Genesis 20

Genesis 20 General Notes

Special concepts in this chapter
"She is my sister"

Abraham was afraid the people of Gerar would see him as a foreigner and upon seeing his beautiful wife, they would try to kill him. This would free Sarah to marry someone else. Apparently, it would have been easy for them to kill a foreigner without punishment. If she was Abraham's sister, they would have shown favor to him. (See: /WA-Catalog/ne_tm?section=translate#figs-explicit and /WA-Catalog/ne_tw?section=kt#favor).

Other possible translation difficulties in this chapter
Irony

Abraham believed that the people of Gerar did not fear Yahweh, but when confronted by Yahweh, the king showed that he feared Yahweh. Instead, it was Abraham who did not show any fear of Yahweh when he sinned. This is irony. (See: /WA-Catalog/ne_tw?section=kt#fear and /WA-Catalog/ne_tw?section=kt#sin)

<< | >>

Genesis 20:1

शूर

यो मिश्रको पूर्वी सीमानामा भएको मरूभूमिय क्षेत्र हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-names)

सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए

"सारालाई आफूकहाँ लिएर आउन आफ्ना मानिसहरूलाई पठाए"

परमप्रभु ... अबीमेलेकको सपनामा आउनुभयो

"परमप्रभु अबीमेलेकहाँ देखा पर्नुभयो"

तँ श्रापित भएको छस्

राजा मर्नेछ भन्‍ने यो एउटा गहकिलो तरिका हो । अर्को अनुवादः "तँ निश्‍चय ने चाँडै मर्नेछस्" वा "म तँलाई मार्नेछु" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

कसैकी पत्‍नी

"एक विवाहित स्‍त्री"

शब्द अनुवाद

Genesis 20:4

अबीमेलेक तिनको नजिक गएका थिएनन्

उनले तिनीसँग सहवास गरेनन् भन्‍ने यो भद्र तरिका हो । अर्को अनुवादः "अबीमेलेक सारासँग सुतेका थिएनन्" वा "अबीमेलेकले सारालाई छोएका थिएनन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

धार्मिक जातिलाई पनि

यहाँ, "जाति" ले मानिसहरूलाई जनाउँछ । परमेश्‍वरले उनलाई मात्र नभएर उनका मानिसहरूलाई पनि दण्ड दिनुहुनेछ भनेर अबीमेलेक चिन्तित छन् । अर्को अनुवादः "मानिसहरू पनि जो निर्दोष छन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

के त्यो आफैले 'यिनी मेरी बहिनी हुन्' भनेर मलाई भनेको थिएन र? त्यस स्‍त्रीले पनि, 'तिनी मेरा दाजु हुन्' भनेर भनेकी थिई

यो उद्धरणभित्रको भनाई हो । यिनीहरूलाई अप्रत्यक्ष उद्धरणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "के ऊ आफैले मलाई तिनी उसको बहिनी हुन् भनेको थिएन र? उनी आफैले मलाई ऊ उनको दाई हुन् भनेकी थिईन् ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

के त्यो आफैले 'यिनी मेरी बहिनी हुन्' भनेर मलाई भनेको थिएन र?

अबीमलेकले परमेश्‍वरलाई थाहा भइसकेको कुरा याद दिलाउनको लागि यो आलङ्कारीक प्रश्‍न गरे । यो एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अब्राहामले आफैले 'यिनी मेरी बहिनी हुन्' भनेर मलाई भनेको थियो ।" वा "अब्राहामले उनी आफ्नी बहिनी हुन् भने ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

के त्यो आफैँले...त्यस स्‍त्रीले पनि

"त्यो आफैले" र "त्यस स्‍त्रीले" भन्‍ने शब्दहरू अब्राहाम र साराकहाँ ध्यान केन्द्रित गरी जेजति भएको थियो, त्यसको लागि तिनीहरूलाई दोष लगाउनको लागि प्रयोग गरीएका छन् । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rpronouns)

