Genesis 25

Genesis 25:1

अब्राहामले आफ्नो पत्‍नी सारा मरेपछि के गरे?

अब्राहामले कतूर नामकी पत्‍नी ल्याए ।

Genesis 25:5

अब्राहामले आफ्नो सम्पत्ति कसरी बाँडे?

अब्राहामले आफ्ना उपपत्‍नीहरूका छोराहरूलाई उपहारहरू दिए र आफ्ना सबै थोक इसहाकलाई दिए ।

Genesis 25:6

अब्राहामले आफ्नो सम्पत्ति कसरी बाँडे?

अब्राहामले आफ्ना उपपत्‍नीहरूका छोराहरूलाई उपहारहरू दिए र आफ्ना सबै थोक इसहाकलाई दिए ।

Genesis 25:7

अब्राहाम कति वर्ष बाचे?

अब्राहाम एक सय पचहत्तर वर्ष बाँचे ।

Genesis 25:9

अब्राहामलाई कसले गाडे?

अब्राहामलाई इसहाक र इश्माएल दुवैले गाडे ।

Genesis 25:18

इश्माएलका बाह्र छोराहरू एक अर्कासँग कसरी बसे?

इश्माएलका बाह्र छोराहरू एक अर्काको शत्रुतामा बसे ।

Genesis 25:21

रिबेका बाझी भएकी हुनाले इसहाकले के गरे?

इसहाकले आफ्नो पत्‍नीको लागि परमप्रभुसँग प्रार्थना गरे र परमप्रभुले उनको प्रार्थनाको उत्तर दिनुभयो र रिबेका गर्भवती भइन् ।

Genesis 25:23

रिबेकाको गर्भमा संघर्ष गरिरहेका दुई बालकहरूका सम्बन्धमा परमप्रभुले के भन्‍नुभयो?

परमप्रभुले भन्‍नुभयो कि उनको कोखमा दुई जातिहरू छन्, एउटा अर्कोभन्दा बलवान हुनेछ र जेठाले कान्छाको सेवा गर्नेछ ।

Genesis 25:25

पहिले को जन्मियो र ऊ कस्तो देखि्नथियो?

एसाव पहिले जन्मियो र ऊ रातो, शरीरभरि रौँको लुगा लगाएको जस्तै देखिन्थ्यो ।

Genesis 25:26

दोस्रो को जन्मियो र ऊ जन्मिदा के गर्दै थियो?

दोस्रो याकूब जन्मियो र ऊ जन्मिदा एसावको कुर्कुच्‍चा समाती राखेको थियो ।

Genesis 25:27

एसाव कस्ता किसिमका मानिस थिए?

एसाव एउटा सिपालु शिकारी र मैदानमा डुलिहिँड्ने मानिस थिए ।

याकूब कस्ता किसिमका मानिस थिए?

याकूब पालमा समय बिताउने शान्त स्वभावका मानिस थिए ।

Genesis 25:28

इसहाकले कसलाई माया गर्थे र रिबेकाले कसलाई माया गर्थिन्?

इसहाकले एसावलाई माया गर्थे र रिबेकाले याकूबलाई माया गर्थिन् ।

Genesis 25:30

एसावको अर्को नाउँ के थियो?

एसावको अर्को नाउँ एदोम थियो ।

Genesis 25:31

याकूबले एसावलाई भोक लाग्दा खान चाहेको रातो सुरुवाको सट्टामा के माग गरे?

याकूबले रातो सुरुवाको सट्टामा एसावको ज्येष्ठ-अधिकार माग गरे ।

Genesis 25:33

याकूबले एसावलाई भोक लाग्दा खान चाहेको रातो सुरुवाको सट्टामा के माग गरे?

याकूबले रातो सुरुवाको सट्टामा एसावको ज्येष्ठ-अधिकार माग गरे ।

Genesis 25:34

एसावले आफ्नो ज्येष्ठ अधिकारलाई कस्तो व्यवहार गरिरहेका थिए जब उनले याकूबको प्रस्तावको यसरी प्रतिक्रिया दिए?

एसावले आफ्नो ज्येष्ठ अधिकारलाई लत्त्याएका थिए जब उनले याकूबको प्रस्तावको यसरी प्रतिक्रिया दिए ।