Genesis 50

Genesis 50 General Notes

Special concepts in this chapter
Embalming

Embalming was practiced in Egypt on very important people when they died. They removed the liquids from the body then wrapped it in an attempt to preserve the body from decay.

Joseph's character

Joseph's character was so upright that Pharaoh's officials went with him to Canaan to bury Jacob. This was a very large funeral procession. He also learned lessons from earlier in his life and unified his family. (See: /WA-Catalog/ne_tw?section=kt#upright)

__<< | __

Genesis 50:1

आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर

अर्को अनुवाद : "तिनी शोकमा आफ्‍ना बुबामाथि लेटेर " ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

आफ्‍नो सेवामा हुने वैद्यहरूलाई

"मरेका लाशहरूको ध्‍यान पुर्‍याउने गर्ने तिनका सेवकहरू"

आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप दल्न

"सुगन्‍धित लेप दल्‍नु" भनेको मृत शरीर गाड्नु अघि संरक्षण गर्ने एउटा विशेष तरिका हो । अर्को अनुवाद : " तिनको बुबाको शरीर गाड्नलाई तयार गर्न ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

यसको निम्‍ति चालिस दिन लागेको थियो

यसको निम्‍ति ४० दिन लागेको थियो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

सत्तरी दिन

"७० दिन" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

शब्द अनुवाद

Genesis 50:4

शोक मनाउने दिन

"तिनको शोक गर्ने दिन" वा "तिनको निम्ति रूने दिन"

योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे

यहाँ "भारदारहरू" ले फारोका दरवारका राजकीय अधिकारीहरूलाई जनाउँछ । अर्को अनुवाद : "योसेफले फारोका अधिकारीहरूसँग कुरा गरे ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

यदि ममाथि तपाईंहरूको निगाह छ भने

अर्को अनुवाद : "यदि मैले तपाईंबाट निगाह पाएको छु भने ।" वा "यदि तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ भने ।" (EN-UDB) ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom/WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् । मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: 'म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।' यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु

यसमा दुई वा तहको भनाइ छ । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "कृपा गरी फारोलाई भनिदिनुहोस् कि मेरा बुबाले मलाई शपथ खान लाउनुभयो कि उहाँको मृत्‍युपछि कनान देशमा उहाँ आफैले खनेर बनाउनुभएको उहाँको चिहानमा मैले उहाँलाई गाड्नेछु । कृपा गरी मलाई जानदिनु हुन भनी फारोलाई भन्‍नुहोस् र त्यसपछि म फर्केर आउनेछु।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

म मर्न लागेको छु

"म मर्दैछु ।"

मलाई जान दिनुहोस्

मिश्रबाट कनान जाँदैछु भन्‍नु "जान" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा हो ।

फारोले जवाफ दिए

यसको अर्थ फारोका भारदारहरूले फारोसँग कुरा गरेर अहिले फारो योसेफलाई जवाफ दिदैँछन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तिमीलाई उनले शपथ खान लाएबमोजिम

"तिमीले उनीसँग शपथ खान अनुसार"

शब्द अनुवाद

Genesis 50:7

योसेफ ... गए

मिश्रबाट कनान जाँदैछु भन्‍नु "गए" वाक्‍यांश प्रयोग गर्नु सामान्‍य कुरा हो ।

सारा अधिकारीहरू ... भारदारहरू ... मुख्‍य मानिसहरू

फारोका सबै प्रमुख व्‍यक्‍तिहरू अन्त्येष्टिमा सहभागी भए ।

उनका भारदारहरू

यहाँ "घराना" ले फारोका राजकीय परिवार बुझिन्‍छ ।

मिश्रका ... योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवार

यसलाई नयाँ वाक्‍यमा अनुवाद गर्न सकिन्‍छ: "मिश्रका ... योसेफका परिवारका, तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारकाहरू पनि तिनीसँगै गए ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-events)

रथहरू

यहाँ यसले रथहरूमा चढेका मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्‍यो एउटा ठुलो मानिसहरूको समूह थियो

"त्‍यो एउटा निकै ठुलो जमघट थियो ।"

शब्द अनुवाद

Genesis 50:10

जब तिनीहरू ... आइपुगे

यहाँ "तिनीहरू" शब्‍दले अन्त्येष्टिमा सहभागी भएकाहरूलाई जनाउँछ ।

आतादको खला

सम्‍भावित अर्थहरू : १) "आताद" शब्‍दको अर्थ "काँडा" हुन्छ र यसले धेरै मात्रामा काँडाहरू उम्रिने ठाउँलाई जनाउँछ । वा २) यो खलाको मालिकको नाम पनि हुन सक्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

तिनीहरूले साह्रै अफसोस गरेर रूवाबासी गरे

"तिनीहरू अति दुःखी भए र तिनीहरूले निकै शोक गरे ।"

सात दिनसम्‍म

"७ दिन" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

आतादको खलामा

"आतादको खलामा" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ

"मिश्रीहरूको शोक ठुलो रहेछ ।"

हाबिल-मिश्रइम

अनुवादकले "हाबिल-मिश्रइम नामको अर्थ 'मिश्रको शोक' हो ।" भन्‍ने पादटिप्‍पणी थप्‍न गर्न सक्‍छन् । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 50:12

यसरी ... छोराहरू

"यसरी याकूबका छोराहरू"

यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम

"यसरी याकूबले तिनीहरूलाई निर्देशन गरेबमोजिम"

तिनका छोराहरूले तिनलाई ... पुर्‍याए

"तिनका छोराहरूले तिनको लाश ... पुर्‍याए"

मक्‍पेला

मक्‍पेला कुनै ठाउँ वा इलाकाको नाम थियो । उत्‍पत्ति-२३:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

मम्रे

यो हेब्रोन सहरको अर्को नाम थियो । यो अब्राहामको मित्र मम्रे जो त्‍यहाँ बसोबास गर्‍थ्‍यो उसको नामबाट राखिएको हुन् सक्‍छ । उत्‍पत्ति-१३:१८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

हित्ती एप्रोन

यो मानिसको नाम हो । "हित्ती"को अर्थ "हित्तीको सन्‍तान" हो । उत्‍पत्ति-२३:८ मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

योसेफ मिश्रमा फर्के

"योसेफ मिश्र फर्के ।"

तिनीसँग गएका सबै

"तिनीसँग आएका सबै"

शब्द अनुवाद

Genesis 50:15

योसेफले हामीसँग दुश्‍मनी गरेर

अर्को अनुवाद : "यदि साँच्‍चै योसेफ हामीहरूसँग अझैँसम्‍म रिसाएर" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?

