Genesis 30

Genesis 30:2

याकूबको अनुसार राहेलका छोराछोरीहरू किन थिएनन्?

याकूबको अनुसार परमेश्‍वरले नै राहेल बाट छोराछोरीहरू हुन दिनुभएन ।

Genesis 30:3

छोराछोरीहरू पाउनका लागि राहेलले के गरिन्?

राहेलले आफ्नी कमारी बिल्हा याकूबलाई दिइन् ताकि त्यसले उसको निम्ति छोराछोरीहरू जन्माइ दिओस् ।

Genesis 30:7

राहेलले आफ्नी दिदी लेआ विरुद्ध विजयी भएँ भनी किन भनिन्?

राहेलले आफ्नी दिदी लेआ विरुद्ध जित हासिल गरेँ भनिन् किनकी उनकी कमारी, बिल्हाले याकूबका लागि दुई छोराहरू जन्माइन् ।

Genesis 30:8

राहेलले आफ्नी दिदी लेआ विरुद्ध विजयी भएँ भनी किन भनिन्?

राहेलले आफ्नी दिदी लेआ विरुद्ध जित हासिल गरेँ भनिन् किनकी उनकी कमारी, बिल्हाले याकूबका लागि दुई छोराहरू जन्माइन् ।

Genesis 30:9

आफूले छोराछोरीहरू जन्माउन छाडेको देखेर लेआले के गरिन्?

लेआले आफ्नो तर्फबाट छोराछोरीहरू जन्माउन् भनेर याकूबलाई आफ्नो कमारी, जिल्पा दिइन् ।

Genesis 30:10

के कारणले लेआले भनिन्, "यो शुभ हो ।"?

लेआले भनिन्, "भाग्यमानी!" किनकी उनकी कमारी, जिल्पाले याकूबका लागि एउटा छोरो जन्माइन् ।

Genesis 30:11

के कारणले लेआले भनिन्, "यो शुभ हो ।"?

लेआले भनिन्, "भाग्यमानी!" किनकी उनकी कमारी, जिल्पाले याकूबका लागि एउटा छोरो जन्माइन् ।

Genesis 30:14

लेआको छोराको विशाखमूलहरूको सट्टामा राहेलले के साट्ने प्रस्ताव गरिन्?

लेआको छोराको विशाखमूलहरूको सट्टामा राहेलले लेआलाई त्यस रात याकूबसँग सुत्‍न दिने प्रस्ताव गरिन् ।

Genesis 30:15

लेआको छोराको विशाखमूलहरूको सट्टामा राहेलले के साट्ने प्रस्ताव गरिन्?

लेआको छोराको विशाखमूलहरूको सट्टामा राहेलले लेआलाई त्यस रात याकूबसँग सुत्‍न दिने प्रस्ताव गरिन् ।

Genesis 30:20

याकूबका लागि लेआले कति जना छोराहरू जन्माइन्?

याकूबका लागि लेआले छ जना छोराहरू जन्माइन् ।

Genesis 30:23

के कारण राहेलले यो भनिन् कि उनको लाज हटाइयो?

जब राहेलले याकूबका लागि छोरो जन्माइन्, उनले यो भनिन् कि उसको लाज हटाइयो ।

Genesis 30:25

योसेफको जन्मपछि याकूबले लाबानलाई के बिन्ती गरे?

याकूबले लाबानलाई उनको परिवारसँग आफ्नो घर र देशमा फर्किजान दिनुहोस् भनी बिन्ती गरे ।

Genesis 30:26

योसेफको जन्मपछि याकूबले लाबानलाई के बिन्ती गरे?

याकूबले लाबानलाई उनको परिवारसँग आफ्नो घर र देशमा फर्किजान दिनुहोस् भनी बिन्ती गरे ।

Genesis 30:27

याकूबलाई जानदिन लाबानको किन इच्छा थिएन?

लाबानले ठाने कि याकूबको खातिर परमप्रभुले उनलाई आशिष् दिनुभएको छ ।

Genesis 30:32

याकूबले लाबानको निम्ति गरेका कामको ज्याला के पाए?

याकूबले आफूले हेरचाह गरेका लाबानका बगालबाट पेटारे, थोप्ले र कालो भेडा, र पेटारे र थोप्ले बाख्रा पाए ।

Genesis 30:35

याकूबले लाबानको निम्ति गरेका कामको ज्याला के पाए?

याकूबले आफूले हेरचाह गरेका लाबानका बगालबाट पेटारे, थोप्ले र कालो भेडा, र पेटारे र थोप्ले बाख्रा पाए ।

Genesis 30:36

याकूबको ज्यालाको सम्बन्धमा लाबानले याकूबलाई कसरी छल गरे?

याकूबलाई बगालको हेरचाह गर्न दिन अघि लाबानले पहिले याकूबले लग्‍न सक्ने जनावरहरू हटाइदिए ।

Genesis 30:37

याकूबले कस्ता किसिमका हाँगाहरूमा सेता धर्का ताछे?

याकूबले ताजा चिनार, हाडे-बदाम, र लहरे-पीपलका रूखहरूका हाँगाहरूमा सेता धर्का ताछे ।

Genesis 30:38

याकूबले ताछिएका हाँगाहरूसँग के गरे?

याकूबले बगालले पानी खान आउने डुडको अगाडि आफूले ताछेका हाँगाहरू राखिदिए ।

Genesis 30:39

हाँगाहरूको अगाडि बगालले बियाउदा के भयो?

हाँगाहरूको अगाडि बगालले छिर्केमिर्के, पेटारे र थोपले बच्चा बियाए ।

Genesis 30:42

याकूबका जनावरहरूको प्रजननको परिणाम कस्तो थियो?

परिणामचाहिँ कमजोर बगालहरू लाबानका भए भने बलिया बगालहरू चाहिँ याकूबका भए ।