Genesis 38

Genesis 38:2

यहूदाले कहाँबाट पत्‍नी लिए?

यहूदाले कनानी मानिसबाट पत्‍नी लिए ।

Genesis 38:7

परमेश्‍वरले यहूदाको पहिलो छोरो एर् लाई के गर्नुभयो र किन?

परमेश्‍वरले एर्को प्राण लिनुभयो किनभने ऊ दुष्‍ट थियो ।

Genesis 38:9

ओनानले देवर भएर आफ्ना दाजु एर् को निम्ति छोरो जन्‍माउने कर्तव्य कसरी पालन गरेनन्?

ओनानले तामारसँग सहवास गर्दा आफ्नो वीर्य भूइँमा पतन गर्थे ।

Genesis 38:10

यहूदाको दोस्रो छोरा ओनानलाई परमप्रभुले के र किन गर्नुभयो?

परमप्रभुले ओनानलाई प्राण लिनुभयो किनभने उसले जे गर्‍यो त्यो खराब थियो ।

Genesis 38:11

त्यसपछि यहूदाले तामारलाई के प्रतिज्ञा गरे?

यहूदाले तामारलाई आफ्नो तेस्रो छोरा शेलह ठूलो भएपछि तामारको पति हुन दिने प्रतिज्ञा गरे ।

Genesis 38:12

लामो समयपछि, यहूदालाई किन सान्त्‍वना चाहियो?

यहूदाको पत्‍नी मरेको कारण उनलाई सान्त्‍वना चाहियो ।

Genesis 38:14

यहूदा तिम्‍नामा जाँदैछन् भन्‍ने सुनेर तामारले के गरिन्?

तामारले विधवाको वस्त्र फुकालिन्, घुम्टो हालिन् र लुगाले आफैँलाई बेरिन् र तिम्‍ना बाटो छेउमा बसिन् ।

तामारले यसो किन गरिन्?

तामारले यसो गरिन् किनभने यहूदाको तेस्रो छोरो शेलह ठूलो भइसक्दा पनि उनलाई शेलहको पत्‍नी हुन दिइएको थिएन ।

Genesis 38:18

यहूदाले तामारसँग सहवास गर्नुभन्दा पहिले तामारले बन्धकको रूपमा के प्राप्‍त गरिन्?

यहूदाले तामारलाई आफ्नो छाप, डोरी र लौरो बन्धकको रूपमा दिए ।

Genesis 38:21

यहूदाले के थाहा पाए जब उनले वेश्यालाई पाठो तिरेर बन्धक छुटाउने प्रयास गरे?

त्यो ठाउँमा मन्दिरको वेश्या नभएको यहूदाले थाहा पाए ।

Genesis 38:24

तामार गर्भवती भएको जानेपछि यहूदाले तामारलाई के गर्ने इच्छा गरे?

यहूदाले तामारलाई जलाउने इच्छा गरे किनभने तामार वेश्या भएर गर्भवती भएकी थिइन् ।

Genesis 38:25

तामारलाई यहूदाकहाँ ल्याएपछि उनले के गरिन्?

तामारले उनीसँग भएको छाप, डोरी र लौरो जुन मानिसको हो, उनी उसैबाट गर्भवती भएको कुरा बताइन् ।

Genesis 38:26

यहूदाले आफ्नो छाप, डोरी र लौरो देखेपछि कस्तो प्रतिक्रिया जनाए?

यहूदाले तामार आफूभन्दा बढी धर्मी रहेको बताए किनभने उनले तामारलाई शेलहकी पत्‍नी हुन दिएका थिएनन् ।

Genesis 38:27

तामारले कति जना छोराछोरीहरू जन्माइन्?

तामारले जुम्ल्याहा छोराहरू जन्माइन् ।

Genesis 38:28

तामारको गर्भबाट जुम्ल्याहामध्ये एकजनाले आफ्नो हात बाहिर निकालेपछि सुँडेनीले के गरिन्?

तामारको गर्भबाट जुम्ल्याहामध्ये एकजनाले आफ्नो हात बाहिर निकालेपछि सुँडेनीले एउटा रातो धागो उसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो ।”

Genesis 38:29

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम के हुन्?

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम फारेस र जेरह हुन् ।

Genesis 38:30

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम के हुन्?

तामारले जन्माएका दुई दाजुभाइहरूका नाम फारेस र जेरह हुन् ।