Genesis 41

Genesis 41 General Notes

Special concepts in this chapter
God's power

The account of Joseph focuses on the power of God. God is able to protect his people despite the evil actions of some. He also is able to continue to bless them despite their circumstances. (See: /WA-Catalog/ne_tw?section=kt#peopleofgod and /WA-Catalog/ne_tw?section=kt#bless)

Interpretation of dreams

The interpretation of dreams was important in the ancient Near East. It was seen as possible only through divine power. Yahweh gave Joseph the power to interpret dreams in order to bring himself glory and to protect Joseph and the Hebrew people. (See: /WA-Catalog/ne_tw?section=kt#glory)

Joseph's character

Genesis just recorded a period of time where Joseph's ancestors and brothers struggled with sin. Joseph's character in this chapter is upright. It gained him great favor in the eyes of Pharaoh and helped to save his people. (See: /WA-Catalog/ne_tw?section=kt#sin l, /WA-Catalog/ne_tw?section=kt#upright and /WA-Catalog/ne_tw?section=kt#save)

<< | >>

Genesis 41:1

दुई वर्षको अन्त्यमा

योसेफसँग झ्यालखानामा भएका फारोको पियाउने र खुवाउनेको सपनाको अर्थ योसेफले सही तरिकाले बताएको दुई वर्ष बित्यो ।

तिनी ... उभिए

"फारो उभिरहेका थिए"

सप्रेका र मोटा-मोटा

"स्वास्थ्य र मोटा"

नर्कटको झाडीमा चरे

"नदीको किनारनेर घाँस खाइरहेका थिए"

नर्कट

भिजेको ठाउँहरूमा उम्रने अग्लो, मसिनो घाँस

नसप्रेका र दुब्ला-दुब्ला

"बिरामी र दुब्ला"

नदीको किनार

"नदीको छेउ" वा "नदी तट"। यो नदीको छेउको अग्लो स्थान हो ।

शब्द अनुवाद

Genesis 41:4

नसप्रेका र दुब्ला-दुब्ला

"कमजोर र दुब्ला ।" उत्पत्ति ४१:३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सप्रेका र मोटा-मोटा

"स्वास्थ्य र पोसाएको ।" उत्पत्ति ४१:२मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ब्युँझे

"जागे"

अर्को

"अर्को" शब्द क्रमसङ्ख्या हो । अर्को अनुवाद‍ः "फेरि" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-ordinal)

सातवटा ... अनाजका बाला

बाला अन‍ाजको बोटको भाग हो जसमा दानाहरू लाग्छन् ।

एउटै डाँठमा उम्रे

"एउटै डाँठमा उम्रयो" । डाँठ बोटको मोटो वा अग्लो भाग हो ।

भरिला र असल ... एउटै डाँठमा

"ती स्वास्थ्य र सुन्दर ... थिए र एउटै डाँठमा"

सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "जुन सेप्रा र पूर्वबाटको तातो बतासको कारण ओइलाएका" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

पूर्वीय बतास

पूर्वबाटको बताास मरुभूमितिरबाट चल्यो । पूर्वीय बतासको ताप प्रायजसो ज्यादै विनाशकारी हुन्थ्यो ।

पलाए

"बढे" वा "सप्रे"

शब्द अनुवाद

Genesis 41:7

सेप्रा बालाहरू

"अनाजका" शब्द यहाँ बुझिन्छ । अर्को अनुवाद‍ः "अनाजका सेप्रा बालाहरू" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

खाइदिए

"खाए ।" फारोले सपना देखिरहेका छन् कि अस्वस्थ्य अन‍ाजले स्वस्थ्य अनाजलाई एक व्यक्तिले खाने कुरा खाए जसरी खान सक्छन् ।

भरिला र असल बाला

"स्वास्थ्य र असल बाला ।" उत्पत्ति ४१:५मा भएको यस्तै वाक्यांशमा तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ब्युँझे

"जागे"

यो त सपना पो रहेछ

"तिनले सपना देखिरेका थिए"

तिनको आत्मा बेचैन भयो

यहाँ "आत्मा" शब्दले तिनको भित्री मनुष्यत्व वा तिनको मनोभावनालाई जनाउँछ । अर्को अनुवाद‍ः "तिनी आफ्नो भित्री मनुष्यत्वमा बेचैन भए" अथवा "तिनी बेचैन भए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

