहरमाथि मात्र नभएर सारा साम्राज्यभरि शासन गरे ।
  • बेबिलोनीहरू शक्तिशाली जाति थिए, जसले यहूदा राज्यमाथि आक्रमण गरे र त्यहाँका मानिसहरूलाई सत्तरी वर्षसम्म बेबिलोनी निर्वासनमा राखे ।
  • यस क्षेत्रको एउटा भागलाई “कल्दी” भनिन्थ्यो, र त्यहाँ बस्‍ने मानिसहरूलाई “कल्दीहरू” भनिन्थ्यो । परिणामस्वरूप, बेबिलोनलाई जनाउन अक्सर “कल्दी” शब्दको प्रयोग गरियो । (हेर्नुहोस्ः अङ्गाङ्गी अलङ्कार)
  • ठाउँ, मानिसहरू र मूर्तिपूजासाथै अन्य पापपूर्ण व्यवहारसित गाँसिएका सोचाइहरूलाई जनाउन कहिले काहीँ नयाँ करारमा “बेबिलोन” शब्दलाई रूपकको रूपमा प्रयोग गरिएको छ ।
  • वाक्यांशहरू “महान् बेबिलोन” वा “बेबिलोनको महान् सहर” ले आलङ्कारिक रूपमा प्राचीन बेबिलोनजस्तै विशाल, धनी र पापले भरिपूर्ण सहर वा राज्यलाई जनाउँछ । (हेर्नुहोस्ः अलङ्कार)

बेरिया

परिभाषा:

नयाँ करारको समयमा बेरिया माकेडोनियाको दक्षिण-पूर्वमा अवस्थित एउटा समृद्ध ग्रिक सहर थियो, जुन थेसलोनिकेभन्दा करिब असी किलोमिटर दक्षिणमा पथ्र्यो ।

  • थेसलोनिकेमा पावल र सिलासको जीवनमा समस्या ल्याउने केही यहूदीहरूबाट भाग्‍न त्यहाँका सङ्गी ख्रीष्‍टियानहरूले तिनीहरूलाई मदत गरेपछि तिनीहरू भागेर बेरिया सहरमा गए ।
  • बेरियामा बसोबास गर्ने मानिसहरूले पावलले प्रचार गरेको सुनेपछि तिनले प्रचार गरेका कुराहरू साँचा थिए वा थिएनन् भनी पुष्‍टि गर्न तिनीहरूले धर्मशास्‍त्रमा खोजी गरे ।

बेर्शेबा

परिभाषा:

पुरानो करारको समयमा बेर्शेबा एउटा सहर थियो । यो यरूशलेमदेखि लगभग ४५ माइल टाढा दक्षिण-पश्‍चिममा मरुभूमिको क्षेत्रमा अवस्थित थियो । त्यस क्षेत्रलाई अहिले नेगेब भनी चिनिन्छ ।

  • बेर्शेबा वरिपरिको क्षेत्र उजाड-स्थान थियो, जहाँ अब्राहामले हागार र इश्माएललाई तिनीहरूका पालबाट निकालेपछि तिनीहरू भौँतारिएका थिए ।
  • यस सहरको नाउँको अर्थ हुन्छ, “शपथको इनार ।” अब्राहामको एउटा इनारलाई अबीमेलेकका मानिसहरूले नियन्‍त्रणमा लिँदा तिनले उनीहरूलाई दण्ड नदिने शपथ खाएको बेलामा यो नाउँ राखिएको थियो ।

बोअज

परिभाषा:

बोअज एक इस्राएली मानिस थिए । तिनी रूथका पति र राजा दाऊदका हजुरबुबासाथै येशू ख्रीष्‍टका पुर्खा थिए ।

  • बोअज इस्राएलमा न्यायकर्ताहरू भएको समयमा बाँचेका थिए ।
  • तिनी नाओमी नाउँ गरेकी इस्राएली स्‍त्रीका नातेदार थिए । मोआबमा आफ्ना पति र छोराहरूको निधन भएपछि नाओमी इस्राएल फर्केकी थिइन् ।
  • नाओमीकी विधवा बुहारी रूथलाई बिहे गरी उनका भावी पति बन्‍नुका साथै सन्तान जन्माएर बोअजले उनलाई “छुटकारा दिए ।”
  • तिनी कसरी येशूले हामीलाई बचाउनुभयो र छुटकारा दिनुभयो भन्‍ने तस्बिरको रूपमा देखिन्छन् ।

मत्ती, लेवी

परिभाषा:

मत्ती अल्फयसका छोरा लेवीलाई दिइएको नाम थियो । प्रेरित हुन येशूले चुन्‍नुभएका बाह्र जनामध्ये मत्ती एक थिए ।

  • येशूलाई भेट्नु भन्दा पहिले मत्ती कफर्नहुमबाट आएका एकजना कर उठाउने मानिस थिए ।
  • मत्तीले “मत्तीको सुसमाचार” नामको पुस्तक लेखे ।

मनश्शे

परिभाषा:

पुरानो करारमा मनश्शे नामका पाँच जना मानिस थिएः

  • योसेफको जेठो छोराको नाम मनश्शे थियो ।
  • मनश्शे र तिनका भाइ एफ्राइमलाई योसेफका बाबु याकूबले आफ्नै छोराका रूपमा ग्रहण गरे, जसले गर्दा उनीहरूका सन्तानहरू इस्राएलका बाह्र कुलमा गनिए ।
  • मनश्शेका सन्तानहरू इस्राएलका एक कुल बने ।
  • मनश्शेको कुललाई “मनश्शेको आधा कुल” पनि भनिन्थ्यो किनभने त्यो कुलको आधा भाग मात्रै यर्दन नदीको पश्‍चिमतर्फ कनान देशमा बसोबास गरे । अर्को भाग यार्दनको पूर्वतर्फ बसोबास गरे ।
  • यहूदाको एउटा राजाको नाम पनि मनश्शे थियो ।
  • राजा मनश्शे एक दुष्‍ट राजा थिए जसले आफ्नै छोराछोरीलाई झूटा ईश्‍वरहरूका लागि बलिदान गरे ।
  • परमेश्‍वरले शत्रु सेनाको हातमा पक्राउ पर्न दिएर राजा मनश्शेलाई दण्ड दिनुभयो । मनश्शे परमेश्‍वरतर्फ फर्के अनि मूर्तिहरूको पूजा गरिने वेदीहरू नष्‍ट गरे ।
  • एज्राको समयमा मनश्शे नामका दुई जना मानिस थिए, ती दुवैले विदेशी पत्‍नी विवाह गरेका थिए । तिनीहरूका विदेशी ईश्‍वरहरूका कारण यी दुवै मानिसलाई ती पत्‍नीहरूलाई सम्बन्ध विच्छेद गर्न लगाइयो ।
  • अर्को एक जना मनश्शे झूटा ईश्‍वरहरूका पूजाहारीहरूको काम गर्ने केही दानवंशीहरूका हजुरबुबा थिए ।

मरियम (मार्थाकी बहिनी)

परिभाषा:

मरियम बेथानी निवासी स्‍त्री थिइन् जसले येशूलाई पछ्याउँथिन् ।

  • मरियमकी मार्था नामकी एउटी बहिनी र लाजरस नामका एक जना भाइ थिए, तिनीहरूले पनि येशूलाई पछ्याउँथे ।
  • एक पटक येशूले मरियमको प्रशंसा गर्नुभयो किनकि तिनले उहाँको निम्ति भोजन तयार पार्ने काममा अल्झनुको सट्टा उहाँको वचन सुन्‍न रोजिन् ।
  • एक पटक येशू बेथानीमा एउटा भोजमा हुनुभएको समय, मरियमले उहाँको आराधना गर्न उहाँको शिरमा बहुमूल्य अत्तर खन्याइन् । यसको लागि येशूले तिनको प्रशंसा गर्नुभयो ।

मरियम मग्दलिनी

परिभाषा:

येशूले तिनीबाट सात वटा भूत निकाल्नु भएपछि मरियम मग्दलिनीले उहाँलाई पछ्याउन सुरू गरिन् ।

  • मरियम मग्दलिनी र अन्य केही स्‍त्रीहरूले येशू र उहाँका प्रेरितहरूलाई आर्थिक सहायता गर्थे ।
  • येशू मृतकबाट जीवित भई उठ्नुभएपछि मरियम मग्दलिनी र अन्य केही स्‍त्रीहरूले उहाँलाई पहिले देखे ।

मरियम, येशूकी आमा

परिभाषा:

मरियम येशूकी आमा र योसेफकी पत्‍नी थिइन् ।

  • पवित्र आत्माले कन्या मरियमलाई आश्‍चर्यजनक रूपमा गर्भवती तुल्याउनु भयो । तिनको गर्भमा भएका बालक परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो ।
  • योसेफले मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरे, तर बालकको जन्म नभएसम्म तिनी कुमारी नै रहिन् ।
  • बालकको जन्म भएपछि, योसेफ र मरियमले उहाँको नाम येशू राखे ।

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • जब एलिशिबा छ महिनाकी गर्भवती थिईन्, तिनकी नातेदार मरियम कहाँ देखापर्नुभएकै स्वर्गदूत तिनीकहाँ पनि देखापर्नुभयो । मरियम कन्या थिईन् र योसेफ नाम गरेको मानिससँग विवाहको निम्ति तिनको मगनी भएको थियो । स्वर्गदूतले भन्‍नुभयो, “तिमी गर्भवती हुनेछौ र तिमीले एउटा पुत्र जन्माउने छौ । तिमीले वहाँको नाउँ येशू राख्‍नु र वहाँ मसीह हुनुहुनेछ ।”
  • स्वर्गदूतले व्याख्या गर्नुभयो, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र परमेश्‍वरको शक्तिले तिमीलाई ढाक्‍नेछ । यसैकारण जन्मनुहुने बालक पवित्र हुनुहुनेछ र परमेश्‍वरका पुत्र हुनुहुनेछ ।” स्वर्गदूतले भन्‍नुभएको कुरा मरियमले विश्‍वास गरिन् र वहाँको कुरा स्विकारिन् ।
  • स्वर्गदूत मरियमसँग बोल्नुभएपछि, तिनी गएर एलीशिबालाई भेटिन् । मरियमको अभिवादन एलीशिबाले सुन्‍ने बित्तिकै, एलीशिबाको बच्‍चा गर्भमा नै उफ्रियो ।
  • स्वर्गदूतले भन्‍नुभयो, “योसेफ, मरियमलाई आफ्नी पत्‍नी बनाउन नडराऊ । उसको गर्भमा रहेको बच्‍चा पवित्र आत्माबाट आउनुभएको हो ।”
  • योसेफ र मरियमले तिनीहरू बस्‍ने ठाउँ नासरथबाट बेथलेहेमसम्मको लामो यात्रा गर्नुपर्यो, किनकि तिनीहरूका पुर्खा दाऊद बेथलेहेमका थिए ।
  • एउटा स्वर्गदूतले एउटी कन्ये केटीलाई तिनले पर्मेस्श्‍वरको पुत्रलाई जन्म दिनेछिन् भनेर भन्‍नुभयो । र तिनी कन्ये छँदै, तिनले एउटा छोरोलाई जन्म दिइन् र वहाँलाई येशू नाम दिइन् ।

मलाकी

परिभाषा:

मलाकी इस्राएलका लागि परमेश्‍वरका अगमवक्त्ताहरूमध्ये एक थिए ।

  • मलाकीले बेबिलोनको निर्वासनबाट फर्केपछि इस्राएलको मन्दिर पुनर्निर्माण भइरहेको अवधिमा अगमवाणी गरे ।
  • सम्भवतः नहेम्याह र एज्रा जीवित रहेकै समयमा मलाकी पनि जीवित थिए ।
  • मलाकीको पुस्तक पुरानो करारको अन्तिम पुस्तक हो र यसलाई परम्परागत रूपमा “साना अगमवक्त्ताहरू” का पुस्तकहरूमध्ये मानिन्छ ।

मल्किसेदेक

परिभाषा:

अब्रामको समयमा, मल्किसेदेक शालेमका राजा थिए जसलाई पछि गएर यरूशलेम भनियो ।

  • मल्किसेदेक नामको अर्थ “धार्मिकताका राजा” हो र उनको उपाधि “शालेमका राजा” को अर्थ “शान्तिका राजा” हो ।
  • उनलाई “सर्वोच्‍च परमेश्‍वरका पूजाहारी” पनि भनिन्थ्यो ।
  • शक्त्तिशाली राजाहरूको शक्त्तिबाट अब्रामले आफ्ना भतिजा लोतको उद्धार गरेपछि, मल्किसेदेकले अब्रामलाई रोटी र दाखमद्य दिएका घटनामा पहिलो पटक बाइबलमा मल्किसेदेकलाई उल्लेख गरिएको छ । तब अब्रामले मल्किसेदेकलाई विजयको लूटका सामानको दशांश दिए ।
  • नयाँ करारमा, येशूलाई “मल्किसेदेकको दर्जाबमोजिमको पूजाहारी” भनिएको छ । अरू सबै इस्राएली पूजाहारी झैँ येशू लेवीको वंशको हुनुहुन्‍न । वहाँ परमेश्‍वरबाटको पूजाहारी हुनुहुन्छ ।
  • बाइबलमा उनको विषय भएका यी वर्णनहरूका आधारमा, मल्किसेदेक एक मानवीय पूजाहारी थिए जो शान्ति र धार्मिकताका अनन्त राजा र हाम्रा महान् उच्‍च पूजाहारी येशूलाई प्रतिनिधित्व गर्न वा येशूको बाटो हेर्न परमेश्‍वरबाट खटाइएका थिए ।

माका

परिभाषा:

माका नाहोर र तिनकी भित्रिनी रूमाका छोरा थिए । पूरानो नियममा अरू धेरै मानिसहरूका पनि यही नाम थियो ।

  • यसलाई माका भनेर लेखिन्छ ।
  • माका एउटा क्षेत्रको नाउँ पनि हो ।
  • अब्शालोमकी आमाको नाम पनि माका थियो ।

मादी

परिभाषा:

मादी अश्शूर र बेबिलोनियाको पूर्वतर्फ अनि एलाम र पर्सियाको उत्तरतर्फ अवस्थित एक प्राचीन साम्राज्य थियो । यसको भूभाग अहिलेको टर्की, इरान, सिरिया, इराक र अफगानिस्तानसम्म फैलिएको थियो ।

  • मादी साम्राज्यका वासिन्दालाई “मादी” भनिन्थ्यो ।
  • मादीहरू पर्सियासँग घनिष्‍ठ रूपमा सम्बन्धित थिए र यी दुई साम्राज्यका संयुक्त्त शक्त्तिले बेबिलोनी साम्राज्यमाथि विजय प्राप्‍त गरे ।
  • अगमवक्त्ता दानिएल त्यहाँ रहेको समयमा मादी राजा दाराले बेबिलोनमा आक्रमण गरे ।

मार्था

परिभाषा:

मार्था बेथानीमा बसोबास गर्ने स्‍त्री थिइन् जसले येशूलाई पछ्याइन् ।

  • मार्थाकी मरियम नामकी बहिनी र लाजरस नामका भाइ थिए, तिनीहरूले पनि येशूलाई पछ्याउँथे ।
  • एक पटक येशूले शिक्षा दिनुहुँदा मार्थाको ध्यान खाना तयार गर्ने कुराले बिथोलियो, तर तिनकी बहिनीले येशूको छेउमा बसेर उहाँको शिक्षा सुनिन् ।
  • लाजरसको मृत्यु हुँदा, मार्थाले येशूलाई भनिन् कि येशू परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा तिनले विश्‍वास गर्थिन् ।

मिखाएल

परिभाषा:

मिखाएल परमेश्‍वरका सबै पवित्र, आज्ञाकारी स्वर्गदूतहरूमध्ये प्रमुख स्वर्गदूत हुन् । परमेश्‍वरका “प्रधान स्वर्गदूत” भनी स्पष्‍ट तोकिएर बताइएका एक मात्र स्वर्गदूत उनीमात्रै हुन् ।

  • “प्रधान स्वर्गदूत” भन्‍ने शब्दको शाब्दिक अर्थ “मुख्य स्वर्गदूत” वा “शासन गर्ने स्वर्गदूत” भन्‍ने हो ।
  • मिखाएलले पर्सियनहरूका विरूद्धमा इस्राएलीहरूलाई नेतृत्व गरेका थिए; दानिएलको पुस्तकमा अगमवाणी गरिएझैँ उनले नै दुष्‍टका शक्त्तिहरूको विरूद्धको अन्तिम युद्धमा इस्राएलका सेनाहरूको नेतृत्व गर्नेछन् ।
  • कहिलेकाँही उनलाई परमेश्‍वरको सामु मानिसहरूका लागि मध्यस्थकर्ताका रूपमा पनि चित्रण गरिएको पाइन्छ ।
  • बाइबलमा यही नाम भएका धेरै मानिसहरू छन् ।

मिध्यानी, मिध्यानका मानिस

परिभाषा:

मिध्यानीहरू कनान देशको दक्षिणपट्टि अरेबियाली मरूभूमिको उत्तरी भागमा बसोबास गर्ने मानिसहरू थिए । त्यस समूहका मानिसहरूलाई मिध्यानका मानिस भनेर भनिन्थ्यो ।

  • मिध्यानीहरू इशा पूर्व १९ औँ शताब्दीदेखि इशा पूर्व ११ औँ शताब्दीसम्म अस्तित्वमा रहे ।
  • योसेफलाई दासहरूको व्यापार गर्ने मिध्यानीहरूको एउटा समूहले मिश्रमा लागेको थियो ।
  • धेरै वर्षपछि मिध्यानीहरूले कनान देशका इस्राएलीहरूलाई आक्रमण गरे । गिदोनले तिनीहरूलाई पराजित गर्न इस्राएलीहरूको नेतृत्व गरे ।
  • आधुनिक अरेबियाका धेरै जातिहरू यही समुदायका सन्तानहरू हुन् ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • तर त्यसपछि मानिसहरूले परमेश्‍वरलाई बिर्से र मूर्तिपूजा गर्न थाले । त्यसैले परमेश्‍वरले, नजिकको शत्रु समूह, मिध्यानका मानिसहरूलाई तिनीहरूलाई पराजय गर्न दिनुभयो ।
  • इस्राएलीहरू धेरै त्रसित भए, र तिनीहरूलाई मिध्यानका मानिसहरूले नभेटाउन् भनेर ओडारहरूमा लुके ।
  • त्यस मानिसको साथिले भन्यो, “यो सपनाको अर्थ गिदोनका सेनाले मिध्यानी सेनालाई पराजय गर्नेछ भन्‍ने हो ।”
  • परमेश्‍वरले मिध्यानका मानिसहरूलाई अलमल्याईदिनुभयो, र तिनीहरूले आफैँ-आफैलाई आक्रमण गरी मार्न थाले ।

मिरियम

परिभाषा:

मिरियम हारून र मोशाकी दिदी थिइन् ।

  • तिनी सानै हुँदा,मिरियमलाई तिनकी आमाले नाइल नदीमा एउटा टोकरीमा नर्कटको घारीमा राखिएको तिनका बालक भाइ मोशाको हेरचाह गर्न खटाएकी थिइन । जब फारोकी छोरीले उक्त्त बालकलाई भेटिन्, र आफ्नो तर्फबाट उसको हेरचाह गर्न कोही एक जना खोजिन्, तब मिरियमले चलाखी साथ आफ्नी आमालाई त्यो काम गर्नका लागि ल्याइन् ।
  • इस्राएलीहरूले मिश्रीहरूबाट उम्केर लाल समुद्र पार गरेपछि, मिरियमले इस्राएलीहरूलाई आनन्द गर्ने र परमेश्‍वरलाई धन्यवाद दिने नाचमा अगुवाइ गरिन् ।
  • वर्षौंपछि, इस्राएलीहरू मरूभूमिमा भौंतारिएको समयमा, मोशाले एउटी कुशी स्‍त्री विवाह गरेकोमा मिरियम र हारून बेखुसी भए र उनको आलोचना गरे ।
  • मोशाको विरूद्धमा बोलेर विद्रोह गरेको कारण, परमेश्‍वरले मिरियमलाई कुष्‍ठरोगले प्रहर गर्नुभयो । तर मोशाले तिनको लागि अन्तर्विन्ति गरेपछि, परमेश्‍वरले तिनलाई निको बनाउनुभयो ।

मिशाएल

परिभाषा:

पुरानो करारमा मिशाएल नामका तीन जना मानिस छन् ।

  • मिशाएल हारूनका एक जना काकाका छोरा थिए, जसले वेदी अपवित्र गर्दा मारिएका दुई जना मानिसका लास अर्को एक जनासँग मिलेर ठेगान लगाए ।
  • एज्राले परमप्रभुको पुनःभेटिएको व्यवस्थाको पुस्तक सबैलाई पढेर सुनाउँदा उनको छेऊमा मिशाएल नाम गरेका अर्का व्यक्त्ति खडा भएका थिए ।
  • मिशाएल बेबिलोनमा निर्वासित दानिएलका तिन जना मित्रमध्ये एक थिए जसलाई बेबिलोनीहरूले मेशक नाम दिएका थिए । उनले आफ्ना मित्रहरू शद्रक र अबेदनेगोसँगै राजाको मूर्तिलाई आराधना गर्न इन्कार गर्दा, उनीहरूलाई एउटा बल्दो आगोको भट्टीमा फ्याँकिएको थियो ।

मिश्र, मिश्री

परिभाषा:

मिश्र अफ्रिकाको उत्तर-पूर्वमा र कनान देशको दक्षिण-पश्‍चिममा पर्ने एउटा देश हो ।

  • मिश्र देशमा जन्मेको र पुर्खाहरू मिश्रमा भएको मानिसलाई मिश्री भनिन्छ ।
  • प्राचीनकालमा मिश्र एउटा शक्‍तिशाली र धनी देश थियो ।
  • मिश्र पहिले तल्लो र माथिल्लो गरी दुई भागमा विभाजित थियो । “तल्लो मिश्र” नाइल नदी बग्दै भूमध्य सागरमा मिल्न जाने ठाउँमा पर्थ्यो ।
  • हेरोदबाट बच्‍नको लागि योसेफ र मरियम येशूलाई लिएर मिश्रमा गएका थिए ।
  • कति पटक कनानमा थोरै मात्र खाना उपलब्‍ध हुँदा इस्राएली पुर्खाहरू आफ्‍ना परिवारका लागि खाना किन्‍न मिश्रमा यात्रा गरे ।

मिस्पा

परिभाषा:

मिस्पा पुरानो करारमा उल्लेख गरिएका धेरैवटा सहर मध्ये एक थियो । यसको अर्थ, “हेर्ने ठाउँ” वा “धरहरा” हो ।

  • शाऊलले खेदेको समयमा, दाऊदले आफ्ना आमाबुबालाई मोआबका राजाको सुरक्षामा मिस्पामा छोडेका थिए ।
  • मिस्पा नामको एउटा सहर यहूदा र इस्राएल राज्यका बिचको सिमानामा अवस्थित थियो । यो एउटा प्रमुख सैनिक केन्द्र थियो ।

मीका

परिभाषा:

मीका ख्रीष्‍ट भन्दा ७०० वर्ष अगाडि यहूदाका अगमवक्त्ता थिए, जुन समयमा यशैया अगमवक्त्ताले पनि यहूदामा सेवा-कार्य गरिरहेका थिए ।

  • मीकाको पुस्तक पुरानो करारको अन्त्यतिर छ ।
  • मीकाले अश्शूरीहरूद्वारा सामरियाको विनाश हुने कुराको भविष्यवाणी गरे ।
  • मीकाले यहूदका मानिसहरूलाई परमेश्‍वरप्रति अनाज्ञाकारी भएकोमा दोषी ठहरयाए र उनीहरूका शत्रुहरूले उनीहरूलाई आक्रमण गर्नेछन् भन्‍ने चेतावनी दिए ।
  • उनको भविष्यवाणी विश्‍वासयोग्य र आफ्ना मानिसहरूलाई बचाउनुहुने परमेश्‍वरमा आशाको सन्देशसित अन्त्य हुन्छ ।

मेम्फिस

परिभाषा:

मेम्फिस मिश्रमा नाइल नदीको किनारमा अवस्थित एउटा प्राचीन राजधानी सहर थियो ।

  • मेम्फिस तल्लो मिश्रमा, नाइल नदीले बगाएर ल्याएको भूभागमा अवस्थित थियो जहाँको माटो धेरै मलिलो थियो र जहाँ प्रशस्त अन्‍न उब्जनी हुन्थ्यो ।
  • यस्तो महत्त्वपूर्ण स्थानले गर्दा मेम्फिस व्यापारको लागि एक प्रमुख सहर बन्‍नपुग्यो ।

