Genesis 49

Genesis 49 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 49:1-27.

Special concepts in this chapter
Prophecies

These statements made by Jacob to his sons are probably prophecies. These prophecies are concerned with the descendants of each of Jacob's sons who would become the twelve tribes of Israel. (See: /WA-Catalog/ne_tw?section=kt#prophet)

Other possible translation difficulties in this chapter
"The scepter will not depart from Judah"

This prophecy indicates Judah will be the ruling tribe of Israel. The future kings of Israel all come from the tribe of Judah. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

"I buried Leah"

Since Moses wrote the book of Genesis, this is an editorial comment he makes in the text as the narrator.

<< | >>

Genesis 49:1

सामान्‍य जानकारी:

यहाँबाट याकूबले आफ्‍ना छोराहरूलाई अन्‍तिम आशिर्वाद दिन सुरू गर्छन् । यो उत्‍पत्ति-४९:२७ निरन्तरसम्‍म रहन्‍छ । याकूबका आशिष‍्हरू कविताको शैलीमा लेखिएका छन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#writing-poetry)

हे याकूबका छोरा हो, जम्‍मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन

दुवै वाक्‍यहरूले एउटै कुरामा जोड दिन्‍छ । अर्को अनुवाद : "आओ र तिमीहरूका पिताको कुरा ध्‍यान दिएर सुन ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

हे याकूबका छोरा हो, ... तिमीहरूका बुबा इस्राएलका कुरा सुन

याकूबले आफैलाई तृतीय पुरूषमा संवोधन गरेका छन् । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "म तिमीहरूका पिता छोराहरूको कुरा सुन" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-123person)

शब्द अनुवाद

Genesis 49:3

तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरू

"मेरो जेठो छोरो, मेरो शक्ति" र "मेरो बलको सुरू" वाक्‍यांशको अर्थ एउटै हो । "शक्ति" र "बल" शब्‍दले याकूबको सन्‍तान जन्‍माउन सक्‍ने क्षमता जनाउँछ । "जेठो छोरो" र "सुरू" को अर्थ रूबेन उनको पहिलो सन्‍तान हो । अर्को अनुवाद : "म बुवा हुँदाको मेरो पहिलो सन्‍तान ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

गौरव र शक्तिमा उत्कृष्ट

यसलाई नयाँ वाक्‍य जसरी लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "सम्मान र शक्तिमा पहिलो" वा "सम्मान र शक्तिमा तैँले सबैलाई उछिनिस् ।"

बग्‍ने पानीजस्‍तो चञ्‍चल

रूबेनले आफ्‍नो रिस नियन्‍त्रण गर्न सक्‍दैनन् र स्‍थिर रहन सक्‍दैनन् भन्‍ने कुरालाई जोड दिन याकूब तिनलाई बलियो छालको पानीसँग तुलना गर्छन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-simile)

तेरो प्रतिष्‍ठा रहनेछैन्

"तेरा भाइहरूका बिचमा तँ प्रथम हुनेछैनस् ।"

किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌

यहाँ "ओछ्यान" र "पलङ्ग" ले याकूबकी उपपत्‍नी बिल्‍हालाई जनाउँछ । रूबेनले बिल्‍हासँग सुतेको कुरालाई याकूबले जनाउँदै छन् । (उत्‍पत्ति-३५:२२ मा हेर्नुहोस् ।) अर्को अनुवाद : "किनकि तँ मेरो ओछ्यानमा चढिस् र मेरी उपपत्‍नी बिल्‍हासँग सुतिस् । तैले मलाई लज्‍जित तुल्‍याएको छस् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तँ तेरा बुबाको ओछ्यानमा चढिस् ... तँ मेरो पलङ्गमा चढ़िस्‌

दुवै भनाइको अर्थ एउटै हो । (हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

शब्द अनुवाद

Genesis 49:5

शिमियोन र लेवी दाजुभाइ हुन्

यसको अर्थ तिनीहरू केवल जन्‍मजात दाजुभाइ मात्र हुन् भन्‍न खोजिएको होइन । शेकेमका मानिसहरूलाई तिनीहरूसँगै मिलेर मारे भनेर याकूबले जोड दिइरहेका छन् ।

हिंसाका हतियारहरू नै तिनीहरूका तरवारहरू हुन्

"तिनीहरूले मानिसहरूलाई चोट पुर्‍याउन र मार्न तिनीहरूका तरवारहरू चलाउँछन् ।"

