Genesis 44

Genesis 44 General Notes

Special concepts in this chapter
Judah's sacrifice

Judah is willing to sacrifice himself in order to save Benjamin, the favored son of Jacob. Judah's descendants will become the leaders of the Israelites and the godliest of the twelve tribes of Israel. (See: /WA-Catalog/ne_tw?section=kt#favor and /WA-Catalog/ne_tw?section=kt#godly)

Other possible translation difficulties in this chapter
Joseph's test

Joseph tests his brothers to see if they are good. They treat their brother Benjamin better than they treated Joseph and tried to protect him. (See: /WA-Catalog/ne_tw?section=kt#test)

<< | >>

Genesis 44:1

सामान्य जानकारी:

यसले कथामा नयाँ घटनाको सुरुआत गर्छ । सम्भवतः यो भोजपछिको अर्को बिहानी हो ।

तिनको घरको भण्डारे

"भण्डारे" योसेफको घरेलू कामकाजको व्यवस्थापन गर्न जिम्मेवार थियो ।

हरेकको बोराको मुखमा

"हरेकको बोरामा"

हरेकको बोराको मुखमा

"हरेकको बोरामा"

मेरो चाँदीको कचौरा ... हालिदेऊ

"मेरो चाँदिको कचौरा हालिदेऊ"

कान्छोको बोराको मुखमा

यहाँ "भाइ" शब्द बुझिन्छ । अर्को अनुवाद‍ः "कान्छो भाइको बोरामा" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

शब्द अनुवाद

Genesis 44:3

बिहान भएपछि

"बिहानको किरण देखा परेपछि"

ती मानिसहरू आ-आफ्ना गधाहरूसँगै पठाइए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद:"तिनीहरूले ती मानिसहरूलाई आ-आफ्ना गधाहरूसँगै पठाए" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

किन तिमीहरूले भलाइको सट्टा खराबी गर्‍यौ ?

ती दाजुभाइहरूलाई गाली गर्न यो प्रश्‍नको प्रयोग गरिएको छ । अर्को अनुवाद‍ः "हामीले तिमीहरूसित असल गरेपछि पनि तिमीहरूले हामीलाई नराम्रोसँग व्यवहार गरेका छौ! (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

के यो त्यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्छ र शकून-अपशकूनको लागि प्रयोग गर्नुहुन्छ ?

दाजुभाइहरूलाई गाली गर्न यो प्रश्‍नको प्रयोग गरिएको छ । अर्को अनुवाद‍ः "तिमीहरूलाई पहिले नै थाहा छ कि यो कचौरा मेरा मालिकले पिउनको लागि र भाग्य हेर्नको लागि प्रयोग गर्नुहुन्छ!" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

तपाईंहरूले जे गर्नुभएको छ त्यो खराब छ

अर्को अनुवादः "तपाईले गर्नु भएको काम धेरै खराब छ" (हेर्नुहोस्ः /WA-Catalog/ne_tm?section=translate#figs-parallelism)

शब्द अनुवाद

Genesis 44:6

तिनीहरूलाई ती वचनहरू भन्यो

यहाँ "वचनहरू"ले बताएका कुराहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "योसेफले त्यसलाई बताउन लगाएका कुराहरू भन्यो"

किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ ?

यहाँ "कुराहरू"ले जे बताएको थियो त्यसलाई जनाउँछ । ती दाजुभाइहरूले "मेरा मालिक" भनेर भण्डारेलाई सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई द्वितीय पुरुषको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तपाईं किन यस्तो भन्‍दै हुनुहुन्छ, मेरा मालिक ?" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metonymy/WA-Catalog/ne_tm?section=translate#figs-123person)

तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन्

ती दाजुभाइहरूले आफैलाई "तपाईका दासहरू" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "हामीले यस्तो कुरा कहिल्यै गर्न सक्दैनौँ!" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

शब्द अनुवाद

Genesis 44:8

हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ-पैसा

"तपाईलाई थाहा नै छ हामीले हाम्रा बोरहरूमा फेला पारेका रुपियाँ-पैसा"

हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ

"हामीले कनानबाट तपाईंकहाँ फर्काएर ल्यायौँ"

तब कसरी हामीले तपाईंका मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ ?

