अध्याय ३

1 यसकारण जब हामीले अरू धेरै सहन सकेनौं, तब हामीले एथेन्समा एक्लै रहन उचित ठान्यौं । 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौं जो ख्रीष्‍टका सुसमाचारमा परमेश्‍वरका सेवक हुन् , 1 3 ताकि यी कष्‍टहरूबाट कोही नखल्बलियोस् । किनकि तिमीहरू आफैलाई थाहाछ कि यसैको खातिर हामी नियुक्त भएका छौं । 4 साँच्‍चै जब हामीहरू तिमीहरूसँग थियौं, हामीले पहिले नै भनेका थियौं कि हामी कष्‍टमा पर्न लागेका थियौं , र तिमीहरूलाई थाहा नै छ यो हुन आयो । 5 यसैकारण, जब मैले सहनै सकिनँ, मैले तिमीहरूको विश्‍वासबारे जान्‍न पठाएँ । कतै परीक्षा गर्नेवालाले तिमीहरूलाई कुनै न कुनै रूपमा परीक्षामा पार्‍याे र हाम्रो मेहनत व्यर्थमा गयाे कि । 6 तर तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर हामी कहाँ आए। तिनले हामीलाई भने कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ, र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ । 7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको थियाे। 8 यदि तिमीहरू प्रभुमा स्थिर रह्‍यौ भने, अब हामी साँच्‍चै जिउँछौं। 9 तिमीहरूका कारण हामीमा भएको सम्पूर्ण आनन्दको खातिर परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्यवाद चढाऔं? 10 तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौं भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्छौं । 11 हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्। 12 प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन्, जसरी हामी तिमीहरूप्रति गर्छौं । 13 उहाँले तिमीहरूका हृदयहरूलाई बलियो बनाऊन् ताकि हाम्रा प्रभु येशू उहाँका सबै पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा परमेश्वर र पिताका सामु तिनीहरू पवित्रतामा निष्‍‍कलङ्क हुन सकून् ।

1केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाेेैं हामीले तिमोथीलाई पठायौं, हाम्रा भाइ र ख्रीष्टको सुसमाचारमा परमेश्वरको सेवक