ए मेरो प्राण ... मेरो हृदयमा

याकूबले "प्राण" र "हृदय" शब्‍दहरू आफैलाई जनाउन प्रयोग गरेका हुन् । अरू मानिसहरू र सायद परमेश्‍वरले पनि उनलाई यति उच्‍च पार्नुहुन्‍छ कि दुष्‍ट योजनाहरू रच्‍नेहरूसँग उनी सामेल हुन् चाँहेनन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस्

यी दुई वाक्‍यांशहरूको मूल रूपमा अर्थ एउटै हो । याकूब आफू तिनीहरूका दुष्‍ट योजनाहरूमा सहभागी हुन नचाहनुलाई जोड दिन यी वाक्‍यांश मिलाउँछन् । अर्को अनुवाद : "म कदापि कुनै योजनाहरू रच्‍न तिनीहरूसँग मिल्‍नेछैन ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

तिनीहरूले ... गोरूहरूका ढोडनसा काटेका छन्‌

यसले शिमियोन र लेवीले केवल मनोरञ्‍जनको निम्ति गोरूहरूलाई लङ्गडो पारेको जनाउँछ ।

ढोडनसा काटेका

यसले गाईबस्‍तु हिड्न नसक्‍ने गरि खुट्टाको नसा काटिनुलाई जनाउँछ ।

शब्द अनुवाद

Genesis 49:7

तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ र तिनीहरूको क्रोध ... किनकि त्‍यो निष्‍ठुर छ ।

परमेश्‍वरले शिमियोन र लेवीलाई श्राप दिनुभएकोलाई यसरी लेखिएको छ कि मानौँ परमेश्‍वरले तिनीहरूको रिस र क्रोधलाई सराप्‍दै हुनुहुन्‍थ्‍यो । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "परमेश्‍वरले भन्‍नुभयो, " तिनीहरूको भयानक रिस र निर्दय क्रोधको कारण म तिनीहरूलाई श्राप दिनेछु ।" वा "म, परमेश्‍वर तिनीहरूको भयानक रिस र निष्‍ठुर क्रोधको कारण म तिनीहरूलाई श्राप दिनेछु ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor/WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

तिनीहरूको रिस श्रापित् होस्

अगमवाणीमा, अगमवक्‍ताले परमेश्‍वरको वचन यसरी बोल्‍छन् कि मानौँ परमेश्‍वर स्‍वयम् बोलिरहनुभएको थियो । यसले अगमवक्‍ता र परमेश्‍वर कसरी घनिष्‍ठ थिए भन्‍ने कुरामा जोड दिन्‍छ ।

तिनीहरूको क्रोध, ... किनकि त्‍यो निष्‍ठुर छ

"म श्राप दिनेछु" वाक्‍यांश बुझ्‍न सकिन्‍छ । अर्को अनुवाद : "म तिनीहरूको क्रोधलाई श्राप दिनेछु किनकि त्‍यो निष्‍ठुर थियो ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु र इस्राएलमा तितरबितर पार्नेछु ।

यहाँ "म" शब्‍दले परमेश्‍वरलाई जनाउँछ । "तिनीहरू" शब्‍दले शिमियोन र लेवीलाई जनाउँछ तर तिनीहरू लाक्षण हुन्, जसले तिनीहरूका सन्‍तानहरूलाई जनाउँछ । "याकूब" र "इस्राएल" शब्‍द इस्राएलका सबै मानिसहरूलाई जनाउने लाक्षण हो । अर्को अनुवाद : " तिनीहरूका सन्‍तानहरूलाई म विभाजन गर्नेछु र तिनीहरूलाई इस्राएलका मानिसहरू माझमा तितरबितर पार्नेछु ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

शब्द अनुवाद

Genesis 49:8

तेरा दाजुभाइहरूले तेरा प्रशंसा गर्नेछन् .... तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌

यी दुई भनाइहरूको अर्थ एउटै हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

तेरो प्रशंसा गर्नेछन् । तेरा हात

दोस्रो वाक्‍यले पहिलो वाक्‍यको कारण बारे बताउँछ । यसलाई स्पष्ट पार्न "किनकि" वा "किनभने" थप्‍न सकिन्‍छ । अर्को अनुवाद : "तेरो प्रशंसा गर्नेछन् । किनकि तेरा हात" वा "तेरो प्रशंसा गर्नेछन् किनकि तेरा हात"( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#writing-connectingwords)

तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन्

"तैँले तेरा शत्रुहरूलाई जित्‍नेछस् ।" भन्‍ने यो एउटा तरिका हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

निहुरिनेछन्‌

यसको अर्थ कसैको अगि नम्रतापूर्वक इज्‍जत र आदर व्‍यक्‍त गरेर निहुरनु हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

शब्द अनुवाद

Genesis 49:9

यहूदा सिंहको डमरु हो

याकूबले यहूदाको बारेमा यसरी बोल्‍छन् कि मानौँ तिनी सिंहको डमरु थिए । याकूब यहूदाको बललाई जोड दिदैँ छन् । अर्को अनुवाद : "यहूदा सिंहको डमरु जस्‍तै हो ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्च भएको छस्

"ए मेरो छोरो, तँ तेरो शिकार खाएर फर्केको छस् ।"

सिंहनीझैँ

याकूबले यहूदालाई सिंहनीसँग पनि तुलना गर्छन् । सिंहनी आफ्‍नो डमरूहरूका निम्ति मुख्‍य सिकारी र संरक्षक हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-simile)

कसले त्‍यसलाई उठाउने आँट गर्छ?

याकूबले यहूदा अरू मानिसहरूका निम्ति कति डरलाग्दो छन् भन्‍ने जोड दिन यो प्रश्‍न गर्छन् । अर्को अनुवाद : "कोही तिनलाई उठाउन चाँहदैनन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

शब्द अनुवाद

Genesis 49:10

यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ

"राजदण्‍ड" र "लाठी" राजाले बोक्‍ने लामो सिङ्गारिएको लठ्ठी हो । यहाँ तिनीहरू लाक्षणाहरू हुन् जसले राज्‍य गर्ने शक्‍तिलाई जनाउँछ । अनि "यहूदा" ले तिनका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद: "राज्‍य गर्ने शक्‍ति सधैँभरि यहूदाका सन्‍तानहरूसँग हुनेछ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । जातिहरूले उहाँको आज्ञा मान्‍नेछन्

धेरै मानिसहरूले यो मसीहको बारेमा अगमवाणी हो भनी विचार गर्छन्, जो दाऊद राजाको सन्‍तान हुनुहुन्‍छ । दाऊद यहूदाको सन्‍तान हुन् ।

जातिहरूले उहाँको आज्ञा मान्‍नेछन्

यहाँ "जातिहरू" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद : "जातिहरूका मानिसहरूले उहाँको आज्ञा मान्‍नेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 49:11

त्‍यसको गधालाई दाखको बोटमा ... उत्तम जातको हाँगामा

दुवै भनाइहरूको अर्थ एउटै हो । दाखको बोट दाखहरूले यति भरिएको थियो कि त्‍यसको मालिकको गधाले त्‍यसबाट केही खाएपनि उनले केही मतलब गर्दैनन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-parallelism/WA-Catalog/ne_tm?section=translate#figs-explicit)

त्‍यसको ... त्‍यसले

यहाँ भएका सबै "त्‍यसको" वा "त्‍यसले" को सम्‍भावनार्थक अर्थहरू हुन् : १) तिनीहरूले यहूदाको सन्‍तानहरू जनाउँछ ।अर्को अनुवाद : "तिनीहरूका ... "तिनीहरूले" वा २) उत्‍पत्ति-४९:१० मा तिनीहरूले शासकलाई जनाउँछ, जसले मसीहलाई संकेत गर्छ ।

त्‍यसले आफ्‍ना लुगाहरू ... अङ्‌गुरको रसमा धुनेछ

दुवै भनाइहरूको अर्थ एउटै हो । यहाँ धेरै दाखहरू छन् कि तिनीहरूले तिनीहरूका लुगाहरू अङ्‌गुरको रसमा धुन सक्‍छन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-parallelism/WA-Catalog/ne_tm?section=translate#figs-explicit)

त्‍यसले ... धुनेछ

प्रायजसो अगमवाणीमा भविष्‍यमा हुने घटनाहरूलाई पहिले नै भएको जसरी वर्णन गरिन्‍छ । यसले यो घटना निश्‍चय नै हुनेछ भन्‍ने कुरामा जोड दिन्‍छ अर्को अनुवाद : "तिनीहरूले धुनेछन् । "वा "तिनले धुनेछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-pastforfuture)