मेशेक

परिभाषा:

मेशेक नोआका छोरा येपेतका एक जना छोराको नाम थियो । मेशेक नाम गरेको अर्को एक जना व्यक्त्ति नोआका छोरा शेमको नाति थियो ।

  • मानिसहरूका धेरै नामहरू सहित, पछि गएर बाइबलमा मेशेक भनिने इलाका उल्लेख गरिएको पाइन्छ । सम्भवतः यो देशको नाम यही नामको कुनै व्यक्त्तिको नामबाट राखिएको हुन सक्छ ।
  • मेशेक भन्‍ने नामले विभिन्‍न कुरालाई जनाउँछ भन्‍ने कुरा स्पष्‍ट पार्न, (उपयुक्त्त सन्दर्भमा) “मेशेक भनिने इलाका” वा “मेशेक नाम भएको अर्को व्यक्त्ति” भन्‍ने व्याख्या थप्‍न सकिन्छ ।

मेसोपोटामिया, आराम नहराइम

परिभाषा:

मेसोपोटामिया टाइग्रिस र युफ्रेटिस नदीको बिचको भूभाग हो । आधुनिक इराक देशको इलाकामा यो अवस्थित छ ।

  • पुरानो करारमा, यो इलाकालाई “आराम नहराइम” भनिन्थ्यो ।
  • “मेसोपोटामिया” भन्‍ने शब्दको अर्थ “नदीहरूका बिच” हो । “आराम नहराइम” भन्‍ने वाक्यांशको अर्थ “दुईवटा नदीहरूको” भन्‍ने हुन्छ ।
  • कनान देशमा जानुभन्दा पहिले अब्राहाम मेसोपोटामियाका उर र हारान सहरमा बसोबास गर्थे ।
  • बेबिलोन मेसोपोटामियाको अर्को एउटा महत्त्वपूर्ण सहर थियो ।
  • “कल्दीहरूको” देश भन्‍ने ठाउँ मेसोपोटामियाकै एकभाग थियो ।

मोआब, मोआबी, मोआबी स्‍त्री

परिभाषा:

मोआब लोतकी जेठी छोरीका छोरा थिए । उनका सन्तानहरूलाई मोआबी भनिन्थ्यो अनि तिनीहरू बसेको देशलाई पनि “मोआब” भनियो ।

  • मोआब देश यहूदियाको पूर्वपट्टि, मृत सागरको पारिपट्टि पर्थ्यो । यो यहूदियाको बेथलेहम सहरको दक्षिण-पश्‍चिमपट्टि पर्थ्यो, जहाँ नाओमीका परिवार बसोबास गर्थे ।
  • “मोआबी स्‍त्री” भन्‍ने शब्दलाई “मोआब देशकी महिला” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

मोर्दकै

परिभाषा:

मोर्दकै पेर्सियामा बसोबास गर्ने एक यहूदी थिए । उनी आफ्नी बहिनी एस्तरका अभिभावक थिए, जो पछि गएर पर्सियाका राजा अहासूरसकी पत्‍नी भइन् ।

  • राजाको दरबारमा काम गरेको समयमा, मोर्दकैले राजा अहासूरसको हत्या गर्नलाई केही मानिसहरूले षड्यन्‍त्र गरिरहेका सुने । उनले यो कुराको खबर दिए र यसरी ती राजाको जीवन जोगियो ।
  • केही समयपछि, मोर्दकैले पर्सियाको साम्राज्यका सबै यहूदीहरूको हत्या गर्ने योजना पनि थाहा पाए । उनले एस्तरलाई आफ्ना मानिसहरूलाई बचाउन राजाकहाँ अपिल वा निवेदन गर्न सुझाव दिए ।

मोलेख, मोलोख

परिभाषा:

मोलेख कनानीहरूले आराधना गर्ने एउटा झुटो ईश्‍वरको नाम थियो । यसको अन्य नाम “मोलोख” र “मोलेक” हो ।

  • मोलेखको आराधना गर्ने मानिसहरूले आफ्ना छोराछोरीहरूलाई उसको लागि आगोमा बलिदान गर्थे ।
  • कतिपय इस्राएलीहरूले एक सत्य परमेश्‍वर, याह्वेको आराधना गर्नुको सट्टा मोलेखको आराधना गर्थे ।

मोशा

परिभाषा:

मोशा ४० वर्ष भन्दा बढी समयसम्म इस्राएलीहरूका अगमवक्त्ता र अगुवा थिए ।

  • परमेश्‍वरले मिश्रको दासत्वबाट इस्राएलीहरूलाई छुटकारा दिन र उनीहरूलाई प्रतिज्ञाको भूमिसम्म अगुवाइ गर्न मोशालाई चुन्‍नुभयो ।
  • परमेश्‍वरले इस्राएलीहरूका निम्ति मोशाद्वारा आज्ञाहरू भएको शीलापाटी दिनुभयो ।
  • उनको जीवनको अन्त्यमा, मोशाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरेको कारण उनी कनानको प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न पाएनन् ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • एक दिन जब मोशाले आफ्ना भेडाहरूको हेरचाह गरिरहेका थिए, उनले एउटा झाडीमा देखे जसमा आगो लागिरहेको थियो ।
  • मोशाले इस्राएलीहरूलाई भने, “भयभीत हुन छोड ! परमेश्‍वर तिमीहरूका निम्ति आज युद्ध गर्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
  • परमेश्‍वरले मोशालाई समुद्रमाथि आफ्नो हात उचालेर पानीलाई विभाजन गर्न भन्‍नुभयो ।
  • जब इस्राएलीहरूले मिश्रीहरू मरेको देखे, तिनीहरूले परमेश्‍वरमा भरोसा गरे र मोशा परमेश्‍वरका अगमवक्ता रहेछन् भनी विश्‍वास गरे ।
  • परमेश्‍वरले त्यसपछि यी दश आज्ञाहरू दुईवटा शीलापाटीमा लेख्‍नुभयो र ती मोशालाई दिनुभयो ।

म्याकेडोनिया

परिभाषा:

नयाँ करारको समयमा म्याकेडोनिया प्राचीन ग्रीसको ठीक उत्तरतर्फ अवस्थित एक रोमी प्रान्त थियो ।

  • बाइबलमा उल्लेख गरिएका केही महत्त्वपूर्ण म्याकेडोनियाका सहरहरूमा बेरिया, फिलिप्पी र थेसलोनिके पर्दथे ।
  • प्रेरितहरू सुसमाचार प्रचार गर्न र ख्रीष्‍टियान समुदायहरू स्थापित गरेर त्यहाँका नयाँ विश्‍वासीहरूलाई परमेश्‍वरको आराधना गर्न तथा परमेश्‍वरको शिक्षाबाट एकआपसमा सिक्‍न सहायता गर्न ती सहरहरूमा गए ।
  • पावलले फिलिप्पी र थेसलोनिकेका विश्‍वासीहरूलाई लेखेका पत्रहरू बाइबलमा छन् ।

यबूसीहरू, यबूस

परिभाषा:

यबूसीहरू एउटा जाति थिए, जो कनान देशमा बस्थे । तिनीहरू कनानका छोरा हामका सन्तानहरू थिए ।

  • यबूसीहरू यबूस सहरमा बस्थे । राजा दाऊदले यस सहरलाई कब्जा गरेपछि यसको नाउँ यरूशलेम राखियो ।
  • शालेमका राजा मल्कीसेदेक सम्भवतः यबूस सहरका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, कनानी, हाम, यरूशलेम, मल्कीसेदेक, अन्य)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १०:१५-१८

यरीहो

परिभाषा:

यरीहो कनानको प्रतिज्ञात देशमा एउटा शक्‍तिशाली सहर थियो ।

  • कनान देशमा यो पहिलो सहर थियो जसलाई कब्जा गर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
  • सबै कनानीहरूलेझैँ यरीहोका मानिसहरूले पनि झुटा देवहरूलाई पुज्थे ।
  • यहोशूले यरीहोको विरुद्धमा इस्राएलीहरूको नेतृत्व गर्दा यस सहरको पराजयमा तिनीहरूलाई मदत गर्न परमेश्‍वरले महा-आश्‍चर्यकर्म गर्नुभयो ।

बाइबलका सन्दर्भहरूः

  • लूका १८:३५-३७
  • मत्ती २०:२९-३१
  • मर्कूस १०:४६-४८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१५-०१) यहोशूले कनानी सहर यरीहोमा दुई जना गुप्‍तचर पठाए ।
  • (१५-०३) मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।
  • (१५-०५) त्यसपछि यरोहोको वरिपरि भएका पर्खालहरू भत्किए । परमेश्‍वरको आज्ञामुताबिक इस्राएलीहरूले सहरभित्र रहेको हरेक थोक नष्‍ट पारे ।

यरुबाबेल

परिभाषा:

यरुबाबेल पुरानो नियममा दुई इस्राएली मानिसहरूका नाम थियो ।

  • यी मध्ये एक जना यहोयाकीम र सिदकियाहलको सन्तान थिए ।
  • बेबिलोनी कैदबाट फर्केर आउँदा एक पटक शालतिएलका छोरा यरुबाबेल यहूदाका कुलका प्रमुख थिए ।
  • फारसका राजा कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छोड्दा, यो यरुबाबेल बस्थे ।
  • यरुबाबेल र पूजाहारी यहोशू परमेश्‍वरको वेदी र मन्दिरको पुननिर्माणमा मदत गर्नेहरू मध्येका थिए ।
  • यरुबाबेल एज्रा र नहेम्याहको समयमा पनि थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः यहूदा, बेबिलोन, बेबिलोनी, कैदी, कैद, फारस, एज्रा, फारस, फारसी, प्रधान पूजाहारी, यहोयाकीम, यहोशू, नहेम्याह, सिदकियाह) बाइबलका खण्डहरूः

  • लूका ३:२७-२९

यरूशलेम

परिभाषा:

सुरुमा यरूशलेम एउटा कनानी सहर थियो जुन पछि इस्राएलमै सर्वाधिक महत्त्वपूर्ण सहर बन्यो । यो अहिले पनि वर्तमान इस्राएलको राजधानी सहर हो ।

  • सम्भवतः पुरानो करारको शालेम नामक सहर नै यरूशलेम सहर हो । दुवैका नाउँका धातुको अर्थ हुन्छः “शान्ति ।”
  • अब्राहामले आफ्ना छोरा इसहाकलाई बलिदान गर्न मोरीयाह पर्वतमा लगे जुन यरूशलेम सहरको भाग थियो ।
  • राजा दाऊदले यबूसीहरूको हातबाट यरूशलेमलाई कब्जा गरी त्यसलाई आफ्नो राजधानी सहर बनाए ।
  • दाऊदका पुत्र सोलोमनले यरूशलेमको मोरीयाह पर्वतमा पहिलो मन्दिर निर्माण गरे ।
  • बेबिलोनीहरूले यरूशलेमलाई नष्‍ट पारे, तर ७० वर्षपछि परमेश्‍वरले इस्राएलीहरूलाई आफ्नो भूमिमा फर्की सहरको पुनर्निर्माण गर्ने अनुमति दिनुभयो ।
  • मन्दिर त्यहीँ नै अवस्थित भएकोले यरूशलेम मुख्य यहूदी चाडपर्वहरूको उत्सवको लागि केन्द्र थियो ।
  • नयाँ करारमा येशू शिशु हुनुहुँदा उहाँलाई यरूशलेमस्थित मन्दिरमा अर्पण गरियो । यरूशलेममा नै उहाँको जाँच पडताल गरियो र उहाँलाई क्रुसमा टाँगी मृत्युदण्ड दिइयो ।
  • येशू पुनरुत्थान हुनुभएपछि उहाँ स्वर्ग जानुभन्दा पहिले आफ्ना चेलाहरूसित समय बिताउने एउटा मुख्य ठाउँ यरूशलेम नै थियो ।
  • यरूशलेम इस्राएलका पर्वतहरूमा अवस्थित भएकोले मानिसहरू यरूशलेम जाँदा साधारणतया “माथि यरूशलेम जाने” भनी उल्लेख गर्छन् ।

(हेर्नुहोस्ः दाऊद, सोलोमन, ख्रीष्‍ट, मसीह, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, यबूसीहरू, यबूस, सियोन, सियोन पर्वत)

बाइबलका सन्दर्भहरूः

  • गलाती ०४:२६-२७
  • लूका ०४:९-११
  • लूका १३:४-५
  • मत्ती ०३:४-६
  • मत्ती ०४:२३-२५
  • मत्ती २०:१७-१९
  • मर्कूस ०३:७-८
  • मर्कूस ०३:२०-२२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१७-०५) दाऊदले यरूशलेमलाई कब्जा गरी यसलाई आफ्नो राजधानी सहर बनाए ।
  • (१८-०२) यरूशलेममा सोलोमनले मन्दिर निर्माण गरे जसको लागि तिनका पिता दाऊदले योजना बनाई सामग्रीहरू थुपारेका थिए ।
  • (२०-०७) तिनीहरू (बेबिलोनीहरू) ले यरूशलेम सहर कब्जा गरे; मन्दिरलाई नाश पारे र सहरसाथै मन्दिरका सबै खजानाहरू लिएर गए ।
  • (२०-१२) त्यसैले, सत्तरी वर्षको निर्वासनपश्‍चात् यहूदीहरूको एउटा सानो समूह यहूदास्थित यरूशलेम सहरमा फर्के ।
  • (३८-०१) येशूले पहिलो पटक सार्वजनिक रूपमा प्रचार गर्न र सिकाउन थाल्नुभएको लगभग तिन वर्षपश्‍चात् येशूले यरूशलेममा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहनुहुन्थ्यो र त्यहीँ नै उहाँ मारिनुहुन्थ्यो भनी उहाँले तिनीहरूलाई बताउनुभयो ।
  • (३८-०२) येशू र चेलाहरू यरूशलेममा आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गए र रुपियाँ-पैसा लिई येशूलाई धोका दिने प्रस्ताव राख्‍यो ।
  • (४२-०८) “धर्मशास्‍त्रमा यो पनि लेखिएको थियो, कि हरेकले पाप क्षमा पाउनको लागि उसले पश्‍चात्ताप गर्नुपर्छ भनी मेरा चेलाहरूले घोषणा गर्ने थिए । तिनीहरूले यरूशलेममा यसको थालनी गर्नेछन् र जाति-जातिहरू बसोबास गर्ने जुनसुकै ठाउँमा जानेछन् ।”
  • (४२-११) येशू मृतकहरूबाट पुनरुत्थान हुनुभएको चालिस दिनपश्‍चात् उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा तिमीहरूमा आउनुभएर तिमीहरूले शक्‍ति नपाउञ्‍जेलसम्म तिमीहरू यरूशलेममा नै बसिराख ।”

यर्दन नदी

परिभाषा:

यर्दन नदी उत्तरदेखि दक्षिणतर्फ बहने नदी हो र यसले कनान देशको पूर्वी सिमानाको काम गर्छ ।

  • आज यर्दन नदीले पश्‍चिममा इस्राएललाई छुट्टयाउँछ भने पूर्वमा जोर्डनलाई ।
  • यर्दन नदीको पानी गालील समुद्रबाट आई मृत सागरमा गएर जम्मा हुन्छ ।
  • यहोशूले इस्राएलीहरूलाई नेतृत्व गरी कनानमा लैजाँदा यस नदीमा बाढी आएको थियो र यो निकै गहिरो थियो । तिनीहरूले यसलाई तरेर जानुपर्थ्यो । नदी यति गहिरो थियो कि यसलाई पार गर्न नसकिने भएकोले परमेश्‍वरले आश्‍चर्यपूर्ण तवरले नदीको बहावलाई रोकिदिनुभयो ताकि मानिसहरूले पार गर्न सकून् ।

(हेर्नुहोस्ः कनान, कनानी)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ३२:९-१०
  • यूहन्‍ना ०३:२५-२६
  • लूका ०३:३
  • मत्ती ०३:४-६
  • मत्ती ०३:१३-१५
  • मत्ती ०४:१४-१६
  • मत्ती १९:१-२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१५-०२) प्रतिज्ञाको देशमा प्रवेश गर्न इस्राएलीहरूलाई यर्दन नदी पार गर्नुपर्‍यो ।
  • (१५-०३) मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।
  • (१९-१४) एलियाले तिन (नामान) लाई यर्दन नदीमा सात पटक डुबुल्की मार्न लगाए ।

यर्मिया

परिभाषा:

यर्मिया यहूदा राज्यमा परमेश्‍वरका एक अगमवक्‍ता थिए ।

  • अधिकांश अगमवक्‍ताहरूलेझैँ यर्मियाले पनि अक्सर मानिसहरूको पापको कारणले गर्दा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिँदै हुनुहुन्थ्यो भनी चेताउनी दिनुपर्‍यो ।
  • बेबिलोनीहरूले यरूशलेमलाई कब्जा गर्ने थिए भनी यर्मियाले भविष्यवाणी गरे, जसले गर्दा यहूदाका केही मानिसहरू तिनीदेखि रिसाए । त्यसैले, तिनीहरूले तिनलाई एउटा सुक्खा इनारमा राखी त्यहीँ मरून् भनी त्यसै छाडिदिए । तर यहूदाका राजाले तिनलाई इनारबाट छुटकारा दिन आफ्ना नोकरहरूलाई आदेश दिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी, यहूदा, यहूदा राज्य, बेबिलोन, बेबिलोनी)

बाइबलका सन्दर्भहरूः

  • मत्ती ०२:१७-१८
  • मत्ती १६:१३-१६
  • मत्ती २७:९-१०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१९-१७) एक पटक, यर्मिया अगमवक्‍तालाई सुक्खा इनारमा राखी तिनी त्यहीँ मरून् भनी त्यसै छाडियो । तिनी इनारको फेदमा भएको दलदले माटोमा डुबे । तर राजाले तिनीमाथि कृपा देखाए र तिनको मृत्यु हुनुभन्दा पहिले नै तिनलाई इनारदेखि बाहिर ल्याउन आफ्ना नोकरहरूलाई आदेश दिए ।
  • (२१-०५) यर्मिया अगमवक्‍ताद्वारा परमेश्‍वरले नयाँ करारको निर्माण गर्नुहुने थियो भनी प्रतिज्ञा गर्नुभयो जुन सीनैमा परमेश्‍वरले इस्राएलसित बाँध्‍नुभएको करारजस्तो हुने थिएन ।

यशैया

परिभाषा:

यशैया परमेश्‍वरका एक अगमवक्‍ता थिए जसले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा अगमवाणी बोले ।

  • हिजकियाको शासनकालमा अश्शूरीहरूले यरूशलेममाथि आक्रमण गर्दा यशैया उक्‍त सहरमा बस्थे ।
  • पुरानो करारको यशैयाको पुस्तक बाइबलकै मुख्य पुस्तकहरूमध्ये एक हो ।
  • यशैयाले लेखेका धेरै भविष्यवाणीहरू तिनकै जीवनकालमा साँचो हुन आए ।
  • यशैयाले मसीहको बारेमा लेखेका भविष्यवाणीहरूका निम्ति तिनी खास गरी परिचित छन्, जुन भविष्यवाणीहरू ७०० वर्षपश्‍चात् येशू पृथ्वीमा जिउनुहुँदा साँचो हुन आए ।
  • मानिसहरूलाई मसीहको बारेमा सिकाउन येशू र उहाँका चेलाहरूले यशैयाका भविष्यवाणीहरूलाई उद्धृत गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः आहाज, अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य, ख्रीष्‍ट, मसीह, हिजकिया, योताम, यहूदा, यहूदा राज्य, अगमवक्‍ता, अगमवाणी, अगमवाणी बोल्नु, दर्शी, अगमवादिनी, उज्जियाह, अजर्याह)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित २८:२५-२६
  • लूका ०३:४
  • मत्ती ०३:१-३
  • मत्ती ०४:१४-१६
  • मत्ती १३:१३-१४
  • मर्कूस ०१:१-३
  • मर्कूस ०७:६-७

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२१-०९) मसीह कन्याबाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • (२१-१०) मसीह गालीलमा बस्‍नुहुने थियो; उहाँले ह्दय टुटेका मानिसहरूलाई सान्त्वना दिनुहुने थियो; बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्नुहुने थियो र कैदीहरूलाई छुटकारा दिनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • (२१-११) विनाकारण मसीहलाई घृणा गरिने थियो र इन्कार गरिने थियो भनेर पनि यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
  • (२१-१२) मानिसहरूले मसीहलाई थुक्‍ने थिए; गिल्ला गर्ने थिए र पिट्ने थिए भनी यशैयाले भविष्यवाणी गरे ।
  • (२६-०२) तिनीहरूले उहाँ (येशू) लाई यशैया अगमवक्‍ताको मुट्ठा दिए ताकि उहाँले त्यसबाट पढून् । येशूले त्यसलाई खोलेर मानिसहरूका निम्ति त्यसको एउटा भाग पढ्नुभयो ।
  • (४५-०८) फिलिप रथको नजिक पुगेपछि तिनले इथियोपियालीले यशैया अगमवक्‍ताले लेखेको वचन पढिरहेको सुने ।
  • (४५-१०) यशैयाले येशूको बारेमा लेख्दै थिए भनी फिलिपले इथियोपियालीलाई व्याख्या गरिदिए ।

यहूदा

परिभाषा:

यहूदा याकूबका बार्‍ह छोरामध्ये एक थिए । तिनकी आमा लेआ थिइन् ।

  • यहूदाका सन्तानहरू नै यहूदा कुल बने ।
  • “यहूदी” शब्द “यहूदा” नाउँबाट आउँछ ।
  • सोलोमनको शासनको अन्त्यपश्‍चात् जब इस्राएल राज्य विभाजित भयो यहूदा राज्य दक्षिणी भाग बन्यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः यहूदा, यहूदा राज्य, यहूदी, यहूदीहरू, यहूदिया, याकूब, इस्राएल)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति २९:३५
  • उत्पत्ति ३८:१-२
  • लूका ०३:३३-३५
  • रूथ ०१:१-२

यहूदा इस्करियोत

परिभाषा:

यहूदा इस्करियोत येशूका बार्‍ह जना प्रेरितमध्ये एक थियो । येशूलाई यहूदी अगुवाहरूकहाँ पक्राइदिने त्यही नै थियो ।

  • “इस्करियोत” नाउँको अर्थ हुन सक्छ‒ “इस्करियोतबाट ।” सायद यसले यहूदा हुर्केको ठाउँलाई जनाउन सक्छ ।
  • यहूदा इस्करियोत चोर थियो । त्यसले प्रेरितहरूको रुपियाँ-पैसाको बन्दोवस्त गर्थ्यो र त्यसबाट आफ्नै प्रयोगको लागि नियमित रूपमा चोर्ने गर्थ्यो ।
  • येशू कहाँ हुनुहुन्थ्यो भनी धार्मिक अगुवाहरूलाई जानकारी गराएर यहूदाले येशूलाई धोका दियो । तिनीहरूलाई बताउनुको कारण उहाँलाई पक्रनु थियो ।
  • धार्मिक अगुवाहरूले येशूलाई मृत्युदण्ड दिएपछि येशूलाई धोका दिएकोमा यहूदाले पछुतो मान्यो । त्यसैले, त्यसले आत्महत्या गर्‍यो ।
  • बाइबलमा यहूदा नाउँ गरेका अन्य मानिसहरू पनि छन्, जस्तैः येशूका भाइ र येशूका बार्‍ह प्रेरितमध्ये अर्का एक जना ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम, धोका दिनु, धोकेबाज, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू, याकूबका छोरा यहूदा)

बाइबलका सन्दर्भहरूः

  • लूका ०६:१४-१६
  • लूका २२:४७-४८
  • मत्ती १३:५४-५६
  • मत्ती २६:२३-२५
  • मर्कूस ०३:१७-१९
  • मर्कूस १४:१०-११

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (३८-०२) येशूका चेलाहरूमध्ये एक जनाको नाउँ यहूदा थियो । ... येशू र चेलाहरू यरूशलेम आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गयो र रुपियाँ-पैसा पाउने सर्तमा त्यसले येशूलाई धोका दिने प्रस्ताव राख्यो ।
  • (३८-०३) प्रधान पूजाहारीद्वारा नेतृत्व गरिएका यहूदी अगुवाहरूले येशूलाई धोका दिन यहूदालाई चाँदीका तिस टुक्रा दिए ।
  • (३८-१४) यहूदा यहूदी अगुवाहरू, सिपाहीहरू र ठुलो भिड लिएर आयो । तिनीहरू सबैले तरवार र लाठाहरू बोकेका थिए । यहूदा येशूकहाँ र भन्यो, “गुरुज्यू, अभिवादन !” र त्यसले उहाँलाई चुम्बन गर्‍यो ।
  • (३९-०८) त्यति नै खेर धोकेबाज यहूदाले यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्डको लागि सुम्पिएको देख्यो । त्यो शोकले भरिपूर्ण भएर गयो र त्यसले आत्महत्या गर्‍यो ।

