Genesis 41

Genesis 41:4

फारोको पहिलो सपनामा सातवटा दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईहरूलाई के गरे?

दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए ।

Genesis 41:7

फारोको दोस्रो सपनामा सात सेप्रा अन्‍नका बालाहरूले सात भरिला बालाहरूलाई के गरे?

सात सेप्रा बालाहरूले सात भरिला बालाहरूलाई खाइदिए।

Genesis 41:8

फारोका बुद्धिमान मानिसहरू र जादूगरहरूले उनको सपनाको अर्थ कसरी खोले?

फारोका बुद्धिमान मानिसहरू र जादूगरहरूले फारोको सपनाको अर्थ खोल्‍न सकेनन्।

Genesis 41:12

मुख्य पियाउनेले योसेफको बारेमा फारोलाई के भने?

मुख्य पियाउनेले फारोलाई, ऊ र उसको अर्को साथी हिरासतमा भएको बेला एकजना जवान हिब्रू मानिसले उनीहरूको सपनाको अर्थ खोलिदिएको कुरा बताए।

Genesis 41:13

मुख्य पियाउनेले योसेफको बारेमा फारोलाई के भने?

मुख्य पियाउनेले फारोलाई, ऊ र उसको अर्को साथी हिरासतमा भएको बेला एकजना जवान हिब्रू मानिसले उनीहरूको सपनाको अर्थ खोलिदिएको कुरा बताए ।

Genesis 41:16

योसेफले फारोको सपनाको अर्थ कसले खोलिदिन्छ भने?

परमेश्‍वरले फारोको सपनाको निगाहसाथ जवाफ दिनुहुनेछ भनी योसेफले भने।

Genesis 41:25

फारोको लागि परमेश्‍वरले के प्रकट गराउनुभएको छ भनी योसेफले भने?

परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ भन्‍ने कुरा उहाँले फारोलाई प्रकट गराउँदै हुनुहुन्थ्यो भनेर योसेफले भने ।

Genesis 41:26

सपनामा देखिएका सात असल गाईहरू र सात असल बालाहरूले के को प्रतिनिधित्व गरे?

सपनामा देखिएका सात असल गाईहरू र सात असल बालाहरूले प्रशस्तताका सात वर्षहरूको प्रतिनिधित्व गरे ।

Genesis 41:27

सपनामा देखिएका सात दुब्ला-दुब्ला गाईहरू र सात ओइल्याइएका बालाहरूले के को प्रतिनिधित्व गरे?

सपनामा देखिएका सात दुब्ला-दुब्ला गाईहरू र सात ओइल्याइएका बालाहरूले सात वर्षे अनिकालको प्रतिनिधित्व गरे ।

Genesis 41:32

योसेफका अनुसार, फारोलाई किन दुईवटा सपना दिईएको थियो?

फारोलाई दुईवटा सपना दिईएको थियो, किनभने परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।

Genesis 41:34

योसेफले फारोलाई मिश्रदेशको अनाजहरूको कति भाग सहकालका सात वर्षमा उठाउने सल्लाह दिए?

योसेफले फारोलाई सहकालका सात वर्षमा अन्‍नको पाँचौं भाग उठाउनको लागि कामदार नियुक्त गर्न सल्लाह दिए ।

Genesis 41:38

फारोले योसेफमा के छ भने?

फारोले योसेफमा परमेश्‍वरको आत्मा छ भने ।

Genesis 41:40

फारोले योसेफलाई अधिकारको कुन पद दिए?

फारोले योसेफलाई आफ्नो घर र सारा मिश्र देशभरिको अधिकार दिए, र फारोपछिको दोस्रो पद दिए ।

Genesis 41:41

फारोले योसेफलाई अधिकारको कुन पद दिए?

फारोले योसेफलाई आफ्नो घर र सारा मिश्र देशभरिको अधिकार दिए, र फारोपछिको दोस्रो पद दिए ।

Genesis 41:48

योसेफले प्रशस्तताको सात वर्षमा कति अन्‍न थुपारे?

योसेफले समुद्रको बालुवासरह अनगिन्ती अन्‍न भण्डारण गरे ।

Genesis 41:49

योसेफले प्रशस्तताको सात वर्षमा कति अन्‍न थुपारे?

योसेफले समुद्रको बालुवासरह अनगिन्ती अन्‍न भण्डारण गरे ।

Genesis 41:50

अनिकाल अगाडि जन्मेका योसेफका दुई छोराहरूका नाम के थिए?

योसेफका छोराहरू, मनश्शे र एफ्राइम थिए ।

Genesis 41:51

अनिकाल अगाडि जन्मेका योसेफका दुई छोराहरूका नाम के थिए?

योसेफका छोराहरू, मनश्शे र एफ्राइम थिए ।

Genesis 41:52

अनिकाल अगाडि जन्मेका योसेफका दुई छोराहरूका नाम के थिए?

योसेफका छोराहरू, मनश्शे र एफ्राइम थिए ।

Genesis 41:54

सात वर्षको अनिकाल कति फैलिएको थियो?

सात वर्षको अनिकाल सबै देशहरूमा परेको थियो ।

Genesis 41:55

मिश्रका मानिसहरूले अनाजको लागि फारोलाई पुकार्दा योसेफले के गरे?

योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे ।

Genesis 41:56

मिश्रका मानिसहरूले अनाजको लागि फारोलाई पुकार्दा योसेफले के गरे?

योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे ।

Genesis 41:57

योसेफबाट अनाज किन्‍नको लागि मिश्रदेशमा को आए?

योसेफबाट अनाज किन्‍नको लागि सबै देशका मानिसहरू मिश्रदेश आए ।