कसैले आफूलाई गरेको खराबीको बदला आफै लिनुलाई यदि कुनै व्‍यक्‍तिले अर्को व्‍यक्‍तिले पाउनु पर्ने कुरा दिनु भन्‍न सकिन्‍छ । अर्को अनुवाद : "हामीले तिनलाई गरेका खराबीको बदला लिन चाहन्‍छन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो, 'तिमीहरूले योसेफलाई यसो भन, "कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर' ।"

यसमा दुई र तीन तहको भनाइ छ । यसलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : मर्नुभन्‍दा अगि तपाईंका बुबाले हामीले तपाईंलाई गरेका खराबी क्षमा दिन तपाईंलाई भन्‍नु भनी हामीलाई आज्ञा दिनुभएको थियो ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

मर्नुभन्‍दा अगि तपाईंका बुबाले यो भनेर आज्ञा दिनुभएको थियो

याकूब सबै दाजुभाइका पिता थिए । तिनका बुबा याकूबले भनेका कुरा योसेफले सुन्‍नुपर्छ भन्‍ने जोड दिन यहाँ तिनीहरूले "तपाईंका बुबा" भन्‍छन् । अर्को अनुवाद : "हाम्रा पिता मर्न अघि उहाँले भन्‍नुभयो ।"

तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर

"तिनीहरूले तिमीलाई गरेका खराबीको लागि ।"

अब

यसको अर्थ "यही समयमा" भन्‍ने होइन तर यो आउन लागेको महत्त्वपूर्ण कुरामा ध्‍यानाकर्षन गर्नलाई प्रयोग गरिएको छ ।

कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌

"तपाईंका बुबाका परमेश्‍वरका दासहरू" भनेर दाजुभाइहरूले तिनीहरू आफैलाई संकेत गर्दै छन् । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "कृपा गरी हामीहरू हाम्रा बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-123person)

उनीहरूले यति भनेपछि योसेफ रोए

"जब तिनले यो खबर सुने योसेफ रोए"

शब्द अनुवाद

Genesis 50:18

तिनका सामुन्‍ने घोप्‍टो परे

तिनीहरूले आफ्‍ना शिर जमिनतिर निहुराए । यो योसेफप्रति नम्रता र आदरको चिन्‍ह हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

के म परमेश्‍वरको स्‍थानमा छु र?

योसेफले तिनका दाजुभाइलाई ढाडस दिनलाई यो प्रश्‍न गर्छन् । अर्को अनुवाद : "म परमेश्‍वरको स्‍थानमा छैन" वा "म परमेश्‍वर होइन" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो

"तपाईंहरूले मेरो विरुद्धमा खराबी गर्ने सोच बनाउनुभयो"

परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो

"परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने सोच बनाउनुभयो"

यसकारण नडराउनुहोस्

"त्‍यसैले भयभीत नहुनुहोस्"

तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु

"तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई प्रयाप्‍त मात्रामा भोजन छ कि भनेर म सँधै निश्‍चत गर्नेछु"

यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले

"तिनले तिनीहरूसँग विनम्रतासँग बोलेर तिनीहरूलाई ढाडस दिए"

शब्द अनुवाद

Genesis 50:22

एक सय दस वर्ष

"११० वर्ष" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

एफ्राइमको पनातिसम्‍म

"एफ्राइमको छोराछोरीहरू र नातिनातिनासम्‍म" (EN-UDB)

माकीर

यो योसेफको नातिको नाम हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

तिनीहरू योसेफकै घुँडामा राखिए

यो भावको अर्थ योसेफले यी माकीरका बालबच्‍चा आफ्नै बालबच्‍चाको रूपमा अपनाए भन्‍ने हुन्‍छ । यसको अर्थ योसेफबाट तिनीहरूले विशेष उत्तराधिकार पाउनेछन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद

Genesis 50:24

अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ

उत्‍पत्ति-५०:२४ मा "तिमीहरू" ले योसेफका दाजुभाइहरूलाई जनाउँछ, तर यो तिनीहरूका सन्‍तानहरू भनेर बुझाउन पनि प्रयोग हुन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

देशमा देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ

अर्को अनुवाद : "यस देशबाट निकालेर तिमीहरूलाई त्‍यस देशमा लैजानुहुनेछ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-events)

उनीहरूले तिनको लाशमा सुगन्‍धित लेप दलेर

"सुगन्‍धित लेप दल्‍नु" मृत शरीर गाड्नु अघि संरक्षण गर्ने एउटा विशेष तरिका हो । पद ५०:१ मा "सुगन्‍धित लेप दल्‍नु"लाई तपाईंले कसरी अनुवाद गर्नुभएको छ, हेर्नुहोस् ।

तिनको ... राखे

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिनीहरूद्वारा तिनलाई ... राखियो ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

बाकसमा

"सन्‍दुकमा" यो मरेको व्‍यक्‍तिलाई राख्‍ने बाकस हो ।

शब्द अनुवाद