यहूदा, यहूदाको राज्य

परिभाषा:

इस्राएलको बाह्र कुलहरूमध्ये यहूदा चाँहि सबै भन्दा ठुलो थियो । सोलोमन राजा मरिसकेपछि, इस्राएलीहरू दुईवटा राज्यमा विभाजन भएः इस्राएल र यहूदा । यहूदा राज्य चाँहि दक्षिणी राज्य थियो, र यसमा यहूदा र बेन्यामीनका जातिहरू थिए ।

  • यहूदाको राज्यको राजधानी सहर यरुशलेम थियो ।
  • यहूदाको राज्यका केहि राजाहरूले परमेश्‍वरको आज्ञा मान्थे र मानिसहरूलाई परमेश्‍वरको आराधना गर्न दिन्थे । तर यहूदाका धेरै राजाहरू दुष्‍ट थिए ।
  • इस्राएललाई (उत्तरी राज्य) अश्शूरले पराजय गरेको १२० वर्ष पछि, यहूदालाई बेबिलोन देशले परास्त गर्यो । बेबिलोनीहरूले सहर र मन्दिरलाई नष्‍ट गरे र यहूदाको राज्यको धेरै जसो मानिसहरूलाई बन्दी बनाई बेबिलोन लागे ।

बाइबलीय कथाहरूबाट उदाहरणहरूः

  • केवल दुई कुलहरूमात्र उनीप्रति (रहोबाम) बफादार रहे । यी दुई कुलहरू यहूदाको राज्य भए ।
  • यहूदा र इस्राएलका राज्यहरू एक अर्काको शत्रु भए र कैयौं पटक एक अर्काको विरुद्धमा युद्ध गरे ।
  • यहूदाका राजाहरू दाऊदका सन्तानहरू थिए । यी राजाहरूमध्ये केही असल थिए जसले न्यायपूर्ण रूपमा शासन गरे र परमेश्‍वरको आराधना गरे । तर धेरै जसो यहूदाका राजाहरू दुष्‍ट, भ्रष्‍ट थिए, र मूर्तिपूजा गर्थे ।
  • इस्राएल र यहूदाका राज्यहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे ।
  • परमेश्‍वरमा विश्‍वास नगरेको र वहाँका आज्ञाहरू नमानेको कारण वहाँले इस्राएलको राज्यको मानिसहरूलाई दण्डित गर्नुभएको यहूदाको राज्यको मानिसहरूले देखे । तर तिनीहरूले अझैपनि मूर्तिपूजा गरिरहे जसमा कनानीहरूका ईश्‍वरहरू पनि थिए ।
  • अश्शूरीहरूले इस्राएलको राज्यलाई नष्‍ट गरेको करीब १०० वर्ष पछि, बेबिलोनीहरूका राजा नबूकदनेसरलाई यहूदाको राज्यलाई आक्रमण गर्न परमेश्‍वरले पठाउनुभयो ।
  • नबूकदनेसर र तिनका सेनाले यहूदाको राज्यको सबै जसो मानिसहरूलाई बेबिलोन लगे, र जमिनमा रोपाईं गर्नको निम्ति मात्र सबै भन्दा दरिद्र मानिसहरूमात्र त्यहीँ छोडिदिए ।

यहूदा, याकूबका छोरा

परिभाषा:

याकूबका छोरा यहूदा येशूका बार्‍ह जना नजिकका चेलाहरूमध्ये एक थिए । यिनी र यहूदा स्करियोत उही मानिस होइनन् भनी ख्याल गर्नुहोस् ।

  • अक्सर बाइबलमा उही नाउँ धारण गरेका मानिसहरूलाई छुट्टाउन तिनीहरू कसका छोराहरू थिए भनी उल्लेख गरिन्छ । यहाँ यहूदालाई याकूबका छोरा भनिएको छ ।
  • यहूदा नाउँ गरेका अर्का मानिस येशूका भाइ थिए ।
  • “यहूदा” भनिने नयाँ करारको पुस्तक सम्भवतः येशूका भाइ याकूबद्वारा लेखियो, किनकि तिनले आफैलाई “याकूबका भाइ” भनी परिचित गराएका छन् । याकूब येशूका अर्का भाइ थिए ।
  • याकूबका छोरा यहूदा अर्थात् येशूका चेलाद्वारा पनि यहूदाको पुस्तक लेखिएको हुन सक्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः याकूब (जब्दियाका छोरा), यहूदा इस्करियोत, बार्‍ह प्रेरित, एघार)

बाइबलका सन्दर्भहरूः


यहूदिया

परिभाषा:

“यहूदिया” शब्द यहूदा नाउँबाट आउँछ, जो इस्राएलका बार्‍ह कुलमध्ये एक थिए । यसलाई साँघुरो र फराकिलो दुवै अर्थमा प्रयोग गरिन्छ ।

  • प्राचीन इस्राएलको दक्षिणी भाग अर्थात् मृत सागरको पश्‍चिममा अवस्थित प्रान्तलाई मात्र जनाउन पनि कहिले काहीँ साँघुरो अर्थमा “यहूदिया” शब्दलाई प्रयोग गरिएको छ । केही अनुवादकहरू यसलाई “यहूदिया” प्रान्त भन्छन् ।
  • “यहूदिया” शब्दले फराकिलो अर्थ पनि दिन्छ । यसो हुँदा यसले गालील, सामरिया, पेरिया, इदुमिआ र यहूदिया (यहूदा) लगायत प्राचीन इस्राएलका सम्पूर्ण प्रान्तहरूलाई उल्लेख गर्छ ।

अनुवादकहरूले भिन्‍नतालाई प्रस्ट पार्न चाहन्छन् भने फराकिलो अर्थमा प्रयोग गरिने यहूदिया (जस्तैः लूका १:५) लाई “यहूदिया देश” भनी अनुवाद गर्न सकिन्छ र साँघुरो अर्थमा प्रयोग गरिने यहूदियालाई “यहूदिया प्रान्त” भनी अनुवाद गर्न सकिन्छ, किनकि यो प्राचीन इस्राएल देशको एउटा भाग थियो जहाँ सुरुमा यहूदा कुल बस्‍ने गर्थ्यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यहूदा)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०९:३१-३२
  • प्रेरित १२:१८-१९
  • यूहन्‍ना ०३:२२-२४
  • लूका ०४:४२-४४
  • लूका ०५:१७
  • मत्ती ०२:४-६
  • मत्ती ०२:२२-२३
  • मत्ती ०३:१-३
  • मत्ती १९:१-२
  • मर्कूस १०:१-४

यहोयाकीन

परिभाषा:

यहोयाकीन एक राजा थिए जसले यहूदा राज्यमाथि शासन गरे ।

  • यहोयाकीन राजा हुँदा तिनी १८ वर्षका थिए । तिनले केवल तिन महिना राज्य गरे, र त्यसपछि तिनी बेबिलोनी सेनाद्वारा कब्जा गरिएर बेबिलोनमा लगिए ।
  • तिनको छोटो शासनकालमा तिनले आफ्ना हजुरबुबा राजा मनश्शे र आफ्ना पिता राजा यहोयाकीमले गरेझैँ दुष्‍ट कुराहरू गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मनश्शे)

बाइबलका सन्दर्भहरूः


यहोयाकीम

परिभाषा:

यहोयाकीम एक दुष्‍ट राजा थिए, जसले करिब ६०८ ख्रीष्‍टपूर्वदेखि यहूदा राज्यमाथि शासन गर्न थाले । तिनी राजा योआशका छोरा थिए । तिनको पहिलेको नाउँ एल्याकीम थियो ।

  • मिश्री फारो नेकोले एल्याकीमको नाउँ बद्लेर यहोयाकीम राखी तिनलाई यहूदाका राजा बनाएका थिए ।
  • नेकोले यहोयाकीमलाई मिश्रलाई बढी करहरू तिर्न बाध्य पारे ।
  • पछि राजा नबूकदनेसरद्वारा यहूदामाथि हमला हुँदा बेबिलोनमा लगिनेहरूमध्ये यहोयाकीम पनि थिए ।
  • यहोयाकीम एक ईश्‍वरहीन राजा थिए, जसले यहूदालाई यहोवेबाट तर्काए । यर्मिया अगमवक्‍ताले तिनको विरुद्धमा भविष्यवाणी गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । ) (हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, एल्याकीम, यर्मिया, यहूदा, यहूदा राज्य, नबूकदनेसर)

बाइबलका सन्दर्भहरूः


यहोयादा

परिभाषा:

यहोयादा एक पूजाहारी थिए जसले राजा अजर्याहका छोरा योआश राजा घोषित हुने उमेरको नहोउञ्‍जेलसम्म तिनलाई लुकाएर राख्‍न मदत गरे ।

  • जवान योआशलाई मानिसहरूले मन्दिरमा राजा घोषणा गर्दा यहोयादाले तिनको सुरक्षाको लागि सैयौँ अङ्गरक्षकहरू तैनाथ गरे ।
  • झुटो देवता बालका सबै वेदीहरूलाई भत्काउन यहोयादाले मानिसहरूलाई अगुवाइ गरे ।
  • आफ्नो बाँकी जीवनभर पूजाहारी यहोयादाले राजा योआशलाई परमेश्‍वरप्रति आज्ञाकारी हुन र मानिसहरूमाथि बुद्धिमानीपूर्वक शासन गर्न सल्लाह दिए ।
  • यहोयादा नाउँ गरेका अर्का मानिस बनायाहका पिता थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अजर्याह, बाल, बनायाह, योआश)

बाइबलका सन्दर्भहरूः


यहोराम

परिभाषा:

यहोराम पुरानो करारमा दुई जना बेग्लाबेग्लै राजाका नाउँ थिए ।

  • एक जना यहोशापातका छोरा थिए जो यहूदाका राजा बने ।
  • अर्का यहोराम आहाबका छोरा थिए र तिनी इस्राएलका राजा बने । यी राजालाई “योराम” भनेर पनि चिनिन्थ्यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः यहोशापात, योराम, यहूदा, आहाब, इस्राएल राज्य)

बाइबलका सन्दर्भहरूः


यहोशापात

परिभाषा:

यहोशापात पुरानो करारमा कम से कम दुई जनाको नाउँ छ ।

  • यस नाउँ धारण गरेका निकै परिचित व्यक्‍ति राजा यहोशापात थिए, जो यहूदा राज्यमाथि शासन गर्ने चौथा राजा थिए ।
  • तिनले यहूदा र इस्राएलका बिचमा शान्तिको पुनस्थापना गरे र झुटा देवहरूका वेदीहरूलाई भत्काइदिए ।
  • अर्का यहोशापात राजा दाऊद र राजा सोलोमनका लागि प्रशासनिक सहयोगी थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः पूजाहारी, पूजाहारीको वेदी, दाऊद, सोलोमन, यहूदा, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, झुटो देव, विदेशी देव, देव, देवी)

बाइबलका सन्दर्भहरूः


यहोशू

परिभाषा:

बाइबलमा यहोशे नाउँ गरेका केही इस्राएली मानिसहरू थिए । तीमध्ये सबैभन्दा परिचित नूनका छोरा यहोशू हुन्, जो मोशाका सहायक थिए । पछि तिनी नै परमेश्‍वरको जातिको महत्त्वपूर्ण अगुवा बने ।

  • मोशाद्वारा प्रतिज्ञात देशको अन्वेषण गर्न पठाइएका बार्‍ह जना गुप्‍तचरमध्ये यहोशू एक थिए ।
  • प्रतिज्ञाको देशमा प्रवेश गरी कनानीहरूलाई पराजित गरेर परमेश्‍वरको आज्ञा मान्‍न यहोशूले इस्राएलीहरूलाई उत्साह दिँदा कालेबसँगै तिनले आफ्नो साहस देखाए र परमेश्‍वरमाथि भरोसा गरे ।
  • धेरै वर्षपश्‍चात् मोशाको मृत्युभएपछि इस्राएलीहरूलाई प्रतिज्ञाको देशमा पुर्‍याउन परमेश्‍वरले यहोशूलाई नियुक्‍त गर्नुभयो ।
  • कनानीहरूको विरुद्धमा पहिलो र सर्वाधिक महत्त्वपूर्ण युद्धमा परमेश्‍वरले भन्‍नुभएमुताबिक यहोशूले इस्राएलीहरूको नेतृत्व गरी तिनले यरीहो सहरलाई पराजित गरे ।
  • यहोशूको पुस्तक तिनको नेतृत्वमा घटेका घटनाहरूको बारेमा लेखिएको पुस्तक हो । यहाँ प्रतिज्ञात देशको कब्जा र इस्राएलका कुलहरूको लागि देशको विभाजनबारे पढ्न पाइन्छ ।
  • हाग्गै र जकरिया नामक पुरानो करारका पुस्तकहरूमा यहोशू (नेपाली बाइबलमा येशूअ) नाउँ गरेको अर्कै मानिसको उल्लेख गरिएको छ । यी यहोशू प्रधान पूजाहारी थिए जसले यरूशलेमका पर्खालहरू पुनर्निर्माण गर्न मदत गरे । तिनी योसादाकका छोरा थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मोशा, प्रतिज्ञात देश, यरीहो, कनान, कनानी)

बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१४-०४) जब इस्राएलीहरू कनानको छेउमा पुगे, मोशाले इस्राएलको हरेक कुलबाट एक-एक गरी बार्‍ह जना मानिस छाने । त्यो देश कस्तो थियो भनी त्यसको भेद लिन जान तिनले ती मानिसहरूलाई निर्देशन दिए ।
  • (१४-०६) तुरुन्तै अन्य दुई जना गुप्‍तचर कालेब र यहोशूले भने, “यो साँचो हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्‍चय नै हामी तिनीहरूलाई पराजित गर्न सक्छौँ ।”
  • (१४-०८) यहोशू र कालेबबाहेक बिस वर्ष र सोभन्दा माथिको हरेक व्यक्‍ति त्यहीँ मर्नेछ र कहिल्यै प्रतिज्ञात देशमा प्रवेश गर्नेछैन ।”
  • (१४-१४) अब मोशा निकै वृद्ध भइसकेका थिए । त्यसैले, मानिसहरूको नेतृत्वको लागि तिनीहरूलाई मदत गर्न परमेश्‍वरले यहोशूलाई चुन्‍नुभयो ।
  • (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा राख्थे र उहाँप्रति आज्ञाकारी हुन्थे ।
  • (१५-०३) मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।

याकूब (अल्फयसका छोरा)

परिभाषा:

अल्फयसका छोरा याकूब येशूका बार्‍ह जना प्रेरितमध्ये एक थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम)

बाइबलका सन्दर्भहरूः


याकूब (जब्दियाका छोरा)

परिभाषा:

जब्दियाका छोरा याकूब येशूका बार्‍ह प्रेरितमध्ये एक थिए । तिनका यूहन्‍ना नाउँ गरेका एक जना भाइ थिए र तिनी पनि येशूका प्रेरितहरूमध्ये एक थिए ।

  • याकूब र तिनका भाइ यूहन्‍नाले तिनीहरूका पिता जब्दियासँगै माछा मार्ने काम गर्थे ।
  • याकूब र यूहन्‍नालाई “गर्जनका छोराहरू” भन्‍ने उपनाम दिइएको थियो । सायद, तिनीहरू चाँडै नै रिसाउने भएकाले यसो भनिएको होला ।
  • यी याकूब बाइबलमा पुस्तक लेख्‍ने याकूबभन्दा फरक हुन् । ती दुईजना फरक-फरक मानिसहरू थिए भनी प्रस्ट पार्न केही भाषाहरूले तिनीहरूका नाउँ नै फरक किसिमले लेख्‍नुपर्ने हुन सक्छन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १५:१३-१४
  • लूका ०९:२८-२९
  • मत्ती ०४:२१-२२
  • मत्ती १७:१-२
  • मर्कूस ०१:१९-२०
  • मर्कूस ०१:२९-३१
  • मर्कूस ०३:१७-१९

याकूब (येशूका भाइ)

परिभाषा:

याकूब मरियम र योसेफका छोरा थिए । तिनी येशूका भाइहरूमध्ये एक थिए ।

  • येशूको जीवनकालमा येशू मसीह हुनुहुन्थ्यो भनी याकूब र उहाँका अन्य भाइहरूले विश्‍वास गरेका थिएनन् ।
  • पछि, येशू मरेकाहरूबाट जीवित हुनुभएपछि याकूबले उहाँमाथि विश्‍वास गरे, र तिनी यरूशलेमस्थित मण्डलीको अगुवा बने ।
  • याकूबले अन्य देशहरूमा बसिरहेका ख्रीष्‍टियानहरूलाई एउटा पत्र लेखे । त्यो पत्र बाइबलमा छ र त्यसलाई “याकूबको पत्र” भनेर चिनिन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम)

बाइबलका सन्दर्भहरूः

  • गलाती ०१:१८-२०
  • गलाती ०२:९-१०
  • याकूब ०१:१-३
  • यहूदा ०१:१-२
  • मत्ती १३:५४-५६
  • मर्कूस ०९:१-३

याकूब, इस्राएल

परिभाषा:

इसहाक र रिबेकाबाट जन्मेका जुम्ल्याहा छोराहरूमध्ये याकूब कान्छाचाहिँ थिए ।

  • याकूबको नाउँको अर्थ हुन्छ‒ “छली” वा “ठग ।”
  • याकूब चलाख र छली थिए । तिनले आफ्ना दाजु एसावको ज्येष्‍ठ-अधिकार र आशिष्‌हरू कुम्ल्याउने मार्ग पत्ता लगाए ।
  • एसाव रिसाए र तिनले याकूबलाई मार्ने योजना बनाए । त्यसैले, याकूबले आफ्नो जन्मभूमि छाडे । तर पछि तिनी फर्के र आफ्ना दाजुसित शान्तिपूर्वक बसे ।
  • परमेश्‍वरले याकूबको नाउँलाई बदली इस्राएल राख्‍नुभयो जसको अर्थ हुन्छ, “तिनी परमेश्‍वरसित लड्छन् ।”
  • परमेश्‍वरले अब्राहाम र अब्राहामका छोरा इसहाक, अनि इसहाकका छोरा याकूबबाट जन्मेका छोराहरूसित आफूले बाँध्‍नुभएको करारलाई कायम राख्‍नुभयो ।
  • याकूबका बार्‍ह जना छोरा थिए । तिनीहरूका सन्तानहरू इस्राएलका बार्‍ह कुल बने ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः करार, एसाव, इसहाक, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, रिबेका, इस्राएलका बार्‍ह कुल)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:११-१३
  • प्रेरित ०७:१४-१६
  • प्रेरित ०७:४४-४६
  • उत्पत्ति २५:२४-२६
  • उत्पत्ति २९:१-३
  • उत्पत्ति ३२:१-२
  • मत्ती ०८:११-१३
  • मत्ती २२:३१-३३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०७-०१) केटाहरू हुर्कंदै गर्दा रिबेकाले याकूबलाई प्रेम गरिन् भने इसहाकले एसावलाई । याकूब घरमै बस्‍न मन पराउँथे भने एसाव शिकार गर्न मन पराउँथे ।
  • (०७-०७) याकूब त्यहाँ धेरै वर्षसम्म बसे, र त्यस समय अवधिमा तिनले बिहे गरे र तिनका बार्‍ह जना छोरा र एक छोरी भए । परमेश्‍वरले तिनलाई ज्यादै धनी बनाउनुभयो ।
  • (०७-०८) कनानमा भएको आफ्नो घरबाट बिस वर्षसम्म टाढा बसेपछि याकूब आफ्नो परिवार, आफ्ना नोकर-चाकरहरू र आफ्ना सबै गाइवस्तु लिएर त्यहाँ फर्के ।
  • (०७-१०) परमेश्‍वरले अब्राहामसित बाँध्‍नुभएको करार र त्यसपछि इसहाकसित बाँध्‍नुभएको करार अब याकूबमा सर्‍यो ।
  • (०८-०१) धेरै वर्षपश्‍चात् जब याकूब वृद्ध भइसकेका थिए, तिनले आफूले मन पराएका छोरा योसेफलाई तिनका दाजुहरूमध्ये कसले गाइवस्तुको हेरचाह गरिरहेको थियो भनी जाँच गर्न पठाए ।

यारोबाम

परिभाषा:

नबातका छोरा यारोबाम करिब ९००-९१० ख्रीष्‍टपूर्वमा उत्तरी राज्य इस्राएलका प्रथम राजा बने । यहोआशका छोरा यारोबाम नाउँका अर्का राजाले इस्राएलमाथि १२० वर्षपछि राज्य गरे । कहिले काहीँ तिनीहरूलाई “यारोबाम प्रथम” र “यारोबाम द्वितीय” भनिन्छ ।

  • नबातका छोरा यारोबामले इस्राएलका दस उत्तरी कुललाई बाँकी इस्राएलबाट छुट्टिन लगाई आफूलाई तिनीहरूका शासकको रूपमा पछ्याउन लगाए । तिनी ज्यादै दुष्‍ट राजा थिए । तिनले इस्राएल राज्यका मानिसहरूलाई यहोवेलाई पुज्‍नुको साटो मूर्तिहरूलाई पुज्‍न उत्साह दिए ।
  • यारोबामपश्‍चात् शासन गर्ने राजाहरूले तिनकै दुष्‍ट उदाहरणलाई पछ्याए ।
  • झण्डै १२० वर्षपश्‍चात् यारोबाम नाउँका अर्का राजाले उत्तरी राज्य इस्राएलमा शासन गर्न थाले । यी यारोबाम यहोआशका छोरा थिए र तिनी पनि इस्राएलका अगिल्ला राजाहरूझैँ दुष्‍ट थिए ।
  • यी सबैका बाबजुत पनि परमेश्‍वरले इस्राएलमाथि कृपा देखाउनुभयो र यी राजा यारोबामलाई देश प्राप्‍त गरी त्यसको सिमाना स्थापित गर्न मदत गर्नुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः मूर्ति, मूर्तिपूजक, यहोआश, इस्राएल राज्य, यहूदा, यहूदा राज्य, सोलोमन)

बाइबलका सन्दर्भहरूः बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१८-०८) रहबामको विरुद्धमा उत्रने इस्राएलका अन्य दस कुलले यारोबामलाई तिनीहरूका राजाको रूपमा नियुक्‍त गरे ।
  • (१८-०९) यारोबामले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे र मानिसहरूलाई पाप गर्न लगाए । यहूदा राज्यको मन्दिरमा तिनले दुईवटा मूर्ति स्थापना गरे र मानिसहरूलाई यहोवेलाई पुज्‍न लगाउनुको साटो तिनै मूर्तिहरूलाई पुज्‍न लगाए ।

यिजरेल

परिभाषा:

यिजरेल इस्साखार कुलको इलाकामा पर्ने एउटा महत्त्वपूर्ण इस्राएली सहर थियो । यो खारा समुद्रबाट दक्षिण-पश्‍चिममा अवस्थित थियो । इस्राएलका केही राजाहरूले यहाँ आफ्ना दरबार बनाएका थिए ।

  • मगिद्दोको मैदानमा यिजरेल सहर पश्‍चिमी केन्द्रबिन्दु थियो र यसलाई यिजरेलको बेँसी पनि भनिन्थ्यो ।
  • नाबोतको दाखबारी यिजरेलमा नै पर्थ्यो र यो राजा आहाबको दरबार नजिकै थियो । एलिया अगमवक्‍ताले त्यहाँ आहाबको विरुद्धमा भविष्यवाणी गरे ।
  • आहाबकी पत्‍नी ईजेबेल यिजरेलमा नै मारिई ।
  • केही युद्धहरूलगायत अन्य धेरै महत्त्वपूर्ण घटनाहरू यही सहरमा घटे ।

(हेर्नुहोस्ः आहाब, एलिया, इस्साखार, यिजरेल, दरबार, खारा समुद्र, मृत सागर)

बाइबलका सन्दर्भहरूः


यित्रो, रूएल

परिभाषा:

यित्रो र रूएल दुवै नाउँ मोशाकी पत्‍नी सिप्पोराका पितालाई उल्लेख गर्न प्रयोग गरिएका छन् । सायद, रूएल तिनको कुटुम्बको नाउँ थियो ।

