Genesis 15

Genesis 15 General Notes

Special concepts in this chapter
Inheritance

In the ancient Near East, a person's children inherited the property and land of their parents. Abraham doubted the fulfillment of God's covenant because he did not have any children to whom to give his land. This showed a lack of faith. (See: /WA-Catalog/ne_tw?section=kt#inherit, /WA-Catalog/ne_tw?section=kt#fulfill,/WA-Catalog/ne_tw?section=kt#covenant and /WA-Catalog/ne_tw?section=kt#faith)

Fulfilling a promise

In the ancient Near East, two people performed a similar sacrifice by dividing animals in half. It was a way to say to the other person, "may this happen to me if I do not fulfill my promise." The event recorded here indicates that God will fulfill his promise and only he is responsible for bringing it about. (See: /WA-Catalog/ne_tw?section=kt#fulfill and /WA-Catalog/ne_tw?section=kt#promise)

God's covenant with Abraham

God made a covenant with Abram. This covenant was not conditioned upon anything that Abraham needed to do, but the fulfillment of its promises is conditioned upon the actions of each generation of his descendants. This covenant has not yet been fulfilled in its entirety.

<< | >>

Genesis 15:1

यी सबै कुराहरू भएपछि

"यी सबै कुराहरू"ले राजाले लडाई लडेको र अब्रामले लोतलाई बचाएको समयलाई जनाउँछ ।

परमप्रभुको वचन आयो

  • यो वाक‍्पद्धतिको अर्थ परमप्रभुले बोल्‍नुभयो भन्‍ने हो । अर्को अनुवाद : "परमप्रभुले आफ्‍नो वचन बोल्‍नुभयो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

ढाल ... इनाम

परमप्रभुले यी दुई रूपकहरू अब्रामलाई आफ्‍नो चरित्र र तिनीसँग आफ्‍नो सम्‍बन्‍धको बताउन प्रयोग गर्नुभएको हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

म नै तेरो ढाल ... हुँ

  • सैनिकहरूले आफैलाई शत्रुबाट बचाउन ढालको प्रयोग गर्छन् । अर्को अनुवाद : "म तँलाई ढालले जस्‍तै रक्षा गर्नेछु ।" वा "तँलाई रक्षा गर्ने म तेरो ढाल हुँ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

इनाम

"भुक्तानी ।" यसले व्‍यक्‍तिले पाउनु पर्ने भुक्तानी जनाउँछ । दुईओटा सम्‍भाविक अर्थहरू यी हुन्: १) "तँलाई चाहिने सबैकुरा म नै हुँ" वा २) "तँलाई चाहिने सबैकुरा म तँलाई दिनेछु ।"

अब्रामले भने, "हे्र्नुहोस्, तपाईंले मलाई ... नदिनुभएको हुनाले

अब्रामले बोल्‍नलाई निरन्‍तरता दिए र भने, "तपाईंले मलाई ... दिनुभएको हुनाले"

शब्द अनुवाद

Genesis 15:4

हेर्नुहोस्, त्यसपछि

"हेर्नुहोस्" शब्‍दले परमप्रभुको वचन फेरि अब्रामकहाँ आयो भन्‍ने तथ्‍यलाई जोड दिन्‍छ ।

परमप्रभुको वचन ... आयो

यो वाक् पद्धतिको अर्थ परमेश्‍वरले बोल्‍नुभयो भन्‍ने हो । तपाईंले १५:१ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद : "परमप्रभुले आफ्‍नो सन्‍देश भन्‍नुभयो" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

यो मानिस

यसले दमस्‍कसको एलीएजरलाई जनाउँछ ।

तेरै शरीरबाट जन्मिने नै

"एकजना जसको तँ पिता हुनेछस्" वा "तेरो आफ्‍नै छोरो" अब्रामको आफ्‍नै छोरो तिनको उत्तराधिकारी हुनेछ ।

ताराहरूलाई गन्

"ताराहरूको गन्‍ती गर्"

तेरा सन्‍तानहरू पनि यस्‍तै हुनेछन्‌

जसरी अब्रामले सबै ताराहरू गर्न सक्‍नेछैनन्, उनका सबै सन्‍तानहरू धेरै भएको कारण उनले तिनीहरूका गन्‍ती गर्न सक्‍नेछैनन् ।

शब्द अनुवाद

Genesis 15:6

तिनले परमप्रभुमा विश्‍वास गरे

यसको अर्थ परमप्रभुले सत्‍य भन्‍नुभएको कुरा तिनले ग्रहण गरे र विश्‍वास गरे ।

उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्‍नुभयो

"परमप्रभुले अब्रामको विश्‍वासलाई धार्मिकताको रूपमा गन्‍नुभयो ।" वा "परमप्रभुले अब्रामलाई धर्मी ठहर्‍याउनुभयो किनकि अब्रामले उहाँमाथि विश्‍वास गरे ।"

म परमप्रभु हुँ, जसले ... तँलाई ... ऊरबाट निकालेर ल्यायो

परमप्रभुले अब्रामलाई प्रतिज्ञा गर्नुभएको कुरा पूरा गर्न उहाँसँग शक्‍ति थियो भन्‍ने कुरा अब्राहामलाई थाहा गराउन उहाँले के गर्नुभएको थियो भन्‍ने कुराको सम्‍झना उहाँले गराउँदै हुनुहुन्‍थ्‍यो ।

यो ... तँलाई दिन

"यो ... प्राप्‍त गर्न" वा "ताकि तैँले यो ... अधिकार गर्न"