तिनले ... बोलाउन पठाए

यसले बुझाउँछ कि तिनले सेवकहरूलाई पठाए । अर्को अनुवाद‍ः "तिनले ... बोलाउन आफ्ना सेवकहरू पठाए" अथवा "तिनले ... डाक्न आफ्ना सेवकहरूलाई पठाए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरू

प्राचीन राजाहरू र शासकहरूले सल्लाहकारको रूपमा जादुगर र बुद्धिमान् मानिसहरूलाई चलाउथे ।

शब्द अनुवाद

Genesis 41:9

मुख्य पियाउने

राजालाई मद्य टक्र्याउने सबैभन्दा महत्वपूर्ण व्यक्ति । उत्पत्ति ४०:२मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आज म मेरो दोषको बारेमा सोच्दै छु

"आज" शब्द जोड दिनको लागि प्रयोग गरिएको छ । तिनको "दोष" यो हो कि तिनले फारोलाई केहि कुरा धेरै अगाडि भन्‍नुपर्ने थियो तर तिनले भनेनन् । अर्को अनुवाद‍ः "मैले भर्खर मात्र महसुस गरे कि मैले तपाईलाई केहि कुरा भन्‍न भुले"

फारो ... रिसाउनु भई

पियाउनेले फारोलाई तृतीय पुरुषको रूपमा उल्लेख गर्दैछन् । यो कम अधिकार भएको व्यक्तिले धेरै अधिकार भएको व्यक्तिसित बोल्ने एउटा सामान्य तरिका हो । अर्को अनुवाद‍ः "तपाईं, फारो ... रिसाउनु भई" ((हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

आफ्ना नोकरहरूसित

यहाँ "आफ्ना"ले फारोलाई जनाउँछ । यहाँ "नोकरहरू"ले मुख्य पियाउने र खुवाउनेलाई जनाउँछ । अर्को अनुवाद‍ः "आफ्ना नोकरहरू, हामीसित" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्तानको कैदखानामा राख्नुभयो

"मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकहरूका कप्‍तानको निरीक्षणमा रहेको झ्यालखानामा राख्‍नुभयो ।" यहाँ "कैदखाना"ले झ्यालखानालाई जनाउँछ ।

अङ्गरक्षकका कप्तानको

राजकिय अङ्गरक्षकमाथि जिम्मा दिइएको सैनिक । उत्पत्ति ४०:२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मुख्य पकाउने

राजाको लागि भोजन तयार गर्ने सबै भन्दा मुख्य व्यक्ति । उत्पत्ति४०‍ः२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनी र मैले एउटै रात सपना देख्यौँ

"एक रात हामी दुवैले सपना देख्यौँ"

हामीले ... सपना देख्यौँ

यहाँ "हामीले" मुख्य पियाउने र खुवाउनेलाई जनाउँछ । ((हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)

हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ

"हाम्रो सपनाको बेग्लाबेग्लै अर्थ थियो"

शब्द अनुवाद

Genesis 41:12

सामान्य जानकारी

मुख्य पियाउने राजासित बोल्न जारी राख्छ ।

त्यहाँ हामीसित

"झ्यालखानामा म र मुख्य पकाउनेसित"

अङ्गरक्षकका कप्तान

राजकिय अङ्गरक्षकमाथि जिम्मा दिइएको सैनिक । उत्पत्ति ४०:२-३मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो

"हामीले हाम्रा सपनाहरू तिनलाई बताइदियौँ र तिनले हामीलाई त्यसको अर्थ बताइदिए ।"

त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो

यहाँ "आ-आफ्ना"ले पियाउने र खुवाउनेलाई व्यक्तिगत रूपमा जनाउँछ, सपनाको अर्थ खोलिदिनेलाई होइन । अर्को अनुवाद‍ः "त्यसले हामी दुवैलाई के हुन लागेको थियो भनेर वर्णन गरिदिए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो

"तिनले सपनाको बारे जे बताए त्यही नै पछि हुन आयो"

फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो

यहाँ पियाउने फारोलाई आदरको रूपमा उनीसँग बोल्ँदा फारोको पदवी प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "तपाईंले मलाई मेरो काममा फिर्ता आउन अनुमति दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

अर्को मानिस

"मुख्य पकाउने"

