Genesis 4

Genesis 4:2

कयिन र हाबिलले के काम गर्थे?

कयिनले खेती किसानी गर्थे र हाबिल गोठाला थिए ।

Genesis 4:3

परमप्रभु परमेश्‍वरको लागि कयिनले के भेटी ल्याए?

कयिनले भूमिको उब्जनीबाट केही फल ल्याए ।

Genesis 4:4

हाबिलले परमप्रभु परमेश्‍वरको लागि के भेटी ल्याए?

हाबिलले आफ्नो बगालका पहिले बियाएका पाठा र त्यसको केही बोसे भागहरू ल्याए ।

परमप्रभु परमेश्‍वरले कयिन र हाबिलको भेटीको प्रतिक्रिया कसरी दिनुभयो?

परमप्रभु परमेश्‍वरले हाबिलको भेटी ग्रहण गर्नुभयो,तर कयिनको भेटी ग्रहण गर्नुभएन ।

Genesis 4:5

परमप्रभु परमेश्‍वरले कयिन र हाबिलको भेटीको प्रतिक्रिया कसरी दिनुभयो?

परमप्रभु परमेश्‍वरले हाबिलको भेटी ग्रहण गर्नुभयो,तर कयिनको भेटी ग्रहण गर्नुभएन ।

कयिनले कसरी प्रतिक्रिया जनाए?

कयिन धेरै रिसाए र उनको अनुहार उदास देखियो ।

Genesis 4:7

परमप्रभु परमेश्‍वरले कयिनलाई उनको भेटी ग्रहणयोग्य हुनलाई उनले के गर्नुपर्छ भन्‍नुभयो?

परमप्रभु परमेश्‍वरले कयिनलाई जे ठिक छ त्यो गरिस् भने उनको भेटी ग्रहणयोग्य हुनेछ भन्‍नुभयो ।

Genesis 4:8

पछि कयिन र हाबिललाई खेतमा के भयो?

कयिनले आक्रमण गरेर हाबिललाई मारे ।

Genesis 4:9

जब योहोवेले कयिनलाई उसको भाइ कहाँ छ भनेर सोध्‍नुभयो, कयिनले के भने?

कयिनले भने, “मलाई थाहा छैन, के म मेरो भाइको गोठालो हुँ र?”

Genesis 4:12

कयिनमाथि परमेश्‍वरको श्राप थियो?

कयिनको श्राप यो थियो कि भूमिले यसको सामर्थ्य (फल) तिनलाई दिनेछैन र ऊ भगुवा र आवारा हुनेछ ।

Genesis 4:15

कसैले पनि कयिनलाई नमारोस् भनेर परमप्रभु परमेश्‍वरले के गर्नुभयो?

परमप्रभु परमेश्‍वरले कयिनमाथि एउटा चिन्ह लगाइदिनुभयो ।

Genesis 4:16

कयिन बस्‍नलाई कहाँ गए?

कयिन अदनको पूर्वतिर नोदको मुलुकमा बस्‍नलाई गए ।

Genesis 4:19

कयिनको सन्तान लेमेखको कति वटा पत्‍नीहरू थिए?

लेमेखका २ वटा पत्‍नीहरू थिए ।

Genesis 4:23

आफूले गरेको के कुरा लेमेखले आफ्नी पत्‍नीलाई बताए?

लेमेखले आफ्नी पत्‍नीलाई आफूले एउटा मानिस मारेको बताए ।

Genesis 4:25

आदम र हव्वाबाट जन्मिएका अर्को छोराको नाम के थियो?

आदम र हव्वाबाट जन्मिएका अर्को छोराको नाम सेत थियो ।

Genesis 4:26

मानिसहरूले सेतको छोरा एनोसको समयदेखि के गर्न सुरु गरे?

मानिसहरूले परमप्रभु परमेश्‍वरको नाम पुकार्न सुरु गरे ।