मैले कसरी थाहा पाउने नि

परमप्रभुले अब्रामलाई भूमि दिनुहुनेछ भन्‍ने कुराको अझै पुष्‍टि तिनी माग्‍दै थिए ।

शब्द अनुवाद

Genesis 15:9

सिनोहरू

"मरेको जनावरहरू र पक्षीहरूको लास"

अब्रामले तिनीहरूलाई धपाए

"अब्रामले पंक्षीहरूलाई धपाए" पक्षीहरूले मरेका पशुहरू खाएनन् भन्‍ने कुरा तिनले निश्‍चित गरे ।

शब्द अनुवाद

Genesis 15:12

अब्राम मस्‍त निद्रामा परे

यो एउटा वाक् पद्धति हो । अर्को अनुवाद : "अब्राहाम मस्‍तसँग सुते ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

गाढा र डरलाग्दो अन्धकार

"घोर अन्धकारले तिनलाई भयभीत तुल्‍यायो ।"

तिनलाई ... छोप्‍यो

"तिनलाई ... घेर्‍यो"

प्रवासी

"पराई" वा "विदेशी"

दास बनाइ‍नेछन् र अत्याचार गरिनेछन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "अनि त्‍यस देशका मालीकहरूले तेरा सन्‍तानहरूलाई सास बनाउनेछन् र अत्‍याचार गर्नेछन्‌ ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 15:14

सामान्‍य जानकारी

अब्रामले सपना देखेको बेला परमप्रभु तिनीसँग निरन्तर बोल्‍नुभयो ।

मैले न्‍याय गर्नेछु

यहाँ "न्‍याय" metonym हो जसले परमप्रभुले न्‍याय गर्नुभएपछि के हुनेछ भन्‍ने जनाउँछ । अर्को अनुवाद : "म दण्‍ड दिनेछु ।" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिनीहरूले सेवा गरेको

यस भनाइको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद : "तेरा सन्‍तानहरूले सेवा गरेको" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

प्रशस्‍त धन-सम्पत्तिहरू

यो एउटा वाक् पद्धति हो । अर्को अनुवाद : "धेरै धन-सम्पत्तिहरू" वा "ज्‍यादै सम्‍पत्ति" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ ... जानेछस्

"तँ मर्नेछस्" भन्‍ने यो एउटा नम्र तरिका हो । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-euphemism)

पिता-पूर्खाहरू

"पिता-पूर्खाहरू" शब्‍द सबै पूर्खाहरूको निम्‍ति उपलक्षक हो । अर्को अनुवाद : "पूर्खाहरू" वा "पूर्वजहरू" ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

तँलाई वृद्धवस्थामा दफन गरिनेछ

"तँ मर्दा धेरै वृद्ध भएको हुनेछस् र तेरा परिवारले तेरो शरीर दफनाउनेछन् ।"

चौथो पुस्‍तामा

यहाँ एउटा पुस्‍ताले १०० वर्षको जीवन अवधिलाई जनाउँछ । "चार सय वर्षपछि"

तिनीहरू ... फेरि यहाँ आउनेछन्

"तेँरा सन्‍तानहरू फेरि यहाँ आउनेछन् ।" अब्राहामका सन्‍तानहरू त्‍यस भूमिमा आउनेछन् जहाँ अब्राम त्‍यति बेला बस्‍थे, त्‍यो भूमि जुन परमप्रभुले तिनलाई दिने प्रतिज्ञा गर्नुभएको थियो ।

सिमा अझै पुगेको छैन

"अझै पूरा भएको छैन ।" वा "मैँले तिनीहरूलाई दण्‍ड दिन अघि नै अझ खराबी हुनेछन् ।"

शब्द अनुवाद

Genesis 15:17

हेर

यहाँ "हेर" शब्‍दले हुन लागेको आश्‍चर्यको कुरामा ध्‍यान दिन सचेत गर्छ ।

धूवाँ आइरहेको मकल र बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो

परमेश्‍वरले अब्रामसँग उहाँको करार बाँध्‍दै हुनुहुन्‍थ्‍यो भन्‍ने देखाउन उहाँले यो गर्नुभयो ।

करार

यस करारमा परमप्रभुले अब्रामलाई जबसम्‍म तिनी उहाँलाई पछ्याउछन् तबसम्‍म तिनलाई निरन्तर आशिष् दिइरहने प्रतिज्ञा गर्नुभयो ।

म ... यसैद्वारा यो भूमि दिन्छु

यो भन्‍दै गर्नुहुँदा परमेश्‍वरले अब्रामका सन्‍तानहरूलाई भूमि दिँदै हुनुहुन्‍थ्‍यो । परमेश्‍वरले यो गर्नुभएता पनि तिनका सन्‍तानहरू धेरै वर्षसम्‍म त्‍यस भूमिमा जानेछैनन् ।

महानदी अर्थात्‌ यूफ्रेटिस

"ठूलो नदी यूफ्रेटिस" यो एउटै नदीलाई दुई प्रकारले जनाउने तरिका हो ।

केनीहरू, कनज्‍जीहरू, कदमोनीहरू, हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू, एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरू

यी त्‍यस देशमा बसोबास गर्ने मानिस जातिहरूका समूहको नामहरू हुन् । परमेश्‍वरले अब्राहामका सन्‍तानहरूलाई ती मानिसहरूमाथि विजय हाँसिल गर्न र तिनीहरूका भूमि अधिकार गर्न दिनुहुनेछ । ( हेर्नुहोस् : /WA-Catalog/ne_tm?section=translate#translate-names)

शब्द अनुवाद