Genesis 22

Genesis 22:1

परमेश्‍वरले अब्राहामलाई के जाँच लिनुभयो?

परमेश्‍वरले अब्राहामलाई मोरीयाहको देशमा गएर इसहाकलाई होमबलि गर्नू भन्‍नुभयो ।

Genesis 22:2

परमेश्‍वरले अब्राहामलाई के जाँच लिनुभयो?

परमेश्‍वरले अब्राहामलाई मोरीयाहको देशमा गएर इसहाकलाई होमबलि गर्नू भन्‍नुभयो ।

Genesis 22:3

परमेश्‍वरको आज्ञामा अब्राहामले कसरी प्रतिक्रिया दिए?

अब्राहाम बिहानै उठे र परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा गरे ।

Genesis 22:5

अब्राहाम र इसहाकले गर्न लागेका कामको बारेमा आफ्ना दुई जवानहरूलाई के भने?

अब्राहामले उनी र इसहाक आराधना गरेर फर्कि आउने कुरा आफ्ना दुई जवान मानिसहरूलाई बताए ।

Genesis 22:7

अब्राहामलाई सँगै हिँड्दै गर्दा इसहाकले के प्रश्‍न सोधे?

इसहाकले अब्राहामलाई "होमबलिको निम्ति पाठो कहाँ छ",भनेर सोधे ।

Genesis 22:8

इसहाकको प्रश्‍नको जवाफ अब्राहामले कसरी दिए?

अब्राहामले इसहाकलाई परमेश्‍वरले होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ भनेर बताए ।

Genesis 22:9

जब उनीहरू त्यस ठाउँमा पुगे, अब्राहामले होमबलिको रूपमा के तयार पारे र उनले त्यो कसरी गरे?

अब्राहामले होमबलिको रूपमा इसहाकलाई बाँधे र वेदीमा लेटाएर तयार पारे ।

Genesis 22:12

अब्राहामले आफ्नो हातमा छुरी लिँदा परमप्रभुका दूतले अब्राहामलाई के भने?

परमप्रभुका दूतले अब्राहामलाई इसहाकलाई हानी नगर्नू भने ।

परमप्रभुका दूतले अब्राहामको बारेमा के थाहा पाए भनी बताए?

परमप्रभुका दूतले अब्राहामले परमेश्‍वरको भय मान्दो रहेछ भनी थाहा पाएको बताए ।

Genesis 22:13

परमेश्‍वरले अब्राहामलाई होमबली कसरी जुटाइदिनुभयो?

अब्राहामको पछाडी एउटा भेडा झाडीमा सीङ अल्झेर फसेको थियो जसलाई उनले होमबलिको लागि प्रयोग गरे ।

Genesis 22:14

अब्राहामले होमबलि चढाएको ठाउँलाई के नाउँ दिए?

अब्राहामले त्यस ठाउँको नाउँ "परमप्रभुले जुटाउनुहुन्छ" राखे ।

Genesis 22:16

परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिनुको कारण के बताए?

परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिन्छु भन्‍नुभयो किनकी उनले आफ्नो एकमात्र छोरालाई पनि बलि दिनलाई रोकेनन् ।

Genesis 22:17

परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिनुको कारण के बताए?

परमप्रभुका दूतले अब्राहामलाई आशिष् दिन्छु भन्‍नुभयो किनकी उनले आफ्नो एकमात्र छोरालाई पनि बलि दिनलाई रोकेनन् ।

Genesis 22:18

पृथ्वीका सबै जातिहरू कोद्वारा आशिषित् हुनेछन्?

पृथ्वीका सबै जातिहरू अब्राहामका सन्तानद्वारा आशिषित् हुनेछन्, किनकी अब्राहामले परमप्रभुका दूतको वचन पालन गरेका थिए ।