झुण्ड्याइयो

यहाँ "झुण्ड्याइयो"ले फारोले झुण्ड्याएको बुझाउँछ । अनि, यसले मुख्य पकाउनेलाई झुण्ड्याउन फारोले आदेश दिएका सैनिकहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "तपाईले तपाईंका सैनिकहरूलाई झुण्ड्याउनको लागि आदेश दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person/WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 41:14

फारोले ... डाक्न पठाए

यो बुझिन्छ कि फारोले सेवकहरू पठाए । अर्को अनुवाद‍ः "फारोले योसेफलाई लिन आफ्ना सेवकहरू पठाए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

झ्यालखानाबाट निकालेर

"कैदखानाबाट बाहिर निकालेर" वा "झ्यालखानाबाट बाहिर निकालेर"

तिनले दारी खौरे

फारोको अघि जान तयार हुँदा दारी र टाउको कपाल दुवै खौरने एउटा प्रचलन थियो ।

फारोकहाँ आए

यहाँ "आए"लाई "गए"लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "फारोको अघि गए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-go)

यसको अर्थ खोल्ने कोही भएन

"कसैले यसको अर्थ बताउन सक्दैन"

तिमीले ... यसको अर्थ खोल्न सक्छौ

"तिमीले ... यसको अर्थ बताउन सक्छौ"

ममा यस्तो खुबी त छैन

"अर्थ बताउन सक्ने म होइन"

परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ

"परमेश्‍वरले फारोलाई अनुग्रहसाथ उत्तर दिनुहुनेछ"

शब्द अनुवाद

Genesis 41:17

नील नदीको किनार

यो नील नदीको छेउको अग्लो स्थान हो । उत्पत्ति ४१:३मा भएको यस्तै वाक्यांशलाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद‍ः "नील नदीको छेउ"

सप्रेका र मोटा-मोटा

"पोसाएका र स्वास्थ्य ।" उत्पत्ति ४१:२मा तपाईले यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

नर्कटको झाडीमा चरे

"नदीको किनारनेर घाँस खाइरहेका थिए ।" उत्पत्ति ४१:२मा भएको यस्तै वाक्यांशलाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद

Genesis 41:19

नसप्रेका र दुब्ला-दुब्ला

"कमजोर, र दुब्ला ।" उत्पत्ति ४१:३ मा तपाईले यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तीजस्ता नसप्रेका

"नसप्रेका" भाव वाचक नामलाई विशेषणको साथमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद‍ः "तीजस्ता कुरुप गाई" वा "तीजस्ता व्यर्थका देखिने गाई"(हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

मोटा-मोटा गाई

"पोसाएका गाई ।" उत्पत्ति ४१:२ मा तपाईले यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरू खाएका जस्ता देखिँदैनथे

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "ती दुब्ला गाईले मोटा गाईलाई खाएका थिए भनेर कसैले बताउन सक्ने थिएन" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 41:22

सामान्य जानकारी

फारोले योसेफलाई आफ्नो सपना बताउन जारी राख्छ ।

मेरो ... सपनामा ... देखेँ

यसले फारो ब्युँझेर फेरि सुतेपछि तिनले देखेको अर्को सपनाको सरुवआत गर्छ । अर्को अनुवाद‍ः "त्यसपछि मैले ... फेरि सपना ... देखेँ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

सातवटा ... बाला

"अनाजका" शब्द यहाँ बुझिन्छ । अर्को अनुवाद‍ः "सातवटा ... अनाजका बाला" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

एउटै डाँठमा उम्रिरहेका

"एउटै डाँठमा उम्रयो" । डाँठ बोटको मोटो वा अग्लो भाग हो । उत्पत्ति ४१:५मा भएको यस्तै वाक्यांशलाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "जुन सुकेका, सेप्रा र पूर्वबाटको तातो बतासको कारण ओइलाएका" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सुकेका

"मुर्झाएका" वा "मरेका"

पूर्वीय बतास

पूर्वबाटको बताास मरुभूमितिरबाट चल्यो । पूर्वीय बतासको ताप प्रायजसो अनाजका लागि ज्यादै विनाशकारी हुन्थ्यो ।

पलाउन थाले

"बढे" वा "सप्रे"

सेप्रा बालाहरू

"अनाजका" शब्द यहाँ बुझिन्छ । उत्पत्ति ४१‍ः७मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद‍ः "अनाजका सेप्रा बालाहरू" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