मेरो हृदयको इमान्दारी र मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ

यहाँ, "ह‍ृदय" ले विचारहरू वा मनसायलाई जनाउँदछ । साथै "हात" ले उहाँका कार्यहरूलाई जनाउँदछ । अर्को अनुवादः "मलै यो राम्रो मनसाय कार्यहरूले गरेको छु" वा "मैले यो कुनै दुष्‍ट विचार वा कार्यले गरेको छैन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 20:6

परमेश्‍वरले तिनलाई...भन्‍नुभयो

"परमेश्‍वरले अबीमेलेकलाई भन्‍नुभयो"

तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरीस्

यहाँ, "ह‍ृदय" ले विचारहरू र मनसायहरूलाई जनाउँदछ । अर्को अनुवादः "तैँले यो राम्रो मनसायले गरीस्" वा "तैँले यो दुष्‍ट मनसायबिना गरीस्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

त्यस स्‍त्रीलाई छुन

यो सारासँग सहवास गर्नको एउटा euphemism हो । अर्को अनुवादः "उनीसित सुत्‍न" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

त्यस मानिसकी पत्‍नी

"अब्राहामकी पत्‍नी"

तँ बाँच्‍नेछस्

"म तँलाई बाँच्‍न दिनेछु"

तेरा सबै

"तेरा सबै मानिसहरू"

शब्द अनुवाद

Genesis 20:8

तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए

"परमेश्‍वरले उनलाई भन्‍नुभएको सबैकुरा उनले तिनीहरूलाई बताए"

तिमीले यो हामीलाई के गर्‍यौ?

अबीमेलेकले अब्राहामलाई दोष्याउन यस्तो आलंकारिक प्रश्‍न गरेका हुन् । अर्को अनुवादः "तिमीले हामीलाई केही खराबी गरेको छौ !" वा "हेर तिमीले हामीलाई के गर्‍यौ !" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

हामीलाई

"हामी" भन्‍ने शब्द यहाँ विशेष छ र यसले अब्राहाम र सारालाई समावेश गर्दैन । यदि तपाईंको भाषामा "हामी" र "हामीलाई" को विषेश रूपमा प्रयोग हुन्छ भने त्यसलाई यहाँ प्रयोग गर्नुहोस्: (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)

मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ... पाप ल्यायौ?

अबीमेलेकले अब्राहामको विरुद्धमा केही पाप गरेका थिएनन् भनेर याद दिलाउन उनले यस्तो आलंकारिक प्रश्‍नको प्रयोग गरेका हुन् । अर्को अनुवादः "मैले तिम्रो विरुद्धमा केही गरेको छैन जसले तिमीलाई ... पाप ल्याउने तुल्यायो" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ

कसैलाई पापको दोषी ठहराउनुलाई यहाँ यसरी बताइएको छ कि मानौं "पाप" एउटा वस्तु हो, जसलाई कुनै एक व्यक्तिमाथि राखिन्छ । अर्को अनुवादः "की तिमीले म र मेरो राज्यलाई भयानक पापको दोषी बनाउनुपर्छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

मेरो राज्यमाथि

यहाँ, राज्यले मानिसहरूलाई जनाउँदछ । अर्को अनुवादः "मेरो राज्यका मानिसहरूमाथि" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिमीले मसित गर्न नहुने काम गर्‍यौ

"तिमीले मसित यो नगर्नु पर्‍थ्यो"

शब्द अनुवाद

Genesis 20:10

के कुराले तिमीलाई यस्तो काम गर्न लगायो?