  • मोशा मिद्यान देशमा गोठालो हुँदा तिनले रूएल नाउँका एक जना मिद्यानीकी छोरीसित बिहे गरे । तिनलाई पछि “मिद्यानका पूजाहारी यित्रो” भनी उल्लेख गरिएको छ ।
  • एक पटक मोशाले यित्रोका भेडाहरूको रेखदेख गरिरहँदा परमेश्‍वरले जलिरहेको पोथ्राबाट तिनीसित बोल्नुभयो ।
  • केही समयपश्‍चात् अर्थात् परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिनुभएपछि यित्रो उजाड-स्थानमा मोशाकहाँ आए र मानिसहरूका कामकाजको कसरी न्याय गर्ने भन्‍ने विषयमा तिनलाई राम्रो सल्लाह दिए ।
  • परमेश्‍वरले मिश्रमा गर्नुभएका सबै आश्‍चर्यकर्महरूको बारेमा सुनेपछि यित्रोले परमेश्‍वरमा विश्‍वास गरे ।
  • पुरानो करारमा अन्य केही मानिसहरूका नाउँ पनि यित्रो छन्, जसमध्ये एक जना हुन्ः एसावका एक छोरा । यी सबै मानिस फरक-फरक हुन् भनी प्रस्ट पार्न केही अनुवादकहरूले हरेकको हिज्जे फरक किसिमले प्रस्तुत गर्ने निधो गर्न सक्छन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कुटुम्ब, मरुभूमि, उजाड-स्थान, एसाव, आश्‍चर्यकर्म, मोशा)

बाइबलका सन्दर्भहरूः

  • प्रस्थान ०२:१८-२०
  • प्रस्थान ०३:१-३

यिप्‍ता

परिभाषा:

यिप्‍ता गिलादका एक योद्धा थिए, जसले इस्राएलका न्यायकर्ता वा शासकको रूपमा सेवा गरे ।

  • आफ्ना मानिसहरूलाई छुटकारा दिनेहरूमध्ये यिप्‍ता एक मुख्य उद्धारकर्ता थिए भनी हिब्रू ११:३२ मा तिनको प्रशंसा गरिएको छ ।
  • तिनले इस्राएलीहरूलाई अम्मोनीहरूबाट छुटाए र एफ्राइमीहरूलाई पराजित गर्न आफ्ना मानिसहरूलाई अगुवाइ गरे ।
  • तथापि, तिनले परमेश्‍वरको सामु एउटा मूर्ख र हतारको भाकल गरे जसले गर्दा तिनले आफ्नी छोरीको बलिदान गर्नुपर्‍यो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)


यिशै

परिभाषा:

यिशै बोअजका नाति र राजा दाऊदका पिता थिए ।

  • यिशै बेथलेहेम नगरका बासिन्दा थिए र तिनी यहूदा कुलका थिए ।
  • यिशैका एक सन्तानको बारेमा यशैयाले लामो भविष्यवाणी प्रस्तुत गरे ।
  • येशू यिशैका सन्तान हुनुहुन्थ्यो जसको जीवनमा ती भविष्यवाणीहरू पुरा भए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः राजा, सन्तान, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू)

बाइबलका सन्दर्भहरूः

  • लूका ०३:३०-३२
  • मत्ती ०१:४-६

यूफ्रेटिस नदी

परिभाषा:

यूफ्रेटिस अदनको बगैँचा भएर बग्‍ने चार नदीहरू मध्ये एक नदीको नाम हो । यो नदीको बारेमा बाइबलमा धेरै पटक लेखिएको छ । कति पटक यसलाई “नदी” मात्र भनिएको छ ।

  • अहिलेको आधुनिक यूफ्रेटिस नदी मध्यपूर्वमा पर्छ र यो एसियाको सबै भन्दा लामो र महत्त्‍वपूर्ण नदी हो ।
  • टाइग्रिस नदी जस्तै यूफ्रेटिस नदी पनि मेसोपोटामियाको सिमानामा पर्छ ।
  • अब्राहाम बसेको प्राचीन सहर यूफ्रेटिस नदीको मुहान थियो ।
  • परमेश्‍वरले अब्राहामलाई दिने प्रतिज्ञा गरेको भूमिको सिमाना पनि यही नदी थियो (उत्पति १५:१८) ।

यूहन्‍ना (प्रेरित)

परिभाषा:

यूहन्‍ना येशूका बार्‍ह जना चेलामध्ये एक थिए र तिनी येशूका नजिकका चेलाहरूमध्ये पनि एक थिए ।

  • यूहन्‍ना र तिनका दाजु याकूब जब्दियाका छोराहरू थिए ।
  • यूहन्‍ना बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा फरक व्यक्‍ति थिए ।
  • येशू स्वर्ग फर्कनुभएपछि प्रेरित यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाए ।
  • यूहन्‍नाले दुईवटा पुस्तक र केही पत्रहरू पनि लेखे जुन बाइबलमा समावेश गरिएका छन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः यूहन्‍ना (प्रेरित), प्रेरित, प्रेरितको काम)

बाइबलका सन्दर्भहरूः

  • गलाती ०२:९-१०
  • यूहन्‍ना ०१:१९-२१
  • मत्ती ०४:२१-२२
  • मर्कूस ०३:१७-१९
  • प्रकाश ०१:१-३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (३६-०१) एक दिन येशूले आफ्ना तिन जना चेला पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँगै लैजानुभयो । (यूहन्‍ना नाउँ गरेका चेला र येशूलाई बप्‍तिस्मा दिने व्यक्‍ति उही होइनन् । ) तिनीहरू आफै उच्‍च पहाडमा उक्ले ।
  • (४४-०१) एक दिन पत्रुस र यूहन्‍ना मन्दिरमा जाँदै थिए । तिनीहरू मन्दिरको ढोकामा नजिकिँदै गर्दा तिनीहरूले एक जना लङ्गडो मानिसलाई देखे जसले रुपियाँ-पैसा माग्दै थियो ।
  • (४४-०६) पत्रुस र यूहन्‍नाले भनेका कुराहरू सुनेर मन्दिरका अगुवाहरू निकै दुःखित भए । त्यसैले, उनीहरूले तिनीहरूलाई पक्राउ गरी झ्यालखानामा हालिदिए ।
  • (४४-०७) अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए । तिनीहरूले पत्रुस र यूहन्‍नालाई सोधे, “तिमीहरूले कुनचाहिँ शक्‍तिले यो लङ्गडो मानिसलाई निको पार्‍यौ ?”
  • (४४-०९) पत्रुस र यूहन्‍ना साधारण र अशिक्षित भए तापनि तिनीहरूले साहसपूर्वक बोलेको देखेर अगुवाहरू छक्‍क परे । तर यी मानिसहरू येशूसितै थिए भनी तिनीहरूले याद गरे । तिनीहरूले पत्रुस र यूहन्‍नालाई धम्काएपछि तिनीहरूलाई जान दिए ।

यूहन्‍ना (बप्‍तिस्मा-दिने)

परिभाषा:

यूहन्‍ना जकरिया र एलीशिबाका छोरा थिए । “यूहन्‍ना” एउटा सामान्य नाउँ भएकोले प्रेरित यूहन्‍नाजस्ता अन्य यूहन्‍ना नाउँ गरेका मानिसहरूबाट छुट्टयाउन तिनलाई अक्सर “बप्‍तिस्मा-दिने यूहन्‍ना” भनिएको छ ।

  • यूहन्‍ना अगमवक्‍ता थिए जसलाई परमेश्‍वरले मसीहमा विश्‍वास गर्न मानिसहरूलाई तयार पार्न पठाउनुभयो ।
  • आ-आफ्ना पाप स्वीकार गरी परमेश्‍वरमा फर्कन र पाप गर्न छाड्न यूहन्‍नाले मानिसहरूलाई आव्हान गरे । त्यसो गरेमा तिनीहरू मसीहलाई प्राप्‍त गर्न तयार हुन्थे भनी तिनले बताए ।
  • मानिसहरू आ-आफ्ना पापका निम्ति दुःखित थिए र तिनीहरू पापबाट फर्केका थिए भन्‍ने चिन्हस्वरूप तिनले धेरै मानिसहरूलाई पानीमा बप्‍तिस्मा दिन्थे ।
  • यूहन्‍नाले धेरै मानिसहरूलाई बप्‍तिस्मा दिएकाले तिनलाई “बप्‍तिस्मा-दिने यूहन्‍ना” भनियो ।
  • यहाँ उल्लिखित “बप्‍तिस्मा” शब्दले मण्डलीको नाउँलाई जनाउँदैन भन्‍ने कुरोलाई मानिसहरूले बुझून् भनी पक्‍का हुनुहोस् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बप्‍तिस्मा दिनु, बप्‍तिस्मा, जकरिया (नयाँ))

बाइबलका सन्दर्भहरूः

  • यूहन्‍ना ०३:२२-२४
  • लूका ०१:११-१३
  • लूका ०१:६२-६३
  • लूका ०३:७
  • लूका ०३:१५-१६
  • लूका ०७:२७-२८
  • मत्ती ०३:१३-१५
  • मत्ती ११:१३-१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२२-०२) स्वर्गदूतले जकरियालाई भने, “तिम्री पत्‍नीले एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ । तिनी पवित्र आत्माले भरिनेछन्, र तिनले मसीहको लागि बाटो तयार पार्नेछन् ।”
  • (२२-०७) एलीशिबाले एउटा बच्‍चा जन्माएपछि स्वर्गदूतको आज्ञाअनुसार जकरिया र एलीशिबाले बच्‍चाको नाउँ यूहन्‍ना राखे ।
  • (२४-०१) जकरिया र एलीशिबाका छोरा यूहन्‍ना हुर्के र अगमवक्‍ता बने । तिनी उजाड-स्थानमा बस्थे; तिनले जङ्गली मह र सलहहरू खान्थे अनि ऊँटको रौँबाट बनेका वस्‍त्रहरू लगाउँथे ।
  • (२४-०२) धेरै मानिसहरू यूहन्‍नाको कुरा सुन्‍न उजाड-स्थानमा आए । तिनले यसो भन्दै उनीहरूलाई प्रचार गरे, “पश्‍चात्ताप गर, किनभने परमेश्‍वरको राज्य नजिकै छ ।”
  • (२४-०६) अर्को दिन येशू यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन आउनुभयो । यूहन्‍नाले उहाँलाई देखेपछि तिनले भने, “हेर ! संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा ।”

यूहन्‍ना मर्कूस

परिभाषा:

मर्कूस पनि भनेर चिनिने यूहन्‍ना मर्कूस पावलका मिसनरी यात्राहरूमा तिनीसँगै यात्रा गर्ने मानिसहरूमध्ये एक थिए । तिनी मर्कूसको सुसमाचारका लेखक हुनुपर्छ ।

  • पहिलो मिसनरी यात्रामा यूहन्‍ना मर्कूस र तिनका भतिजा बारनाबास पावलसँगै गएका थिए ।
  • पत्रुसलाई झ्यालखानामा राखिँदा त्यहाँका विश्‍वासीहरू यूहन्‍ना मर्कूसकी आमाको घरमा जम्मा भई तिनको लागि प्रार्थना गर्दै थिए ।
  • मर्कूस येशूका बार्‍हमध्ये एक थिएनन्, तर पावल र पत्रुस दुवैले तिनलाई सिकाएका थिए र तिनले तिनीहरूसँगै सेवा गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः पावल, शाऊल, बारनाबास)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ०४:११-१३
  • प्रेरित १२:२४-२५
  • प्रेरित १३:४-५
  • प्रेरित १३:१३-१५
  • प्रेरित १५:३६-३८
  • प्रेरित १५:३९-४१
  • कलस्सी ०४:१०-११

येपेत

परिभाषा:

येपेत पुरानो करारमा उल्लिखित नोआका तिन जना छोरामध्ये एक थिए ।

  • सारा पृथ्वीलाई ढाक्‍ने विश्‍वव्यापी जलप्रलयको समयमा येपेत र तिनका दाजुभाइहरू आ-आफ्ना पत्‍नीहरूसाथै नोआसँगै जहाजमा थिए ।
  • तिनी कान्छा थिए कि जेठा थिए भन्‍ने कुरो प्रस्ट छैन ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः नोआको जहाज, नोआ)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ०५:३२
  • उत्पत्ति ०६:९-१०
  • उत्पत्ति ०७:१३-१४
  • उत्पत्ति १०:१

येहू

परिभाषा:

येहू पुरानो करारमा दुई जना मानिसका नाउँ हुन् ।

  • येहू नाउँका एक जना मानिस इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापातको शासनकालमा अगमवक्‍ता थिए ।
  • येहू नाउँका एक सेनापति पनि थिए, जो यहूदाका राजा बने र तिनले २८ वर्षसम्म शासन गरे ।
  • येहूले दुष्‍ट रानी ईजेबेललगायत साविक राजा आहाबका सबै आफन्तहरूलाई मारे ।
  • तिनले आहाबसित सम्बन्धित दुई जना दुष्‍ट राजा (इस्राएलका योराम र यहूदाका अहज्याह) लाई पनि मारे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः आहाब, अहज्याह, यहोशापात, येहू, ईजेबेल, योराम, यहूदा)

बाइबलका सन्दर्भहरूः


योआब

परिभाषा:

राजा दाऊदको शासनकालभरि नै योआब तिनको लागि एक महत्त्वपूर्ण सैनिक अगुवा थिए ।

  • दाऊद राजा हुनुभन्दा पहिले योआब पहिले नै तिनका भक्‍त अनुयायी बनिसकेका थिए ।
  • पछि, दाऊदले राजाको रूपमा इस्राएलमाथि शासन गर्दा योआब राजा दाऊदका सेनाको सेनापति बने ।
  • योआबकी आमा सरूयाह थिइन् जो राजा दाऊदकी बहिनी थिइन् । तसर्थ, योआब दाऊदका भतिजा पर्थ्यो ।
  • दाऊदका छोरा अब्शालोमले दाऊदको शासन हत्याउन तिनलाई धोका दिँदा राजालाई रक्षा गर्नका लागि योआबले अब्शालोमलाई मारे ।
  • योआब निकै आक्रामक योद्धा थिए र तिनले इस्राएलका धेरै शत्रुहरूलाई मारे ।

(हेर्नुहोस्ः अब्शालोम, दाऊद)


योआश

परिभाषा:

योआश पुरानो करारमा केही मानिसहरूका नाउँ थिए ।

  • एक जना योआश इस्राएली उद्धारकर्ता गिदोनका पिता थिए ।
  • योआश नाउँ गरेका अर्का मानिस याकूबका कान्छा छोरा बेन्यामीनका सन्तान थिए ।
  • सबैभन्दा परिचित योआश सात वर्षको उमेरमा यहूदाका राजा बने । तिनी यहूदाका राजा अहज्याहका छोरा थिए । तिनका पिताको हत्या गरिएको थियो ।
  • योआश बालकै छँदा तिनका आफन्तले तिनलाई मारिनबाट बचाएकी थिइन् । तिनी राजा अभिषेक हुने उमेरसम्म नआइपुञ्‍जेलसम्म उनले तिनलाई लुकाइराखिन् ।
  • आफ्नो शासनको आरम्भमा राजा योआशले परमेश्‍वरको आज्ञा माने । तर पछि तिनले परमेश्‍वरको आज्ञा मानेनन् र इस्राएलीहरूले फेरि मूर्तिहरूको पूजा गर्न लागे ।
  • युद्धमा घाइते भएपछि राजा योआशलाई धोका दिइयो र तिनकै दुई जना कर्मचारीले तिनको हत्या गरे ।
  • तिनकै समयतिर इस्राएलमाथि शासन गर्ने यहोआशभन्दा यिनी फरक राजा हुन् भनी ख्याल राख्‍नुहोस् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस् । )

(हेर्नुहोस्ः गिदोन)


योएल

परिभाषा:

योएल एक अगमवक्‍ताको नाउँ हो, जसले पुरानो करारको एउटा पुस्तक लेखे । योएलको पुस्तक बार्‍हवटा साना अगमवक्‍तामध्ये एउटा हो । ती बार्‍हवटा पुस्तक पुरानो करारको अन्तिम भाग हुन् ।

  • योएल अगमवक्‍ताको बारेमा हामीसित भएको एउटै मात्र व्यक्‍तिगत जानकारी भनेको तिनका पिता पतुएल थिए ।
  • तिनको पुस्तकको विषयवस्तुलाई हेर्दा तिनले सम्भवतः यहूदामा भविष्यवाणी गरे जुन दक्षिणी इस्राएली राज्य थियो ।
  • योएल अगमवक्‍ता कहिले बाँचेका थिए र तिनले कहिले भविष्यवाणी गरेका थिए भन्‍ने कुरो प्रस्ट छैन, तर तिनको पुस्तकको विषयवस्तुको आधारमा केहीको विचारअनुसार तिनी राजा योआशको समयमा बाँचेका थिए ।
  • पेन्तिकोसको दिनमा पत्रुसले प्रवचना दिँदा तिनले योएलको पुस्तकबाट उद्धृत गरे ।
  • बाइबलमा योएल नाउँ गरेका अन्य मानिसहरू पनि थिए । यी मानिसहरू फरक-फरक हुन् भनी प्रस्ट पार्न केही भाषाहरूले तिनीहरूका हिज्जेहरू अलि फरक किसिमले लेख्छन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०२:१६-१७

योताम

परिभाषा:

पुरानो करारमा योताम नाउँ गरेका तिन जना मानिस छन् ।

  • योताम नाउँ गरेका एक जना मानिस गिदोनका कान्छा छोरा थिए । योतामले आफ्ना दाजु अबीमेलेकलाई पराजित गर्न मदत गरे । अबीमेलेकले छलपूर्वक आफ्ना बाँकी सबै दाजुभाइको हत्या गरेका थिए ।
  • योताम नाउँ गरेका अर्का मानिस यहूदाका राजा थिए जसले सोर्‍ह वर्ष राज्य गरे । तिनी आफ्ना पिता उज्जियाह (अर्थात् अजर्याह) को मृत्युपश्‍चात् राजा बनेका थिए ।
  • आफ्ना पितालेझैँ राजा योतामले परमेश्‍वरको आज्ञा माने र तिनी एक असल राजा थिए ।
  • तथापि तिनका पितालेझैँ तिनले पनि मूर्तिपूजा गर्ने स्थानहरूलाई हटाएनन् जसले गर्दा तिनका मानिसहरू पछि फेरि परमेश्‍वरबाट तर्के । मूर्तिपूजाको अर्को नतिजा यही थियो कि योतामका छोरा आहाज दुष्‍ट राजा बने ।
  • योताम मत्तीको पुस्तकमा अभिलिखित येशू ख्रीष्‍टको वंशावलीमा सूचीकृत पूर्वजहरूमध्ये एक हुन् ।

(हेर्नुहोस्ः गिदोन, उज्जियाह, अजर्याह, आहाज, अबीमेलेक)

बाइबलका सन्दर्भहरूः


योना

परिभाषा:

योना पुरानो करारमा एक हिब्रू अगमवक्‍ता थिए ।

  • कसरी परमेश्‍वरले योनालाई निनवेमा पठाउनुभयो भनी योनाको पुस्तकले बताउँछ ।
  • निनवेमा गई त्यहाँका मानिसहरूलाई पापबाट फर्कन घोषणा गर्न परमेश्‍वरले योनालाई बताउनुभयो ।
  • योनाले इन्कार गरे र तिनी एउटा जहाज चढेर अर्कै देश गए ।
  • जहाजमा भएका मानिसहरूले योनालाई जहाजबाट फ्याँकिदिए र त्यसपछि एउटा ठुलो माछाले तिनलाई निल्यो ।
  • योना तिन दिन माछाको पेटभित्र रहे ।
  • योना निनवे गए र मानिसहरूलाई प्रचार गरे अनि तिनीहरू आ-आफ्ना पापबाट फर्के ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः निनवे, निनवेबासी)

बाइबलका सन्दर्भहरूः

  • योना ०१:१-३
  • लूका ११:२९-३०
  • मत्ती १२:३८-४०
  • मत्ती १६:३-४

योप्पा

परिभाषा:

बाइबलको समयमा योप्पा सहर भूमध्य सागरको तटमा अवस्थित एउटा महत्त्वपूर्ण वाणिज्यसम्बन्धी बन्दरगाह थियो । यो यरूशलेमबाट करिब ३० माइल उत्तर पश्‍चिममा पर्थ्यो ।

  • प्राचीन योप्पाको क्षेत्र भनेको वर्तमान सहर जाफा हो । यो अहिले तेल अभिभ सहरको भाग बनेको छ ।
  • पुरानो करारमा योना यही सहरमा जहाजमा चढीमा तर्शिश गएका थिए ।
  • नयाँ करारमा तबीता नाउँ गरेकी ख्रीष्‍टियान स्‍त्रीलाई पत्रुसले पुनः जीवित पारेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०९:३६-३७
  • प्रेरित ०९:३८-३९
  • प्रेरित १०:७-८
  • प्रेरित ११:४-६
  • प्रेरित ११:११-१४
  • योना ०१:१-३

योराम

परिभाषा:

योरामलाई यहोराम पनि भनिन्छ । आहाब र ईजेबेलका छोरा तिनी इस्राएलका राजा थिए ।

  • योरामले त्यही समयमा शासन गरेका थिए जुन बेला यहूदाका राजा यहोरामले शासन गरेका थिए ।
  • योराम एक दुष्‍ट राजा थिए जसले झुटा देवको पूजा गरे र इस्राएललाई पाप गर्न लगाए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाब, यहोराम, ईजेबेल, यहूदा, यहूदा राज्य)

बाइबलका सन्दर्भहरूः


योशियाह

परिभाषा:

योशियाह एक ईश्‍वरीय राजा थिए जसले यहूदा राज्यमाथि एकतिस वर्ष राज्य गरे । यहूदाका मानिसहरूलाई पश्‍चात्तापमा डोर्‍याई यहोवेको आराधनाको लागि उत्साह दिन तिनले धेरै कुराहरू गरे ।

  • तिनका पिता आमोसको हत्या गरिएपछि आठ वर्षको उमेरमा योशियाह यहूदाको राजा बने ।
  • आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले प्रधान पूजाहारी हिल्कियाहलाई परमप्रभुको मन्दिर पुनर्निर्माण गर्न आज्ञा दिए । पुनर्निर्माणको क्रममा व्यवस्थाको पुस्तक भेट्टाइएको थियो ।
  • योशियाहको निम्ति व्यवस्थाको पुस्तक पढिँदा तिनका मानिसहरू कसरी परमेश्‍वरप्रति अनाज्ञाकारी भएका रहेछन् भनी थाहा पाएर तिनी दुःखित भए । मूर्तिपूजा गर्ने स्थानहरू नष्‍ट पारिऊन् र झुटा देवहरू मारिऊन् भनी तिनले आज्ञा दिए ।
  • फेरि निस्तार-चाडको उत्सव मनाइयोस् भनेर पनि तिनले आज्ञा दिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः मूर्ति, मूर्तिपूजा, यहूदा, व्यवस्था, सिद्धान्त, निस्तार-चाड, मन्दिर)

बाइबलका सन्दर्भहरूः


योसेफ (नक)

परिभाषा:

योसेफ येशूका पार्थिव पिता हुनुहुन्थ्यो जसले आफ्ना पुत्रलाई हुर्काए ।

  • योसेफ राजा दाऊदका सन्तान थिए ।
  • मरियम नाउँ गरेकी कन्यासित योसेफको मगनी भएको थियो । परमेश्‍वरले उनलाई येशू मसीहकी आमा हुन चुन्‍नुभएको थियो ।
  • पवित्र आत्माले आश्‍चर्यपूर्ण रूपमा मरियमलाई गर्भवती बनाउनुभएको थियो र मरियमको बच्‍चा परमेश्‍वरका पुत्र हुनुहुने थियो भनी स्वर्गदूतले योसेफलाई बताए ।
  • योसेफले स्वर्गदूतको कुरा विश्‍वास गरे र मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरी परमेश्‍वरको आज्ञा माने ।
  • येशू नजन्मनुभएसम्म योसेफले मरियमलाई कन्या नै राखे ।
  • स्वर्गदूतले योसेफलाई बालक येशूलाई मार्ने हेरोदको योजनाबाट बच्‍न बालक येशू र मरियमलाई लिई मिश्रमा भाग्‍ने सल्लाह दिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः दाऊद, येशू, ख्रीष्‍ट, मसीह, मरियम, परमेश्‍वरका पुत्र, पुत्र, कन्या)

बाइबलका सन्दर्भहरूः

  • यूहन्‍ना ०१:४३-४५
  • लूका ०१:२६-२९
  • लूका ०२:४-५
  • लूका ०२:१५-१६
  • मत्ती ०१:१८-१९
  • मत्ती ०१:२४-२५
  • मत्ती ०२:१९-२१
  • मत्ती १३:५४-५६

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२२-०४) उनी (मरियम) कन्या थिइन् र बिहेको लागि योसेफ नाउँका पुरुषसित उनको मगनी भएको थियो ।
  • (२३-०१) जुन पुरुषसित मरियमको मगनी भएको थियो, तिनी धार्मिक मानिस थिए । जब तिनले मरियम गर्भवती भएको सुने, तब यो तिनको बच्‍चा थिएन भनेर तिनलाई थाहा थियो । तिनले उनलाई शर्ममा पार्न चाहेनन्, त्यसैले तिनले उनलाई गुप्‍तमै त्याग्‍ने विचार गरे ।
  • (२३-०२) स्वर्गदूतले भने, “योसेफ, मरियमलाई तिम्री पत्‍नीको रूपमा स्वीकार गर्न नडराऊ । उनको गर्भमा आएको बच्‍चा पवित्र आत्माबाट आएको हो । उनले एउटा छोरो जन्माउनेछिन् । तिमीले उहाँको नाउँ येशू राख्‍नू (जसको अर्थ हुन्छ, ‘यहोवेले बचाउनुहुन्छ’), किनकि उहाँले मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”
  • (२३-०३) त्यसैले, योसेफले मरियमसित बिहे गरे र उनलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरी घरमा लगे, तर उनले बच्‍चा नजन्माउञ्‍जेलसम्म तिनी उनीसित सुतेनन् ।
  • (२३-०४) योसेफ र मरियम नासरतमा बस्थे । तिनीहरूले त्यहाँदेखि बेथलेहेम जान लामो यात्रा गर्नुपर्‍यो, किनकि तिनीहरूका पूर्वज दाऊदको गृहनगर बेथलेहेम थियो ।
  • (२६-०४) येशूले भन्‍नुभयो, “मैले तिमीहरूका बिचमा भर्खरै पढेको वचन ठिक अहिल्यै पुरा हुँदै छ ।” सबै मानिस छक्‍क परे । तिनीहरूले भने, “के यिनी योसेफका पुत्र होइनन् र ?”

