अध्याय २

1 र तिमीहरूको लागी, तिमीहरु त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौं, 2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू बाँचिरहेका थियौ, त्यो आत्मा जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्थ्यो । 3 हामी एकपल्ट त्यहि व्यक्तिहरु बिच बाँचिरहेका थियौं, आफ्ना शरीरको खराब इच्छाहरु पूरा गर्देे, र शरीर र दिमागको इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौं। 8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन, यो परमेश्‍वरको उपहार हो, 9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन । 10 किनकि हामीहरू परमेश्‍वरका कारीगरीहरु, धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति ख्रीष्‍ट येशूमा सृजना गरिएका होेँ, ताकि हामीहरू ती बमोजिम हिडौँ। 11 त्यसकारण यो कुरा सम्झ कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौं । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे । 12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौं, इस्राएलका मानिसहरूका निम्ति परदेशी थियौ, प्रतिज्ञाका करारबाट बिराना थियौं, परमेश्‍वर बिना यस संसारमा तिमीहरुको कुनै आशा थिएन । 17 येशू आउनुभयो र धेरै टाढा भएकाहरूलाई शान्तिको असल समाचार र नजिक भएकाहरुलाई शान्तिको घोषणा गर्नुभयो । 18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ । 19 त्यसकारण, अब तिमी गेेरयहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको संगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ । 20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ र ख्रीष्‍ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ । 21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ । 22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।