"तिमीलाई यो केले गर्न लगायो?" वा "यो तिमीले किन गर्‍यौ?" अब्राहामले जे गरेको थियो त्यसलाई स्‍पष्‍टसँग भन्‍न सकिन्छ । अर्को अनुवादः "सारा तिम्रो बहिनी हो भनेर तिमीले मलाई किन भन्यौ?" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन र तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ

यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणमा भन्‍न सकिन्छ । अर्को अनुवादः "किनभने मैले विचार गरेँ की, यहाँका कसैले पनि परमेश्‍वरको भय नराखेका हुनाले कसैले मलाई मार्न सक्छ र मेरी पत्‍नी लिन सक्छ ।" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

यस ठाउँमा निश्‍चय नै परमेश्‍वरको कुनै भय छैन

यहाँ "ठाउँ" ले मानिसहरूलाई जनाउँदछ । अर्को अनुवादः "यहाँ गरारमा कसैलाई पनि परमेश्‍वरको भय छैन" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

परमेश्‍वरको भय

यसको अर्थ परमेश्‍वरलाई ह‍ृदयदेखि नै सम्मान गर्नु र त्यो सम्मान उहाँको आज्ञा पालन गरेर देखाउनु हो ।

हुन त यिनी...मेरी बहिनी हुन्

"यो पनि साँचो हो की सारा मेरी बहिनी हुन्" वा "साँच्चै सारा मेरी बहिनी पनि हुन्"

मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्

"हाम्रो बुबा एउटै हो, तर हाम्री आमा अलग हो"

शब्द अनुवाद

Genesis 20:13

सामान्य जानकारीः

पद १३ अबीमेलेकलाई अब्राहामको उत्तरको निरन्तरता हो ।

मेरो बुबाको घर

यहाँ, "घर" ले अब्राहामको परिवारलाई जनाउँदछ । अर्को अनुवादः "मेरो बुबा र बाँकीका सबै परिवार" वा "मेरो बुबाको घराना" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

मैले तिनलाई भनेँ, 'तिमी मेरी पत्‍नी भएकी कारणले हामी जाने हरेक ठाउँमा, मेरो विषयमा "उनी मेरा दाजु हुन्" भन्‍ने बताएर तिमीले मेरो निम्ति विश्‍वसनीयता देखाउनू ।"'

यो उद्धरणभित्रको उद्धरण हो । यिनीहरूलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामी जहीँ गए पनि म उनको दाई हो भनी उनले मानिसहरूलाई भनेर मप्रति विश्‍वासिलो भएको चाहन्थेँ भनी मैले सारालाई भनेँ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

अबीमेलेकले...दिए

"अबीमेलेकले केही ल्याए" (EN-UDB)

शब्द अनुवाद

Genesis 20:15

अबीमेलेकले भने

"अबीमेलेकले अब्राहामलाई भने"

हेर

"ध्यान देऊ, किनभने मैले जे भन्‍ने लागेको छु त्यो साँचो र महत्वपुर्ण दुवै छन्"

मेरो भूमि तिम्रै अगि छ

"म तिम्रो लागि मेरा सबै भूमि उपलब्ध गराउँछु" भन्‍ने एउटा तरिका हो । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस

"जहाँ चाहन्छौ त्यहीँ बस"

एक हजार

"१,०००" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्‍न

सारा निर्दोष छन् भन्‍ने प्रमाणित गर्न अरूहरूलाई पैसा दिनुलाई यहाँ यसरी बताइएको छ कि मानौँ तिनले अपराधलाई ढाक्दै छन् ताकी कसैले देख्‍न नसकुन् । अर्को अनुवादः "म यो उसलाई दिँदैछु, ताकी तिमीसँग भएकाहरू सबैले तिमीले केही गलत गरेको छैनौँ भन्‍ने थाहा गर्न सकुन्" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

आँखामा

यहाँ "आँखा" ले व्यक्तिको विचार वा रायलाई जनाउँछ । (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु

"सही ठहराएको" भन्‍ने निष्‍कृय वाक्यांशलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः तिमी निर्दोष छौ भन्‍ने कुरा सबैद्वारा थाहा पाईनेछ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 20:17

बाँझी

"पूर्ण रूपमा बच्चा पाउन असक्षम"

अब्राहामकी पत्‍नी साराको कारण

यसको पुरा अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "किनभने अबीमेलेकले अब्राहामकी पत्‍नी सारालाई लिएका थिए" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद