Genesis 29

Genesis 29:4

याकूबसँग बोलेका मानिसहरू कहाँका थिए?

ती मानिसहरू हारानका थिए ।

Genesis 29:6

भेडाको बगाल लिएर इनारमा को पनि आयो?

लाबानको छोरी, राहेल पनि भेडाको बगाल लिएर इनारमा आइन् ।

Genesis 29:10

लाबानका भेडाहरूका निम्ति याकूबले के गरे?

याकूबले इनारको मुखको ढुङ्गो गुडाइदिए र भेडाहरूलाई पानी खुवाइदिए ।

Genesis 29:12

याकूबले राहेललाई के बताए र त्यसपछि तीनले के गरिन्?

याकूबले राहेललाई आफू उनका बुबाको नातेदार हुन् भनेर बताए र त्यसपछि राहेल दौडेर गइन् र आफ्ना बुबालाई यो कुरा बताइदिइ्न् ।

Genesis 29:13

याकूब आएको सुनेर लाबानले कसरी प्रतिक्रिया जनाए?

लाबान याकूबलाई भेट्न दौडेर गए, तीनलाई अंगालो हाले, चुम्बन गरे, अनि तीनलाई आफ्नो घरमा ल्याए ।

Genesis 29:16

लाबानका दुई छोरीहरूको वर्णन गर्नुहोस् ।

लेआ जेठी छोरी थिइन् र तीनका आँखा धमिला थिए, जबकि राहेल कान्छी थिइन् र सुडौल र हेर्नमा सुन्दरी थिइन् ।

Genesis 29:17

लाबानका दुई छोरीहरूको वर्णन गर्नुहोस् ।

लेआ जेठी छोरी थिइन् र तीनका आँखा धमिला थिए, जबकि राहेल कान्छी थिइन् र सुडौल र हेर्नमा सुन्दरी थिइन् ।

Genesis 29:18

याकूबले गर्ने सेवाको सम्बन्धमा लाबान र याकूबले के सहमती गरे?

राहेलको बदलामा याकूबले लाबानको सात वर्ष सेवा गर्ने उनीहरूले सहमती गरे ।

Genesis 29:20

सेवाको सात वर्ष याकूबलाई किन केहि दिनजस्तो मात्र लाग्यो?

राहेलप्रति भएको याकूबको प्रेमले गर्दा श्रमको सात वर्ष याकूबलाई केहि दिनजस्तो मात्र लाग्यो ।

Genesis 29:23

लाबानले याकूबलाई कसरी छल गरे?

विवाहको रात लाबानले याकूबलाई राहेलको सट्टामा लेआ दिए ।

Genesis 29:24

लाबानले याकूबलाई कसरी छल गरे?

विवाहको रात लाबानले याकूबलाई राहेलको सट्टामा लेआ दिए ।

लाबानले लेआलाई उनकी कमारी हुनलाई को दिए?

लाबानले आफ्नो कमारी जिल्पालाई आफ्नो छोरी लेआको कमारी हुनलाई दिए ।

Genesis 29:25

लाबानले याकूबलाई कसरी छल गरे?

विवाहको रात लाबानले याकूबलाई राहेलको सट्टामा लेआ दिए ।

Genesis 29:26

लाबानले आफूले याकूबलाई किन छल गरेको भने?

लाबानले भने उनीहरूको रितीमा पहिले जन्मेका भन्दा अघि कान्छी छोरीलाई विवाहको लागि दिइदैन ।

Genesis 29:27

त्यसपछि याकूबको श्रमको सम्बन्धमा लाबान र याकूबले के व्यवस्था गरे?

राहेलको बदलामा याकूबले लाबानलाई थप सात वर्ष सेवा गर्ने उनीहरूले सहमती गरे ।

Genesis 29:29

लाबानले राहेललाई उनकी कमारी हुनलाई को दिए?

लाबानले बिल्हालाई आफ्नी छोरी राहेलको कमारी हुनलाई दिए

Genesis 29:31

याकूबले लेआलाई प्रेम नगरेको परमप्रभुले देख्नु भएपछि उहाँले के गर्नुभयो?

परमप्रभुले लेआलाई गर्भवती हुन दिनुभयो तर राहेल बाँझी नै रहिन् ।

Genesis 29:32

लेआले याकूबको लागि छोराहरू जन्माइन् भने के हुनेछ भनी उनले आशा गरिन्?

लेआले याकूबको लागि छोराहरू जन्माइन् भने याकूबले उनलाई प्रेम गर्नेछन् भनी आशा गरिन् ।

लेआको पहिलो छोराको नाउँ के थियो?

लेआको पहिलो छोराको नाउँ रूबेन थियो ।

Genesis 29:35

यहूदालाई जन्माएपछि लेआले के भनिन्?

यहूदालाई जन्माएपछि लेआले भनिन्, “यस पाली त म परमप्रभुको प्रंशसा गर्नेछु ।”