अङ्‌गुरको रस

यसले अङ्गुरको रस बारे बताउँछ मानौँ त्यो रगत थियो । यसले रस कति रातो छ भन्‍ने कुरामा जोड दिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्‍यसका आँखा दाखमद्यजस्तै गाढा ... हुनेछन्‌

यसले व्‍यक्‍तिको आँखाको रङ्गलाई दाखमद्यको रातो रङ्गको रूपमा जनाउँछ । सम्‍भावित अर्थहरू: १) गाढा आँखाले स्‍वस्‍थ आँखालाई जनाउँछ । वा २) धेरै मात्रामा दाखमद्य पिएका कारण मानिसहरूका आँखा राता हुनेछन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-simile/WA-Catalog/ne_tm?section=translate#figs-explicit)

त्‍यसका दाँत दुधजस्ता सेता

यसले व्‍यक्‍तिको दाँतको रङ्गलाई सेतो दूधसँग तुलना गर्छ । यसले तिनीहरूले प्रशस्‍तै मात्रामा दूध पिउन पाउने गरि त्‍यहाँ धेरै स्वस्थ गाईहरू हुनेछन् भन्‍ने जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-simile/WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 49:13

जबूलून ... बस्‍नेछ

यसले जबूलूनका सन्‍तानहरूलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्‍यो बन्‍दरगाह हुनेछ

यहाँ "त्‍यो" ले जबूलूनका मानिसहरू बसोबास गर्ने वा बनाउने समुद्रि सहरहरू जनाउँछ । यी सहरहरूले जहाजहरूको निम्ति आश्रय दिने‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

बन्‍दरगाह

जमिनको छेउमा हुने समुद्रिको भाग जुन जहाजहरूको निम्ति सुरक्षित ठाउँ हो ।

शब्द अनुवाद

Genesis 49:14

इस्‍साखार ... बलियो गधा हो

याकूबले इस्‍साखार र तिनका सन्‍तानहरूको बारेमा यसरी बताउँछन् कि मानौँ तिनीहरू गधा हुन् । तिनीहरूले कडा परिश्रम गर्नेछन् भन्‍ने कुरामा यसले जोड दिन्‍छ । अर्को अनुवाद : "इस्‍साखारका सन्‍तानहरू बलिया गधाझैँ हुनेछन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

इस्‍साखार ... हो

प्रायजसो अगमवाणीमा भविष्‍यमा हुने घटनाहरूलाई पहिले नै भएको जसरी वर्णन गरिन्‍छ । यसले यो घटना निश्‍चय नै हुनेछ भन्‍ने कुरामा जोड दिन्‍छ । यसलाई भविष्‍यत् कालमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "इस्‍साखार ... हुनेछ ।" वा "इस्‍साखारका सन्‍तानहरू ... हुनेछन् ।"

इस्‍साखार ... देख्‍छ ... बन्‍नेछ

यहाँ "इस्‍साखार" लाक्षण हो जसले तिनका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "इस्‍साखारका सन्‍तानहरू … जसले देख्‍छन् । तिनीहरू ... बन्‍नेछन्" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

भारीहरूका बिचमा लेटिरहने

सम्‍भावित अर्थहरू : १) "तिनीहरूले बोकिरहेका भारीहरूका बिचमा लेटिरहेका ।" वा २) "दुईवटा भेडावाट गोठको बिचमा लेटिरहने" जुनसुकै तरिकामा पनि, याकूबले इस्‍साखारका सन्‍तानहरूको बारेमा यसरी भन्‍छन् मानौँ तिनीहरू गधाहरू हुन जसले कडा परिश्रम गरेर बिश्राम लिन लेटिरहेका छन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

असल विश्रामको ठाउँ र रमाइलो देश

"विश्रामको ठाउँ जुन असल छ र देश जुन रमाइलो छ ।"

त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ

"भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउँछ ।" वाक्‍यांश "भारी बोक्‍नलाई निकै परिश्रम गर्छ ।" भन्‍ने एउटा तरिका हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

काम गर्ने नोकर बन्‍नेछ

"अरूहरूको निम्ति कमारा सरह काम गर्नेछ ।"

शब्द अनुवाद

Genesis 49:16

दानले आफ्ना मानिसहरूको न्‍याय गर्नेछ

यहाँ "दान" ले तिनका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "दानका सन्‍तानहरूले आफ्‍ना मानिसहरूको न्‍याय गर्नेछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

