Genesis 46

Genesis 46:1

इस्राएलले बेर्शेबामा के गरे?

इस्राएलले आफ्ना बुबा इसाहाकको परमेश्‍वरको निम्ति बलि चढाए ।

Genesis 46:3

परमेश्‍वरले इस्राएललाई बेर्शेबामा के प्रतिज्ञा गर्नुभयो?

परमेश्‍वरले इस्राएललाई एउटा ठूलो जाति बनाउने, मिश्रमा इस्राएलसँगै जाने र फेरि त्यहाँबाट इस्राएललाई फर्काएर ल्याउनको साथै योसेफकै हातले तिनका आँखा छोप्‍न लगाउने प्रतिज्ञा गर्नुभयो ।

Genesis 46:4

Genesis 46:5

इस्राएलसँगै मिश्रदेशमा को गए?

इस्राएल र उनका सबै सन्तानहरू मिश्रदेश गए ।

Genesis 46:6

इस्राएलसँगै मिश्रदेशमा को गए?

इस्राएल र उनका सबै सन्तानहरू मिश्रदेश गए ।

Genesis 46:7

इस्राएलसँगै मिश्रदेशमा को गए?

इस्राएल र उनका सबै सन्तानहरू मिश्रदेश गए ।

Genesis 46:12

यहूदाका कुन दुई छोराहरू कनान देशमा मरे?

यहूदाका दुई छोराहरू एर् र ओनान कनान देशमा मरे ।

Genesis 46:27

याकूबका घरका कति जना व्यक्तिहरू मिश्र आए?

याकूबका परिवारका सत्तरी जना सदस्यहरू मिश्र आए ।

Genesis 46:29

योसेफले आफ्ना बुबालाई भेट्न के गरे?

योसेफ आफ्ना रथमा चढेर उनको बुबालाई भेट्न गोशेनमा गए ।

योसेफले आफ्ना बुबालाई देख्दा के गरे?

योसेफले उनका बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए ।

Genesis 46:34

योसेफले दाजुभाइहरूलाई उनीहरूको कामको बारेमा फारोसँग के भन्‍न लगाए?

दाजुभाइहरूले युवावस्थादेखि नै उनीहरू गोठाला थिए भनेर फारोलाई भन्‍नुपर्ने थियो ।