योसेफ (पुक)

परिभाषा:

योसेफ याकूबका एघारौँ छोरा थिए र तिनी आफ्नी आमा राहेलका जेठा छोरा थिए ।

  • योसेफ आफ्ना पिताका मनपर्ने छोरा थिए । त्यसैले, तिनका दाजुहरू तिनीप्रति डाही बने र तिनीहरूले तिनलाई दासत्वमा बेचिदिए ।
  • योसेफले कठिनाइहरू भोगे । तिनी दास बने र झ्यालखानामा कैदी पनि बने । तरै पनि तिनी परमेश्‍वरप्रति विश्‍वासयोग्य रहे ।
  • परमेश्‍वरले तिनलाई मिश्रमा दोस्रो ठुलो ओहोदामा पुर्‍याउनुभयो र मिश्र, तिनका पिताको परिवारलाई भोकमरीबाट बचाउन प्रयोग गर्नुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः याकूब, इस्राएल, मिश्र, मिश्री)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:१४-१६
  • उत्पत्ति ३०:२२-२४
  • उत्पत्ति ३३:१-३
  • उत्पत्ति ३७:१-२
  • उत्पत्ति ३७:२३-२४
  • उत्पत्ति ४१:५५-५७
  • यूहन्‍ना ०४:४-५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०८-०२) योसेफका दाजुहरूले तिनलाई घृणा गर्थे, किनकि तिनका पिताले तिनलाई सबैभन्दा बढी माया गर्थे र योसेफले आफू तिनीहरूका शासक भएको सपना देखेका थिए ।
  • (०८-०४) दासदासीको व्यापार गर्नेहरूले योसेफलाई मिश्रमा लिगे ।
  • (०८-०५) झ्यालखानामा पनि योसेफ परमेश्‍वरप्रति विश्‍वासयोग्य रहे र परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो ।
  • (०८-०७) परमेश्‍वरले योसेफलाई सपनाहरूको अर्थ खोल्ने क्षमता दिनुभएको थियो । त्यसैले, फारोले योसेफलाई झ्यालखानाबाट झिकाए ।
  • (०८-०९) सात वर्षसम्म फसल राम्रो हुँदा योसेफले मानिसहरूलाई अन्‍न थुपार्न लगाए ।
  • (०९-०२) मिश्रीहरूले योसेफ र तिनले उनीहरूलाई गरेको सहयोगलाई सम्झेनन् ।

रब्बा

परिभाषा:

रब्बा अम्मोनीहरूका एउटा धेरै महत्त्वपूर्ण शहर थियो ।

  • प्रायः अम्मोनीहरूसँग युद्ध हुँदा रब्बा सहरलाई आक्रमण गरिन्थ्यो ।
  • दाऊद राजाले रब्बा सहरलाई उनो अन्तिम विजयको रूपमा कब्जा गरेका थिए ।
  • आजको आधुनिक अम्मन जोर्डान सहरमा नै रब्बा रहेको थियो ।

(हेर्नुहोस्ः दाऊद, अम्मोन, अम्मोनीहरू, अम्मोनी महिलाहरू) बइबलका खण्डहरूः


रहबाम

परिभाषा:

रहबाम राजा सोलोमनमा एक छोरो थिए, र उनी सोलोमनको मृत्युपछि इस्राएल राष्‍ट्रको राजा भए ।

  • जब रहबाम इस्राएलीहरूसँग अति क्रूरपूर्वक बोले, दश कुलहरूले उउको विरुद्धमा विद्रोह गरे । यसले गर्दा इस्राएल राष्‍ट्र दुई वटा राज्यमा विभाजित भयोः उत्तरमा इस्राएल राज्य, र दक्षिणमा यहूदा राज्य ।
  • रहबाम उनीप्रति बफदार रहेका दुई कुलहरूले बनेको यहूदा राज्यका राजा भइरहे ।
  • रहबाम याह्वेको आज्ञा पलन नगर्ने, तर झुटा देवताहरू पूज्‍ने एक दुष्‍ट राजा थिए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः सोलोमन, यहूदा, यहूदा राज्य) बाइबलका खण्डहरूः बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१८-०५) सोलोमनको मृत्युपछि उनका छोरो रहबाम राजा भए । रहबाम मूर्ख राजा थिए ।
  • (१८-०६) रहबामले मूर्खतापूर्वक जवाफ दिए, तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूलाई कठोर काम गर्न लगाए जस्तो लाग्‍यो, तर मैले तिमीहरूलाई उनले गर्न लगाएकाभन्दा कठोर काम गर्न लगाउनेछु, र मैले उनले भन्दा अझ बढी कठोर दण्ड दिनेछु ।”
  • (१८-०७) इस्राएलका दश कुलहरूले रहबामविरुद्ध विद्रोह गरे । दुई कुलहरू मात्र उनीप्रति बफदार रहे ।

रामा

परिभाषा:

रामा गिबोन नजिक बेन्यामीनमा रहेको यरूशलेमको ८ किलोमीटर उत्तरमा पर्ने एउटा इस्राएली प्राचीन सहर थियो ।

  • रामा याकूबकी पत्‍नी राहेलका सन्तानहरू बसोवास गरेको क्षेत्रमा पर्थ्यो ।
  • इस्राएलीहरूलाई बेबिलोनको कैदमा लगिँदा, तिनीहरूलाई बेबिलोनमा लैजानु भन्दाअगि रामामा ल्याइयो ।
  • रामामा शमूएलका बुबाआमाको घर थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः शमूएल, बेबिलोन, बेबिलोनी, राहेल) बाइबलका खण्डहरूः

  • मत्ती ०२:१७-१८

रामोत

परिभाषा:

रामोत गिलाद पर्वतको एउटा महत्त्वपूर्ण शहर थियो । यसलाई रामोत गिलाद पनि भनिन्थ्यो ।

  • रामोत इस्राएलीको गाद कुलको अधिनमा थियो र यसलाई शरण-नगर नामाकरण गरिएको पनि थियो ।
  • इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापातले अरामका राजा विरुद्ध रामोतमा युद्ध छेडेका थिए । त्यस युद्धमा राजा आहाब मारिएका थिए ।
  • पछि राजा अहज्‍याह र राजा योरामले रामोत शहरलाई अरामका राजाबाट लिन कोसिस गरे, तर राजा योराम घाइते भए । दुवैजना येहूद्वारा मारिए र जसलाई इस्राएलको रामोतमा राजा अभिषेक गरियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्) बाइबलका खण्डहरूः


राहाब

परिभाषा:

राहाब इस्राएलीहरूले यरिहो आक्रमण गर्दा त्यस सहरमा बसोवास गर्ने एक महिला थिइन् । तिनी एक वेश्य थिइन् ।

  • इस्राएलीहरूले यरिहो आक्रमण गर्नुभन्दा अगि त्यहाँको भेद लिन आएका दुईजना इस्राएलीहरूलाई राहाबले लुकाएर राखेकी थिइन् । तिनले ती गुप्‍तचरहरूलाई उम्केर इस्राएलीहरूको शिविरमा फर्कन सहायता गरेकी थिइन् ।
  • इस्राएलीहरूले यरिह विनाश पार्दा राहाब याह्वे परमेश्‍वरमा विश्‍वास गर्ने भइन् अनि तिनी र तिनका परिवार बचाइएका थिए । तिनीहरू इस्राएलीहररूसँग बस्‍न आए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः यरिहो, इस्राएल, इस्राएलीहरू, इस्राएल राष्‍ट्र) बइबलका खण्डहरूः

  • याकूब ०२:२५-२६
  • मत्ती ०१:४-६

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१५-०१) त्यस सहरमा राहाब नाउँ गरेकी एक जना वेश्या बस्थीन्, जसले गुप्‍तचरहरूलाई लुकाइन्, र पछि तिनीहरूलाई उम्कनलाई सहायता गरिन् । तिनले यसो गरिन्, किनभने तिनले परमेश्‍वरमा विश्‍वास गरिन् । इस्राएलीहरूले यरिहो विनाश गर्दा तिनी र तिनका परिवारलाई सुरक्षा दिने प्रतिज्ञा तिनीहरूले गरे ।
  • (१५-०५) परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले त्यो सहरका सबै थोकलाई नष्‍ट पारे । त्यो सहरमा तिनीहरूले नमारेका मानिसहरू राहाब र तिनका परिवार मात्र थिए । तिनीहरू इस्राएलीहरूका हिस्सा बने ।

राहेल

परिभाषा:

राहेल याकूबका पत्‍नीहरूमध्ये एक थिइन् । राहेल र तिनकी दिदी लेआ याकूबका मामा लाबानका छोरी थिइन् ।

  • राहेल योसेफ र बेन्यामीनका आमा थिइन्, जसका सन्तानहरू इस्राएलको दुई कुल भए ।
  • पहिला राहेलले कुनै पनि सन्तान पाउन सकिनन् । पछि परमेश्‍वरले तिनलाई योसेफ जन्माउन सक्षम बनाउनुभयो ।
  • वर्यौंपछि बेन्यामीनलाई जन्माउँदा राहेलको मृत्युभयो, अनि याकूबले तिनलाई बेथलेहेमको नजिकै गाडे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः याकूब, इस्राएल, ययोसेफ (पु क), इस्राएलका बह्र कुलहरू, बेथेलेहेम, ऐप्राता) बाइबलका खण्डहरूः

  • उत्पत्ति २९:४-६
  • उत्पत्ति २९:१९-२०
  • उत्पत्ति २९:२८-३०
  • उत्पत्ति ३१:४-६
  • उत्पत्ति ३३:१-३
  • मत्ती ०२:१७-१८

रिबेका

परिभाषा:

रिबेका अब्राहामका भतिजाका छोरी थिइन् । तिनको बाजे अब्राहामका दाजु थिए ।

  • परमेश्‍वरले रिबेकालाई अब्राहामका छोरो इसहाकको पत्‍नी हुनलाई चुन्‍नुभयो ।
  • रिबेकाले आफ्नो देशलाई छाडिन् र इसहाकको देशमा जानलाई अब्राहामका दाससँग गइन्, इसहाकसँग विवाह गरिन्, अनि त्यहाँ उनका परिवारसँग बसिन् ।
  • लामो समयसम्म रिबेकाबाट सन्तान भएन, तर अन्तमा परमेश्‍वरले तिनलाई जुम्याहा बालकहरू अर्थात् एसाव र याकूबसँगै आशिष्‌ दिनुभयो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अब्राहाम, अब्राम, इसहाक, याकूब, इस्राएल, एसाव) बाइबलका खण्डहरूः

  • उत्पत्ति २४:१५-१६
  • उत्पत्ति २४:४५-४६
  • उत्पत्ति २४:५६-५८
  • उत्पत्ति २४:६३-६५
  • उत्पत्ति २५:२७-२८
  • उत्पत्ति २६:६-८

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०६-०२) अब्राहामका नातेदारहरू बसोवास गरेका मुलुकसम्म लामो यात्रा गरेपछि, परमेश्‍वरले नोकरलाई रिबेकाकहाँ डोर्‍याउनुभयो । तिनी अब्राहामका दाजुका नातिनी थिइन् ।
  • (०६-०६) परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो, “तिमीभित्र दुई जातिहरू छन् ।”
  • (०७-०१) छोराहरू हुर्के, रिबेकाले याकूबलाई माया गर्थिन्, तर इसहाकले एसावलाई माया गर्थे ।
  • (०७-०३) इसहाकले उनको आशिष् एसावलाई दिन चाहे । तर उनले तिनलाई आशिष् दिनअगि नै याकूबले एसाव भएको नटक गरेर रिबेका र याकूबले उनलाई छल गरे ।
  • (०७-०६) तर रिबेकाले एसावको योजना सुनिन् । त्यसैले तिनले याकूबलाई तिनकी नातेदारहरू बसोवास गर्ने ठाउँतिर पठाइदिइन् ।

रिम्मोन

परिभाषा:

रिम्मोन एउटा मानिसको र धेरै बाइबलमा उल्लेख गरिएका स्थानहरूको नाउँ हो । यो एउटा झुटा देवताको पनि नाउँ पनि हो । यसको अर्थ “दारिम” हो ।

  • जबुलूनका भएको बेरोत सहरका बेन्यामिनी कुलका रिम्मोन नाउँ गरेका एक मानिस थिए । यस मानिसका छोरोले जोनाथनका लङ्गडा छोरो ईश्बोशेतको हत्या गरे ।
  • रिम्मोन यहूदाको दक्षिणी भागमा पर्ने एउटा सहरको नाउँ थियो । रिम्मोनको चट्टान एउटा सुरक्षित ठाउँ थियो, जहाँ बेन्यामिनीहरू मारिनबाट बच्‍नलाई गए ।
  • रिम्मोन-फारेस यहूदियाको उजाड्स्थानको एउटा अज्ञात स्थान थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्) (हेर्नुहोस्ः यहूदीया, जबुलून) बाइबलका खण्डहरूः


रूथ

परिभाषा:

रूथ इस्राएलमा न्यायकर्ताहरूले अगुवाइ गरिरहेको समयमा बस्‍ने एक मोआबी महिला थिइन् । तिनी येशू ख्रीष्‍टको पहिलेको पुर्खा थिइन् ।

  • रूथ तिनकी सासु नाओमीप्रतिको इमान्दारिताका निम्ति परिचित छिन् । रूथ तिनकी सासुसँग इस्राएलमा फर्किन् र उनलाई खानेकुरा जुटाउने कार्यमा सहायता गरिन् ।
  • तिनी इस्राएलको एउटै मात्र सत्य परमेश्‍वरको सेवा गर्नमा समर्पित पनि भइन् ।
  • रूथले एक इस्राएली मानिससँग विवाह गरिन्, र एउटा छोरो जन्माइन्, जो राजा दाऊदका बाजे भए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः मोआब, मोआबी, मोआबी महिला) बाइबलका खण्डहरूः

  • मत्ती ०१:४-६
  • रूथ ०१:३-५

रूबेन

परिभाषा:

रूबेन याकूबका जेठो छोरो थिए । उनका आमा लेआ थिइन् ।

  • उनका भाइहरूले तिनीहरूका सानो भाइ योसेफलाई मार्ने योजना बनाउँदै गर्दा, रूबेनले योसेफलाई मार्नुभन्दा बरु खाल्डोमा हालौं भनेर उनको ज्यान बचाएका थिए ।
  • पछि रूबेन योसेफलाई उद्धार गर्न आए, तर अरु भाइहरूले योसेफलाई त्यहाँबाट गइरहेका व्यापारीहरूलाई दासको रूपमा बेचि सकेका थिए ।
  • रूबेनका सन्तानहरू इस्राएलको बाह्र कुलहरूमध्ये एउटा कुल भए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः इस्राएलका बाह्र कुलहरू, याकूब, इस्राएल, योसेफ (पु क)) बाइबलका खण्डहरूः

  • उत्पत्ति २९:३१-३२
  • उत्पत्ति ३५:२१-२२
  • उत्पत्ति ४२:२१-२२
  • उत्पत्ति ४२:३७-३८

रोम, रोमी

परिभाषा:

तत्कालीन, रोम इटालीको राजधानी सहर हो ।

  • येशू र प्रेरितहरूको समयमा रोम रोमी साम्राज्यको केन्द्र थियो ।
  • रोमी साम्राज्यले इस्राएल लगायत भूमध्य सागरको वरिपरी रहेका सबै क्षेत्रहरूमाथि शासन गरेको थियो ।
  • “रोमी” शब्दले रोमी नागरिकहरू र रोमी अधिकारीहरू लगायत रोमको सरकारले नियन्‍त्रण गरेका क्षेत्रहरूसँग सम्बन्धित कुनै थोकलाई जनाउछ ।
  • प्रेरित पावल रोमको सहरमा कैदीको रूपमा लागिएका थिए, किनभने उनले येशूको बारेमा सुसमाचार प्रचार गरेका थिए ।

(हेर्नुहोस्ः पिलातस, पावल, शाऊल, शुभ खबर, सुसमाचार) बाबलका खण्डहरूः

  • प्रेरित २२:२५-२६
  • प्रेरित २८:१३-१५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (२३-०४) मरियमको बालक जन्माउने बेला नजिक हुँदा, हरेक तिनीहरूका पुर्खाहरूका नगरमा जनगणनाको निम्ति जानलाई रोमी सरकारले आदेश जारी गर्‍यो ।
  • (३२-०६) तब येशूले भूतलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ? उनले जवाफ दिए, “मेरो नाउँ फौज हो, किनभने हामी धेरै छौं ।” (रोमी सेनामा “लिजन” भनेको हजारौं सिपाहीहरूको एउटा समूह हुन्थ्यो । )
  • (३९-०९) भोलिपल्ट बिहानै, यहूदी अगुवाहरूले येशूलाई मार्न लगाउने आशा गर्दै रोमी राज्यपाल पिलातसकहाँ लयाए ।
  • (३९-१२) रोमी सिपाहीहरूले येशूलाई कोर्रा लगाए, रजसी पोशाक पहिराइदिए, र काँडाको मुकुट लगाइदिए । तब तिनीहरूले उहाँलाई यसो भन्दै खीसी गरे, “हेर, यहूदीहरूका राजा “

लबान

परिभाषा:

पुरानो नियममा, लबान याकूबका ससुरा थिए । याकूब लबानको परिवारसँग पदान आराममा बस्थे । अनि लबानको छोरीलाई विवाह गर्ने शर्तमा तिनका भेडाबाख्राहरूको रेखदेख गर्थे । याकूबले लबानकी छोरी राहेललाई विवाह गर्न चाहेका थिए । लबानले उनको आफ्नो जेठी छोरी लेहालाई राहेलको सट्टामा विवाह गरिदिए र तिनलाई छक्‍काए ।


लमेख

परिभाषा:

लमेख भनेको उत्पत्तिको पुस्तकमा समावेश भएको दुई व्‍यक्‍तिका नाउँहरू हुन् । पहिलो लमेख भनेको कैयिनको सन्तान थियो । आफूले एक जना मान्छेलाई मारेको कुराको गर्व उसले आफ्नो दुई पत्‍नीहरूको अगि गरे । दोस्रो लमेख भनेको सेतको सन्तान थियो । उनी नूहको पिता पनि थिए ।


लाजरस

परिभाषा:

लाजरस येशूको साथी थिए र उनलाई मृत्युबाट जीवित बनाइएको थियो । लाजरसका दुईवटा दिदीहरू थिए जसका नाउँ मरियम र मार्था थिए र उनीहरूले येशूमा विश्‍वास राख्दथे । येशूले लाजरसलाई मृत्युबाट जीवित पारिसक्‍नुभएपछि, यहूदी अगुवाहरू उहाँसँग रिसाए र उनीहरू दुवैलाई मार्ने प्रयास गरे । बाइबलका घटनाहरूबाट उदाहरणहरूः

  • एक दिन येशूले लाजरस बिरामी छन् भन्‍ने ससन्देश पाउनुभयो । लजारस र उनका दुई दिदीहरू, मरियम र मार्था, येशूका नजिकका साथीहरू थिए ।
  • येशूले भन्‍नु भयो,” हाम्रा प्रिय लाजरस निदाएका छन्, र मैले उसलाई उठाउनेछु ।
  • येशूका चेलाहरूले उत्तर दिए,” प्रभु, यदि लाजरस निदाईरहेका हुन् भने उनी ठिक हुनेछन् ।” येशूले तिनीहरूलाई स्पष्‍टसंग भन्‍नु भयो,” लाजरस मरिसक्यो ।”
  • जब येशू लाजरस बस्‍ने सहरमा आइपुग्‍नुभयो, लाजरस मरेको चार दिन भइसकेको थियो ।
  • येशूले तिनीहरूलाई सोध्‍नुभयो,” तिमीहरूले लाजरसलाई कहाँ राखेका छौ ?”
  • त्यसपछि येशूले ठुलो सोरमा भन्‍नुभयो,” लाजरस बाहिर आऊ !”
  • र लाजरस बाहिर आए ! उनी चिहानका लुगाहरू सहित आए ।
  • तर यहूदीहरूका धर्म गुरूहरूले इर्ष्या गरे, र येशू र लाजरसलाई कसरी मर्ने भनेर योजना बनाउन तिनीहरू भेला भए ।

लुत

परिभाषा:

बाइबलमा लुतचाहिँ अब्राहामको भतिजो थिए । लुतचाहिँ मोआबी तथा अम्मोनीहरूका वंश थिए ।


लुस्‍त्रा

परिभाषा:

लुस्‍त्रा भनेको एसिया माइनरमा भएको एउटा प्राचीन सहर थियो जहाँ पावल आफ्नो मिसनेरी यात्रामा गएका थिए । यो लाइकोनिया क्षेत्रमा पर्दथ्यो र आधुनिक समयको टर्की भन्‍ने देशमा यो पर्दछ । लुस्‍त्राको यात्रामा, पावलले तिमोथीलाई भेटेका थिए जो उनको सङ्गी प्रचारक तथा मण्डली स्थापक भए । पावलले हिंड्न नसक्‍ने व्‍यक्‍तिलाई निको पारिसकेपछि, लुस्‍त्राका मानिसहरूले पावल र बारनाबासलाई ईश्‍वरहरूका रूपमा मान्‍न थालेका थिए, तर प्रेरितहरूले तिनीहरूलाई हप्काए र रोके ।


लूका

परिभाषा:

लूका नयाँ नियमको दुईवटा पुस्तकहरूको लेखक थिएः लूकाको पुस्तक तथा प्रेरितको पुस्तक । कलस्सीको पत्रमा, पावलले लूका चिकित्सक भएको बताएका छन् । पावलले लूकाबारे अन्य दुईवटा पत्रहरूमा पनि उल्लेख गरेका छन् । पावलको दुईवटा मिसनरी यात्रामा लूका सँगै गएका थिए र उनलाई सहायता गरेका थिए । कतिपय प्रारम्भिक मण्डलीका साहित्यहरूमा, लूका सिरियाको एन्टिओखिया सहरमा जन्मिएको बताइएको छ ।


लेबानन

परिभाषा:

लेबानान भनेको उत्तरी इस्राएलको भूमध्यसागरको तटीय क्षेत्रमा रहेको सुन्दर पवर्तहरूले भरिएको क्षेत्र हो । बाइबलीय समयमा, यो क्षेत्रचाहिँ रुखपातले लटरम्म ढाकिएको थियो । परमेश्‍वरको भवनलाई निर्माण गर्नको लागि राजा सुलेमानले देवदारुका काठपातहरूलाई ल्याउनको निम्ति आफ्ना मानिसहरूलाई लेबाननतिर पठाएका थिए । प्राचीन लेबाननमा फोनिकेहरूले बसोबास गर्दथे र उनीहरू जहाजहरू बनाउनमा सिपालु थिए र ती जहाजहरूद्वारा व्यापारलाई प्रवर्दन गर्थे । टायर तथा सिदोनका सहरहरू लेबाननमा नै थिए । अनि यिनै सहरहरूमा पहिलोपटक बहुमूल्य गुलाबी रंगलाई प्रयोग गरिएको थियो ।


लेबियाथान

परिभाषा:

“लेबियाथान” भन्‍ने शब्दले एकदमै ठुलो दुर्लभ पशुहरूलाई बुझाउँछ र पुरानो नियमको प्रारम्भिक लेखहरूमा यस्ता पशुहरूबारे उल्लेख गरिएको थियो । लेबियाथानलाई एउटा ठुलो, बलियो तथा डरलाग्दो पशु भनी वर्णन गरिएको छ किनकि त्यसले आफ्नो वरिपरि भएको पानीलाई समेत “उमाल्न सक्दथ्यो” । तसर्थ, डाइनोसरको झैँ यसलाई पनि वर्णन गरिएको छ । यशैया अगमवक्ताले लेबियाथानलाई “उड्ने सर्प” को रूपमा सङ्केत गरेको छ । अय्युबले लेबियाथानबारे राम्रो जानकारी भए झैँ गरी लेखेका छन् र यसरी ती पशुहरू उनका पालामा जीवित थिए भन्‍ने अनुमान गर्न सकिन्छ ।


लेवी, लेवीहरू

परिभाषा:

लेवीहरू भनेका इस्राएली कुलका सदस्यहरू हुन् जो लेवी वंशबाट आएका थिए । मन्दिर तथा त्यसमा हुने धार्मिक विधिविधानहरूलाई हेर्ने जिम्मा लेवीहरूले पाएका थिए । सबै यहूदी पूजाहारीहरू भनेका लेवीहरूसँग सम्बन्धित व्‍यक्‍तिहरू थिए । (जेहोस्, सबै लेवीहरू पूजाहारीहरू थिएनन्) ।


लेहा

परिभाषा:

लेहा याकुबको पहिलो पत्‍नी थिइन् । उनी दश सन्तानका आमा थिइन् र पछि तिनीहरूमध्ये कतिपयचाहिँ इस्राएलको दश कुल भए । लेहाको पिता लबान थिए र उनी इसाहककी पत्‍नी रिबेकाको भाइ थिए । लेहाले आफ्नी बहिनी राहेलको जस्तो प्रेम नपाए तापनि, परमेश्‍वरले तिनलाई प्रशस्त प्रेम गर्नुभयो र धेरै सन्तान दिनुभयो ।


वश्ती

परिभाषा:

पुरानो करारको पुस्तक एस्तरमा वश्ती फारसका राजा अहासूरसकी पत्‍नी थिइन् ।

  • राजा अहासूरसले राखेको बेलुकी रात्री भोजमा आई तिनका मातेका पाहुनाहरूलाई उनको सौन्दर्य देखाउन इन्कार गरेकीले वश्ती रानीबाट इन्कार गरिएकी थिइन् ।
  • परिणामस्वरूप नयाँ रानीको खोजी गरियो, र अन्त्यमा एस्तर राजाकी नयाँ रानी बनिन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः अहासूरस, एस्तर, फारस, फारसीहरू)


शकेम

परिभाषा:

शकेम यरूशलेमबाट करिब ४० माईल उत्तरमा रहेको एउटा सहर हो । शकेम पुरानो नियमका एक जना मनिसका नाउँ पनि हो ।

  • शकेम याकूब उनका दाजु एसावसँघ भेटेपछि बसोवास गरेका ठाउँ हो ।
  • याकूबले हामोरका छोराहरूबाट शकेममा जमिन किने, जुनपछि उनका परिवारको समाधीस्थल बन्यो र उनका छोराहरूले याकूबलाई त्यहीँ गाडे ।

(अनुवादका निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

  • प्रेरित ०७:१४-१६
  • उत्पत्ति १२:६-७
  • उत्पत्ति ३३:१८-२०
  • उत्पत्ति ३७:१२-१४

शमूएल

परिभाषा:

शमूएल एउटा अगमवक्‍ता र इस्राएलका अन्तिम न्यायकर्ता थिए; तिनले शाऊल र दाऊद दुवैलाई इस्राएलका राजा अभिषेक गरे ।

  • शमूएल रामा सहरका एल्काना र हन्‍नाहको कोखमा जन्मेका थिए ।
  • हन्‍नाह बाँझी थिइन्, तर परमेश्‍वरले तिनलाई एउटा बालक दिनुभएकोहोस् भनी तिनले गरेकी प्रार्थनाको जवाफस्वारूप शमूएल जन्मेका थिए ।
  • हन्‍नाहले प्रार्थना गर्दा तिनले तिनकी छोरालाई परमप्रभुलाई अर्पण गर्नेछिन् भनी प्रतिज्ञा गरेकी थिइन् ।
  • शमूएल सानो हुँदा नै, हन्‍नाहले तिनलाई मन्दिरका पूजाहारी एलीलाई सहायता गर्नलाई उनले प्रार्थनामा प्रतिज्ञा गरेझैँ तिनलाई पठाईन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः हन्‍नाह, न्यायकर्ता, न्याय, अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादीनी) बाइबलका खण्डहरूः

  • प्रेरित १३:१९-२०

शाऊल (पु क)

परिभाषा:

शाऊल परमेश्‍वरले इएस्राएलका पहिलो राजा हुनलाई चुन्‍नुभएको इस्राएली थिए ।

  • शाऊल अग्‍ला, सुन्दर र एउटा शक्‍तिशाली सिपाही थिए । तिनी इस्राएलीहरूले तिनीहरूका राजा हुनलाई चाहेका किसिमका व्यक्‍ति थिए ।
  • तिनले पहिला परमेश्‍वरको सेवा गरे तापनि, तिनी पछि घमण्डी भए र परमेश्‍वरप्रति अनाज्ञाकारी भए । परिणामस्वरूप, परमेश्‍वरले शाऊलको ठाउँ लिनलाई दऊदलाई राजा नियुक्‍त गर्नुभयो ।

सयौँ वर्षपछि, अर्का शाऊल नाउँ गरेका अर्का व्यक्‍ति थिए, तर तिनका नाम येशूलाई चिनेपछि पावलमा बद्‌लियो । (अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः पावल, शाऊल) बाइबल खण्डहरूः

  • प्रेरित ०७:५७-५८
  • प्रेरित ०९:१-२
  • प्रेरित ०९:३-४
  • प्रेरित ०९:५-७
  • प्रेरित ११:२९-३०
  • प्रेरित १३:२१-२२

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१७-०१) शाऊल इस्राएलका राजा थिए । तिनी मानिसहरूले चाहेजस्तै अग्‍लो र सुन्दर थिए । शाऊल तिनले इस्राएलमाथि शासन गरेका केही वर्षसम्म एउटा असल राजा थिए । तर त्यसपछि तिनी परमेश्‍वरको आज्ञा पालना नगर्ने एउटा दुष्‍ट मानिस बने, त्यसैले परमेश्‍वरले कुनै दिन तिनको बद्लामा राजा हुने अर्को व्यक्‍तिलाई चुन्‍नुभयो ।
  • (१७-०४) शाऊल दाउदका निम्ति मानिसहरुका प्रेमप्रति डाही बने । शाऊलले तिनलाई धैरै पटक मार्ने कोसिस गरे, त्यसैले दाऊद शाऊलबाट लुके ।
  • (१७-०५) अन्त्यमा, शाऊल युद्धमा मरे, र दाऊद राजा भए ।

शारोन, शारोनको मैदान

परिभाषा:

शारोन कार्मेल पहाडको दक्षिणपट्टि रहेको भू-मध्य सागरको तटमा अवस्थित उर्वरा भूमि वा मैदानको नाउँ हो । यसलाई “शारोनको मैदान” को रूपमा पनि चिनिन्छ ।

  • बाइबलमा उल्लेख गरिएका यप्पा, लुड्‌डा र कैसरिया लगायतमा सहरहरू शारोनको मैदानमा नै अवस्थित थिए ।
  • यसलाई “शारोन भनिने मैदान” वा “शारोन मैदान” भनी अनुवाद गर्न सकिन्छ ।
  • शारोन क्षेत्रमा बस्‍ने मानिसहरूलाई “शारोन वासी” भनिन्थ्यो ।

(अनुवादका निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

  • प्रेरित ०९:३३-३५

शिनार

परिभाषा:

शिनारको अर्थ “दुई नदीका देश” भन्‍ने हुन्छ, र यो मेसापोटामियाको दक्षिणी मैदान वा प्रदेशको नाउँ थियो ।

  • शिनारलाई पछि कल्दिया र त्यसपछि बेबिलोन भनियो ।
  • शिनारको सबैभन्दा प्रसिद्ध सहर बाबेल सहर नै थियो, जहाँ त्यहाँ बस्‍ने प्रचीन मानिसहरूले अग्‍लो धरहरा बनाएका थिए ।
  • अब्राहाम यस क्षेत्रको ऊर सहरबाट आएका थिए, जसलाई त्यस बेलासम्ममा कल्दिया भनि सकिएको थियो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः बाबेल, बेबिलोन, बेबिलोनी, कल्दिया, कल्दी, मेसापोटामिया, अराम नहरियम, ऊर) बाइबलका खण्डहरूः

  • उत्पत्ति १०:८-१०
  • उत्पत्ति १४:१-२

शिमशोन

परिभाषा:

शिमशोन इस्राएलका न्यायकर्ता वा उद्धारक थिए । तिनी दान कूलका थिए ।

  • परमेश्‍वरले शिमशोनलाई अलौकिक मानविय सार्थ्य दिनुभयो, जसलाई तिनले इस्राएलका शत्रु पलिश्तीहरूविरुद्ध लड्नलाई प्रयोग गरे ।
  • शिमशोन कहिल्यै कपाल नकाट्ने र दाखमद्य वा मत्ताएको मद्य नपिउने भाकलमा थिए ।
  • तिनले तिनकी विश्‍वासघाती पत्‍नी दलीलाको याचनाप्रति आत्मासमर्पण गरे, र उनले तिनको कपाल काटीन् भने तिनको सामर्थ्य गुम्थ्यो भनी उनलाई तिनको सामर्थ्यको रहस्य बताए ।
  • शिमशोन कैदमाहुँदा परमेश्‍वरले तिनलाई सामर्थ्य पुनः प्राप्‍त गर्नलाई सक्षम तुल्याउनुभयो, र तिनलाई कयौं पलिश्तिहरूसहित झुटो देवता दागोनको मन्दिरलाई नष्‍ट पार्ने अवसर दिनुभयो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः उद्धार गर्नु, उद्धारकर्ता) बाइबलका खण्डहरूः


शिमी

परिभाषा:

पुरानो करारमा शिमी नाउँका धेरै मानिसहरू छन् ।

  • दाऊद यरूशलेम र उनका छोरा अब्सालोमबाट भाग्‍दै गर्दा उनलाई सराप्‍ने र ढुङ्गाले हान्‍ने गेराका छोरा शिमी बन्यामिन कुलका थिए ।
  • पुरानो करारमा लेवी पूजाहारीका रूपमा सेवा गर्ने शिमी नाउँका धेरै मानिसहरू थिए ।

(हेर्नुहोस्ः अब्सालोम, बेन्यामिन, लेवीवंशी, लेवी) बाइबलका खण्डहरूः


शीलो

परिभाषा:

शीलो यहोशूको नेतृत्वमा कब्जा गरिएको पर्खालले घेरिएको एउटा कनानी सहर थियो ।

  • शिलो सहर यर्दन नदीको पश्‍चिम र बेथेल सहरको उत्तर-पुर्वीमा अवस्थित थियो ।
  • यहोशूले नेतृत्व गरेका समयमा शीलो सहर इस्राएलीहरू भेटघाट गर्ने ठाउँ थियो ।
  • बह्र कुलहरू हरेकलाई कुन-कुन कानानी भूमि दिइएको थियो भनी सुन्‍नलाई इस्राएलीहरू शीलोमा भेला भए ।
  • यरूशलेममा कुनै पनि मन्दिर बनाउनअगि शीलो इस्रएलीहरूले परमेश्‍वरलाई बलिदान चढाउने ठाउँ थियो ।
  • शमूएलकी आमा हन्‍नाहले उनलाई बालकको रूपमा परमप्रभुलाई अर्पण गर्न शीलो लगिन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः शमूएल, बेथेल, यरूशलेम) बाइबलका खण्डहरूः


शेत

परिभाषा:

शेतलाई बाइबलमा आदम र हव्वाको तेस्रो छोरोको रूपमा उल्लेख गरिएको छ ।

  • शेत उनका दाजुले हत्या गरेका हाबिलको सट्टामा दिइएको थिए भनी हव्वाले भनीन् ।
  • शेत नोआ र त्यस उप्रान्त जिएका सबैका पुर्खा हुन् ।
  • पहिला शेतका सन्तानहरूलाई “परमप्रभुको नाउँ पुकार्नु” भनियो ।

(अनुवादका निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

  • लूका ०३:३६-३८

शेबा

परिभाषा:

प्राचीन समयमा शेबा दक्षिण अरबमा अवस्थित सभ्यता वा प्रदेश थियो ।

  • शेबा १२०० ख्रीष्‍ट पूर्वदेखि २७५ ईस्वीसम्म वर्तमान यमन वा इथियोपियाको नजिक थियो ।
  • सम्भवतः यसका बासिन्दाहरू हामका सन्तानहरू थिए ।
  • सोलोमनको धन र बुद्धिबारे सुनेर शेबाकी रानी उनलाई भेट्न आए ।
  • पुरानि करारमा “शेबा” नाउँ गरेका धेरै मानिसहरू थिए ।
  • (अनुवादका निम्ति सुझावहरूः नाउँहरू अनुवाद गर्नु)
  • (हेर्नुहोस्ः अरब, अरबिया, इथियोपिया, सोलोमन)

बाइबल खण्डहरूः


शेम

परिभाषा:

शेम उत्पतिको पुस्तकमा वर्णन गरिएको विश्‍वव्यापी बाढीको समयमा नोआसँगै जहाजभित्र जाने उनका तिन छोराहरूमध्ये एक हुन् ।

  • शेम अन्त्यमा इस्राएली जाति हुने शेमवंशी मानिस समूहको पिता थिए ।
  • बाइबलले शेम झण्डै ६०० वर्षसम्म बाँचेको अभिलेख राखेको छ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः नोआ, जहाज) बाइएबलका खण्डहरूः

  • उत्पत्ति ०५:३२
  • उत्पत्ति ०६:९-१०
  • उत्पत्ति ०७:१३-१४
  • उत्तपत्ति १०:१
  • उत्पत्ति १०:३०-३१
  • उत्पत्ति ११:१०-११
  • लूका ०३:३६-३८

सदोम

परिभाषा:

सदोम लनानको दक्षिणी भागमा रहेको एउटा सहर थियो, जहाँ लोत तिनका पत्‍नी र छोराछोरीहरूसँग बस्थे ।

  • सदोम वरिपरिका भूमिहरू पानी धेरै भएका र मलिलो ठाउँहरू थिए, त्यसैले लोत कनानमा बस्दा उनले त्यो ठाउँ रोजे ।
  • परमेश्‍वरले गमोरा सहरमा बस्‍ने मानिसहरूका दुष्‍ट कामहरूका लागि दण्ड दिँदा यसलाई र यस वरिपरिका सहरहरूलाई पूर्ण रूपमा नष्‍ट पार्नुभएकोले यसको ठिक स्थान अज्ञात रहेको छ ।
  • सदोम र गमोराका मानिसहरूले गरेका सबैभन्दा ठुलो पाप समलिङ्गीयता नै थियो ।

(हेर्नुहोस्ः कनान, कनानी) बाइबलका खण्डहरूः

  • उत्पत्ति १०:१९-२०
  • उत्पत्ति १३:१२-१३
  • मत्ती १०:१४-१५
  • मत्ती ११:२३-२४

सनहेरीब

परिभाषा:

सनहेरीब निनवेलाई धनी र महत्त्वपूर्ण सहर बनाउने अश्शूरका एक जना शक्‍शाली राजा थिए ।

  • सनहेरीब उनले बेबिलोन र यहूदा राज्यविरुद्ध गरेका युद्धहरूद्वारा चिनिन्छन् ।
  • उनी धेरै अहङ्कारी राजा थिए, र उनले याह्वेको पनि उपहास गरे ।
  • सनहेरीबले राजा हिजकिया र अगमवक्‍ता यशैयाको समयमा यरूशलेम आक्रमण गरे ।
  • याह्वेले सनहेरीबका सेनाहरूको विनाश गराउनुभयो ।
  • पुरानो करारका राजा र इतिहासका पुस्तकहरूले उनका शासनकालका केही घट्नाहरूका अभिलेख राखेका छन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अश्शूर, अश्‍शूरी, अश्‍शूरी साम्राज्य, बेबिलोन, बेबिलोनी, यहूदा, यहूदा राज्य, निनवे, निनवेवासी) बाइबलाका खण्डहरूः


सपन्याह

परिभाषा:

सपन्याह पूजाहारी र एक अगमवक्‍तासहित पुरानो नियममा धेरै मानिसहरूका नाम थियो । सपन्याह अगमवक्‍ताको पुरानो नियमको पुस्तकमा तिनका भविष्यवाणीहरू छन् ।

  • सपन्याह अगमवक्‍ता यरूशलेममा बस्थे र तिनले यहूदाका राजा योशियाहका शासनकालमा भविष्यवाणी गरे ।
  • सपन्याहले झुटा देवताहरूको पूजा गरेकामा मानिसहरूलाई हप्काए ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस् ) (हेर्नुहोस्ः योशियाह)


समुद्र, विशाल समुद्र, पश्‍चिमी समुद्र, भूमध्यसागर

परिभाषा:

बाइबलमा, “विशाल समुद्र” वा “पश्‍चिमी समुद्र” ले वर्तमान समयको भूमध्यसागरलाई जनाउँछ, जुन बाइबलको समयका मानिसहरूलाई थाहा भएको एक मात्र विशाल पानीको संकलन थियो ।

  • विशाल (भूमध्य) समुद्रको सीमामा इस्राएल (पूर्व), बेलायत (उत्तर र पश्‍चिम), र अफ्रिका (दक्षिण) रहेका छन् ।
  • यो समुद्रको सीमा धेरै देशहरूसँग जोडिएका हुनाले प्राचीन समयमा यो समुद्र व्यापार र यात्राको लागि धेरै महत्त्वपूर्ण थियो । यस समुद्रको किनारका क्षेत्रमा रहेका सहरहरू र मानिसहरू धेरै धनी थिए किनकि तिनीहरूका निम्ति अरू देशहरूबाट डुंगाको माध्यमबाट सर-सामानहरू ल्याउन धेरै सजिलो थियो ।
  • यो विशाल समुद्र इस्राएलको पश्‍चिममा रहेको हुनाले, यसलाई कहिलेकाँही “पश्‍चिमी समुद्र” पनि भनिन्छ ।

साइप्रस

परिभाषा:

साइप्रस भूमध्य सागरमा अवस्थित एउटा टापु हो, जुन आधुनिक टर्की देशको करिब ६४ किलोमिटर दक्षिणमा पर्छ ।

  • बारनाबास साइप्रसका थिए । त्यसैले, सम्भवतः तिनका भतिजा यूहन्‍ना मर्कूस पनि त्यही ठाउँका थिए ।
  • पावल र बारनाबासले तिनीहरूको पहिलो मिसनरी यात्राको आरम्भमा साइप्रस टापुमा सँगसँगै प्रचार गरे । त्यस यात्रामा यूहन्‍ना मर्कूस सहायता गर्न आए ।
  • पछि, बारनाबास र मर्कूस फेरि साइप्रसमा गए ।
  • पुरानो करारमा साइप्रसलाई सल्लाका रुखहरूको पर्याप्‍त स्रोतको रूपमा उल्लेख गरिएको छ ।

सादोक

परिभाषा:

सादोक राजा दाऊदको शासनकालमा इस्राएलका एक जना महत्त्वपूर्ण पूजाहारीको नाम थियो ।

  • अब्शालोमले दाऊदका विरुद्ध विद्रोह गर्दा सादोकले उनको समर्थन गरे र यरूशलेममा करारको सन्दूक ल्याउन मदत गरे ।
  • वर्षौंपछि, दाऊदको छोरा सोलोमानलाई राजाको रूपमा अभिषेक गर्न समारोहमा सहभागी भए ।
  • नहेम्याहको समयमा, सादोक नाम गरेका दुई जना पुरुषहरूले यरूशलेमको पर्खाल पुननिर्माण गर्न मदत गरे ।
  • राजा योथामको हजुरबा नाउँ पनि सादोक थियो ।

(अनुवदको निम्ति सुझावहरूः नाउँहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः दाऊद, सोलोमान, योथाम, नहेम्याह, करारको सन्दुक, करारको आदेशको सन्दुक, यहोवेको सन्दुक) बाइबलको खण्डहरूः

  • मत्ती १:१२-१४

सामरिया, सामरी

परिभाषा:

सामरिया इस्राएलको उत्तरी भागको एउटा सहर र यस वरिपरिका क्षेत्रको नाम हो । यो क्षेत्र पश्‍चिममा शारोनको मैदान र पुर्वमा यर्दन नदीको बीचमा अवस्थित थियो ।

  • पुरानो करारमा, सामरिया इस्राएलको उत्तरी राज्यको राजधानी सहर हो । पछि यस वरिपरिका क्षेत्रलाई पनि सामरिया भनियो ।
  • अश्शूरीहरूले उत्तरी इस्राएल राज्यलाई जितेपछि, तिनहरूले सामरिया सहरलाई कब्जामा लिए, र उत्तरी इस्राएलीहरूलाई त्यो क्षेत्र छोड्नलाई कर लागाए र अश्शूरको विभिन्‍न सहरहरूमा लगे ।
  • अश्शूरीहरूले त्यहाँबाट लगिएका इस्राएलीहरूको सट्टामा बसोवास गर्नलाई सामरियामा धेरै विदेशीहरू ल्याए ।
  • त्यस क्षेत्रमा नै रहेका केही इस्राएलीहरूले त्यहाँ आएका विदेशीहरूसँग विवाह गरे, र तिनीहरूका सन्तानहरूलाई सामरीहरू भनियो ।
  • सामरीहरू आंशिक यहूदीहरू मात्र भएका र तिनीहरूले अन्य देवताहरूको पूजा गरेका हुनाले यहूदीहरूले तिनीहरूलाई तुच्छ ठान्थे ।
  • नयाँ करारको समयमा सामरियाको उत्तरतिर गालील र दक्षिणतिर यहूदिया प्रदेश पर्थ्यो ।

(हेर्नुहोस्ः अश्शूर, अश्शूरी, अश्शूरी साम्रज्य, गालील, गालीली, यहूदिया, शारोन, शारोनको मैदान, इस्राएल राज्य) बाइबलका खण्डहरूः

  • प्रेरित ०८:१-३
  • प्रेरित ०८:४-५
  • यूहन्‍ना ०४:४-५
  • लूका ०९:५१-५३
  • लूका १०:३३-३५

बाइलका कथाहरूबाट उदाहरणहरूः

  • (२०-०४) इस्राएलको राज्य भएको ठाउँमा अश्शूरीहरूले विदेशीहरूलाई ल्याए । ती विदेशीहरूले नष्‍ट पारिएका सहरहरूलाई पुनः निर्माण गरे, र त्यहाँ छोडिएका इस्राएलीहरूसँग विवाह गरे । विदेशीहरूसँग विहे गर्ने इस्राएलीहरूका सन्तानहरूलाई सामरीहरू भनियो ।
  • (२७-०८) “त्यो बाटो भएर आउने अर्को व्यक्‍ति सामरी थिए । (सामरीहरू अर्को राष्‍ट्रबाट आएका मानिसहरूसँग विहे गर्नेहरूका सन्तानहरू थिए । सामरीहरू र यहूदीहरूले एक अर्कालाई घृणा गर्थे । )”
  • (२७-०९) “त्यो सामरीले ती मानिसलाई ‍उठाएर तिनको गधामाथि राखे, र त्यसको हेरचाह गर्नलाई बाटो छेउको पाटीमा लगे ।”
  • (४५-०७) तिनी (फलिप) सामरियामा गए र येशूको बारे प्रचार गरे, अनि धेरै मानिसहरूले बचाइए ।

सारा, साराई

परिभाषा:

  • सारा अब्राहामका पत्‍नी थिइन् ।
  • साराकी खास नाउँ “साराई” थियो, तर परमेश्‍वरले तिनकी नाउँ बद्‌लनुभयो ।
  • साराले तिनलाई र अब्राहामलाई प्रतिज्ञा गर्नुभएको छोरा जन्माईन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः अब्राहाम, अब्राम, इसहाक) बाइबलका खण्डहरूः

  • उत्पत्ति ११:२९-३०
  • उत्पत्ति ११:३१-३२
  • उत्पत्ति १७:१५-१६
  • उत्पत्ति २५:९-११

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०५-०१) “त्यसैले अब्रामकी पत्‍नी साराईले भनिन्, “परमेश्‍वरले मलाई सन्तान जन्माउन दिनुभएको छैन, र म अहिले सन्तान जन्माउनलाई अति वृद्धा भइसकेकी छु, यहाँ मेरी नोकर हागार छिन् । तिनलाई विवाह गर्नुहोस्, ताकि तिनले मेरो निम्ति बालक जन्माउनेछिन् ।”
  • (०५-०४) “तिम्री पत्‍नी साराईले एउटा छोरो जन्माउनेछिन्-ऊ प्रतिज्ञाको छोरा हुनेछ ।”
  • (०५-०४) “परमेश्‍वरले साराईकी नाउँलाई सारामा बदल्नुभयो, जसको अर्थ “राजकुमारी” हुन्छ ।
  • (०५-०५) “झण्डै एक वर्षपछि, अब्राहाम १०० वर्षका र सारा ९० वर्षकी हुँदा, साराले अब्राहाको निम्ति छोरो जन्माईन् । तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई भनेअनुसार तिनको नाउँ इसहाक राखे ।

सिदकियाह

परिभाषा:

सिदकियाह यहूदा को अन्तिम राजा थिए (५९७-५८७ ई.पू.) । पुरानो नियममा सिदकियाह नाउँ गरेका अन्य धेरै मानिसहरू पनि छन् ।

  • नबूकदनेसरले धेरै जसो राजघरानालाई बेबिलोनमा निर्वासित गरेपछि, सिदकियाहले गद्दी आरोहण गर्दा, तिनी एक्‍काइस वर्षका थिए ।
  • सिदकियाहले यर्मिया र इजकिएलसँग परामर्श लिए, तर त तिनी असल अगुवा थिएनन् ।
  • यरूशलेमको घेराबन्दीपछि तिनलाई कब्जा गरियो; बाबेलका राजाका अगि ल्याइयो र तिनका छोराहरूलाई मारेको हेर्ने दण्ड दिइयो, त्यसपछि तिनलाई अन्धो बनाइयो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू अनुवाद गर्नुहोस्) (हेर्नुहोस्ः नबूकदनेसर, यर्मिया, इजकिएल)


सिदोन, सिदोनीहरू

परिभाषा:

सिदोन कनानका जेठो छोरो थिए । सिदोन भन्‍ने कनानी सहर पनि थियो ।

  • सिदोन सहर वर्तमान लेबनान क्षेत्र पर्ने भू-मध्य सागरको तटा अवस्थित छ ।
  • “सिदोनीहरू” प्रचीन सिदोन र यस वरपस बस्‍ने मानिहरूका समूहहरू हुन् । यी मानिसहरू गैर यहूदीहरू थिए ।
  • बाइबलमा सिदोन र टुरोस सहरसँग नजिक रूपमा सम्बन्धित थिए, यी दुवै सहरहरू यिनीहरूका सम्पत्ति र यिनका मानिसहरूका अनैतिकताको निम्ति प्रसिद्ध थिए ।

(अनुवादका निम्ति सुजावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः कनान, कनानी, नोआ, टुरोस) बाइबलका खण्डहरूः

  • प्रेरित १२:२०-२१
  • प्रेरित २७:३-६
  • उत्पत्ति १०:१५-१८
  • उत्पत्ति १०:१९-२०
  • मत्ती ११:२०-२२
  • मत्ती १५:२१-२३
  • मर्कूस ०३:७-८

सिनै, सिनै पर्वत

परिभाषा:

सिनै एउटा पर्वतको नउँ हो, जुन सम्भवतः हालको सिनै प्रायद्विपको दक्षिणी भागमा अवस्थित थियो ।

  • इस्रएलीहरू मिश्रबाट प्रतिज्ञाको मुलुकतिर यात्रा गर्दा उनीहरू सिनै पर्वतमा आए ।
  • सिनै पर्वत चट्टानी मरुभूमिको एउटा ठुलो हिस्सा हो ।
  • परमेश्‍वरले सिनै पर्वतमा दश आज्ञा दिनुभयो ।

(हेर्नुहोस्ः प्रतिज्ञाको मुलुक, दश आज्ञा) बाइबला खण्डहरूः

  • प्रेरित ०७:२९-३०
  • गलाती ०४:२४-२५

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१३-०१०) परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्र भएर लानुभएपछि, उहाँले तिनीहरूलाई मरुभूमि हुँदै सिनै भनिने पर्वततिर डोर्‍यउनुभयो ।
  • (१३-०३) मानिसहरूले आफैँलाई आत्मिक रूपमा तयार पारेका तिन दिनपछि, परमेश्‍वर सिनै पर्वतको टाकुरोमा गर्जन, चट्याङ, धुवाँ र तुरहीको आवाजसहित ओर्लाउनुभयो ।
  • (१३-११) परमेश्‍वरसँग कुरा गर्दै मोशा सिनै पर्वतको टाकुरोमाथि नै धेरै दिनसम्म रहे ।
  • (१५-१३) त्यसपछि परमेश्‍वरले इस्रएलीहरूसँग सिनै पर्वतमाथि गर्नुभएको करार पालना गर्नु पर्ने तिनीहरूका कर्त्तव्य यहोशूले मानिसहरूलाई याद दिलाए ।

सिमियोन

परिभाषा:

बाइबलमा सिमियोन धेरै पुरुषहरूका नउँहरू हुन् ।

  • पुरानो करारमा याकूब (इस्राएल) र लेआका दोस्रो छोराको नाउँ सिमियोन थियो । इस्राएलका बह्र कुलहरूमध्ये एउटा उनका सन्तानहरू थिए ।
  • सिमियोनका कुलले याकूबको हिस्साभित्र पर्ने प्रेतिज्ञाको मुलुक कनानको सुदूर दक्षिणी क्षेत्रलाई ओगटे ।
  • नयाँ करारमा योसेफ र मरियमले बालक येशूलाई यरूशलेम मन्दिरमा अर्पण गर्नलाई ल्याउँदा त्यहाँ सिमियोन नाउँ गरेका एक जना धर्मी मानिस थिए । सिमियोनले येशूलाई आशीर्वाद दिए र सबै मानिसहरूको मुक्‍तिदाता हुनुहुने मसीह दिनुभएकोमा परमेश्‍वरको प्रशंसा गरे ।
  • यी मानिसहरू र अरूहरू बिच भिन्‍नता छुट्टाउनलाई केही अनुवादकहरूले हल्का भिन्‍न हिज्‍जे छान्‍न सक्छन् ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः याकूब, इस्राएल, कनान, काननी, यहूदा) बाइबलका खण्डहरूः

  • उत्पत्ति २९:३३-३४
  • उत्पत्ति ३४:२४-२६
  • उत्पत्ति ४२:३५-३६
  • उत्पत्ति ४३:२१-२३
  • लूका ०२:२५-२६

सिमोन कनानी

परिभाषा:

सिमोन कनानी येशूका नजिकका चेलाहरूमध्ये एक जना थिए ।

  • सिमोन कनानीको बारे धेरै जानकारी छैन । उनलाई येशूका चेलाहरूको सूचीमा तिन पटक उल्लेख गरिएको छ ।
  • येशू स्वर्ग फर्कनुभएपछि उहाँलाई सँगै भेट्ने एघार जनामध्ये सिमोन एक थिए ।
  • केहीले उनी रोमी सरकारको विरोध गर्ने र मोशाको व्यवस्थालाई कायम गर्नमा अत्याधिक जोसिला यहूदी पाटी “कनानी\जिलट” का सदस्य थिए त्यसको अर्थ “कनानी” हुन्छ भनी अनुमान गर्छन् ।

(अनुवादक निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः प्रेरित, प्रेरिरत्व, चेला, बह्र जना, एघार जना) बाइबलका खण्डहरूः


सिरिया

परिभाषा:

सिरिया इस्राएलको उत्तरपूर्वीमा रहेको देश हो । नयाँ करारको समयमा यो रोमी साम्राज्यको एउटा प्रान्त थियो ।

  • पुरानो करारको समयमा, सिरियालीहरू इस्राएलको बलियो सैनिक शत्रुहरू थिए ।
  • नामान सिरियाली सैनिकका सेनापति थिए, जसलाई एलिशा अगमवक्‍ताले कुष्‍ठरोगबाट निको पारेका थिए ।
  • सिरियाका धेरैजसो बासिन्दाहरू अरामका सन्तानहरू थिए, जो नोआका छोरो शेमबाट जन्मेका थिए ।
  • सिरियाको राजधानी दमस्कसलाई बाइबलमा धेरै पटक उल्लेख गरिएको छ ।
  • शावल ख्रीष्‍टियनहरूलाई सताउन दमस्कसको सहरम गएका थिए, तर येशूले उसलाई रोक्‍नुभयो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) बाइबलका खण्डहरूः

  • प्रेरित १५:२२-२३
  • प्रेरित १५:३९-४१
  • प्रेरित २०:१-३
  • गलाती ०१:२१-२४
  • मत्ती ०४:२३-२५

सिलास, सिल्भानस

परिभाषा:

सिलास यरूशलेमका विश्‍वासीहरू बिच एउटा अगुवा थिए ।

  • यरूशलेम मण्डलीले सिलासलाई पावल र बारनाबाससँग एन्टिओखिया सहरमा जानलाई चुनेका थिए ।
  • पछि सिलास मानिसहरूलाई येशूबारे सिकाउनलाई पावलसँग अरू सहरहरूतिर पनि गए ।
  • पावल र सिलासलाई फलिप्पीको झ्यालखानामा थुनिए । उनीहरू त्यहाँ हुँदा उनीहरूले परमेश्‍वरमा भरोसा गरे र उहाँलाई प्रशंसा चढाए । परमेश्‍वरले उनीहरूलाई झ्यालखानाबाट छुटाउनुभयो र झ्यालखानाको हाकिमलाई बचाउन उनीहरूलाई प्रयोग गर्नुभयो ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः यरूशलेम, पावल, शाऊल, फिलिप्पी) बाइबलका खण्डहरूः

  • २ थेसलोनिकी ०१:१-२
  • प्रेरित १५:२२-२३

बाइइबलका कथाहरूबाट उदाहरणहरूः

  • (४७-०१) एक दिन, पवल र तिनका साथी सिलास फिलिप्पी सहरमा येशूको बारे सुसमाचार घोषणा गर्न गए ।
  • (४७-०२) तनले(लिडिया) पावल र सिलासलाई तिनकी घरमा निम्त्याईन्, उनीहरू तिनी र तिनका परिवारसँग बसे ।
  • (४७-०३) पावल र सिलास प्रार्थना गर्ने ठाउँमा प्रायः मानिसहरूसँग भेट्थे ।
  • (४७-०७) त्यसैले केटी दासकी मालिकहरूले पावल र सिलासलाई रोमी अधिकृतहरूकहाँ लगे, तिनीहरूले उनीहरूलाई पिटे र झ्यालखाना हाले ।
  • (४७-०८) तिनीहरूले पावल र सिलासलाई झ्यालखानाको सबैभन्दा सुरक्षित भागमा राखे र उनीहरूका खुट्टाहरू पनि बाँधे ।
  • (४७-११) झ्यालखानाका हाकिम पावल र सिलासकहाँ डरले काँप्दै आए र भने, “मैले उद्धार पाउन के गर्नुपर्छ ?”
  • (४७-१३) अर्को दिन सहरका अगुवाहरूले पावल र सिलासलाई झ्यालखानाबाट छोडिदिए र फिलिप्पीबाट जानलाई आग्रह गरे । पावल र सिलासले लिडिया र अरू केही साथीहरूलाई भेटे र त्यो सहरबाट हिँडे ।

सुक्‍कोत

परिभाषा:

सुक्‍कोत पुरानो करारका दुई वटा सहहरूका नाउँहरू हो ।” सुक्‍कोत” को अर्थ “आश्रय” भन्‍ने हुन्छ ।

  • सुक्‍कोत भनिने पहिलो सहर यर्दन नदीको पुर्वतिर अवस्थित थियो ।
  • याकूब उनका परिवार र बगालसहित तिनीहरूका निम्ति बस्‍ने ठाउँ बनाएर सुक्‍कोतमा बसे ।
  • सयौँ वर्षपछि मिद्यानीहरूलाई लखेट्दै गर्दा गिदोन र उनका थकित मानिसहरू सुक्‍कोतमा रोकिएका थिए, तर त्यहाँका मानिसहरूले उनीहरूलाई खाने कुराहरू दिन इन्कार गरे ।
  • दोस्रो सुक्‍कोत मिश्रको उत्तरी किनरामा थियो, र जहाँ इस्राएलीहरू मिश्रको दासत्वबाट निस्कँदै गर्दा लाल समुद्र तरेपछि उनीहरू रोकिएका थिए ।

बाइबलका खण्डहरूः


सोअर

परिभाषा:

पुरानो नियममा सोअर एक सानो सहर थियो, जहाँ परमेश्‍वरले सदोम र गमोराको नाश गर्नुहुँदा लोत भागे ।

  • सोअरको प्राचीन अर्थ सानो हो ।
  • सोअर मृत सागरको दक्षिणी किनारमा अवस्थित भएको मानिन्छ ।

(अनुवादहरूका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः लोत, सदोम, गमोरा) बाइबलका खण्डहरूः

  • उत्पत्ति १३:१०-११
  • उत्पत्ति १४:१-२
  • उत्पत्ति १९:२१-२२
  • उत्पत्ति १९:२३-२५

सोलोमन

परिभाषा:

सोलोमन दाऊदका छोराहरूमध्येका एक जना राजा थिए । उनका आमाको बतशेबा थिए ।

  • सोलोमन राजा हुँदा उनले चाहेका कुरा माग भनी परमेश्‍वरले भन्‍नुभयो । त्यसैले सोलोमनले मानिहरूमाथि न्यापूर्वक र राम्ररी शासन गर्नलाई बुद्धि मागे । परमेश्‍वर सोलोमनसँग प्रशन्‍न हुनुभयो र उनलाई बुद्धि र सम्पत्ति दुवै दिनुभयो ।
  • सोलोमनले उनका बाबु दाऊदले परमेश्‍वरको निम्ति मन्दिर निर्माण गर्न योजना बनाएका मन्दिर यरूशलेममा बनाए ।
  • सोलोमनले सुरुका वर्षहरूमा बुद्धिमतापूर्वक शासन गरे तापनि पछि उनले मूर्खतापूर्वक विदेशी महिलाहरूसँग विवाह गरे, र तिनीहरूका देवताहरूको आराधना गर्न सुरु गरे ।
  • सोलोमनको बेइमानीको कारणले परमेश्‍वरले उनका मृत्युपछि इस्राएलीहरूलाई इस्राएल र यहूदा गरी दुई वटा राज्यहरूमा विभाजन गर्नुभयो । यी राज्यहरू प्रायः एक अर्कामा युद्ध गर्थे ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः दाऊद, बतशेबा, मन्दिर, इस्राएल, यहूदा) बाइबलका खण्डहरूः

  • प्रेरित ०७:४७-५०
  • लूका १२:२७-२८
  • मत्ती ०१:७-८
  • मत्ती०६:२७-२९
  • मत्ती १२:४२

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१७-१४) पछि दाऊद र बतशेबाका एउटा छोरो भयो, र उनीहरूले तिनका नाउँ सोलोमन राखे ।
  • (१८-०१) धेरै वर्षपछि दाऊद मरे, र उना छोरो सोलोमनले शासन गर्न सुरु गरे । परमेश्‍वर सोलोमनसँग बोल्नुभयो र उनलाई सबैभन्दा बढी चाहेक कुरा माग भन्‍नुभयो । जब सोलोमनले बुद्धि मागे, उहाँ तिनीसँग प्रशन्‍न हुनुभयो, र तिनलाई संसारको सबैभन्दा बढी बुद्धिमान बनाउनुभयो । सोलोमनले धेरै कुराहरू सिके, र अति बुद्धिमानी न्यायकर्ता भए । परमेश्‍वरले उनलाई धैरै धनी पनि बनाउनुभयो ।
  • (१८-०२) सोलोमनले उनका बाबु दाऊदले परमेश्‍वरको निम्ति मन्दिर निर्माण गर्न योजना बनाएका मन्दिर यरूशलेममा बनाए ।
  • (१८-०३) तर सोलोमनले अन्य देशहरूका विदेशी महिलाहरूलाई प्रेम गरे । ... सोलोमन वृद्ध भएपछि, उनले तिनीहरूका देवताहरू पूजे ।
  • (१८-०४) परमेश्‍वर सोलोमनसँग रिसाउनुभयो, र उनको बेइमानीको दण्ड स्वरूप उनको मृत्युपछि इस्राएल राज्यलाई दुई भागमा विभाजन गर्ने प्रतिज्ञा गर्नुभयो ।

स्तिफनस

परिभाषा:

स्तिफनस पहिलो ख्रीष्‍टियन सहिदको रूपमा अर्थात् येशूमा विश्‍वास गरेको कारण मारिएका पहिलो व्यक्‍तिको रूपमा सम्झिन्छ । उनका जीवनबारेका तथ्यहरू प्रेरितको पुस्तकमा उल्लेख गरिएको छ ।

  • स्तिफनस प्ररम्भिक मण्डलीले विधवाहरू र अन्य खाँचामा परेकाहरूलाई खाना दिएर डिकनको रूपमा सेवा गर्नलाई चुनिएका थिए ।
  • केही यहूदीहरुले स्तिफनसले परमेश्‍वर र मोशाको व्यवस्थविरुद्ध बोले भनी झुटो दोष लगाए ।
  • स्तिफनसले परमेश्‍वरले इस्राएलसँग गर्नुभएका कुराहरूका इतिहासबाट सुरु गरी येशू मसीहको बारेको सत्य साहसका साथ बोले ।
  • यहूदी अगुवाहरू स्तिफनससँग क्रुद्ध भए र सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे ।
  • पछि पावल भनिने शाऊलले उनको मृत्युको गवाही दिए ।
  • स्तिफनस मर्ने बेलामा तिनले भनेका अन्तिम शब्दहरू “प्रभु, यो पापको दोष उनीहरूविरुद्ध नलागोस्” ले पनि परिचित छन्, जसले अरूप्रति तिनको प्रेमलाई देखाउँदछ ।

(अनुवादका निम्ति सुझावहरूः नामहरू कसरी अनुवाद गर्ने) (हेर्नुहोस्ः पावल, यरूशलेम, डिकन) बाइबलका खण्डहरूः

  • प्रेरित ०६:५-६
  • प्रेरित ०६:८-९
  • प्रेरित ०६:१०-११
  • प्रेरित ०७:५९-६०
  • प्रेरित ११:१९-२१
  • प्रेरित २२:१९-२१

हननिया

परिभाषा:

पुरानो करारमा केही मानिसहरूका नाउँ हननिया थियो ।

  • बेबिलोनमा बन्दी बनाइएका इस्राएलका एक जना हननिया थिए, जसको नाउँ “शद्रक” मा परिवर्तन गरियो ।
  • तिनका उत्कृष्‍ट चरित्र र क्षमताहरूको कारणले तिनलाई दरबारमा काम गर्ने सेवकको ओहोदा प्रदान गरियो ।
  • एक पटक हननिया (शद्रक) र अन्य दुई जना इस्राएली जवान आगोको भट्टीमा फ्याँकिए, किनभने तिनीहरूले बेबिलानी राजाको पुजा गर्न इन्कार गरेका थिए । तिनीहरूलाई हानि हुनदेखि सुरक्षा दिएर परमेश्‍वरले आफ्नो शक्ति देखाउनुभयो ।
  • हननिया नाउँ गरेका अर्का मानिस राजा सोलोमनको सन्तानको रूपमा सूचीकृत छन् ।
  • अर्को हननिया पनि थियो, जो यर्मिया अगमवक्ताको समयमा झुटो अगमवक्ता थियो ।
  • हननिया नाउँ गरेका अर्का व्‍यक्‍ति पूजाहारी थिए, जसले नहेम्याहको समयमा उत्सवको अगुवाइ गर्न मदत पुर्‍याए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः अजर्याह, बेबिलोन, बेबिलोनी, दानिएल, झुटो अगमवक्ता, यर्मिया, मिशाएल)

बाइबलका सन्दर्भहरूः

  • दानिएल ०१:६-७

हनोक

परिभाषा:

हनोक पुरानो करारमा धेरै पटक प्रयोग गरिएको शब्द हो । उनी मतूशेलहका पिता र नोआका बाजे थिए ।

  • हनोक परमेश्‍वरसँग अत्‍यन्तै नजिकको सम्बन्धमा थिए ।
  • जब उनी ३६५ वर्षका भए मृत्युविना नै उनी परमेश्‍वरकहाँ लगिए ।
  • हनोक शेतका वंशका थिए । कयिनका पिताको नाम पनि हनोक नै थियो । केही भाषाहरूमा यी दुईवटा नाम फरक हुन् भन्‍ने देखाउनको लागि यसको हिज्‍जे फरक तरिकाले लेख्‍ने गरिन्छ ।

हन्‍नास

परिभाषा:

हन्‍नास १० वर्ष (ख्रीष्‍टाब्द ६ देखि १५ ख्रीष्‍टपूर्व) सम्म यरूशलेममा यहूदी प्रधान पूजाहारी बनेका थिए । त्यसपछि तिनलाई रोमी सरकारद्वारा प्रधान पूजाहारीको पदबाट हटाइयो, यद्यपि यहूदीहरूका बिचमा तिनी अझै पनि एक प्रभावशाली अगुवा बनिरहे ।

  • हन्‍नास कैयाफाका ससुरा थिए, जो येशूको सेवा-कार्यको समयमा औपचारिक प्रधान पूजाहारी थिए ।
  • प्रधान पूजाहारीहरूले अवकास प्राप्‍त गरेपछि पनि कार्यालयका केही उत्तरदायित्वहरूसहित तिनीहरूसित अझै त्यो उपाधि हुन्थ्यो । त्यसैले, कैयाफा र अन्य प्रधान पूजाहारीहरूको समय अवधिमा पनि हन्‍नासलाई अझै प्रधान पूजाहारी भनी उल्लेख गरियो ।
  • यहूदी अगुवाहरूको सामु येशूको जाँच पडतालको समयमा सोधपुछको लागि येशूलाई पहिलो पटक हन्‍नासकहाँ ल्याइयो ।

हन्‍नाह

परिभाषा:

हन्‍नाह शमूएल अगमवक्ताका आमा थिइन् । उनी एल्कानाका दुई पत्‍नीमध्ये एक थिइन् ।

  • हन्‍नाहले बच्‍चा जन्माउन सकेकी थिइनन्, जुन उनको लागि बडो शोकको कुरो थियो ।
  • मन्दिरमा एक छोरो दिनुहोस् भनी हन्‍नाहले परमेश्‍वरलाई इमान्दरीपूर्वक प्रार्थना गरिन् । उनले ती छोरालाई परमेश्‍वरको सेवामा अर्पण गर्ने प्रतिज्ञा पनि गरिन् ।
  • परमेश्‍वरले उनको अनुरोध सुन्‍नुभयो, र उपयुक्त समय आएपछि उनले शमूएललाई मन्दिरमा सेवाका लागि ल्याइन् ।
  • त्यसपछि परमेश्‍वरले हन्‍नाहलाई अन्य सन्तानहरू पनि दिनुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः गर्भ धारण गर्नु, गर्भ धारण, शमूएल)

बाइबलका सन्दर्भहरूः


हबकूक

परिभाषा:

हबकूक पुरानो करारका एक अगमवक्ता थिए, जो यहूदामाथि शासन गर्ने राजा यहोयाकीमको समयतिर बाँचेका थिए । यर्मिया अगमवक्ता पनि यही समतिर नै बाँचेका थिए ।

  • बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गरी यहूदाका कैयौँ मानिसहरूलाई निर्वासनमा लैजाँदा, ६०० ख्रीष्‍टपूर्वतिर यी अगमवक्ताले हबकूकको पुस्तक लेखे ।
  • कसरी कल्दीहरू (बेबिलोनीहरू) आएर यहूदाका मानिसहरूमाथि विजय हासिल गर्ने थिए भन्‍ने बारेमा परमेश्‍वरले हबकूकलाई भविष्यवाणी दिनुभयो ।
  • यो हबकूकको एउटा निकै प्रसिद्ध भनाइ होः “धर्मी व्‍यक्‍ति उसको विश्‍वासद्वारा जिउनेछ ।”

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहोयाकीम, यर्मिया)

बाइबलका सन्दर्भहरूः


हमात, लेबो हमात, हमातीहरू

परिभाषा:

हमात कनान देशको उत्तरमा अवस्थित सिरियाको उत्तरपट्टि पर्ने एउटा महत्त्वपूर्ण सहर थियो । हमातीहरू नोआका छोरा कनानका सन्तानहरू थिए ।

  • “लेबो हमात” ले सम्भवतः हमात सहरको नजिकै भएर जाने पर्वतलाई जनाउँछ ।
  • केही संस्करणहरूले “लेबो हमात” लाई “हमातको लागि प्रवेश” भनी अनुवाद गर्छन् ।
  • राजा दाऊदले हमातका राजा तोऊका शत्रुहरूलाई पराजित गरे, जसले तिनीहरूको सम्बन्ध निर्माणमा भूमिका खेल्यो ।
  • हमात सोलोमनको एउटा भण्डारण गर्ने सहर थियो, जहाँ खाद्य पदार्थहरू राखिन्थे ।
  • हमात देशमा नै राजा नबूकदनेसरद्वारा राजा सिदकियाहको हत्या गरिएको थियो र मिश्री फारोद्वारा राजा यहोआहाजलाई समातिएको थियो ।
  • “हमातीहरू” भन्‍ने शब्दलाई “हमातका मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, कनान, कनानी, नबूकदनेसर, सिरिया, सिदकिया)

बाइबलका सन्दर्भहरूः


हमोर

परिभाषा:

हमोर एक कनानी थिए । याकूब र तिनको परिवार सुक्‍कोत नजिकै बस्दा हमोर शकेम सहरमा बस्थे ।

  • याकूबले हमोरका छोराहरूबाट आफ्नो परिवारको अन्त्येष्‍टिको लागि जग्गा किने ।
  • तिनीहरू त्यहाँ हुँदा हमोरका छोरा शकेमले याकूबकी छोरी दीनालाई बलत्कार गरे ।
  • दीनाका दाजुहरूले हमोरको परिवारसँग बदला लिई शकेममा भएका सबै पुरुषहरूलाई मारे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, कनानी, याकूब, शेकेम, सुक्‍कोत)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:१४-१६

हव्वा

परिभाषा:

परमेश्‍वरलेयो नाम प्रथम स्‍त्रीलाई दिनुभयो । उनको यो नामको अर्थ “जीवन” वा “जीवित” हुन्छ ।

  • परमेश्‍वर आफैँले हव्वालाई आदमको करङबाट बनाउनुभयो ।
  • हव्वालाई आदमको “सहयोगी” हुनको लागि सृजना गरिएको थियो । आदमलाई परमेश्‍वरले दिनुभएको काम गर्नलाई सहायता गर्न हव्वाले साथ दिइन् ।
  • हव्वालाई सर्प (शैतान) ले परीक्षा गर्‍यो र उनी परमेश्‍वरले नखानू भनेको फल खाएर पाप गर्ने पहिलो व्‍यक्‍ति बनिन् ।

हागार

परिभाषा:

हागार एक मिश्री स्‍त्री थिई, जो साराईकी व्‍यक्‍तिगत कमारी थिई ।

  • साराईले बच्‍चा जन्माउन नसक्दा आफ्ना पति अब्रामले हागारबाट बच्‍चा जन्माऊन् भनेर उनले हागारलाई पतिकहाँ पठाए ।
  • हागार गर्भवती भई, र त्यसले अब्रामको छोरो इश्माएललाई जन्माई ।
  • हागारले मरुभूमिमा कष्‍ट भोग्दा परमेश्‍वरले त्यसलाई सम्झनुभयो, र त्यसका सन्तानहरूलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, सन्तान, इश्माएल, सारा, साराई, नोकर, दास, दासत्व)

(बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति २५:१२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०५-०१) त्यसैले, अब्रामकी पत्‍नी साराईले तिनलाई भनिन्, “परमेश्‍वरले मलाई छोराछोरी जन्माउन अनुमति नदिनुभएकोले र म छोराछोरी जन्माउनै नसक्‍ने गरी बुढी भएकीले यहाँ मेरी नोकर्नी हागार छे । उसलाई पनि बिहे गर्नुहोस्, ताकि उसले मेरो लागि बच्‍चा जन्माओस् ।”
  • (०५-०२) हागारले बालक जन्माई, र अब्रामले तिनको नाउँ इश्माएल राखे ।

हाग्गै

परिभाषा:

यहूदीहरू बेबिलोनी निर्वासनबाट आफ्नो घरमा फर्केपछिको समयमा हाग्गै यहूदाका अगमवक्ता थिए ।

  • हाग्गैले अगमवाणी बोलेको समयमा राजा उज्जियाहले यहूदामाथि शासन गर्दै थिए ।
  • त्यस बेला जकरिया अगमवक्ताले पनि अगमवाणी बोल्दै थिए ।
  • मन्दिर पुनर्निर्माणको निम्ति हाग्गै र जकरियाले यहूदीहरूलाई प्रेरित गरे, जुन मन्दिरलाई राजा नबूकदनेसरको समयमा बेबिलोनीहरूले नष्‍ट पारेका थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः बेबिलोन, बेबिलोनी, यहूदा, यहूदा राज्य, नबूकदनेसर, उज्जियाह, अजर्याह, जकरिया)


हाबिल

परिभाषा:

हाबिल आदम र हव्वाका माहिला छोरा थिए । तिनी कयिनका भाइ थिए ।

  • हाबिल गोठाला थिए ।
  • हाबिलले भेटीस्वरूप आफ्ना केही जनावरहरू परमेश्‍वरको निम्ति बलिदान चढाए ।
  • परमेश्‍वर हाबिल र तिनका भेटीहरूद्वारा प्रसन्‍न हुनुभयो ।
  • आदम र हव्वाका जेठा छोरा कयिनले हाविलको हत्या गरे ।

हाम

परिभाषा:

हाम नोआका तिन जना छोरामध्ये माहिला थिए ।

  • सारा पृथ्वीलाई ढाक्‍ने विश्‍वव्यापी जलप्रलयको समयमा हाम र तिनका दाजुभाइ नोआसँगै जहाजमा थिए । तिनीहरू सबैका पत्‍नीहरू पनि तिनीहरूसँगै जहाजमा गएका थिए ।
  • जलप्रलयपश्‍चात् एउटा यस्तो अवसर आयो, जहाँ हामले आफ्ना पिता नोआलाई ज्यादै अनादर गर्दै थिए । परिणामस्वरूप नोआले हामका छोरा कनान र तिनका सबै सन्तानहरूलाई सराप थिए, जो अन्त्यमा कनानीहरू भनेर चिनिन पुगे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः नोआको जहाज, कनान, अनादर, अनादरयोग्य)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति ०५:३२
  • उत्पत्ति ०६:९-१०
  • उत्पत्ति ०७:१३-१४
  • उत्पत्ति १०:१
  • उत्पत्ति १०:१९-२०

हारान

परिभाषा:

हारान अब्राहामका भाइ र लोतका पिता थिए ।

  • हारान एउटा नगरको नाउँ पनि थियो, जहाँ ऊर सहरदेखि कनान देशमा यात्रा गर्ने क्रममा अब्राम र तिनको परिवार केही समयको लागि बसे ।
  • हारान नाउँ गरेका अर्का मानिस कालेबका छोरा थिए ।
  • बाइबलमा हारान नाउँ गरेका तेस्रो मानिस लेवीका सन्तान थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, कालेब, कनान, लेवीय, लेवी, लोत, तेरह, ऊर)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:१-३
  • प्रेरित ०७:४-५
  • उत्पत्ति ११:३१-३२
  • उत्पत्ति २७:४३-४५
  • उत्पत्ति २८:१०-११
  • उत्पत्ति २९:४-६

हारून

परिभाषा:

हारून मोशाका दाजु थिए । परमेश्‍वरले हारूनलाई इस्राएलका मानिसहरूका लागि पहिलो प्रधान पूजाहारी हुन चुन्‍नुभयो ।

  • इस्राएलीहरूलाई जान दिन फारोसित बोल्न हारूनले मोशालाई मदत गरे ।
  • इस्राएलीहरू उजाड-स्थानमा यात्रा गर्दा, हारूनले पूजा गर्न मानिसहरूका निम्ति एउटा मूर्ति बनाएर पाप गरे ।
  • परमेश्‍वरले हारून र तिनका सन्तानहरूलाई इस्राएलका पूजाहारीहरू बन्‍न नियुक्त गर्नुभयो ।

हिजकिया

परिभाषा:

हिजकिया यहूदा राज्यका तेर्‍हौँ राजा थिए । तिनी परमेश्‍वरमाथि भरोसा गर्ने र उहाँप्रति आज्ञाकारी हुने राजा थिए ।

  • आफ्ना दुष्‍ट पिता राजा आहाजको विपरीत राजा हिजकिया असल राजा थिए, जसले यहूदियामा भएका सबै मूर्तिपूजा गर्ने स्थानहरूलाई नष्‍ट पारे ।
  • एक पटक हिजकिया बिरामी परेर मर्नै लाग्दा तिनले आफ्नो जीवन बचाइदिनुहोस् भनी परमेश्‍वरलाई इमान्दारीपूर्वक बिन्ती गरे । परमेश्‍वरले तिनलाई चङ्गाइ दिनुभयो, र तिनलाई थप १५ वर्ष बाँच्‍ने अनुमति दिनुभयो ।
  • यो हुने नै थियो भन्‍ने चिन्हको रूपमा परमेश्‍वरले एउटा आश्‍चर्यकर्म गर्नुभयो, र समयलाई पछाडि सारिदिनुभयो ।
  • हिजकियाका मानिसहरूमाथि आक्रमण गर्ने अश्शूरका राजा सनहेरीबबाट तिनीहरूलाई बचाइदिनुहोस् भन्‍ने हिजकियाको प्रार्थनालाई पनि परमेश्‍वरले सुन्‍नुभयो ।

(हेर्नुहोस्ः आहाज, अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य, मूर्ति, मूर्तिपूजक, यहूदा, सनहेरीब)

बाइबलका सन्दर्भहरूः


हित्ती

परिभाषा:

हित्तीहरू हामका छोरा कनानका सन्तानहरू थिए । तिनीहरू हाल टर्की र प्यालेस्टाइन भनेर चिनिने क्षेत्रमा अवस्थित एउटा ठुलो साम्राज्य बने ।

  • आफ्नी मृत पत्‍नी सारालाई गुफामा गाड्न अब्राहामले हित्ती एप्रोनबाट जग्गाको टुक्रा किने । अन्त्यमा अब्राहाम र तिनका केही सन्तानहरू पनि त्यही गुफामा गाडिए ।
  • एसावले दुई हित्ती स्‍त्रीसित बिहे गरेकाले तिनका बुबा आमा दुःखित भए ।
  • दाऊदका एक शक्तिशाली मानिसको नाउँ हित्ती उरियाह थियो ।
  • सोलोमनले बिहे गरेका केही विदेशी स्‍त्रीहरू हित्तीहरू थिए । ती स्‍त्रीहरूले पूज्‍ने झुटा देवताहरूको कारणले तिनीहरूले सोलोमनको ह्दयलाई परमेश्‍वरबाट पर लगे ।
  • हित्तीहरू शारीरिक र आत्मिक दुवै रूपमा अक्सर यहूदीहरूका लागि त्रास थियो ।

(हेर्नुहोस्ः सन्तान, एसाव, विदेशी, विदेश, परदेशी, हाम, शक्तिशाली, शक्ति, सोलोमन, उरियाह)

बाइबलका सन्दर्भहरूः

  • प्रस्थान ०३:७-८
  • उत्पत्ति २३:१०-११
  • उत्पत्ति २५:९-११

हिल्कियाह

परिभाषा:

हिल्कियाह राजा योशियाहको शासनकालका प्रधान पूजाहारीको नाउँ थियो ।

  • मन्दिरको मर्मत गरिँदा प्रधान पूजाहारी हिल्कियाहले व्यवस्थाको पुस्तक भेट्टाए, र त्यसलाई राजा योशियाहकहाँ ल्याइयोस् भनी आज्ञा दिए ।
  • योशियाहको सामु व्यवस्थाको पुस्तक पाठ गरिएपछि तिनी दुःखित भए, र तिनले यहूदाका मानिसहरूलाई पुनः यहोवेको आराधना गरी उहाँको व्यवस्था पालन गर्न लगाए ।
  • हिल्कियाह नाउँ गरेका अर्का मानिस एल्याकीमका छोरा थिए, जसले राजा हिजकियाको समयमा दरबारमा काम गर्थे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः एल्याकीम, हिजकिया, प्रधान पूजाहारी, योशियाह, यहूदा, यहूदा राज्य, व्यवस्था, सिद्धान्त, आराधना, यहोवे)

बाइबलका सन्दर्भहरूः

  • २ राजा १८:१६-१८

हिव्वी

परिभाषा:

हिव्वीहरू कनान देशमा बसोबास गर्ने सात मुख्य जातिमध्ये एक थिए ।

  • यी सबै जातिहरूझैँ

हिव्वीहरू पनि नोआका नाति कनानका सन्तानहरू थिए ।

  • हिव्वी शकेमले याकूबकी छोरी दीनालाई बलत्कार गर्‍यो । त्यसैले, उनका दाजुहरूले बदलास्वरूप धेरै हिव्वीहरूलाई मारे ।
  • यहोशूले इस्राएलीहरूलाई कनान देश कब्जा गर्न अगुवा गर्दा हिव्वीहरूमाथि विजय हासिल गर्नुको साटो तिनीहरूसित सम्झौता गर्न इस्राएलीहरूलाई छल गरियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः कनान, कनानी, हमोर, नोआ, शकेम)

बाइबलका सन्दर्भहरूः


हेब्रोन

परिभाषा:

हेब्रोन यरूशलेमबाट करिब २० माइल दक्षिणमा अवस्थित एउटा सहर थियो । यो उच्‍च ठाउँमा चट्टानका पर्वतहरूमा खडा थियो ।

  • अब्रामको समयमा लगभग २,००० ख्रीष्‍टपूर्वतिर नै यो सहर निर्माण गरिएको थियो । पुरानो करारमा अभिलिखित ऐतिहासिक विवरणहरूमा यसको धेरै पटक उल्लेख गरिएको छ ।
  • राजा दाऊदको जीवनमा हेब्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो । अब्शालोमलगायत तिनका केही छोराहरू त्यहीँ नै जन्मेका थिए ।
  • करिब ख्रीष्‍टाब्द ७० मा रोमीहरूद्वारा यस सहरलाई नष्‍ट पारियो ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्शालोम)

बाइबलका सन्दर्भहरूः

  • उत्पत्ति १३:१६-१८
  • उत्पत्ति २३:१-२
  • उत्पत्ति ३५:२६-२७
  • उत्पत्ति ३७:१२-१४

हेरोद एन्टिपास

परिभाषा:

हेरोद एन्टिपास येशूको जीवनको अधिकांश समयमा यहूदियाका रोमी शासक थिए । तिनी साँचो राजा नभए तापनि कहिले काहीँ तिनलाई “राजा हेरोद” भनी उल्लेख गरिएको छ ।

  • हेरोद एन्टिपासले तिनका पिताको एक-चौथाइ इलाकामाथि शासन गरे । त्यसैले, तिनलाई “हेरोद टेट्राक” भनिएको छ, किनकि टेट्राकको अर्थ हुन्छ‒ “एक-चौथाइ ।”
  • एन्टिपास तिनै हेरोद थिए, जसले बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर काट्ने आज्ञा दिएका थिए ।
  • येशूको क्रुसारोहणअगि उहाँलाई प्रश्‍न गर्ने हेरोद पनि तिनै थिए ।
  • बाइबलका उल्लिखित अन्य हेरोदहरूमा “हेरोद महान्,” “हेरोद अग्रिपा” र “हेरो अग्रिपा द्वितीय” पर्छन् ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हेरोद अग्रिपा, हेरोद महान्, राजा, रोम, रोमी)

बाइबलका सन्दर्भहरूः

  • लूका ०३:१-२
  • लूका ०३:१८-२०
  • लूका ०९:७-९
  • लूका १३:३१-३३
  • लूका २३:८-१०
  • मत्ती १४:१-२
  • मर्कूस ०६:१८-२०

हेरोद महान्

परिभाषा:

बाइबलमा हेरोद नाउँका केही शासकहरू छन् । येशू जन्मनुहुँदा यहूदियामा शासन गर्ने हेरोद महान् गैरयहूदी थिए ।

  • कैसर अगस्टसले तिनलाई हेरोद राजा बनाएका थिए, र तिनले यहूदियामा भएका यहूदीहरूमाथि ३३ वर्ष शासन गरे ।
  • यरूशलेमस्थित यहूदी मन्दिरको पुनर्निर्माणलगायत सुन्दर भवनहरूको निर्माणको लागि हेरोद महान् परिचित थिए ।
  • तिनी क्रूर थिए, र तिनले धेरै मानिसहरूको हत्या गरेका थिए । बेथलेहेममा यहूदीहरूका अर्का राजा जन्मेका थिए भनी तिनले सुनेपछि तिनले सबै बालकहरूको हत्या गर्न लगाए ।
  • तिनका छोराहरू हेरोद एन्टिपास र हेरोद फिलिप अनि तिनको नाति हेरोद अग्रिपा पछि यहूदियाका शासकहरू बने । तिनका पनाति हेरोद अग्रिपा द्वितीय (जसलाई “हेरोद अग्रिपा” भनिएको छ) ले पनि यहूदियाको सारा क्षेत्रमाथि शासन गरे ।

(हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हेरोद एन्टिपास, यहूदिया, राजा)

बाइबलका सन्दर्भहरूः

  • मत्ती ०२:१-३
  • मत्ती ०२:११-१२
  • मत्ती ०२:१६
  • मत्ती ०२:१९-२१
  • मत्ती ०२:२२-२३

हेरोदियास

परिभाषा:

हेरोदियास हेरोद एन्टिपासकी पत्‍नी थिई, जो बप्‍तिस्मा-दिने यूहन्‍नाको समयमा यहूदियामा बाँचेकी थिई ।

  • सुरुमा हेरोदियास हेरोद एन्टिपासको भाइ फिलिपकी पत्‍नी थिई । तर पछि उसले अवैधानिक रूपमा हेरोद एन्टिपाससित बिहे गरी ।
  • हेरोद र हेरोदियासको अवैधानिक बिहेको लागि बप्‍तिस्मा-दिने यूहन्‍नाले तिनीहरूलाई हप्काए । यही कारणले गर्दा हेरोदले तिनलाई झ्यालखानामा थुने र अन्त्यमा शिर कटाएर तिनको हत्या गरे ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः हेरोद एन्टिपास, बप्‍तिस्मा-दिने यूहन्‍ना)

बाइबलका सन्दर्भहरूः

  • मत्ती १४:३-५

हेर्मोन पर्वत

परिभाषा:

हेर्मोन पर्वत इस्राएलको सबै भन्दा उच्‍च पहाडको नाम हो ।

  • यो गालील समुद्रको उत्तरतर्फ, इस्राएल र सिरिया बिचको उत्तरी सीमा नजिक पर्छ ।
  • हेर्मोन पर्वतलाई अरू मानिसहरूले दिएका नाम “सिरियोन पर्वत” र “सेनिर पर्वत” थिए ।
  • हेर्मोन पर्वतमा तिन वटा प्रमुख टाकुरा छन् ।

होरेब

परिभाषा:

होरेब पर्वत सीनै पर्वतको अर्को नाउँ हो, जहाँ परमेश्‍वरले मोशालाई दस आज्ञा लेखिएका शिला पाटीहरू दिनुभयो ।

  • होरेब पर्वतलाई “परमेश्‍वरको पर्वत” भनिएको छ ।
  • मोशाले भेडाहरू चराइरहँदा जलिरहेको पोथ्रा देखेको ठाउँ होरेब नै थियो ।
  • परमेश्‍वरले इस्राएलीहरूलाई आफ्ना करारहरू प्रकट गराउनुभएको र आफ्ना आज्ञाहरू लेखिएका शिला पाटीहरू तिनीहरूलाई दिनुभएको ठाउँ पनि होरेब नै थियो ।
  • इस्राएलीहरू मरुभूमिमा भौँतारिदा तिनीहरूलाई पानी उपलब्ध गराउन परमेश्‍वरले मोशालाई चट्टानमा हिर्काउनू भनी आज्ञा दिनुभएको ठाउँ यही नै थियो ।
  • यो पर्वतको वास्तविक स्थान अज्ञात छ, तर यो ठाउँ हाल सीनै प्रायद्वीप भनेर चिनिने वर्तमान क्षेत्रको दक्षिणमा भएको हुन सक्छ ।
  • सम्भवतः “होरेब” पर्वतको वास्तविक नाउँ थियो, र “सीनै पर्वत” को अर्थचाहिँ “सीनैको पर्वत” हो र यसले सीनै मरुभूमिमा पवर्तको अवस्थितिलाई जनाउँछ ।

(हेर्नुहोस्ः सीनै, सीनै पर्वत)

बाइबलका सन्दर्भहरूः

  • प्रस्थान ०३:१-३

होशिया

परिभाषा:

होशिया इस्राएलका राजासाथै पुराना करारमा केही मानिसहरूको नाउँ थियो ।

  • यहूदाका राजाहरू आहाज र हिजकियाको शासनकालमा एलाहका छोरा होशिया नौ वर्षसम्म इस्राएलका राजा भए ।
  • नूनका छोरा यहोशूको पहिलेको नाउँ होशिया थियो । कनानीहरूको देशमा यहोशू र अन्य एघार जनालाई भेद लिन पठाउनुभन्दा पहिले मोशाले होशियाको नाउँ यहोशूमा बद्लेका थिए ।
  • मोशाको मृत्युपश्‍चात् कनान देश कब्जा गर्न यहोशूले इस्राएलका मानिसहरूलाई अगुवाइ गरे ।
  • होशिया नाउँ गरेका अर्का मानिस अजज्याहका छोरा थिए, जो एफ्राइमीहरूका अगुवाहरूमध्ये एक थिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाज, कनान, कनानी, एफ्राइम, हिजकिया, यहोशू, मोशा)

बाइबलका सन्दर्भहरूः


होशे

परिभाषा:

होशे इस्राएलका एक अगमवक्ता थिए, जसले ख्रीष्‍टको आगमनभन्दा करिब ७५० वर्षअगि भविष्यवाणी गरे ।

  • तिनको सेवा-कार्य धेरै वर्षसम्म लम्बियो । तिनले यरोबाम, जकरिया, योताम, आहाज, होशिया, उज्जियाह र हिजकियाजस्ता राजाहरूको शासनकालमा सेवा गरे ।
  • परमेश्‍वरले होशेलाई गोमेर नाउँ गरेकी वेश्यासित बिहे गर्न र ऊ होशेप्रति अविश्‍वासयोग्य रहे तापनि उसलाई प्रेम गरिरहन आज्ञा दिनुभयो ।
  • यो परमेश्‍वरका अविश्‍वासयोग्य जाति इस्राएलप्रति उहाँको प्रेमको तस्बिर थियो ।
  • होशेले इस्राएलका मानिसहरूका पापको कारणले तिनीहरूको विरुद्धमा अगमवाणी गरे । तिनले उनीहरूलाई मूर्तिपूजाहरूबाट फर्केर आउन चुनौती दिए ।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

(हेर्नुहोस्ः आहाज, हिजकिया, होशिया, यरोबाम, योताम, उज्जियाह, अजर्याह, जकरिया)

बाइबलका सन्दर्भहरूः होशे ०१:१-२)