Genesis 3

Genesis 3:1

सर्पले स्‍त्रीलाई सोधेको पहिलो प्रश्‍न के थियो?

सर्पले स्‍त्रीलाई “के परमेश्‍वरले साँच्‍चै तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भन्‍नुभएको छ?” भनी सोध्यो ।

Genesis 3:4

यदि बगैँचाको बीचमा भएको रुखबाट खाएमा उनीहरू मर्नेछन् भनी परमेश्‍वरले भन्नुभएको थियो भनी स्‍त्रीलाई भन्दा सर्पले के भन्यो?

सर्पले भन्यो, “तिमीहरू निश्‍चय नै मर्नेछैनौ ।”

Genesis 3:5

यदि बगैँचाको बीचमा भएको रुखबाट खाएमा उनीहरू मर्नेछन् भनी परमेश्‍वरले भन्नुभएको थियो भनी स्‍त्रीलाई भन्दा सर्पले के भन्यो?

सर्पले भन्यो, “तिमीहरू निश्‍चय नै मर्नेछैनौ ।”

Genesis 3:6

स्‍त्रीलाई रुखको फलमा के कुराले आकर्षित गर्‍यो?

स्‍त्रीले हेर्दा त्यो फल खानको लागि असल, आँखाको लागि आन्नदित र बुद्धि प्राप्त गर्नलाई रहरलाग्दो भएकोले आकर्षित गर्‍यो ।

फल कसले खायो?

स्‍त्रीले फल खाई र केही आफ्ना पतिलाई पनि खान दिई ।

Genesis 3:7

जब उनीहरूले फल खाए, तब के भयो?

जब उनीहरूले फल खाए, तब तिनीहरूको आँखा खुले र उनीहरूले आफुहरू नाङ्गै भएको थाहा पाएँ ।

Genesis 3:8

जब परमेश्‍वर बगैँचामा आउनुभयो, तब मानिस र स्‍त्रीले के गरे?

तिनीहरूले आफैँलाई परमेश्‍वरको नजरबाट लुकाए ।

Genesis 3:10

परमेश्‍वर बगैँचामा आउनु भएपछि मानिसले आफुलाई परमेश्‍वरदेखि किन लुकाए?

मानिस नाङ्गो र डराएका थिए, त्यसैले आफैलाई परमेश्‍वरबाट लुकाए ।

Genesis 3:12

मानिसले उसलाई फल दिनमा को जिम्मेवार थियो भने?

मानिसले स्‍त्री जिम्मेवार थियो भने ।

Genesis 3:13

स्‍त्रीले उनीलाई फल दिनमा को जिम्मेवार थियो भनिन्?

स्‍त्रीले सर्प जिम्मेवार थियो भनिन् ।

Genesis 3:15

परमेश्‍वरले सर्प र स्‍त्रीको बीचमा कस्तो सम्बन्ध हालिदिनेछु भनी भन्‍नुभयो?

उनीहरूले एक-अर्कालाई घृणा गर्ने तुल्याउनेछु भनी परमेश्‍वरले भन्‍नुभयो ।

Genesis 3:16

परमेश्‍वरले स्त्रीको प्रसब सम्बन्धी के श्राप दिनुभयो?

परमेश्‍वरले प्रसब बेदना निकै बढाइदिनुभयो ।

Genesis 3:17

परमेश्‍वरले मानिसको काम सम्बन्धी उनलाई के श्राप दिनुभयो?

परमेश्‍वरले भूमिलाई श्राप दिनुभयो, ताकि कडा परिश्रम गरेर मात्र मानिसले त्यसबाट उब्जनी खाओस् ।

Genesis 3:20

मानिसले स्‍त्रीलाई के नाम दिए र किन?

मानिसले स्‍त्रीलाई हव्वा नाम दिए किनभने उनी सबै जीवित प्राणीहरूकी आमा थिईन् ।

Genesis 3:21

परमेश्‍वरले आदम र हव्वाको लागि के बनाइदिनुभयो र किन?

परमेश्‍वरले उनीहरूलाई लगाउनको लागि छालाको लुगा बनाइदिनुभयो ।

Genesis 3:22

आदमले जीवनको रुखको फल अब नखाओस् भनेर परमेश्‍वरले किन भन्‍नुभयो?

आदमले असल र खराबको ज्ञान पाइसकेको हुनाले उसले जीवनको रुखको फल खानु हुँदैन, किनभने ऊ सदाका लागि जीवित रहनेछ भनेर परमेश्‍वरले भन्‍नुभयो ।

Genesis 3:24

आदमले जीवनको रुखबाट नखाओस् भनेर परमेश्‍वरले रोक्‍नको लागि के गर्नुभयो?

आदमले जीवनको रुखबाट नखाओस् भनेर परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभयो र जीवनको रुखतिर जाने बाटोलाई सुरक्षा दिन स्वर्गीय करुबहरू राखिदिनुभयो ।