Genesis 18

Genesis 18:2

अब्राहाम आफ्नो पालको ढोकामा बसिरहेको बेला उनले माथि हेर्दा के देखे?

अब्राहामले आफ्नो सामु तिन जना मानिसहरू उभिरहेका देखे ।

Genesis 18:4

अब्राहामले मानिसहरूलाई के दिए?

अब्राहामले मानिसहरूलाई सफा गर्न केही पानी र केही रोटी दिए ।

Genesis 18:5

अब्राहामले मानिसहरूलाई के दिए?

अब्राहामले मानिसहरूलाई सफा गर्न केही पानी र केही रोटी दिए ।

Genesis 18:9

अतिथिले साराको भविष्यवाणी गर्दा सारा कहाँ थिइन्?

सारा पालमा थिइन् ।

Genesis 18:10

सारा सम्बन्धी एउटा अतिथिले के भविष्यवाणी गरे?

एउटा अतिथिले बताए कि उनी फर्कदा साराको छोरो हुनेछ ।

Genesis 18:12

अतिथिको भविष्यवाणी सुनेपछि साराले कस्तो प्रतिक्रिया दिईन्?

अतिथिको भविष्यवाणी सुनेपछि सारा मनमनै हाँसिन् ।

Genesis 18:14

साराको प्रतिक्रियाबारे अतिथिरूपी परमप्रभुले के भन्‍नुभयो?

सारा किन हाँसिन् भनेर परमप्रभुले सोध्नुभयो र " परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र?" भन्‍नुभयो ।

Genesis 18:16

जब मानिसहरूले अब्राहामको घर छोडे,उनीहरू कता तिर गए?

मानिसहरूले अब्राहामको घर छोडे र सदोमतिर गए ।

Genesis 18:17

उहाँहरू हिँड्दा परमप्रभुले के प्रश्‍न सोध्‍नुभयो?

परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?”

Genesis 18:19

परमप्रभुले अब्राहामलाई के गर्नुपर्छ भन्‍नुभयो जसले गर्दा उहाँले अब्राहामलाई दिइएको प्रतिज्ञा पूरा गर्नुहुनेछ?

अब्राहामले आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय पालन गर्न सिकाउनुपर्छ भनी परमप्रभुले भन्‍नुभयो ।

Genesis 18:20

मानिसहरू सदोमतिर किन गइरहेका थिए?

मानिसहरू सदोमतिर गइरहेका थिए किनभने सदोम र गमोराको विरुद्ध ठूलो आवाज उठेको थियो र रुवाईको अनुसार ती सहरहरू दुष्‍ट थिए कि भनी उनीहरू हेर्न चाहन्थे ।

Genesis 18:21

मानिसहरू सदोमतिर किन गइरहेका थिए?

मानिसहरू सदोमतिर गइरहेका थिए किनभने सदोम र गमोराको विरुद्ध ठूलो आवाज उठेको थियो र रुवाईको अनुसार ती सहरहरू दुष्‍ट थिए कि भनी उनीहरू हेर्न चाहन्थे ।

Genesis 18:23

जब अब्राहाम परमप्रभुसँग खडा भए, उनले परमप्रभुसँग के सोधे?

अब्राहामले सोधे, "के तपाईंले धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै नष्‍ट गर्नुहुनेछ?"

Genesis 18:26

यदि सहरभित्र पचास धर्मी जनहरू रहेछन् भने उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

उहाँले तिनीहरूका खातिर सारा सहरलाई छोडिदिनेछु भनी परमप्रभुले भन्‍नुभयो ।

Genesis 18:28

यदि सहरभित्र पैँतालीस धर्मी जनहरू रहेछन् भने उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

उहाँले तिनीहरूका खातिर सबै ठाउँलाई छोडिदिनेछु भनी परमप्रभुले भन्‍नुभयो ।

Genesis 18:29

यदि सहरभित्र चालीस धर्मी जनहरू रहेछन् भने उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

उहाँले तिनीहरूका खातिर सबै ठाउँलाई छोडिदिनेछु भनी परमप्रभुले भन्‍नुभयो ।

Genesis 18:30

यदि सहरभित्र तीस धर्मी जनहरू रहेछन् भने उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

उहाँले तिनीहरूका खातिर सबै ठाउँलाई छोडिदिनेछु भनी परमप्रभुले भन्‍नुभयो ।

Genesis 18:31

यदि सहरभित्र बीस धर्मी जनहरू रहेछन् भने उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

उहाँले तिनीहरूका खातिर सबै ठाउँलाई छोडिदिनेछु भनी परमप्रभुले भन्‍नुभयो ।

Genesis 18:32

यदि सहरभित्र दश धर्मी जनहरू रहेछन् भने उहाँले के गर्नुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

उहाँले तिनीहरूका खातिर सबै ठाउँलाई छोडिदिनेछु भनी परमप्रभुले भन्‍नुभयो ।