खाइदिए

"खाए" फारोले सपना देखिरहेका छन् कि अस्वस्थ्य अनाजले स्वस्थ्य अनाजलाई एक व्यक्तिले खाने कुरा खाए जसरी खान सक्छन् । उत्पत्ति ४१:७ मा भएको यस्तै वाक्यांशलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

कोही भएन

"त्यहाँ कोही व्यक्ति पनि थिएन" वा "तिनीहरू कसैले पनि"

शब्द अनुवाद

Genesis 41:25

फारोका सपनाहरू एउटै हुन्

यसले अर्थहरू एउटै हुन् भनेर बुझाएको छ । अर्को अनुवाद‍ः "दुवै सपनाहरूको अर्थ एउटै हो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ

योसेफ फारोसँग तृतीय पुरुषको रूपमा कुरा गर्छन् । यो आदर देखाउने एउटा तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "परमेश्‍वरले छिटै गर्नुहुने कुरा तपाईलाई देखाउदै हुनुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

सातवटा असल बाला

"अनाजका" शब्द यहाँ बुझिन्छ । अर्को अनुवाद‍ः "सातवटा असल अनाजका बाला" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

शब्द अनुवाद

Genesis 41:27

सामान्य जानकारी

योसेफले फारोको सपनाको अर्थ बताउन जारी राख्छ ।

दुब्ला-दुब्ला र नसप्रेका गाई

"दुब्ला र कमजोर गाई ।" उत्पत्ति ४१‍ः३मा भएको यस्तै वाक्यांशलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।\

पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "पूर्वबाटको तातो बतासको कारण ओइलाएका सातवटा अनाजका बाला" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

मैले फारोलाई बताएको कुरा यही नै हो ... फारोलाई प्रकट गराउनुभएको

योसेफ फारोसँग तृतीय पुरुषको रूपमा कुरा गर्छन् । यो आदर देखाउने एउटा तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मैले तपाईलाई बताएझैँ यी घटनाहरू हुनेछ ... फारो, तपाईलाई प्रकट गराउनुभएको" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

उहाँले ... प्रकट गराउनुभएको छ

"उहाँले ... थाहा गराउनुभएको छ"

हेर्नुहोस् ... सात

योसेफले भन्‍ने अर्को कुरालाई जोड दिन यसको प्रयोग गरिएको छ । अर्को अनुवाद‍ः "मैले भन्दै गरेको कुरामा ध्यान दिनुहोस्"

मिश्र देशभरि ठुलो सहकालको सात वर्ष हुनेछ

समय यात्रा गरी कुनै ठाउँमा उपस्तिथ हुने कुराझैँ यसले सहकालको सात वर्षको बारे बताउछ । अर्को अनुवाद‍ः "मिश्र देशभरि प्रशस्त खाने कुराको सात वर्ष हुनेछ" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद

Genesis 41:30

सामान्य जानकारी

योसेफले फारोको सपनाको अर्थ बताउन जारी राख्छ ।

त्यसपछि सात वर्षको अनिकाल पर्नेछ

यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले अनिकालको सात वर्षको बारे बताउछ । अर्को अनुवाद‍ः "त्यसपछि ज्यादै थोरै खाने कुराहरू भएको सात वर्ष हुनेछ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

सहकालको सम्झना हुनेछैन ... अनि अनिकाले देशलाई सखाप पार्नेछ ... पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन

यसको महत्त्वलाई जोड दिन योसेफले विचारलाई दुई तरिकामा व्यक्त गर्छन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

मिश्रभरि ... सहकालको सम्झना हुनेछैन

यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मिश्रीहरूले प्रशस्त खाने कुरा भएको वर्ष बारे बिर्सनेछन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

देशलाई सखाप पार्नेछ

यहाँ "देश"ले माटो, मानिसहरू, र सम्पूर्ण देशलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

पछि आउने अनिकालको कारणले

यात्रा गरी अन्य कुनै कुराको पछि आउने कुराझैँ यसले अनिकालको बारे बताउछ । अर्को अनुवाद‍ः "पछि हुने अनिकालको समयको कारणले" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो, कि परमेश्‍वरले यो विषयलाई पक्का गर्नुभएको छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "उहाँले निश्‍चय नै यी कुरहरू हुने तुल्याउनुहुनेछ भनेर तपाईलाई देखाउन परमेश्‍वरले तपाईलाई दुई सपनाहरू दिनुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 41:33