तिनीहरूले मिश्रका मालिककहाँबाट चोर्ने छैनन् भनेर जोड दिन दाजुभाइहरूले यहाँ प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "त्यसैले तपाईंका मालिकको घरबाट हामी कहिल्यै कुनै कुरा लिने छैनौँ!" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

चाँदी वा सुन

तिनीहरूले मूल्यको केहि कुरा पनि चोर्ने छैनन् भनेर बताउन यी शब्दहरूसँगै प्रयोग गरिएका छन् ।

तपाईंको कुनै पनि दाससित त्यो कचौरा फेला पारियो भने

ती दाजुभाइहरूले आफैलाई "तपाईको ... दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई प्रथम पुरुषको रूपमा लेख्‍न सकिन्छ । साथै, "त्यो कचौरा फेला पारियो भने" वाक्यांशलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यदि तपाईंले हामीमध्ये कोहि एकले त्यो कचौरा चोरेको भेट्टाउनु भयो भने" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person and /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

हामी आफै पनि तपाईंका दास हुनेछौँ

अर्को अनुवाद:"हामीलाई आफ्ना दासको रूपमा तपाईं लिन सक्नुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

अब तपाईंहरूकै वचन अनुसार नै होस्

यहाँ "अब"ले "अहिलेको समयमा" भनेर जनाउदैन, तर पछि आउने महत्वपूर्ण विषयप्रति ध्यान केन्द्रित गराउन प्रयोग गरिएको छ । साथै, "वचन"ले बतााएको कुरालाई जनाउँछ । अर्को अनुवाद‍ः "त्यसो भए ठिक छ । तपाईंहरूले भन्‍नुभएको नै म गर्नेछु ।"

जससित त्यो कचौरा पाइन्छ, त्यो मेरो दास बनोस्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "यदि तपाईंका बोराहरूमध्ये कुनै एउटामा मद्वारा कचौरा फेला पारियो भने त्यो व्यक्ति मेरो दास हुनेछ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 44:11

आ-आफ्नो बोरा भुइँमा झारी

"आ-आफ्नो बोरो भुइँमा राखी"

जेठोबाट ... कान्छोमा

यहाँ "दाजु वा भाइ" शब्द बुझिन्छ । अर्को अनुवाद‍ः "जेठो दाजुबाट ... कान्छो भाइमा" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-ellipsis)

कान्छोमा टुङ्ग्यायो, अनि त्यो कचौरा बेन्यामीनको बोरामा फेला पारियो

यसलाई एउटा नयाँ वाक्य र कर्तृवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद‍ः "कान्छोमा टुङ्ग्यायो । भण्डारेले बेन्यामीनको बोरामा कचौरा फेला पारे ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्यसपछि तिनीहरूले आफ्ना लुगा च्याते

"तिनीहरू" शब्दले ती दाजुभाइहरूलाई जनाउँछन् । लुगा च्यात्‍नु भनेको एउटा ठूलो दुःख र शोकको चिन्ह थियो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

फर्के

"र तिनीहरू फर्के"

शब्द अनुवाद

Genesis 44:14

तिनी अझै पनि त्यहीँ नै थिए

"योसेफ अझै पनि त्यहीँ नै थिए"

तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे

"तिनीहरू तिनको अगि झुके ।" यो आफूहरूप्रति मालिक कृपालु हुनुभएको दाजुभाइहरूको चाहनाको एउटा चिन्ह हो । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-symaction)

मजस्तो मानिसले शकून-अपशकून गर्छ भनी के तिमीहरूलाई थाहा छैन ?

योसेफले आफ्ना दाजुभाइहरूलाई गाली गर्न प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "मजस्तो मानिस जादुगरीद्वारा कुराहरू सिक्न सक्छु भनी तिमीहरूलाई निश्‍चय नै थाहा होला!" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

शब्द अनुवाद

Genesis 44:16

मेरा मालिकलाई हामी के भनौँ ? हामी के बोलौँ ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ ?

तिनवटै प्रश्‍नहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ । तिनीहरूले के घटयो भनेर बताउन सक्ने कुरा त्यहाँ केहि नभएको भनी जोड दिन तिनीहरूले यी प्रश्‍नहरूको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "हामीसँग भन्‍नलाई केहि छैन, मेरा मालिक । हामी कुनै महत्त्वपूर्ण कुरा बोल्न सक्दैनौँ । हामीले आफूलाई सफाइ दिन सक्दैनौँ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-parallelism/WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मेरा मालिकलाई हामी के भनौँ ... मेरा मालिकका दास

यहाँ "मेरा मालिक"ले योसेफलाई जनाउँछ । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई द्वितीय पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तपाईंलाई हामी के भनौँ ... तपाईंका दास" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको छ

यहाँ "पत्ता लगाउनुभएको छ" वाक्यांशले दाजुहरूले गरेका कुरा परमेश्‍वरले भर्खर पत्ता लगाउनुभयो भन्‍ने होइन । यसले भन्‍न खोजेको कुरा यो हो कि तिनीहरूले गरेका कुराको निम्ति परमेश्‍वरले तिनीहरूलाई अहिले दण्‍ड दिँदैहुनुहुन्छ । अर्को अनुवाद‍ः "परमेश्‍वरले हामीलाई हाम्रा विगतका पापको कारण दण्‍ड दिँदैहुनुहुन्छ ।

तपाईंका दासहरूको अपराध

ती दाजुभाइहरूले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हाम्रा अपराध" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

र त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो

यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । साथै, "फेला पर्‍यो"लाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "र त्यो व्यक्ति जससँग तपाईंको कचौरा थियो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche/WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

त्यो मानिस जसको हातमा कचौरा फेला पारियो

यहाँ "हात"ले पुरा व्यक्तिलाई जनाउँछ । साथै, "फेला पारियो"लाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मेरो कचौरा लिएको व्यक्ति" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche/WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 44:18

हजुरको दासलाई ... दिनुहोस्

यहूदाले आफैलाई "हजुरको दास" भनेर सम्बोधन गर्छ । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हजुरको दास, मलाई ... दिनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

हजुरको दासलाई एउटा वचन बोल्न

यहाँ "वचन" एउटा लाक्षण हो जसले बताएको कुरालाई जनाउँछ । अर्को अनुवाद‍ः "मेरा मालिक, तपाईंसँग बोल्न" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

किनकि तपाईं फारोसमान हुनुहुन्छ

मालिकसँग भएको महान शक्तिलाई जोड दिन यहूदाले मालिकलाई फारोसित तुलना गर्छ । मालिक रिसाउनु भई आफूलाई प्राण दण्‍ड दिएको तिनी चाहन्छन् भन्‍ने कुरा पनि तिनले यहाँ सङ्केत गर्दैछन् । अर्को अनुवाद‍ः "किनकी तपाईं फारो जतिकै शक्तिशाली हुनुहुन्छ र तपाईंका सैनिकहरूद्वारा मलाई मार्न सक्नुहुन्छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्नुभयो, 'के तिमीहरूका पिता वा भाइ छ ?'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "मेरा मालिकले हामीलाई हाम्रा पिता अथवा भाइ छन् कि भनेर सोध्नुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

मेरा मालिकले आफ्ना दासहरूलाई ... सोध्नुभयो

यहूदाले योसेफलाई "मेरा मालिक" र "आफ्ना" भनी समोधन गर्छन् । तिनले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "आफ्ना दासहरू" भनेर सम्बोधन गर्छन् । अर्को अनुवाद‍ः "मेरा मालिक, तपाईंले हामीहरू तपाईका दासहरूलाई सोध्नुभयो" वा "तपाईंले हामीलाई सोध्नुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

शब्द अनुवाद

Genesis 44:20

सामान्य जानकारी:

यहूदा योसेफको सामु बोल्न जारी राख्छ ।

हामीले हजुरलाई भन्यौँ, 'हाम्रा वृद्ध पिता हुनुहुन्छ ... तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "अनि हामीले हजुरलाई हाम्रा वृद्ध पिता हुनुहुन्छ भनेर भन्यौँ ... तिनका पिताले तिनलाई माया गर्नुहुन्छ ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

हामीले हजुरलाई भन्यौँ

यहूदाले योसेफलाई "हजुर" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवादः "हजुर, हामीले तपाईंलाई भन्‍यौँ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

तिनका पिताले तिनलाई माया गर्नुहुन्छ

यसले मित्र अथवा परिवारको सदस्यलाई गरिने प्रेमलाई जनाउँछ ।

त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "अनि तपाईले हाम्रा कान्छो भाइलाई देख्‍न सक्नु भएकोहोस् भनेर आफ्ना दासहरूलाई तिनलाई तपाईंकहाँ ल्याउन भन्‍नुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो

यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "आफ्ना दासहरू" भनेर सम्बोधन गर्छन् । अर्को अनुवाद‍ः "त्यसपछि तपाईले आफ्ना दासहरू, हामीलाई भन्‍नुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

तिनलाई लिएर आओ

अर्को अनुवाद‍:"तिनलाई मकहाँ लिएर आओ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

त्यसपछि हामीले हजुरलाई भन्यौँ, 'ठिटोले ... पिता मर्नेछन् ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "प्रतिउत्तारमा, ठिटोले ... सक्दैनन् भनेर हामीले हजुरलाई भन्यौँ ... पिता मर्नेछन्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

