12 1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हामी हरेक बोझ र सजिलैसित अल्‍झाइरहने पापलाई पन्‍छाऔं । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दाैडौं । 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले ध्यान केन्‍द्रित गरौं । किनकि आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि उहाँले अपमान सहनुभयो र क्रूसको दुःख भोग्‍नुभयो र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो । 3 त्यसैले उहाँको बारेमा विचार गर जसले पापीहरूबाट आफू विरुद्धमा भएका विरोध सहनुभयो, ताकि तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ । 4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन; 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, प्रभुको अनुशासनलाई हलुका नसम्‍झ, जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ । 6 किनकि प्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ त्यसलाई अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई दण्ड दिनुहुन्‍छ ।” 7 कष्‍टलाई अनुशासनझैं सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र? 8 तर सबै सहभागी हुने अनुशसानमा यदि तिमीहरू अनुशसान विनाका छौ भने तिमीहरू अवैध हौ र उहाँका छोराहरू होइनौ । 9 अझ भन्‍नुपर्दा, हाम्रा संसारिक बुबाहरू थिए जसले हामीलाई अनुशासनमा राखे र जसलाई हामीले आदर गर्‍यौं । हामीले हाम्रा आत्‍माहरूको पिताको झन् कति बढी अधीनमा रहेर जिउनुपर्छ ! 10 हाम्रा बाबुहरूले केही समयसम्‍म हामीलाई अनुशसानमा राखे जुन तिमीहरूलाई उचित लाग्यो, तर परमेश्‍वरले हाम्रै भलाइका लागि अनुशासनमा राख्‍नुभयो ताकि हामी उहाँको पवित्रतामा सहभागी हुन सकौं। 11 कुनै पनि अनुशासन त्यस समयमा आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तर यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँछ । 12 त्यसकारण, लत्रेका हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ । 13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ ताकि, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् । 14 हरेकसित शान्‍तिमा बस्‍ने, र पवित्रतामा रहने प्रयत्‍न गर किनकि यो विना कसैले पनि प्रभुलाई देख्‍न सक्दैन । 15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् । 16 होसियार रहो कि कोही पनि यौन अनैतिक नहोस् वा एसावजस्‍तै अधर्मी नहोस् जसले एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेचे । 17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर तिनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा तिनलाई अस्‍वीकार गरियो, किनभने तिनले आँशुका साथ पश्‍चात्ताप गर्न खोज्‍दा पनि त्‍यसो गर्ने मौका पाएनन् । 18 किनकि तिमीहरू छुन सक्‍ने, जलिरहेको, अन्धकार, बादल र आँधीको पहाडमा आएका छैनौ । 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए । 20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । /f + /ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँँछौं, /fqa एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ /fqa* । /f* 21 त्यो द‍‍‍‍‍‍‍‍‍‍‍‍‍ृश्य यस्तो डरलाग्दो थियो कि मोशाले भने, “म डराएरको छु र काम्दै छु ।” 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर, स्वर्गीय यरूशलेम, अनि दसौं हजार स्वर्गदूतको उत्सवमा आएका छौ । 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा आएका छौ। तिमीहरू सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौ । 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ । 25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्किनेहरू झन् कसरी उम्कन सक्छौं र? 26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।” 27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै हटाइनेछन् ताकि हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् । 28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔं र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौं। 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।