Genesis 49

Genesis 49:1

याकूबले के कारणको लागि आफ्ना छोराहरूलाई एकसाथ भेला गराए?

याकूबले उनका छोराहरूलाई र उनीहरूका सन्तानहरूलाई भविष्यमा के आइपर्नेछ भन्‍नको लागि भेला गराए ।

Genesis 49:3

रूबेनका कस्ता सकारात्मक गुणहरू थिए?

रूबेन गौरव र शक्तिमा उत्कृष्‍ट थिए ।

Genesis 49:4

रूबेन पहिला जन्मेता पनि उनले किन ज्येष्ठ अधिकार पाएनन्?

रूबेनले बुबाको ओछ्यान अशुद्ध बनाएको हुनाले उनले ज्येष्ठ अधिकार पाएनन् ।

Genesis 49:7

याकूबले शिमियोन र लेवीको बारेमा केलाई श्राप दिए?

याकूबले शिमियोन र लेवीको भयानक र निष्‍ठुर रिसलाई श्राप दिए ।

Genesis 49:8

याकूबले शिमियोन र लेवीको बारेमा केलाई श्राप दिए?

याकूबले शिमियोन र लेवीको भयानक र निष्‍ठुर रिसलाई श्राप दिए ।

Genesis 49:10

यहूदाको निम्ती भविष्यको बारेमा कस्ता प्रतिज्ञाहरू गरिए?

मालिक नआउन्जेल यहूदाको हातबाट राजदण्ड हट्नेछैन र जातिहरूले उनको आज्ञा मान्‍नेछन् भनी यहूदालाई प्रतिज्ञा गरिएको थियो ।

Genesis 49:13

जबूलूनका सन्तानहरू कहाँ बस्‍नेछन् भनी याकूबले भने?

जबूलूनका सन्तानहरू समुद्रको किनारमा बस्‍नेछन् भनी याकूबले भने ।

Genesis 49:17

दान कुन जनावर जस्तो हुनेछ भनी याकूबले भने?

दान विषालु सर्प जस्तै हुनेछ भनी याकूबले भने ।

Genesis 49:20

अशेर केका लागि चिनीनेछन् भनी याकूबले भने?

अशेर राजकीय खाना उपलब्ध गराउनेको रूपमा चिनीनेछन् भनी याकूबले भने ।

Genesis 49:22

योसेफ कस्तो प्रकारको विरूवा हुनेछ भनी याकूबले भने?

योसेफ एउटा फलवन्त लहरा जस्तो हुनेछ, जसका हाँगाहरू पर्खालमाथि फैलनेछन् भनी याकूबले भने ।

Genesis 49:24

कसले योसेफको धनुष स्थिर र उनका हातहरूलाई दक्ष राख्‍नेछ भनी याकूबले भने?

याकूबका शक्तिशाली परमेश्‍वरका हातहरूले र इस्राएलका चट्टानले योसेफका धनुषलाई स्थिर र हातहरूलाई दक्ष राख्‍नेछ भनी याकूबले भने ।

Genesis 49:31

याकूब आफु गाडिन चाहेको स्थानमा को अगाडि नै गाडिसकेका थिए?

त्यहाँ अब्राहाम, सारा, इसाहाक, रबेका र लेआ अगाडि नै गाडिसकेका थिए ।

Genesis 49:33

आफ्ना छोराहरूलाई आशिष र निर्देशन दिइसकेपछि याकूबले के गरे?

याकूबले उनको अन्तिम सास लिए र उनका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।