तिनका पिता मर्नेछन्

तिनीहरूका पिता शोकले मर्नेछन् भनेर यसले बताएको छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-explicit)

शब्द अनुवाद

Genesis 44:23

सामान्य जानकारी:

यहूदाले योसेफलाई आफ्नो कथा जारी राख्‍छ ।

तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो, 'तिमीहरूको कान्छो भाइ तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ ।'

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो कि हाम्रा कान्छ भाइ हामीहरूसित नआएसम्म हामीले तपाईंलाई फेरी देख्‍नेछैनौँ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो

यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "आफ्ना दासहरू" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "तब तपाईंले आफ्ना दासहरू, हामीलाई भन्‍नुभयो" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ

यहाँ "अनुहार"ले पुरा व्यक्तिलाई जनाउँछ । अर्को अनुवाद‍ः "तिमीहरूले मलाई फेरि देख्‍नेछैनौ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

त्यसपछि

यहाँ यो शब्द कथाको नयाँ भागको सुरुआतलाई चिन्ह लगाउन प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यस्तै गर्ने अरू कुनै तरिका छ भने तपाईंले त्यो यहाँ प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#writing-newevent)

हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ

यहूदाले योसेफलाई "तपाईं" भनेर सम्बोधन गर्छन् । साथै, "वचन"ले बताएको कुरालाई जनाउँछ । अर्को अनुवाद‍ः "हाम्रा मालिक,तपाईंले बताउनुभएका कुराहरू हामीले उहाँलाई सुनायौँ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

हाम्रा पिताले भन्‍नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हाम्रा पिताले हाम्रो र हाम्रा परिवारको लागि अनाज किन्‍न मिश्रमा फेरि जान हामीलाई भन्‍नुभयो ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

त्यसपछि हामीले भन्यौँ, 'हामी तल जान सक्दैनौँ । हाम्रो कान्छो भाइ ... हामीसित नगएसम्म ... सक्दैनौँ ।'

यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "त्यसपछि हामीले उहाँलाई भन्यौँ कि हामी तल मिश्रमा जान सक्दैनौँ । हामीले उहाँलाई भन्यौँ कि हाम्रो कान्छो भाइ हामीसित ... हामीसित नगएसम्म ... सक्दैनौँ ।" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

ती मानिसको अनुहार हेर्न

यहाँ "अनुहार"ले पुरा व्यक्तिलाई जनाउँछ । अर्को अनुवाद‍ः "ती मानिसलाई हेर्न" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

शब्द अनुवाद

Genesis 44:27

सामान्य जानकारी:

यहूदाले योसेफलाई आफ्नो कथा जारी राख्छ ।

हामीलाई भन्‍नुभयो, 'मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा त तिमीहरूलाई थाहै छ । एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ, 'निश्‍चय नै, त्यसलाई धुजाधुजा पारिएको छ, र त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ । अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ र यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ ।'

यसमा दुई र तिनवाट उद्धरणहरू छन् । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "हामीलाई भन्‍नुभयो कि उहाँकी पत्‍नी राहेलले उहाँको लागि दुई जना छोरा मात्र जन्माएकी कुरा त हामीहरूलाई थाहै छ, अनि तिनीहरू मध्ये एउटाले छाडेर गयो र कुनै पशुले त्यसलाई धुजाधुजा पार्‍यो, र त्यस बेलादेखि उहाँले त्यसलाई देख्‍नुभएको छैनँ । त्यसपछि उहाँले भन्‍नुभयो कि यदि हामीले उहाँको अर्को छोरालाई लिएर गयौँ र त्यसलाई कुनै हानि आइपर्‍यो भने हामीले उहाँलाई शोकले मर्ने तुल्याउनेछौँ ।' (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-quotesinquotes/WA-Catalog/ne_tm?section=translate#figs-quotations)

हामीलाई भन्‍नुभयो

यहाँ "हामी"ले योसेफलाई समावेश गर्दैन । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-exclusive)

तिमीहरूलाई थाहै छ

यहाँ "तिमीहरू"ले ती दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-you)

त्यसलाई धुजाधुजा पारिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "एउटा जङ्गली पशुले त्यसलाई धुजाधुजा परेको छ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

यसमाथि कुनै हानि आइपर्‍यो

एउटा व्यक्तिलाई केहि नराम्रो कुरा हुनुलाई यहाँ "हानि" एउटा मानिसकहाँ यात्रा गरेर आउने कुराझै बताएको छ । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ

"तिमीहरूले ... पातालमा पुर्‍याउने‍छौ" भनाईको अर्थ यो हो कि तिनीहरूले तिनलाई मरेर पातालमा जाने तुल्याउने छन् । अर्को अनुवाद‍ः "त्यसपछि तिमीहरूले यस वृद्ध मानिस अर्थात मलाई शोकको मृत्यु मर्ने तुल्याउनेछौ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मेरो फुलेको कपाल

यसले याकूबलाई जनाउँछ र तिनको वृद्ध उमेरलाई जोड दिन्छ । अर्को अनुवाद‍ः "म, एक वृद्ध मानिसलाई" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

शब्द अनुवाद

Genesis 44:30

त्यसकारण ... पुग्दा ... शोकमै पातलामा

आफू बेन्यामीन बिना फर्कँदा के हुनेछ भनी तिनले आशा गरेको बारे यहूदाले योसेफलाई वास्तविक तर अनुमानित घटनाको वर्णन गर्दैछन् । (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-hypo)

म हजुरका दास ... पुग्दा

यहाँ "पुग्दा"लाई "जाँदा" अथवा "फर्कँदा"भनी अनुवाद गर्न सकिन्छ ।

ती ठिटा मसित छैनन्

"ती केटो हामीसित छैनन्"

उहाँको जीवन ती ठिटाको जीवनमा जोडिएकाले

तिनको छोरा मर्दा तिनी पनि मर्नेछन् भन्‍ने पिताको भनाइलाई तिनीहरू दुवैको जीवन शारीरिक रूपमा एकसाथ जोडिएको झै बताइएको छ । अर्को अनुवाद‍ः "ठिटा फर्केर आएनन् भने उहाँ मर्नुहुनेछ भनी उहाँले भन्‍नुभएकाले" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

तपाईंका दासहरूले हाम्रा पिताको फुलेको कपाललाई शोकमै पातलामा पुर्‍याउनेछन्

"अनि हामीले हाम्रा वृद्ध पितालाई शोकको कारण मर्ने तुल्याउनेछौँ" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

तपाईंका दासहरू

यहूदाले आफूलाई र आफ्ना दाजुभाइहरूलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छन् । यो एउटा ठूलो अधिकार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "अनि हामी, तपाईंका दास" वा "अनि हामी" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

हाम्रा पिताको फुलेको कपाल

यहाँ "फुलेको कपाल"ले याकूबलाई जनाउँछ र तिनको वृद्ध उमेरलाई जोड दिन्छ । अर्को अनुवाद‍ः "हाम्रा वृद्ध पिता" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-synecdoche)

किनकि तपाईंका दास मेरा पिताको अगि म ती ठिटाको जमानी बसेको छु

"जमानी" भाववाचक नामलाई "प्रतिज्ञा गर्नु" क्रियापदद्वारा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "किनकि मैले मेरा पितालाई ती ठिटाको विषयमा प्रतिज्ञा गरेको छु" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-abstractnouns)

किनकि तपाईंका दास

यहूदाले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छ । अर्को अनुवाद‍ः "किनकि म, तपाईंको दास" वा "किनकि म" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

म मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु

अर्को अनुवाद‍: "मेरा पिताले मलाई दोषी ठहराउनुहुोला" (हेर्नुहोस् /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद

Genesis 44:33

तपाईंका दासलाई ... दिनुहोस्

यहूदाले आफैलाई "तपाईंका दास" भनेर सम्बोधन गर्छ । यो एउटा ठूलो अख्तियार भएको व्यक्तिसँग बोल्ने औपचारिक तरिका हो । अर्को अनुवाद‍ः "मलाई, तपाईका दासलाई ... दिनुहोस्" वा "मलाई ... दिनुहोस्" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

हजुरको

यहूदाले योसेफलाई "हजुर" भनेर सम्बोधन गर्छन् । अर्को अनुवाद‍ः "मेरा मालिकको" अथवा "तपाईंको" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-123person)

किनकि ठिटालाई नलिईकन म कसरी मेरा पिताकहाँ जान सक्छु र ?

बेन्यामीन घर फर्केन भने तिनलाई हुने पिडालाई जोड दिन यहूदाले प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "यदि ठिटा मसित छैन भने म मेरा पिताकहाँ फर्कन सक्दिन" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-rquestion)

मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि म डराएको छु

नराम्रोसँग दुःख भोगिरहेको एउटा व्यक्तिलाई यहाँ "खराबी" कुनै व्यक्तिमाथि आउने कुरा झै बताइएको छ । अर्को अनुवाद‍ः "मेरा पिताले कति दुःख भोग्‍नुहुनेछ भनी हेर्न म डराएको छु" (हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-metaphor)

शब्द अनुवाद