आफ्‍ना मानिसहरूको

"आफ्‍ना मानिसहरू" का निम्ति सम्‍भावित अर्थहरू : १) "दानका मानिसहरू" वा २) "इस्राएलका मानिसहरू"

दान बाटोको छेउमा भएको एउटा सर्प ... हुनेछ

याकूब दान र तिनका सन्‍तानहरूका बारेमा यसरी बताउँछ कि मानौँ तिनीहरू सर्प थिए । सर्प सानो भएतापनि, घोडचढीलाई त्‍यसको घोडाबाट पछिल्‍तिर लडाउन सक्‍छ । त्‍यसैले दान सानो कुल भएतापनि, त्‍यसको शत्रुहरूका निम्ति खतरनाक छ । अर्को अनुवाद : "दानको सन्‍तानहरू बाटोको छेउमा भएको सर्पझैँ हुनेछन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु

भाववाचक नाम "उद्धार" लाई " बचाउनु" भनी अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "हे परमप्रभु, मलाई बचाउन होस् भनी म तपाईलाई पर्खिन्‍छु"

म ... प्रतीक्षा गर्छु

"म" शब्‍दले याकूबलाई जनाउँछ ।

शब्द अनुवाद

Genesis 49:19

गाद ... आशेर ... नप्‍ताली

यसले प्रत्‍येक मानिसको सन्‍तानहरूलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिनीहरूको कुर्कुच्चामा

यहाँ " कुर्कुच्चा" ले गादका सन्‍तानहरूदेखि भाग्‍दै गरेका आक्रमणकारीलाई जनाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

अनाज प्रशस्त हुनेछ

यहाँ "प्रशस्त" चाँहि "स्‍वादिष्‍ट" भन्‍ने एउटा तरिका हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

नप्‍ताली ... फुकाइएकी मुडुली-मृग हो

याकूबले नप्‍तालीका सन्‍तानहरूको बारेमा यसरी भनेका छन् कि मानौँ तिनीहरू दैडन् स्‍वतन्‍त्र मृगिनी थिए । तिनीहरू तेज कुद्‍ने समाचारवाहक हुनेछन् भनी यसले जोड दिन्‍छ । अर्को अनुवाद : "नप्‍तालीका सन्‍तानहरू स्‍वतन्‍त्र मृगझैँ हुन् ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सुन्दर पाठापाठी पाउने

"पाठापाठी" मृगको बच्‍चा हो । यसको हिब्रु शब्‍दको अर्थ अस्पष्ट छ । केही संस्करणहरूले यसलाई "सुन्दर शब्‍दहरू हुने" वा "राम्रो कुराहरू बोल्‍ने" भनी अनुवाद गर्छन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद

Genesis 49:22

योसेफ एउटा फलवन्त लहरा हो

यहाँ "योसेफ" metonym हो जसले तिनका सन्‍तानहरूलाई जनाउँछ । योसेफले तिनीहरूका बारेमा यसरी भन्‍छन् कि मानौँ तिनीहरू धेरै फल फलाउने रूखका हाँगाहरू हुन् । तिनीहरू धेरै सङ्ख्‍यामा बढ्नेछन् भनी यसले जोड दिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

लहरा

रूखको एउटा महत्त्वपूर्ण हाँगा

जसका हाँगाहरू पर्खालमाथि फैलिन्‍छन्‌

बढेर पर्खालमाथि फैलिएको हाँगाहरूको बारेमा यसरी भनिएको छ कि मानौँ तिनीहरू फैलिदैँछन् भन्‍न सकिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद

Genesis 49:24

सामान्‍य जानकारी

याकूबले योसेफ र तिनका सन्‍तानहरूलाई आशिष् दिनलाई निरन्तर दिन्‍छन् ।

त्‍यसको धनु स्थिर रहनेछ

धनुलाई स्थिर रूपमा समाउँदै गरेको व्‍यक्‍तिको बारेमा यसरी लेखिएको छ कि मानौँ धनु आफै स्थिर रहनेछ । त्‍यसले आफ्‍नो निशाना त्‍यसको शत्रुलाई बनाएकोले त्‍यसले आफ्‍नो धनु स्‍थिर समाइराखेको छ भन्‍ने जनाउँछ । अर्को अनुवाद : "त्‍यसले आफ्‍नो निशाना त्‍यसको शत्रुलाई बनाएको हुनाले त्‍यसले आफ्‍नो धनु स्‍थिर समात्‍नेछ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-explicit)

त्‍यसको धनु ... त्‍यसका हातहरू

यहाँ "त्‍यसको" ले योसेफलाई जनाउँछ जसले उनका सन्‍तानहरूको प्रतिनिधित्व गर्छ । अर्को अनुवाद : "तिनीहरूका धनु ... तिनीहरूका हातहरू" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्‍यसका हातहरू सिपालु हुनेछन्

यहाँ "हातहरू" ले व्‍यक्‍तिको बाहुलाई जनाउँछ किनकि त्‍यसले आफ्‍नो धनु स्‍थिर रूपमा समाउँदै छ । अर्को अनुवाद : "त्‍यसको बाहु बलियो हुनेछ किनकि त्‍यसले आफ्‍नो धनु ताक्छ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

शक्तिशाली परमेश्‍वरका हात

"हात" ले परमप्रभुको शक्ति व्‍यक्‍त गर्दैछ । अर्को अनुवाद : "सर्वशक्तिमान‍्को शक्ति" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्‍यसका हातहरू सिपालु हुनेछन्

यहाँ "हातहरू" ले व्‍यक्‍तिको बाहुलाई जनाउँछ किनकि त्‍यसले आफ्‍नो धनु स्‍थिर रूपमा समाउँदै छ । अर्को अनुवाद : "त्‍यसको बाहु बलियो हुनेछ किनकि त्‍यसले आफ्‍नो धनु ताक्छ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

गोठाला

याकूबले परमप्रभुको बारेमा यसरी भन्‍छन् मानौँ उहाँ "गोठाला" हुनुहुन्‍थ्‍यो । यसले परमप्रभुले आफ्‍ना मानिसहरूलाई मार्ग निर्देशन र रक्षा गर्नुहुन्‍छ भन्‍ने कुरामा जोड दिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

चट्टान

याकूब परमप्रभुको बारेमा यसरी भन्‍छन् मानौँ उहाँ चट्टान हुनुहुन्‍छ जसमाथि मानिसहरू आफ्‍ना शत्रुहरूबाट सुरक्षित हुन चढ्न सक्‍छन् । परमप्रभुले आफ्‍ना मानिसहरूलाई रक्षा गर्नुहुन्‍छ भन्‍ने कुरामा यसले जोड दिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद

Genesis 49:25

सामान्‍य जानकारी

याकूबले योसेफ र तिनका सन्‍तानहरूलाई आशिष् दिनलाई निरन्तर दिन्‍छन् । ( हेर्नुहोस् : Genesis 49:22-23)

तँलाई सहायता गर्नुहुन्‍छ ... आशिषित् तुल्याउनुहुनेछ

यहाँ "तँलाई" ले योसेफलाई संकेत गर्छ जसले तिनका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद : "तेरा सन्‍तानहरूलाई सहायता गर्नुहुन्‍छ ... तिनीहरूलाई आशिषित् तुल्याउनुहुनेछ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

स्‍वर्गका आशिष्‌हरू

यहाँ "स्‍वर्ग" ले झरीको संकेत गर्छ जसले बाली बढ्न मद्दत गर्छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तल अगाधका आशिष्‌हरू

यहाँ "अगाध" ले मुनिको पानीलाई जनाउँछ जसले खोलानाला र इनारमा पानी दिन्‍छ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

स्‍तन र गर्भका आशिष्‌हरूले

यहाँ "स्‍तन र गर्भ" ले आमाको सन्‍तान जन्‍माउन सक्‍ने र तिनीहरूलाई दूध खुवाउन सक्‍ने क्षमता बुझाउँछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 49:26

सामान्‍य जानकारी

याकूबले योसेफ र तिनका सन्‍तानहरूलाई आशिष् दिनलाई निरन्तर दिन्‍छन् ।

प्राचीन पहाडहरू

यसको मूल भाषाको अर्थ निश्‍चत छैन । केही बाइबल अनुवादहरूमा "प्राचीन पहाडहरू" को सट्टामा "मेरा पूर्खाहरू" दिइएको छ ।

