Genesis 44

Genesis 44:1

योसेफले आफ्नो भण्डारेलाई दाजुभाइहरू हिंड्नु अगाडि उनीहरूको बोरामा के गर्नु भने?

दाजुभाइहरूका बोरा अनाजले भरिदिनू, बोरामा रुपियाँ-पैसा राखिदिनू र चाँदीको कचौरा चाहिं कान्छाको बोरामा हालिदिनू भनेर योसेफले भण्डारेलाई बताए ।

Genesis 44:2

Genesis 44:4

मुलतः योसेफले दाजुभाइहरूलाई शहरबाट केही पर लगेपछि के सोध्‍नु भनी भण्डारेलाई बताए?

योसेफले भण्डारेलाई दाजुभाइहरूलाई किन तिमीहरूले भलाइको सट्टा खराबी गर्‍यौ भनि सोध्‍नु र योसेफको कचौरा चोरेको आरोप लगाउनु भने ।

Genesis 44:5

Genesis 44:9

दाजुभाइहरूमध्ये कसैले योसेफको कचौरा चोरको भेट्टाएमा उनीहरूले के गर्ने बाचा गरे?

जोसँग कचौरा भेटिन्छ, ऊ मारिनेछ र बाँकीका सबै दासहरू हुनेछन् भनी दाजुभाइहरूले भने ।

Genesis 44:10

भण्डारेले जसले कचौरा चोरेको छ, उसले कस्तो सजाय पाउँछ भने?

जसकोबाट कचौरा भेटिन्छ, ऊ भण्डारेको दास हुनेछ र अरूचाहिं निर्दोष हुनेछन् भनि भण्डारेले भने ।

Genesis 44:12

भण्डारेले के भेट्टाए र दाजुभाइहरूले कस्तो प्रतिकृया जनाए?

भण्डारेले बेन्यमीनको बोरामा कचौरा भेट्टाए, र दाजुभाइहरूले आफ्ना लुगा च्याते ।

Genesis 44:13

भण्डारेले के भेट्टाए र दाजुभाइहरूले कस्तो प्रतिकृया जनाए?

भण्डारेले बेन्यमीनको बोरामा कचौरा भेट्टाए, र दाजुभाइहरूले आफ्ना लुगा च्याते ।

Genesis 44:14

योसेफका घरमा फर्केर आउँदा दाजुभाइहरूले के गरे?

दाजुभाइहरूले योसेफ अघि भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।

Genesis 44:16

यहूदाले दाहुभाइहरूका दुष्टता कसले भेट्टाए भने?

परमेश्‍वरले उनीहरूको अपराध भेट्टाउनुभयो भनी यहूदाले भेने ।

यहूदाले अब सबै दाजुभाइहरू के बन्‍नेछन् भने?

यहूदाले अब सबै दाजुभाइहरू योसेफका दास बन्‍नेछन् भने ।

Genesis 44:17

योसेफले दाजुभाइहरूले के सजाय पाउने बताए?

जुन मानिसको हातमा कचौरा फेला पारियो, त्यो योसेफको दास बन्‍नेछ र अरु शान्तिसँग जान सक्नेछन् भनेर योसेफले बताए ।

Genesis 44:20

यहूदाको पिताले कान्छो भाइलाई प्रेम गर्नुको कारणहरु के थिए भने?

कान्छो भाइ उनको पिताको बुढेसकालको छोरा र उनकी आमाको एकमात्र छोरा भएको कुरा यहूदाले बताए ।

Genesis 44:22

दाजुभाइहरूलाई, कान्छो भाइले पितालाई छोडेको खण्डमा उनीहरूका बुबालाई के हुन्छ भन्‍ने चिन्ता थियो?

दाजुभाइहरूलाई कान्छो भाईले पितालाई छोडेको खण्डमा उनीहरुका पिता मर्नेछन् भन्‍ने चिन्ता थियो ।

Genesis 44:23

बेन्यमीनलाई मिश्रमा ल्याउन दाजुभाइहरू किन बाध्य भएका थिए भनेर यहूदाले भने?

बेन्यमीन मिश्रमा नआएसम्म योसेफले आफ्नो अनुहार दाजुभाइहरूलाई नदेखाउने भनेका हुनाले दाजुभाइहरू बेन्यमीनलाई मिश्रमा ल्याउन बाध्य भए भनेर यहूदाले बताए ।

Genesis 44:26

Genesis 44:28

इस्राएलले योसेफलाई के भएको थियो भन्‍ने सोचेका थिए?

इस्राएलले योसेफ निश्‍चय नै धुजाधुजा पारिए भन्‍ने सोचे ।

Genesis 44:29

इस्राएलले यदि बेन्यमीन उबाट खोसियो भने उनलाई के हुनेछ भने?

दाजुभाइहरूले उनको फुलेको कपाल शोकमै पातालमा ल्याउनेछन् भनि इस्रएलले भने ।

Genesis 44:31

यहूदाले यदि उनीहरू बेन्यमीन बिना फर्के भने उनका पितालाई के हुनेछ भने?

उनका पिता मर्नेछन् भनी यहूदाले बताए ।

Genesis 44:32

बेन्यमीनको निम्ति यहूदाले उनी कस्तो जमानी बसेको बताए?

यदि यहूदाले बेन्यमीनलाई उनका पिताकहाँ नफर्काएमा उनी सदाको लागि दोषी ठहरिने बताए ।

Genesis 44:33

यहूदाले योसेफलाई के गर्नु भनि बिन्ती गरे, ताकि बेन्यमीन उनका पिताकहाँ फर्कन पाओस्?

यहूदाले आफुलाई योसेफको दास तुल्याउन बिन्ती गरे, ताकि बेन्यमीन आफ्ना पिताकहाँ फर्कन पाओस् ।