Genesis 33

Genesis 33 General Notes

Special concepts in this chapter
Jacob's fear

Jacob feared his brother. He showed Esau great respect and sought to protect his family from Esau's power. He did not fear and trust Yahweh. (See: /WA-Catalog/ne_tw?section=kt#fear and /WA-Catalog/ne_tw?section=kt#trust)

Favoritism

Jacob showed favoritism towards Rachel and Joseph. He arranged the family according to those he loved the most. Rachel and Joseph were the most protected from a potential attack by Esau. He would have rather had everyone else die, in order to spare their lives. (See: /WA-Catalog/ne_tw?section=kt#favor and /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

<< | >>

Genesis 33:1

चार सय मानिस

"४०० मानिस" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

तिनले आफ्ना छोराछोरीहरूलाई ... कमारीको बिचमा विभाजन गरे

यसको अर्थ प्रत्येक स्‍त्रीसँग बराबर संख्‍यामा छोराछोरीहरू रहून् भनेर याकूबले आफ्ना छोराछोरीहरूलाई विभाजन गरेको भन्‍ने होइन । याकूबले छोराछोरीहरू प्रत्येक आफ्नी आमासँग जानेगरी विभाजन गरे । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

कमारीहरू

"उप-पत्‍नीहरू" यसले बिल्हा र जिल्पालाई जनाउँछ ।

तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए

यहाँ " आफैचाहिँ" ले याकूब अरुहरू भन्दा अगि एक्लै गए भन्‍ने कुरालाई जोड दिन्छ ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rpronouns)

तिनले ... शिर निहुर्‍याउँदै

यहाँ "निहुर्‍याउँदै" भन्‍ने शब्दले कसैको सामु नम्रतापूर्वक झुकेर सम्‍मान र आदर व्‍यक्त गर्ने अर्थ लाग्छ ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

शब्द अनुवाद

Genesis 33:4

याकूबलाई भेट्न

"याकूबलाई भेट्न"

अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे

यसलाई नयाँ वाक्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "एसावले याकूबलाई अङ्गालोमा बाँधे,अङ्कमाल गरे र चुम्बन गरे । "

त्यसपछि तिनीहरू रोए

यसलाई अझै स्पष्‍टसँग अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "त्यसपछि एसाव र याकूब रोए किनभने तिनीहरू एक-अर्कालाई फेरि भेटेर ज्‍यादै खुशी थिए ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तिनले स्‍त्रीहरू र केटाकेटीहरूलाई देखे

"तिनले याकूबसँग भएका स्‍त्रीहरू र केटाकेटीहरूलाई देखे ।"

तपाईंका दासलाई परमेश्‍वरले अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन्

"तपाईंका दास" वाक्यांशले याकूबले आफैलाई नम्र तरिकाले प्रस्तुत गरेको जनाउँछ । अर्को अनुवादः यी परमेश्‍वरले तपाईंका दासलाई अनुग्रहसाथ दिनुभएका छोराछोरीहरू हुन् ।"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)

शब्द अनुवाद

Genesis 33:6

कमारीहरू

"उप-पत्‍नीहरू" यसले बिल्हा र जिल्पालाई जनाउँछ ।

ढोग गरे

यो कुनै व्‍यक्तिसामु गरिने नम्रता र आदरको चिन्ह हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

मैले भेटेका यी सबै दलको अर्थ के हो?

"यी सबै दल" वाक्यांशले याकूबले एसावलाई उपहार दिन पठाएका सेवकहरूका समूहहरूलाई जनाउँछ । अर्को अनुवादः "मलाई भेट्न तिमीले ती विभिन्‍न दलहरू किन पठायौ?"

मेरा मालिकको द‍ृष्‍टिमा निगाह प्राप्त गर्नलाई हो

यहाँ "द‍ृष्‍टि" ले कुनै व्‍यक्तिको सोच वा विचारलाई जनाउँछ । अर्को अनुवादः "ताकि तपाईं, मेरा मालिक मदेखि प्रशन्‍न हुनुभएको होस् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom/WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

मेरा मालिक

"मेरा मालिक" वाक्यांशले एसावलाई नम्रतापूर्वक सम्बोधन गरेको तरिकालाई जनाउँछ ।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)

शब्द अनुवाद

Genesis 33:9

मसित प्रशस्त छ

यसले "पशुहरू" वा "सम्‍पत्ति" लाई बुझाउँछ । अर्को अनुवादः मसित प्रशस्त पशुहरू छन् ।"( EN-UDB)वा "मसित प्रशस्त सम्‍पत्ति छ ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

मैले तपाईंको द‍ृष्‍टिमा निगाह पाएको छु भने

यहाँ "द‍ृष्‍टि" ले कुनै व्‍यक्तिको सोच वा विचारलाई जनाउँछ । अर्को अनुवादः "ताकि तपाईं, मेरा मालिक मदेखि प्रशन्‍न हुनुभएको होस् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom and /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

मेरो हातबाट उपहार

यहाँ "हात" ले याकूबलाई जना ।अर्को अनुवादः "यो उपहार जुन म तपाईंलाई दिंदैछु ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्‍वरको मुहार देखेजस्तै भएको छ