सामान्य जानकारी

योसेफ फारोलाई सम्बोधन गर्न जारी राख्छन् ।

अब

यसले "अहिलेको समयमा" जनाउदैन," तर पछि आउने महत्वपूर्ण विषयप्रति ध्यान केन्द्रित गराउन प्रयोग गरिएको छ ।

फारोले ... खोजी गरी

योसेफ फारोसँग तृतीय पुरुषको रूपमा कुरा गर्छन् । यो आदर देखाउने एउटा तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तपाईं फारोले ... खोजी गर्नुपर्छ र" (हेर्नुहोस् /WA-Catalog/ne_tm?section=translate#figs-123person)

तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस्

"तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस्" वाक्यांशको अर्थ कसैलाई अधिकार दिनु हो । अर्को अनुवाद‍ः "तिनलाई मिश्रको राज्यमाथि अधिकार दिनुहोस्" अथवा "तिनलाई मिश्रको राज्यको जिम्मा दिनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मिश्र देश

यहाँ "देश"ले सबै मानिसहरू र मिश्रका सबै कुरालाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

तिनीहरूले ... मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन्

"पाँचौँ" शब्द अंश हो । अर्को अनुवाद‍ः "तिनीहरूले ... मिश्रका अनाजलाई पाँच बराबर भागमा बाडी त्यसबाट एक भाग लिऊन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-fraction)

सहकालका सात वर्षमा

"प्रशस्त खाने कुरा भएको सात वर्षको समयमा"

शब्द अनुवाद

Genesis 41:35

सामान्य जानकारी

योसेफ फारोलाई सल्लाह दिन जारी राख्छ ।

तिनीहरूले ... जम्मा गरून्

"निरीक्षकलाई ... जम्मा गर्न दिनुहोस्"

आउँदै गरेका यी असल वर्षहरूका

यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले वर्षहरूको बारे बताउछ । अर्को अनुवाद‍ः "छिटै हुने असल वर्षहरूको समयमा" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिनीहरूले यसको सञ्‍चय गर्नुपर्छ

थोरै खाने कुरा भएको समयको लागि अनाज भण्डार गर्नुपर्छ । अर्को अनुवाद‍ः "निरीक्षकहरूले अनाजको रक्षा गर्न त्यहाँ सैनिकहरू राख्‍नुपर्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

मिश्रमा ... यी अनाज वितरण गरिनुपर्छ

यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "मानिसहरूको लागि ... यी अनाज हुनेछ" (हेर्नुहोस् /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

यसरी अनिकालद्वारा देश सखाप हुनेछैन

यहाँ "देश"ले मानिसहरूलाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यसरी अनिकालको समयमा मानिसहरू भोकाउनेछैनन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 41:37

फारो र तिनका सबै कामदारको दृष्टिमा यो सल्लाह राम्रो थियो

यहाँ "दृष्टि"ले व्यक्तिको सोच र विचारलाई जनाउँछ । अर्को अनुवाद‍ः "फारो र तिनका सेवकहरूले यो एउटा राम्रो योजना थियो भनेर विचार गरे" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

आफ्ना कामदारहरू

यिनीहरू फारोका अधिकारीहरू हुन् ।

यिनीजस्तै ... मानिस

"योसेफले वर्णन गरेको मानिस जस्तै"

परमेश्‍वरको आत्मा भएको

"परमेश्‍वरको आत्मा रहनुभएको"

शब्द अनुवाद

Genesis 41:39

कुशल ... अरू कोही छैन

"निर्णय गर्नमा यति सक्षम अरू कोही पनि छैन ।" उत्पत्ति ४१‍ः३३मा "कुशल"लाई तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिमी नै मेरो घरको अधिकारी हुनेछौ

यहाँ "घर"ले फारोको दरबार र दरबारमा भएका मानिसहरूलाई जनाउँछ । वाक्यांश "अधिकारी हुनेछौ"को अर्थ योसेफले अधिकार पाउनेछन् । अर्को अनुवाद‍ः "मेरो दरबारमा भएका सबै जनामाथि तिमीलाई जिम्म दिइनेछ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-idiom)

तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन्

यहाँ "वचन"ले आदेश वा भनेको कुरालाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिमीले मेरा मानिसहरूमाथि राज्य गर्नेछौ र तिमीले जे आदेश दिन्छौ तिनीहरूले त्यही गर्नेछन्" ((हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सिंहासनमा मात्रै

