अध्याय ४

1 यसकारण, म, प्रभुको निम्ति कैदीको रूपमा, जुन बोलावटमा तिमीहरू बोलाइएका छोे त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्छु । 2 म तिमीहरुलाई आग्रह गर्छु कि एक अर्कालाई प्रेममा स्वीकार गर्देे ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । 3 आत्माको एकतालाई शान्तिको बन्धनमा राख्‍नलाई उत्कृष्‍ट तरिकाले प्रयत्‍न गर । 4 शरीर एउटै छ र आत्मा पनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै आशामा बोलाइएका थियौ । 5 र एउटै प्रभु , एउटै विश्‍वास, एउटै बप्‍तिस्मा, 6 र एउटै परमेश्‍वर र सबैका पिता, जो सबै कुरामाथि र सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ । 7 हामी प्रत्येकलाई ख्रीष्‍टको वरदानको नापअनुसार अनुग्रह दिइएको छ । 8 जसरी धर्मशास्‍‍‍‍त्रले भन्छः “जब उहाँ उच्‍च स्थानमा उक्लनुभयो , उहाँले कैदीहरूलाई केेदमा राख्‍नुभयो, र उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 11 ख्रीष्‍टले कसेेलाई प्रेरितहरू, कसेेलाई अगमवक्ताहरू, कसेेलाई प्रचारकहरू, कसेेलाई पास्टरहरू र शिक्षकहरू हुन दिनुभयो । 12 परमेश्‍वरका पवित्र जनहरूलाई सेवा कार्यको निम्ति, ख्रीष्‍टको शरीरलाई निर्माण गर्नेको निम्ति सुसज्जित गर्नलाई उहाँले यो गर्नुभयो । 13 विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी सबेे नपुगेसम्म उहाँले यो गर्नुहुन्छ, ताकि हामी परिप‍क्‍व हुन सकोें र ख्रीष्‍टको पूर्णताको उचाइमा पुग्‍न सकोें । 14 ख्रीष्‍टले हामीलाई निर्माण गर्नुहुन्छ ताकि हामी बालकहरू जस्तै नहोऔं जो छालहरूद्वारा यता-उता बरालिन्छन्, सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा बहकिन्छन्। 15 बरु प्रेममा सत्य बोल्देे, हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनुपर्छ । 16 ख्रीष्‍टले सम्पूर्ण शरीर बनाउनुहुन्छ र हरेक सहयोगी तन्तुहरूद्वारा त्यो जोडिन्छ र एक साथ गाँसिन्छ र जब प्रत्येक भागले काम गर्छ, यसले शरीरको वृद्धि गराउँछ ताकि यो आफेें प्रेममा निर्माण होस् । 17 त्यसैले, म तिमीहरूलाई भन्दछु र प्रभुमा जोड दिन्छु, कि गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिंडे झैं अबदेखि तिमीहरू चाहिं हिंड्नुहुँदेेन । 18 तिनीहरू आफ्ना बुझाइमा अन्धा भएका छन्, तिनीहरूका हृदयको कठोरताको कारण, तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् । 19 तिनीहरू निर्लज्ज भएका छन् र आफेेलाई कामुकताको निम्ति सुम्पिदिएका छन् र तिनीहरू लालचका साथ हर किसिमका अशुद्धताको अभ्यास गर्छन् । 20 तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ । 21 म ठान्छु कि तिमीहरूले उहाँको बारेमा सुनेका छौ र येशूमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका थियोे । 22 तिमीहरूको जीवनको पुरानो आचरणअनुसार गरिएका कुराहरू, पुरानो मनुष्यता त्याग्‍न तिमीहरूलाई सिकाइएको थियो । यही पुरानो मनुष्यता त्यसका छली अभिलाषाहरूका कारण भ्रष्‍ट छ । 23 तिमीहरूलाई आफ्नो मनको आत्मामा पुनः नयाँ हुन, 24 र परमेश्‍वरको स्वरूपमा सत्य धार्मिकता र पवित्रतामा सृजना गरिएको नयाँ मनुष्यता धारण गर्न सिकाइएको थियो। 25 त्यसैले, असत्यतालाई त्याग र तिमीहरू प्रत्येकले आफ्नो छिमेकीसँग सत्य बोल किनभने हामी एकअर्काका सदस्यहरू हौं। 26 रिस गर, तर पाप नगर । तिमीहरू रिसाइरहेकैमा घामलाई अस्ताउन नदेओ । 27 दुष्‍टलाई मौका नदेओ । 28 चोर्नेले अब उसो नचोरोस् । बरु आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति त्यसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाएर परिश्रम गरोस् । 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यस्ता शब्दहरू मात्र प्रयोग गर जुन यसको आवश्यता परेकाहरूलाई सुधार गर्नलाई उपयोगी हुन्छ ताकि तिम्रा शब्दहरूले सुन्‍ने मानिसहरूलाई अनुग्रह देओस्। 30 र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ किनकि छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको थियो । 31 सबै तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण किसिमका दुष्‍टता तिमीहरूले त्याग । 32 एकअर्का प्रति दयालु होओ, कृपालु मनका होओ, जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।