यो उपमाको अर्थ अस्‍पष्‍ट छ । सम्भावित अर्थहरू : १) परमेश्‍वरले तिनलाई क्षमा गर्नुभएजस्तै एसावले तिनलाई क्षमा गरेकोमा याकूब खुशी छ । वा २) परमेश्‍वरलाई देख्दा अचम्म लागेजस्‍तै याकूब आफ्ना दाजुलाई फेरि देखेर अचम्मित हुन्छन् । वा ३) याकूब परमेश्‍वरको उपस्थितिमा नम्र भएजस्तै एसावको उपस्थितिमा नम्र भएका छन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-simile)

मैले तपाईंको मुहार देखेको छु,

यहाँ "मुहार" ले एसावलाई जनाउँछ । यहाँ "मुहार" भनेर अनुवाद गर्नु सबैभन्दा राम्रो हुन्छ किनभने यहाँ "परमेश्‍वरको मुहार" सँगै "मुहार" शब्दको महत्‍व छ ।

तपाईंको लागि ल्याइएको

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ ।अर्को अनुवादः "मेरा सेवकहरूले तपाईंकहाँ ल्याएका"।( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

परमेश्‍वरले मसित अनुग्रहसाथ व्यवहार गर्नुभएको छ

"परमेश्‍वरले मसित धेरै राम्रो व्‍यवहार गर्नुभ‍एको छ ।" वा "परमेश्‍वरले मलाई धेरै आशिष् दिनुभएको छ ।"

यसरी याकूबले बिन्ती गरेपछि एसावले त्यसलाई स्वीकार गरे

पहिले उपहारलाई इन्कार गर्नु र त्यसपछि दिने मानिस अपमानित हुनु अगाडि उपहार स्‍वीकार गर्नु संस्‍कार थियो ।

शब्द अनुवाद

Genesis 33:12

मेरा मालिकलाई थाहै छ

यो एसावलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "तपाईं, मेरा मालिक, जान्‍नुहुन्छ" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)

यी केटाकेटीहरू सानै छन्

यसको अर्थ अझ स्‍पष्‍टसँग लेख्‍न सकिन्छ ।अर्को अनुवादः "छिटो यात्रा गर्न केटाकेटीहरू सानै छन् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने

यो कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः यदि हामीले उनीहरूलाई एक दिन पनि छिटो हिँड्न लगायौँ भने" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस्

यो याकूबले आफैलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "मेरा मालिक, म तपाईंको दास हुँ। कृपया मभन्दा अगि जानुहोस् ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person)

म गाईबस्तुको चाल ... हिँड्नेछु

"मैले हेरचाह गरिरहेका पशुहरू जान सक्‍ने गतिमा"

सेइर

यो एदोम क्षेत्रको हिमाली भाग हो । उत्पत्ति ३२: ३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद

Genesis 33:15

किन त्यसो गर्ने?

एसावले मानिसहरूलाई छोड्नुपर्दैन भन्‍ने कुरामा जोड दिनको लागि याकूब यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "त्‍यसो नगर्नुहोस् !" वा "तपाईंले त्‍यसो गर्न आवश्‍यक छैन !"( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मेरा मालिक

यो एसावलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "तपाईं, मेरा मालिक" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-123person).

सुक्‍कोत

अनुवादकहरूले "सुक्‍कोत नाउँको अर्थ 'बास बस्‍ने ठाउँहरू' हो ।"भनी पादटिप्पणीमा थप्‍न सक्छन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

तिनले डेरा हाले

यसले तिनले आफ्ना परिवारको निम्ति पनि डेरा हाले भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "आफ्नो लागि र आफ्नो परिवारको लागि डेरा हाले ।" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

आफ्ना गाईबस्तुहरूका निम्ति

"तिनले हेरचाह गर्ने पशुहरूका लागि"

शब्द अनुवाद

Genesis 33:18

सामान्‍य जानकारी

यसले कथाको नयाँ भाग सुरु गर्छ ।याकूबले सुक्‍कोतमा विश्राम गरेपछि के गरे भनी लेखक वर्णन गर्छन् ।

याकूब पद्दन-आरामबाट आउँदा

"याकूबले पद्दन-आराम छोडेपछि"

तिनी ... आइपुगे ... तिनले ... पाल टाँगे ।

यसले याकूबलाई मात्र उल्लेख गर्छ किनभने तिनी परिवारको अगुवा हुन् ।यसले तिनको परिवार तिनीसँग रहेको संकेत गर्छ । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

तिनले ... नजिकै पाल टाँगे

"तिनले नजिकै आफ्ना पाल लगाए ।"

एउटा जग्गा

"जमीनको एक टुक्रा"

हमोर

यो एउटा पुरुषको नाउँ हो । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शकेमका पिता

शकेम एक सहरको नाउँ हो र एउटा मानिसको नाउँ हो ।

एक सय

"१००" ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

एल-एलोह-एस्राएल

अनुवादकहरूले "एल-एलोह-इस्राएल भन्‍नुको अर्थ 'परमेश्‍वर, इस्राएलका परमेश्‍वर' हो " भनी पादटिप्पणीमा थप्‍न सक्छन् । ( हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद