Genesis 32

Genesis 32:3

कनान जाँदै गर्दा याकूबले कसको निम्ति सन्देश पठाए?

कनान जाँदै गर्दा याकूबले आफ्ना दाजु एसाबको निम्ति सन्देश पठाए ।

Genesis 32:5

याकूबले कुन उद्देश्‍यले यो सन्देश पठाएका थिए?

एसाबको दृष्टिमा निगाह पाउने याकूबले इच्छा गरे ।

Genesis 32:7

एसाव चार सय मानिसहरूका साथमा आउँदैछन् भन्‍ने सुनेपछि याकूबले कस्तो प्रतिक्रिया दिए र उनले के गरे?

याकूब भयभीत भए र उनले आफ्ना मानिसहरूलाई दुई दलमा बिभाजन गरे ताकि एसावले एक दलमा आक्रमण गरे भने अर्को दल भाग्‍न सकोस् ।

Genesis 32:8

एसाव चार सय मानिसहरूका साथमा आउँदैछन् भन्‍ने सुनेपछि याकूबले कस्तो प्रतिक्रिया दिए र उनले के गरे?

याकूब भयभीत भए र उनले आफ्ना मानिसहरूलाई दुई दलमा बिभाजन गरे ताकि एसावले एक दलमा आक्रमण गरे भने अर्को दल भाग्‍न सकोस् ।

Genesis 32:11

याकूबले परमप्रभुसँग के बिन्ती गरे?

उनलाई एसाबको हातबाट छुटकारा दिन परमप्रभुसँग बिन्ती गरे ।

Genesis 32:12

याकूबले परमप्रभुलाई कुन प्रतिज्ञाको स्मरण गराए?

परमप्रभुले याकूबको उन्‍नति गराउने र याकूबको सन्तानलाई समुद्रको बालुवाजस्तै बनाउने प्रतिज्ञा गर्नुभएको कुरा उहाँलाई स्मरण गराए ।

Genesis 32:20

याकूबले आफ्ना दाजु एसाबलाई उपहार पठाएर के पूरा गर्न सकिन्छ भनेर सोचेका थिए?

याकूबले आफ्ना दाजु एसाबलाई उपहार पठाएर शायद खुसी पार्न सक्छन् भन्‍ने सोचे ताकि पछि जब याकूबले एसाबलाई देख्‍छन्, एसाबले उनलाई स्वीकार गर्नेछन् ।

Genesis 32:22

त्यस रात याकूब कसरी एक्लै छोडिए?

याकूबले आफ्ना पत्‍नीहरू, कमारीहरू र सन्तानहरूलाई यब्बोक नदी पारि पठाए ।

Genesis 32:24

त्‍यस रात उज्यालो नहोउञ्‍जेल याकूबले के गरे?

याकूब एकजना मानिससित कुश्ती खेले ।

Genesis 32:25

याकूबलाई हराउन नसकेपछि त्‍यस मानिसले के गरे?

त्यस मानिसले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे र कम्मरको गेडी फुस्काइदिए ।

Genesis 32:26

त्यस मानिसलाई जान दिनुभन्दा पहिले याकूबले के माग गरे?

याकूबले त्यस मानिससँग आशिषको मागे ।

Genesis 32:28

त्यस मानिसले त्यसपछिबाट याकूबलाई के भनिन्छ भने?

त्यस मानिसले अब याकूबको नाम इस्राएल हुनेछ भने ।

Genesis 32:30

त्यस रात याकूबले कसलाई आमने सामने देखेको कुरा बताए?

त्यस रात याकूबले परमेश्‍वरलाई आमने सामने देखेको कुरा बताए ।

Genesis 32:32

त्यस रातपछि याकूबले निरन्तर कस्तो शारीरिक समस्या भोगे?

त्यस रातपछि याकूबको कम्मरको कारण उनी खोच्‍चिए ।