ती सबै योसेफको शिरमा होऊन्

यहाँ "ती" ले तिनका बुबाको आशिर्वादहरू जनाउँ‍छ ।

त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरमा पनि

यी आशिष‍्हरू तिनका सन्‍तानहरूका प्रधानमा पनि सरोस भन्‍ने याकूबले इच्‍छा गरे । अर्को अनुवाद: "योसेफका सन्‍तानहरूका प्रधानको शिरमा" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधान

"त्‍यसका दाजुभाइहरूमध्‍येका प्रमुख"

शब्द अनुवाद

Genesis 49:27

बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो

यहाँ "बेन्‍यामीन" लाक्षणा हो जसले तिनका सन्‍तानहरूलाई जनाउँछ । याकूब बेन्‍यामीनका सन्‍तानहरूका बारेमा यसरी भन्‍छन् कि मानौँ तिनीहरू भोका ब्‍वाँसाहरू थिए । यसले तिनीहरू भयानक योद्धाहरू हुनेछन् भन्‍ने कुरामा जोड दिन्‍छ । अर्को अनुवाद :"बेन्‍यामीनका सन्‍तानहरू भोका ब्‍वाँसाहरूझैँ हुनेछन् ।" ( हेर्नुहोस् :: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद

Genesis 49:28

यी इस्राएलका बाह्र कुल हुन्‌

"यी" ले उत्‍पत्ति-४९:१-२७ मा उल्लेख गरिएका याकूबका छोराहरूलाई जनाउँछ । प्रत्‍येक छोरा त्‍यसको आफ्‍नै कुलको अगुवा भए ।

तिनीहरूलाई आशीर्वाद दिँदा

यहाँ "आशिर्वाद दिए" शब्‍दले बोलिएका औपचारिक आशिष‍्हरू जनाउँछ ।

प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए

"तिनले प्रत्‍येक छोरालाई उपयुक्त आशिर्वाद दिए ।"

तिनले तिनीहरूलाई यो आज्ञा दिएर

"उनले तिनीहरूलाई निर्देशन दिएर ।"

म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु

तिनी मर्न लागेका छन् भन्‍ने यो नम्र तरिका हो । अर्को अनुवाद : "म मर्न लागेको छु ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-euphemism and /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मेरा मानिसहरूकहाँ मिल्‍न जान

तिनी मरेपछि तिनको भित्री मनुष्‍वत्त कहाँ जानेछ भनी याकूब बताउँदै छन् । मृत्‍युपछि उनले अब्राहाम र इसहाकसँग मिल्‍ने आशा गर्छन् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-euphemism/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

हित्ती एप्रोन

यो मानिसको नाम हो । "हित्ती" को अर्थ "हित्तीको सन्‍तान" हो । उत्‍पत्ति-२३:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

मक्‍पेला

मक्‍पेला क्षेत्र वा इलाकको नाम थियो । उत्‍पत्ति-२३:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

मम्रे नेर

यो हेब्रोन सहरको अर्को नाम थियो । यो अब्राहामको मित्र मम्रेनेर जो त्‍यहाँ बसोबास गर्‍थ्‍यो उसको नामबाट राखिएको हुन् सक्‍छ । उत्‍पत्ति-१३:१८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 49:31

सामान्‍य जानकारी

याकूबले तिनका छोराहरूसँग बोल्‍न निरन्तरता दिन्‍छन् ।

त्‍यो ... किनिएको थियो

किनिएको थियो भन्‍ने कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "त्‍यो ... अब्राहामबाट किनेको ठाउँमा" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

हित्तीहरूको हातबाट

"हित्तीहरूबाट"

छोराहरूलाई यो आज्ञा दिइसकेपछि

"तिनका छोराहरूलाई निर्देशन दिइसकेपछि" वा "तिनका छोराहरूलाई आज्ञा दिइसकेपछि"

आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर

याकूब ओछ्यानमा बसिरहेका थिए । त्‍यसपछि याकूबले आफ‍नो खुट्टा ओछ्यानमा राखे ताकि तिनले खुट्टा पसार्न सकून् ।

आफ्‍नो प्राण त्‍यागे

कुनै व्‍यक्‍ति मरे भन्‍ने यो नम्र तरिका हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए

याकूबको मृत्‍युपछि, तिनको भित्री मनुष्‍वत्त तिनीभन्‍दा अघि मरेका तिनका आफन्तहरू जएका ठाउँमा गयो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-euphemism/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

शब्द अनुवाद