Genesis 7

Genesis 7:2

कुन प्रजातिको ७ भाले र पोथी जहाजमा जानुपर्थ्यो?

हरेक शुद्ध जीव-जन्तु र चराचुरुङ्गीहरूका ७ भाले र पोथी जहाजमा जानुपर्थ्यो ।

Genesis 7:4

कति समयसम्म पृथ्वीमा लगातार पानी परिरहनेछ भनी परमेश्‍वरले भन्‍नुभयो?

परमेश्‍वरले चालिस दिन र चालिस रातसम्म लगातार पानी परिरहनेछ भनी भन्‍नुभयो ।

Genesis 7:6

पृथ्वीमा जलप्रलय आउँदा नोआ कति वर्षका थिए?

पृथ्वीमा जलप्रलय आउँदा नोआ छ सय वर्षका थिए ।

Genesis 7:9

नोआले जहाजभित्र जीव-जन्तुहरू कसरी ल्याए?

जीव-जन्तुहरू नोआकहाँ आए र जहाजभित्र पसे ।

Genesis 7:11

कुन २ वटा मुहानबाट जलप्रलयका पानीहरू आए?

पानी विशाल अगाधका मूलहरूबाट र आकाशबाट आयो ।

Genesis 7:16

सबै मानिसहरू र जीव-जन्तुहरू जहाजमा पसिसकेपछि जहाजको ढोका कसले बन्द गरिदियो?

उनीहरू भित्र पसेपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो ।

Genesis 7:20

पृथ्वीमा पानी कति माथिसम्म आयो?

पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो ।

Genesis 7:21

जलप्रलयको कारण पृथ्वीमा के मरे?

सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।

Genesis 7:23

पृथ्वीमा जीवित मानिसहरू को मात्र रहे?

नोआ र उनीसँग जहाजमा भएकाहरू मात्र जीवित रहे ।