Genesis 20

Genesis 20:1

अब्राहाम गरारमा बस्दा तीनले साराको बारेमा के भने?

सारा तीनको बहिनी हो भनी अब्राहामले भने ।

Genesis 20:2

अब्राहाम गरारमा बस्दा तीनले साराको बारेमा के भने?

सारा तीनको बहिनी हो भनी अब्राहामले भने ।

Genesis 20:3

अबीमेलेकले सारालाई लगेपछि परमेश्‍वरले उनलाई के भन्‍नुभयो?

अबीमेलको सपनामा परमेश्‍वर आउनुभयो र भन्‍नुभयो कि अर्काकी पत्‍नीलाई ल्याएको कारण ऊ श्रापित भएको छ ।

Genesis 20:5

अब्राहाम र साराले अबीमेलेकलाई के भन्यो भनी तीनले परमेश्‍वरलाई के भने?

अबीमेलेकले परमेश्‍वरलाई भने कि अब्राहाम र साराले तीनलाई उनीहरू दाजुबहिनी हुन् भनी बताएका थिए ।

Genesis 20:7

परमेश्‍वरले अबीमेलेकलाई के गर भन्‍नुभयो र त्यसो नगरेमा अबीमेलेकलाई के हुनेछ भनी भन्‍नुभयो?

सारालाई अब्राहामकहाँ फर्काइदेउ भनी परमेश्‍वरले अबीमेलेकलाई भन्‍नुभयो नत्रता तिनी र तीनका सबै मर्नेछन् ।

Genesis 20:8

अबीमेलेकका मानिसहरूले कस्तो प्रतिक्रिया जनाए जब परमेश्‍वरले अबीमेलेकलाई भन्‍नुभएको कुरा उनीहरूले सुने?

अबीमेलेकका मानिसहरू धेरै डराए जब परमेश्‍वरले अबीमेलेकलाई भन्‍नुभएको कुरा उनीहरूले सुने ।

Genesis 20:11

अब्राहामले अबीमेलेकलाई सारा उनकी बहिनी हुन भनी किन भने?

साराको कारणले अबीमेलेकले उनलाई मार्नेछन् भनी अब्राहाम डराए भनी उनले भने ।

Genesis 20:12

के आधारमा वास्तवमै सारा अब्राहामकी बहिनी थिइन्?

सारा अब्राहामका बुबाको छोरी थिइन् तर उनकी आमाकी छोरी थिइनन् ।

Genesis 20:16

अब्राहामलाई अबीमेलेकले कस्ता जनावरहरू र मानिसहरू दिए?

अबीमेलेकले अब्राहामलाई भेडाहरू, गोरुहरू र कमारा-कमारीहरू दिए ।

अबीमेलेकले सारालाई उनका दाजुलाई चाँदीका हजार सिक्‍का दिनको कारण के बताए?

सबैका आँखामा साराप्रति र सबैका सामु उनको विरुद्धमा भएका दोष छोप्‍‍न अबीमेलेकले साराको दाजुलाई चाँदीका हजार सिक्‍का दिएको बताए ।

Genesis 20:17

जब अब्राहामले अबीमेलेक र तिनका मानिसहरूका निम्ति परमेश्‍वरसँग प्रार्थना गरे तब के भयो?

परमेश्‍वरले अबीमेलेक, तिनकी पत्‍नी र तिनकी कमारीहरूलाई निको पार्नुभयो ताकि तिनीहरूले फेरि छोराछोरी प्रा‍प्‍त गर्न सकून् ।