Genesis 6

Genesis 6:2

पृथ्वीमा मानिस जातिको सङ्ख्या बढ्दै जाँदा परमेश्‍वरका छोराहरूले के गरे?

परमेश्‍वरका छोराहरूले मानिस जातिका छोरीहरूलाई आफ्नो पत्‍नी हुनलाई ल्याए ।

Genesis 6:3

मानिस जातिको जीवनको अवधिका बारेमा परमेश्‍वरले के भन्‍नुभयो?

परमेश्‍वरले मानिस जाति १२० वर्षसम्म बाँच्नेछ भन्‍नुभयो ।

Genesis 6:4

पुराना समयमा प्रख्यात र शक्तिशाली व्यक्तिहरू को थिए?

परमेश्‍वरका छोराहरू र मानिसहरूका छोरीहरू विवाह भई जन्मिएका शक्तिशाली पुराना मानिसहरू दैत्य थिए ।

Genesis 6:5

त्यस दिनहरूमा मानिस जातिको हृदयमा परमप्रभुले के देख्‍नुभयो?

मानिस जातिको दुष्टता बढेको र तिनीहरूका प्रत्येक विचारहरू खराब मात्र भएको परमप्रभुले देख्‍नुभयो ।

Genesis 6:7

मानिस जातिसँग परमप्रभुले के गर्ने निर्णय गर्नुभयो?

परमप्रभुले मानिस जातिलाई पृथ्वीबाट नाश गर्ने निर्णय गर्नुभयो ।

Genesis 6:8

तर कसले परमप्रभुको अनुग्रह पाए?

नोआले परमप्रभुको अनुग्रह पाए ।

Genesis 6:9

तर कसले योहोवेको अनुग्रह पाए?

नोआले योहोवेको अनुग्रह पाए ।

Genesis 6:14

मानव जाति नाश गर्नु अघि परमेश्‍वरले नोआलाई के गर्न लगाउनुभयो?

परमेश्‍वरले नोआलाई जहाज बनाउन लगाउनुभयो ।

Genesis 6:17

परमेश्‍वरले सास भएका हरेक प्राणीहरूलाई कसरी नाश गर्नेछु भन्‍नुभयो?

परमेश्‍वरले पृथ्वीमा जलप्रलय ल्याउन लागेको छु भन्‍नुभयो ।

Genesis 6:18

तर परमेश्‍वरले आफ्नो करार कोसँग स्थापित गर्नुभयो?

परमेश्‍वरले आफ्नो करार नोआसँग स्थापित गर्नुभयो ।

जहाजभित्र को-कसलाई ल्याउनलाई परमेश्‍वरले नोआलाई भन्नुभयो?

परमेश्‍वरले नोआलाई उनको पत्‍नी, उनका ३ छोराहरू र छोराहरूका पत्‍नीहरू ल्याउन भन्नुभयो ।

Genesis 6:19

जीवित राख्‍नलाई जहाजमा कस्ता जनावरहरू ल्याउनुपर्ने थियो?

हरेक जीवित प्राणीका भाले र पोथी गरी २ जनावरहरू जहाज भित्र ल्याउनुपर्ने थियो ।

Genesis 6:22

परमेश्‍वरको आज्ञाहरूप्रति नोआले कसरी प्रतिक्रिया दिए?

परमेश्‍वरले दिनुभएका सबै आज्ञाहरू नोआले पालन गरे ।