यहाँ "सिंहासन"ले राजाको रूपमा फारोको शासनलाई जनाउँछ । अर्को अनुवाद‍ः "मेरो राजाको भूमिकामा मात्रै"

हेर, मैले तिमीलाई ... तुल्याएको छु

यहाँ "हेर" शब्दले राजाले भन्‍न लगेको अर्को कुरालाई जोड दिन्छ ।

मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु

"अधिकारी तुल्याएको छु" वाक्यांशको अर्थ अधिकार दिने हो । यहाँ "देश"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "मैले तिमीलाई मिश्रका सबै जनामाथि जिम्मावाल तुल्याएको छु" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom/WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 41:42

फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली ... तिनको गलामा सुनको सिक्री

यी सबै कार्यहरूले देखाउछ कि योसेफले योजना गरेका सबै कुराहरू गर्न फारोले उनलाई अधिकार दिदैछन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

छाप-औँठी

यस औँठीमा फारोको छाप खोपिएको थियो। यसले योसेफलाई उनको योजना पुरा गर्न चाहिएको अधिकार र पैसा दियो ।

सुन्दर मलमलको लुगा

"मलमल" एउटा निलो फूल फूल्ने सनपाटको बोटबाट बनेको जिल्लो, बलियो कपडा हो ।

फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए

यस कार्यले केवल योसेफ मात्र फारोभन्दा दोश्रो दर्जाको हो भनेर मानिसहरूलाई स्पष्‍ट पार्छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

घुँडा टेकेर झुक

"दण्‍डवत् गरी योसेफलाई सम्मान गर ।" घुँडा टेकेर दण्‍डवत् गर्नु सम्मान र आदरको चिन्ह थियो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए

"अधिकारी तुल्याए" वाक्यांशको अर्थ अधिकार दिने हो । यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । उत्पत्ति ४१‍ः४१मा तपाईले यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "मैले तिमीलाई मिश्रका सबै जनामाथि जिम्मावाल तुल्याए" Egypt”(हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom/WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

शब्द अनुवाद

Genesis 41:44

म फारो हुँ, र तिमीबाहेक

फारोले आफ्नो अधिकारलाई जोड दिदैछन् । अर्को अनुवाद‍ः "फारोको रूपमा, म आदेश दिन्छु कि तिमीबाहेक"

तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन

अर्को अनुवाद:"तिम्रो अनुमति बिना मिश्रमा कोही व्यक्तिले पनि केहि गर्नेछैन" वा "मिश्रका हरेक व्यक्तिले केहि पनि गर्न अघि तिनीहरूले तिम्रो अनुमति लिनपर्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

कसैले

यहाँ "कसैले"ले सामान्य रूपमा कुनै व्यक्ति, पुरुष वा स्‍त्रीलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-gendernotations)

सापनत-पानेह

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छन्ः सापनत-पानेह नाउँको अर्थ "रहस्यहरू खोल्ने व्यक्ति" । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए

मिश्रमा पुजारीहरू सबै भन्दा उच्च र विशेषाधिकृत जाति थिए । यस विवाहले योसेफको सम्मान र विशेषाधिकारको स्थानलाई देखाउछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

योसेफलाई ... आसनत

"आसनत" फारोले योसेफलाई उनको पत्‍नीको रूपमा दिएको स्‍त्रीको नाउँ हो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

पोतीपेराकी छोरी

"पोतीपेरा" आसनतका पिता हुन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

योसेफ मिश्र देशभरि जान्थे

आउनलागेको अनिकालको तयारीको निरीक्षण गर्न योसेफले देशभरि यात्रा गरे ।

शब्द अनुवाद

Genesis 41:46

तीस वर्ष

"३० वर्ष" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-numbers)

मिश्रका राष्ट्रप्रमुख फारोको सामु उभिँदा

यहाँ "सामु उभिँदा"ले योसेफले फारोको लागि सेवा गर्न सुरु गरेको कुरालाई जनाउँछ । अर्को अनुवाद‍ः "मिश्रका राष्ट्रप्रमुख फारोको सेवा गर्न सुरु गर्दा" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

सारा मिश्र देशभरि चाहार्थे

आफ्ना योजनाहरू पुरा गर्न तयारी गर्दा योसेफ देशको निरीक्षण गर्दैछन् ।

सहकालका सात वर्षमा

"सात असल वर्षको समयमा"

जमिनले प्रचुर मात्रामा उब्जनी गर्‍यो

"जमिनले धेरै फसल उब्जायो"

