Genesis 17

Genesis 17:1

अब्राम कति वर्षका थिए जब फेरि परमप्रभु तिनीकहाँ देखापर्नु भई तिनीसँगको करार पक्का गर्नुभयो?

अब्राम उनान्सय वर्षका थिए जब फेरि परमप्रभु तिनीकहाँ देखा पर्नुभयो ।

अब्रामको जीवनको बाटो सम्बन्धी परमप्रभुले उनलाई के आज्ञा दिनुभयो?

परमप्रभुले अब्रामलाई उहाँको अघि निर्दोष भई हिँड्ने आज्ञा दिनुभयो ।

Genesis 17:5

परमप्रभुले अब्रामको नामलाई केमा परिवर्तन गर्नुभयो र त्यो नामको अर्थ के हो?

परमप्रभुले अब्रामको नाम अब्राहाममा परिवर्तन गर्नुभयो जसको अर्थ "धेरै जातिका पिता" हो ।

Genesis 17:8

करारको भागको रूपमा परमप्रभुले अब्राहामका सन्तानहरूलाई के दिनेछु भन्‍नुभयो?

करारको भागको रूपमा परमप्रभुले अब्राहामका सन्तानहरूलाई कनानका सबै भूमि दिनुभयो ।

परमप्रभुले अब्राहामका सन्तानहरू र उहाँका बीचमा कस्तो सम्बन्ध हुनेछ भन्‍नुभयो?

परमप्रभुले उहाँ अब्राहामका सन्तानहरूका परमेश्‍वर हुनेछु भन्‍नुभयो ।

Genesis 17:10

परमप्रभु र अब्राहामका बीचमा करारको चिन्ह स्वरूप के गर्नुपर्ने उहाँले आज्ञा दिनुभयो?

परमप्रभु र अब्राहामका बीचमा करारको चिन्ह स्वरूप सबै पुरुषहरूले खतना गर्नुपर्छ भनी उहाँले आज्ञा दिनुभयो ।

Genesis 17:11

परमप्रभु र अब्राहामका बीचमा करारको चिन्ह स्वरूप के गर्नुपर्ने उहाँले आज्ञा दिनुभयो?

परमप्रभु र अब्राहामका बीचमा करारको चिन्ह स्वरूप सबै पुरुषहरूले खतना गर्नुपर्छ भनी उहाँले आज्ञा दिनुभयो ।

Genesis 17:12

कति वर्षको उमेरमा बालकको खतना गर्नुपर्थ्यो?

आठ दिनपछि बालकको खतना गर्नुपर्थ्यो ।

परमप्रभुसँगको करारमा भएका घरानामा सामेल विदेशीहरूसँग के गरिनुपर्‍थ्यो?

परमप्रभुसँगको करारमा भएका घरानामा सामेल विदेशीहरूको खतना गरिनुपर्‍थ्यो ।

Genesis 17:13

परमप्रभुसँगको करारमा भएका घरानामा सामेल विदेशीहरूसँग के गरिनुपर्‍थ्यो?

परमप्रभुसँगको करारमा भएका घरानामा सामेल विदेशीहरूको खतना गरिनुपर्‍थ्यो ।

Genesis 17:14

खतना नभएका कुनै पनि पुरुषलाई के भयो?

खतना नभएका कुनै पनि पुरुषलाई उसका मानिसहरूबाट बहिष्कार गरियो किनभने उसले करार भङ्ग गरेको थियो ।

Genesis 17:15

परमप्रभुले साराईको नाम केमा परिवर्तन गर्नुभयो?

परमप्रभुले साराईको नाम सारामा परिवर्तन गर्नुभयो ।

Genesis 17:16

साराबाट के हुनेछ भनी परमप्रभुले प्रतिज्ञा गर्नुभयो?

परमप्रभुले अब्राहामको छोरो साराबाट आउनेछ भनी प्रतिज्ञा गर्नुभयो ।

Genesis 17:17

सारा सम्बन्धी परमप्रभुको प्रतिज्ञाप्रति अब्राहामले कस्तो प्रतिक्रिया जनाए?

अब्राहाम हाँसे र बृद्ध स्त्र‍ी र पुरुषको कसरी बच्चा जन्मन सक्छ भनी सोधे ।

Genesis 17:19

साराबाट जन्मिएको छोराको नाम के राख्‍नुपर्छ भनी परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो?

अब्राहामले छोराको नाम इसहाक राख्‍नुपर्छ भनी परमेश्‍वरले भन्‍नुभयो ।

परमेश्‍वरले इसहाकसँग के स्थापना गर्नेछु भन्‍नुभयो?

परमेश्‍वरले इसहाकसँग आफ्नो करार स्थापना गर्नेछु भन्‍नुभयो ।

Genesis 17:20

इश्माएल सम्बन्धी परमेश्‍वरले के प्रतिज्ञा गर्नुभयो?

परमेश्‍वरले इश्माएललाई आशिष् दिई फल्दो‍-फुल्दो बनाएर उनलाई ठूलो जाति बनाउने उहाँले प्रतिज्ञा गर्नुभयो ।

Genesis 17:21

परमेश्‍वरले इसहाकसँग के स्थापना गर्नेछु भन्‍नुभयो?

परमेश्‍वरले इसहाकसँग आफ्नो करार स्थापना गर्नेछु भन्‍नुभयो ।

Genesis 17:24

अब्राहामबाट परमेश्‍वर जानुभएपछि त्यहीं दिन अब्राहामले के गरे?

त्यहीं दिन अब्राहामले आफ्ना घरानाका सबै पुरुषहरूका खतना गरे ।

Genesis 17:25

अब्राहामबाट परमेश्‍वर जानुभएपछि त्यहीं दिन अब्राहामले के गरे?

त्यहीं दिन अब्राहामले आफ्ना घरानाका सबै पुरुषहरूका खतना गरे ।

इश्माएल कति वर्षका थिए जब उनको खतना गरियो?

इश्माएल तेह्र वर्षका थिए जब उनको खतना गरियो ।

Genesis 17:26

अब्राहामबाट परमेश्‍वर जानुभएपछि त्यहीं दिन अब्राहामले के गरे?

त्यहीं दिन अब्राहामले आफ्ना घरानाका सबै पुरुषहरूका खतना गरे ।

Genesis 17:27

अब्राहामबाट परमेश्‍वर जानुभएपछि त्यहीं दिन अब्राहामले के गरे?

त्यहीं दिन अब्राहामले आफ्ना घरानाका सबै पुरुषहरूका खतना गरे ।