शब्द अनुवाद

Genesis 41:48

तिनले ... सङ्कलन गरी ... तिनले ... राखे

यहाँ "तिनले"ले योसेफका सेवकहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफले आफ्ना सेवकहरूलाई ... सङ्कलन गर्न आदेश दिई ... तिनीहरूले ... राखे" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे

अन्‍नको ठूलो मात्रालाई प्रस्तुत गर्न यसले अन्‍नलाई समुद्रको बालुवासित तुलना गर्छ । अर्को अनुवाद‍ः "योसेफले भण्डारण गरेका अन्‍न समुद्र किनारका बालुवासरह प्रशस्त थियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

योसेफले अन्‍नको भण्डारण ... गरे ... तिनले ... छाडिदिए

यहाँ "योसेफ" र "तिनले" ले योसेफका सेवकहरूलाई जनाउँछन् । अर्को अनुवाद‍ः "योसेफले आफ्ना सेवकहरूलाई अन्‍नको भण्डारण ... गर्न लगाए ... तिनीहरूले ... छाडिदिए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

शब्द अनुवाद

Genesis 41:50

अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि

वर्षहरू यात्रा गरी कुनै ठाउँमा आउने कुराझैँ यसले त्यसको बारे बताउछ । अर्को अनुवाद‍ः "अनिकालको सात वर्ष सुरु हुनभन्दा अगि" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

आसनत

"आसनत" फारोले योसेफलाई उनको पत्‍नीको रूपमा दिएको स्‍त्रीको नाउँ हो । उत्पत्ति ४१‍ः४५मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

पोतीपेराकी छोरी

"पोतीपेरा" आसनतको पिता हो । उत्पत्ति ४१‍ः४५मा तपाईले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

ओनका पुजारी

ओन एउटा सहर हो जसलाई हेलीओपोलिस पनि भनिन्छ, जुन "सूर्यको सहर" र सूर्य देवलाई पुज्‍ने केन्द्र थियो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

मनश्शे

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छन्ः "'मनश्शे' नाउँको अर्थ 'बिर्सन लगाउनु' हो" ।

पिताका घराना

यसले योसेफका पिता याकूब र उनका परिवारलाई जनाउँछ ।

एफ्राइम

अनुवादकले यस्तो पादटिप्पणी थप्‍न सक्छन्ः "'एफ्राइम' नाउँको अर्थ 'फलिफाप हुनु' वा 'छोराछोरीहरू पाउनु' हो" ।

मेरो फलिफाप गराउनुभएको

यहाँ "फलिफाप"ले उन्‍नति हुनु वा छोराछोरीहरू पाउनुलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मेरो कष्टको देशमा

"कष्ट" भाव वाचक नामलाई "मैले दुःख भोगेको" को रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मैले दुःख भोगेको यस देशमा" (EN-UDB) (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

शब्द अनुवाद

Genesis 41:53

सबै देशहरूमा

कनान देश सहित मिश्रबाहिर भएका वरिपरिका राष्ट्रहरूमा ।

तर मिश्र देशमा भने अनाज थियो

यसले देखाउछ कि योसेफले आफ्ना मानिसहरूलाई सात असल वर्षको समयमा अनाज भण्डार गर्न दिएको आदेशको कारण त्यहाँ अनाज थियो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 41:55

सारा मिश्र अनिकालले तडपिँदा

यहाँ "मिश्र"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "सबै मिश्रीहरू भोकले तडपिँदा" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

अनिकालले पुरै देशलाई ढाकेको थियो

अर्को अनुवाद‍ः "अनिकाल देशभर फैलिएको थियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे

यहाँ "योसेफ"ले योसेफका सेवकहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः " योसेफले आफ्ना सेवकहरूलाई सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेच्‍न लगाए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

सबै देश ... मिश्रमा आउँदै थिए

यहाँ "देश"ले सबै मुलुकबाटका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "वरिपरिका सबै मुलुकबाट मानिसहरू ... मिश्रमा आउँदै थिए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy)

सारा संसारमा

"संसारभरि" । अनिकालद्वारा असर परेका मिश्री व्यापार क्षेत्रका हिस्सा भएका सबै व्यापार साझेदार र राष्‍ट्रहरू अन्‍नको लागि मिश्रमा आएका हुनसक्छन् ।

शब्द अनुवाद